27.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– कालहरूका काल बाबा तिमी हरू लाई कालमाथि विजयी बना उन आउनुभएको छ , मनमनाभवको मन्त्रबाट नै तिमीले कालमाथि वि ज य पाउनेछौ।”

प्रश्न:–
रुहानी बाबाले तिमी रुहानी यात्रीहरूलाई कुन चाहिँ एक विशेष शिक्षा दिनुहुन्छ?

उत्तर:–
हे रुहानी यात्रीहरू! तिमी देह अभिमान छोडेर देहीअभिमानी बन। रावणले आधाकल्पदेखि तिमीलाई देहअभिमानी बनायो, अब आत्मअभिमानी बन। यो रुहानी ज्ञान सुप्रीम रुह, परमात्माले नै तिमीलाई दिनुहुन्छ, अरू कसैले दिन सक्दैन।

गीत:–
ओम् नमः शिवाय...

ओम् शान्ति ।
बच्चाहरूले आफ्ना बाबाको महिमा सुन्यौ। गायन गरिन्छ पनि– उच्चभन्दा उच्च भगवान। उहाँ हुनुहुन्छ सबै बच्चाहरूका पिता। बाँकी जे जति छन्, आपसमा सबै भाइ भाइ हुन् र सबैका पिता पनि एक हुनुहुन्छ। उहाँ हुनुहुन्छ शिवबाबा। बाबाले सम्झाउनुभएको छ– हे प्यारा बच्चाहरू! भक्तिमार्गमा तिम्रा दुई पिता हुन्छन्– लौकिक पिता र पारलौकिक पिता। रचयिताबाट रचनालाई वर्सा मिल्छ, त्यो हो हदको वर्सा, यो हो बेहदको वर्सा। बेहदको बाबा त एउटै हुनुहुन्छ जसबाट बेहदको वर्सा मिल्छ। उहाँ हुनुहुन्छ निराकार, उहाँको नाम हो परमपिता परमात्मा शिव। भन्छन् पनि– शिव परमात्माय नमः, उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च। तिम्रो बुद्धि निराकार बाबातिर जान्छ। उहाँ रहनुहुन्छ परमधाममा, जहाँबाट तिमी आत्माहरू आउँछौ। बाबा पनि त्यहीँ रहनुहुन्छ। उहाँ नै सर्वको सद्गतिदाता हुनुहुन्छ। त्यसमा पनि यो परमपिता परमात्माको जन्मस्थान हो, शिवजयन्ती पनि यहीँ मनाउँछन्। उहाँ रुहानी बाबालाई नै ज्ञानको सागर, पतित-पावन, मुक्तिदाता, मार्गदर्शक भनिन्छ। उहाँ नै दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ– यो यहाँका मानिसहरूलाई थाहा छ। यो दुःखधाम हो, भारतवर्ष नै सुखधाम थियो। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– हे भारतवर्षवासी बच्चाहरू! तिम्रो धर्म आदि सनातन देवीदेवता धर्म हुँदा तिमी विश्वका मालिक थियौ। देवीदेवताहरू धर्मश्रेष्ठ, कर्मश्रेष्ठ थिए, अब यिनीहरू धर्मभ्रष्ट, कर्मभ्रष्ट बनेका छन्। आफूलाई पावन देवता भन्न सक्दैनन्। कलियुगको अन्त्यसम्म भक्तिमार्ग चल्छ, यसमा ज्ञान हुँदैन। ज्ञानबाट सद्गति हुन्छ। सर्वको सद्गतिदाता बाबा नआउँदासम्म सद्गति हुन सक्दैन। बाबा भन्नुहुन्छ– म कल्पको सङ्गमयुगमा आउँछु। यो समयमा पतित दुनियाँ नै छ। पावन एउटा पनि हुँदैन। हुन त संन्यासी पवित्र बन्छन् तर फेरि उनीहरूले पुनर्जन्म त यहाँ नै लिनुछ। विषबाट जन्म लिनुपर्छ। फर्केर जाने कुरा छैन। चक्र पूरा भएपछि मात्र बाबा आएर लैजानुहुन्छ। यसलाई भनिन्छ नै रुहानी ज्ञान। सुप्रीम रुहले, रुहानी ज्ञान दिनुहुन्छ। सुप्रीम रुह नै ज्ञानको सागर, पतित-पावन हुनुहुन्छ। बाँकी शास्त्रहरूको ज्ञान त भक्तिमार्ग हो। बाबा भन्नुहुन्छ– यज्ञ, तप, तीर्थ आदि गर्दै झन् तल नै गिर्दै आएका छौ। तिमी पहिला सतोप्रधान थियौ। भारतवर्षमा पवित्रता थियो भने शान्ति, समृद्धि पनि थियो। स्वास्थ्य, सम्पत्ति दुवै थिए। आजभन्दा ५ हजार वर्ष पहिलाको कुरा हो, यो भारतवर्ष स्वर्ग थियो। त्यस समयमा अरू कुनै धर्म थिएन। केवल एउटै आदि सनातन देवीदेवता धर्म थियो, जुन परमपिता परमात्माले स्थापन गर्नुभयो। स्वर्गको स्थापना त उहाँले नै गर्नुहुन्छ। मानिसले त स्वर्गको स्थापना गर्न सक्दैनन्। यसरी त भन्दैनन्– श्रीकृष्ण रचयिता हुन्। होइन, रचयिता एउटै निराकार शिव हुनुहुन्छ। बाँकी हुन् उहाँका रचना। रचयिताबाट नै रचनालाई वर्सा मिल्छ।

बाबा सम्झाउनुहुन्छ– म तिम्रो बेहदको बाबा हुँ, तिमीलाई बेहदको वर्सा दिन्छु, २१ जन्मको लागि। सूर्यवंशी, चन्द्रवंशी पवित्र धर्म स्थापन गर्छु। ब्राह्मण धर्म टुपी हो। सबैभन्दा उच्च हुनुहुन्छ रुहानी बाबा, रुहहरूलाई आफूसमान बनाउनुहुन्छ। बाबा ज्ञानको सागर, सुखको सागर हुनुहुन्छ अनि तिमीलाई पनि त्यस्तै बनाउनुहुन्छ। भारतवर्ष नै सुखधाम थियो, अहिले त दुःखधाम छ। बाबा कसरी आउनुहुन्छ, यो कुरा कसैलाई पनि थाहा छैन। सत्ययुगको आरम्भदेखि कलियुगको अन्त्यसम्मको यो सारा इतिहास भूगोल भारतवर्षको हो। यी लक्ष्मीनारायण कति स्वस्थ, धनवान् थिए। कहिल्यै बिरामी पर्दैनथे। अहिले कालमाथि विजयी बन्ने शिक्षा लिइरहेका छौ। बाबा जसलाई कालहरूका काल, महाकाल भनिन्छ, उहाँले तिमीलाई कालमाथि विजयी बनाउनुहुन्छ। नाम पनि सुन्यौ– शिवाय नमः। तिमीले त यसरी भन्दैनौ– परमात्मा सर्वव्यापी हुनुहुन्छ, कुकुर बिरालोमा हुनुहुन्छ, यसलाई भनिन्छ धर्मको ग्लानि। यसबाट बाबाको ग्लानि गर्छन्। अहिले यो कल्पको सङ्गमको समय हो। यस समयमा नै विनाश काले विपरीत बुद्धि भनिन्छ। अब विनाश त सामुन्ने उभिएको छ। गीतामा पनि लेखिएको छ– यादव, कौरव, पाण्डव क्या करत भये। सर्व शास्त्रमयी शिरोमणि श्रीमद्भगवद्गीता हो, त्यसबाट नै फेरि अरू शास्त्र निस्किएका हुन्। तिमीलाई थाहा छ– गीता देवीदेवता धर्मको शास्त्र हो। बाबा भन्नुहुन्छ– म आउँछु र तिमीलाई शूद्रबाट ब्राह्मण बनाउँछु फेरि सो देवीदेवता बनाउँछु। फेरि तिमी क्षत्रिय, वैश्य, शूद्र बन्नेछौ। बाबाले सम्झाउनुहुन्छ– तिमीले ८४ जन्म कसरी लिन्छौ। सबैभन्दा बढी जन्म अवश्य उनीहरूले लिन्छन् जो पहिला सुरुमा सत्ययुगमा आउँछन्। तिमीहरूले अधिकतम ८४ जन्म लिएका छौ, न्यूनतम एक जन्म। यो पनि बाबा नै बसेर सम्झाउनुहुन्छ। बाबा बाहेक अरू कसैलाई ज्ञानको सागर भनिँदैन। पतित-पावन, ज्ञानको सागर भन्दा बुद्धि माथि जान्छ। बाबाले नै सबैलाई मुक्त गरेर फर्काएर लैजानुहुन्छ, सर्वको सद्गतिदाता एउटै बाबा हुनुहुन्छ। अच्छा, फेरि सर्वको दुर्गति कसरी हुन्छ? कसले गर्छ? सद्गति सत्ययुगलाई, दुर्गति कलियुगलाई भनिन्छ। बाबा भन्नुहुन्छ– म आएर कल्प कल्प तिमी बच्चाहरूलाई सद्गति दिन्छु। तिमी बच्चाहरूलाई सारा विश्वको इतिहास भूगोल थाहा छ। स्कुलहरूमा त आधा इतिहास भूगोल सिकाउँछन्। सत्ययुग, त्रेतामा कसले राज्य गर्थे, यो कुरा कसैलाई थाहा छैन। चित्र त अवश्य छन्– यी लक्ष्मीनारायणले राज्य गर्थे। कति समय त्यो राजधानी चल्यो, तिमीले बताउन सक्छौ। क्रिस्चियन घराना २ हजार वर्ष चल्यो। बौद्ध घराना यति समय चल्यो। इस्लामी... उनीहरूभन्दा अगाडि फेरि चन्द्रवंशी थिए जो १२५० वर्ष चले। सत्ययुग-त्रेतामा सूर्यवंशी-चन्द्रवंशी नै थिए, अरू कुनै धर्म थिएन। तिमी नै सूर्यवंशी-चन्द्रवंशी बन्नेछौ। अब फेरि बनेका छौ ब्राह्मणवंशी। यो सारा नाटक भारतवर्षमाथि नै बनेको छ। भारतवर्ष नै नर्क र स्वर्ग बन्छ, अरू धर्मका मानिसहरूको लागि भनिँदैन। उनीहरू त स्वर्गमा आउँदैनन्। कोही मरेछ भने भन्छन्– स्वर्गवासी भयो, तर केही जान्दैनन्। नर्कवासीहरूले त नर्कमा नै जन्म लिनुपर्छ। स्वर्गवासीले स्वर्गमा नै पुनर्जन्म लिन्छन्। तिमी बच्चाहरूले जान्दछौ– यी लक्ष्मीनारायण स्वर्गवासी थिए। उनीहरूले यो राजधानी कसरी पाए। लाखौँ वर्षको कुरा त याद रहन सक्दैन। सत्ययुगमा यी शास्त्र आदि हुँदैनन्। यो सारा भक्तिको सामग्री हो। सिँढी तल झर्नु नै छ, सतोप्रधानबाट सतो-रजो-तमोमा, यो सिँढी झर्न ५ हजार वर्ष लाग्छ। सत्ययुगमा १६ कला सम्पूर्ण, फेरि त्रेतामा २ कला कम भए, आत्मामा चाँदीको खाद पर्छ। त्रेतायुगमा आएपछि तामाको मिसावट भयो, यस समयमा बिल्कुलै तमोप्रधान छौ। आत्मामा नै खाद पर्छ। तिमीले नै पूरा ८४ जन्म लिन्छौ। यहाँ रुहानी बाबा शिवबाबा आएर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी अब आत्म अभिमानी बन्नुछ। रावण प्रवेश भएपछि सबै देह अभिमानी बन्छन्। अब आफूलाई आत्मा सम्झनुछ। हामीले नै ८४ जन्म लिएर भिन्न भिन्न पार्ट खेल्दै आएका छौँ। अब ८४ को चक्र पूरा भयो। अब त शरीर पनि जीर्ण भएको छ। द्वापरदेखि रावण राज्य हुन्छ। सत्ययुगमा रामराज्य हुन्छ। सत्ययुगमा तिमी आत्म अभिमानी थियौ। द्वापर, कलियुगमा तिमी देह अभिमानी बन्छौ, न आत्मालाई, न परमात्मालाई चिन्छौ।

बाबा सम्झाउनुहुन्छ– आत्मा एक तारा हो। भृकुटीको बीचमा चम्कन्छ अजब सितारा... त्यसलाई दिव्य दृष्टिविना देख्न सकिँदैन। त्यो बिल्कुलै सूक्ष्म छ। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। हामी आत्माले ८४ जन्म लिएका छौँ। परमपिता परमात्मा पनि बिन्दु हुनुहुन्छ, उहाँलाई नै ज्ञानको सागर, पतित-पावन, नलेजफुल भनिन्छ। परमपिता परम आत्मामा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। बीजरूप भएका हुनाले उहाँलाई सत्-चित्-आनन्द स्वरूप भनिन्छ। बाबामा जुन ज्ञान छ, त्यो अवश्य सुनाउनुपर्छ। यो रूहानी ज्ञान हो। सबै रुहहरूका बाबा आएर रुहहरूलाई पढाउनुहुन्छ। तिमी आत्म अभिमानी बन्नुछ। शिवबाबाले हामीलाई पढाउनुहुन्छ, उहाँ नै नलेजफुल हुनुहुन्छ। बाबाले नै आएर स्वर्गको रचना रच्नुहुन्छ। तिमीलाई स्वर्गको लायक बनाउनुहुन्छ। यो सृष्टिचक्रको रहस्य कुनै मानिसलाई थाहा छैन। बाबालाई नै नचिनेका हुनाले भारतवर्षको यो हाल भएको छ। भारतवर्षमा पवित्रता थियो भने शान्ति, समृद्धि पनि थियो। अहिले त छ नै नर्क, फेरि कोही स्वर्गमा जान कसरी सक्छन्! बिल्कुलै पत्थरबुद्धि भएका छन्।

बाबा भन्नुहुन्छ– म बच्चाहरूको लागि कुनै न कुनै सौगात लिएर आउँछु। तिमीलाई स्वर्गको मालिक बनाउँछु। जसले कल्प पहिला वर्सा लिएका छन्, उनीहरूले नै अहिले पनि लिनेछन्। मानिसबाट देवता बन्नेछन्। वास्तवमा प्रजापिता ब्रह्माका त सबै बच्चाहरू हुन्। अब ब्रह्माद्वारा शिवबाबाले रचना रचिरहनुभएको छ। ब्रह्माकुमार-कुमारी बन्दै जान्छन्। शिवबाबाबाट वर्सा लिनको लागि पुरुषार्थ गर्नुछ, तमोप्रधानबाट सतोप्रधान बन्नुछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गरेमा तिम्रा सबै विकर्म विनाश हुनेछन्। यो रूहानी ज्ञान बाबाबाहेक अरू कसैले दिन सक्दैन। रुहानी बाबाले नै रुहहरूलाई ज्ञान दिनुहुन्छ। तिमीले रुहानी यात्रा गर्छौ। देह अभिमानलाई छोडेर देहीअभिमानी बन्छौ। आत्मा अविनाशी छ। आत्मामा नै पार्ट भरिएको छ। आत्माले कसरी ८४ जन्मको पार्ट खेल्छ, अहिले थाहा भएको छ। हामी सूर्यवंशी थियौँ, फेरि चन्द्रवंशी बन्यौँ, फेरि हामी सूर्यवंशी बन्नुछ। अहिले बाबाले सतोप्रधान बन्ने शिक्षा दिनुहुन्छ, म एकलाई याद गर। भगवानुवाच– गीताको भगवान शिवबाबा हुनुहुन्छ, न कि श्रीकृष्ण। श्रीकृष्णको आत्माले पनि अहिले सिकिरहेको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) रुहानी यात्रा गर्नु र गराउनुछ। स्वयंलाई सतोप्रधान बनाउनको लागि एक बाबालाई याद गर्नुछ। आत्मअभिमानी बन्ने पूरा पूरा पुरुषार्थ गर्नुछ।

२) कालमाथि विजय पाउनको लागि बाबाको शिक्षालाई ध्यानमा राख्नुछ। आफूलाई रुह (आत्मा) सम्झेर रुहहरूलाई ज्ञान दिनुछ।

वरदान:–
बापदादाको कर्तव्यलाई आफ्नो निसाना बनाउने मास्टर मर्यादा पुरुषोत्तम भव

भनिन्छ “अपनी घोट तो नशा चढ़े” अरूको कमाइमा कहिल्यै पनि आँखा जानुहुँदैन। अरूको नसालाई निसाना बनाउनुको सट्टा बापदादाको गुण र कर्तव्यलाई निसाना बनाऊ। बापदादाको साथमा अधर्म विनाश र सत्य धर्मको स्थापनाको कर्तव्यमा मदतगार बन। अधर्म विनाश गर्नेहरूले अधर्मको कार्य वा दैवी मर्यादालाई तोड्ने कार्य गर्न सक्दैनन्, उनीहरू मास्टर मर्यादा पुरुषोत्तम हुन्छन्।

स्लोगन:–
ज्ञानस्वरूप बनेर व्यर्थ प्रश्नहरूलाई स्वाहा गरिदयौ भने समय बच्छ।

मातेश्वरीजीका अनमोल महावाक्य

जिसका साथी है भगवान उसको क्या रोकेगा आंधी और तूफान... हेर, यो गीतले सिद्ध गर्छ– आत्मा र परमात्मा दुई चिज हुन्, ईश्वर सर्वव्यापी हुनुहुन्न, किनकि जसको साथी ईश्वर हुनुहुन्छ, उहाँ उपस्थित हुँदाहुँदै फेरि पनि सृष्टिमा यति दुःख किन? मानिस यति कङ्गाल, मोहताज किन छ? परमात्मा त सुखस्वरूप हुनुहुन्छ भने सर्वव्यापी परमात्मा भन्नु अर्थात् परमात्माको अपमान गर्नु हो। भगवान उपस्थित हुँदा दुनियाँ सुखस्वरूप हुनुपर्छ वा दुःखरूप? फेरि परमात्मालाई पुकार्ने आवश्यकता किन भयो? त्यसैले यस समयमा माया सर्वव्यापी छ, न कि परमात्मा। परमात्मा केवल एकपटक सङ्गममा आउनुहुन्छ र उहाँलाई सामुन्ने उपस्थित (हाजिर नाजिर) हुनुहुन्छ भन्न सकिन्छ, बाँकी उहाँको याद सबैको दिलमा अवश्य व्यापक छ। शरीरलाई चलाउने शक्ति त हरेकमा भिन्न भिन्न संस्कार भएको आत्मा हो, न कि परमात्मा। अब विचार गर्नुछ, परमात्माको साथ किन लिएका छौँ? यस मायाको आँधी र तुफानबाट पार हुनको लागि, त्यसैले अवश्य कुनै मायाको तुफान छ जसबाट पार हुनको लागि उहाँ परमात्माको साथ हामी आत्माहरूले माग्छौँ, उहाँ उपस्थित हुनुहुन्थ्यो भने न मायाको उल्झन हुन्थ्यो, न उहाँको साथ लिनको लागि याद गर्नुपर्थ्यो। त्यसैले हामी आत्माहरू र परमात्मा दुवैको यस खेलमा पार्ट छ। परमात्मा आउनुहुन्छ त्यसैले उहाँको पूरा साथ लिएर उहाँको हुनुछ, त्यसपछि मात्रै मायाका तुफानबाट छुट्न सक्नेछौँ। हुन त उहाँ सबैको सुखदाता हुनुहुन्छ तर जसले व्यवहारमा उहाँको सहारा लिन्छन् उनीहरूलाई नै साथ मिल्छ। त्यसैले ती बच्चाहरूलाई थप प्राप्ति हुन्छ, चाहे उहाँ दुनियाँभित्र आएर उपस्थित हुनुभएको छ तर ओहो! आश्चर्यवत्! दुनियाँले उहाँलाई नचिनेका हुनाले उहाँको साथ लिँदैन, उहाँको पूरा साथ समात्यो भने उहाँ बाबा मदत दिनमा प्रसिद्ध हुनुहुन्छ। भनिन्छ, तिमीले एक कदम अगाडि बढ्यौ भने दस कदम उहाँ बाबा अगाडि आउनुहुनेछ, त्यसैले उहाँले सम्पूर्ण वर्सा दिनुहुन्छ जसमा कुनै अपूर्णता हुँदैन। अच्छा।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

कुनै पनि सङ्कल्प आयो भने माथि बाबालाई जिम्मा दिएर स्वयं निःसङ्कल्प भएर अगाडि बढ। विचार दिनु, इसारा दिनु यो अलग कुरा हो, हलचलमा आउनु– यो अलग कुरा हो। त्यसैले सदा एकरस। सङ्कल्प दियौ, निःसङ्कल्प बन्यौ। सदा ध्यान रहोस्– म कर्मेन्द्रियजित बन्नुछ। कुनै एक कर्मेन्द्रियको आकर्षणले पनि एक बाबाको बन्न दिदैन। एकरस स्थितिमा स्थित हुन दिदैन।