27.09.26    Avyakt Bapdada     Nepali Murli    15.12.2011     Om Shanti     Madhuban


सदा फखुरमा रहेर बेफिक्र बादसाह बन , तीव्र पुरुषार्थद्वारा सम्पन्न र समान बनेर साथै जाने तयारी गर


आज बापदादाले बेफिक्र बादसाहहरूको सभा देखिरहनुभएको छ। यो सभा यतिबेला नै लाग्छ किनकि सबै बच्चाहरूले आफ्नो फिक्र बाबालाई दिएर बाबाबाट फखुर (शुद्ध नसा) लिएका छन्। यो सभा अहिले नै लाग्छ। तिमी पनि हरेक बिहान उठ्दा, कर्म गर्दा पनि बेफिक्र र बादसाह बनेर चल्छौ नि! यो बेफिक्र जीवन कति प्यारो लाग्छ। बेफिक्रको निसानी के देखिन्छ? हरेकको निधारमा लाइट, आत्मा चम्किरहेको देखिन्छ। यो बेफिक्र जीवन कसरी बन्यो? बाबाले सबै बच्चाहरूको जीवनबाट फिक्र लिएर फखुर दिनुभएको छ। जसको जीवनमा फखुर छैन फिक्र छ, उनीहरूको निधारमा लाइट चम्किँदैन। उनीहरूको निधारमा बोझका रेखाहरू देखिन्छन्। त्यसैले बताऊ, तिमीहरूलाई के मन पर्छ? लाइट वा बोझ? कुनै पनि बोझ आयो भने बोझ अर्थात् फिक्र बाबालाई दिएर फखुर लिन सक्छौ। तिमी सबैलाई बेफिक्र जीवन मन पर्छ नि! देख्नेहरूलाई पनि बेफिक्र जीवन मन पर्छ।

त्यसैले बापदादाले आज चारैतिरका बच्चाहरू चाहे सामुन्ने छौ, चाहे जहाँ पनि बसेका छौ, तिमी बच्चाहरूको निधारको बीचमा चम्किरहेको लाइट नै देखिरहनुभएको छ। त्यसैले सदा बेफिक्र रहन्छौ वा कहिले कुनै फिक्र पनि आउँछ? छ कुनै फिक्र? बाबाले तिमी बच्चाहरूलाई प्रकृतिजित, विकारजित बनाइदिनुभयो भने फिक्र कसरी आउन सक्छ? त्यसोभए हात उठाऊ, बेफिक्र बनेका छौ? सदा बनेका छौ? सदा बनेका छौ वा कहिलेकाहीँ? कहिलेकाहीँवाला पनि छौ? हात त उठाउँदैनन्, बापदादा पनि देख्न चाहनुहुन्न। बापदादा हरेक बच्चालाई बेफिक्र बादसाह देख्न चाहनुहुन्छ। कहिलेकाहीँवाला पनि छौ भने धेरै बेफिक्र बन्ने सहज विधि छ, अलिकति जेजति फिक्र आयो भने मेरोलाई तेरोमा परिवर्तन गर। यो हदको मेरोपनलाई, मेरोलाई तेरोमा परिवर्तन गर्ने धेरै सहज विधि हो। तिमीले त भन्छौ नै मेरो बाबा, अनि अब मेरो के रह्यो? हदको मेरो त समाप्त भयो नि! बाबा तिम्रो हुनुभयो। सबैले दिलबाट भन्छौ नि मेरा बाबा! प्यारा बाबा! मीठा बाबा! अनि मेरोमा तेरोलाई समाहित गर्न मुस्किल छ र? के फरक छ? ते र मै, यति सानो फरक छ। सङ्कल्प गरिदियौ सबै तेरो, अनि मेरो के रह्यो? मेरो बाबा। त्यसैले बापदादाले देख्नुभयो, धेरैजसो बच्चाहरूले हदको मेरोलाई तेरो बनाएका छन्, तीनीहरू के बने? बेफिक्र बादसाह। त्यसैले आज बापदादाले तिमी बच्चाहरूलाई बेफिक्र बादसाह स्वरूपमा देखिरहनुभएको छ। हेर, भक्तिमार्गमा पनि तिम्रा चित्र बनाउँदा डबल ताज देखाउँछन्। एउटा लाइटको ताज त छँदै छ किनकि बेफिक्र आत्माको निसानी निधारमा लाइट चम्किन्छ र अर्को ताज विकारहरूमाथि विजयी बनेका छौ, त्यसैले ताज देखाएका छन्, अब यो अटेन्सन राख– बापदादाले फिक्र लिएर फखुर दिनुभयो भने के बन्यौ? बेफिक्र बादसाह। बादसाह बनेका छौ भने तख्त पनि हुनुपर्छ नि! त्यसैले बापदादाले तिमी बच्चाहरूलाई तीन तख्तको मालिक बनाउनुभएको छ। जान्दछौ तीन तख्त कुन हुन्? एउटा तख्त भृकुटीको, यो त सबैको छँदै छ। दोस्रो तख्त हो बापदादाको दिलतख्त र तेस्रो हो विश्वको तख्त, राज्यको तख्त। तिमीहरू सबैलाई यी तीन तख्त प्राप्त भएका छन् नि! सबैभन्दा श्रेष्ठ तख्त हो बापदादाको दिलतख्त। त्यसैले चेक गर, तख्तमा रहेका छौ? किनकि बापदादाको दिलतख्तमा को बस्छ? जसले सदा स्वयंले पनि बापदादालाई आफ्नो दिलतख्तमा बसालेको छ, जो सदा श्रेष्ठ स्थितिमा मास्टर सर्वशक्तिमान् छ उही बापदादाको दिलतख्तमा बस्छ। त्यसैले चेक गर– सदा तख्तनसीन छौ? वा कहिले माटोमा पनि आउँछौ। यो देहभान माटो हो। धेरै समय माटोमा रहेका छौ, त्यसैले कहिलेकाहीँ माटोमा त जाँदैनौ?

त्यसैले बापदादाले सबै बच्चाहरूलाई समयको इसारा दिइरहनुभएको छ। अचानकको पाठ पक्का गराइरहनुभएको छ, यसको लागि यस सङ्गमको समयको धेरै नै महत्त्व राख्नु छ किनकि यस एक जन्ममा अनेक जन्महरूको प्रारब्ध बनाउनु छ, त्यसैले बापदादाले इसारा दिनुभएको थियो– सङ्गमको समयमा हर पल दुई कुरामा अटेन्सन दिनु छ। ती दुई कुरा त याद होलान्– समय र सङ्कल्प। बापदादालाई सबैले व्यर्थ सङ्कल्प, सङ्कल्पद्वारा दिने हिम्मत राखेका थियौ। त्यसैले चेक गर, त्यो हिम्मत सदा कायम छ? किनकि बच्चाहरू एक पटक हिम्मतवान भए भने बाबा हजार पटक मदतगार हुनुहुन्छ। त्यसैले अहिले के सम्झन्छौ? व्यर्थ सङ्कल्पको जुन हिम्मत राखेर बाबाको अगाडि सङ्कल्प गरेका छौ, त्यो कायम छ? किनकि यी व्यर्थ सङ्कल्पहरूमा समय धेरै जान्छ र तिम्रो यो समय अनुसारको कार्य हो विश्वका आत्माहरूलाई सन्देश दिनु। त्यसैले व्यर्थ सङ्कल्पलाई समाप्त गर्नु छ, अनि मात्र दुःखी, अशान्त आत्माहरूलाई सुखशान्तिको अनुभव गराउन सक्नेछौ। बापदादालाई दुःखी बच्चाहरूलाई देखेर दया लाग्छ। तिमीलाई पनि त आफ्ना भाइबहिनीहरूलाई देखेर दया लाग्छ नि!

बापदादाले देख्नुभयो, वर्तमान समयमा सबैलाई यसमा रुचि छ, प्लान पनि बनाएका छौ, यथार्थमा गरेका पनि छौ। सबैले धेरै राम्रा प्रोग्राम गरेका छौ, यसको लागि बापदादाले बधाई पनि दिइरहनुभएको छ। तर अब समय अनुसार छिटो छिटो तिनीहरूलाई वारिस बनाऊ, जसबाट केही न केही वर्साको अधिकारी बन्छन्। धेरैले राम्रो राम्रो भन्छन्, बापदादाले पनि बच्चाहरूको सेवाको यो रिजल्ट त देख्नुभएको छ र यसमा बाबा बच्चाहरूमाथि खुसी पनि हुनुहुन्छ। दिलबाट सेवा गरिरहेका छौ र अहिले समय अनुसार रुचिपूर्वक सुन्छौ पनि यति अन्तर त आएको छ। राम्रो राम्रो लाग्छ तर राम्रो बनाएर केही न केही वर्साको अधिकारी बनाऊ। यसको लागि बापदादाले पहिला पनि इसारा दिनुभएको छ– अब समय अनुसार तीव्र पुरुषार्थी बन्ने आवश्यकता छ। तीव्र पुरुषार्थी बन्नको लागि मुख्य पुरुषार्थ हो सेकेन्डमा बिन्दु लगाउनु। सेकेन्ड र बिन्दु, दुवै समान। अब बापदादाले बच्चाहरूको बेफिक्र बादसाहको रूप त देखिरहनुभएको छ। अब यसै रूपलाई सदा अनुभव गर। कोही पनि केही पनि आओस्, मेरोलाई तेरोमा समाहित गरिदेऊ।

बापदादाले देख्नुभयो, आज सदगुरुबारको दिन हो, धेरै बच्चाहरू बापदादाको समीप आइपुगेका छौ, त्यसैले बापदादाले भन्नुभयो, सप्ताहका दुई दिन विशेष छन्। एउटा सदगुरुबार अर्को आइतबार, सन्डे। त्यसैले सदगुरुबारको दिन गुरुको दिन हो, गुरुबाट के मिल्छ? वरदान। सदगुरुबारको दिन विशेष वरदानको दिन हो, यस रूपले सदगुरुबारलाई मनाऊ। अमृतवेलादेखि कुनै न कुनै विशेष वरदान आफ्नो बुद्धिमा इमर्ज गरिराख। वरदान त अनेक छन् तर विशेष एउटा वरदान आफ्नो लागि बुद्धिमा राखेर चेक गर– वरदानी दिनमा वरदानस्वरूप बनेँ, वरदानलाई रिपिट गर्नु छैन तर वरदानस्वरूप बन्नु छ र चेक गरिराख, आज कति समय वरदानस्वरूप रहेँ? सन्डेको दिन विशेष दुनियाँमा बिदाको दिन हुन्छ। त्यसैले सन्डेको दिन मनाऊ, जेजति आफ्नो जीवनमा सङ्कल्प मात्र पनि कमजोरी छ, स्वप्न मात्र पनि कमजोरी छ, त्यसलाई बिदा दिनु छ। जसरी मानिसहरूले यी दुवै दिन राम्रोसँग बिताउँछन्, त्यसैगरी तिमीले पनि यी दुवै दिनमा विशेष यो लक्ष्य र लक्षण, केवल लक्ष्य होइन तर लक्ष्यको साथसाथै लक्षणलाई अटेन्सनमा राख। बापदादाले सबै बच्चाहरूलाई साथै लैजाने वाचा गर्नुभएको छ। यसको लागि साथै जानको लागि के तयारी गर्नु छ? बाबा त सेकेन्डमा अशरीरी बन्नुहुन्छ तर तिमीले जुन वाचा गरेका छौ, बाबाले पनि वाचा गर्नुभएको छ साथै जानेछौँ, त्यसैले चेक गर त्यसको तयारी भएको छ? सेकेन्डमा बिन्दु लगायौ, सम्पन्न र सम्पूर्ण बनेर गयौ। त्यसैले यस्तो तयारी छ? साथै त जानु छ नि! जानु छ? शिर हल्लाऊ। जानु छ, अच्छा। पक्का? हातमा हात दिनु, यसको अर्थ हो समान बन्नु। त्यसैले चेक गर, समय त अचानक आउनेछ, त्यसैले यति तयारी छ, जसले गर्दा साथै जान्छौ?

बाबाको बच्चाहरूसँग प्यार छ नि! त्यसैले बाबा एकलाई पनि साथै नलगी पछाडि छोड्न चाहनुहुन्न। साथै छौँ, साथै रहनेछौँ, साथै जानेछौँ र साथै राजधानीमा राजघराना आउनेछौँ। मन्जुर छ नि! मन्जुर छ? तयारी छ? मन्जुर छ भन्दा त हात उठाउनेछौ, यो हात नउठाऊ। तयारी छ, यसमा हात उठाऊ। पूरै हात उठाऊ। अच्छा। भोलि नै विनाश भयो भने तयार छौ? तर आफ्नो सेवा समाप्त गरेका छौ? सेवा अझै बाँकी छ वा सेवा समाप्त भएको छ? सन्देश सबैलाई पुगेको छ? केवल आफ्नो टोलमा नै हेर, तिमीले हरेकलाई बाबा आउनुभएको छ, वर्सा लिनु छ भने लेऊ, यो सन्देश दिएका छौ? अहिले प्लान बनाइरहेका छौ। बापदादाले सुन्नुभयो, घर घरमा सन्देश दिने प्लान बनाइरहेका छौ। राम्रो छ, सन्देश त दिनु नै छ, नत्र उल्हना (गुनासो) गर्नेछन्। प्रोग्राम बनाएका छौ नि! उठ, बाबालाई प्लान बताएका छौ नि! उठ। (मिडियावालाहरूलाई उठाउनुभयो) राम्रो छ उल्हना पूरा गर किनकि हुनु त अचानक नै छ। त्यसैले आपसमा मिलेर यसै प्लानलाई यथार्थमा ल्याऊ। आपसमा छिटो राय सल्लाह गर, समय लाग्छ नि, अनि उमङ्ग पनि अलिकति कम हुन्छ। बाँकी बापदादालाई यो राम्रो लाग्छ– घर घरको यो उल्हना पूरा हुनुछ। यस्तो नभनुन्– हामीलाई त थाहा भएन, बाबा आउनुभयो र जानु पनि भयो, हामी वञ्चित रह्यौँ! सबैलाई उमङ्ग छ नि! सबैलाई उमङ्ग छ? सेवा गरेर उल्हना पूरा गर्नु छ। उमङ्ग छ भने बापदादाको सहयोग पनि छ। अच्छा।

बापदादाको दिलको आशलाई त सबैले जान्दछौ नै! समान र सम्पूर्ण, यी दुई शब्द सदा चेक गर, के बाबाको यो आशा पूर्ण गरेकाछौ? किनकि बापदादा हरेक बच्चालाई बाबाका आशाहरूको सितारा सम्झनुहुन्छ। हरेक बच्चाको बाबासँग प्यार छ, यो त बापदादालाई पनि थाहा छ। यी सबैलाई मधुबनमा ल्याउने के हो? यो प्यारको ट्रेनमा आउँछौ। प्यारको प्लेनमा आउँछौ। त्यसैले बाबा पनि बच्चाहरूको प्यारको विषयमा बच्चाहरूमाथि खुसी हुनुहुन्छ। तर जुन दुई शब्द बाबा चाहनुहुन्छ समान र सम्पूर्ण, यसलाई पनि सम्पन्न गर्नु नै छ। त्यसैले आज बापदादा चारैतिरका बच्चाहरूलाई दिलैदेखि स्नेहले हेरेर एक एक बच्चालाई दिलको प्यारको बधाई दिइरहनुभएको छ। अच्छा।

टिचरहरू धेरै आएका छौ:- टिचरहरूलाई त बापदादा सदैव नै याद गर्नुहुन्छ, प्यार गर्नुहुन्छ किनकि टिचरहरू निमित्त बन्छन् हरेक भाइ र बहिनीहरूलाई अगाडि बढाउनको लागि। टिचरलाई बापदादा गुरुभाइ भन्नुहुन्छ। गुरुभाइको अर्थ हो समान किनकि जसरी बाबाको कर्तव्य हो सदा सेवामा ब्यस्त रहनु, त्यसैगरी योग्य टिचरहरूले बाबासमान सदा सेवाधारी र सदा सफलतास्वरूप बनेर सफलतास्वरूप बनाउँछौ। बापदादालाई टिचरहरूप्रति सदैव दिलैदेखि प्यार छ। किन? टिचर अर्थात् सदा सेवाधारी, सदा बापसमान बनाउने र नयाँ नयाँलाई बाबाको परिचय दिएर, अनुभवी बनाएर बाबाको वर्साको अधिकारी बनाउने। त्यसैले बापदादा टिचरहरूमाथि खुसी हुनुहुन्छ र यही दिलको प्यार, बाबाको प्यार विद्यार्थीहरूमा पनि भरेर उनीहरूलाई पनि बाबाको पूरा वर्साको अधिकारी बनाउँछौ। बाबाको हरेक टिचरमा भरोसा हुन्छ– तिमी हरेक टिचर बाबाका जे आशाहरू छन्, बाबा जे चाहनुहुन्छ, त्यो प्रत्यक्ष गर्ने र गराउँछौ, त्यसैले एकएक टिचरलाई बापदादा पदमगुणा बधाई दिइरहनुभएको छ। बधाई दिइरहनुभएको छ। अच्छा।

डबल विदेशी भाइ-बहिनीहरूसँग:- डबल विदेशीहरूलाई पनि बापदादाले देख्नुभयो, सेवामा भारतवर्षका आत्माहरूभन्दा कम छैनन्। बापदादा खुसी हुनुहुन्छ– हरेकले आआफ्नो स्थानमा सेवाको वृद्धि पनि गरिरहेका छन् र स्वयंलाई पनि राम्रो उमङ्ग-उत्साहमा चलाइरहेका छन्। डबल विदेशीहरूको यो संस्कार हो– जे गर्छन्, त्यो उमङ्ग-उत्साहले गरेर पूरा गर्छन् र पुरुषार्थतिर पनि अटेन्सन छ। त्यसैले सबैले हात उठाऊ, सबै तीव्र पुरुषार्थी हौ? तीव्र पुरुषार्थी हौ? अच्छा। सबैको तर्फबाट पनि धेरै धेरै बधाई छ, किन? तीव्र पुरुषार्थी अर्थात् बापदादाका आशाहरूलाई यथार्थमा पूर्ण गर्ने। त्यसैले बापदादाले बच्चाहरूको तीव्र पुरुषार्थको लागि बधाई दिइरहनुभएको छ। तीव्र पुरुषार्थी हौ र सदा तीव्र पुरुषार्थी बनेर अरूलाई पनि तीव्र पुरुषार्थी बनाउँछौ। सारा विदेश तीव्र पुरुषार्थीको लिस्टमा आउनुछ। केही यस्तो रेकर्ड छ र केही देखाउनु छ। तर बापदादाले पुरुषार्थको लागि बधाई दिइरहनुभएको छ। मुरलीमाथि पनि अटेन्सन छ, बापदादालाई यो मुरलीसँगको प्यार राम्रो लाग्छ। मधुबनसँग पनि प्यार, मुरलीसँग पनि प्यार, परिवारसँग पनि प्यार र मेरो बाबासँग पनि प्यार। अहिले सूक्ष्म पुरुषार्थतर्फ पनि राम्रो अटेन्सन छ र बापदादाले देख्नुभयो, जनक बच्चीको पनि यसमा धेरै ध्यान छ। यहाँ रहँदा पनि हरेक क्लास पहिला विदेशमा पुग्छ। त्यसैले पालना पनि राम्रो मिलिरहेको छ। यो पनि तिम्रो भाग्य हो। सबैभन्दा भाग्यमानी (लक्कीएस्ट) र सबैभन्दा प्यारा (स्विटेस्ट) दुवै हौ। अच्छा।

पहिलो पटक आउनेहरूसँग:- तिमीहरू त धेरै छौ। हात हल्लाऊ। सबै आफ्नो मधुबन घरमा आइपुगेका छौ, त्यसको लागि बापदादा एक एक बच्चालाई बधाई दिइरहनुभएको छ किनकि लास्ट समयभन्दा पहिला आइपुगेका छौ। तिमीहरूलाई लास्ट सो फास्ट जाने चान्स छ। बापदादा तिमी बच्चाहरूलाई देखेर खुसी भइरहनुभएको छ। आयौ, भलै आइपुग्यौ अब पछाडिको लागि अब तीव्र पुरुषार्थ गरेर अगाडिभन्दा पनि अगाडि जाने दृढ सङ्कल्प गर। दृढता सफलताको चाबी हो। त्यसैले बापदादा आज जति पनि बच्चाहरू आएका छौ, तिमीहरूलाई विशेष दृढताको चाबीको सौगात दिइरहनुभएको छ। दृढतालाई कहिल्यै पनि कमजोर नबनाऊ। दृढताले तिमीलाई सदा सहजै अगाडि बढाइरहनेछ। त्यसैले बापदादा खुसी हुनुहुन्छ भलै आइपुग्यौ, आफ्नो वर्सा लिनको लागि आयौ, यसको लागि धेरै धेरै बधाई छ। अच्छा।

चारैतिरका सबै ब्राह्मणहरूलाई बापदादा दिलको प्यार र सदा अगाडि बढ्ने श्रेष्ठ सङ्कल्प दिइरहनुभएको छ। एक एक बच्चालाई बाबाले देखिरहनुभएको पनि छ र देख्दा देख्दै दिलमा समाहित पनि गरिरहनुभएको छ। नजिककाले त बापदादालाई सामुन्ने देखिरहेका छौ र तिमी सबैले साधनद्वारा सामुन्ने नै देखिरहेका छौ। बापदादाले पनि तिमीहरू सबैलाई जहाँसुकै बसेका भए पनि, त्यसरी नै देखिरहनुभएको छ, मानौँ सामुन्ने नै बसेका छौ र एक एकलाई दिलको प्यार दिइरहनुभएको छ। बढ्दै जाऊ, तीव्र पुरुषार्थ गरेर अगाडिभन्दा अगाडि बढ्दै जाऊ। अच्छा। सामुन्ने बस्नेहरूलाई पनि बापदादाको याद-प्यार र सदा अगाडि बढेकोमा बधाई छ, बधाई छ, बधाई छ। अच्छा।

वरदान:–
हरेक शिक्षालाई स्वरूपमा ल्याएर प्रमाण दिने सपूत वा साक्षात्कारमूर्त भव

जुन बच्चाहरूले शिक्षालाई केवल शिक्षाको रीतिले बुद्धिमा राख्दैनन् तर त्यसलाई स्वरूपमा ल्याउँछन्, उनीहरू ज्ञानस्वरूप, प्रेमस्वरूप, आनन्दस्वरूप स्थितिमा स्थित रहन्छन्। जसले हरेक प्वइन्टलाई स्वरूपमा ल्याउँछन्, उनीहरू नै प्वइन्ट, बिन्दुरूपमा स्थित हुन सक्छन्। प्वइन्टको मनन अथवा वर्णन गर्न सहज छ तर स्वरूप बनेर अन्य आत्माहरूलाई पनि स्वरूपको अनुभव गराउनु– यही हो प्रमाण दिनु अर्थात् सपुत वा साक्षात्कारमूर्त बन्नु।

स्लोगन:–
एकाग्रताको शक्तिलाई बढाऊ, अनि मन-बुद्धिको भट्काइ बन्द हुनेछ।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर।

कुनै पनि निर्बल आत्मा तिम्रो सामुन्ने आयो भने त्यस निर्बललाई बल देऊ। जुन सर्व शक्तिहरूको वर्सा प्राप्त गरेका छौ, त्यो वर्सा उसलाई देऊ। सबै आत्माहरूलाई बाबाको खजाना दिने दाता बन, आफ्ना शक्तिहरूद्वारा तिर्खाएका र तड्पिरहेका आत्माहरूलाई जीवनदान देऊ, वरदाता बनेर प्राप्त भएका वरदानहरूद्वारा उनीहरूलाई पनि बाबाको समीप सम्बन्धमा ल्याऊ, यहाँका दातापनका संस्कारहरूबाट भविष्यमा २१ जन्मसम्म राज्यपद प्राप्त हुनेछ।