26.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सदा यही
खुसीमा रहनु छ – स्वयं भगवानले हामीलाई टिचर बनेर पढाउनुहुन्छ । हामी ले उहाँबाट
राजयोग सिकिरहेका छौँ , प्रजायोग होइन।”
प्रश्न:–
यस पढाइको खुबी
कुन चाहिँ हो? तिमीले कहिलेसम्म पुरुषार्थ गर्नुछ?
उत्तर:–
यो पढाइ यस्तो
छ, जसले धेरै समयदेखि पढ्दै आइरहेका छन् तिनीहरूभन्दा नयाँ बच्चाहरू तीक्ष्ण भएर
निस्कन्छन्। यो पनि खुबी हो, ३ महिनाका तीक्ष्ण बुद्धि भएका (तीव्र पुरुषार्थी) नयाँ
बच्चाहरू पुरानाहरूभन्दा पनि अगाडि जान सक्छन्। तिमीले पुरुषार्थ त्यतिबेलासम्म
गर्नुछ जुन बेलासम्म तिमी पूरा पास हुँदैनौ, कर्मातीत अवस्था हुँदैन, सबै
हिसाबकिताब चुक्ता हुँदैन।
ओम् शान्ति ।
तिमी बच्चाहरू
कहाँ बसेका छौ? बेहदको बाबाको स्कुलमा। बच्चाहरूलाई धेरै नै उच्च नसा हुनुपर्छ। कसका
बच्चाहरूलाई? बेहदको बाबाका बच्चाहरूलाई अथवा रुहानी बच्चाहरूलाई। बाबाले रुहहरूलाई
नै पढाउनुहुन्छ। गुजराती वा मराठीलाई पढाउनुहुन्न। त्यो त नाम-रूप भयो। बाबाले
पढाउनु हुन्छ नै रुहहरूलाई। तिमी बच्चाहरूले पनि जान्दछौ– हाम्रो बेहदको बाबा उहाँ
नै हुनुहुन्छ, जसलाई भगवान भनिन्छ। भगवानुवाच पनि अवश्य छ तर भगवान कसलाई भनिन्छ–
यो बुझ्दैनन्। भन्छन् पनि– शिव परमात्माय नमः। परमात्मा त एउटै हुनुहुन्छ। उहाँ
हुनुहुन्छ उच्चभन्दा उच्च निराकार। तिमीलाई श्रीकृष्ण भगवानले पढाउनुहुन्न। न उहाँले
कहिल्यै पढाउनुभएको थियो। तिमीलाई थाहा छ– हामी आत्माहरूका बाबाले हामीलाई
पढाइरहनुभएको छ। भगवान त निराकार नै हुनुभयो। शिवको मन्दिरमा जान्छन्, उहाँको पूजा
पनि गर्छन् त्यसैले अवश्य उहाँ कुनै उत्तम बस्तु वा चिज हुनुहुन्छ। नाम-रूपबाट
न्यारा कुनै चिज कहाँ हुन्छ र! यो पनि तिमीले अहिले जान्दछौ। सारा दुनियाँमा कसैलाई
पनि थाहा छैन। तिमीले पनि अहिले जान्न थालेका छौ। धेरै समयदेखि जान्दै आएका छौ।
यस्तो पनि होइन, धेरै समयदेखि आउनेहरूभन्दा नयाँहरू तीक्ष्ण हुन सक्दैनन्। यो पनि
खुबी हो। ३ महिनाका नयाँ बच्चाहरू पनि धेरै तीक्ष्ण हुन सक्छन्। भन्छन्– बाबा, यस
आत्माको बुद्धि धेरै तीक्ष्ण छ। नयाँ बच्चाहरूले सुन्दा धेरै गदगद हुन्छन्। हुन् त
सबै ईश्वरीय विद्यार्थी। निराकार बाबा ज्ञानको सागरले पढाइरहनुभएको छ। भगवानुवाच पनि
गायन गरिएको छ। तर कहिले पढाउनुभयो? त्यो भुलेका छन्।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ– यस्ता पनि कोही हुन्छन्, जसका पिता टिचर पनि हुन्छन्। तर उनले
केवल एउटै विषय पढाउँछन्, अरू विषय अर्कै टिचरले पढाउँछन्। यहाँ त बाबा सबै
बच्चाहरूको टिचर हुनुहुन्छ। यो अदभुत कुरा हो। धेरै बच्चाहरू छन्, जसलाई निश्चय छ–
शिवबाबाले हामीलाई पढाउनुहुन्छ। श्रीकृष्णलाई बाबा भन्न सक्दैनन्। श्रीकृष्णलाई यसरी
टिचर, गुरु पनि सम्झँदैनन्। उहाँ शिवबाबाले त प्राक्टिकलमा पढाइरहनुभएको छ। तिमी
भिन्न भिन्न प्रकारका विद्यार्थीहरू बसेका छौ। बाबा टिचरले पढाउनुहुन्छ, तिमी पास
नहुँदासम्म तिम्रो कर्मातीत अवस्था हुँदैन तिमीले त्यतिबेलासम्म पुरुषार्थ गर्नुछ।
कर्महरूको हिसाबकिताबबाट छुट्नुछ। तिमीलाई भित्र धेरै खुसी हुनुपर्छ– बाबाले
हामीलाई यस्तो दुनियाँमा लैजानुहुन्छ। अरू कुनै यस्ता स्कुल हुँदैनन् जहाँ बच्चाहरू
बसेका हुन्छन् र उनीहरूले जान्दछन्– परमधाम निवासी बाबा आएर हामीलाई पढाउनुहुन्छ।
अहिले तिमी यहाँ बस्यौ भने सम्झन्छौ– हाम्रो बेहदको बाबा हामीलाई पढाउनको लागि
आउनुहुन्छ। त्यसैले भित्र धेरै खुसी हुनुपर्छ। बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको
छ। यो प्रजायोग होइन, यो राजयोग हो। यस यादबाट नै बच्चाहरूलाई खुसीको पारा
चढ्नुपर्छ। यो कति ठुलो परीक्षा हो अनि तिमीहरू कति साधारण रूपले बसेका छौ। जस्तै
मुसलमानहरूले बच्चाहरूलाई दरीमा बसालेर पढाउँछन्। तिमी यस निश्चयले यहाँ आउँछौ। अब
बाबाको सामुन्ने बसेका छौ। बाबा पनि भन्नुहुन्छ– म ज्ञानको सागर हुँ। म कल्प कल्प
आएर राजयोग सिकाउँछु। श्रीकृष्णको ८४ जन्म भन वा ब्रह्माको ८४ जन्म भन, कुरा एउटै
हो। ब्रह्मा सो श्रीकृष्ण हुन्। यो बुद्धिमा राम्रोसँग धारण गर्नुछ। बाबासँग धेरै
लभ हुनुपर्छ। हामी आत्माहरू उहाँ बाबाका बच्चा हौँ, उहाँ परमपिता परमात्मा आएर
हामीलाई पढाउनुहुन्छ। श्रीकृष्णले त पढाउन सक्दैनन्। यसरी कहाँ श्रीकृष्णले पढाएका
होलान् र! ताज आदि उतारेर आएका होलान्! अब पढाउने त बुजुर्ग हुनुपर्छ। बाबा
भन्नुहुन्छ– मैले बुजुर्ग तन लिएको छु, यो पहिल्यै निश्चित छ। शिवबाबाले
ब्रह्माद्वारा नै पढाउनुहुन्छ। भन्छन् पनि– अवश्य परमपिता परमात्माले ब्रह्माद्वारा
स्थापना गर्नुहुन्छ। अब ब्रह्मा कहाँबाट आए, यो बुझ्दैनन्। बाबा बसेर घरी घरी
बच्चाहरूलाई जगाउनुहुन्छ। मायाले फेरि सुताइदिन्छ। अब तिमी सामुन्ने बसेका छौ,
तिमीले जान्दछौ– म तिम्रो रुहानी पिता हुँ। मलाई चिनेका छौ नि। गाउँछन् पनि– परमपिता
परमात्मा ज्ञानको सागर हुनुहुन्छ, पतित-पावन, दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ।
श्रीकृष्णको लागि यसरी कहिल्यै भन्दैनन्। सबैलाई सँगसँगै त पढाउन सक्नुहुन्न।
मधुबनमा मुरली चल्छ, त्यो फेरि सबै सेन्टरहरूमा जान्छ। तिमी अहिले सम्मुख छौ।
तिमीलाई थाहा छ– कल्प पहिला पनि बाबाले यसरी पढाउनुभएको थियो। यही समय थियो जुन
वितेर गयो। त्यो फेरि अहिले वर्तमानमा हुनेछ। भक्तिमार्गका कुराहरू त अब छोडिदिनुछ।
अहिले तिम्रो ज्ञानसँग प्रीत, पढाउनेवालासँग प्रीत छ। कोही कोहीले टिचरसँग पढ्दा
उनलाई सौगात दिन्छन्। यहाँ बाबाले त आफै सौगात दिनुहुन्छ। यहाँ आएर साकारमा
बच्चाहरूलाई हेर्नुहुन्छ, भन्नुहुन्छ यी मेरा बच्चाहरू हुन्। बच्चाहरूलाई ज्ञान यो
पनि छ– सबैले ८४ जन्म लिँदैनन्। कसैको एक जन्म भए पनि त्यसैमा सुखदुःख भोग्छन्।
अहिले तिमीले यी सबै कुराहरू बुझेका छौ। यो मनुष्य सृष्टिको वंशवृक्ष हो। पहिलो
नम्बरमा छन् ब्रह्मा-सरस्वती, आदि देव, आदि देवी। पछि फेरि अनेक धर्म हुँदै जान्छन्।
उहाँ सर्व आत्माहरूको बीज हुनुहुन्छ। बाँकी सबै पातहरू हुन्। प्रजापिता ब्रह्मा
सबैका पिता हुन्। यस समयमा प्रजापिता यहीँ छन्। यिनले बसेर शूद्रबाट परिवर्तन गरेर
ब्राह्मण बनाउँछन्। यस्तो कसैले गर्न सक्दैन। बाबाले नै तिमीलाई शूद्रबाट ब्राह्मण
बनाएर फेरि देवता बनाउनको लागि पढाइरहनुभएको छ। यो हो नै सहज राजयोगको पढाइ। राजा
जनकले पनि सेकेन्डमा जीवनमुक्ति पाए अर्थात् स्वर्गवासी बने। मानिसहरूले गाउन त
गाइरहन्छन् तर फेरि पनि बुझाउन सक्दैनन्। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू!
देहीअभिमानी बन। तिमी अशरीरी आएका थियौ, फेरि शरीर लिएर पार्ट खेल्यौ। अवश्य ८४
जन्म लिएका छौ। बाबा सत्य हुनुहुन्छ, त्यसैले उहाँले सत्य नै बताउनुहुन्छ। यो त
राजधानी भयो नि। राजयोग एउटैले कहाँ सिक्छन् र! तिमी सबै अहिले काँडाबाट फूल
बनिरहेका छौ। काँडा र फूल कसलाई भनिन्छ– यो पनि अहिले तिमीले बुझिरहेका छौ। यो
काँडाहरूको फोहोरी दुनियाँ नै हो। हामी ८४ जन्मको चक्कर लगाएर नर्कवासी भएका छौँ।
फेरि विश्वको इतिहास भूगोल रिपीट गर्नेछौँ। अवश्य फेरि हामी स्वर्गवासी बन्नेछौँ।
कल्प कल्प हामी नै बन्छौँ। घरी घरी यो याद गर्नुछ र ज्ञान सम्झाउनुछ। यी
लक्ष्मीनारायण सूर्यवंशी थिए। क्राइस्ट आए, उनीभन्दा पहिला धेरै कम थिए, राजधानी
थिएन। अब बाबा आएर सत्ययुगी राजधानी स्थापन गर्नुहुन्छ। स्थापना हुन्छ नै सङ्गममा।
अहिले तिम्रो बुद्धिमा छ– यो सच्चा सच्चा कुम्भको मेला हो। आत्माहरू अनेक छन्,
परमात्मा एक हुनुहुन्छ। परमात्मा बाबा, बच्चाहरूको पासमा आउनुहुन्छ पावन बनाउन।
यसलाई नै सङ्गमयुग कुम्भको मेला भनिन्छ। अहिले तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको
छ। बाबा आएर स्वर्गवासी बनाउनुहुन्छ फेरि नर्क, पुरानो दुनियाँको विनाश अवश्य
हुनुपर्छ। कल्प कल्प विनाश हुन्छ नै। नयाँ सो पुरानो, पुरानो सो नयाँ हुन्छ। यो त
अवश्य हुन्छ। नयाँलाई स्वर्ग, पुरानोलाई नर्क भनिन्छ। अहिले त कति मानिसहरूको वृद्धि
हुँदै जान्छ। अनाज मिलेन भने सम्झन्छन्– हामीले धेरै अनाज उत्पादन गर्छौं, तर
बच्चाहरू कति पैदा भइरहन्छन्। अनाज कहाँबाट ल्याउँछन्।
अहिले तिमी
बच्चाहरूलाई यो निश्चय छ, यो सारा पुरानो दुनियाँ खतम हुनुछ। मानिसहरूलाई यो ज्ञान
राम्रो पनि लाग्छ तर बुद्धिमा केही पनि बस्दैन। तिम्रो बुद्धिमा छ– नर्कपछि स्वर्ग
आउनेछ। सत्ययुगका देवीदेवता यहीँ थिए अहिले छैनन्। यी लक्ष्मीनारायण भारतवर्षका
मालिक थिए, तिनका चित्र छन्। सत्ययुगमा आदि सनातन देवीदेवता धर्म हुन्छ। अहिले
आफूलाई देवता धर्मका भन्दैनन्, त्यसको सट्टा हिन्दु भनिदिन्छन्। बच्चाहरूलाई
राम्रोसँग थाहा छ– हामी यी (देवीदेवता) बनिरहेका छौँ। बाबाले हामीलाई पढाइरहनुभएको
छ, यी इन्द्रियहरूद्वारा। बाबा भन्नुहुन्छ– नत्र भने मैले तिमीलाई कसरी पढाउँछु।
आत्माहरूलाई नै पढाउनुहुन्छ किनकि आत्मामा नै खाद पर्छ। अहिले तिमी सक्कली सुन
बन्नुछ, सत्ययुगबाट त्रेतायुगमा आयौ अर्थात् चाँदीको खाद परेपछि तिमी चन्द्रवंशी
बन्छौ। सत्ययुगमा, गोल्डेनन एजमा थियौ, तिमीहरू नै फेरि तल झर्छौ फेरि वृद्धि पनि
हुन्छ। अहिले तिम्रो बुद्धिमा छ– हामीले सत्य, त्रेता, द्वापर, कलियुगमा ८४ को
चक्कर लगाएर आएका छौँ। अनेक पटक यो पार्ट खेलेका छौँ, यस पार्टबाट कोही पनि छुट्न
सक्दैन। उनीहरूले भन्छन्– हामीलाई मोक्ष चाहिन्छ तर वास्तवमा हैरान त तिमी हुनुपर्छ।
८४ को चक्कर त तिमीले लगाएका छौ। मानिसहरूले त सम्झन्छन्– आउने र जाने भइरहन्छ,
यसबाट किन हामी नछुटौँ। तर यो त हुन सक्दैन। गुरुहरूले पनि भनिदिन्छन्– तिमीले
मोक्ष पाउनेछौ। ब्रह्मलाई याद गरेमा ब्रह्ममा लीन हुनेछौ। भारतखण्डमा नै अनेक
मतमतान्तर छन्, अरू कुनै खण्डमा यति मतमतान्तर छैनन्। यहाँ धेरैभन्दा धेरै मत छन्,
एउटा मिल्दैन अर्कोसँग। यहीँ ऋद्धि-सिद्धि पनि धेरै सिक्छन्। कसैले केसर निकाल्छन्,
कसैले के... यसमा मानिसहरू धेरै खुसी हुन्छन्। यो त स्पिरिचुअल (रूहानी) ज्ञान हो।
तिमीलाई थाहा छ– स्पिरिचुअल फादर हुनुहुन्छ, हामी आत्माहरूका पिता। रुहानी बाबाले
रुहहरूसँग कुरा गर्नुहुन्छ। आएर सत्य नारायणको कथा सुनाउनुहुन्छ वा अमरकथा
सुनाउनुहुन्छ, जसबाट अमरलोकको मालिक बनाउनुहुन्छ, नरबाट नारायण बनाउनुहुन्छ। फेरि
कौडीसमान बन्न पुग्छन्। अहिले तिमीलाई हिराजस्तो अनमोल जन्म मिलेको छ, फेरि कौडीका
पछाडि किन गुमाउँछौ। यो दुनियाँ नै बाँकी कति वर्ष होला! कति लडाइँझगडा भइरहन्छन्,
सबै खतम हुनेछन्। मृत्यु सामुन्ने उभिएको छ, फेरि यति लाख, करोड कसले बसेर खानेछन्।
किन यिनलाई सफल नगरौँ! यो रुहानी कलेज खोलेमा मानिस सदा स्वस्थ, धनी र खुसी बन्छन्।
त्यो हस्पिटल र युनिभर्सिटी पनि यहाँ कम्बाइन्ड छ। स्वास्थ्य, सम्पत्ति, सुख त भइ
नै हाल्छ। अवश्य योगबाट आयु पनि लामो मिल्छ। तिमी कति स्वस्थ बन्छौ, फेरि कारुनको
खजाना पनि मिल्छ। अल्लाह अवलदीनको नाटक देखाउँछन् नि। तिमीलाई थाहा छ– अल्लाह जसले
आदि सनातन देवीदेवता धर्म स्थापन गर्नुहुन्छ, त्यसमा धेरै सुख छ। नाम नै स्वर्ग हो।
तिमी शान्तिधामका निवासी थियौ, फेरि तिमी पहिला सुरुमा सुखधाममा आयौ, फेरि ८४ जन्म
लिएर तल गिर्दै आएका छौ। कल्प कल्प मैले तिमी बच्चाहरूलाई यसरी नै बसेर सम्झाउँछु।
तिमीले आफ्ना जन्महरूलाई जानेका छैनौ, मैले तिमीलाई बताउँछु। तिमीले ८४ जन्म लिएका
छौ, तिम्रो यो चोला पतित छ। आत्मा पनि तमोप्रधान भएको छ। बाबाले सही भन्नुहुन्छ।
बाबाले कहिल्यै गलत भन्नुहुन्न। उहाँ हुनुहुन्छ नै सत्य। सत्ययुग निर्विकारी दुनियाँ
हो, यो नै श्रेष्ठ दुनियाँ हो। फेरि रावणले भ्रष्ट बनाउँछ। यो झुटखण्ड नै हो।
गाउँछन् पनि– झुठी माया, झुठी काया... कुन चाहिँ दुनियाँ? यो सारा पुरानो दुनियाँ
झुटो छ। सत्ययुगमा सच्चा संसार थियो। दुनियाँ एउटै छ, दुइटा दुनियाँ छैनन्। नयाँ
दुनियाँबाट फेरि पुरानो हुन्छ। नयाँ भवन, पुरानो भवनमा फरक त हुन्छ। नयाँ बनेर तयार
भयो भने सम्झन्छन्– नयाँमा बस्नेछौँ। यहाँ पनि बच्चाहरूको लागि नयाँ भवन बनाउँछन्,
धेरै बच्चाहरू निस्कँदै जानेछन्। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। बाबा
भन्नुहुन्छ– ज्ञान सागरका बच्चाहरू सबै काम चितामा बसेर बिचरा एकदम जलेका छन्। अब
फेरि उनीहरूलाई ज्ञान चितामा बसाल्छु। ज्ञान चितामा बसालेर स्वर्गको मालिक बनाउँछु।
काम चितामा बसेका हुनाले बिल्कुलै काला बनेका छन्। श्रीकृष्णको नाम श्यामसुन्दर
राखिएको छ। तर अर्थ कसैले बुझ्न सक्दैनन्। अब तिमी केबाट के बन्छौ! बाबाले कौडीबाट
हिरासमान बनाउनुहुन्छ त्यसैले फेरि यति अटेन्सन दिनुपर्छ। बाबालाई याद गर्नुपर्छ।
यादबाट नै तिमी स्वर्गको मालिक बन्नेछौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस हिरातुल्य अनमोल जीवनलाई कौडीका पछाडि गुमाउनुछैन। मृत्यु सामुन्ने उभिएको छ
त्यसैले आफ्नो सबैथोक रुहानी सेवामा सफल गर्नुछ।
२) पढाइ र
पढाउनेवालासँग सच्चा प्यार गर्नुछ। भगवान हामीलाई पढाउन आउनुहुन्छ, यस खुसीमा रहनुछ।
वरदान:–
क्याचिङ
पावरद्वारा आफ्ना असली संस्कारहरूलाई क्याच गर ेर तिनको स्वरूप बन्ने शक्तिशाली भव
पुरुषार्थको मुख्य
आधार क्याचिङ पावर हो। जसरी वैज्ञानिकहरूले धेरै पहिलाको आवाजलाई क्याच गर्छन्
त्यसरी नै तिमीले साइलेन्सको शक्तिले आफ्ना आदि दैवी संस्कारहरूलाई क्याच गर, यसको
लागि सदैव यही स्मृति रहोस्– म यही थिएँ र फेरि बनिरहेको छु। जति ती संस्कारहरूलाई
क्याच गर्छौ त्यति त्यसको स्वरूप बन्नेछौ। ५ हजार वर्षको कुरा यति स्पष्ट अनुभवमा
आओस् मानौँ हिजोको कुरा हो। आफ्नो स्मृतिलाई यति श्रेष्ठ र स्पष्ट बनायौ भने
शक्तिशाली बन्नेछौ।
स्लोगन:–
ब्राह्मण
जीवनको श्वास खुसी हो, शरीर गए पनि खुसी नजाओस्।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
तुरुन्तै सौदा
गर्नेहरू एकका भएका हुनाले सदा एकरस रहन्छन्। बाँकी जसले अलिअलि गरेर सौदा गर्छन्,
एकको सट्टा दुई डुङ्गामा खुट्टा राख्नेहरू हुन्, उनीहरू सदा कुनै न कुनै उल्झनको
हलचलमा हुन्छन्, एकरस बन्दैनन्, त्यसैले सौदा गर्नुछ भने सेकेन्डमा गर। दिललाई छिया
छिया नपार।