26.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीले
सङ्गत धेरै राम्रो गर्नुपर्छ , नराम्रो सङ्गतको रङ्ग लाग्यो भने गिर्छौ , कुसङ्गतले
बुद्धिलाई तुच्छ बनाइदिन्छ।”
प्रश्न:–
अहिले तिमी
बच्चाहरूलाई कुन उच्छल (उमङ्ग) आउनुपर्छ?
उत्तर:–
तिमीहरूलाई
उच्छल आउनुपर्छ– गाउँ गाउँमा गएर सर्भिस गरौँ। तिमीहरूसँग जे जति छ, त्यो सबै सेवाको
लागि हो। बाबा बच्चाहरूलाई राय दिनुहुन्छ– प्यारा बच्चाहरू! यो पुरानो दुनियाँबाट
आफ्नो पल्ला छुटाऊ। कुनै चिजमा ममत्व नराख, यिनीहरूसँग दिल नलगाऊ।
गीत:–
इस पाप की
दुनिया से......
ओम् शान्ति ।
पाप आत्माहरूको
दुनियाँ र पुण्य आत्माहरूको दुनियाँ, नाम आत्माहरूकै राखिन्छ। अहिले यहाँ दु:ख छ
त्यसैले पुकार्छन्। पुण्य आत्माहरूको दुनियाँमा कहीँ लैजाऊ भनेर पुकार्दैनन्। तिमी
बच्चाहरूले बुझेका छौ, यो ज्ञान कुनै पण्डित वा संन्यासी शास्त्रवादी आदिले
सुनाउँदैनन्। स्वयं यिनले पनि भन्छन्– मैले यो ज्ञान जानेको थिइनँ, रामायण आदि
शास्त्र त धेरै पढ्थेँ। बाँकी यो ज्ञान मैले तिमीहरूलाई सुनाउँछु। यिनले पनि सुन्छन्।
अहिले यो पाप आत्माहरूको दुनियाँ हो। पुण्य आत्माहरूको लागि केवल यति भनिन्छ–
यिनीहरू आएर गए। बस्, पूजा गरेर आउँछन्, शिवको पूजा गरेर आउँछन्। तिमी बच्चाहरूले
अब कसको पूजा गर्छौ? तिमीलाई थाहा छ– सबैभन्दा उच्च भगवान शिव हुनुहुन्छ, उहाँ
आज्ञाकारी बाबा, टिचर, आज्ञाकारी प्रिसेप्टर (सद्गुरु) हुनुहुन्छ। साथमा लैजाने
ग्यारेन्टी अरू कुनै गुरु आदिले गर्न सक्दैनन्। त्यसमा पनि उनीहरूले सबैलाई कहाँ
लैजान्छन् र। अहिले तिमी सम्मुख बसेका छौ, यहाँबाट आफ्नो घरमा गएपछि पनि तिमीले
बिर्सन्छौ। यहाँ सम्मुख सुन्दा मजा आउँछ। बाबा घरी घरी भन्नुहुन्छ– प्यारा बच्चाहरू!
राम्रोसँग पढ। यसमा लापरवाही नगर, कुसङ्गतमा नफस। नत्र झन् तुच्छ बुद्धि हुन्छौ।
बच्चाहरूलाई थाहा छ– हामी के थियौँ, के पाप गर्यौँ। अब हामी यी देवता बन्छौँ, यो
पुरानो दुनियाँ खतम हुनुछ फेरि यहाँ घर आदिको के परवाह राख्नुछ। यो दुनियाँको जे जति
छ त्यो बिर्सनुछ। नत्र बाधा पार्छन्। यसमा दिल लगाउनु छैन। हामी नयाँ दुनियाँमा गएर
आफ्ना हीरा-जुहारतका महल बनाउनेछौँ। यहाँका पैसा आदि कुनै चिज राम्रो लाग्छ भने
शरीर छोड्ने बेलामा त्यसमा मोह जान्छ। मेरो मेरो भन्यौँ भने त्यो अन्त्यमा अगाडि
आउँछ। यो त सबै यहाँ खतम हुनुछ। हामी आफ्नो राजधानीमा आउँछौँ, यसमा के दिल लगाउनुछ।
त्यहाँ धेरै सुख हुन्छ। नाम नै स्वर्ग हो। अहिले हामी जान्छौँ आफ्नो वतन, यो त
रावणको वतन हो, हाम्रो होइन। यसबाट छुट्ने पुरुषार्थ गर्नुछ। पुरानो दुनियाँबाट
पल्ला छुटाउनुहुन्छ त्यसैले बाबा भन्नुहुन्छ– कुनै चिजमा ममत्व नराख। पेटले धेरै
माग्दैन, फजुल चिजहरूमा खर्च धेरै हुन्छ। तिमी बच्चाहरूलाई सर्भिस गर्नको लागि
उमङ्ग आउनुपर्छ। कति बच्चाहरू छन् जसलाई गाउँ गाउँमा सर्भिस गर्ने सोख हुन्छ। बाँकी
जसलाई सर्भिसको सोख छैन, उनीहरूलाई के कामका भन्ने। जस्तो बाबा त्यस्तै बच्चाहरू
बन्नुपर्छ। बाबाकै परिचय दिनुछ। बाबालाई याद गर र बाबाबाट वर्सा लेऊ। बच्चाहरूलाई
सोख हुन्छ– हामी बाबाको सर्भिसमा जान्छौँ। तब बाबाले पनि हिम्मत बढाउनुहुन्छ। बाबा
आउनुभएको छ सर्भिसमा, सर्भिसको लागि नै सबै कुरा गर्नुछ। यो बाबाको परिचय त सबैलाई
दिनुछ। बाबा एउटै हुनुहुन्छ। भारतवर्षमा आउनुभएको थियो, भारतवर्षमा देवताहरूको
राज्य थियो। हिजोको कुरा हो, लक्ष्मी-नारायणको राज्य थियो फेरि राम-सीताको। फेरि
देवताहरू वाम मार्गमा गिरे। रावण राज्य सुरुभयो, सिँढी तल ओर्लिए अब फेरि चढ्तीकला
सेकेन्डको कुरा हो।
एउटा हुन्छ रियल लव (सच्चा
प्रेम), अर्को हुन्छ आर्टिफिसियल लव (बनाववटी प्रेम)। रियल लव बाबासँग तब हुन्छ जब
आफूलाई आत्मा सम्झन्छौ। अब तिमी बच्चाहरूको यो दुनियाँमा आर्टिफिसियल लव छ। यो त
खतम हुनुछ। सर्भिस गर्ने कहिल्यै भोकै मर्दैनन्। त्यसैले बच्चाहरूले सर्भिसको सोख
राख्नुपर्छ। तिमीहरूको ईश्वरीय मिसन धेरै सहज छ। कसैले बुझ्दैनन्– धर्म कसरी स्थापना
हुन्छ। क्राइस्ट आए, क्रिश्चियन धर्म स्थापना गरे, धर्म बढ्दै गयो। उनको मतमा
चल्दाचल्दै गिर्दै आए, अब तिमी बच्चाहरू देहीअभिमानी बन्नुछ। आधाकल्प रावण राज्यमा
हामीले बाबालाई बिर्सियौँ, अब बाबाले आएर जगाउनुभएको छ। बाबा भन्नुहुन्छ– ड्रामा
अनुसार तिमीहरू गिर्नु नै थियो। तिमीहरूको पनि दोष छैन। रावण राज्यमा दुनियाँको
यस्तै हालत हुन्छ। बाबा भन्नुहुन्छ– अब म आएको छु पढाउन। तिमीले फेरि आफ्नो राज्य
भाग्य लेऊ। मैले अरू कुनै मेहनत गराउँदिन। एक त बजारका फोहोरी गन्दा चीजहरू नखाऊ र
म एकलाई याद गर। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो ड्रामाको चक्र हो, जुन फेरि
दोहोरिन्छ। तिमीहरूको बुद्धिमा ड्रामाको आदि, मध्य, अन्त्यको ज्ञान छ। तिमीले
कसैलाई पनि सम्झाउन सक्छौ। पहिला त बाबाको याद हुनुपर्छ। सर्भिसको लागि आपसमा मिलेर
साथी बनाउनुपर्छ। माताहरू पनि निस्कनुपर्छ। यसमा डराउने कुनै कुरा छैन। चित्र आदि
सबै तिमीहरूलाई मिल्छन्। तिमीहरूको धेरै सर्भिस हुन्छ। भन्छन्– तपाई गइहाल्नुहुन्छ,
फेरि हामीलाई कसले सिकाउनुहुन्छ? भन– हामी सर्भिस गर्नको लागि तयार छौँ। घर आदिको
प्रबन्ध गर्नुहोस्। धेरैको कल्याणको लागि निमित्त बन्नेछौं। बाबाले सर्भिसको उमङ्ग
दिलाउनुहुन्छ। बच्चाहरूमा हिम्मत छ भने सर्भिस पनि बढ्छ। यो कुनै मेला होइन जुन
१०-१५ दिन मेला चल्यो फेरि सकियो। यो मेला त चलिरहन्छ। यहाँ आत्मा र परमात्माको
मिलन हुन्छ, जसलाई नै सच्चा मेला भनिन्छ। त्यो त अहिले चलिरहेको छ। सर्भिस पूरा
भएपछि मेला बन्द हुन्छ हुन्छ। ड्रामा अनुसार बच्चाहरूलाई सर्भिसको धेरै सोख
हुनुपर्छ। जुन ज्ञान बेहदका बाबामा छ, त्यो बच्चाहरूको बुद्धिमा छ। सर्वोच्च
बाबाबाट हामी कति उच्च बन्दै आएका छौँ। आफैसँग यस्ता यस्ता कुरा गर्नुछ। आपसमा
सेमिनार गर्नुछ। बाबासँग राय लिएर सर्भिसमा लाग। कुनै मद्दत आवश्यक परेमा बाबा
दुल्हेलाल (वरदाता) बस्नुभएको छ। यो सबै ड्रामामा निश्चित छ। फिक्रको कुनै कुरा छैन।
नत्र स्थापना कसरी हुन्छ। अर्को कुरा यो पनि हो, जसले गर्छ उसले पाउँछ। अहिले तिमी
बच्चाहरू पत्थरबुद्धिबाट हीरासमान बन्छौ। बाबाले ज्ञानले यति भोला बनाउनुहुन्छ,
मायाले फेरि नाकबाट समातेर ज्ञानबाट विमुख पारिदिन्छ।
तिमी बच्चाहरूले
सङ्गत धेरै राम्रो गर्नुपर्छ। नराम्रो सङ्गतको रङ्ग लाग्यो भने गिर्छौ। बाबाले
बाइसकोप (सिनेमा) आदि हेर्न मनाही गर्नुहुन्छ। जसलाई बाइसकोपको बानी पर्यो ऊ पतित
नबनी रहन सक्दैन। यहाँ हरेकको गतिविधि गन्दा छ, नाम नै वेश्यालय हो। बाबाले शिवालय
स्थापना गरिरहनुभएको छ। वेश्यालयलाई पूरै आगो लाग्नुछ। कुम्भकर्ण जस्तै आसुरी
निद्रामा सुतिरहेका छन्। तिमीले बुझेका छौ– हामी शिवालयमा गइरहेका छौँ। पहिला हामी
पनि बाँदरसमान थियौँ, यसमा रामायणमा पनि कहानी छ। अहिले तिमी बाबाका मददगार बनेका
छौ। तिमीले आफ्नो शक्तिले राज्य स्थापना गरिरहेका छौ। फेरि यो रावण राज्य खतम हुनुछ।
तिमी बच्चाहरूलाई अनेक प्रकारका युक्तिहरू बताइरहनुहुन्छ। कसैलाई दान गर्दैनौ भने
फल पनि कसरी मिल्छ। पहिला सुरुमा १०-१५ जनालाई मार्ग बताएर फेरि पछि भोजन खानुपर्छ।
पहिला शुभ काम गरेर आऊ, यसैमा तिमीहरूको कल्याण छ। कुनै पनि देहधारीलाई याद नगर। यो
त पतित दुनियाँ हो। पतित-पावन एक बाबालाई याद गर्यौ भने पावन दुनियाँका मालिक बन्छौ।
अन्त मति सो गति हुन्छ। त्यसैले कसै न कसैलाई सन्देश सुनाएर फेरि आएर भोजन खानुपर्छ।
तिमीहरूले सबैलाई यही बताइराख– बाबालाई याद गर्नाले यति उच्च बन्छौँ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
रात्रि क्लास– १७-३-
१९ ६८
कहिल्यै पनि कुनै
भाषण आदि गर्नुछ भने आपसमा मिलेर दुई चार पटक रिहर्सल गर, प्वाइन्टहरू थपघट गरेर
तयार गर तब फेरि रिफाइन भाषण गर्न सक्नेछौ। मूल एक कुरामा (गीताका भगवानमा) नै
तिमीले विजय पायौ भने फेरि सबै कुरामा विजय हुन्छ, यसको लागि कन्फरेन्स (सम्मेलन) त
हुन्छ नि! बुझ्दै जान्छौ वृक्षको वृद्धि त अवश्य हुनुछ। मायाका तुफान त सबैलाई
लाग्छन्। अक्सर गरेर लेख्छन्– बाबा हामीले कामको थप्पड खायौँ, यसलाई भनिन्छ कमाइ चट।
क्रोध आदि गर्यौ भने भनिन्छ केही घाटा पर्यो। यसको लागि सम्झाउनुपर्छ, काममाथि विजय
प्राप्त गरेर जगतजित बन्छौ। कामसँग हारे हार हुन्छ। कामसँग हार्नेको कमाइ चट हुन्छ,
दण्ड हुन्छ। लक्ष्य धेरै उच्च छ त्यसैले धेरै सावधानी राख्नुपर्छ। तिमी बच्चाहरूलाई
थाहा छ– ५००० वर्ष पहिला पनि हामीलाई बादसाही मिलेको थियो। अहिले फेरि दैवी राजधानी
स्थापना भइरहेको छ। यो पढाइबाट हामी त्यो राजधानीमा जान्छौँ, सारा पढाइमा आधारित छ।
पढाइ र धारणाबाट नै बाबासमान बन्छौ। रजिस्टर पनि चाहिन्छ नि जसबाट थाहा हुन्छ–
कतिलाई आफूसमान बनायौ। जति धेरै धारणा गर्छौ त्यति नै मीठो बन्छौ। धेरै लभ्ली (प्यारो)
बच्चा हुनुपर्छ। तिमी बच्चाहरूको लागि नै त्यो दिन आज आयो, जसको लागि मानिसहरूले
मुक्तिमा जाऔँ भनेर धेरै कोसिस गर्छन्। बाबाले सबैलाई एकैपटकमा मुक्ति जीवनमुक्ति
दिनुहुन्छ। जसले देवता बन्ने पुरुषार्थ गर्छन् उनीहरू नै जीवनमुक्तिमा आउँछन्। बाँकी
सबै मुक्तिमा जान्छन्। एक्युरेट (यथार्थ) हिसाब निकाल्न सक्दैनौ। कोही त बाँकी
रहन्छन् पनि। विनाशको साक्षात्कार गर्छन्। यो मनोहर समय पनि देख्छन्। हरेक कुरामा
पुरुषार्थ गर्नुपर्ने हुन्छ। यस्तो पनि होइन यादमा बस्यौ भने काम हुन्छ। घर मिल्छ।
होइन। त्यो त ड्रामामा जे छ त्यही हुन्छ, आश राख्नुहुँदैन। पुरुषार्थ गर्नुपर्ने
हुन्छ। बाँकी हुन त त्यही हुन्छ जुन ड्रामामा निश्चित छ। पछि गएर तिमीहरूको वृत्ति
पनि भाइ भाइको हुनेछ। जति पुरुषार्थ गर्छौ त्यति त्यो वृत्ति हुन्छ। हामी अशरीरी
आएका थियौँ। ८४ जन्मको चक्र पूरा गर्यौँ। अब बाबा भन्नुहुन्छ– कर्मातीत अवस्थामा
जानुछ।
तिमीहरूलाई वास्तवमा
कसैसँग पनि शास्त्र आदिमा विवाद गर्ने आवश्यकता छैन। मूल कुरा हो नै यादको र
सृष्टिको आदि, मध्य, अन्त्यलाई बुझ्नुछ। चक्रवर्ती राजा बन्नुछ। केवल यो चक्रलाई
मात्रै बुझ्नुछ। यसैको नै गायन छ– सेकेन्डमा जीवनमुक्ति। तिमी बच्चाहरूलाई आश्चर्य
लाग्दो हो, आधाकल्प भक्ति चल्छ। ज्ञान रत्तिभर हुँदैन। ज्ञान छ नै बाबासँग। त्यो
ज्ञान बाबाबाट नै जान्नुछ। यी बाबा कति असाधारण छन्, त्यसैले करोडौँमा कोही
निस्कन्छन्। ती टिचरहरूले यस्तो कहाँ भन्छन् र। उहाँले त भन्नुहुन्छ– म नै बाबा,
टिचर, गुरु हुँ। मानिसहरू सुनेर आश्चर्य खान्छन्। भारतलाई मदरकन्ट्री (मातृभूमि)
भन्छन् किनकि अम्बाको नाम धेरै प्रसिद्ध छ। अम्बाका मेला पनि धेरै लाग्छन्। अम्बा
मीठो शब्द हो। साना बच्चाहरूले पनि आमालाई प्यार गर्छन् नि किनकि आमाले खुवाउँछिन्,
पिलाउँछिन्, सम्हाल्छिन्। अब अम्बाको बाबा पनि हुनुपर्छ नि। यिनी त एडप्टेड बच्ची
हुन्, यिनको पति त छैनन्। यो नयाँ कुरा हो नि। प्रजापिता ब्रह्माले अवश्य एडप्ट
गर्छन्। यी सबै कुरा बाबाले नै आएर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। कति मेला
लाग्छन् पूजा हुन्छ, किनकि तिमी बच्चाहरूले सर्भिस गर्छौ। मम्माले जतिलाई पढाइन्
त्यति अरू कसैले पढाउन सक्दैन। मम्माको नामाचार (प्रसिद्धि) धेरै छ, मेला पनि धेरै
लाग्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ, बाबाले नै आएर रचनाको आदि-मध्य-अन्त्यको सारा
रहस्य तिमी बच्चाहरूलाई सम्झाउनुभएको छ। तिमीहरूलाई बाबाको घरको बिषयमा पनि थाहा
भएको छ। बाबासँग नै लव छ, घरसँग पनि लव छ। यो ज्ञान तिमीहरूलाई अहिले मिल्छ। यो
पढाइबाट कति कमाइ हुन्छ। त्यसैले खुसी हुनुपर्छ नि। तिमी छौ बिल्कुल साधारण।
दुनियाँलाई थाहा छैन, बाबा आएर यो नलेज (ज्ञान) सुनाउनुहुन्छ। बाबाले नै आएर सबै नयाँ
नयाँ कुराहरू बच्चाहरूलाई सुनाउनुहुन्छ। नयाँ दुनियाँ बन्छ बेहदको पढाइबाट। पुरानो
दुनियाँबाट वैराग्य आउँछ। तिमी बच्चाहरूभित्र ज्ञानको खुसी हुन्छ। बाबालाई र घरलाई
याद गर्नुछ। घर त सबैलाई जानु नै छ। बाबाले त सबैलाई भन्नुहुन्छ नि– प्यारा बच्चाहरू!
म तिमीहरूलाई मुक्ति जीवनमुक्तिको वर्सा दिन आएको हुँ। फेरि किन बिर्सन्छौ! म
तिमीहरूको बेहदको बाबा हुँ, राजयोग सिकाउन आएको हुँ। के तिमी श्रीमतमा चल्दैनौ?
नत्र त धेरै घाटा पर्छ। यो हो बेहदको घाटा। बाबाको हात छोड्यौ भने कमाइमा घाटा पर्छ।
अच्छा– गुडनाइट। ओम् शान्ति।
धारणाको लागि
मुख्य सारः–
१) यो पुरानो दुनियाँको जे जति छ त्यसलाई बिर्सनुछ। बाबासमान आज्ञाकारी बनेर सेवा
गर्नुछ। सबैलाई बाबाको परिचय दिनुछ।
२) यस पतित दुनियाँमा
आफूले आफैलाई कुसङ्गबाट बचाउनुछ। बजारको अशुद्ध भोजन खानुछैन, बाइसकोप हेर्नुछैन।
वरदान:–
त्रिकालदर्शी
स्टेजद्वारा व्यर्थको खाता समाप्त गर्ने सदा सफलतामूर्त भव
त्रिकालदर्शी स्टेजमा
स्थित हुनु अर्थात् हर सङ्कल्प, बोली र कर्म गर्नुभन्दा पहिला यो कर्म व्यर्थ वा
समर्थ छ यो चेक गर्नु। व्यर्थले एक सेकेण्डमा पदमौँको नोक्सान पारिदिन्छ। सेकेण्डको
व्यर्थले पनि कमाइमा धेरै घाटा पारिदिन्छ जसबाट भएको कमाइ पनि गुम्न पुग्छ। त्यसैले
एक कालदर्शी भएर कर्म गर्नुको सट्टा त्रिकालदर्शी स्थितिमा स्थित भएर कर्म गर्यौ भने
व्यर्थ समाप्त हुन्छ र सदा सफलतामूर्त बन्नेछौ।
स्लोगन:–
मान, सान र
साधनको त्याग नै महान त्याग हो।