26.10.25 Avyakt Bapdada Nepali Murli 15.10.2007 Om Shanti Madhuban
“ सङ्गमयुगको
जीवनमुक्त स्थितिको अनुभव गर्नको लागि सबै बोझ वा बन्धन बाबालाई दिएर डबल लाइट बन”
आज विश्व रचयिता
बापदादाले आफ्ना पहिलो रचना अति लभली र लक्की बच्चाहरूसँग मिलन मेला मनाइरहनुभएको
छ। कैयौँ बच्चाहरू सम्मुख छन्, आफ्नै आँखाले हेरिरहेका छन् र चारैतिरका कैयौँ
बच्चाहरू दिलमा समाहित छन्। बापदादाले हरेक बच्चाको मस्तकमा तीन भाग्यका तीन सितारा
चम्किरहेको देखिरहनुभएको छ। पहिलो भाग्य हो– बापदादाको श्रेष्ठ पालनाको, दोस्रो
भाग्य हो शिक्षकद्वारा पढाइको, तेस्रो भाग्य हो सदगुरुद्वारा सबै वरदानहरूको
चम्किरहेको सितारा। त्यसैले तिमी सबैले पनि आफ्नो मस्तकमा चम्किरहेका सितारा अनुभव
गरिरहेका छौ नि! सबै सम्बन्ध बापदादासँग छन् तैपनि जीवनमा यी तीन सम्बन्ध आवश्यक छन्
र तिमी सबै सिकिलधे लाडला बच्चाहरूलाई सहजै प्राप्त हुन्छन्। प्राप्त भएका छन् नि!
नशा छ नि! दिलमा गीत गाइरहन्छौ नि– वाह! बाबा वाह! वाह! शिक्षक वाह! वाह! सद्गुरु
वाह! दुनियाँवालाहरूले त लौकिक गुरु जसलाई महान् आत्मा भन्छन्, उनीद्वारा एक वरदान
पाउनको लागि पनि कति प्रयत्न गर्छन् र तिमीलाई बाबाले जन्मिँदै सहजै वरदानहरूले
सम्पन्न बनाइदिनुभयो। भगवान बाबा हामीमाथि यति बलिहार जानुहुन्छ, के सपनामा पनि यति
श्रेष्ठ भाग्य पाउने कुरा सोचेका थियौ! भक्तहरूले भगवानका गीत गाउँछन् र भगवान
बाबाले कसको गीत गाउनुहुन्छ? तिमी भाग्यवान् बच्चाहरूको।
अहिले पनि तिमीहरू सबै
भिन्न भिन्न देशबाट कुन विमानमा आएका हौ? स्थूल विमानमा कि परमात्म प्यारको विमानमा
सबैतिरबाट आइपुगेका हौ! परमात्म विमानले कति सहजै ल्याउँछ, कुनै तकलिफ हुँदैन।
त्यसैले सबै परमात्म प्यारको विमानमा आइपुगेका छौ, यसको बधाई छ, बधाई छ, बधाई छ!
बापदादा एक एक बच्चालाई देखेर चाहे पहिलो पटक आएका हौन्, चाहे धेकालदेखि आइरहेका हौ
तर बापदादाले एक एक बच्चाको विशेषतालाई जान्नुहुन्छ। बापदादाको कुनै पनि बच्चा चाहे
सानो होस्, चाहे ठुलो होस्, चाहे महावीर होस्, चाहे पुरुषार्थी होस्, तर हरेक बच्चा
सिकिलधा छ, किन? तिमीले त बाबालाई खोज्यौ, पाएनौ, तर बापदादाले तिमी हरेक बच्चालाई
धेरै स्नेहले कुना कुनाबाट खोज्नुभएको छ। त्यसैले प्यारा छौ त्यसैले त खोज्नुभयो
किनकि बाबालाई थाहा छ– मेरो कुनै एक पनि बच्चा त्यस्तो छैन जसमा कुनै पनि विशेषता
छैन। कुनै विशेषताले नै ल्याएको छ। कम्तीमा गुप्त रूपमा आए पनि बाबालाई त चिन्यौ ।
मेरो बाबा भन्यौ, सबैले भन्छौ नि मेरो बाबा! कोही छौ जसले भन्छौ– होइन तेरो बाबा,
कोही छौ? सबैले भन्छौ– मेरो बाबा। त्यसैले विशेष हौ नि। यति ठुला ठुला वैज्ञानिक,
ठुला ठुला भि.आई.पी.हरूले चिन्न सकेनन्, तर तिमीहरू सबैले त चिन्यौ नि। आफ्नो बनायौ
नि। त्यसैले बाबाले पनि आफ्नो बनाउनुभयो। यही खुसीमा पालिँदै उडिरहेका छौ नि!
उडिरहेका छौ, हिँडिरहेका छैनौ, उडिरहेका छौ किनकि हिँड्नेवाला बाबाको साथमा आफ्नो
घरमा जान सक्दैनन् किनकि बाबा त उड्नेवाला हुनुहुन्छ, त्यसैले हिँड्नेवाला कसरी
साथमा पुग्छौ! त्यसैले बाबाले सबै बच्चाहरूलाई के वरदान दिनुहुन्छ? फरिस्तास्वरूप
भव। फरिस्ता उड्छ, हिँड्दैन, उड्छ। त्यसैले तिमीहरू सबै पनि उड्तीकलावाला हौ नि!
हौ? जो उड्तीकलावाला हौ तिमीहरूले हात उठाऊ, कि कहिले चल्ती कला, कहिले उड्तीकला?
यस्तो होइन नि? सदा उड्नेवाला, डबल लाइट छौ नि! किन? सोच, बाबाले तिमी सबैसँग
ग्यारेन्टी लिनुभएको छ– जसको पनि कुनै पनि प्रकारको बोझ मनमा, बुद्धिमा छ भने
बाबालाई देऊ, बाबा लिनै आउनुभएको छ। त्यसैले बाबालाई बोझ दिएका छौ वा अलिअलि
सम्हालेर राखेका छौ? लिनेवालाले लिइरहनुभएको छ भने बोझ दिनमा पनि सोच्ने कुरा हो र?
वा ६३ जन्मको बानी परेको छ बोझ सम्हाल्ने? त्यसैले कैयौँ बच्चाहरूले कहिलेकाहीँ
भन्छन्– चाहँदैनौँ, तर आफ्नै बानीले बाध्य छौँ। अहिले त बाध्य छैनौ नि! बाध्य हौ कि
मजबुत हौ? कहिल्यै बाध्य नबन। मजबुत होऊ। शक्तिहरू मजबुत हौ वा बाध्य छौ? मजबुत छौ
नि? बोझ राख्न राम्रो लाग्छ र? बोझसँग दिल लागेको छ र? छोड, छोड्यौ भने छुट्छौ।
छोड्दैनौ भने छुट्दैनौ। छोड्ने साधन हो– दृढ सङ्कल्प। कैयौँ बच्चाहरूले भन्छन्– दृढ
सङ्कल्प त गर्छौँ, तर, तर... कारण के हो? दृढ सङ्कल्प गर्छौ तर गरेको दृढ
सङ्कल्पलाई रिभाइज गर्दैनौ। पटक पटक मनले रिभाइज गर र रियलाइज गर, बोझ के हो र डबल
लाइटको अनुभव के हो! रियलाइजेसनको कोर्स अब अलिकति अझै अन्डरलाइन गर। भन्छौ र सोच्छौ
यसो गर्छौँ, तर दिलले रियलाइज गर– बोझ के हो र डबल लाइट के हो? अन्तर सामुन्ने राख
किनकि बापदादा अब समयको समीपता अनुसार हरेक बच्चामा के हेर्न चाहनुहुन्छ? जे भन्छौ
त्यो गरेर देखाउनुछ। जे सोच्छौ त्यो स्वरूपमा ल्याउनुछ किनकि बाबाको वर्सा हो,
जन्मसिद्ध अधिकार हो मुक्ति र जीवनमुक्ति। सबैलाई निमन्त्रणा पनि यही दिन्छौ नि–
आएर मुक्ति जीवनमुक्तिको वर्सा प्राप्त गर। त्यसैले आफैसँग सोध– के मुक्तिधाममा
मुक्तिको अनुभव गर्नुछ वा सत्ययुगमा जीवनमुक्तिको अनुभव गर्नुछ वा अब सङ्गमयुगमा
मुक्ति, जीवनमुक्तिको संस्कार बनाउनुछ? किनकि तिमीले भन्छौ– हामी अहिले आफ्नो
ईश्वरीय संस्कारबाट दैवी संसार बनाउनेवाला हौं। आफ्नो संस्कारबाट नयाँ संसार
बनाइरहेका छौँ। त्यसैले अब सङ्गममा नै मुक्ति जीवनमुक्तिको संस्कार इमर्ज हुनुपर्छ
नि! त्यसो हो भने चेक गर– सबै बन्धनहरूबाट मन र बुद्धि मुक्त भएका छन्? किनकि
ब्राह्मण जीवनमा कैयौं कुराहरूबाट जुन बिगत जीवनका बन्धन छन्, तिनबाट मुक्त भएका
छौ। तर सबै बन्धनहरूबाट मुक्त छौ वा कुनै कुनै बन्धनले अझै पनि आफ्नो बन्धनमा
बाँध्छ? यो ब्राह्मण जीवनमा मुक्ति जीवनमुक्तिको अनुभव गर्नु नै ब्राह्मण जीवनको
श्रेष्ठता हो किनकि सत्ययुगमा जीवनमुक्त, जीवनबन्ध दुवैको ज्ञान नै हुँदैन। अहिले
अनुभव गर्न सक्छौ, जीवनबन्ध के हो, जीवनमुक्त के हो, किनकि तिमी सबैको प्रतिज्ञा
हो, अनेकपटक प्रतिज्ञा गरेका छौ, के गरेका छौ प्रतिज्ञा? याद छ? कसैसँग पनि सोधिन्छ–
तिम्रो यो ब्राह्मण जीवनको लक्ष्य के हो? के जवाफ दिन्छौ? बाबासमान बन्नुछ। पक्का
हो नि? बाबा समान बन्नुछ नि? वा अलिअलि बन्नुछ? समान बन्नुछ नि! समान बन्नुछ वा
अलिकति बन्यौ भने पनि चल्छ! चल्छ? त्यसलाई त समान भनिँदैन नि। त्यसोभए बाबा मुक्त
हुनुहुन्छ, वा बाबाको कुनै बन्धन छ? यदि कुनै पनि प्रकारको चाहे देहको, चाहे कुनै
देहको सम्बन्ध, माता पिता बन्धु सखा होइन, देहसँग जुन कर्मेन्द्रियहरूको सम्बन्ध छ,
त्यो कुनै पनि कर्मेन्द्रियहरूको सम्बन्धको बन्धन छ, आदतको बन्धन छ, स्वभावको बन्धन
छ, पुरानो संस्कारको बन्धन छ भने बाबासमान कसरी भयौ? दिनहुँ प्रतिज्ञा गर्छौ–
बाबासमान बन्नु नै छ। हात उठाउन लगाउँदा सबैले के भन्छौ? लक्ष्मी नारायण बन्नुछ।
बापदादालाई खुसी लाग्छ, प्रतिज्ञा धेरै राम्रा राम्रा गर्छौ तर प्रतिज्ञाको फाइदा
उठाउँदैनौ। प्रतिज्ञा र फाइदाको ब्यालेन्स राख्न जान्दैनौ। बापदादासँग
प्रतिज्ञाहरूको फाइल धेरै धेरै धेरै ठुलो छ, सबैको फाइल छ। त्यसैगरी फाइदाको पनि
फाइल भयो, ब्यालेन्स भयो भने कति राम्रो लाग्नेछ।
यी सेवा केन्द्रहरूका
टिचरहरू बसेका छौ नि। तिमीहरू पनि केन्द्रनिवासी बसेका छौ नि? त्यसैले समान
बन्नेवाला भयौ नि। केन्द्रनिवासी निमित्त बनेका बच्चाहरू त समान हुनुपर्छ नि! छौ पनि
तर कहिलेकाहीँ थोरै चञ्चल हुन्छौ। बापदादाले त सबै बच्चाहरूको सारा दिनको हाल र चाल
दुवै हेरिरहनुहुन्छ। तिम्री दादी पनि वतनमा थिइन् नि, त्यसोभए दादीले पनि देख्थिन्,
तब के भन्थिन्, थाहा छ? भन्थिन्– बाबा यस्तो पनि हुन्छ र? यस्तो हुन्छ, यस्तो गर्छन्,
हजुरले देखिरहनुभएको छ? सुन्यौ, तिम्री दादीले के देखिन्। अहिले बापदादा यही हेर्न
चाहनुहुन्छ– एक एक बच्चा मुक्ति जीवनमुक्तिको वर्साको अधिकारी बनुन्, किनकि वर्सा
अहिल्यै मिल्छ। सत्ययुगमा त जीवन नेचुरल हुन्छ, अहिलेको अभ्यासको नेचुरल जीवन, तर
वर्साको अधिकार अहिले सङ्गममा आधारित छ त्यसैले बापदादा यही चाहनुहुन्छ– हरेकले
स्वयं चेक गर्नुछ, यदि कुनै पनि बन्धनले तान्छ भने, कारण सोच्नुछ। कारण सोच र कारणका
साथै निवारण पनि सोच। बापदादाले अनेकपटक भिन्न भिन्न रूपले निवारण दिइसक्नुभएको छ।
सर्वशक्तिहरूको वरदान दिनुभएको छ, सर्वगुणहरूको खजाना दिनुभएको छ, खजानालाई प्रयोग
गरेमा खजाना बढ्छ। खजाना सबैसँग छ, बापदादाले देख्नुभएको छ। हरेकको स्टकलाई पनि
हेर्नुहुन्छ। बुद्धि हो स्टक रुम। त्यसैले बापदादाले सबैको स्टक हेर्नुभएको छ।
स्टकमा छ तर खजानालाई समयमा प्रयोग गर्दैनौ। केवल प्वइन्टका रूपले सोच्छौ, हो यो
गर्नुछैन, यो गर्नुछ, प्वइन्टका रूपले प्रयोग गर्छौ, सोच्छौ तर प्वइन्ट बनेर
प्वइन्टलाई प्रयोग गर्दैनौ त्यसैले प्वइन्ट रहन्छ, प्वइन्ट बनेर प्रयोग गरेमा
निवारण हुन्छ। भन्छौ पनि, यो गर्नुछैन, फेरि भुल्छौ पनि। भन्नुका साथै भुल्छौ पनि।
यति सहज विधि सुनाइएको छ, केवल हुन्छ नै सङ्गमयुगमा बिन्दुको कमाल, बस् बिन्दुको
प्रयोग गर र कुनै मात्राको आवश्यकता छैन। तीन बिन्दुलाई प्रयोग गर। आत्मा बिन्दु,
बाबा बिन्दु र ड्रामा बिन्दु। तीन बिन्दुको प्रयोग गरिरह्यौ भने बाबासमान बन्न कुनै
मुस्किल छैन। लगाउन चाहन्छौ बिन्दु तर लगाउने समयमा हात हल्लिन्छ, अनि प्रश्न चिन्ह
हुन्छ वा आश्चर्यको चिन्ह बन्छ। त्यहाँ हात हल्लिन्छ, यहाँ बुद्धि हल्लिन्छ। नत्र
तीन बिन्दुलाई स्मृतिमा राख्न के मुस्किल छ? बापदादाले त अर्को पनि सहज युक्ति
बताउनुभएको छ, त्यो के हो? आशीर्वाद देऊ र आशीर्वाद लेऊ। अच्छा, योग शक्तिशाली
लाग्दैन, धारणाहरू थोरै कम हुन्छन्, भाषण गर्ने हिम्मत हुँदैन, तर आशीर्वाद देऊ र
आशीर्वाद लेऊ, एउटै कुरा गर र सबै छोड, एउटै कुरा गर, आशीर्वाद लिनुछ आशीर्वाद
दिनुछ। जेसुकै होस्, कसैले जेसुकै देओस् तर मैले आशीर्वाद दिनुछ, लिनुछ। एक कुरा त
पक्का गर, यसमा सबै आउँछ। यदि आशीर्वाद दिन्छौ र आशीर्वाद लिन्छौ भने के यसमा
शक्तिहरू र गुण आउँदैनन्? स्वतः आउँछन् नि! एउटै लक्ष्य राख, गरेर हेर, एक दिन
अभ्यास गरेर हेर, फेरि सात दिन गरेर हेर, मानौं अरू कुरा बुद्धिमा आउँदैन, एउटा कुरा
त आउँछ। जेसुकै होस् तर आशीर्वाद दिनु र लिनुछ। यो त गर्न सक्छौ वा सकिँदैन? गर्न
सकिन्छ? अच्छा, त्यसैले जहिले पनि जाँदा यो परिक्षण गर्नु। यसमा सबै आफै योगयुक्त
हुन्छौ किनकि व्यर्थ कर्म गरेनौ भने योगयुक्त भयौ नि। तर लक्ष्य राख– आशीर्वाद
दिनुछ, आशीर्वाद लिनुछ। कसैले जेसुकै देओस्, श्राप पनि मिल्छ, क्रोधका कुरा पनि
आउँछन् किनकि प्रतिज्ञा गर्छौ नि, त्यतिबेला मायाले पनि सुनिरहेको हुन्छ, यिनीहरूले
प्रतिज्ञा गर्छन्, उसले पनि आफ्नो काम त गर्छ नि। मायाजित बन्यौ भने फेरि गर्दैन,
अहिले त मायाजित बनिरहेका छौ नि, त्यसैले उसले आफ्नो काम गर्छ तर मलाई आशीर्वाद
दिनुछ र आशीर्वाद लिनुछ। हुन सक्छ? हात उठाऊ जसले भन्छौ– हुन सक्छ। अच्छा,
शक्तिहरूले हात उठाऊ। हो, हुन सक्छ? सबैतिरका टिचरहरू आएका छौ नि। त्यसैले तिमी
आफ्नो देशमा जाँदा सबैभन्दा पहिला सबैले एक हप्ता यो गृहकार्य गर्नुछ र रिजल्ट
पठाउनुछ, क्लासमा बच्चाहरू कति जना छन्, कति ओ.के. छन् र कति केही कच्चा र कति पक्का
छन्, त्यसैले ओ.के. को बीचमा लाइन लगाउनु बस् यस्तो समाचार दिनु। यति जना ओ.के., यति
जनामा ओ.के. मा रेखा काटिएको छ। यसमा हेर डबल विदेशीहरू आएका छन् भने डबल काम गर्छन्
नि। एक हप्ताको रिजल्ट पठाउनु फेरि बापदादाले हेर्नुहुन्छ, सहज छ नि, मुस्किल त छैन।
माया आउँछ, तिमीले भन्छौ– बाबा मलाई पहिला त यस्तो सङ्कल्प कहिल्यै आउँदैनथ्यो,
अहिले आयो, यो हुन्छ, तर दृढ निश्चयवालाको विजय निश्चित छ। दृढताको फल हो सफलता।
सफलता नहुनाको कारण हो दृढताको कमी। त्यसैले दृढताको सफलता प्राप्त गर्नु नै छ।
जसरी सेवा
उमङ्ग-उत्साहले गरिरहेका छौ त्यसैगरी स्वयंको, स्वप्रति सेवा, स्वसेवा र विश्व सेवा,
स्वसेवा अर्थात् चेक गर्नु र आफूलाई बाबासमान बनाउनुछ। कुनै पनि कमी, कमजोरी
बाबालाई देऊ न, किन राखेका छौ, बाबालाई यो राम्रो लाग्दैन। किन कमजोरी राख्छौ? देऊ।
दिने समयमा साना बच्चा बन। जसरी सानो बच्चाले कुनै पनि चीज सम्हाल्न सक्दैन, कुनै
पनि चीज मन परेन भने के गर्छ? मम्मी पापा यो तपाईँले लिनुहोस्। त्यसैगरी कुनै पनि
प्रकारको बोझ, जुन बन्धन राम्रो लाग्दैन, किनकि बापदादाले देख्नुहुन्छ, एकातर्फ यो
सोचिरहेका छौ, हुन त राम्रो होइन, ठीक त होइन तर के गरूँ, कसरी गरूँ... त्यसैले यो
त राम्रो होइन। एकातर्फ राम्रो होइन भनिरहेका छौ, अर्कातर्फ सम्हालेर राखिरहेका छौ,
त्यसैले यसलाई के भन्ने! राम्रो भन्ने? राम्रो त होइन नि। त्यसैले तिमीलाई के
बन्नुछ? राम्रोभन्दा राम्रो बन्नुछ नि। राम्रो पनि होइन, राम्रोभन्दा राम्रो।
त्यसैले जुनसुकै पनि कुनै यस्तो कुरा होस्, बाबा हर स्थानमा उपस्थित (हाजिरा हजुर)
हुनुहुन्छ, उहाँलाई देऊ, र यदि फर्केर आयो भने अमानत सम्झेर फेरि देऊ। अमानतमा
खयानत (बेइमानी) गरिँदैन किनकि तिमीले त दियौ, त्यसैले बाबाको चीज भयो, बाबाको चीज
वा अरूको चीज तिमीसँग गल्तीले आयो भने, तिमीले दराजमा राख्छौ? राख्छौ? निकाल्छौ नि।
जसरी भए पनि निकाल्छौ, राख्दैनौ। सम्हाल्न त सम्हाल्दैनौ नि। त्यसैले देऊ। बाबा
लिनको लागि आउनुभएको छ। अरू त केही तिमीसँग छँदैछैन जुन दिन्छौ। तर यो त दिन सक्छौ
नि। आँकका फूल छन् भने तिनलाई देऊ। सम्हाल्न राम्रो लाग्छ र? अच्छा!
चारैतिरका सबै
बापदादाका दिल पसन्द बच्चाहरू, दिलाराम हुनुहुन्छ नि, त्यसैले दिलारामका दिल पसन्द
बच्चाहरू, प्यारको अनुभवमा सदा लहराउने बच्चाहरू, एक बाबा दोस्रो न कोही, सपनामा पनि
दोस्रो न कोही, यस्ता बापदादाका अति प्यारा र अति देहभानबाट न्यारा, सिकिलधे,
पदमगुणा भाग्यशाली बच्चाहरूलाई दिलको यादप्यार र पदम पदमगुणा आशीर्वाद छ, साथै बालक
सो मालिक बच्चाहरूलाई बापदादाको नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
ईश्वरीय मर्या
दा हरूको आधारमा विश्वको अगाडि उदाहरण बन्ने सहजयोगी भव
विश्वको अगाडि उदाहरण
बन्नको लागि अमृतवेलादेखि रातीसम्म जुन ईश्वरीय मर्यादाहरू छन् त्यसै अनुसार चलिरहने
गर। विशेष अमृतवेलाको महत्त्वलाई जानेर त्यस समयमा पावरफुल स्टेज बनायौ भने सारा
दिनको जीवन महान् बन्छ। अमृतवेला विशेष बाबाबाट शक्ति भरिन्छ भने शक्तिस्वरूप भएर
चल्नमा कुनै पनि कार्यमा मुस्किलको अनुभव हुँदैन र मर्यादापूर्वक जीवन बिताएमा
सहजयोगीको स्टेज पनि स्वत: बन्छ फेरि विश्वले तिम्रो जीवनलाई देखेर आफ्नो जीवन
बनाउँछ।
स्लोगन:–
आफ्नो चालचलन
र स्वरूपबाट पवित्रताको श्रेष्ठताको अनुभव गराऊ।
अव्यक्त इसारा:– स्वयं
र सबैप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर
प्रयोगी आत्मा
संस्कारहरू माथि, प्रकृतिद्वारा आउने परिस्थितिहरूमाथि र विकारहरूमाथि सदा विजयी
हुन्छ। योगी वा प्रयोगी आत्माको अगाडि यी पाँच विकाररूपी सर्प गलामा लगाउने माला
अथवा खुसीमा नाच्ने स्टेज बन्छन्।