25.11.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– शान्तिको गुण सबैभन्दा ठु लो गुण हो , त्यसैले शान्तसँग बोल , अशान्ति फैलाउन बन्द गर।”

प्रश्न:–
सङ्गमयुगमा बाबाबाट बच्चाहरूलाई कुनचाहिँ वर्सा मिल्छ? गुणवान बच्चाहरूका निसानी के के हुन्छन्?

उत्तर:–
पहिला वर्सा मिल्छ (१) ज्ञानको (२) शान्तिको (३) गुणहरूको । गुणवान बच्चाहरू सदा खुसीमा रहन्छन्। कसैको अवगुण देख्दैनन्, कसैको सिकायत गर्दैनन्। जसमा अवगुण छ उनको सङ्गत पनि गर्दैनन्। कसैले केही भनेमा सुनेको नसुने जस्तो गरेर आफ्नो मस्तीमा रहन्छन्।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। एक त तिमीलाई बाबाबाट ज्ञानको वर्सा मिलिरहेको छ। बाबाबाट पनि गुण लिनु छ र फेरि यी चित्रहरूबाट (लक्ष्मी-नारायणबाट) पनि गुण लिनु छ। बाबालाई भनिन्छ शान्तिको सागर। त्यसैले शान्ति पनि धारण गर्नुपर्छ। शान्तिको लागि नै बाबा सम्झाउनु हुन्छ– एक आपसमा शान्तसँग बोल। यो गुण धारण गर्नुपर्छ। ज्ञानको गुण धारण गरिरहेका छौ। यो ज्ञानको अध्ययन गर्नु छ। यो ज्ञान केवल विचित्र बाबाले नै पढाउनु हुन्छ। विचित्र आत्मा बच्चाहरूले पढ्छन्। यो हो यहाँको नयाँ खुबी, जसलाई अरू कसैले जानेका छैनन्। श्रीकृष्णले जस्तै दैवी गुण पनि धारण गर्नु छ। बाबाले सम्झाउनु भएको छ– म शान्तिको सागर हुँ, यहाँ शान्ति स्थापना गर्नु छ। अशान्ति समाप्त हुनु छ। आफ्नो चालचलनलाई हेर्नुपर्छ– म कतिसम्म शान्त रहन्छु? धेरै पुरुषहरूले शान्ति मन पराउँछन्। सम्झन्छन्– शान्त रहनु राम्रो हो। शान्तिको गुण पनि धेरै महान छ। तर शान्ति कसरी स्थापना हुन्छ, शान्तिको अर्थ के हो– यो कसैले जानेका छैनन्। बाबाले यो कुरा सबैलाई भन्नुहुन्छ। बाबा आउन पनि भारतवर्षमा नै आउनु हुन्छ। अहिले तिमीले जान्दछौ– अवश्य दिलमा पनि सदा शान्ति हुनुपर्छ। यस्तो होइन कसैले अशान्त पारे भने आफू पनि अशान्त हुनु छ। होइन, अशान्त हुनु यो पनि अवगुण हो। अवगुणलाई हटाउनु छ। हरेकबाट गुण ग्रहण गर्नुपर्छ। अवगुणतर्फ हेर्नु पनि हुँदैन। यदि आवाज सुन्ने गर्छौ भने पनि स्वयं शान्त रहनु पर्छ किनकि बाबा र दादा दुवै शान्त रहनुहुन्छ। कहिल्यै पनि अशान्त हुनुहुन्न। चर्को आवाज गर्नुहुन्न। यी ब्रह्माले पनि सिकेका हुन् नि। जति शान्तिमा रहन्छौ, त्यति राम्रो। शान्तिबाट नै याद गर्न सकिन्छ। अशान्तिमा रहनेहरूले याद गर्न सक्दैनन्। हरेकबाट गुण ग्रहण गर्नुपर्छ। दत्तात्रय आदिको उदाहरण पनि यहाँकासँग मिल्छ। देवताहरू जस्तो गुणवान त कोही हुन सक्दैन। मूल विकार एउटै हो, त्यसमाथि तिमीले विजय प्राप्त गरिरहेका छौ, गरिरहन्छौ। कर्मेन्द्रियहरूमाथि विजय पाउनु छ। अवगुणहरूलाई छोडिदिनु छ। हेर्नु पनि हुँदैन, बोल्नु पनि हुँदैन। जसमा गुण छन् उसैको नजिक जानुपर्छ। धेरै मीठो शान्तसँग रहनु पर्छ। थोरै बोले पनि तिमीहरूले सबै कार्य गर्न सक्छौ। सबैबाट गुण ग्रहण गरेर गुणवान बन्नु छ। जो समझदार हुन्छन् उनीहरूले शान्त रहन मन पराउँछन्। कोही भक्त ज्ञानी भन्दा पनि समझदार, निर्माणचित्त हुन्छन्। बाबा त अनुभवी छन् नि। यिनका लौकिक पिता शिक्षक थिए, धेरै निर्माण, शान्त रहन्थे। कहिल्यै रिसाउँदैनथे। साधुहरूको महिमा गरिन्छ, भगवानसँग मिल्नको लागि पुरुषार्थ गरिरहन्छन् नि। काशीमा, हरिद्वारमा गएर बस्छन्। बच्चाहरू धेरै शान्त र मीठो हुनुपर्छ। यहाँ कोही अशान्त रहे भने शान्ति फैलाउने निमित्त बन्न सक्दैनन्। अशान्त रहनेसँग कुरा पनि गर्नु छैन। टाढै रहनु पर्छ। फरक छ नि। उनीहरू बकुल्ला र यिनीहरू हंस। हंसले सारा दिन मोती चुनिरहन्छ। उठ्दा, बस्दा, हिँड्दा, डुल्दा आफ्नो ज्ञानलाई स्मरण गरिराख। कसैलाई कसरी सम्झाउने, बाबाको परिचय कसरी दिने– सारा दिन बुद्धिमा यही रहोस्।

बाबाले सम्झाउनु भएको छ– जति पनि बच्चा आउँछन् उनीहरूबाट फर्म भराइन्छ। सेन्टरहरूमा जब कसैले कोर्स गर्न चाहन्छन् भने उनीहरूसँग फर्म भराउनु पर्छ, कोर्स गर्दैनन् भने त फर्म भराउन आवश्यक पर्दैन। फर्म त्यसैले भराइन्छ ताकि यिनमा के के छ यो जानकारी हुन्छ? के सम्झाउने हो? किनकि दुनियाँमा त यी कुरालाई कसैले बुझ्दैनन्। त्यसैले फर्मबाट उनीहरूका बारेमा सबै कुरा थाहा हुन्छ । बाबासँग कोही मिल्दा पनि फर्म भराउनु पर्छ। अनि जानकारी हुन्छ किन मिल्न चाहन्छन्? जोसुकै आए भने पनि उनीहरूलाई हद र बेहदका बाबाको परिचय दिनु छ किनकि तिमीलाई बेहदको बाबाले आएर आफ्नो परिचय दिनुभएको छ। तिमीले फेरि अरूलाई परिचय दिन्छौ। उहाँको नाम हो शिवबाबा। शिव परमात्माय नम: भन्छन् नि। श्रीकृष्णलाई देवताय नम: भन्छन्। शिवलाई भन्छन् शिव परमात्माय नम:। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ। मुक्ति-जीवनमुक्तिको वर्सा पाउनको लागि पवित्र आत्मा अवश्य बन्नुपर्छ। त्यो हो नै पवित्र दुनियाँ, जसलाई सतोप्रधान दुनियाँ भनिन्छ। त्यहाँ जानको लागि बाबा भन्नुहुन्छ– मलाई याद गर। यो त धेरै सहज छ। कसैलाई पनि फर्म भराएर फेरि तिमीले कोर्स गराउँछौ। एक दिन भराऊ फेरि सम्झाऊ, फेरि फर्म भराऊ अनि थाहा हुन्छ– मैले उसलाई सम्झाएँ, त्यो याद रह्यो वा रहेन। तिमीले देख्नेछौ– दुई दिनको फर्ममा फरक अवश्य आउँछ। तुरुन्तै तिमीलाई जानकारी हुन्छ– के बुझेका छन्? मैले सम्झाएको कुरामा केही विचार गरे कि गरेनन्? यो फर्म सबैसँग हुनुपर्छ। बाबाले मुरलीमा डाइरेक्सन दिनु भयो भने ठुला-ठुला सेन्टरहरूले तुरुन्त व्यवहारमा ल्याउनु पर्छ। फर्म राख्नुपर्छ। नत्र जानकारी कसरी हुन्छ? स्वयं पनि महसुस गर्छन्– हिजो के लेखेको थिएँ, आज के लेख्दैछु? फर्म त धेरै जरुरी छ। अलग अलग छपाए पनि केही छैन। कि त एक ठाउँमा छपाएर सबैतिर पठाऊ। यो हो अरूको कल्याण गर्नु।

तिमी बच्चाहरू यहाँ आएका हौ देवी-देवता बन्न। देवता शब्द धेरै श्रेष्ठ छ। दैवी गुण धारण गर्नेलाई देवता भनिन्छ। अहिले तिमीले दैवी गुण धारण गरिरहेका छौ। त्यसैले जहाँ प्रदर्शनी वा म्युजियम हुन्छ त्यहाँ यो फर्म धेरै भर्नुपर्छ। तब थाहा हुन्छ अवस्था कस्तो छ। बुझेर फेरि बुझाउनु पर्छ। बच्चाहरूले त सदैव गुण नै वर्णन गर्नु छ, अवगुण होइन। तिमी गुणवान बन्छौ नि। जसमा धेरै गुण छ उसले अरूमा पनि गुण भरिदिन सक्छ। अवगुणीले कहिल्यै गुण दिन सक्दैन। बच्चाहरूलाई थाहा छ समय धेरै बाँकी छैन। पुरुषार्थ धेरै गर्नु छ। बाबाले सम्झाउनु हुन्छ– तिमी दिनहुँ घुमिरहन्छौ, यात्रा गरिरहन्छौ। यो जुन गायन छ अतीन्द्रिय सुख गोप-गोपिनीहरूसँग सोध– यो अन्त्यतिरको कुरा हो। अहिले त नम्बरवार छन्। कसैले त भित्र-भित्रै खुसीको गीत गाइरहन्छन्– ओहो! हामीले परमपिता परमात्मालाई पाएका छौं, उहाँबाट हामीले वर्सा लिन्छौं। उहाँको बारेमा कुनै सिकायत हुन सक्दैन। कसैले केही भने तापनि सुनेको नसुने जस्तो गरी आफ्नो मस्तीमा मस्त रहनु पर्छ। कुनै पनि बिमारी वा दु:ख आदि भयो भने तिमी केवल यादमा बस। यो हिसाबकिताब अहिले नै चुक्ता गर्नु छ फेरि तिमी २१ जन्म फूल बन्छौ। त्यहाँ दु:खको कुरा नै हुँदैन। गायन छ खुसी जस्तो खुराक छैन। फेरि आलस्य आदि सबै हट्छन्, यहाँ त यो हो सच्चा खुसी, त्यो हो झुटो। धन मिल्यो, गहना मिल्यो भने खुसी हुन्छौ। यो हो बेहदको कुरा। तिमी त अथाह खुसीमा रहनु पर्छ। जानेका छौ– हामी २१ जन्मको लागि सदा सुखी हुन्छौं। यसै स्मृतिमा बस– हामी के बन्दैछौं। बाबा भन्ने बित्तिकै दु:ख हट्नुपर्छ। यो त २१ जन्मको खुसी हो। अब बाँकी थोरै दिन छन्। हामी जान्छौं आफ्नो सुखधाम। फेरि अरू कुनै पनि याद नरहोस्। यी बाबाले आफ्नो अनुभव सुनाउँछन्। कति समाचार आउँछन्, झगडा हुन्छ। बाबालाई कुनै कुराको दु:ख कहाँ हुन्छ र! सुन्छु, ठीक छ भावी। यो त केही पनि होइन, म त अथाह खजानावाला बन्छु। आफूसँग कुरा गर्नाले नै खुसी हुन्छ। धेरै शान्तिमा रहन्छन्, उनीहरूको अनुहार पनि धेरै प्रसन्न हुन्छ। छात्रवृत्ति आदि मिल्दा त अनुहार कति हर्षित हुन्छ। तिमीले पनि पुरुषार्थ गरिरहेका छौ– यी लक्ष्मी-नारायण जस्तो हर्षितमुख हुनको लागि। यिनमा त ज्ञान छैन। तिमीलाई त ज्ञान पनि छ, त्यसैले खुसी हुनुपर्छ। हर्षितपन पनि हुनुपर्छ। यी देवताहरू भन्दा तिमी धेरै उच्च छौ। ज्ञान सागर बाबाले हामीलाई कति उच्च ज्ञान दिनुहुन्छ। अविनाशी ज्ञान रत्नहरूको चिट्ठा मिलिरहेको छ भने कति खुसी हुनु पर्छ। यो तिम्रो जन्म हीरा जस्तो भनी गायन गरिएको छ। ज्ञानसागर बाबालाई नै भनिन्छ। यी देवताहरूलाई भनिँदैन। तिमी ब्राह्मण नै नलेजफुल हौ त्यसैले तिमीलाई ज्ञानको खुसी हुन्छ। एक त बाबा पाएकोमा खुसी हुन्छ। तिमीहरू सिवाय अरू कसैलाई खुसी हुन सक्दैन। भक्तिमार्गमा भित्री सुख हुँदैन। भक्तिमार्गको हो कृत्रिम अल्पकालको सुख। त्यसको त नाम नै छ स्वर्ग, सुखधाम, हेविन। त्यहाँ अपार सुख, यहाँ घोर दु:ख। अहिले बच्चाहरूलाई थाहा भयो– रावण राज्यमा हामी कति फोहोरी बन्यौं। बिस्तारै बिस्तारै तल झर्दै आयौं। यो हो नै विषय सागर। अब बाबाले यस विषको सागरबाट निकालेर तिमीलाई क्षीरसागरमा लैजानुहुन्छ। बच्चाहरूलाई यहाँ धेरै मीठो लाग्छ फेरि भुलेपछि कस्तो अवस्था हुन पुग्छ। बाबाले कति खुसीको पारा चढाउनु हुन्छ। यो ज्ञान अमृतको नै गायन हो। ज्ञान अमृतको गिलास पिइरहनु छ। यहाँ तिमीलाई धेरै राम्रो नसा चढ्छ फेरि बाहिर गएपछि त्यो नसा कम हुन्छ। बाबा स्वयं महसुस गर्नुहुन्छ, यहाँ बच्चाहरूलाई राम्रो महसुस हुन्छ– हामी आफ्नो घर जान्छौं। हामीले बाबाको श्रीमतमा राजधानी स्थापना गरिरहेका छौं। हामी महान् योद्धा हौं। यो ज्ञान सबैको बुद्धिमा छ, जसबाट तिमीले यति उच्च पद पाउँछौ। हेर पढाउनेवाला को हुनुहुन्छ! बेहदका बाबाले एकदम परिवर्तन गरिदिनुहुन्छ। त्यसैले बच्चाहरूको दिलमा कति खुसी हुनुपर्छ। अरूलाई पनि खुसी दिऊँ– यो पनि दिलमा आउनु पर्छ। रावणको दिन्छ श्राप र बाबाबाट मिल्छ वर्सा। रावणको श्रापबाट तिमी कति दु:खी-अशान्त बन्यौ। धेरै गोप पनि छन् जसको दिलमा सेवा गर्ने भाव हुन्छ । तर कलश माताहरूलाई मिल्छ। शक्ति दल हौ नि। वन्दे मातरम् गायन गरिन्छ। साथै वन्दे पितरम् त छँदै छ। तर नाम माताहरूको छ। पहिला लक्ष्मी फेरि नारायण। पहिला सीता, पछि राम। यहाँ पहिला पुरुषको नाम फेरि स्त्रीको लेख्छन्। यो पनि खेल हो नि। बाबाले सम्झाउन त सबै कुरा सम्झाउनु हुन्छ। भक्ति मार्गको रहस्य पनि सम्झाउनु हुन्छ। भक्तिमा के के हुन्छ। ज्ञान नभएसम्म कहाँ थाहा हुन्छ र! अहिले सबैको चरित्र सुध्रिएको छ। तिम्रो चरित्र दैवी चरित्र बनिरहेको छ। ५ विकारबाट आसुरी चरित्र हुन्छ। कति चेन्ज हुन्छ। त्यसैले परिवर्तन हुनु पर्छ नि। शरीर छोडेपछि फेरि कहाँ परिवर्तन हुन सक्छौ र! बाबामा तागत छ, कतिलाई परिवर्तन गराउनु हुन्छ। केही बच्चाले आफ्नो अनुभव सुनाउँछन्– हामी धेरै कामी, सराबी थियौं, हामीमा धेरै परिवर्तन भयो। अहिले हामी धेरै प्रेमसँग रहन्छौं। प्रेमका आँसु पनि आउँछन्। बाबाले सम्झाउन त धेरै सम्झाउनुहुन्छ तर यी सबै कुरा बिर्सिन्छन्। नत्र खुसीको पारा चढि रहने थियो। हामीले धेरैको कल्याण गर्नु छ। मानिसहरू धेरै दु:खी छन्, उनलाई मार्ग देखाउनु छ। सम्झाउनको लागि पनि कति मेहनत गर्नुपर्छ। गाली पनि खानुपर्छ। पहिलादेखि नै भन्ने गर्छन्, यिनीहरूले सबैलाई भाइ-बहिनी बनाइदिन्छन्। अरे, भाइ-बहिनीको सम्बन्ध त राम्रो हो नि। तिमी आत्माहरू त भाइ भाइ हौ। तर फेरि पनि जुन जन्मजन्मान्तरको दृष्टि पक्का भएको छ, त्यो टुट्दैन। बाबाको पासमा त धेरै समाचार आउँछन्। बाबा सम्झाउनु हुन्छ– यो फोहोरी दुनियाँबाट तिमी बच्चाहरूको दिल हट्नुपर्छ। फूल बन्नुपर्छ। कतिले ज्ञान सुनेर पनि भुल्छन्। सारा ज्ञान उड्छ। काम महाशत्रु हो नि। बाबा त धेरै अनुभवी छन्। यस विकारको पछि लागेर राजाहरूले आफ्नो रजाइँ गुमाए। काम धेरै नराम्रो हो। सबैले भन्छन् पनि, बाबा यो धेरै कडा दुस्मन हो। बाबा भन्नुहुन्छ– कामलाई जितेमा तिमी विश्वको मालिक बन्छौ। हुन त काम विकार यति कडा छ, प्रतिज्ञा गरेर पनि फेरि गिर्छन्। धेरै मुस्किलले कोही सुध्रिन्छन्। यतिबेला सारा दुनियाँको चरित्र बिग्रेको छ। पावन दुनियाँ कहिले थियो, कसरी बन्यो, यिनीहरूले राज्य-भाग्य कसरी पाए, यो कुरा कहिल्यै कसैले बताउन सक्दैनन्। पछि गएर समय आउने छ, तिमी बेलायत आदिमा पनि जान्छौ। उनीहरूले पनि सुन्छन्। स्वर्ग कसरी स्थापना हुन्छ। तिम्रो बुद्धिमा यी सबै कुरा राम्रोसँग बसेका छन्। त्यसैले अब तिमीलाई यही धुन (लात र तात) रहनु पर्छ, अरू सबै कुरा भुल्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) उठ्दा, बस्दा, हिँड्दा ज्ञानको स्मरण गरेर मोती चुम्ने हंस बन्नु छ। सबैबाट गुण ग्रहण गर्नु छ। एक-अर्कामा गुण नै भर्नु छ।

२) आफ्नो अनुहार सदा प्रसन्न राख्नको लागि आफैसँग कुरा गर्नु छ– ओहो! हामी त कारुनको खजानाको मालिक बन्छौं। ज्ञानसागर बाबाद्वारा हामीलाई ज्ञान रत्नहरूको चिट्ठा मिलिरहेको छ।

वरदान:–
आफ्नो टाइ ट लको स्मृतिको साथ ै समर्थ स्थिति बनाउने स्वमानधारी भव

सङ्गमयुगमा स्वयं बाबाले आफ्ना बच्चाहरूलाई श्रेष्ठ टाइटल दिनुहुन्छ, त्यसैले यही रूहानी नसामा रहनु छ। जस्तो टाइटल याद आउँछ त्यस्तै समर्थ स्थिति बन्दै जओस्। तिम्रो टाइटिल स्वदर्शन चक्रधारी हो त्यसैले यो स्मृति आउने बित्तिकै परदर्शन समाप्त होस्, स्वदर्शनको अगाडि मायाको गला काटियोस्। महावीर हुँ, यो टाइटल याद आयो भने स्थिति अचल-अडोल बनोस्। त्यसैले टाइटलको स्मृतिको साथसाथै समर्थ स्थिति बनायौ भने श्रेष्ठ स्वमानधारी भनिने छ।

स्लोगन:–
भट्किइरहेका आत्माहरूको चाहना पूर्ण गर्नको लागि परख शक्तिलाई बढाऊ।