27.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– सारा
दुनियाँ मा तिमीजस्तो सौभाग्यशाली अरू कोही छैन , तिमी राजऋषि हौ , तिमीले राज ्य
भाग्य को लागि राजयोग सिकिरहेका छौ।”
प्रश्न:–
निराकार बाबामा
कुन संस्कार छन् जुन सङ्गममा तिमी बच्चाहरूले पनि धारण गर्छौ?
उत्तर:–
निराकार बाबामा
ज्ञानका संस्कार छन्, उहाँले तिमीहरूलाई ज्ञान सुनाएर पतितबाट पावन बनाउनुहुन्छ
त्यसैले उहाँलाई ज्ञानको सागर, पतितपावन भनिन्छ। तिमी बच्चाहरूले पनि अहिले यी
संस्कार धारण गर्छौ। तिमीहरूले गर्वका साथ भन्छौ– हामीलाई भगवानले पढाउनुहुन्छ।
हामीले उहाँबाट सुनेर अरूलाई सुनाउँछौँ।
गीत:–
आखिर वह दिन
आया आज...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले यो गीत सुन्यौ। यो महिमा कसको हो? एक बाबाको। शिवाय नमः,
उच्चभन्दा उच्च भगवान हुनुहुन्छ नि! तिमी बच्चाहरूलाई थाहा छ, उहाँ हाम्रो बाबा
हुनुहुन्छ। यस्तो होइन हामी सबै बाबा हौँ। भनिन्छ पनि, सारा दुनियाँ नै भाइ भाइको
सम्बन्ध (भाइचारा) हो। संन्यासी अथवा विद्वानहरूको भनाइ अनुसार ईश्वर सर्वव्यापी
भन्नु पिता नै पिता (पितृत्व) जस्तै हुन्छ। भाइ भाइ भएपछि बाबा त सिद्ध हुनुहुन्छ,
जसबाट वर्सा मिल्छ। पिता नै पिता हुने हो भने फेरि वर्साको कुरै आउँदैन। तिमी
बच्चाहरूलाई थाहा छ, हामी सबै आत्माहरूका बाबा एक हुनुहुन्छ, उहाँलाई भनिन्छ नै–
विश्वका परमपिता परमात्मा (वर्ल्ड गड फादर)। विश्वमा को छन्? सबै भाइ भाइ छन्,
आत्माहरू छन्। सबैका परमपिता एउटै हुनुहुन्छ। सबैले उहाँ बाबाको प्रार्थना गर्छन्।
एकको नै आराधना वा पूजा हुनुपर्छ। त्यो हो सतोप्रधान पूजा। यो पनि सम्झाइएको छ–
ज्ञान, भक्ति र वैराग्य। बाबाले सद्गतिको लागि ज्ञान दिनुहुन्छ। सद्गति भनिन्छ
जीवनमुक्तिधामलाई। यो कुरा आत्माले बुद्धिमा धारण गर्नु छ। हाम्रो घर शान्तिधाम हो।
त्यसलाई मुक्तिधाम, निर्वाणधाम पनि भनिन्छ। सबैभन्दा राम्रो नाम हो– शान्तिधाम। यहाँ
त कर्मेन्द्रिय हुने भएका हुनाले आत्मा आवाजको दुनियाँमा हुन्छ, बोल्नुपर्छ।
सूक्ष्मवतनमा मुभी छ। त्यहाँ इसारामा कुरा हुन्छ, आवाज हुँदैन। तिमीले तीनै लोकलाई
पनि जानेका छौ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन, बुद्धिमा यो राम्रोसँग बसेको छ।
मनुष्य सृष्टिको लागि नै भनिन्छ, यो सृष्टिले चक्कर लगाउँछ। त्यसलाई भनिन्छ विश्वको
इतिहास-भूगोल (वर्ल्ड हिस्ट्री-जोग्राफी)। मनुष्यले नै त त्यसलाई जान्दछन् नि!
बाबाले विश्वको इतिहास-भूगोल सुनाउनुहुन्छ। बाबा उच्चभन्दा उच्च हुनुहुन्छ। विश्वको
इतिहास-भूगोल कसरी दोहोरिन्छ, उहाँलाई नै थाहा छ। यो चक्रलाई जानेर नै तिमी
चक्रवर्ती राजा बनेका हौ। महिमा पनि गर्छन्, देवताहरू सम्पूर्ण निर्विकारी हुन्छन्।
लक्ष्मीनारायणका चित्र हुन्छन् नि! मानिसहरूले लक्ष्मी-नारायणलाई सम्पूर्ण
निर्विकारी भन्छन् र आफूलाई सम्पूर्ण विकारी भन्छन्। सत्ययुगमा हुन्छन् सम्पूर्ण
निर्विकारी अथवा सम्पूर्ण पावन। कलियुगमा छन् सम्पूर्ण विकारी, सम्पूर्ण पतित। यो
भारतवर्षकै कुरा हो। यो ज्ञान बाबाले नै आएर बुद्धिमा बसाल्नुहुन्छ, अरू कसैलाई पनि
यो ज्ञान थाहा छैन। उनीहरूले त सत्ययुगको अवधि लामो हुन्छ भनिदिएका छन्। लाखौँ वर्ष
पहिला सत्ययुग थियो भन्ने ठान्छन्। त्यसैले कसैको बुद्धिमा यो कुरा आउँदै आउँदैन।
तिमी बच्चाहरूलाई थाहा छ– हामी अहिले सम्पूर्ण विकारीबाट सम्पूर्ण निर्विकारी
बनिरहेका छौँ। सम्पूर्ण पतितबाट सम्पूर्ण पावन बन्नु छ। बाबा सम्झाउनुहुन्छ, आत्मामा
नै खाद परेको छ, सत्ययुग (गोल्डन एज) बाट अहिले कलियुग (आइरन एज) बनेको छ। यहाँ
आत्माको तुलना गरिन्छ। यो राम्रोसँग बुझ्नु छ। तिमी बच्चाहरू धेरै सौभाग्यशाली छौ,
तिमीहरू जस्तो सौभाग्यशाली अरू कोही छैन। अहिले तिमी राजयोगमा बसेका छौ, तिमी राजऋषि
हौ। राज्य भाग्य पाउनको लागि कहिल्यै कुनै पढाइ हुन्छ र? पढाइबाट वकिल बनाउँछन् तर
विश्वको महाराजा कसले बनाउँछ? बाबाबाहेक अरू कसैले विश्व-महाराजा बनाउन सक्दैन। यहाँ
महाराजा त कोही छैनन्। सत्ययुगको लागि त अवश्य महाराजा हुनुपर्छ। कोही त अवश्य
आउनुपर्छ। बाबा भन्नुहुन्छ– म त्यतिबेला आउँछु, जब भक्ति पूरा हुन्छ। अब भक्ति पूरा
भयो, यसमा कसैले अरू कुनै कुरा उठाउन सक्दैनन्। बाबा बसेर हामीलाई पढाउनुहुन्छ– यो
नसा हुनुपर्छ। हामी आत्माहरूलाई निराकार बाबा परमपिता परमात्मा शिवले पढाउनुहुन्छ।
शिवबाबालाई त कसैले चिन्दै चिन्दैनन्। अब तिमी बच्चाहरूलाई थाहा भएको छ, बाबाले फेरि
स्वर्गको राज्य स्थापना गरिरहनुभएको छ। हामीले उनीहरूलाई महाराजा श्रीनारायण र
महारानी श्रीलक्ष्मी भन्छौँ। भक्तिमार्गमा सत्यनारायणको कथा सुनाउँछन्। त्यो अमरकथा
र तीजरीको कथा पनि हो। बाबाले तेस्रो नेत्र पनि दिनुहुन्छ। नरबाट नारायण बन्ने कथा
सुनाइन्छ। तीनै कुराहरू जुन बितेर जान्छन्, तीनै फेरि भक्तिमार्गमा काम आउँछन्।
अहिले तिमी बच्चाहरूले बुझेका छौ, बाबाले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ, हामी
त्यसका हकदार हौँ। भगवान त स्वर्गको रचयिता हुनुहुन्छ नि! हामी भगवानका सन्तान हौँ
भने हामी स्वर्गमा किन जाँदैनौँ! हामी कलियुगको यस दलदलमा किन फसेका छौँ? परमपिता
परमात्माले त नयाँ दुनियाँ रच्नुहुन्छ। पुरानो दुनियाँ कहाँ भगवानले रच्नुहुन्छ र!
पहिला नयाँ दुनियाँ बनाउनुहुन्छ। त्यसपछि फेरि पुरानोलाई विनाश गराउनुहुन्छ।
तिमीलाई थाहा छ, तिमीले सत्ययुगको लागि राज्य लिइरहेका छौ। सत्ययुगमा को हुन्छन्?
यी लक्ष्मीनारायणको वंश हुन्छ र अरू पनि त राजाहरू हुन्छन् नि! जसको निसानी हो
विजयमाला। तिमी बच्चाहरूलाई थाहा छ, अहिले तिमीहरूले विजयमालामा उनिनका लागि
पुरुषार्थ गरिरहेका छौ। दुनियाँमा मालाको अर्थ कसैलाई पनि थाहा छैन– यो माला किन
पुजिन्छ, मालामा माथिको फूल कसको यादगार हो? माला जप्दाजप्दै फेरि फूललाई नमस्कार
गर्छन् अनि माला जप्छन्। बाहिर विचार नजाओस् भनेर बसेर माला जप्छन्। बाजा बजेजस्तै
मनभित्र राम रामको धुन लगाउँछन्। यसको धेरै अभ्यास गर्छन्। यी सबै भक्तिमार्गका कुरा
हुन्। हो, धेरै भक्ति गर्नेहरूले केवल कुनै विकर्म गर्दैनन्। धेरै भक्ति गर्नेलाई
यो सत्यवादी होला भन्ने ठान्छन्। मन्दिरमा माला राखिएको हुन्छ, माला जप्दा मुखले
राम राम भनिरहन्छन्। धेरै मानिसहरूले ठान्छन्, भक्तिमा पाप हुँदैन। भन्छन्, नवधा
भक्तिबाट मानिस मुक्त हुन्छन्। तर हुन केही पनि हुँदैन। यो एउटा नाटक हो। यसमा
सतोप्रधान, सतो, रजो, तमोमा सबै आउनु नै छ। फर्केर एक जना पनि जानुछैन। जसरी माथि
ठाउँ खाली हुन्छ, त्यसरी यहाँ पनि धेरै ठाउँ खाली हुन्छ। दिल्लीको वरपर, मीठा
नदीहरूको किनारमा राजधानी हुन्छ। समुद्र भएतिर हुँदैन। यी मुम्बई आदि हुँदैनन्। त्यो
त पहिला माछा मार्ने ठाउँ थियो। त्यहाँ माझीहरू बस्थे। अहिले त समुद्रलाई कति
सुकाएका छन्। फेरि पनि माझीबस्ती नै बन्छ। सत्ययुगमा त मुम्बई हुँदैन। त्यहाँ कुनै
पहाड आदि पनि हुँदैनन्। कहीँ जाने आवश्यकता नै हुँदैन। यहाँ मानिसहरू थाक्छन् अनि
आराम लिन जान्छन्। सत्ययुगमा थाक्नेगरी कुनै प्रकारको दुःख हुँदैन, तिमी स्वर्गवासी
बन्छौ। त्यहाँ अलिकति पनि दुःख हुँदैन। त्यसैले अब तिमी बच्चाहरू श्रीमतमा चल्नु छ।
बाबा भन्नुहुन्छ–
प्यारा प्यारा बच्चाहरू! शरीर निर्वाह अर्थ कामधन्दा आदि त गर्नु छ। स्कुलमा
विद्यार्थीहरूले पढिसकेपछि फेरि घरमा गएर पनि पढ्छन्। घरको कामकाज पनि गर्छन्। यो
पनि त्यस्तै हो। यो पढाइमा त तिमीलाई कुनै दुःख हुँदैन। त्यो पढाइमा कति विषय
हुन्छन्। यहाँ त एउटा पढाइ र एउटै प्वइन्ट छ– मनमनाभव, यसबाट तिम्रा पाप नाश हुन्छन्।
भगवानुवाच हो नि! उनीहरूले ठान्छन् गीता भगवानले द्वापरमा सुनाउनुभयो। तर द्वापरमा
सुनाएर के गर्नुहुन्छ? श्रीकृष्णको चित्रमा चित्रको विवरण धेरै राम्रो छ। यो लडाइँ
त एउटा निमित्त हो। सबै मर्छन् त्यसैले त फर्केर मुक्ति-जीवनमुक्तिमा जान्छन्। त्यो
पनि केवल लडाइँमा कहाँ मर्छन् र! अनेक प्रकारका प्राकृतिक प्रकोपहरू हुन्छन्।
बच्चाहरूलाई कुनै दुःख हुनुहुँदैन। मानिसको हर्ट फेल हुन्छ, त्यसमा कुनै दुःख
हुँदैन। मृत्यु होस् त यस्तो। बस्दाबस्दै हर्ट फेल भयो खतम। डाक्टर आउञ्जेलसम्म
आत्मा निस्किसक्छ। अब त सबैको मृत्यु हुनु छ। अन्त्यमा न अस्पताल, न डाक्टर हुन्छन्।
न क्रियाकर्म गर्नेहरू हुन्छन्। केही पनि हुँदैन। सबैको प्राण तनबाट निस्कन्छ।
मुसलधारे वर्षा हुन्छ। मानिसहरूलाई मर्न कुनै कहाँ बेर लाग्छ र! कोसिस गरिरहेका छन्–
यस्ता बम बनाऊँ जसबाट मानिस तुरुन्तै मरुन्। यस्ता यस्ता बम बनाइरहन्छन्। बममा
सुधार गरिरहन्छन्। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। ड्रामा बनीबनाउ खेल हो, कल्प
कल्प विनाश हुन्छ। सत्ययुगमा तिमीलाई यो ज्ञान हुँदैन। बाबा नै आएर ज्ञान दिनुहुन्छ।
स्थापना भएपछि फेरि ज्ञानको कुरै हुँदैन। फेरि रावण राज्य सुरु भएपछि भक्ति पनि सुरु
हुन्छ। अहिले भक्ति पूरा हुन्छ, अब तिमी योगबलबाट पावन बन्नु छ। पावन बनेर नै
सुखधाम शान्तिधाममा जान सक्छौ। आफ्नो पुरुषार्थको चार्ट राख्नुपर्छ। यो कुरा त
तिमीले बुझेका छौ– बाबालाई याद गरेर हामी तमोप्रधानबाट सतोप्रधान यहीँ बन्नु छ।
यस्तो कुरा कुनै शास्त्र आदिमा लेखिएको छैन। प्यारा बच्चाहरूले गीत सुन्यौ– आखिर वह
दिन आया आज... यतिबेला तिमीहरू फेरि राजाहरूका राजा बन्छौ। राजाहरूका राजा अथवा
महाराजा बन्छौ। पछि त्रेतामा हुन्छन्– राजारानी। फेरि जो पूज्य महाराजा-महारानी थिए,
उनीहरू द्वापरमा वाममार्गमा आएर पुजारी बन्छन्। आफै पूज्य आफै पुजारी बन्छन्। बाबा
भन्नुहुन्छ– म पुजारी बन्दिनँ। देवताहरू पूज्य हुन्छन्, म बन्दिनँ। न त पुजारी बन्छु।
यहाँका मानिसहरूले देवीदेवताहरूकै मन्दिर बनाएर उनीहरूकै पूजा गर्छन्।
लक्ष्मीनारायण जो पहिला पूज्य थिए, फेरि भक्तिमार्गमा उनीहरू नै शिवबाबाका पुजारी
बन्छन्। जुन शिवबाबाले महाराजा-महारानी बनाउनुभयो, फेरि उहाँकै मन्दिर बनाएर पूजा
गर्छन्। विकारी पनि कोही तुरुन्तै बन्दैनन्। बिस्तारै बिस्तारै बन्छन्। देवताहरू
वाममार्गमा गएका निसानी पनि देखाउँछन्। जो पूज्य लक्ष्मीनारायण थिए, उनीहरू नै फेरि
पुजारी बन्छन्। सुरु सुरुमा शिवका मन्दिर बनाउँछन्। त्यसबेला त पूजाको लागि हिरालाई
काटेर शिवलिङ्ग बनाउँथे। यो कुरा कसैलाई पनि थाहा छैन, परमात्मा सानो बिन्दु
हुनुहुन्छ। यो कुरा अहिले तिमीले बुझेका छौ, शिवलिङ्ग ठुलो हुँदैन। मन्दिर त धेरै
बनाउँछन्। राजालाई देखेर प्रजाले पनि त्यस्तै गर्छन्। सुरुसुरुमा शिवबाबाको पूजा
हुन्छ। त्यसलाई भनिन्छ अव्यभिचारी सतोप्रधान पूजा, फेरि सतो, रजो, तमोमा आउँछन्।
तिमी रजो, तमोमा आयौ, त्यसैले नाम नै हिन्दु राखिदिएका छन्। वास्तवमा तिनीहरू
देवीदेवताहरू थिए। बाबा भन्नुहुन्छ– तिमी वास्तवमा देवीदेवता धर्मका हौ। तर तिमी
धेरै पतित बनेका छौ, त्यसैले आफूलाई देवता भन्न सक्दैनौ किनकि अपवित्र छौ। हिन्दु
नाम त धेरै पछि राख्छन्।
अहिले तिमीले बुझेका
छौ, हामी नै पूज्य थियौँ, अहिले सङ्गमयुगमा न पूज्य छौँ, न पुजारी छौँ। तिमीले के
गर्छौ? श्रीमतमा पूज्य बनिरहेका छौ, अरूलाई पनि पूज्य बनाइरहेका छौ। तिमी ब्राह्मण
हौ, तिम्रो आत्मा पवित्र हुँदैजान्छ। पूरा पवित्र भएपछि यो पुरानो चोला
छोड्नुपर्नेछ। बाबा भन्नुहुन्छ– कुरा एकदम सहज छ। वृद्ध माताहरूलाई धारणा हुँदैन।
बाबा भन्नुहुन्छ– यो त तिमीले बुझेका छौ– म आत्मा हुँ। आत्मामा नै राम्रा वा नराम्रा
संस्कार हुन्छन्। आत्माले जुन कर्म गर्छ त्यसको फल अर्को जन्ममा भोग्नुपर्छ। बाबाले
पनि आत्माहरूसँग कुरा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! आत्म
अभिमानी बन। निराकार शिवबाबाले निराकारी आत्माहरूलाई पढाउनुहुन्छ। निराकार बाबामा
ज्ञानको संस्कार छ। उहाँको त शरीर छैन। त्यसैले उहाँ ज्ञानको सागर, पतितपावन
हुनुहुन्छ। उहाँमा सबै गुण छन्। बाबा भन्नुहुन्छ– म आएर तिमी बच्चाहरूलाई पावन
बनाउँछु। युक्ति कति सहज छ। शब्द नै एउटा छ मनमनाभव, म एकलाई याद गर। यादबाट नै
तिम्रा विकर्म विनाश हुन्छन्। यो पनि तिमीलाई थाहा छ– अहिले हामी ब्राह्मण हौँ। फेरि
सूर्यवंशी, चन्द्रवंशी, वैश्य, शूद्रवंशी बन्छौँ। हामी नै यो ८४ को चक्रमा आउँछौँ।
माथिबाट तल झर्छौँ फेरि बाबा आउनुहुन्छ। अवश्य यो सृष्टिको चक्र घुमिरहन्छ। यो
सृष्टि पुरानो हुँदा फेरि बाबा आउनुहुन्छ नयाँ बनाउन। यो त बुद्धिमा बस्छ नि! यो
चक्र बुद्धिमा घुम्नुपर्छ। अब तिमी स्वदर्शन चक्रधारी बन्छौ, जसबाट पछि गएर
चक्रवर्ती राजा बन्नेछौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) श्रीमतमा पूज्य बन्नु छ। आत्मामा जुन नराम्रा संस्कार आएका छन् तिनलाई ज्ञान
योगबाट समाप्त गर्नु छ। सम्पूर्ण निर्विकारी बन्नु छ।
२) शरीर निर्वाह अर्थ
कर्म गर्दा पनि पढाइ पढ्नु र पढाउनु छ। योगबलबाट पावन बनेर राजाकीय पद लिनु छ।
वरदान:–
आफ्नो श्रेष्ठ
स्थितिद्वारा मायालाई स्वयंको अगाडि झुकाउने सर्वोच्च पदका अधिकारी भव
जसरी महान आत्माहरू
कहिल्यै कसैको अगाडि झुक्दैनन्, उनीहरूको अगाडि सबै झुक्छन्। त्यसैगरी तिमी बाबाले
छान्नुभएका सर्वश्रेष्ठ आत्माहरूले कहीँ पनि, कुनै पनि परिस्थितिमा वा मायाका भिन्न
भिन्न आकर्षण गर्ने रूपहरूमा आफूलाई झुकाउन सक्दैनौ। अहिलेदेखि सदा झुकाउने स्थितिमा
स्थित रहन्छौ र सर्वोच्च पदको अधिकार प्राप्त हुन्छ। यस्ता आत्माहरूको अगाडि
सत्ययुगमा प्रजा स्वमानले झुक्छन् र द्वापरमा तिमीहरूको यादगारको अगाडि भक्तहरू
झुकिरहन्छन्।
स्लोगन:–
कर्मको समयमा
योगको सन्तुलन ठिक भयो भने भनिन्छ कर्मयोगी।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर
धेरै बच्चाहरूले
भन्छन्, योगमा बस्दा आत्म अभिमानी हुनुको सट्टा सेवा याद आउँछ। तर यस्तो हुनुहुँदैन
किनकि अन्तिम समयमा अशरीरी बन्नुको सट्टा सेवाको सङ्कल्प चल्यो भने पनि सेकेन्डको
पेपरमा फेल हुन्छौ। त्यतिबेला बाबाका अन्तिम महावाक्य निराकारी, निर्विकारी,
निरहङ्कारी बाहेक– अरू केही याद नआओस्। सेवामा फेरि पनि साकारमा आउँछौ त्यसैले जुन
समयमा जे चाहियो त्यो स्थिति होस् नत्र धोका हुन्छ।