27.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
तिमीहरूको मुख अहिले स्वर्गतिर फर्केको छ , तिमी नर्कबाट किनारा गरेर स्वर्गतिर
गइरहेका छौ , त्यसैले बुद्धिको योग नर्कबाट निकालिदेऊ।”
प्रश्न:–
सबैभन्दा उच्च
र सूक्ष्म लक्ष्य कुन हो, त्यसलाई कसले पार गर्न सक्छन्?
उत्तर:–
तिमी
बच्चाहरूले स्वर्गतिर मुख पार्छौ, मायाले तिमीहरूको मुख नर्कतिर फर्काइदिन्छ, अनेक
तुफान ल्याउँछ, तिनै तुफानहरूलाई पार गर्नु– यही हो सूक्ष्म लक्ष्य (मंजील)। यो
लक्ष्य पार गर्नको लागि नष्टोमोहा बन्नुपर्छ। निश्चय र हिम्मतको आधारमा यसलाई पार
गर्न सक्छौ। विकारीहरूको बीचमा रहेर निर्विकारी हंस बन्नु– यसैमा मेहनत छ।
गीत:–
निर्बल से
लड़ाई बलवान की.....
ओम् शान्ति ।
बच्चाहरू जो
सेन्सिबुल (समझदार) छन् उनीहरूले त यस गीतको अर्थ राम्रोसँग बुझ्छन्, जसको
बुद्धियोग शान्तिधाम र स्वर्गतिर छ उनीहरूलाई नै तुफान आउँछ। बाबाले त अहिले
तिमीहरूको मुख फर्काउनुहुन्छ। अज्ञानकालमा पनि पुरानो घरबाट मुख फर्किन्छ फेरि कहिले
तयार होला भनेर नयाँ घरलाई याद गरिरहन्छन्! अहिले तिमी बच्चाहरूको ध्यानमा पनि कहिले
हाम्रो स्वर्गको स्थापना होला फेरि सुखधाममा आउँछौँ भन्नेतिर छ। यो दु:खधामबाट त
सबैलाई जानुछ। सारा सृष्टिका मनुष्य मात्रलाई बाबा सम्झाइरहनुहुन्छ– प्यारा बच्चाहरू!
अहिले स्वर्गका द्वार खुलिरहेका छन्। अब तिमीहरूको बुद्धियोग स्वर्गतिर जानुपर्छ।
हेविन (स्वर्ग)मा जानेलाई पवित्र भनिन्छ। हेल (नर्क)मा जानेलाई अपवित्र भनिन्छ।
गृहस्थ व्यवहारमा रहेर पनि बुद्धियोग हेविनतिर लगाउनुछ। सम्झ बाबाको बुद्धियोग
हेविनतिर र बच्चाको हेलतिर छ भने दुवै एक घरमा कसरी रहन सक्छन्। हंस र बकुल्ला सँगै
रहन सक्दैनन्। धेरै मुस्किल छ। उनीहरूको बुद्धियोग छ नै ५ विकारतिर। ऊ हेलतिर
जानेवाला, ऊ हेविनतिर जानेवाला, दुवै सँगै रहन सक्दैनन्। लक्ष्य उच्च छ। बाबाले
हेर्नुहुन्छ– मेरो बच्चाको मुख हेलतिर छ, हेलतिर नगई रहन सक्दैन, फेरि के गर्नुपर्छ!
अवश्य घरमा झगडा चल्छ। भन्छन्– यो पनि कुनै ज्ञान हो- बच्चाले विवाह नगरोस्...!
गृहस्थ व्यवहारमा रहने त धेरै छन् नि। बच्चाको मुख हेलतिर छ, उसले चाहन्छ नर्कमा
जाऊँ। बाबा भन्नुहुन्छ– नर्कतिर बुद्धियोग नफर्काऊ। तर बाबाको कुरा पनि मान्दैनन्।
फेरि के गर्नुपर्छ? यसमा धेरै नष्टोमोहा स्थिति चाहिन्छ। यो सारा ज्ञान आत्मामा छ।
बाबाको आत्माले भन्छ– यिनलाई मैले रचना गरेको हुँ, मेरो कुरा मान्दैनन्। कोही त
ब्राह्मण पनि बनेका छन् तैपनि बुद्धि जान्छ हेलतिर। तब ऊ मानौँ एकदम रसातलमा जान्छ।
बच्चाहरूलाई सम्झाइएको
छ– यो ज्ञान सागरको दरबार हो। भक्तिमार्गमा इन्द्रको दरबारको पनि गायन गरिन्छ।
पुखराज परी, नीलम परी, माणिक परी, धेरै नै नाम राखिएका छन् किनकि ज्ञान डान्स गर्छन्
नि। किसिम किसिमका परीहरू छन्। उनीहरूले पनि पवित्रता चाहन्छन्। यदि कुनै
अपवित्रलाई ल्यायो भने दण्ड पर्छ। यसमा धेरै नै पावन चाहिन्छ। यो लक्ष्य धेरै उच्च
छ त्यसैले वृक्ष छिटो छिटो वृद्धि हुँदैन। बाबाले जुन ज्ञान दिनुहुन्छ त्यसलाई कसैले
जान्दैनन्। शास्त्रहरूमा पनि यो ज्ञान छैन त्यसैले थोरै निश्चय भयो भने फेरि मायाले
एउटै थप्पडले गिराइदिन्छ। तुफान हो नि। सानो दियो त्यसलाई त तुफानले एउटै झोक्काले
गिराइदिन्छ। अरूलाई विकारमा गिरेको देखेर स्वयं पनि गिर्छन्। यसमा बुझ्नको लागि त
धेरै बुद्धि चाहिन्छ। भनिन्छ पनि छ– अबलाहरूमाथि अत्याचार भयो। बाबा सम्झाउनुहुन्छ–
प्यारा बच्चाहरू! काम महाशत्रु हो, यसबाट त तिमीहरूलाई धेरै घृणा आउनुपर्छ। अहिले
बाबाले धेरै घृणा दिलाउनुहुन्छ, पहिला यो कुरा थिएन। हेल त अहिले छ नि। द्रौपदीले
पुकारिन्, यो अहिलेकै कुरा हो। कति राम्रोसँग सम्झाइन्छ। फेरि पनि बुद्धिमा बस्दैन।
यो गोलाको चित्र धेरै
राम्रो छ– गेट वे टु हेभन (स्वर्गको द्वार)। यो गोलाको चित्रबाट धेरै राम्रोसँग
बुझ्न सक्छन्। सिँढीबाट पनि त्यति बुझ्दैनन् जति यसबाट बुझ्छन्। दिनप्रतिदिन
करेक्सन (सुधार) पनि हुँदै जान्छ। बाबा भन्नुहुन्छ– आज तिमीहरूलाई बिल्कुलै नयाँ
डाइरेक्सन (निर्देशन) दिन्छु। पहिलादेखि कहाँ सबै डाइरेक्सन मिल्छ र। यो कस्तो
दुनियाँ हो, यसमा कति दु:ख छ। कति बच्चाहरूमा मोह हुन्छ। बच्चा मर्यो भने एकदम पागल
(दिवाना) हुन्छन्, अथाह दु:ख हुन्छ। यस्तो होइन– धनवान छ भने सुखी हुन्छ। अनेक
प्रकारका बिमारीहरू लागिरहन्छन्। फेरि हस्पिटलमा बसिरहन्छन्। गरिब जनरल वार्डमा
बसिरहन्छन्, धनवानलाई अलग स्पेसल रुम मिल्छ। तर दु:ख त जस्तो धनवानलाई त्यस्तै
गरिबलाई हुन्छ। केवल उनीहरूलाई ठाउँ राम्रो मिल्छ। सम्हाल पनि राम्रो हुन्छ। अहिले
तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई बाबाले पढाइरहनुभएको छ। बाबाले अनेक पटक
पढाउनुभएको छ। आफ्नो दिलसँग सोध्नुपर्छ– मैले पढ्छु वा पढ्दिनँ? कतिलाई पढाउँछु? यदि
पढाउँदिनँ भने के पद मिल्छ! दिनहुँ रातमा आफ्नो चार्ट हेर– आज कसैलाई दु:ख त दिइनँ?
श्रीमतले भन्छ– कसैलाई दु:ख नदेऊ र सबैलाई मार्ग बताऊ। जसलाई हाम्रो कुरा मनपर्छ (भाती)
उसलाई तुरुन्तै टच (अनुभूति) हुन्छ। यसमा सुनको बर्तन चाहिन्छ, जसमा अमृत टिक्छ।
जस्तै भन्छन् नि– सिंहिनीको दु धको लागि सुनको भाँडो चाहिन्छ किनकि त्यसको दुध धेरै
नै तागतिलो हुन्छ। सिंहीनीको बच्चाहरूमा मोह हुन्छ। कसैलाई देख्यो भने एकदम झम्टन्छ।
सम्झन्छ– बच्चालाई मार्न सक्छ। यहाँ पनि धेरै छन् जसको पति, बच्चा आदिमा मोह हुन्छ।
अहिले तिमी बच्चाहरूलाई थाहा छ– स्वर्गको गेट खुल्छ। श्रीकृष्णको चित्रमा धेरै
क्लियर (स्पष्ट) लेखिएको छ। यो लडाइँपछि स्वर्गका गेटहरू खुल्छन्। त्यहाँ धेरै कम
मानिसहरू हुन्छन्। बाँकी सबै मुक्तिधाममा जान्छन्। सजायँ धेरै खानुपर्छ। जे जति पाप
कर्म गरेका छन्, एक एक जन्मको साक्षात्कार गराउँदै, सजायँ खाइरहन्छन्। फेरि पाई
पैसाको (सामान्य) पद पाउँछन्। यादमा नरहेमाले विकर्म विनाश हुँदैनन्।
कति बच्चाहरू छन् जसले
मुरली पनि मिस गर्छन्, धेरै बच्चाहरू यसमा लापरवाह हुन्छन्। सम्झन्छन्– हामीले पढेनौँ
भने के भयो र! हामी त पार भइसकेका छौँ। मुरलीको परवाह गर्दैनन्। यस्ता देह अभिमानी
धेरै छन्, उनीहरूले आफ्नै नोक्सान पार्छन्। बाबालाई थाहा छ त्यसैले यहाँ आएको बेलामा
पनि सोध्छु, धेरैले मुरली पढेका छैनौ होला! थाहा छैन त्यसमा कुनै राम्रा प्वाइन्टहरू
होलान्। प्वाइन्टहरू त दिनहुँ निस्कन्छन् नि। यस्ता पनि धेरै सेन्टरहरूमा आउँछन्।
तर धारणा केही हुँदैन, ज्ञान हुँदैन। श्रीमतमा चल्दैनौ भने पद कहाँ मिल्छ र। सत्
बाबा, सत् टिचरको ग्लानि गराउनाले कहिल्यै ठाउँ पाउन सक्दैनन्। तर सबै त राजा
बन्दैनन्। प्रजा पनि बन्छन्। नम्बरवार पद हुन्छन् नि। सारा कुरा यादमा आधारित छ,
जुन बाबाबाट विश्वको राज्य मिल्छ, उहाँलाई याद गर्न सक्दैनन्। तकदिरमा नै छैन भने
फेरि पुरुषार्थ पनि के गर्लान्। बाबाले त भन्नुहुन्छ– यादको यात्राबाट नै पाप भस्म
हुन्छन्, त्यसैले पुरुषार्थ गर्नुपर्छ नि। बाबाले कुनै यस्तो पनि भन्नुहुन्न– भोजन
नखाऊ। यो कुनै हठयोग होइन। हिँड्दा डुल्दा सबै काम गर्दा, जसरी आशिकले माशुकलाई याद
गर्छन्, त्यस्तै यादमा रहने गर। उनीहरूको नाम-रूपमा प्यार हुन्छ। यी लक्ष्मी-नारायण
विश्वका मालिक कसरी बने? कसैलाई पनि थाहा छैन। तिमीले त भन्छौ– हिजोको कुरा हो।
यिनीहरूले राज्य गर्थे, मानिसहरूले त लाखौँ वर्ष भनिदिन्छन्। मायाले मानिसहरूलाई
बिल्कुलै पत्थरबुद्धि बनाइदिएको छ। अहिले तिमी पत्थरबुद्धिबाट पारसबुद्धि बन्छौ।
पारसनाथको मन्दिर पनि छ। तर उहाँ को हुनुहुन्छ , यो कसैले जान्दैनन्। मानिसहरू
बिल्कुलै घोर अन्धकारमा छन्। अहिले बाबाले कति राम्रा राम्रा कुराहरू सम्झाउनुहुन्छ।
फेरि हरेकको बुद्धिमा हुन्छ। पढाउने त एउटै हुनुहुन्छ, पढ्नेहरू धेरै हुँदै जान्छन्।
गल्ली गल्लीमा तिमीहरूका स्कुल हुनेछन्। गेट वे टु हेभन। मानिस एकजना पनि छैन जसले
बुझ्छ– हामी हेलमा छौँ। बाबा सम्झाउनुहुन्छ– सबै पुजारी हुन्। पूज्य हुन्छन् नै
सत्ययुगमा। पुजारी हुन्छन् कलियुगमा। मानिसहरूले फेरि सम्झन्छन्– भगवान नै पूज्य,
भगवान नै पुजारी बन्छन्। तपाई नै भगवान हुनुहुन्छ, तपाईले नै यो सबै खेल गर्नुहुन्छ।
तिमी पनि भगवान, हामी पनि भगवान। केही पनि बुझ्दैनन्, यो हो नै रावण राज्य। तिमी के
थियौ, अब के बन्छौ। बच्चाहरूलाई धेरै नशा हुनुपर्छ। बाबा केवल भन्नुहुन्छ– मलाई याद
गर जसबाट तिमी पुण्य आत्मा बन्छौ।
बाबाले बच्चाहरूलाई
पुण्य आत्मा बन्ने युक्ति बताउनुहुन्छ– प्यारा बच्चाहरू! यो पुरानो दुनियाँको अब
अन्त्य हुन्छ। म अहिले डाइरेक्ट आएको छु, यो हो अन्त्यको दान, एकदम सरेन्डर भइहाल।
बाबा, यो सबै हजुरको हो। बाबाले त दिनको लागि नै गराउनुहुन्छ। यिनको केही भविष्य
बनोस्। मानिसहरूले ईश्वर अर्थ दानपुण्य गर्छन्, त्यो हो इनडाइरेक्ट। त्यसको फल अर्को
जन्ममा मिल्छ। यो पनि ड्रामामा निश्चित छ। अहिले त म छु डाइरेक्ट। अहिले तिमीले जे
गर्छौ त्यसको रिटर्न (प्रतिफल) पदमगुणा मिल्छ। सत्ययुगमा त दानपुण्य आदिको कुरा
हुँदैन। यहाँ कसैसँग पैसा छ भने बाबा भन्नुहुन्छ– अच्छा, तिमी गएर सेन्टर खोल।
प्रदर्शनी लगाऊ। गरिब रहेछन् भने भन्नुहुन्छ– अच्छा, आफ्नो घरमा नै केवल बोर्ड
लगाइदेऊ– गेट वे टु हेविन। स्वर्ग र नर्क हुन्छ नि। अहिले हामी नर्कवासी हौँ, यो पनि
कसैले बुझ्दैनन्। यदि स्वर्ग गयो भने फेरि उसलाई नर्कमा किन बोलाउँछौ। स्वर्गमा कहाँ
कसैले भन्छ र स्वर्ग गयो। ऊ त हुन्छ नै स्वर्गमा। पुनर्जन्म स्वर्गमा नै मिल्छ। यहाँ
पुनर्जन्म नर्कमा नै मिल्छ। यी कुराहरू पनि तिमीले सम्झाउन सक्छौ। भगवानुवाच– म
एकलाई याद गर किनकि उहाँ नै पतित-पावन हुनुहुन्छ, मलाई याद गर अनि तिमी पुजारीबाट
पूज्य बन्छौ। हुन त स्वर्गमा सुखी त सबै हुन्छन् तर नम्बरवार पद हुन्छन्। लक्ष्य
धेरै ठुलो छ। कुमारीहरूलाई त सर्भिसको धेरै जोश आउनुपर्छ। हामीले विश्वलाई स्वर्ग
बनाएर देखाउँछौँ। कुमारी ती हुन् जसले २१ कुलको उद्धार गर्छन् अर्थात् २१ जन्मको
लागि उद्धार गर्न सक्छन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो पुरानो दुनियाँको अन्त्य हुन्छ, बाबा डाइरेक्ट आउनुभएको छ त्यसैले एकदम
सरेन्डर हुनुछ, बाबा यो सबै हजुरको हो... यो युक्तिले पुण्यात्मा बनिन्छ।
२) मुरली कहिल्यै पनि
मिस गर्नुछैन, मुरलीमा लापरवाह रहनुछैन। यस्तो होइन, मैले पढिनँ भने के भयो र। म त
पार भइसकेको छु। होइन। यो देह अभिमान हो। मुरली अवश्य पढ्नुछ।
वरदान:–
स्वयंलाई
मोल्ड गरेर रियल गोल्ड बन ेर हरेक कार्यमा सफल हुने स्व-परिवर्तक भव
जो हरेक परिस्थितिमा
स्वयंलाई परिवर्तन गरेर स्व-परिवर्तक बन्छन् उनीहरू सदा सफल हुन्छन्। त्यसैले
स्वयंलाई परिवर्तन गर्ने लक्ष्य राख। अर्को परिवर्तन भयो भने म परिवर्तन हुन्छु–
होइन। अर्को परिवर्तन होस् वा नहोस् म परिवर्तन हुनुछ। हे अर्जुन म बन्नुछ। सदा
परिवर्तन गर्नमा पहिला म। जसले यसमा पहिला म भन्छ त्यही पहिलो नम्बर हुन्छ, किनकि
स्वयंलाई मोल्ड गर्ने नै रियल गोल्ड (सच्चा सुन) हो। रियल गोल्डकै भ्यालु छ।
स्लोगन:–
आफ्नो श्रेष्ठ
जीवनको प्रत्यक्ष प्रमाणद्वारा बाबालाई प्रत्यक्ष गर।