26.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– आफ्नो सच्चा सच्चा चार्ट राख्यौ भने तिम्रो अवस्था राम्रो हुन्छ , चार्ट राखेमा कल्याण भइरहन्छ।”

प्रश्न:–
कुन स्मृतिले पुरानो दुनियाँबाट सहजै किनारा गराइदिन्छ?

उत्तर:–
हामीले कल्प कल्प बाबाबाट बेहदको वर्सा लिन्छौँ भन्ने स्मृतिले। अहिले फेरि हामीले वर्सा लिनको लागि शिवबाबाको गोद लिएका छौँ। बाबाले हामीलाई एडप्ट गर्नुभएको छ, हामी सच्चा सच्चा ब्राह्मण बनेका छौँ। शिवबाबाले हामीलाई गीता सुनाइरहनुभएको छ। यही स्मृतिले पुरानो दुनियाँबाट किनारा गराइदिन्छ।

ओम् शान्ति ।
तिमी बच्चाहरू यहाँ शिवबाबाको यादमा बसेका छौ, त्यसैले तिमीलाई थाहा छ, उहाँले फेरि हामीलाई सुखधामको मालिक बनाइरहनुभएको छ। तिमी बच्चाहरूको बुद्धिमा कति खुसी हुनुपर्छ, यहाँ बसेका बच्चाहरूलाई खजाना मिल्छ नि! अनेक प्रकारका कलेजहरूमा, विश्व विद्यालयहरूमा कसैको बुद्धिमा पनि यी कुराहरू हुँदैनन्। तिमीलाई नै थाहा छ– बाबाले हामीलाई स्वर्गको मालिक बनाइरहनुभएको छ। यसमा खुसी हुनुपर्छ नि! यतिबेला अरू सबै विचार निकालेर एक बाबालाई नै याद गर्नु छ। यहाँ बसेको बेलामा बुद्धिमा नसा हुनुपर्छ– हामी अहिले सुखधामको मालिक बनिरहेका छौँ। हामीले कल्प कल्प सुख र शान्तिको वर्सा लिन्छौँ। मानिसहरूलाई त केही पनि थाहा छैन। कल्प पहिला पनि धेरै मानिसहरू अज्ञान अन्धकारमा कुम्भकर्णको निद्रामा सुतेर समाप्त भएका थिए। फेरि पनि यस्तै हुनेछ। तिमी बच्चाहरूले बुझेका छौ, हामीलाई बाबाले एडप्ट गर्नुभएको छ वा हामीले शिवबाबाको धर्मको गोद लिएका छौँ। बाबा, जसले आदि सनातन देवीदेवता धर्मको स्थापना गरिरहनुभएको छ। अहिले हामी ब्राह्मण हौँ। हामीले सच्चा सच्चा गीताको पाठ सुनिरहेका छौँ। हामीले बाबाबाट फेरि राजयोग र ज्ञान बलद्वारा वर्सा लिन्छौँ। मनमा यस प्रकारका विचार आउनुपर्छ नि! बाबाले पनि आएर खुसीका कुराहरू बताउनुहुन्छ नि! बाबालाई थाहा छ, तिमी बच्चाहरू कामचितामा बसेर काला भस्मीभूत भएका छौ, त्यसैले म अमरलोकबाट मृत्युलोकमा आउँछु। तिमीले फेरि भन्छौ, हामी मृत्युलोकबाट अमरलोकमा जान्छौँ। बाबा भन्नुहुन्छ– म त्यो मृत्युलोकमा जान्छु, जहाँ सबैको मृत्यु भएको हुन्छ, तिनीहरूलाई फेरि अमरलोकमा लैजान्छु। शास्त्रहरूमा त के के लेखिदिएका छन्। उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ। तर तिमी बच्चाहरूलाई थाहा छ, उहाँलाई बोलाइन्छ नै, हे पतितपावन बाबा आउनुहोस्, आएर हामीलाई पतितबाट पावन बनाउनुहोस् भनेर। दुःख हरेर सुख दिनुहोस्, यसमा जादुको कुनै कुरा छैन। बाबा आउनु हुन्छ नै काँडाबाट फूल बनाउन।

तिमीलाई थाहा छ, हामी नै सुखधामका देवता थियौँ, सतोप्रधान थियौँ। हर आत्मा सतोप्रधानबाट तमोप्रधानमा आउनु नै छ। तिमी बच्चाहरूलाई यहाँ बसेको बेलामा त झन् मजा आउनुपर्छ। याद आउनुपर्छ। सारा दुनियाँले बाबालाई नै याद गर्छ। हे मुक्तिदाता, मार्गदर्शक, हे पतितपावन आउनुहोस् भनेर। रावण राज्यमा भएको बेलामा बोलाउँछन्। सत्ययुगमा कहाँ बोलाउँछन् र! यी कुराहरू धेरै सहजै बुझ्नुपर्ने हुन्। यो कसले सुनाउनुभएको हो? बाबाको पनि महिमा गर्छन्, टिचर, सद्गुरुको पनि महिमा गर्छन्– तीनै एउटै हुनुहुन्छ। यो कुरा तिम्रो बुद्धिमा छ। उहाँ बाबा, टिचर, सद्गुरु पनि हुनुहुन्छ। शिवबाबाको धन्दा नै हो पतितहरूलाई पावन बनाउनु। पतित पक्कै पनि दुःखी हुन्छन्। सतोप्रधान सुखी, तमोप्रधान दुःखी हुन्छन्। यी देवताहरूको कति सतोगुणी स्वभाव छ। यहाँ मानिसहरूको कलियुगी तमोगुणी स्वभाव छ। बाँकी, हो, मानिसहरू नम्बरवार राम्रा वा नराम्रा हुन्छन्। सत्ययुगमा यस्तो कहिल्यै भन्दैनन्– यो खराब छ। यो यस्तो छ। त्यहाँ कुनै नराम्रा लक्षण हुँदैनन्। त्यो दैवी सम्प्रदाय नै हो। हो, धनवान् र गरिब हुन सक्छन्। बाँकी राम्रा वा नराम्रा गुणहरूको तुलना त्यहाँ हुँदैन, सबै सुखी हुन्छन्। दुःखको कुरा हुँदैन, नाम नै हो सुखधाम। त्यसैले बच्चाहरूले बाबाबाट पूरा वर्सा लिने पुरुषार्थ गर्नुपर्छ। आफ्नो चित्र र लक्ष्मीनारायणको चित्र पनि राख्न सक्छौ। भन्छन्, कोही त यिनीहरूलाई सिकाउने हुनुहुन्छ होला। यो त भगवानुवाच हो नि! भगवानको आफ्नो शरीर छैन। उहाँ आएर लोन लिनुहुन्छ। भनिएको पनि छ भागीरथ, त्यसैले पक्कै पनि रथमा विराजमान हुनुहुन्छ। साँढेमा चढेर कहाँ आउनुहुन्छ र! शिव र शङ्कर दुवै एउटै हुनुहुन्छ भनिदिएका छन्, अनि साँढे बाहन देखाइदिएका छन्। त्यसैले बाबा भन्नुहुन्छ– तिमीहरू कति खुसी हुनुपर्छ, हामी बाबाका बनेका छौँ। बाबाले पनि भन्नुहुन्छ, तिमीहरू मेरा हौ। बाबालाई पद पाउने खुसी छैन। टिचर त टिचर हुनुहुन्छ, उहाँले पढाउनु छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म सुखको सागर हुँ। अहिले तिमीलाई अतीन्द्रिय सुख महसुस हुन्छ, यतिबेला मैले तिमीलाई एडप्ट गरेको छु। एडप्ट गर्ने काम त किसिम किसिमको हुन्छ। पुरुषले पनि कन्यालाई एडप्ट गर्छन्। उनले सम्झन्छिन्, यिनी मेरा पति हुन्, अहिले तिमीले बुझेका छौ– शिवबाबाले हामीलाई एडप्ट गर्नुभएको छ। दुनियाँमा कसैले यी कुरा बुझ्दैनन्। उनीहरूको त्यो एडप्ट गर्ने काम हो– एकअर्कामाथि कामकटारी चलाउने। मानौँ कुनै राजाले बच्चालाई गोद लिन्छन्, एडप्ट गर्छन् सुखको लागि, तर त्यो अल्पकालको सुख हो। संन्यासीले पनि एडप्ट गर्छन् नि! उनीहरूले भन्छन्, उहाँ हाम्रो गुरु हुनुहुन्छ, उनले भन्छन्, यो मेरो अनुयायी हो। कति एडप्ट गरिन्छ। बाबुले बच्चालाई एडप्ट गर्छन्। उसलाई सुख त दिन्छन्, बच्चा बढेर फेरि विवाह गराएपछि मानौँ दुःखको वर्सा गरिदिन्छन्। गुरुले एडप्ट गर्ने कार्य कति फस्टक्लास छ। यो फेरि ईश्वरले एडप्ट गर्नुभएको हो, आत्माहरूलाई आफ्नो बनाउन। अहिले तिमी बच्चाहरूले सबैको एडप्ट गर्ने कार्यलाई देखेका छौ। संन्यासीहरू हुँदाहुँदै पनि भनिरहन्छन्– हे पतितपावन आउनुहोस्, आएर हामीलाई एडप्ट गरेर पावन बनाउनुहोस्! सबै भाइ भाइ (ब्रदर्स) हुन्। तर जुनबेला आएर आफ्नो बनाउनुहुन्छ अनि मात्रै हो नि! तिमी बच्चाहरूले भन्छौ, बाबा हामी दुःखी भएका छौँ। रावण राज्यको पनि अर्थ बुझ्दैनन्। पुत्ला बनाएर जलाइरहन्छन्। जसरी कसैले दुःख दिए भने सम्झन्छन्, यिनीमाथि मुद्दा चलाउनुपर्छ। तर यो रावण कहिलेदेखि दुस्मन बनेको हो? अन्त्यमा यो दुस्मन मर्छ कि मर्दैन? यस दुस्मनको विषयमा तिमीलाई मात्रै थाहा छ, त्यसमाथि विजय प्राप्त गर्नको लागि तिमीलाई एडप्ट गरिन्छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ, विनाश हुनु छ, आणविक (एटोमिक) बमहरू पनि बनेका छन्। यस ज्ञान यज्ञबाट नै विनाश ज्वाला निस्केको छ। अहिले तिमीलाई थाहा छ, रावणमाथि विजय प्राप्त गरेर फेरि नयाँ सृष्टिमा राज्य गर्नेछौँ। बाँकी सबै त पुतलीहरूको खेल हो। रावणको पुतलीले त धेरै खर्च गराउँछ। मानिसहरूले धेरै पैसा फाल्तु कुरामा गुमाउँछन्। कति रातदिनको फरक छ। उनीहरू भट्किन्छन्, दुःखी हुन्छन्, ठक्कर खाइरहन्छन्। अनि हामीले अहिले श्रीमतमा श्रेष्ठाचारी, सत्ययुगी स्वराज्य पाइरहेका छौँ। श्रेष्ठभन्दा श्रेष्ठ सत्ययुग स्थापन गर्ने शिवबाबाले हामीलाई विश्वको मालिक श्रेष्ठ देवता बनाउनुहुन्छ। श्री श्री शिवबाबाले हामीलाई श्री बनाउनुहुन्छ। श्री श्री केवल एकलाई नै भनिन्छ। देवताहरूलाई श्री भनिन्छ किनकि उनीहरू पुनर्जन्ममा आउँछन् नि! वास्तवमा श्री विकारी राजाहरूलाई पनि भन्न सकिँदैन।

अहिले तिम्रो बुद्धि कति विशाल हुनुपर्छ। तिमीलाई थाहा छ– हामी यस पढाइबाट डबल सिरताज बन्छौँ। हामी नै डबल सिरताज थियौँ, अहिले त सिङ्गल ताज पनि छैन। पतित छौँ नि! यहाँ कसैलाई लाइटको ताज लगाउन सकिँदैन। यी चित्रहरूमा जहाँ तिमी तपस्यामा बसेका छौ, त्यहाँ लाइटको ताज लगाइदिनुहुँदैन। भविष्यमा तिमी डबल सिरताज बन्नु छ। तिमी बच्चाहरूलाई थाहा छ, हामी बाबाबाट डबल सिरताज महाराजा-महारानी बन्नको लागि आएका हौँ। यिसमा खुसी हुनुपर्छ। शिवबाबालाई याद गर्नुपर्छ, अनि पतितबाट पावन बनेर स्वर्गको मालिक बन्छौ, यसमा कुनै तकलिफको कुरा छैन। यहाँ तिमी विद्यार्थीहरू बसेका छौ। त्यहाँ बाहिर इष्टमित्रहरू आदिको समीप जाँदा विद्यार्थी जीवनमा छु भन्ने भुल्छौ। फेरि इष्टमित्र याद आउँछन्। मायाको बल हुन्छ नि! छात्रावास (होस्टेल) मा बसे भने राम्ररी पढ्छन्। बाहिर आउनेजाने गरे भने सङ्ग दोषमा आएर बिग्रिन्छन्। यहाँबाट बाहिर गएपछि फेरि विद्यार्थी जीवनको नसा गुम हुन्छ। पढाउने ब्राह्मणीहरूलाई पनि त्यहाँ बाहिर त्यति नसा हुँदैन, जति यहाँ मधुवनमा हुन्छ। यो मधुबन हेड अफिस हो। यहाँ विद्यार्थीहरू टिचरको सामुन्ने हुन्छन्। उल्टो कामधन्दा कुनै हुँदैन। रातदिनको फरक हुन्छ। कसैले त सारा दिन शिवबाबालाई याद पनि गर्दैनन्। शिवबाबाको मदतगार बन्दैनन्। शिवबाबाका बच्चा बनेका छौ भने सेवा गर। सेवा गर्दैनौ भने मानौँ ती कपुत बच्चाहरू हुन्। बाबाले त जान्नुहुन्छ नि! उहाँको कर्तव्य हो– मलाई याद गर भन्नु । अनुसरण गर्छौ भने यसमा धेरै नै कल्याण छ। विकारी सम्बन्ध त भ्रष्टाचारी हुन्। तिनलाई छोड्दै जाऊ, तिनीहरूसँग सङ्गत नगर। बाबाले त सम्झाउनुहुन्छ तर कसैको पनि तकदिरमा भए त हो नि! बाबा भन्नुहुन्छ– चार्ट राख्नु छ, यसबाट पनि धेरै कल्याण हुन्छ। कोही एक घण्टा पनि मुस्किलले यादमा रहन्छन् होला। ८ घण्टा त अन्त्यमा पुग्नेछ। कर्मयोगी त हौ नि! कोही कोहीलाई कहिलेकाहीँ उमङ्ग आउँछ, अनि चार्ट राख्छन्। यो राम्रो हो। जति बाबालाई याद गर्छौ, त्यति फाइदा नै छ। भनिएको छ– अन्तकाल जो हरि को सुमिरे... वल वलको अर्थ के हो? जसले राम्रोसँग याद गर्दैनन्, अनि जुन जन्मजन्मान्तरको बोझ छ, त्यो वल वल (बारम्बार) जन्म दिएर साक्षात्कार गराउँछन्, फेरि सजाय दिन्छन्। जसरी काशी कलवट खान्छन्, अनि तुरुन्तै पापहरूको साक्षात्कार हुन्छ। महसुस गर्छन्, हामीले पापहरूको सजाय खाइरहेका छौँ। धेरै सजाय खाने छन्। बाबाको सेवामा जसले विघ्न पार्छन्, उनीहरू सजाय लायक हुन्छन्। उनीहरूले बाबाको सेवामा बाधा पार्छन्, जसको दाहिने हात (राइट ह्यान्ड) धर्मराज हुनुहुन्छ। बाबा भन्नुहुन्छ– आफैसँग प्रतिज्ञा गर किनकि बाबाको यादबाट नै तिमी पावन बन्छौ। नत्र बन्दैनौ। बाबाले प्रतिज्ञा गराउनुहुन्छ, गर वा नगर, तिम्रो मर्जी। जसले गर्छ, उसैले पाउँछ। धेरै छन् जसले प्रतिज्ञा गर्छन्, फेरि पनि नराम्रा काम गरिरहन्छन्। भक्तिमार्गमा भनिरहन्छन्– मेरो त एक, अर्को कोही छैन। तर त्यो कुरा अहिले बुद्धिमा आउँछ– आत्माले किन यसरी गाउँदै आएको छ। सारा दिन गाइरहन्छन् मेरो त एक गिरधर गोपाल... यहाँ त सङ्गममा बाबा आउनुहुन्छ, अनि आफ्नो घर लैजानुहुन्छ, कृष्णपुरीमा जानको लागि तिमीले पढ्छौ नि! राजकुमारी कलेज हुन्छन्, जहाँ राजकुमार-राजकुमारीहरूले पढ्छन्। त्यो त हदको कुरा हो। कहिले बिरामी पर्छन्, कहिले मर्छन् पनि। यो त राजकुमार-राजकुमारी बन्ने ईश्वरीय विश्व विद्यालय हो। राजयोग हो नि! तिमी नरबाट नारायण बन्छौ। तिमी बाबाबाट वर्सा लिएर सत्ययुगको राजकुमार-राजकुमारी बन्छौ।

बाबा बसेर तिमी बच्चाहरूलाई कति मजाका कुराहरू सुनाउनुहुन्छ। ती कुराहरू याद हुनुपर्छ नि! कोही त यहाँबाट बाहिर निस्किए भने फस्छन्। बाबालाई याद पनि नम्बरवार गर्छन्। जसले धेरै याद गर्छन् होला उनीहरूले अरूलाई पनि याद गराउँछन् होला। बुद्धिमा यही हुनुपर्छ– कसरी धेरैको कल्याण गरौँ। बाहिरका प्रजामा दासदासी, यहाँका फेरि राजाहरूमा दासदासी बन्नेछन्। पछि गएर सबै साक्षात्कार हुँदैजानेछ। तिमीले पनि महसुस गर्नेछौ, अवश्य हामीले पूरा पुरुषार्थ गरेनौँ। तिमीहरूले धेरै चमत्कार देख्नेछौ। जसले राम्रोसँग पढ्छन्, उनीहरू नै नवाब बन्छन्। बाबाले कति भनिरहनुहुन्छ– सेन्टरहरूलाई प्रदर्शनी सामग्री दिन्छु, जसबाट बच्चाहरूलाई सिकाएर होसियार बनाउन्। त्यसैले त बाबा जान्नुहुन्छ, बी.के. ले सेवा गर्न जान्दछन्। सेवा गर्छौ भने उच्च पद पाउँछौ, त्यसैले बाबाले प्रदर्शनी गराउनमा जोड दिइरहनुभएको छ। यी चित्र बनाउनु त धेरै सामान्य कुरा हो। हिम्मत गरेर प्रदर्शनीका चित्र बनाउनमा मदत गर्नुपर्छ, अनि बच्चाहरूलाई सम्झाउन सहज हुनेछ। बाबा सम्झनुहुन्छ– टिचरहरू, म्यानेजरहरू अल्छी छन्। कुनै कुनै ब्राह्मणीहरू म्यानेजर बन्छन्, अनि देह अभिमान आउँछ। आफैलाई धेरै समझदार सम्झन्छन्। हामी धेरै राम्रोसँग चल्छौँ भन्ने ठान्छन्। अरूलाई सोध्यौ भने १० कुरा सुनाउँछन्। मायाले धेरै चक्करमा पार्छ। बच्चाहरू त सेवा अनि सेवामा रहनुपर्छ। बाबा रहमदिल, दुःखहर्ता सुखकर्ता हुनुहुन्छ भने बच्चाहरू पनि त्यस्तै बन्नु छ, केवल बाबाको परिचय दिनु छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा नर्कवासीबाट स्वर्गवासी बन्छौ। कति सहज छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा पतितबाट पावन बनेर तिमी शान्तिधाम, सुखधाममा आउनेछौ। कसैलाई निश्चय भयो भने फेरि एकदम लेखाइहाल्नुपर्छ। लेख्छन् पनि, अवश्य ब्रह्माकुमार-कुमारीहरूले शिवबाबाबाट वर्सा लिन्छन्, अनि सम्झन्छन् यस्तो बाबाको त पक्कै बन्नुपर्छ। शरण पर्नुपर्छ। तिमी बाबाको शरण परेका छौ नि, अर्थात् बाबाको गोदमा आएका छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबासमान रहमदिल, दुःखहर्ता सुखकर्ता बन्नु छ।

२) सङ्गतको दोषबाट आफ्नो धेरै नै सम्हाल गर्नु छ। एक बाबालाई नै अनुसरण गर्नु छ। धेरैको कल्याणको सेवा गर्नु छ। कहिल्यै अहङ्कारमा आएर मै जान्ने सुन्ने बन्नुछैन।

वरदान:–
अन्तर्मुखी बनेर आफ्नो समय र सङ्कल्पहरूको बचत गर्ने विघ्नजित भव

कुनै पनि नयाँ शक्तिशाली आविष्कार गर्दा भूमिगत रूपमा गर्छन्। तिमी पनि जति अन्तर्मुखी अर्थात् भूमिगत रहन्छौ, त्यति वायुमण्डलबाट बच्नेछौ, मनन शक्ति बढ्नेछ र मायाका विघ्नहरूबाट पनि सेफ हुनेछौ। बाहिर्मुखतामा आउँदा पनि अन्तर्मुख, हर्षितमुख, आकर्षणमूर्त होऊ, कर्म गर्दा पनि यो अभ्यास गरेमा समयको बचत हुनेछ र सफलता पनि अधिक अनुभव गर्नेछौ।

स्लोगन:–
रोगबाट विचलित नहोऊ, त्यसलाई औषधिरूपी फल खुवाएर बिदाइ देऊ।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर।

तिमी बच्चाहरूले कुनै पनि आत्माबाट केही लिनु छैन। केवल एक बाबाबाट नै लिनु छ र जे लिएका छौ, त्यो सबैलाई दिनु छ। जहाँ दिनु छ, त्यहाँ लिने इच्छा नराख। आत्माले, आत्माद्वारा केही पनि लिने इच्छा राख्छ भने उनीहरूलाई अल्पज्ञ आत्माहरूबाट अल्पकालको नै प्राप्ति हुनेछ। एक सर्वज्ञ बाबाबाट नै सदाकालको प्राप्ति हुनेछ। कुनै पनि प्रकारको लिने इच्छाले आफ्नो स्वमानबाट गिराइदिन्छ।