27.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– जब तिम्रो कर्मातीत अवस्था हुन्छ तब विष्णुपुरीमा जान्छौ , सम्मान सहित पास हुने बच्चा नै कर्मातीत बन्छन्।”

प्रश्न:–
तिमी बच्चाहरूप्रति दुवै बाबाले कुनचाहिँ मेहनत गर्नुहुन्छ?

उत्तर:–
बच्चाहरू स्वर्गका लायक बनून्। सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण बनाउने मेहनत बापदादा दुवैले गर्नुहुन्छ। यो मानौं तिमीहरूलाई डबल इन्जिन मिलेको छ। यस्तो अनौठो पढाइ पढाउनु हुन्छ जसबाट तिमीले २१ जन्मको बादशाही पाउँछौ।

गीत:–
बचपन के दिन भुला न देना.......।

ओम् शान्ति ।
प्यारा सिकीलधे बच्चाहरूले गीत सुन्यौ। ड्रामा योजना अनुसार यस्ता-यस्ता गीतहरू छनौट गरिएका छन्। मनुष्य चकित हुन्छन्‚ नाटकको रेकर्डमा यो के वाणी चलाउँछन्। यो फेरि कुन प्रकारको ज्ञान हो! शास्त्र, वेद, उपनिषद् आदि छोडे, अब रेकर्डमा वाणी चलाउँछन्! यो पनि तिमी बच्चाको बुद्धिमा छ– हामी बेहदका बाबाका बन्यौं। जसबाट अतीन्द्रिय सुख मिल्छ, यस्ता बाबालाई भुल्नु छैन। बाबाको यादबाट नै जन्म-जन्मान्तरको पाप दग्ध हुन्छन्। यस्तो नहोस्, याद गर्न छोडियोस्‚ पाप रहन जाओस्। फेरि पद पनि कम हुन जान्छ। यस्ता बाबालाई त राम्रोसँग याद गर्ने पुरुषार्थ गर्नुपर्छ। जसरी मगनी हुन्छ अनि एक-अर्कालाई याद गर्छन्। तिम्रो पनि मगनी भएको छ। फेरि जब तिमीले कर्मातीत अवस्था प्राप्त गर्छौ तब विष्णुपुरीमा जान्छौ। अहिले शिवबाबा पनि हुनुहुन्छ। प्रजापिता ब्रह्मा बाबा पनि छन्। दुई इन्जिन मिलेको छ– एक निराकारी, दोस्रो साकारी। दुवैले मेहनत गर्नुहुन्छ– बच्चाहरू स्वर्गका लायक बनून्। सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण बन्नु छ। यहाँ परीक्षा पास गर्नु छ। यी कुरा कुनै शास्त्रमा छैनन्। यो पढाइ धेरै अनौठो छ– भविष्य २१ जन्मको लागि। अरू पढाइ हुन्छ मृत्युलोकको लागि। यो पढाइ हो अमरलोकको लागि। त्यसको लागि पढ्नु त यहीँ छ नि। जबसम्म आत्मा पवित्र बन्दैन तबसम्म सत्ययुगमा जान सकिँदैन। त्यसैले बाबा संगमयुगमा नै आउनु हुन्छ। यसलाई नै पुरुषोत्तम कल्याणकारी युग भनिन्छ, जसमा तिमी कौडीबाट हीरा जस्तो बन्छौ। त्यसैले श्रीमतमा चलिराख। श्री श्री शिवबाबालाई नै भनिन्छ। मालाको अर्थ पनि बच्चाहरूलाई सम्झाइएको छ। माथि फूल हुनुहुन्छ शिवबाबा, फेरि छन् युगल मेरू। प्रवृत्ति मार्ग हो नि। फेरि छन् दाना, जुन विजयी आत्मा हुन् उनको नै रुद्र माला, फेरि विष्णुको माला बन्छ। त्यस मालाको अर्थ कसैले पनि जानेका छैनन्। बाबा बसेर सम्झाउनु हुन्छ– तिमी बच्चाहरूलाई कौडीबाट हीरा जस्तो बन्नु छ। ६३ जन्म तिमीले बाबालाई याद गर्दै आयौ। तिमी अहिले प्रेमिका हौ एक प्रेमीका। सबै भक्त हुन् एक भगवानका। पतिहरूका पनि पति, पिताहरूका पनि पिता उहाँ एक नै हुनुहुन्छ। तिमी बच्चाहरूलाई राजाहरूको राजा बनाउनु हुन्छ। स्वयं बन्नुहुन्न। बाबाले पटक-पटक सम्झाउनु हुन्छ– बाबाको यादबाट नै तिम्रो जन्म-जन्मान्तरको पाप भस्म हुन्छ। साधु-सन्तले त भन्छन् आत्मा निर्लेप छ। बाबा सम्झाउनु हुन्छ– संस्कार राम्रो वा नराम्रो आत्माले नै लिएर जान्छ। तिनीहरूले भनिदिन्छन्– जहाँ जहाँ देख्छु सबै भगवान नै भगवान हुन्। भगवानको नै यो सबै लीला हो। बिल्कुलै वाममार्गमा फोहोरी बन्छन्। यस्ता-यस्ताको मतमा पनि लाखौं मनुष्य चलिरहेका छन्। यो पनि ड्रामा बनेको छ। सधैं बुद्धिमा तीन धाम याद राख– शान्तिधाम जहाँ आत्माहरू रहन्छन्, सुखधाम जहाँको लागि तिमीले पुरुषार्थ गरिरहेका छौ। दु:खधाम सुरु हुन्छ आधाकल्पपछि। भगवानलाई भनिन्छ हेविनली गड फादर। उहाँले कुनै नर्कको स्थापना गर्नुहुन्न। बाबा भन्नुहुन्छ– म त सुखधाम नै स्थापना गर्छु। बाँकी यो हार र जितको खेल हो। तिमी बच्चाहरूले श्रीमतमा चलेर अहिले मायारूपी रावणमाथि विजय पाउँछौ। फेरि आधाकल्पपछि रावण राज्य सुरु हुन्छ। तिमी बच्चाहरू अहिले युद्धको मैदानमा छौ। यो बुद्धिमा धारण गर्नु छ, फेरि अरूलाई सम्झाउनु छ। अन्धाहरूको लट्ठी बनेर घरको मार्ग बताउनु छ किनकि सबैले त्यस घरलाई भुलेका छन्। भन्ने पनि गर्छन्– यो एक नाटक हो। तर यसको आयु लाखौं हजारौं वर्ष भन्छन्। बाबा सम्झाउनु हुन्छ– रावणले तिमीलाई कति अन्धो बनाइदिएको छ। अहिले बाबाले सबै कुरा सम्झाइरहनु भएको छ। बाबालाई नै नलेजफुल भनिन्छ। त्यसको अर्थ यो होइन कि हरेकको भित्रको ज्ञाता हुनुहुन्छ। त्यो त ऋद्धि-सिद्धिवालाले सिक्छन्, जसले तिम्रो भित्रको कुरा भन्छन्। नलेजफुलको अर्थ यो होइन। यो त बाबाको नै महिमा हो। उहाँ ज्ञानका सागर, आनन्दका सागर हुनुहुन्छ। मनुष्यले त भन्छन् उहाँ अन्तर्यामी हुनुहुन्छ। अहिले तिमी बच्चाहरूले बुझेका छौ– उहाँ त टिचर हुनुहुन्छ। हामीलाई पढाउनु हुन्छ। उहाँ रुहानी पिता पनि हुनुहुन्छ। रुहानी सद्गुरु पनि हुनुहुन्छ। त्यहाँ जिस्मानी टिचर गुरु हुन्छन्। ती पनि अलग-अलग हुन्छन्। तीनै एक हुन सक्दैनन्। कसै-कसैको पिता टिचर पनि हुन्छन्। गुरु त हुन सक्दैनन्। उनीहरू त फेरि पनि मनुष्य हुन्। यहाँ त उहाँ सुप्रीम रुह परमपिता परमात्माले पढाउनु हुन्छ। आत्मालाई परमात्मा भनिदैन। यो पनि कसैले जानेका छैनन्। भन्छन्– परमात्माले अर्जुनलाई साक्षात्कार गराउनु भयो, अनि उनले भने भयो पुग्यो म यति तेज सहन गर्न सक्दिनँ। यी जुन सबै सुनेका छन्, त्यसैले सम्झन्छन् परमात्मा धेरै तेजोमय हुनुहुन्छ। सुरुमा बाबाको पासमा आउँदा साक्षात्कार हुन्थ्यो, ध्यानमा जान्थे। भन्दथे– भयो धेरै तेज मैले सहन गर्न सक्दिन। जे सुनेका हुन्छन् त्यही बुद्धिमा भावना रहन्छ। बाबा भन्नुहुन्छ– जसले जुन भावनाबाट याद गर्छ– म उसको भावना पूरा गर्न सक्छु। कोही गणेशका पुजारी छन् भने उनलाई गणेशको साक्षात्कार गराउँछु। साक्षात्कार भएमा सम्झन्छन्– ओहो मुक्तिधाममा पुगेँ। तर होइन, मुक्तिधाममा कोही जान सक्दैन। नारदको पनि उदाहरण छ। उनलाई शिरोमणि भक्त भनी गायन गरिएको छ। उनले सोधे– म लक्ष्मीलाई वरण गर्न सक्छु। अनि उनलाई भनियो आफ्नो अनुहार त हेर। भक्त माला पनि हुन्छ। नारीमा मीरा र पुरुषमा नारदको मुख्य रूपमा गायन गरिएको छ। यहाँ फेरि ज्ञानमा मुख्य शिरोमणि छिन् सरस्वती। नम्बरवार त हुन्छन् नि।

बाबा सम्झाउनु हुन्छ– मायासँग धेरै सावधान रहनु छ। मायाले यस्तो उल्टो काम गराउँछ। फेरि अन्त्यमा धेरै रुनु, पछुताउनु पर्छ– भगवान आउनु भयो तर मैले वर्सा लिन सकिनँ! फेरि प्रजामा पनि दास-दासी बन्छन्। पछाडि पढाइ त पूरा हुन्छ। फेरि धेरै पछुताउनु पर्छ। त्यसैले बाबाले पहिल्यैबाट नै सम्झाउनु हुन्छ– फेरि पछुताउन नपरोस्। जति बाबाको याद गरिरहन्छौ त्यति योग अग्निबाट पाप भस्म हुन्छ। आत्मा सतोप्रधान थियो फेरि उसमा खाद पर्दा-पर्दा तमोप्रधान बनेको छ। सतोप्रधान, सतो, रजो, तमोप्रधान... नाम पनि छन्। अहिले तिमी फेरि तमोप्रधानबाट सतोप्रधानमा जानु छ। पवित्र नबनी आत्माहरू जान सक्दैनन्। सत्ययुगमा पवित्रता थियो त्यसैले शान्ति, सम्पत्ति पनि थियो। यहाँ पवित्रता छैन त्यसैले शान्ति, सुख पनि छैन। रात दिनको फरक छ। बाबा सम्झाउनु हुन्छ– यो बचपनको दिन नभुल। बाबाले आफ्नो बनाउनु भएको छ नि। ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ, यो एडप्शन हो। स्त्रीलाई एडप्ट गरिन्छ। बाँकी बच्चाहरूलाई फेरि रचिन्छ। स्त्रीलाई रचना भनिदैन। उहाँ बाबाले पनि एडप्ट गर्नुहुन्छ– तिमीहरू मेरा उही बच्चाहरू हौ जसलाई कल्प पहिला एडप्ट गरिएको थियो। एडप्टेड बच्चालाई नै बाबाबाट वर्सा मिल्छ। उच्च भन्दा उच्च बाबाबाट उच्च भन्दा उच्च वर्सा मिल्छ। उहाँ हुनुहुन्छ भगवान। फेरि दोस्रो नम्बरमा छन् लक्ष्मी-नारायण सत्ययुगका मालिक। अहिले तिमी सत्ययुगको मालिक बनिरहेका छौ। अहिले सम्पूर्ण बनेका छैनौ, बनिरहेका छौ।

पावन बनेर फेरि पावन बनाउनु, यो नै रुहानी सच्चा सेवा हो। तिमीले अहिले रुहानी सेवा गर्छौ। त्यसैले तिमी धेरै उच्च छौ। शिवबाबाले पतितहरूलाई पावन बनाउनु हुन्छ। तिमीले पनि पावन बनाउँछौ। रावणले कति तुच्छ बुद्धि बनाइदिएको छ। अहिले बाबाले लायक बनाएर विश्वको मालिक बनाउनु हुन्छ। यस्ता बाबालाई फेरि पत्थरमा हुनुहुन्छ भनी कसरी भन्न सकिन्छ? बाबा भन्नुहुन्छ– यो खेल बनेको छ। कल्पपछि फेरि यस्तै हुन्छ। अब ड्रामा योजना अनुसार म आएको छु तिमीलाई सम्झाउन। यसमा अलिकति पनि फरक पर्दैन। बाबाले एक सेकेण्ड पनि ढिला गर्न सक्नुहुन्न। जसरी बाबाको अवतरण हुन्छ, त्यसैगरी तिमी बच्चाहरूको पनि अवतरण हुन्छ। तिमी अवतरित हौ। आत्मा यहाँ आएर फेरि साकारमा पार्ट खेल्छ। त्यसलाई भनिन्छ अवतरण। माथिबाट तल आउँछ पार्ट खेल्न। बाबाको पनि दिव्य, अलौकिक जन्म हो। बाबा स्वयं भन्नुहुन्छ– मलाई प्रकृतिको आधार लिनुपर्छ। म यस (ब्रह्मा) तनमा प्रवेश गर्छु। यो मैले नियुक्त गरिएको तन हो। यो धेरै अनौठो खेल हो। यस नाटकमा हरेकको पार्ट निश्चित छ, जुन खेलिरहन्छन्। २१ जन्मको पार्ट पनि फेरि त्यसैगरी खेल्छन्। तिमीलाई प्रष्ट ज्ञान मिलेको छ, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। महारथीहरूको बाबाले महिमा त गर्नुहुन्छ नि। त्यो जुन देखाइन्छ– पाण्डव र कौरवहरूको युद्ध भयो, ती सबै हुन् बनावटी कुरा। अहिले तिमीले सम्झन्छौ– तिनीहरू हुन् जिस्मानी डबल हिंसक, तिमी हौ रुहानी डबल अहिंसक। बादशाही लिनको लागि हेर तिमी कसरी बसेका छौ। जानेका छौ– बाबाको यादबाट नै विकर्म बिनाश हुन्छ। यही धुन लागिरहेको छ। सारा मेहनत याद गर्नुमा नै छ। भारतको प्राचीन योगको गायन छ। ती बाहिरकाले पनि यो भारतको प्राचीन योग सिक्न चाहन्छन्। सम्झन्छन् संन्यासीहरूले हामीलाई त्यो योग सिकाउँछन्। वास्तवमा तिनीहरूले सिकाउने केही पनि होइन। उनीहरूको संन्यास हो नै हठयोगको। तिमी हौ प्रवृत्ति मार्गवाला। सुरुमै तिम्रो राजधानी थियो। अहिले हो अन्त्य। अहिले त पंचायती राज्य छ। दुनियाँमा अन्धकार त धेरै छ। तिमीलाई थाहा छ– अब त लडाई हुनु छ। त्यो पनि एक खेल देखाउँछन्। यो त बेहदको कुरा हो, कति रगत बग्छ। प्राकृतिक प्रकोप हुन्छ। सबैको मृत्यु हुन्छ। त्यसलाई अनाहकमा रक्तपात भनिन्छ। त्यो हेर्नलाई धेरै हिम्मत चाहिन्छ। डरपोक त झट्ठै बेहोस हुन्छन्। यसमा निर्भयता धेरै चाहिन्छ। तिमीहरू त शिव शक्ति हौ नि। शिवबाबा हुनुहुन्छ सर्वशक्तिमान। हामीले उहाँबाट शक्ति लिन्छौं। पतितबाट पावन बन्ने युक्ति बाबाले नै बताउनु हुन्छ। बाबाले बिल्कुल सामान्य राय दिनुहुन्छ– प्यारा बच्चाहरू! तिमी सतोप्रधान थियौ अहिले तमोप्रधान बनेका छौ। अब बाबा भन्नुहुन्छ– मलाई याद गर तब तिमी पतितबाट पावन सतोप्रधान बन्छौ। आत्माले बाबासँग योग लगाउनु छ तब पाप भस्म हुन्छ। अथोरिटी पनि बाबा नै हुनुहुन्छ। चित्रहरूमा देखाउँछन्– विष्णुको नाभिबाट ब्रह्मा निस्के। उनीद्वारा बसेर सबै शास्त्र, वेदहरूको रहस्य सम्झाए। अहिले तिमीलाई थाहा छ– ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा बन्छन्। ब्रह्माद्वारा स्थापना गर्छन्। फेरि जो स्थापना भयो त्यसको पालना पनि अवश्य गर्छन् नि। यो सबै राम्रोसँग सम्झाइन्छ। जसले सम्झन्छ उसलाई यो ख्याल रहन्छ– यो रुहानी ज्ञान कसरी सबैलाई मिल्छ होला। हाम्रो पासमा धन छ भने किन सेन्टर नखोल्ने? बाबा भन्नुहुन्छ– हुन्छ भाडामा नै घर लेऊ, त्यसमा हस्पिटल कम युनिभर्सिटी खोल। योगबाट हुन्छ मुक्ति। ज्ञानबाट हुन्छ जीवनमुक्ति। दुई वर्सा मिल्छन्। यसमा केवल ३ पाउ पृथ्वी चाहिन्छ, अरू केही होइन। गड फादरली युनिभर्सिटी खोल। विश्व विद्यालय वा युनिभर्सिटी कुरा त एकै हो। यो मनुष्यबाट देवता बन्ने कति ठूलो युनिभर्सिटी छ। सोध्छन्, तपाईहरूको खर्च कसरी चल्छ? अरे, बी.के. का पिताका यति धेरै सन्तान छन्। तपाई सोध्न आउनु भएको छ! बोर्डमा हेर्नुहोस् के लेखिएको छ? धेरै अनौठो ज्ञान छ। बाबा पनि अनौठो हुनुहुन्छ नि। विश्वको मालिक तिमी कसरी बन्छौ? शिवबाबालाई भनिन्छ श्री श्री किनकि उच्च भन्दा उच्च हुनुहुन्छ नि। लक्ष्मी-नारायणलाई भनिन्छ श्री लक्ष्मी, श्री नारायण। यी सबै राम्रोसँग धारण गर्ने कुरा हुन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई राजयोग सिकाउँछु। यो हो सच्चा-सच्चा अमरकथा। केवल एक पार्वतीलाई मात्र कहाँ अमरकथा सुनाउनु भयो र! कति धेरै मनुष्य अमरनाथमा जान्छन्। तिमी बच्चाहरू बाबाको पास आएका छौ रिफ्रेश हुन। फेरि सबैलाई सम्झाउनु छ। गएर रिफ्रेश गर्नु छ। सेन्टर खोल्नु छ। बाबा भन्नुहुन्छ– केवल ३ पाउ पृथ्वी लिएर हस्पिटल कम युनिभर्सिटी खोल्दै गयौ भने धेरैको कल्याण हुन्छ। यसमा खर्च त केही पनि हुँदैन। स्वास्थ्य, सम्पत्ति र खुसी एक सेकेण्डमा मिल्छ। बच्चा जन्मेपछि वारिस हुन्छ। तिमीलाई पनि निश्चय भयो अनि विश्वको मालिक बन्यौ। फेरि छ पुरुषार्थ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अन्तिम रक्तपात दृश्य देख्नको लागि एकदम निर्भय, शिव शक्ति बन्नु छ। सर्वशक्तिमान् बाबाको यादबाट शक्ति लिनु छ।

२) पावन बनेर पावन बनाउने रुहानी सच्चा सेवा गर्नु छ। डबल अहिंसक बन्नु छ। अन्धाको लट्ठी बनेर सबैलाई घरको मार्ग बताउनु छ।

वरदान:–
म र मेरोपनलाई समाप्त गरेर समानता र सम्पूर्णताको अनुभव गर्ने सच्चा त्यागी भव

हर सेकेन्ड, हर संकल्पमा बाबा-बाबा याद रहोस्, मैपन समाप्त होस्। जब मैपन छैन भने मेरोपन पनि हुँदैन। मेरो स्वभाव, मेरो संस्कार, मेरो नेचर, मेरो काम या ड्यूटी, मेरो नाम, मेरो शान... जब यो म र मेरोपन समाप्त हुन्छ, यही समानता र सम्पूर्णता हो। यो म र मेरोपनको त्याग नै ठूलो भन्दा ठूलो सूक्ष्म त्याग हो। यस मैपनको अश्वलाई अश्वमेध यज्ञमा स्वाहा गर तब अन्तिम आहुति पर्ने छ र विजयको नगरा बज्नेछ।

स्लोगन:–
हुन्छ हजुर भनेर सहयोगको हात बढाउनु अर्थात् आशीर्वादको माला पहिरिनु हो।