26.01.25    Avyakt Bapdada     Nepali Murli    15.12.2003     Om Shanti     Madhuban


“प्रत्यक्षताको लागि साधारणतालाई अलौकिकतामा परिवर्तन गरेर दर्शनीय मूर्त बन”


आज बापदादाले आफ्नो चारैतिरका ब्राह्मण बच्चाहरूको निधारको बीचमा भाग्यका तीन ताराहरू चम्किरहेको देखिरहनुभएको छ। यो भाग्य कति श्रेष्ठ छ र कति सहजै प्राप्त भएको छ। एउटा हो अलौकिक श्रेष्ठ जन्मको भाग्य, दोस्रो हो– श्रेष्ठ सम्बन्धको भाग्य, तेस्रो हो– सर्व प्राप्तिहरूको भाग्य। तीनै भाग्यका चम्किरहेका ताराहरूलाई देखेर बापदादा पनि हर्षित हुनुहुन्छ। जन्मको भाग्य हेर– स्वयं भाग्यविधाता बाबाद्वारा तिमीहरूको जन्म भएको हो। जन्मदाता नै भाग्यविधाता हुनुहुन्छ भने जन्म कति अलौकिक र श्रेष्ठ छ। तिमीहरू सबैलाई पनि आफ्नो यस भाग्यको जन्मको नसा र खुसी छ नि! साथसाथै सम्बन्धको विशेषता हेर– सारा कल्पमा यस्तो सम्बन्ध अरू कुनै पनि आत्माको छैन। तिमी विशेष आत्माहरूलाई मात्र एकद्वारा तीन सम्बन्ध प्राप्त भएका छन्। एउटै बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ र सद्गुरु पनि हुनुहुन्छ। यस्तो एकद्वारा तीन सम्बन्ध ब्राह्मण आत्माहरू बाहेक अरू कसैको पनि छैन। अनुभव छ नि? बाबाको सम्बन्धबाट वर्सा पनि दिइरहनुभएको छ, पालन पनि गरिरहनुभएको छ। वर्सा पनि हेर कति उच्च र अविनाशी छ। दुनियाँका मानिसहरूले भन्छन्– हाम्रो पालनहार भगवान् हुनुहुन्छ तर तिमी बच्चाहरूले निश्चय र नसाले भन्छौ हाम्रो पालनहार स्वयं भगवान् हुनुहुन्छ। यस्तो पालना, परमात्म पालन, परमात्म प्यार, परमात्म वर्सा कसलाई प्राप्त भएको छ! त्यसैले एउटै बाबा पनि हुनुहुन्छ, पालनहार पनि हुनुहुन्छ र शिक्षक पनि हुनुहुन्छ।

हरेक आत्माको जीवनमा यी विशेष तीन जना सम्बन्धी आवश्यक हुन्छन् तर तीनै सम्बन्ध अलग अलग हुन्छन्। तिम्रा त एकमा तीन सम्बन्ध छन्। पढाइ पनि हेर– तीनै कालको पढाइ छ। त्रिकालदर्शी बन्ने पढाइ छ। पढाइलाई सोर्स अफ इन्कम भनिन्छ। पढाइबाट पदको प्राप्ति हुन्छ। सारा विश्वमा हेर– सबैभन्दा उच्च पद, राज्य पद गायन गरिएको छ। तिमीलाई यस पढाइबाट के पद प्राप्त हुन्छ? अहिले पनि राजा र भविष्यमा पनि राज्य पद। अहिले स्व-राज्य छ, राजयोगी स्वराज्य अधिकारी हौ र भविष्यको राज्य भाग्य त अविनाशी छँदैछ। यसभन्दा ठुलो पद अरू कुनै हुँदैन। शिक्षकद्वारा शिक्षा पनि त्रिकालदर्शीको मिल्छ र पद पनि दैवी राज्य पद मिल्छ। यस्तो शिक्षकको सम्बन्ध ब्राह्मण जीवनमा बाहेक न कसैको भएको छ, न हुनसक्छ। साथमा सद्गुरुको सम्बन्ध, सद्गुरुद्वारा श्रीमत, जुन श्रीमतको गायन आज पनि भक्तिमा भइरहेको छ। तिमीले निश्चयले भन्छौ हाम्रो हरेक कदम केको आधारमा चल्छ? हरेक कदम श्रीमतको आधारमा चल्छ। चेक गर– हरेक कदम श्रीमतमा चल्छ? भाग्य त प्राप्त भएको छ तर भाग्यको प्राप्ति जीवनमा अनुभव छ? हरेक कदम श्रीमतमा हुन्छ वा कहिलेकाहीँ मनमत वा परमत त मिक्स हुँदैन? यसको परख छ– यदि कदम श्रीमतमा छ भने हरेक कदममा पदमको कमाइ जम्मा भएको अनुभव हुनेछ। कदम श्रीमतमा छ भने सहज सफलता हुन्छ। साथसाथै सद्गुरुद्वारा वरदानहरूको खानी प्राप्त छ। वरदान छ त्यसको पहिचान– जहाँ वरदान हुन्छ त्यहाँ मेहनत हुँदैन। सद्गुरुको सम्बन्धमा श्रेष्ठ मत र सदा वरदानको प्राप्ति हुन्छ। यसको अर्को विशेषता सहज मार्गको हो, जब एकमा तीन सम्बन्ध छन् भने एकलाई याद गर्न सहज छ। तीनलाई अलग अलग याद गर्नुपर्ने आवश्यकता छैन त्यसैले तिमीहरू सबैले भन्छौ एक बाबा दोस्रो न कोही। यो सहज छ किनकि एकमा विशेष सम्बन्ध आउँछन्। भाग्यका ताराहरू त चम्किरहेका छन् किनकि बाबाद्वारा त सबैलाई प्राप्तिहरू छन् नै।

तेस्रो भाग्यको तारा हो– सर्व प्राप्तिहरू, गायन छ अप्राप्त छैन कुनै वस्तु ब्राह्मणहरूको खजानामा। आफ्ना खजानाहरूलाई याद गर। यस्तो खजाना वा सर्व प्राप्तिहरू अरू कसैद्वारा हुन सक्छन्! दिलबाट भन मेरो बाबा, खजाना हाजिर त्यसैले यति श्रेष्ठ भाग्य सदा स्मृतिमा रहोस्, यसमा नम्बरवार छौ। अहिले बापदादा यही चाहनुहुन्छ– हरेक बच्चा जब करोडौँमा पनि कोही छ भने सबै बच्चाहरू नम्बरवार होइन, नम्बरवन हुनुपर्छ। अब आफूलाई सोध– नम्बरवारमा छौ वा नम्बरवन हौ? के हौ? टिचरहरू नम्बरवन वा नम्बरवार? पाण्डव नम्बरवन हौ वा नम्बरवार हौ? के हौ? जे सम्झन्छौ हामी नम्बरवन हौँ र सदा रहनेछौँ, यस्तो होइन आज नम्बरवन र भोलि नम्बरवारमा आऊ, जो यति निश्चयबुद्धि छौ हामी सदा जसरी बाबा ब्रह्मा नम्बरवन, त्यसैगरी फलो ब्रह्माबाबा नम्बरवन हौँ र रहनेछौँ, तिमीहरूले हात उठाऊ। छौ? यस्तो होइन हात उठाइहाल्नु, सोचेर बुझेर उठाउनु। पुरै उठाऊ, आधा उठाउँछौ भने आधा हौ। हात त धेरैले उठाएका छन्, हेर, दादीले देख्यौ? अहिले यिनीहरूसँग (नम्बरवनवालाहरूसँग) हिसाब लिनु। जनक (दादी जानकी) हिसाब लिनु। डबल फरेनरहरूले हात उठाए। उठाऊ, नम्बरवन? बापदादालाई त हात उठाएर मन खुसी पारिदियौ। बधाई छ। हात उठाएको मतलब हो तिमीहरूमा हिम्मत छ र हिम्मत छ भने बापदादा पनि मदतगार हुनुहुन्छ नै। तर अब बापदादा के चाहनुहुन्छ? नम्बरवन हौ, यो त खुसीको कुरा हो। तर... तर बताऊँ वा तर छँदैछैन? बापदादाको साथमा तर छ।

बापदादाले देख्नुभयो– मनमा त छ तर मनसम्म मात्र छ, चेहरा र चालचलनसम्म इमर्ज भएको छैन। अब बापदादाले चालचलन र चेहरामा नम्बरवनको स्टेज हेर्न चाहनुहुन्छ। अब समय अनुसार नम्बरवन भन्नेहरूलाई हरेक चालचलनमा दर्शनीय मूर्ति देखिनुपर्छ। तिम्रो अनुहारले बताउनु छ– यो दर्शनीय मूर्ति हो। तिम्रा जड चित्र अन्तिम जन्मसम्म पनि, अन्तिम समयसम्म पनि दर्शनीयमूर्त अनुभव हुन्छन्। चैतन्यमा पनि जसरी ब्रह्माबाबालाई देख्यौ, साकार स्वरूपमा, फरिस्ता त पछि बन्नुभयो, तर साकार स्वरूपमा हुँदा तिमीहरू सबैलाई के देखिन्थ्यो? साधारण देखिन्थ्यो? अन्तिम ८४ औँ जन्म, पुरानो जन्म, ६० वर्षपछिको उमेर, फेरि पनि आदिदेखि अन्त्यसम्म दर्शनीयमूर्त अनुभव गर्यौ। गर्यौ नि? साकार रूपमा गर्यौ नि? त्यसैगरी जसले नम्बरवनमा हात उठाए, टिभीमा निकालिएको छ नि? बापदादाले उनीहरूको फाइल हेर्नुहुनेछ, फाइल त छ नि बापदादाको साथमा। अबदेखि तिम्रो हरेक चालचलनबाट अनुभव होस्, कर्म साधारण होस्, चाहे कुनै पनि काम गर, बिजनेस गर, डाक्टरी गर, वकालत गर, जेसुकै गर तर जुन स्थानमा तिमी सम्बन्ध-सम्पर्कमा आउँछौ त्यो तिम्रो चालचलनबाट यस्तो महसुस गरोस्– यी न्यारा र अलौकिक हुन्? वा साधारण सम्झन्छन्– यस्ता त लौकिक पनि हुन्छन्। कामको विशेषता होइन तर प्राक्टिकल लाइफको विशेषता। यो बिजनेस धेरै राम्रो छ, धेरै राम्रो वकालत गर्छ, धेरै राम्रो डाइरेक्टर हो..., यस्ता त धेरै छन्। एउटा बुक निस्कन्छ जसमा विशेष आत्माहरूको नाम हुन्छ। कति जनाको नाम आउँछ, धेरै हुन्छन्। यसले यो विशेष कार्य गर्यो, यसले यो विशेष कार्य गर्यो, नाम आयो। जसले पनि हात उठायौ, उठाउन त सबैले पर्छ तर जसले उठाएका छौ र तिमीहरूले उठाउनु नै छ। तिम्रो प्राक्टिकल चालचलनमा परिवर्तन देखिनु छ। यो अहिले आवाज निस्केको छैन, चाहे इन्डस्ट्रीमा, चाहे जहाँसुकै पनि काम गर्छौ, एक एक आत्माले भनोस्– यिनी साधारण कर्म गर्दा पनि दर्शनीयमूर्त हुन्। यस्तो हुनसक्छ, हुनसक्छ? अगाडिकाले भन, हुनसक्छ? अहिले रिजल्टमा कम सुनिन्छ। साधारणता धेरै देखिन्छ। हो, कहिलेकाहीँ जब कुनै विशेष कार्य गर्छौ, विशेष अटेन्सन राख्छौ तब त ठीक देखिन्छ तर तिम्रो बाबासँग प्यार छ, बाबासँग प्यार छ? कति पर्सेन्ट? टिचरहरूले हात उठाऊ। यहाँ त धेरै टिचरहरू आइपुगेका छौ। हुनसक्छ? कि कहिले साधारण कहिले विशेष? शब्द पनि जुन निस्कन्छ नि, कुनै पनि कार्य गर्दा भाषा पनि अलौकिक चाहिन्छ। साधारण भाषा होइन।

बापदादाको सबै बच्चाहरूमा यो श्रेष्ठ आशा छ, बाबाको प्रत्यक्षता हुनेछ। तिम्रो कर्म, चालचलन, अनुहारले स्वतः नै सिद्ध गर्नेछ, भाषणबाट सिद्ध हुनेछैन। भाषण त एउटा तीर हान्नु हो। तर प्रत्यक्षता हुनेछ, यिनीहरूलाई बनाउने को हो! आफै खोज्नेछन्, आफै सोध्नेछन् तपाईँहरूलाई बनाउने को हुनुहुन्छ? रचनाले रचयितालाई प्रत्यक्ष गर्छ।

त्यसोभए यस वर्ष के गर्नेछौ? दादीले त भन्नुभएको छ गाउँको सेवा गर्ने। त्यो राम्रो हो, गर। तर बापदादा अब यो परिवर्तन हेर्न चाहनुहुन्छ। एक वर्षमा सम्भव छ? एक वर्षमा? अर्कोपटक सिजन सुरु हुँदा भिन्नता देखियोस्, सबै सेन्टरहरूबाट आवाज आओस्– महान परिवर्तन, फेरि गीत गाउनेछन् परिवर्तन, परिवर्तन...। साधारण बोली अब तिम्रो भाग्यको अगाडि राम्रो लाग्दैन। कारण हो ‘म’। यो म, मैपन, मैले जे सोचेँ, मैले जे भनेँ, मैले जे गर्छु... त्यही ठीक छ। यस मै-पनको कारणले अभिमान पनि आउँछ, क्रोध पनि आउँछ। दुवैले आफ्नो काम गर्छन्। बाबाको प्रसाद हो, म कहाँबाट आयो! बुद्धि पनि छ, कुनै सीप पनि छ, कुनै विशेषता पनि छ भने पनि बाबाको प्रसादलाई कसैले मैपनमा ल्याउनसक्छ र? बापदादाले विशेषतालाई, बुद्धिलाई स्याबासी दिनुहुन्छ तर ‘मैपन’ नल्याऊ। यो मैपनलाई समाप्त गर। यो सूक्ष्म मैपन हो। अलौकिक जीवनमा यो मैपनले दर्शनीयमूर्त बन्न दिँदैन। दादीहरूले के सम्झन्छौ? परिवर्तन हुनसक्छ? तीनै पाण्डव (निर्वैर भाइजी, रमेश भाइजी, बृजमोहन भाइजी) बताऊ। विशेष हौ नि तीनै। तीनै जनाले बताऊ हुनसक्छ? हुनसक्छ? हुनसक्छ? अच्छा– अहिले यसको कमान्डर बन्नु, अरू कुरामा कमान्डर नबन्नु। परिवर्तनमा कमान्डर बन्नु। मधुबन निवासीहरू कमाण्डर बन्नेछौ? बन्नेछौ? मधुबन निवासीले हात उठाऊ। अच्छा– बन्नेछौ? मुम्बई निवासीले हात उठाऊ, योगिनी पनि बसेकी छिन्। (योगिनी बहिनीज्यू भिलेपार्ले) मुम्बई निवासी बन्नेछौ? यदि बन्नेछौ भने हात हल्लाऊ। अच्छा, दिल्लीले हात उठाऊ। दिल्ली निवासीहरूले गर्नेछौ? टिचरहरूले बताऊ। हेर्नु। हरेक महिना बापदादाले रिपोर्ट लिनुहुनेछ। हिम्मत छ नि? बधाई छ।

अच्छा, इन्दौरले हात उठाऊ। इन्दौरका टिचरहरूले हात उठाऊ। टिचरहरूले गर्नेछौ? इन्दौरले गर्नेछ? हात हल्लाऊ। सबै हात हल्लिएनन्। गर्नेछौ, गराउनेछौ? दादीहरूले हेर्नु। टिभीमा हेरिरहेका छन्। गुजरातले हात उठाऊ। गुजरातले गर्नेछौ? हात हल्लाउन त सहज छ। अहिले मनलाई हल्लाउनु छ। किन, यति दुःख देखेर पनि तिमीलाई दया लाग्दैन? परिवर्तन भएको त राम्रो हो नि? प्रत्यक्षताको प्लान हो– प्रैक्टिकल जीवन। बाँकी प्रोग्राम गर्छौ, यो त व्यस्त रहनको लागि धेरै राम्रो छ तर प्रत्यक्षता हुनेछ तिम्रो चालचलन र चेहराबाट। अरू पनि कुनै जोन बाँकी रह्यो? यु.पी.निवासीले हात उठाऊ। यु.पी.का थोरै छन्। अच्छा, यु.पी.ले गर्नेछौ? महाराष्ट्र निवासीले हात उठाऊ। पुरै उठाऊ। अच्छा। महाराष्ट्रले गर्नेछ? बधाई छ। राजस्थानले उठाऊ। टिचरहरूले हात हल्लाऊ। कर्नाटकले उठाऊ। अच्छा– कर्नाटकले गर्नेछ? आन्ध्र प्रदेशले हात उठाऊ। ठिकै छ, यो चिटच्याट भयो। डबल विदेशीले हात उठाऊ। जयन्ती कहाँ छिन्? गर्नेछौ डबल विदेशीहरूले? अहिले हेर सभाको बीचमा भनेका छौ। सबैले धेरै राम्रो हिम्मत देखाए, यसको लागि पदमगुणा बधाई छ। बाहिर पनि सुनिरहेका छन्, आफ्नो देशमा पनि सुनिरहेका छन्, उनीहरूले पनि हात उठाइरहेका छन्।

त्यसै पनि हेर जो श्रेष्ठ आत्माहरू हुन्छन् उनीहरूको हरेक वचनलाई सत्य वचन भनिन्छ। भन्छन् नि सत्य वचन महाराज। तिमीहरू त महा महाराज हौ। तिमीहरूको हरेक वचन जो कसैले सुने पनि त्यो दिलमा अनुभव गरोस् यो सत्य वचन हो। तिमीहरूको मनमा धेरै कुरा भरिएको छ, बापदादाको साथमा मनलाई हेर्ने टिभी पनि छ। यहाँ यो टिभीले त बाहिरको अनुहार देखाउँछ नि। तर बापदादाको साथमा हरेकको हरेक समयको मनको गतिको यन्त्र छ। मनमा धेरै कुरा देखिन्छ, जब मनको टिभी हेर्छौ तब खुसी हुन्छौ, मनमा धेरै खजानाहरू हुन्छन्, धेरै शक्तिहरू हुन्छन्। तर कर्ममा यथाशक्ति हुन्छ। अब कर्मसम्म ल्याऊ, वाणीसम्म ल्याऊ, अनुहारसम्म ल्याऊ, चालचलनमा ल्याऊ। अनि सबैले भन्नेछन्, जुन तिम्रो एउटा गीत छ नि, शक्तिहरू आइपुगे...। सबै शिवका शक्तिहरू हुन्। पाण्डव पनि शक्ति हौ। फेरि शक्तिहरूले शिवबाबालाई प्रत्यक्ष गर्नेछन्।

अब साना साना क्रिडा (खेलपाल) बन्द गर। अब वानप्रस्थ स्थितिलाई इमर्ज गर। बापदादाले सबै बच्चाहरूलाई, यस समयमा बापदादाका आशाहरूलाई पूर्ण गर्ने आशाका ताराहरू देखिरहनुभएको छ। कुनै पनि कुरा आएपनि यो स्लोगन याद राख्नु– “परिवर्तन, परिवर्तन, परिवर्तन”।

आजको बापदादाको बोलीको एउटा शब्द नबिर्सनु, त्यो कुन हो? परिवर्तन। म परिवर्तन हुनु छ। अरूलाई परिवर्तन गरेर होइन, मैलाई परिवर्तन गरेर अरूलाई परिवर्तन गर्नु छ। अरू परिवर्तन भयो भने म परिवर्तन हुँला, होइन। म निमित्त बन्नु छ। म हे अर्जुन बन्नु छ तब ब्रह्माबाबा समान नम्बरवन लिनेछौ। (पछाडिकाले हात उठाऊ) पछाडिकालाई बापदादाले पहिलो नम्बर यादप्यार दिइरहनुभएको छ। अच्छा।

चारैतिरका धेरै धेरै धेरै भाग्यवान आत्माहरूलाई, सारा विश्वको बीचमा करोडौँमा कोही, कोहीमा पनि कोही विशेष आत्माहरूलाई, सदा आफ्नो चालचलन र चेहराद्वारा बापदादालाई प्रत्यक्ष गर्ने विशेष बच्चाहरूलाई, सदा सहयोग र स्नेहको बन्धनमा रहने श्रेष्ठ आत्माहरूलाई, सदा ब्रह्माबाबा समान हरेक कर्ममा अलौकिक कर्म गर्ने अलौकिक आत्माहरूलाई, बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

विङ्ग्हरूकोको सेवाप्रति बापदादाको प्रेरणा:– विङ्ग्हरूको सेवामा राम्रो रिजल्ट देखिन्छ किनकि हरेक विङ्गहरूले मेहनत गर्छन्, सम्पर्क बढाउँदै जान्छन्। तर बापदादा चाहनुहुन्छ जस्तै मेडिकल विङ्गले मेडिटेसनद्वारा हर्टको समस्याको प्राक्टिकल निराकरण गरेर देखाएको छ। सबुत दिएको छ मेडिटेसनबाट हर्टको समस्या ठीक हुनसक्छ र प्रूफ दिएको छ, दिएको छ नि प्रूफ! तिमीहरू सबैले सुनेका छौ नि! दुनियाँका मानिसहरूले प्रत्यक्ष यस्तै सबुत चाहन्छन्। यसै प्रकारले जुन पनि विङ्ग आएका छौ, प्रोग्राम त गर्नु नै छ, गर्छौ पनि तर यस्तो कुनै प्लान बनाऊ, जसबाट प्राक्टिकल रिजल्ट सबैको सामुन्ने आओस्। सबै विङ्गको लागि बापदादाले भनिरहनुभएको छ। यो गभर्मेन्टसम्म पनि पुगिरहेको छ नि! जताततै आवाज त फैलिएको छ– मेडिटेसनद्वारा पनि निको हुनसक्छ। अब यसलाई अझ बढाउनुपर्छ।

अब प्राक्टिकलको सबुत देऊ जसबाट यो कुरा फैलियोस्– मेडिटेसनद्वारा सबै कुरा हुनसक्छ। सबैको अटेन्सन मेडिटेसनतर्फ होस्, आध्यात्मिकतातर्फ होस्। बुझ्यौ? अच्छा।

वरदान:–
साइलेन्सको शक्तिद्वारा विश्वमा प्रत्यक्षताको नगरा बजाउने शान्तस्वरूप भव

गायन गरिएको छ “साइन्स माथि साइलेन्सको जित”, न कि वाणीको। जति समय र सम्पूर्णता नजिक आउँदै जानेछ त्यति अटोमेटिक आवाजमा अधिक आउनाले वैराग्य आउँदै जानेछ। जसरी अहिले नचाहँदा-नचाहँदै पनि बानीले आवाजमा ल्याउँछ, त्यसैगरी नचाहँदा-नचाहँदै पनि आवाजबाट पर भइनेछ। प्रोग्राम बनाएर आवाजमा आउनेछौ। यो परिवर्तन देखियो भने बुझ्नु छ अब विजयको नगरा बज्नेवाला छ। यसको लागि जति समय मिल्छ त्यति शान्तस्वरूप स्थितिमा रहने अभ्यासी बन।

स्लोगन:–
जिरो बाबाको साथमा रहनेहरू नै हिरो पार्टधारी हुन्।