27.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबा समान रहमदिल र कल्याणकारी बन। समझदार ऊ नै हो , जसले स्वयं पनि पुरुषार्थ गर्छ र अरूलाई पनि गराउँछ।”

प्रश्न:–
तिमी बच्चाहरूले आफ्नो पढाइबाट कुनचाहिँ जाँच गर्न सक्छौ, तिम्रो पुरुषार्थ के हो?

उत्तर:–
पढाइबाट तिमीले जाँच गर्न सक्छौ– मैले उत्तम पार्ट खेलिरहेको छु वा मध्यम वा कनिष्ठ? सबै भन्दा उत्तम पार्ट उसको भनिन्छ, जसले अरूलाई पनि उत्तम बनाउँछ अर्थात् सेवा गरेर ब्राह्मणहरूको वृद्धि गराउँछ। तिम्रो पुरुषार्थ हो पुरानो जुत्ता (शरीर) छोडेर नयाँ जुत्ता लिनु। जब आत्मा पवित्र बन्छ, तब उसलाई पवित्र शरीर मिल्छ।

ओम् शान्ति ।
च्चाहरूले दुई तरिकाबाट कमाइ गरिरहेका छन्। एकातिर यादको यात्राबाट कमाइ, अर्को ८४ को चक्रको ज्ञानलाई स्मृति गर्नाले कमाइ। यसलाई भनिन्छ डबल आम्दानी। अज्ञान कालमा हुन्छ अल्पकाल क्षणभङ्गुर सिङगल आम्दानी। यो तिम्रो यादको यात्राको आम्दानी धेरै उच्च छ। आयु पनि लामो हुन्छ, पवित्र पनि बन्छौ। सबै दु:खहरूबाट छुट्छौ। धेरै उच्च आम्दानी हो। सत्ययुगमा आयु पनि लामो हुन्छ। दु:खको नामै हुँदैन किनकि त्यहाँ रावण राज्य नै हुँदैन। अज्ञान कालमा पढाइको अल्पकाल सुख हुन्छ र अर्को पढाइको सुख, शास्त्र पढ्नेलाई मिल्छ। उनीहरूबाट अनुयायीहरूलाई केही फाइदा हुँदैन। उनका अनुयायी त हुँदैनन् किनकि उनीहरूले न ड्रेस आदि फेर्छन् नत घरबार छोड्छन्। त्यसैले अनुयायी कसरी भन्न मिल्छ! त्यहाँ त शान्ति पवित्रता सबै हुन्छ। यहाँ अपवित्रताको कारण घर घरमा कति अशान्ति हुन्छ। तिमीलाई ईश्वरको मत मिल्छ। अब तिमीले आफ्नो पितालाई याद गर। आफूलाई ईश्वरीय सरकारको सम्झ। तर तिमी छौ गुप्त। दिलमा कति धेरै खुसी हुनुपर्छ, अहिले हामी श्रीमतमा छौं। उहाँको शक्तिबाट सतोप्रधान बनिरहेका छौं। यहाँ त कुनै राज्य-भाग्य लिनु छैन। हाम्रो राज्य-भाग्य हुन्छ नै नयाँ दुनियाँमा। अहिले त्यस कुरालाई जान्यौ। यी लक्ष्मी-नारायणको ८४ जन्मको कहानी तिमीले बताउन सक्छौ। कुनै पनि मानिसले चाहे जतिसुकै पढेको होस्, पढाउनेवाला होस् तर कसैले पनि यस्तो भन्न सक्दैनन्– आउनुहोस् म तपाईहरूलाई यिनको ८४ जन्मको कहानी बताउँछु। तिमी बच्चाहरूको बुद्धिमा अब स्मृति हुन्छ, विचार सागर मन्थन पनि गर्छौ।

अहिले तिमी हौ ज्ञान सूर्यवंशी। फेरि सत्ययुगमा भनिन्छ विष्णुवंशी। ज्ञान सूर्य प्रगटा... यतिबेला तिमीलाई ज्ञान मिलिरहेको छ नि। ज्ञानबाट नै सद्गति हुन्छ। आधाकल्प ज्ञान चल्छ अनि आधाकल्प अज्ञान हुन्छ। यो पनि ड्रामामा निश्चित छ। तिमी अहिले समझदार बनेका छौ। जति जति तिमी समझदार बन्छौ त्यति अरूलाई पनि आफू समान बनाउने पुरुषार्थ गर्छौ। तिम्रो बाबा रहमदिल (दयावान), कल्याणकारी हुनुहुन्छ त्यस्तै बच्चाहरू पनि बन्नु छ। बच्चाहरू कल्याणकारी बनेनन् भने उनीहरूलाई के भन्ने? गायन पनि छ– “हिम्मते बच्चे, मददे बाप” यो पनि अवश्य चाहिन्छ। नत्र वर्सा कसरी पाउँछौ? सेवा अनुसार नै वर्सा पाउँछौ, ईश्वरीय मिसन हो नि। जस्तै क्रिश्चियन मिसन, इस्लामी मिसन हुन्छ उनीहरूले आफ्नो धर्मलाई बढाउँछन्। तिमीले आफ्नो ब्राह्मण धर्म र दैवी धर्मलाई बढाउँछौ। ड्रामा अनुसार तिमी बच्चाहरू अवश्य सहयोगी बन्छौ। कल्प पहिला जुन पार्ट खेलेका थियौ त्यही अवश्य खेल्ने छौ। तिमीले देखिरहेका छौ– हरेकले आफ्नो उत्तम, मध्यम, कनिष्ट पार्ट खेलिरहेका छन्। सबै भन्दा उत्तम पार्ट उसले खेल्छ जो उत्तम बनाउनेवाला छ। सबैलाई बाबाको परिचय दिनु छ र आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु छ। ऋषिमुनि आदिले पनि नेति नेति भन्दै गए। अरूले फेरि भन्छन्– सर्वव्यापी, केही जानेका छैनन्। ड्रामा अनुसार आत्माको बुद्धि पनि तमोप्रधान बन्छ। शरीरको बुद्धि भनिदैन। आत्मामा नै मन-बुद्धि हुन्छ। बच्चाहरूले यो राम्रोसँग बुझेर फेरि चिन्तन गर्नुपर्छ र अरूलाई सम्झाउनु पर्छ। उनीहरू शास्त्र आदि सुनाउनको लागि कति पसल खोलेर बसेका छन्। तिम्रो पनि पसल छ। ठुला ठुला शहरहरूमा ठुला पसल चाहिन्छन्। जुन बच्चा तीक्ष्ण हुन्छन्, उनको पासमा खजाना धेरै हुन्छ। त्यति खजाना कम छ भने अरूलाई दिन पनि सक्दैनन्। धारणा नम्बरवार हुन्छ। बच्चाहरूले राम्रोसँग धारणा गर्नुपर्छ, जसबाट अरूलाई पनि सम्झाउन सकियोस्। यो कुनै ठुलो कुरा होइन, बाबासँग वर्सा लिनु सेकेण्डको कुरा हो। तिमी आत्माहरूले बाबालाई चिनेका छौ त्यसैले बेहदको मालिक बन्छौ। मालिक पनि नम्बरवार हुन्छन्। राजा पनि मालिक, प्रजाले पनि भन्छन्– हामी पनि मालिक हौं। यहाँ पनि सबैले भन्छन् नि हाम्रो देश। तिमीले पनि भन्छौ– श्रीमत अनुसार हामीले आफ्नो स्वर्ग स्थापना गरिरहेका छौं, फेरि स्वर्गमा पनि राजधानी हुन्छ। अनेक प्रकारका पद हुन्छन्। उच्च पद प्राप्त गर्नको लागि पुरुषार्थ गर्नुपर्छ। बाबा भन्नुहुन्छ– जति अहिले पुरुषार्थ गरेर पद पाउँछौ, त्यही नै कल्पकल्पान्तरको लागि हुन्छ। परीक्षामा कसैको कम अङ्क आएमा हर्टफेल पनि हुन्छ। यो त हो नै बेहदको कुरा। पूरा पुरुषार्थ गरेनौ भने पछि निराश पनि हुन्छौ, सजाय पनि खानु पर्नेछ। त्यतिबेला गर्नै के सक्छौ र, केही पनि सक्दैनौ। आत्माले के गर्छ! उनीहरूले त जीवघात गर्छन्, डुबेर मर्छन्। यसमा घात आदिको कुरा छैन। आत्माको त घात हुँदैन। आत्मा त अविनाशी छ। बाँकी शरीरको घात हुन्छ, जसबाट तिमीले पार्ट खेल्छौ। अहिले तिमीले पुरुषार्थ गर्छौ– भन्छौ, यो पुरानो शरीरलाई छोडेर हामीले नयाँ दैवी शरीर लिन्छौं। यो कसले भन्छ? आत्माले। जसरी बच्चाहरूले भन्ने पनि गर्छन् नि– हामीलाई नयाँ कपडा दिनुहोस्। हामी आत्माहरूलाई पनि नयाँ कपडा चाहिन्छ। बाबा भन्नुहुन्छ– तिम्रो आत्मा नयाँ बनेपछि शरीर पनि नयाँ चाहिन्छ अनि शोभा हुन्छ। आत्मा पवित्र भएपछि ५ तत्त्व पनि नयाँ बन्न जान्छन्। ५ तत्त्वको नै शरीर बन्छ। जब आत्मा सतोप्रधान हुन्छ अनि शरीर पनि सतोप्रधान मिल्छ। आत्मा तमोप्रधान भएमा शरीर पनि तमोप्रधान हुन्छ। अहिले सारा दुनियाँ नै तमोप्रधान छ, दिनप्रतिदिन दुनियाँ पुरानो हुँदै जान्छ, गिर्दै जान्छ। नयाँबाट पुरानो त हरेक चीज हुन्छ। पुरानो भएर फेरि नष्ट हुन्छ, यो त सारा सृष्टिको सवाल हो। नयाँ दुनियाँलाई सत्ययुग, पुरानोलाई कलियुग भनिन्छ। बाँकी यस सङ्गमयुगको बारेमा त कसैलाई पनि थाहा छैन। तिमीले नै जानेका छौ– यो पुरानो दुनियाँ परिवर्तन हुनु छ।

अहिले बेहदका बाबा जो बाबा, शिक्षक, गुरु हुनुहुन्छ, उहाँको आदेश छ– पावन बन। काम विकार जुन महाशत्रु हो त्यसलाई जितेर जगतजित बन। जगतजित अर्थात् विष्णुवंशी बन। कुरा एउटै हो। यी शब्दको अर्थ तिमीलाई थाहा छ। बच्चाहरूलाई थाहा छ– हामीलाई पढाउनेवाला बाबा हुनुहुन्छ। पहिला त यो नै पक्का निश्चय हुनुपर्छ। बच्चा ठुलो भएपछि पितालाई याद गर्छन्, फेरि शिक्षकलाई अनि गुरुलाई याद गर्छन्। भिन्न भिन्न समयमा यी तीनैलाई याद गर्छन्। यहाँ त तिमीलाई तीनवटै सँगै एकै समयमा मिल्नुभएको छ। पिता, शिक्षक, गुरु एउटै हुनुहुन्छ। उनीहरूले त वानप्रस्थको पनि अर्थ जानेका छैनन्। वानप्रस्थमा जानु छ, त्यसैले सम्झन्छन् गुरु बनाउनु पर्छ। ६० वर्षपछि गुरु बनाउँछन्। यो काइदा अहिले नै निस्केको हो। बाबा भन्नुहुन्छ– यिनको धेरै जन्मको अन्त्यको वानप्रस्थ अवस्थामा म नै यिनको सद्गुरु बन्छु। बाबाले पनि भन्नुहुन्छ ६० बर्ष पछि सद्गुरु बनाएको छु जबकि यो निर्वाणधाम जाने समय हो। बाबा आउनु नै हुन्छ सबैलाई निर्वाणधाम लैजान। मुक्तिधाम गएर फेरि पार्ट खेल्नको लागि आउनु छ। वानप्रस्थ अवस्था त धेरैको हुन्छ, अनि गुरु बनाउँछन्। आजकाल त सानो बच्चालाई पनि गुरु बनाउँछन् फेरि गुरुलाई दक्षिणा मिल्छ। क्रिस्चियनहरू क्रिस्चियन बनाउनको लागि लगेर गोदमा दिन्छन्। तर ऊ कुनै निर्वाणधाममा जाँदैन। यो सबै रहस्य बाबाले सम्झाउनु हुन्छ, ईश्वरको अन्त त ईश्वरले नै बताउनु हुन्छ। सुरुबाट नै बताउँदै आउनु भएको छ। आफ्नो अन्त पनि दिनुहुन्छ र सृष्टिको ज्ञान पनि दिनुहुन्छ। भगवान आफै आएर आदि सनातन देवी-देवता अर्थात् स्वर्गको स्थापना गर्नुहुन्छ, यसको नाम भारतवर्ष नै भन्दै आइएको छ। गीतामा केवल श्रीकृष्णको नाम राखेर कति गडबड गरिदिएका छन्। यो पनि ड्रामा हो, हार र जितको खेल हो। यसमा हार जित कसरी हुन्छ, यो कुरा बाबा बाहेक अरू कसैले बताउन सक्दैन। यी लक्ष्मी-नारायणले पनि जान्दैनन्– हामीले फेरि हार खानु छ। यो त केवल तिमी ब्राह्मणहरूले मात्र जानेका छौ। शूद्रहरूले पनि जानेका छैनन्। बाबा नै आएर तिमीलाई ब्राह्मणबाट देवता बनाउनु हुन्छ। ‘हम सो’ को अर्थ बिल्कुल भिन्न छ। ओम्को अर्थ भिन्न छ। मानिसहरूले त विना अर्थ जे आयो त्यही भनिदिन्छन्। अहिले तिमीलाई थाहा छ– कसरी तल झर्छन् अनि फेरि माथि चढ्छन्। यो ज्ञान अहिले तिमी बच्चाहरूलाई मिल्छ। ड्रामा अनुसार फेरि कल्पपछि बाबा नै आएर बताउनु हुन्छ। जति पनि धर्म स्थापक छन् उनीहरू आएर फेरि आफ्नो धर्म आफ्नो समयमा स्थापना गर्छन्। नम्बरवार पुरुषार्थ अनुसार भनिदैन। नम्बरवार समय अनुसार आएर आ-आफ्नो धर्म स्थपना गर्छन्। यो एक बाबाले नै बताउनु हुन्छ, मैले कसरी ब्राह्मण फेरि सूर्यवंशी, चन्द्रवंशी राज्यवंश स्थापना गर्छु? अहिले तिमी हौ ज्ञान सूर्यवंशी जो फेरि विष्णुवंशी बन्छौ। शब्द धेरै सोचेर लेख्नुपर्छ, जसमा कुनै गल्ती नदेखिऊन्। तिमीलाई थाहा छ– यो ज्ञानका एक-एक महावाक्य रत्न, हीरा हुन्। बच्चाहरूमा सम्झाउने तरिकामा धेरै रिफाइननेस चाहिन्छ। कुनै शब्द भुलबाट निस्क्यो भने तुरुन्तै सच्च्याएर सम्झाउनु पर्छ। सबै भन्दा ठुलो भुल हो बाबालाई भुल्नु। बाबा आदेश गर्नुहुन्छ म एकलाई याद गर। यो भुल्नु हुँदैन। बाबा भन्नुहुन्छ– तिमी धेरै पुराना प्रियतमा हौ। तिमीहरू सबै प्रियतमाहरूको एक प्रियतम हुनुहुन्छ। उनीहरू त एक अर्काको अनुहारको लागि प्रियतमा-प्रियतम हुन्छन्। यहाँ त प्रियतम हुनुहुन्छ एक। उहाँ एकले कति प्रियतमाहरूलाई याद गर्नुहुन्छ। अनेकले एकलाई याद गर्न त सहज हुन्छ, एकले कसरी अनेकौंलाई याद गर्न सक्नु हुन्छ! बाबालाई भन्छन्– बाबा हामीले हजुरलाई याद गर्छौं। हजुरले हामीलाई याद गर्नुहुन्छ? अरे, याद त तिमीले गर्नुपर्छ, पतितबाट पावन हुनको लागि। म कहाँ पतित छु र याद गरुँ। तिम्रो काम हो याद गर्नु किनकि पावन बन्नु छ। जसले जति याद गर्छ, राम्रोसँग सेवा पनि गर्छ उसमा धारणा हुन्छ। यादको यात्रा धेरै कठिन छ, यसमा नै युद्ध चल्छ। बाँकी यस्तो होइन, ८४ को चक्रलाई नै तिमीले भुल्छौ। यो कान सुनको बर्तन हुनुपर्छ। जति तिमीले याद गर्छौ त्यति नै धारणा राम्रो हुन्छ, यसमा तागत हुन्छ। त्यसैले भनिन्छ यादको धार चाहिन्छ। ज्ञानबाट कमाइ हुन्छ। यादबाट सबै शक्तिहरू नम्बरवार मिल्छन्। तरबारहरू पनि नम्बरवार धार अनुसार फरक हुन्छ। त्यो त हो स्थूल कुरा। बाबाले मूल एउटै कुरा भन्नुहुन्छ– उहाँ अल्फलाई याद गर। दुनियाँको विनाशको लागि यो एक आणविक बम हुन्छ, अरू केही हुँदैन, त्यसमा न सैनिक चाहिन्छ न क्याप्टेन। आजकाल त यस्तो बनाएका छन् जुन त्यहाँ बसी बसी बम छोड्छन्। तिमीले यहाँ बसी बसी राज्य लिन्छौ, उनीहरूले त्यहाँ बसेर सबैको विनाश गराउँछन्। तिम्रो ज्ञान र योग, उनीहरूको मृत्युको सामान बराबर हुन जान्छ। यो पनि खेल हो। कलाकार त सबै हुन् नि। भक्तिमार्ग पूरा भएको छ। बाबा नै आएर आफ्नो र रचनाको आदि-मध्य-अन्त्यको परिचय दिनुहुन्छ। अब बाबा भन्नुहुन्छ– तिमीले व्यर्थ कुरा नसुन। त्यसैले नराम्रो नसुन... यसको चित्र बनाइएको छ। पहिला बाँदरको बनाउँथे, अहिले मनुष्यको बनाउँछन् किनकि चेहरा मनुष्यको छ तर चरित्र बाँदरको जस्तो छ, त्यसैले तुलना गर्छन्। अहिले तिमीहरू कसका सेना हौ? शिवबाबाका। बाँदरबाट तिमीलाई मन्दिर लायक बनाउँदै हुनुहुन्छ। कहाँको कुरा कहाँ लगेका छन्। बाँदरले कुनै पुल आदि बनाउन कहाँ सक्छन् र? यी सबै हुन् दन्त्य कथाहरू। जब कसैले शास्त्रहरूलाई मान्नुहुन्छ भनेर सोध्दा भन– ओहो! यस्तो को होला जसले शास्त्रलाई मान्दैन। हामीले सबै भन्दा बढी मान्छौं। तपाईले पनि त्यति पढ्नुहुन्न जति हामीले पढ्छौं। आधाकल्प हामीले पढ्यौं। स्वर्गमा शास्त्र, भक्तिको कुनै चीज हुँदैन। बाबाले कति सहजै सम्झाउनु हुन्छ। फेरि पनि आफू समान बनाउन सक्दैनन्। बच्चाहरू आदि बन्धनको कारण कहीँ निस्किन सक्दैनन्। यो पनि ड्रामा नै भनिन्छ। बाबा भन्नुहुन्छ– हप्ता १५ दिन कोर्स गरेर फेरि आफू समान बनाउन लाग्नु पर्छ। जहाँ ठुला ठुला शहर छन्, राजधानीमा घेराउ गर्नुपर्छ तब बल्ल उनीहरूको आवाज निस्कन्छ। ठुलो व्यक्ति विना कसैको आवाज निस्कन सक्दैन। जोडले घेराऊ गर तब धेरै आउने छन्। बाबाबाट निर्देशन मिल्छ नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) ज्ञान र योगबाट आफ्नो बुद्धिलाई शुद्ध (रिफाइन) बनाउनु छ। बाबालाई भुल्ने भुल कहिल्यै पनि गर्नु छैन। प्रियतमा बनेर प्रियतमलाई याद गर्नु छ।

२) बन्धनमुक्त बनेर आफू समान बनाउने सेवा गर्नु छ। उच्च पद पाउने पुरुषार्थ गर्नु छ। पुरुषार्थमा कहिल्यै निराश बन्नु छैन।

वरदान:–
एक मिनटको एकाग्र स्थितिद्वारा शक्तिशाली अनुभव गर्नेगराउने एकान्तवासी भव

कान्तवासी बन्नु अर्थात् कुनै पनि एउटा शक्तिशाली स्थितिमा स्थित रहनु। चाहे बीजरूप स्थितिमा स्थित भएर होस्, चाहे लाइट माइट हाउसको स्थितिमा स्थित भएर होस् विश्वलाई लाइट माइट देऊ, चाहे फरिस्तापनको स्थितिद्वारा अरूलाई अव्यक्त स्थितिको अनुभव गराऊ। एक सेकेन्ड वा एक मिनट पनि यदि यस स्थितिमा एकाग्र भएर स्थित भयौ भने स्वयंलाई तथा अन्य आत्माहरूलाई धेरै लाभ दिन सक्छौ। केवल यसको अभ्यास चाहिन्छ।

स्लोगन:–
ब्रह्माचारी उही हो जसको हर सङ्कल्प, हर बोलीमा पवित्रताको भाइब्रेसन समाहित भएको हुन्छ।