27.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी शरीरबाट अलग भएर बाबाको पासमा जानु छ , तिमीले शरीरलाई साथमा लिएर जाँदैनौ , त्यसैले शरीरलाई भुलेर आत्मालाई हेर।”

प्रश्न:–
तिमी बच्चाहरूले आफ्नो आयुलाई योगबलबाट बढाउने पुरुषार्थ किन गर्छौ?

उत्तर:–
किनकि तिम्रो मन हुन्छ– मैले बाबाद्वारा सबै कुरा यसै जन्ममा सिकुँ। बाबाद्वारा सबै कुरा सुनुँ, त्यसैले योगबलबाट आफ्नो आयुलाई बढाउने पुरुषार्थ गर्छौ। अहिले नै तिमीलाई बाबाबाट प्यार मिल्छ। यस्तो प्यार फेरि सारा कल्पमा कहिल्यै मिल्न सक्दैन। बाँकी जो शरीर छोडेर गइसके, उनीहरूको लागि भनिन्छ ड्रामा। उनीहरूको यति नै पार्ट थियो।

ओम् शान्ति ।
बच्चाहरू जन्मजन्मान्तर अरू सत्सङ्गमा गएका थियौ र यहाँ पनि आएका छौ। वास्तवमा यसलाई पनि सत्सङ्ग भनिन्छ। सत्यको सङ्गले तार्छ। बच्चाहरूको मनमा आउँछ– हामी पहिला भक्तिमार्गको सत्सङ्गमा जान्थ्यौँ र अहिले यहाँ बसेका छौं। रात-दिनको फरक लाग्छ। यहाँ पहिला सुरुमा पिताको प्यार मिल्छ। फेरि बाबालाई बच्चाहरूको प्यार मिल्छ। अब यस जन्ममा तिम्रो परिवर्तन भइरहेको छ। तिमी बच्चाहरूले बुझेका छौ– हामी आत्मा हौं, नकि शरीर। शरीरले भन्दैन मेरो आत्मा। आत्माले भन्न सक्छ, मेरो शरीर। अब बच्चाहरूले बुझेका छौ– जन्मजन्मान्तर त उनै साधुसन्त, महात्मा आदि भन्दै आयौं। आजकाल फेरि फेसन चलेको छ– साई बाबा, मेहर बाबा... ती सबै जिस्मानी भए। जिस्मानी प्यारमा त सुख छँदैछैन। अहिले तिमी बच्चाहरूको छ रुहानी प्यार। रात-दिनको फरक छ। यहाँ तिमीलाई समझ मिल्छ, त्यहाँ त बिलकुलै बेसमझ हुन्छौ। तिमीले अहिले बुझेका छौ– बाबा आएर हामीलाई पढाउनु हुन्छ। उहाँ सबैका पिता हुनुहुन्छ। स्त्री-पुरुष दुवैले आफूलाई आत्मा सम्झन्छन्। बाबाले पनि बोलाउनु हुन्छ– हे प्यारा बच्चाहरू। बच्चाहरूले पनि जबाफ दिन्छन्। यो हो बाबा र बच्चाहरूको मेला। बच्चाहरूले जानेका छौ– यो बाबा र बच्चाहरूको, आत्मा र परमात्माको मेला एकैपटक लाग्छ। बच्चाहरूले बाबा-बाबा भन्ने गर्छन्। ‘बाबा’ शब्द धेरै मीठो छ। बाबा भन्ने बित्तिकै वर्सा याद आउँछ। तिमी सानो त छैनौ। बच्चाले पितालाई झट्ट चिन्छ। पिताबाट के वर्सा मिल्छ। यो सानो बालकले त जान्न सक्दैन। यहाँ तिमीले जानेका छौ– हामी बाबाको पासमा आएका छौं। बाबाले जब हे प्यारा बच्चाहरू! भन्नुहुन्छ, त्यसमा सबै बच्चाहरू पर्छन्। सबै आत्माहरू घरबाट यहाँ पार्ट खेल्न आउँछन्। को कहिले पार्ट खेल्न आउँछन्, यो पनि बुद्धिमा छ। सबैका सेक्सन अलग-अलग छन्, जहाँबाट आउने गर्छन्। फेरि अन्त्यमा सबै आ-आफ्नो सेक्सनमा जान्छन्। यो पनि सबै ड्रामामा निश्चित छ। बाबाले कसैलाई पठाउनुहुन्न। स्वत: यो ड्रामा बनेको छ। हरेक आ-आफ्नो धर्ममा आइरहन्छन्। बुद्धको धर्म स्थापना नहुँदै कोही पनि त्यस धर्मको आत्मा आउँदैन। पहिला सुरुमा सूर्यवंशी-चन्द्रवंशी नै आउँछन्। जसले बाबासँग राम्रोसँग पढ्छन्, तिनैले नम्बरवार सूर्यवंशी, चन्द्रवंशीमा शरीर लिन्छन्। त्यहाँ त विकारको कुरै हुँदैन। योगबलबाट आत्मा आएर गर्भमा प्रवेश गर्छ। सम्झन्छन् मेरो आत्मा यस शरीरमा गएर प्रवेश गर्छ। वृद्धले सम्झन्छन्– मेरो आत्माले योगबलबाट गएर यो शरीर लिन्छ। मेरो आत्माले अब पुनर्जन्म लिन्छ। ती पिताले पनि सम्झन्छन्– हाम्रो पासमा बच्चा आएको छ। बच्चाको आत्मा आइरहेको छ, त्यसको साक्षात्कार हुन्छ। उनीहरूले आफूलाई सम्झन्छन् हामी गएर अर्को शरीरमा प्रवेश गर्नेछौं। यो पनि विचार त उठ्छ नि। अवश्य पनि त्यहाँको नियम हुनुपर्छ। बच्चा कुन उमेरमा जन्मिन्छ, त्यहाँ त सबै नियमित चल्छ। त्यो त पछि गएर महसुस हुन्छ। सबै कुरा थाहा हुन्छ, यस्तो होइन जसरी यहाँ १५-२० वर्षमा नै कसैको बच्चा हुन्छ। त्यसरी होइन, त्यहाँ आयु १५० वर्षको हुन्छ, त्यसैले बच्चा तब आउँछ जब आधा उमेर भन्दा केही बढी हुन्छ, त्यस समयमा बच्चा जन्मिन्छ किनकि त्यहाँ आयु लामो हुन्छ। एउटै बच्चा त आउनु पर्ने हुन्छ। फेरि बच्चीलाई पनि आउनु पर्ने हुन्छ, काइदा अनुसार हुन्छ। पहिला बच्चाको, फेरि बच्चीको आत्मा आउँछ। विवेकले भन्छ पहिला बच्चा आउनु पर्छ। पहिला मेल पछि फीमेल। ८-१० वर्षको अन्तरमा आउँछन्। पछि गएर तिमी बच्चाहरूलाई सबै साक्षात्कार हुनु छ। त्यहाँको रीतिरिवाज के-कस्तो हुन्छ, नयाँ दुनियाँका यी सबै कुरा बाबाले बसेर सम्झाउनु हुन्छ। बाबा नै नयाँ दुनियाँ स्थापक हुनुहुन्छ। रीतिरिवाज पनि अवश्य सुनाउँदै जानुहुन्छ। पछि गएर धेरै सुनाउनु हुनेछ, त्यसपछि साक्षात्कार हुँदै जान्छ। बच्चा कसरी पैदा हुन्छ, यो कुनै नयाँ कुरा होइन।

तिमी त यस्तो ठाउँमा जान्छौ, जहाँ कल्प-कल्प जानै पर्छ। वैकुण्ठ त अब नजिक आएको छ। अब त बिलकुलै नजिक आइपुगेका छौ। जति तिमी ज्ञान योगमा मजबुत हुँदै जान्छौ, त्यति तिमीले हरेक कुरा नजिक देख्छौ। अनेक पटक तिमीले पार्ट खेलेका छौ। अहिले तिमीलाई समझ मिल्छ, जुन तिमीले साथमा लिएर जानेछौ। त्यहाँको के रीतिरिवाज हुन्छ, त्यो सबै जान्ने छौ। सुरुमा तिमीलाई सबै साक्षात्कार भएको थियो। त्यस समयमा त तिमीले केवल अल्फ-बे पढ्थ्यौ। फेरि अन्त्यमा पनि अवश्य तिमीलाई साक्षात्कार हुनुपर्छ। बाबा बसेर सुनाउनु हुन्छ, तिमीलाई त्यो सबै देख्ने चाहना यहाँ हुन्छ। सम्झन्छौ– कतै शरीर नछुटोस्, सबै कुरा देखेर जाऔँ। यसमा आयु बढाउनको लागि योगबल चाहिन्छ जसले गर्दा बाबाबाट सबै कुरा सुनौँ, सबै कुरा देखौँ। जो पहिल्यै गइसके उनीहरूको चिन्ता गर्नुछैन। त्यो त ड्रामाको पार्ट हो। बाबाबाट धेरै प्यार लिने तिनीहरूको तकदिरमा थिएन। किनकि जति-जति तिमी सेवाधारी बन्छौ, त्यति बाबालाई धेरै प्रिय लाग्छ। जति सेवा गर्छौ, जति बाबालाई याद गर्छौ त्यति त्यो याद पक्का हुँदै जान्छ। तिमीलाई धेरै मज्जा आउँछ। अहिले तिमी ईश्वरीय सन्तान बनेका छौ। बाबा भन्नुहुन्छ– तिमी आत्माहरू त मेरो पासमा थियौ नि। भक्तिमार्गमा मुक्तिको लागि धेरै परिश्रम गर्छन्। जीवनमुक्तिलाई त जानेका हुँदैनन्। यो ज्ञान धेरै मीठो छ। यसमा धेरै प्यार हुन्छ। बाबा पिता पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। सच्चा-सच्चा परमपिता हुनुहुन्छ जसले हामीलाई २१ जन्मको लागि सुखधाममा लैजानु हुन्छ। आत्मा नै दु:खी हुन्छ। दु:ख-सुख आत्माले नै महसुस गर्छ। भनिन्छ पनि पाप आत्मा, पुण्य आत्मा। अहिले बाबा आउनु भएको छ हामीलाई सबै दु:खबाट छुटाउन। अब तिमी बच्चाहरूलाई बेहदमा जानु छ। त्यहाँ सबै सुखी हुन्छन्। सारा दुनियाँ नै सुखी हुन्छ। ड्रामामा यस्तै पार्ट छ, त्यसलाई पनि तिमीले बुझेका छौ। तिमी कति खुसी हुन्छौ। बाबा आउनु भएको छ हामीलाई स्वर्गमा लैजानको लागि। हामी सबै आत्माहरूलाई स्वर्गमा लैजानु हुन्छ। बाबाले धैर्यता दिनु हुन्छ– मीठा प्यारा बच्चाहरू! म तिमीलाई सबै दु:खबाट हटाउन आएको छु। त्यसैले यस्ता बाबामा कति प्यार हुनुपर्छ। सबै सम्बन्धीहरूले तिमीलाई दु:ख दिएका छन्। यी हुन् नै दु:खदायी सन्तान। तिमी दु:खी हुँदै र दु:खैको कुरा सुन्दै आएका छौ। अब बाबाले सबै कुरा सम्झाइरहनु भएको छ। अनेक पटक सम्झाउनु भएको छ अनि चक्रवर्ती राजा बनाउनु भएको छ। त्यसैले जुन बाबाले हामीलाई स्वर्गको मालिक बनाउनु हुन्छ, उहाँको कति प्यार हुनुपर्छ! एक बाबालाई नै तिमीले याद गर्छौ। बाबा बाहेक अरू कसैसँग सम्बन्ध छैन। आत्मालाई नै सम्झाइन्छ। हामी सुप्रीम बाबाका सन्तान हौं। अहिले जसरी हामीलाई सतमार्ग मिलेको छ, फेरि अरूलाई पनि सुखको मार्ग बताउनु छ। तिमीलाई केवल आधा कल्पको लागि मात्र होइन, पौने कल्पको लागि सुख मिल्छ। तिमी माथि पनि कैयौँ कुर्बान जानेछन् किनकि तिमीले बाबाको सन्देश दिएर सबैको दु:ख हटाउँछौ।

तिमीलाई थाहा छ– ब्रह्मालाई पनि यो ज्ञान परमपिताबाट मिल्छ। उहाँले फेरि हामीलाई सन्देश दिनु हुन्छ। हामीले फेरि अरूलाई सन्देश दिन्छौं। बाबाको परिचय दिएर सबैलाई अज्ञान निद्राबाट जगाउँदै जान्छौ। भक्तिलाई अज्ञान भनिन्छ। ज्ञान र भक्ति अलग-अलग हो। ज्ञानसागर बाबाले अब तिमी बच्चाहरूलाई ज्ञान सिकाइरहनु भएको छ। तिम्रो मनमा आउँछ बाबाले हरेक ५ हजार वर्षमा आएर हामीलाई जगाउनु हुन्छ। हाम्रो जुन दियो छ त्यसमा घ्यु अलिकति मात्र बाँकी रहेको छ, त्यसैले अब फेरि ज्ञान-घृत राखेर दीपक जगाउनु हुन्छ। जब बाबालाई याद गर्छन् अनि आत्मारूपी दीप प्रज्वलित हुन्छ। आत्मामा जुन मैला चढेको छ त्यो बाबाको यादले उत्रिन्छ, यसमा नै मायाको लडाइँ चल्छ। मायाले घरी घरी भुलाइदिन्छ र खिया उत्रिनुको सट्टा चढ्दै जान्छ। बाँकी जति उत्रेको थियो, त्यो भन्दा पनि धेरै चढ्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने खिया उत्रिन्छ। यसमा मेहनत छ। शरीरको आकर्षण नहोस्। देहीअभिमानी बन। हामी आत्मा हौँ, बाबाको पासमा शरीर सहित त जान सक्दैनौँ। शरीरबाट अलग भएर नै जानु छ। आत्मालाई देख्नाले खिया निस्कन्छ, शरीरलाई देख्नाले खिया चढ्छ। कहिले चढ्छ, कहिले उत्रिन्छ– यो चलिरहन्छ। कहिले तल, कहिले माथि– यो मार्ग बडो नाजुक छ। यस्तो हुँदाहुँदै पछि गएर कर्मातीत अवस्था प्राप्त गर्नेछौ। मुख्य त हरेक कुरामा आँखाले नै धोका दिन्छ, त्यसैले शरीरलाई नहेर। हाम्रो बुद्धि शान्तिधाम सुखधाममा लट्किरहेको होस् र दैवीगुण पनि धारण गर्नु छ। भोजन पनि शुद्ध खानु छ। देवताहरूको भोजन पवित्र हुन्छ। वैष्णव शब्द विष्णुबाट निस्केको हो। देवताहरूले कुनै अपवित्र चीज कहाँ खान्छन् र! विष्णुको मन्दिर हुन्छ, जसलाई नर-नारायण पनि भनिन्छ। लक्ष्मी-नारायण त साकारी भए। उनका ४ भुजा हुनुहुँदैन। तर भक्तिमार्गमा उनका पनि ४ भुजा देखाउँछन्। यसलाई भनिन्छ बेहदको अज्ञान। ४ हात भएको कुनै मनुष्य हुन सक्दैन, यो कुरा बुझ्दैनन्। सत्ययुगमा २ भुजावाला हुन्छन्। ब्रह्माका पनि २ भुजा छन्। ब्रह्माकी छोरी सरस्वती, उनलाई फेरि मिलाएर ४ भुजा भनिदिएका छन्। तर सरस्वती कुनै ब्रह्माकी स्त्री होइनन्, यी त प्रजापिता ब्रह्माकी छोरी हुन्। जति बच्चाहरू एडप्ट हुँदै जान्छन्, त्यति नै यिनका भुजाहरू बढ्दै जान्छन्। ब्रह्माका नै १०८ भुजाहरू भन्छन्। विष्णु वा शङ्करका भनिदैन। ब्रह्माका भुजाहरू धेरै छन्। भक्तिमार्गमा त केही पनि समझ छैन। बाबा आएर बच्चाहरूलाई सम्झाउनु हुन्छ, तिमीले भन्छौ बाबा आएर हामीलाई समझदार बनाउनु भएको छ। मनुष्यहरूले भन्छन् हामी शिवका भक्त हौं। ठीक छ, तिमीले शिवलाई के सम्झन्छौ? अहिले तिमीले जान्दछौ शिवबाबा सबै आत्माहरूका पिता हुनुहुन्छ, त्यसैले उहाँको पूजा गर्छन्। मुख्य कुरा बाबाले भन्नुहुन्छ– म एकलाई याद गर। तिमीले बोलाएका पनि छौ– हे पतित-पावन! आएर हामीलाई पावन बनाउनुहोस्। सबैले पुकारि नै रहन्छन्– पतित-पावन सीताराम। यिनले पनि गाइरहन्थे। बाबा स्वयं आएर ममा प्रवेश गर्नुहुन्छ, यो कुरा बाबालाई कहाँ थाहा थियो र! कति आश्चर्य छ, कहिल्यै ख्यालमा पनि थिएन। पहिला त आश्चर्य हुन्थ्यो– यो के भएको हो! मैले कसैलाई देखेँ भने बसीबसी उनीहरूलाई आकर्षण हुन्थ्यो। यो के भएको हो? शिवबाबाले आकर्षित गर्नुहुन्थ्यो। सामुन्ने बस्नेहरू ध्यानमा जान्थे। आश्चर्यमा परेँ, यो के हो! यी कुराहरूलाई बुझ्नको लागि फेरि एकान्त चाहियो। तब वैराग्य आउन थाल्यो– कहाँ जाऊँ? ठीकै छ वनारस जान्छु। यो उहाँको आकर्षण थियो। जसले यिनलाई पनि गरायो। यति ठुलो कारोबार सबै छोडेर गए। ती बिचराहरूलाई के थाहा यी वनारस किन जान्छन्? फेरि त्यहाँ बगैँचामा गएर बसेँ। त्यहाँ पेन्सिल हातमा लिएर बसेर भित्ताहरूमा चक्र बनाउँथेँ। बाबाले के गराउनुहुन्थ्यो, केही पनि थाहा हुँदैनथ्यो। राती निद्रा आउँथ्यो, सम्झन्थेँ, कतै उडेको छु। फेरि जब तल आउँथेँ के भइरहेको छ केही पनि थाहा हुँदैनथ्यो। सुरुमा कति साक्षात्कार हुन्थे। बच्चीहरू बस्दाबस्दै ध्यानमा जान्थे। तिमीहरूले धेरै कुरा देखेका छौ। तिमीहरूले भन्छौ– जे हामीले देख्यौँ त्यो तपाईँहरूले देख्नु भएन। फेरि पछि गएर पनि बाबाले धेरै साक्षात्कार गराउनु हुन्छ किनकि नजिक हुँदै जानेछौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबाको सन्देश सुनाएर सबैको दु:ख हटाउनु छ। सबैलाई सुखको बाटो बताउनु छ। हदबाट निस्केर बेहदमा जानु छ।

२) अन्त्यको सबै साक्षात्कार गर्न र बाबाको प्यारको पालना लिनको लागि ज्ञान-योगमा मजबुत बन्नु छ। अरूको चिन्तन नगरिकन योगबलबाट आफ्नो आयु बढाउनु छ।

वरदान:–
अलबेलापन वा अटेन्सनको अभिमानलाई छोडेर बाबाको मदतको पात्र बन्ने सहज पुरुषार्थी भव

कति बच्चाहरू हिम्मत राख्नुको सट्टा अबलेलापनको कारण अभिमानमा आउँछन्। भन्छन्– म त सदा पात्र हुँ नै। बाबाले मलाई मदत नगरे अरू कसलाई गर्नुहुन्छ! यस अभिमानको कारण हिम्मतको विधिलाई बिर्सिन्छन्। कतिमा फेरि स्वयंमाथि अटेन्सन दिने कुराको पनि अभिमान हुन्छ, जसले मदतबाट वञ्चित गरिदिन्छ। सम्झन्छन्– मैले त धेरै योग लगाइसकेँ, ज्ञानी-योगी आत्मा बनिसकेँ, सेवाको राजधानी बनिसक्यो... यसप्रकारको अभिमानलाई छोडेर हिम्मतको आधारमा मदतको पात्र बनेमा सहज पुरुषार्थी बन्छौ।

स्लोगन:–
जुन व्यर्थ र नकारात्मक सङ्कल्प चल्छन्, तिनलाई परिवर्तन गरेर विश्व कल्याणको कार्यमा लगाऊ।