27.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तारनहार आउनुभएकोछ तिम्रो नाउलाई पार लगाउन , तिमी बाबासँग सच्चा भएर बस्यौ भने नाउ हल्लिन्छ तर डुब्न सक्दैन।”

प्रश्न:–
बच्चाहरूलाई बाबाको यथार्थ याद नहुनुको मुख्य कारण के हो?

उत्तर:–
साकारमा आउँदा आउँदा म आत्मा निराकार हुँ र हाम्रो बाबा पनि निराकार हुनुहुन्छ यो पनि भुल्यौं। साकारमा भएको हुनाले साकारको याद सजिलै आउँछ। देहीअभिमानी बनेर आफूलाई बिन्दु सम्झेर बाबालाई याद गर्नु, यसैमा मेहनत छ।

ओम् शान्ति ।
शिव भगवानुवाच। यिनको नाम त शिव होइन नि। यिनको नाम हो ब्रह्मा र यिनीद्वारा कुरा गर्नुहुन्छ, शिव भगवानुवाच। यो त धेरै पटक सम्झाइएको छ– कुनै मनुष्य वा देवता अथवा सूक्ष्मवतनवासी ब्रह्मा-विष्णु-शङ्करलाई भगवान भनिँदैन। जसको कुनै आकार वा साकार चित्र छ उनलाई भगवान भन्न सकिँदैन। भगवान भनिन्छ नै बेहदका बाबालाई। भगवान को हुनुहुन्छ, यो कसैलाई पनि थाहा छैन। नेति नेति भन्छन् अर्थात् हामीले जान्दैनौं। तिमीहरूमा पनि धेरै कम छन् जसले यथार्थ रूपले जानेका छन्। आत्माले भन्छ– हे भगवान! अब आत्मा त हो बिन्दु। त्यसैले बाबा पनि बिन्दु नै हुनुहुन्छ। अहिले बाबाले बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। बाबाको साथमा कैयौं यस्ता बच्चाहरू पनि छन् जसले हामी आत्मा कसरी बिन्दु हौं, यो पनि जान्दैनन्! कसैले त राम्ररी जान्दछन्, बाबालाई याद गर्छन्। बेहदका बाबा हुनुहुन्छ सच्चा हीरा। हीरालाई धेरै राम्रो डिब्बामा राखिन्छ। कसैसँग राम्रा हीरा छन् र कसैलाई देखाउन छ भने सुन-चाँदीको डिब्बामा राखेर देखाउँछन्। हीरालाई जौहरीले चिनेका हुन्छन्, अरू कसैले चिन्न सक्दैनन्। झुटो हीरा देखाए पनि कसैलाई थाहा हुँदैन। यसरी धेरै ठगिन्छन्। अहिले सच्चा बाबा आउनुभएकोछ तर यस्ता यस्ता झुटा पनि छन् जसले गर्दा मनुष्यलाई केही पनि थाहा हुँदैन। गायन पनि छ– सच की नाव हिले-डुले पर डूबे नहीं। झुटको नाउ हल्लिँदैन, यसलाई कति हल्लाउने कोसिस पार्छन्। जो यहाँ यस नाउमा बसेका छन्, उनीहरूले पनि हल्लाउने कोसिस गर्छन्। विश्वासघातीको पनि नाम छ। अहिले तिमीलाई थाहा छ– तारनहार बाबा आउनुभएकोछ। बागवान पनि हुनुहुन्छ। बाबाले सम्झाउनुभएकोछ– यो हो काँडाको जङ्गल। सबै पतित छन् नि। कति झुटो छ। सच्चा बाबालाई कमैले मात्र चिनेका छन्। यहाँ बाबालाई कतिले पूरा चिनेका छैनन्, पूरा पहिचान छैन किनकि गुप्त हुनुहुन्छ। भगवानलाई याद त सबैले पार्छन्, यिनले पनि जानेका छन्, उहाँ निराकार हुनुहुन्छ। परमधाममा रहनुहुन्छ। हामी पनि निराकार आत्मा हौं– यो पनि जानेका छैनन्। साकारमा बस्दा बस्दा त्यो भुलेका छन्। साकारमा रहँदा रहँदा साकार नै याद आउँछ। तिमी बच्चाहरू अहिले देहीअभिमानी बन्छौ। भगवानलाई भनिन्छ– परमपिता परमात्मा। यो बुझ्न त बिल्कुल सहज छ। परमपिता अर्थात् परभन्दा पर रहनेवाला परम आत्मा। तिमीहरूलाई भनिन्छ आत्मा। तिमीलाई परम भनिँदैन। तिमीले त पुनर्जन्म लिन्छौ नि। यो कुरा कसैले पनि जानेका छैनन्। भगवानलाई पनि सर्वव्यापी भनिदिन्छन्। भक्तले भगवानलाई खोज्छन्, पहाडमा, तीर्थमा, नदीमा पनि जान्छन्। सम्झन्छन्, नदी पतित-पावनी हो, त्यसमा स्नान गरेर हामी पावन बन्छौं। भक्तिमार्गमा यो कसैलाई पनि थाहा हुँदैन, हामीलाई के चाहिन्छ! केवल भनिदिन्छन् मुक्ति चाहियो, मोक्ष चाहियो किनकि यहाँ दु:खी हुनाले दिक्क छन्। सत्ययुगमा कसैले पनि मोक्ष वा मुक्ति कहाँ माग्छन् र! त्यहाँ भगवानलाई कसैले बोलाउँदैनन्, यहाँ दु:खी हुनाले नै बोलाउँछन्। भक्तिबाट कसैको दु:ख हर्न सक्दैनन्। यदि कसैले सारा दिन राम राम जपेर बसे पनि दु:ख हर्न सक्दैनन्। यो हो नै रावण राज्य। दु:ख त यस्तो छ जुन गलामा बाँधिएको छ। गायन पनि छ– दु:ख में सिमरण सब करें, सुख में करे न कोई। यसको अर्थ अवश्य सुख थियो, अहिले दु:ख छ। सुख थियो सत्ययुगमा, दु:ख छ अहिले कलियुगमा, त्यसैले यसलाई काँडाको जङ्गल भनिन्छ। पहिलो नम्बर हो देह अभिमानको काँडा। फेरि हो कामको काँडा।

अहिले बाबा सम्झाउनु हुन्छ– तिमीले यी आँखाबाट जुन कुरा देख्छौ त्यो सबै विनाश हुन्छ। अब तिमी जानु छ शान्तिधाम। आफ्नो घर र राजधानीलाई याद गर। घरको यादको साथसाथै बाबाको याद पनि आवश्यक छ किनकि घर कुनै पतित-पावन होइन। तिमीले बाबालाई पतित-पावन भन्छौ। त्यसैले बाबालाई नै याद गर्नुपर्छ। उहाँले भन्नुहुन्छ– एक मलाई याद गर। मलाई नै बोलाउँछौ नि– बाबा, आएर पावन बनाउनुहोस्। ज्ञानका सागर हुनुहुन्छ भने अवश्य आएर मुखद्वारा सम्झाउनुपर्छ। प्रेरणा दिनुहुन्न। एकातिर शिवजयन्ती पनि मनाउँछन्, अर्कातिर फेरि भन्छन् नाम-रूपबाट न्यारा हुनुहुन्छ। नाम-रूपबाट न्यारा चीज त कुनै हुँदैन। फेरि भन्छन् ढुङ्गा-माटो सबैमा हुनुहुन्छ। अनेक मत छन् नि। बाबा सम्झाउनुहुन्छ– तिमीलाई ५ विकाररूपी रावणले तुच्छ बुद्धि बनाएको छ, त्यसैले देवताहरूको अगाडि गएर नमस्ते गर्छन्। कोही त नास्तिक हुन्छन्, कसैलाई पनि मान्दैनन्। यहाँ बाबाको पासमा त आउँछन् नै ब्राह्मण, जसलाई ५ हजार वर्ष पहिला पनि सम्झाइएको थियो। लेखिएको पनि छ परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ त्यसैले ब्रह्माका सन्तान भए। प्रजापिता ब्रह्मा त प्रख्यात छन्। अवश्य ब्राह्मण-ब्राह्मणीहरू पनि हुनुपर्छ। अहिले तिमी शूद्र धर्मबाट निस्केर ब्राह्मण धर्ममा आएका छौ। वास्तवमा हिन्दु कहलाउनेहरूले आफ्नो वास्तविक धर्मलाई जानेका छैनन्। त्यसैले कहिले कसलाई मान्छन्, कहिले कसलाई मान्छन्। धेरैको पासमा गइरहन्छन्। क्रिस्चियनहरू कहिल्यै अरू कसैको पासमा जाँदैनन्। अहिले तिमीले सिद्ध गरेर बताउँछौ। भगवान बाबा भन्नुहुन्छ– मलाई याद गर। एक दिन समाचारपत्रमा छापिन्छ, भगवान भन्नुहुन्छ– मलाई याद गर्नाले नै तिमी पतितबाट पावन बन्छौ। जब विनाश समीप हुन्छ तब समाचारपत्रद्वारा पनि यो आवाज कानमा पर्नेछ। समाचारपत्रमा त कहीँ न कहीँबाट समाचार आउँछ नि। अझै पनि छाप्न सक्छौ, भगवानुवाच– परमपिता परमात्मा शिव भन्नुहुन्छ– म हुँ पतित-पावन, मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। यस पतित दुनियाँको विनाश सामुन्ने खडा छ। विनाश अवश्य हुनुछ, यो पनि सबैलाई निश्चय हुन्छ। रिहर्सल पनि भइरहन्छ। तिमी बच्चाहरूलाई थाहा छ– जबसम्म राजधानीको स्थापना पूरा हुँदैन तबसम्म विनाश हुँदैन, भुकम्प आदि पनि जानु नै छ। एकातिर बमहरू पट्किने छन्, अर्कातिर प्राकृतिक प्रकोप हुन्छ। अन्न आदि मिल्नेछैन, जहाज आउँदैनन्, अनिकाल पर्नेछ, भोकै मरेर खतम हुन्छन्। जसले भोक हड्ताल गर्छन् तिनीहरूले फेरि पनि केही न केही जल वा मह आदि लिँइरहन्छन्। वजन कम हुन्छ। यहाँ त बस्दा बस्दा अचानक भूकम्प जान्छ, मर्नेछन्। विनाश त अवश्य हुनुछ। साधुसन्त आदिले यस्तो भन्दैनन्– विनाश हुँदैछ त्यसैले राम राम भन। मनुष्यले त भगवानलाई नै चिनेका छैनन्। भगवान त स्वयंले नै आफूलाई जान्नुहुन्छ, अरू कसैले जानेका छैनन्। उहाँको आउने समय हो। जसले फेरि यस वृद्ध तनमा आएर सारा सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान सुनाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– अब फर्केर जानुछ। यसमा त खुसी हुनुपर्छ। हामी शान्तिधाम जान्छौं। मनुष्यले शान्ति नै चाहन्छन् तर शान्ति कसले दिनुहुन्छ? भन्छन् नि– शान्ति देवा... अब देवहरूका देव त एउटै उच्चभन्दा उच्च बाबा हुनुहुन्छ। उहाँले भन्नुहुन्छ– मैले नै तिमीहरू सबैलाई पावन बनाएर लिएर जान्छु। एक जनालाई पनि छोड्दिनँ। ड्रामा अनुसार सबै जानु नै छ। गायन पनि छ– लामखुट्टे सदृश्य सबै आत्माहरू जान्छन्। यो पनि जानेका छौ– सत्ययुगमा धेरै कम मनुष्य हुन्छन्। अहिले कलियुग अन्त्यमा कति धेरै मनुष्य छन् फेरि थोरै मनुष्य कसरी हुन्छन्? अहिले हो सङ्गम। तिमीले सत्ययुगमा जानको लागि पुरुषार्थ गर्छौं। जानेका छौ– यो सबै विनाश हुन्छ। लामखुट्टे सदृश्य आत्माहरू जानेछन्। सारा बथान जान्छ। सत्ययुगमा धेरै कम रहन्छन्।

बाबा भन्नुहुन्छ– कुनै पनि देहधारीलाई याद नगर, देखेर पनि हामीले हेर्दैनौं। हामी आत्मा हौं, हामी आफ्नो घरमा जान्छौं। खुसीले पुरानो शरीर छोड्नुछ। आफ्नो शान्तिधामलाई याद गरिरह्यौ भने अन्त मति सो गति हुन्छ। एक बाबालाई याद गर्नु, यसमा नै मेहनत छ। मेहनत विना उच्च पद कहाँ मिल्छ र! बाबा आउनुहुन्छ नै तिमीलाई नरबाट नारायण बनाउनको लागि। अब यस पुरानो दुनियाँमा कुनै चैन छैन। चैन हुन्छ नै शान्तिधाम र सुखधाममा। यहाँ त घर घरमा अशान्ति छ, मारपिट छ। बाबा भन्नुहुन्छ– अब यस फोहोरी दुनियाँलाई भुल। मीठा-प्यारा बच्चाहरू! म तिम्रो लागि स्वर्गको स्थापना गर्न आएको छु, यस नर्कमा तिमी पतित बनेका छौ। अब स्वर्गमा जानुछ। अब बाबा र स्वर्गलाई याद गर तब अन्त मति सो गति हुन्छ। विवाह आदिमा जाऊ तर याद बाबालाई गर। ज्ञान सारा बुद्धिमा रहनुपर्छ। बस्न त घरमा बस, बच्चा आदिको सम्हाल गर तर बुद्धिमा याद राख– बाबाको आज्ञा छ मलाई याद गर। घर छोड्नुपर्दैन। नत्र बच्चाहरूको सम्हाल कसले गर्छ? भक्तहरू घरमा रहन्छन्, गृहस्थ व्यवहारमा रहन्छन् फेरि पनि भक्त भनिन्छ किनकि भक्ति गर्छन्, घरबार सम्हाल्छन्। विकारमा जान्छन् तर पनि गुरुहरूले उनीहरूलाई भन्छन् श्रीकृष्णलाई याद गर्यौ भने श्रीकृष्णजस्तो बच्चा हुन्छ। यी कुरामा अब तिमी बच्चाहरू जानुछैन किनकि तिमीलाई अब सत्ययुगमा जाने कुरा सुनाइन्छ जसको स्थापना भइरहेको छ। वैकुण्ठको स्थापना कुनै श्रीकृष्णले गर्दैनन्, श्रीकृष्ण त मालिक बन्छन्। बाबासँग वर्सा लिएका हुन्। सङ्गमको समयमा नै गीताको भगवान आउनुहुन्छ। श्रीकृष्णलाई भगवान भनिँदैन। उनी त पढ्नेवाला हुन्। गीता सुनाउनुभयो बाबाले र बच्चाहरूले सुने। भक्तिमार्गमा फेरि बाबाको सट्टा बच्चाको नाम राखिदिए। बाबालाई भुले त्यसैले गीता पनि खण्डन भयो। त्यो खण्डन भएको गीता पढ्नाले के मिल्छ? बाबा त राजयोग सिकाएर जानुभयो। यसबाट श्रीकृष्ण सत्ययुगको मालिक बने। भक्तिमार्गमा सत्य-नारायणको कथा सुनेर कोही स्वर्गको मालिक बनेको छ र? न कुनै यस ख्यालमा सुन्छन्, त्यसबाट केही पनि फाइदा हुँदैन। साधुसन्त आदिले आआफ्नो मन्त्र दिन्छन्, फोटो दिन्छन्। यहाँ यस्तो कुनै कुरा छैन। अरू सत्सङ्गमा गए भने भन्छन् फलानो स्वामीको कथा हो। कसको कथा? वेदान्तको कथा, गीताको कथा, भागवतको कथा। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई पढाउने कुनै देहधारी हुनुहुन्न, न उहाँले कुनै शास्त्र आदि केही पढ्नुभएको छ। शिवबाबाले कुनै शास्त्र पढ्नुभएको छ र! पढ्छन् मनुष्यले। शिवबाबा भन्नुहुन्छ– मैले गीता आदि केही पनि पढेको छैन। यो रथ जसमा बसेको छु, यिनले पढेका छन्, मैले पढेको छैन। मभित्र त सारा सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान छ। यिनले दिनहुँ गीता पढ्थे। सुगाले जस्तै कण्ठ पार्थे, जब बाबाले प्रवेश गर्नुभयो अनि तुरुन्त गीता छोडिदिए किनकि बुद्धिमा आयो यो त शिवबाबाले सुनाउनुहुन्छ।

बाबा भन्नुहुन्छ– मैले तिमीलाई स्वर्गको बादसाही दिन्छु। त्यसैले अब पुरानो दुनियाँसँग ममत्व मेटाइदेऊ। केवल म एकलाई याद गर। यो मेहनत गर्नुपर्छ। सच्चा प्रियतमालाई घरी घरी प्रियतमको नै याद आइरहन्छ। त्यसैले अब बाबाको याद पनि यस्तो पक्का रहनुपर्छ। पारलौकिक बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर अनि स्वर्गको वर्सालाई याद गर। यसमा अरू कुनै पनि आवाज निकाल्नु पर्ने, मुजुरा आदि बजाउनु पर्ने कुनै आवश्यक छैन। गीत पनि कुनै राम्रा राम्रा आउँछन्, त्यसैले बजाइन्छ, जसको अर्थ पनि तिमीलाई सम्झाइन्छ। गीत बनाउनेले स्वयं केही पनि जान्दैन। मीरा भक्तिनी थिइन, तिमी त अहिले ज्ञानी छौ। बच्चाहरूबाट कुनै काम ठीक भएन भने बाबा भन्नुहुन्छ– तिमी त भक्तजस्तै छौ। उनले फेरि सम्झन्छन् बाबाले हामीलाई यस्तो किन भन्नुभयो? बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अब बाबालाई याद गर, पैगम्बर बन, मेसेन्जर बन, सबैलाई यही सन्देश देऊ– बाबा र वर्सालाई याद गर्यौ भने जन्मजन्मान्तरको पाप भस्म हुन्छ। अब फर्केर घर जाने समय भएको छ। भगवान एउटै निराकार हुनुहुन्छ, उहाँको आफ्नो देह छैन। बाबाले नै बसेर आफ्नो परिचय दिनुहुन्छ। मनमनाभवको मन्त्र दिनुहुन्छ। साधु-संन्यासी आदिले यस्तो कहिल्यै भन्दैनन्– अब विनाश हुनुछ, बाबालाई याद गर। बाबाले नै ब्राह्मण बच्चाहरूलाई याद गराउनुहुन्छ। यादबाट स्वास्थ्य, पढाइबाट सम्पत्ति मिल्छ। तिमीले कालमाथि विजय प्राप्त गर्छौ। त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। देवताहरूले कालमाथि विजय पाएका हुन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस्तो कुनै कर्म गर्नुछैन जसले गर्दा बाबाद्वारा भक्तको टाइटल मिलोस्। पैगम्बर बनेर सबैलाई बाबा र वर्साको याद गर्ने सन्देश दिनुछ।

२) यस पुरानो दुनियाँमा कुनै चैन छैन। यो फोहोरी दुनियाँ हो, यसलाई भुल्नुछ। घरको यादको साथसाथै पावन बन्नको लागि बाबालाई पनि अवश्य याद गर्नुछ।

वरदान:–
प्रवृत्तिमा रह े र पनि पर-वृत्तिमा रहने निरन्तर योगी भव

निरन्तर योगी बन्ने सहज साधन हो–प्रवृत्तिमा रहेर पनि पर-वृत्तिमा रहनु। पर-वृत्ति अर्थात् आत्मिक रूप। जो आत्मिक रूपमा स्थित रहन्छ, ऊ सदा न्यारा र बाबाको प्यारा बन्छ। जे गर्दा पनि यो महसुस हुन्छ मानौँ काम गरेको छैन बरु खेल खेलिरहेको छु। यसरी प्रवृत्तिमा रहेर पनि आत्मिक रूपमा रहनाले सबै खेलजस्तै सहज अनुभव हुन्छ। बन्धन लाग्दैन। केवल स्नेह र सहयोगको साथै शक्तिलाई थप (एडिसन) गर तब हाइजम्प लगाउनेछौ।

स्लोगन:–
बुद्धिको महीनता अथवा आत्माको हल्कापन नै ब्राह्मण जीवनको व्यक्तित्व (पर्सनालिटी) हो।