27.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यादको मेहनत तिमीहरू सबैले गर्नुपर्छ , तिमीले आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर्यौ भने सबै पापहरूबाट मुक्त गरिदिन्छु।”

प्रश्न:–
सबैको सद्गतिको स्थान कुनचाहिँ हो, जसको महत्त्व सारा दुनियाँलाई थाहा हुन्छ?

उत्तर:–
आबू भूमि हो सबैको सद्गतिको स्थान। तिमीहरूले ब्रह्माकुमारीजको अगाडि ब्य्राकेटमा लेख्न सक्छौ– यो सर्वोत्तम तीर्थ स्थान हो। सारा दुनियाँको सद्गति यहाँबाट हुनु छ। सबैको सद्गतिदाता बाबा र आदम (ब्रह्मा) यहाँ बसेर सबैको सद्गति गर्नुहुन्छ। आदम अर्थात् आदमी (मानिस), उनी देवता होइनन्। उनलाई भगवान पनि भन्न सकिँदैन।

ओम् शान्ति ।
डबल ओम् शान्ति किनकि एउटा बाबाको, अर्को हो दादाको। दुवैको आत्मा छ नि। उहाँ हुनुहुन्छ परम आत्मा, यी हुन् आत्मा। उहाँले पनि लक्ष्य बताउनु हुन्छ– म परमधामको निवासी हुँ, दुवैले यसै भन्नुहुन्छ। बाबाले पनि भन्नुहुन्छ, ओम् शान्ति, यिनले पनि भन्छन् ओम् शान्ति। बच्चाहरूले पनि भन्छन्– ओम् शान्ति अर्थात् म आत्मा शान्तिधामको निवासी हुँ। यहाँ अलग अलग भएर बस्नुपर्छ अङ्गसँग अङ्ग छोइनु हुँदैन किनकि हरेकको अवस्थामा, योगमा रातदिनको फरक हुन्छ। कसैले धेरै राम्ररी याद गर्छन्, कसैले बिलकुलै याद गर्दैनन्। त्यसैले जसले बिलकुलै याद गर्दैनन्, उनीहरू पापात्मा हुन्, तमोप्रधान र जसले याद गर्छन् उनीहरू पुण्य आत्मा, सतोप्रधान भए। धेरै फरक भयो नि। घरैमा बस्दा पनि सँगै रहन्छन् तर फरक त पर्छ नि। त्यसैले नै त भागवतमा आसुरी नामले गायन गरिएको छ। अहिलेको नै कुरा हो। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ– यो हो ईश्वरीय चरित्र, जुन भक्तिमार्गमा गाउँछन्। सत्ययुगमा त केही पनि याद हुँदैन, सबै बिर्सन्छन्। बाबाले अहिले नै शिक्षा दिनुहुन्छ। सत्ययुगमा त यो बिलकुलै भुल्छन्, फेरि द्वापरमा शास्त्र आदि बनाउँछन् र कोसिस गर्छन् राजयोग सिकाउने। तर राजयोग त सिकाउन सक्दैनन्। त्यो त बाबा जब सम्मुख आउनु हुन्छ तब मात्रै आएर सिकाउनु हुन्छ। तिमीलाई थाहा छ– कसरी बाबाले राजयोग सिकाउनु हुन्छ। फेरि ५ हजार वर्षपछि आएर यसरी नै भन्नुहुन्छ– मीठा-प्यारा रुहानी बच्चाहरू! यस्तो कहिल्यै पनि कुनै मनुष्यले मनुष्यलाई भन्न सक्दैन, न देवताले देवताहरूलाई भन्न सक्छन्। एक रुहानी बाबाले नै रुहानी बच्चाहरूलाई भन्नुहुन्छ– एक पटक पार्ट खेल्यौ फेरि ५ हजार वर्षपछि पार्ट खेल्नेछौ किनकि फेरि तिमी सिँढी उत्रिन्छौ नि। अब तिम्रो बुद्धिमा आदि-मध्य-अन्त्यको रहस्य छ। जानेका छौ– त्यो हो शान्तिधाम अथवा परमधाम। हामी भिन्न भिन्न धर्मका सबै आत्माहरू नम्बरवार त्यहाँ रहन्छौं, निराकारी दुनियाँमा। जसरी तारालाई देख्छौ नि– कसरी अडिएका छन्, केही देखिँदैन। माथि कुनै चीज छैन। ब्रह्मतत्त्व छ। यहाँ तिमी धरतीमा अडिएका छौ, यो हो कर्मक्षेत्र। यहाँ आएर शरीर लिएर कर्म गर्छौ। बाबाले सम्झाउनु भएको छ– तिमीले जब मबाट वर्सा पाउँछौ तब २१ जन्म तिम्रो कर्म अकर्म हुन जान्छ किनकि त्यहाँ रावण राज्य नै हुँदैन। त्यो हो ईश्वरीय राज्य जसलाई अहिले ईश्वरले स्थापना गरिरहनु भएको छ। बच्चाहरूलाई सम्झाइरहनु हुन्छ– शिवबाबालाई याद गर्यौ भने स्वर्गको मालिक बन्छौ। स्वर्ग शिवबाबाले स्थापना गर्नुभयो नि। त्यसैले शिवबाबालाई र सुखधामलाई याद गर। पहिला सुरुमा शान्तिधामलाई याद गर्यौ भने चक्र पनि याद आउने छ। बच्चाहरूले भुल्छन्, त्यसैले घरी घरी याद गराउनु पर्छ। हे मीठा-प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ र बाबालाई याद गर तब तिम्रो पाप भस्म हुन्छ। प्रतिज्ञा गर्नुहुन्छ तिमीले याद गर्यौ भने पापबाट मुक्त गर्नेछु। बाबा नै पतित-पावन सर्वशक्तिमान अधिकारी हुनुहुन्छ, उहाँलाई विश्व सर्व शक्तिमान अधिकारी भनिन्छ। उहाँले सारा सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। वेद-शास्त्र आदि सबैलाई जान्नुहुन्छ तब त भनिन्छ यिनमा कुनै सार छैन। गीतामा पनि कुनै सार छैन। हुन त त्यो सर्वशास्त्र शिरोमणि हो, अरू सबै बच्चा हुन्, जसरी पहिला प्रजापिता ब्रह्मा छन्, बाँकी सबै बच्चाहरू हुन्। प्रजापिता ब्रह्मालाई आदम भनिन्छ। आदम अर्थात् आदमी, मानिस। मनुष्य हुन् नि, त्यसैले यिनलाई देवता भनिदैन। एडमलाई आदम भनिन्छ। भक्तहरूले ब्रह्मा एडमलाई देवता भनिदिन्छन्। बाबा बसेर सम्झाउनु हुन्छ– एडम अर्थात् मानिस। न देवता हुन्, न भगवान। लक्ष्मी-नारायण देवता हुन्। दैवी राज्य स्वर्गमा हुन्छ। नयाँ दुनियाँ हो नि। त्यो हो विश्वको आश्चर्य। बाँकी त सबै हुन् मायाको आश्चर्य। द्वापरपछि मायाको आश्चर्य हुन्छ। ईश्वरीय आश्चर्य हो– हेविन, स्वर्ग, जुन बाबाले नै स्थापना गर्नुहुन्छ। अहिले स्थापना भइरहेको छ। यो जुन देलवाडा मन्दिर छ, यसको महत्त्व कसैलाई पनि थाहा छैन। मनुष्य यात्रा गर्न जान्छन्, सबैभन्दा राम्रो तीर्थ स्थान यो हो। तिमीहरूले लेख्छौ– ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, आबू पर्वत। त्यहाँ ब्य्राकेटमा यो पनि लेख्नुपर्छ– (सर्वोत्तम तीर्थ स्थान) किनकि तिमीहरूले जानेका छौ– सबैको सद्गति यहाँबाट हुन्छ। यो कसैले जान्दैन। जसरी सर्व शास्त्र शिरोमणि गीता छ, त्यसैगरी सबै तीर्थहरूमा श्रेष्ठ तीर्थ आबू हो। यस्तो लेखेमा मनुष्यले पढ्छन्, ध्यान जान्छ। सारा संसारका तीर्थहरूमा यो हो सबैभन्दा ठुलो तीर्थ, जहाँ बाबा बसेर सबैको सद्गति गर्नुहुन्छ। तीर्थ त धेरै बनेका छन्। गान्धीको समाधिलाई पनि तीर्थ सम्झन्छन्। सबै गएर त्यहाँ फूल आदि चढाउँछन्, उनीहरूलाई केही थाहा छैन। तिमी बच्चाहरूले जानेका छौ– त्यसैले तिमीहरूलाई यहाँ बस्दा भित्र धेरै खुसी हुनुपर्छ। हामीले स्वर्ग स्थापना गरिहेका छौं। अब बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर। पढाइ पनि धेरै सहज छ। केही खर्च लाग्दैन। तिमीहरूकी मम्मालाई पैसा खर्च लाग्यो? विना कौडी खर्च पढेर कति होसियार नम्बरवन बनेर गइन्। राजयोगिनी बनेर गइन् नि। मम्मा जस्तो कोही पनि निस्किएका छैनन्।

हेर, बाबा बसेर आत्माहरूलाई नै पढाउनु हुन्छ। आत्माहरूलाई नै राज्य मिल्छ, आत्माले नै राज्य गुमाएको हो। यति सानो आत्माले कति ठुलो काम गर्छ। खराब भन्दा खराब काम हो विकारमा जानु। आत्माले ८४ जन्मको पार्ट खेल्छ। सानो आत्मामा कति धेरै तागत छ! सारा विश्वमा राज्य गर्छ। यी देवताहरूका आत्मामा कति धेरै तागत हुन्छ। हरेक धर्ममा आ-आफ्नो तागत हुन्छ नि। क्रिश्चियन धर्ममा कति तागत छ। आत्मामा तागत छ जसकारण शरीरद्वारा कर्म गर्छ। आत्मा नै यहाँ आएर यस कर्मक्षेत्रमा कर्म गर्छ। त्यहाँ खराब कर्तव्य हुँदैन। आत्मा विकारी मार्गमा जान्छ नै तब जब रावण राज्य हुन्छ। मनुष्यले त भनिदिन्छन्– विकार सदैव हुन्छ नै। तिमीहरूले सम्झाउन सक्छौ– त्यहाँ रावण राज्य नै छैन भने विकार कसरी हुन सक्छ। त्यहाँ हुन्छ नै योगबल। भारतवर्षको राजयोग महत्त्वपूर्ण छ। तिमीहरूले सिकायौ भने धेरैले सिक्न चाहन्छन्। अरू त कसैले सिकाउन सक्दैन। जसरी महर्षि थिए, कति मेहनत गर्थे योग सिकाउनको लागि। तर दुनियाँले कहाँ जानेका छन् र यी हठयोगीहरूले राजयोग कसरी सिकाउँछन् भनेर। चिन्मयानन्दसँग कति जान्छन्, एक पटक उनले वास्तवमा भारतवर्षको राजयोग बी.के. सिवाय अरू कसैले सम्झाउन सक्दैनन् भनिदिने हो भने, पुगिहाल्छ। तर यस्तो काइदा छैन, जुन अहिले यो आवाज आउँछ। सबैले कहाँ बुझ्छन् र! धेरै मेहनत छ, महिमा पनि हुन्छ अन्त्यमा, भन्छन् नि– अहो प्रभु, अहो शिवबाबा हजुरको लीला। अहिले तिमीहरूले जान्दछौ– तिमी सिवाय बाबालाई परमपिता, परमशिक्षक, परम सद्गुरु अरू कसैले सम्झँदैनन्। यहाँ पनि धेरै छन्, जसलाई चल्दा-चल्दै मायाले हैरान गरिदियो भने बिलकुल बेसमझ बन्छन्। यो लक्ष्य ठुलो छ। युद्धको मैदान हो, यसमा मायाले धेरै विघ्न पारिरहन्छ। उनीहरूले विनाशको लागि तयारी गरिरहेका छन्। तिमीहरू यहाँ ५ विकारलाई जित्नको लागि पुरुषार्थ गरिरहेका छौ। तिमीहरू विजयको लागि, उनीहरू विनाशको लागि पुरुषार्थ गरिरहेका छन्। दुवै काम एकसाथ हुन्छ नि। अझै समय छ। हाम्रो राज्य कहाँ स्थापना भएको छ र। राजा, प्रजा सबै अहिले बन्नु छ। तिमीहरू आधाकल्पको लागि बाबाबाट वर्सा लिन्छौ। बाँकी मोक्ष त कसैलाई मिल्दैन। भन्न त उनीहरूले भन्छन् फलानाले मोक्ष पायो, मरेपछि उसलाई के थाहा, कहाँ गयो? यत्तिकै गफ लगाइरहन्छन्।

तिमीलाई थाहा छ– जसले शरीर छोड्छन् उनीहरूले अर्को शरीर अवश्य लिन्छन्। मोक्ष पाउन सक्दैनन्। यस्तो होइन, थोपा थोपा पानीमा बिलाउँछ। बाबा भन्नुहुन्छ– यी शास्त्र आदि सबै भक्ति मार्गका सामग्री हुन्। तिमी बच्चाहरूले सम्मुखमा सुन्छौ। तातो तातो हलुवा खान्छौ। सबैभन्दा बढी तातो हलुवा कसले खान्छ? (ब्रह्माले) यी त बिलकुल उहाँको छेउमा बसेका छन्। झट्ट सुन्छन्, धारणा गर्छन् फेरि यिनैले उच्च पद पाउँछन्। सूक्ष्मवतनमा, वैकुण्ठमा यिनकै साक्षात्कार गर्छन्। यहाँ पनि यिनलाई नै देख्छन् यी आँखाद्वारा। पढाउन त बाबाले सबैलाई पढाउनु हुन्छ। बाँकी छ यादको मेहनत। यादमा रहन जसरी तिमीहरूलाई मुस्किल लाग्छ त्यसरी नै यिनलाई पनि लाग्छ। यसमा कुनै कृपाको कुरा छैन। बाबा भन्नुहुन्छ– मैले लोन लिएको छु, त्यसको हिसाबकिताब दिन्छु। बाँकी यादको पुरुषार्थ त यिनले पनि गर्नुपर्छ। सम्झन्छु पनि– छेउमा बस्नुभएको छ। मैले बाबालाई याद गर्न त गर्छु फेरि पनि भुलिहाल्छु। सबैभन्दा धेरै मेहनत यिनले गर्नुपर्छ। युद्धको मैदानमा जो महारथी पहलमान हुन्छन्, जसरी हनुमानको दृष्टान्त छ, त्यहाँ मायाले उनैको परीक्षा लियो किनकि उनी महावीर थिए। जति धेरै बलियो त्यति धेरै मायाले परीक्षा लिन्छ। तुफान धेरै आउँछन्। बच्चाहरूले लेख्छन्– बाबा, मलाई यो यो हुन्छ। बाबा भन्नुहुन्छ– यी सबै कुरा त हुन्छन्। बाबा नित्य सम्झाउनु हुन्छ सावधान रहने गर। लेख्छन्– मायाले धेरै तुफान ल्याउँछ। कोही कोही देह अभिमानी रहेछन् भने बाबालाई बताउँदैनन्। तिमी अहिले धेरै समझदार बन्छौ। आत्मा पवित्र हुनाले फेरि शरीर पनि पवित्र मिल्छ। आत्मा कति चमत्कारी हुन्छ। पहिला त गरिबले नै लिन्छन्। बाबालाई पनि गरिब निवाज भनेर गायन गरिएको छ। बाँकी उनीहरू त ढिलो आउँछन्। तिमीले सम्झन्छौ–भाइबहिनी नबनेसम्म भाइ भाइ कसरी बन्ने? प्रजापिता ब्रह्माका सन्तानहरू त भाइबहिनी ठहरिए नि। फेरि बाबा सम्झाउनु हुन्छ– भाइ भाइ सम्झ। यो हो अन्त्यको सम्बन्ध फेरि माथि गएर पनि भाइहरूसँग मिल्छौ। फेरि सत्ययुगमा नयाँ सम्बन्ध सुरु हुन्छ। त्यहाँ साला, मामा, काका आदि धेरै सम्बन्ध हुने छैनन्। धेरै हल्का सम्बन्ध हुन्छ। फेरि बढ्दै जान्छ। अहिले त बाबा भन्नुहुन्छ– भाइ-बहिनी पनि होइन, भाइ भाइ सम्झनु छ। नाम-रूप भन्दा पनि माथि जानु छ। बाबाले भाइहरूलाई (आत्माहरूलाई) नै पढाउनु हुन्छ। प्रजापिता ब्रह्मा छन्, त्यसैले त भाइ बहिनी हुन् नि। श्रीकृष्ण त आफै बच्चा हुन्। उनले कसरी भाइ भाइ बनाउँछन्। गीतामा पनि यो कुरा छैन। यो हो बिलकुल अनौठो ज्ञान। ड्रामामा सबै निश्चित छ। एक सेकेण्डको पार्ट अर्कोसँग मिल्दैन। कति महिना, कति घण्टा, कति दिन पास हुनु छ, फेरि ५ हजार वर्षपछि यसरी नै पास हुन्छन्। कम बुद्धिवालाले त यति धेरै धारणा गर्न सक्दैन। त्यसैले बाबा भन्नुहुन्छ– यो त धेरै सहज छ, आफूलाई आत्मा सम्झ, बेहदका बाबालाई याद गर। पुरानो दुनियाँको विनाश पनि हुनु छ। बाबा भन्नुहुन्छ– म आउँछु नै तब जब सङ्गम हुन्छ। तिमीहरू नै देवी-देवता थियौ। यो जानेका छौ– जब यिनको राज्य थियो तब अरू कुनै धर्म थिएन। अहिले त यिनको राज्य छैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अहिले अन्त्यको समय हो, फर्केर घर जानु छ। त्यसैले आफ्नो बुद्धि नाम-रूपबाट निकालिदिनु छ। हामी आत्मा भाइ भाइ हौं, यो अभ्यास गर्नु छ। देह अभिमानमा आउनु छैन।

२) हरेकको अवस्था र योगमा रातदिनको फरक हुन्छ, त्यसैले अलग अलग भएर बस्नुपर्छ। अङ्गले अङ्गलाई नछोओस्। पुण्य आत्मा बन्नको लागि यादको मेहनत गर्नु छ।

वरदान:–
बाबाको स्नेहमा आफ्नो मूल कमजोरी कुर्बान गर्ने ज्ञानी आत्मा भव

बापदादा देख्नुहुन्छ– अहिलेसम्म पाँचै विकारको व्यर्थ सङ्कल्प धेरैजसोको चल्छ। ज्ञानी आत्माहरूमा पनि कहिलेकाहीँ आफ्नो गुण वा विशेषताको अभिमान आउँछ, हरेकले आफ्नो मूल कमजोरी वा मूल संस्कारलाई जानेको पनि छ, त्यस कमजोरीलाई बाबाको स्नेहमा कुर्बान गरिदिनु– यही स्नेहको सबुत हो। स्नेही वा ज्ञानी आत्माहरूले बाबाको स्नेहमा व्यर्थ सङ्कल्पहरूलाई पनि समर्पण गरिदिन्छन्।

स्लोगन:–
स्वमानको सीटमा स्थित भएर सबैलाई सम्मान दिने माननीय आत्मा बन।