26.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यो अनादि ड्रामा घुमिरहन्छ , टिक-टिक भइरहन्छ , यसमा एउटाको पार्ट अर्कोसँग मिल्दैन , यसलाई यथार्थ बुझेर सदा हर्षित रहनु छ।”

प्रश्न:–
भगवान आउनु भएको छ, यो कुरा कुन युक्तिद्वारा तिमीले सिद्ध गरेर बताउन सक्छौ?

उत्तर:–
कसैलाई सिधा भन्नु हुँदैन– भगवान आउनु भएको छ, यसो भन्यौ भने मानिसले हाँसेर उडाइदिन्छन्, टीका टिप्पणी गर्नेछन् किनकि आजकाल आफूलाई भगवान भन्नेहरू धेरै छन्, त्यसैले तिमीले युक्तिसँग पहिला दुई पिताको परिचय देऊ। एक हदको, अर्को बेहदको। हदका पिताबाट हदको वर्सा मिल्छ, अब बेहदका पिताले बेहदको वर्सा दिनुहुन्छ, तब बुझ्छन्।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ, सृष्टि त यही हो। बाबा पनि सम्झाउनको लागि यहाँ आउनु पर्छ। मूलवतनमा त सम्झाइँदैन। स्थूल वतनमा नै सम्झाइन्छ। बाबालाई थाहा छ बच्चाहरू सबै पतित छन्। कुनै कामका रहेका छैनन्। यस दुनियाँमा दु:ख नै दु:ख छ। बाबाले सम्झाउनु भएको छ– अहिले तिमी विषय सागरमा डुबेका छौ। वास्तवमा तिमीहरू क्षीर सागरमा थियौ। विष्णुपुरीलाई क्षीरसागर भनिन्छ। अहिले क्षीरको (दुधको) सागर त यहाँ मिल्न सक्दैन। त्यसैले तलाउ बनाइदिएका छन्। त्यहाँ त भन्छन्– दुधका नदीहरू बग्थे, गाईहरू पनि त्यहाँका फस्टक्लास, प्रसिद्ध हुन्छन्। यहाँ त मनुष्य पनि बिमारी भइरहन्छन्, त्यहाँ त गाई पनि कहिल्यै बिमारी हुँदैनन्। फस्टक्लास हुन्छन्। जनावर आदि कुनै बिमारी हुँदैनन्। यहाँ र त्यहाँमा धेरै फरक छ। यो कुरा बाबा नै आएर बताउनु हुन्छ। दुनियाँमा अरू कसैले जान्दैन। तिमीलाई थाहा छ– यो पुरुषोत्तम सङ्गमयुग हो, जबकि बाबा आउनु हुन्छ र सबैलाई फर्काएर लिएर जानुहुन्छ। बाबा भन्नुहुन्छ– जति पनि बच्चाहरू छन् कसैले अल्लाहलाई, कसैले गडलाई, कसैले भगवानलाई पुकार्छन्। मेरो नाम त धेरै राखिदिएका छन्। राम्रो नराम्रो जे आयो त्यही नाम राखिदिन्छन्। अब तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनु भएको छ। दुनियाँले त यो बुझ्न सक्दैन। उनीहरूले नै बुझ्छन् जसले ५ हजार वर्ष पहिला बुझेका छन् त्यसैले गायन छ करोडौंमा कोही, कोहीमा पनि कोही। म जो हुँ जस्तो हुँ, बच्चाहरूलाई जे सिकाउँछु, त्यो त तिमी बच्चाहरूले नै बुझ्छौ, अरू कसैले बुझ्न सक्दैन। यो पनि तिमीलाई थाहा छ– हामीले कुनै साकारसँग पढ्दैनौं। निराकारले पढाउनु हुन्छ। मनुष्य अवश्य अलमलिन्छन्, निराकार त माथि रहनुहुन्छ, उहाँले कसरी पढाउनु हुन्छ! तिमी निराकार आत्मा पनि माथि रहन्छौ। फेरि यस तख्तमा आउँछौ। यो तख्त विनाशी छ, आत्मा त अकाल हो। त्यसको कहिल्यै मृत्यु हुँदैन। शरीरको मृत्यु हुन्छ। यो हो चैतन्य तख्त। अमृतसरमा पनि अकाल तख्त छ नि। त्यो तख्त हो काठको। ती बिचराहरूलाई थाहा छैन, अकाल त आत्मा हो, जसलाई कहिल्यै कालले खाँदैन। अकाल मूर्त आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ। त्यसलाई पनि रथ त चाहियो नि। निराकार बाबालाई पनि अवश्य मनुष्य रथ चाहिन्छ किनकि बाबा ज्ञानको सागर, ज्ञानेश्वर हुनुहुन्छ। तर ज्ञानेश्वर नाम त धेरैका छन्। आफूलाई ईश्वर सम्झन्छन् नि। सुनाउँछन् भक्तिका शास्त्रहरूका कुरा। नाम राख्न लगाउँछन् ज्ञानेश्वर अर्थात् ज्ञान दिने ईश्वर। त्यस्तो त ज्ञानसागर हुनुपर्यो। उहाँलाई नै गड फादर भनिन्छ। यहाँ त धेरै भगवान भएका छन्। जब धेरै ग्लानि हुन्छ, धेरै गरिब हुन्छन्, दु:खी हुन्छन् तब नै बाबा आउनु हुन्छ। बाबालाई भनिन्छ, गरिब निवाज। आखिर त्यो दिन आउने छ, जब गरिब निवाज बाबा आउनु हुन्छ। बच्चाहरूले पनि जानेका छौ– बाबा आएर स्वर्गको स्थापना गर्नुहुन्छ। त्यहाँ त अथाह धन हुन्छ। पैसा कहिल्यै गनिदैन। यहाँ हिसाब निकाल्छन्, यति अरब-खरब खर्च भयो। त्यहाँ यो नाम नै हुँदैन, अथाह धन हुन्छ।

अहिले तिमी बच्चाहरूलाई थाहा भएको छ– बाबा आउनु भएको छ, हामीलाई आफ्नो घर लिएर जान। बच्चाहरूले आफ्नो घर भुलेका छन्। भक्तिमार्गको धक्का खाइरहन्छन्, यसलाई भनिन्छ रात। भगवानलाई खोजिरहन्छन्, तर भगवान कसैसँग मिल्नुहुन्न। अहिले भगवान आउनु भएको छ, यो पनि तिमी बच्चाहरूलाई थाहा छ, निश्चय पनि छ। यस्तो होइन, सबैलाई पक्का निश्चय छ। कुनै न कुनै समयमा मायाले भुलाइदिन्छ, तब बाबा भन्नुहुन्छ– आश्चर्यवत् मलाई देख्छन्, मेरा बन्छन्, अरूलाई सुनाउँछन्, अहो माया तिमी कति जबर्जस्त छौ जसले फेरि पनि भागन्ती गराइदिन्छ्यौ। भागन्ती त धेरै हुन्छन्। फारकती (छोडपत्र) देवन्ती हुन्छन्। फेरि उनीहरूले कहाँ गएर जन्म लिन्छन्! धेरै साधारण जन्म पाउने छन्। परीक्षामा फेल हुन्छन्। यो हो मनुष्यबाट देवता बन्ने परीक्षा। बाबाले यस्तो त भन्नुहुन्न– सबै नारायण बन्छन्। होइन, जसले राम्ररी पुरुषार्थ गर्नेछन्, उनीहरूले पद पनि राम्रो पाउने छन्। बाबा सम्झनुहुन्छ को राम्रा पुरुषार्थी छन्, जसले अरूलाई पनि मनुष्यबाट देवता बनाउने पुरुषार्थ गराउँछन् अर्थात् बाबाको परिचय दिन्छन्। आजकाल विरूद्धमा कति मनुष्यहरूले आफैलाई भगवान भनिरहन्छन्। तिमीहरूलाई अबला सम्झन्छन्। भगवान आउनु भएको छ, अब यो उनीहरूलाई कसरी सम्झाउने! सिधै कसैलाई भगवान आउनु भएको छ भन्यौ भने कहिल्यै मान्दैनन् त्यसैले सम्झाउने पनि युक्ति चाहिन्छ। यसरी कहिल्यै कसैलाई भगवान आउनु भएको छ भनेर भन्नु हुँदैन। उनीहरूलाई सम्झाउनु छ– तपाईका दुई पिता हुनुहुन्छ। एक हुनुहुन्छ पारलौकिक बेहदको पिता, अर्को लौकिक हदको पिता। राम्ररी परिचय दिनुपर्छ, जसद्वारा सम्झिऊन् यिनीहरूले ठीक भन्छन्। बेहदको बाबाबाट वर्सा कसरी मिल्छ, यो कसैले जान्दैन। वर्सा मिल्छ नै बाबाबाट। अरू कसैले पनि यस्तो भन्दैन– मनुष्यका दुई बाबा हुन्छन्। तिमीले सिद्ध गरेर बताउँछौ, हदको लौकिक पिताबाट हदको वर्सा र पारलौकिक बेहद बाबाबाट बेहद अर्थात् नयाँ दुनियाँको वर्सा मिल्छ। नयाँ दुनियाँ हो स्वर्ग, त्यो त जब बाबा आउनु हुन्छ तब नै आएर दिनुहुन्छ। उहाँ बाबा हुनुहुन्छ नै नयाँ सृष्टि रच्नेवाला। बाँकी तिमीहरूले केवल भगवान आउनु भएको छ, भन्यौ भने मान्ने छैनन्, अरू टीका टिप्पणी गर्नेछन्। सुन्ने नै छैनन्। सत्ययुगमा त यो बुझाउनु पर्दैन। बुझाउनु तब पर्छ, जब बाबा आएर शिक्षा दिनुहुन्छ। सुखमा स्मरण कसैले गर्दैन, दु:खमा सबैले गर्छन्। त्यसैले उहाँ पारलौकिक बाबालाई नै दु:खहर्ता सुखकर्ता भनिन्छ। दु:खबाट मुक्त गरेर गाइड बनेर फेरि लिएर जानुहुन्छ आफ्नो घर स्वीट होममा। त्यसलाई स्वीट साइलेन्स होम भनिन्छ। त्यहाँ हामी कसरी जान्छौं, यो कसैले पनि जानेका छैनन्। न रचना, न रचयिताको आदि-मध्य-अन्त्यलाई जानेका छन्। तिमीलाई थाहा छ– हामीलाई निर्वाणधाम लिएर जानको लागि बाबा आउनु भएको छ। सबै आत्माहरूलाई लिएर जानुहुन्छ। एउटालाई पनि छोड्नुहुन्न। त्यो हो आत्माहरूको घर, यो हो शरीरको घर। त्यसैले पहिला सुरुमा बाबाको परिचय दिनुपर्छ। उहाँ निराकार बाबा हुनुहुन्छ, उहाँलाई परमपिता पनि भनिन्छ। परमपिता शब्द ठीक छ र मीठो छ। केवल भगवान, ईश्वर भन्नाले वर्साको भासना आउँदैन। तिमीले परमपितालाई याद गर्यौ भने वर्सा मिल्छ। बाबा हुनुहुन्छ नि। यो पनि बच्चाहरूलाई सम्झाइएको छ सत्ययुग हो सुखधाम। स्वर्गलाई शान्तिधाम भनिदैन। शान्तिधाम जहाँ आत्माहरू रहन्छन्। यो बिलकुल पक्का गराइदेऊ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यी वेद शास्त्र आदि पढ्नाले तिमीलाई केही पनि प्राप्त हुँदैन। शास्त्र पढ्छौ नै भगवानलाई पाउनको लागि र भगवान भन्नुहुन्छ– म शास्त्र पढेको कारणले कसैसँग पनि मिल्दिन। मलाई यहाँ बोलाउँछन् नै आएर यस पतित दुनियाँलाई पावन बनाउनुहोस् भनेर। यो कुरा कसैले बुझ्दैनन्, पत्थरबुद्धि छन् नि। स्कुलमा बच्चाहरूले पढेनन् भने भन्छन् नि– तिमी त पत्थरबुद्धि हौ। सत्ययुगमा यस्तो भनिदैन। पारसबुद्धि बनाउनेवाला हुनुहुन्छ नै परमपिता बेहदको बाबा। अहिले तिम्रो बुद्धि पारस छ किनकि तिमीहरू बाबाको साथमा छौ। फेरि सत्ययुगमा एक जन्ममा पनि अवश्य अलकति फरक पर्छ। १२५० वर्षमा दुई कला कम हुन्छ। सेकेण्ड बाइ सेकेण्ड १२५० वर्षमा कला कम हुँदै जान्छन्। तिम्रो जीवन अहिले एकदम परफेक्ट बन्छ जब तिमी बाबाजस्तै ज्ञानको सागर, सुख-शान्तिको सागर बन्छौ। सबै वर्सा लिन्छौ। बाबा आउनु हुन्छ नै वर्सा दिन। पहिला सुरुमा तिमी शान्तिधाममा जान्छौ, फेरि सुखधाममा जान्छौ। शान्तिधाममा त हुन्छ नै शान्ति। फेरि सुखधाममा त्यहाँ अशान्तिको अलिकति पनि कुरा हुँदैन। फेरि तल उत्रिनु पर्ने हुन्छ। मिनेट मिनेटमा तिमी उत्रिँदै जान्छौ। नयाँ दुनियाँबाट पुरानो हुँदै जान्छ। त्यसैले बाबाले भन्नुभएको थियो हिसाब निकाल, ५ हजार वर्षमा यति महिना, यति घण्टा... तब मनुष्यले आश्चर्य खान्छन्। यो हिसाब त पूरा बताइएको छ। एक्युरेट हिसाब लेख्नुपर्छ, यसमा अलिकति पनि फरक पर्न मिल्दैन। मिनेट-मिनेटमा टिक-टिक भइरहन्छ। सारा रिल रिपिट हुन्छ, घुम्दा घुम्दै रोल हुँदै जान्छ फेरि त्यही रिपिट हुन्छ। यो विशाल रोल धेरै आश्चर्यजनक छ। यसको नाप आदि गर्न सकिँदैन। सारा दुनियाँमा जति पार्ट चल्छ, त्यतिञ्जेल टिक-टिक भइरहन्छ। एक सेकेन्ड अर्कोसँग मिल्दैन। यो चक्र घुमि नै रहन्छ। त्यहाँ हुन्छ हदको ड्रामा, यो हो बेहदको ड्रामा। पहिला तिमीहरूले केही पनि जान्दैनथ्यौ– यो अविनाशी ड्रामा हो। बनिबनाउ बनिरहेको छ... जो हुनु छ त्यही हुन्छ। नयाँ कुरा छैन। अनेक पटक सेकेण्ड सेकेण्डमा यो ड्रामा रिपिट हुँदै आएको छ। अरू कसैले यो कुरा सम्झाउन सक्दैन। सबैभन्दा पहिला त बाबाको परिचय दिनु छ, बेहदको बाबाले बेहदको वर्सा दिनुहुन्छ। उहाँको एउटै नाम हो शिव। बाबा भन्नुहुन्छ– म आउँछु नै तब जब अति धर्म ग्लानि हुन्छ, यसलाई भनिन्छ घोर कलियुग। यहाँ धेरै दु:ख छ। कति छन्, जसले भन्छन् यस्तो घोर कलियुगमा पवित्र कसरी रहन सकिन्छ! तर उनीहरूलाई यो थाहा नै छैन, पावन बनाउनेवाला को हुनुहुन्छ? बाबा नै सङ्गममा आएर पवित्र दुनियाँ स्थापन गर्नुहुन्छ। त्यहाँ स्त्री-पुरुष दुवै पवित्र रहन्छन्। यहाँ दुवै अपवित्र छन्। यो हो नै अपवित्र दुनियाँ। त्यो हो नै पवित्र दुनियाँ– स्वर्ग, हेविन। यो हो दोजक, नर्क, हेल। तिमी बच्चाहरूले बुझेका छौ नम्बरवार पुरुषार्थ अनुसार। सम्झाउनमा पनि मेहनत छ। गरिबले झट्ट सम्झन्छन्। दिनप्रतिदिन वृद्धि हुँदै जान्छ, फेरि भवन पनि यति ठुलो हुनुपर्छ। यति बच्चाहरू आउने छन् किनकि बाबा त अब कहीँ जानुहुन्न। पहिला त कसैले केही नभनी बाबा आफै नै जानुहुन्थ्यो। अहिले त बच्चाहरू यहाँ आइरहन्छन्। जाडोमा पनि आउनु पर्छ। कार्यक्रम बनाउनु पर्छ। फलानो फलानो समयमा आउनु, तब भीड हुँदैन। सबै एउटै समयमा त आउन सक्दैनन्। बच्चाहरूको वृद्धि भइरहन्छ। यहाँ बच्चाहरूले साना साना भवन बनाउँछन्, त्यहाँ त धेरै महल मिल्छन्। यो त तिमी बच्चाहरूलाई थाहा छ– पैसा सबै माटोमा मिल्छ। धेरैले यसो पनि गर्छन्– खाडल खनेर भित्र राख्छन्। फेरि कि त चोरले लिएर जान्छ कि खाडलमा भित्रै रहिरहन्छ, फेरि खेत खन्ने समयमा धन निस्किन्छ। अब विनाश हुन्छ, सबै दबेर जान्छ। फेरि त्यहाँ सबै कुरा नयाँ मिल्छ। धेरै यस्ता राजाहरूका किल्ला छन् जहाँ धेरै सामान दबेको छ। ठुला ठुला हीरा पनि निस्किएर आउँछन् त्यसैले हजारौं-लाखौंको आम्दानी हुन जान्छ। यस्तो होइन– तिमीले स्वर्गमा खनेर यसरी कुनै हीरा आदि निकाल्छौ। होइन, त्यहाँ त हर चीजका खानी आदि सबै नयाँ अनि भरपुर हुन्छन्। यहाँ जमिन बाँझो छ त्यसैले उब्जाउ छैन। बीज त रोप्छन् त्यसमा दम बँचेको छैन। किचडा, अशुद्ध चीज फालिदिन्छन्। त्यहाँ त अशुद्ध चीजको कुनै नामै हुँदैन। सबै कुरा नयाँ हुन्छन्। बच्चीहरूले स्वर्गको साक्षात्कार गरेर पनि आउँछन्। त्यहाँको सुन्दरता नै नेचुरल हुन्छ। अहिले तिमी बच्चाहरूले त्यस दुनियाँमा जाने पुरुषार्थ गरिरहेका छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अहिले नै बाबा समान सम्पूर्ण बनेर वर्सा लिनु छ। बाबाको सबै शिक्षालाई स्वयंमा धारणा गरेर उहाँसमान ज्ञानको सागर, शान्ति-सुखको सागर बन्नु छ।

२) बुद्धिलाई पारस बनाउनको लागि पढाइमा पूरा-पूरा ध्यान दिनु छ। निश्चयबुद्धि बनेर मनुष्यबाट देवता बन्ने परीक्षा पास गर्नु छ।

वरदान:–
निश्चित विजयको नसामा रहेर पदमगुणा बाबाको मदत प्राप्त गर्ने मायाजित भव

बाबाको पदमगुणा मदतको पात्र बच्चाले मायाको आक्रमणलाई चुनौती दिन्छन्– तिम्रो काम हो आउनु र हाम्रो काम हो विजय प्राप्त गर्नु। उनीहरूले मायाको सिँह रूपलाई कमिला सम्झन्छन् किनकि जान्दछन्– यो मायाको राज्य अब समाप्त हुनु छ, हामी अनेक पटकका विजयी आत्माहरूको विजय शतप्रतिशत निश्चित छ। यो निश्चितताको नसाले बाबाको पदमगुणा मदतको अधिकार प्राप्त गराउँछ। यस नसाद्वारा सहजै मायाजित बन्छौ।

स्लोगन:–
सङ्कल्प शक्तिलाई जम्मा गरेर स्वयंप्रति वा विश्वप्रति यसको प्रयोग गर।