27.11.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– हदको संसारको नचाहिँदो कुरामा आफ्नो समय नष्ट गर्नु छैन , बुद्धिमा सदा श्रेष्ठ विचार चलिरहनु पर्छ।”

प्रश्न:–
कुनचाहिँ बच्चाहरूले बाबाको हरेक निर्देशनलाई व्यवहारमा ल्याउन सक्छन्?

उत्तर:–
जो अन्तर्मुखी छन्, आफ्नो सो गर्दैनन्, रूहानी नसामा रहन्छन्, उनीहरूले नै बाबाको हरेक निर्देशनलाई व्यवहारमा ल्याउन सक्छन्। तिमीलाई कहिल्यै पनि मिथ्या अहङ्कार आउनु हुँदैन। भित्रबाट धेरै सफाइ हुनुपर्छ। आत्मा धेरै राम्रो हुनुपर्छ, एक बाबासँग सच्चा प्यार हुनुपर्छ। कहिल्यै मतभेदको संस्कार हुनु हुँदैन, तब बाबाको हरेक निर्देशन व्यवहारमा आउने छ।

ओम् शान्ति ।
बच्चाहरू केवल यादको यात्रामा मात्र बसेका छैनन्। बच्चाहरूलाई यो नसा छ– हामीले श्रीमत अनुसार आफ्नो परिस्तान (स्वर्ग) स्थापना गरिरहेका छौं। यति उमङ्ग, खुसी हुनु पर्छ। फोहर आदि सबै नचाहिँदा कुरा निस्किनुपर्छ। बेहदका बाबालाई देख्ने बित्तिकै उल्लास आउनु पर्छ। जति जति तिमी यादको यात्रामा रहन्छौ, त्यति त्यति सुधार हुँदै जान्छ। बाबा भन्नुहुन्छ– बच्चाहरूको लागि रूहानी युनिभर्सिटी हुनुपर्छ। तिम्रो हो नै वर्ल्ड स्प्रीचुअल युनिभर्सिटी। त्यसो भए त्यो युनिभर्सिटी कहाँ छ? खास गरेर युनिभर्सिटीको स्थापना गरिन्छ। त्यसको नजिकै ठुलो राम्रो छात्रावास चाहिन्छ। तिम्रा विचारहरू कति श्रेष्ठ हुनुपर्छ। बाबालाई त रात-दिन यही ख्याल हुन्छ– बच्चाहरूलाई पढाएर कसरी उच्च परीक्षामा पास गराऊँ? जसबाट फेरि यिनीहरू विश्वको मालिक बन्छन्। वास्तवमा तिम्रो आत्मा शुद्ध सतोप्रधान हुँदा शरीर पनि कति सतोप्रधान सुन्दर थियो। रजाइँ पनि कति उच्च थियो। हदको संसारको फोहोरी कुरामा तिम्रो धेरै समय व्यर्थमा जान्छ। तिमी विद्यार्थीहरूको मनमा फोहोरी ख्याल हुनु हुँदैन। कमिटीहरू आदि त धेरै राम्रा राम्रा बनाउँछन् तर योगबल हुँदैन। गफ धेरै लगाउँछन्– हामीले यो गर्छौं, त्यो गर्छौं। मायाले पनि भन्छ– मैले यिनलाई नाक-कानमा समात्छु। बाबासँग प्यार नै हुँदैन। भन्ने पनि गरिन्छ नि– नर चाहत कुछ और....। त्यसैले मायाले पनि केही गर्न दिँदैन। मायाले धेरै ठग्छ, कान नै काटिदिन्छ। बाबाले बच्चाहरूलाई कति उच्च बनाउनु हुन्छ, डाइरेक्सन दिनुहुन्छ– यो यो गर। बाबाले धेरै रोयल रोयल बच्चीहरूलाई पठाउनु हुन्छ। कसै कसैले भन्छन्– बाबा हामी ट्रेनिङको लागि जाऔं? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पहिला तिमीहरूले आफ्ना कमजोरीलाई त निकाल। आफूमा हेर– ममा कति अवगुण छन्? राम्रा राम्रा महारथीहरूलाई पनि मायाले एकदम मतभेदमा ल्याइदिन्छ। यस्ता मतभेदमा आउने बच्चाहरू छन्, जसले बाबालाई कहिल्यै याद पनि गर्दैनन्। तिनले ज्ञानको “ग” पनि जानेका छैनन्। बाहिरको आडम्बर धेरै हुन्छ। यसमा त धेरै अन्तर्मुखी रहनु छ, तर कतिको त यस्तो चालचलन हुन्छ, मानौं जो अनपढ मानिसहरू हुन्छन्, अलिकति पैसा भयो भने त्यसको नसा चढ्छ। यो सम्झदैनन् अरे, हामी त कङ्गाल छौं। मायाले बुझ्न दिँदैन। माया धेरै प्रबल छ। बाबाले अलिकति महिमा गर्नु भयो भने त्यसैमा एकदम खुसी हुन्छन्।

बाबालाई रात-दिन यही ख्याल चल्छ– यो युनिभर्सिटी धेरै फस्टक्लासको हुनुपर्छ, जहाँ बच्चाहरूले राम्रोसँग पढ्छन्। तिमीलाई थाहा छ– हामी स्वर्गमा जान्छौं, त्यसैले खुशीको पारा चढिरहनु पर्छ नि। यहाँ बाबाले किसिम किसिमको डोज दिनुहुन्छ, नसा चढाउनु हुन्छ। कोही कङ्गाल बनेको छ तापनि उसलाई रक्सी खुवायो भने सम्झन्छ– म बादसाह हुँ। फेरि नसा सकिएपछि जस्ताको त्यस्तै बन्छ। तर यो त हो रूहानी नसा। तिमीलाई थाहा छ– बेहदका बाबाले टिचर बनेर हामीलाई पढाउनु हुन्छ र डाइरेक्सन दिनुहुन्छ– यस्तो यस्तो गर। कुनै कुनै समयमा कसैलाई मिथ्या अहङ्कार पनि आउँछ। माया हो नि। यस्ता यस्ता कुरा बनाउँछन्, जो कुरै नसोध। बाबा सम्झनुहुन्छ– यो चल्न सक्दैन। भित्रको धेरै सफाइ चाहिन्छ। आत्मा धेरै राम्रो हुनुपर्छ। तिम्रो लभ म्यारिज भएको छ नि। लभ म्यारिजमा कति प्यार हुन्छ, उहाँ त पतिको पनि पति हुनुहुन्छ। उहाँसँग कतिको लभ म्यारिज हुन्छ। एकको मात्र कहाँ हुन्छ र। सबैले भन्छन् हाम्रो त शिवबाबासँग विवाह भएको छ। हामी त स्वर्गमा गएर बस्छौं। खुसीको कुरा हो नि। मनमा आउनु पर्छ नि– हामीलाई शिवबाबाले कति शृङ्गार गर्नुहुन्छ। शिवबाबाले शृङ्गार गर्नुहुन्छ यिनीद्वारा। तिम्रो बुद्धिमा छ– हामी बाबालाई याद गर्दा गर्दा सतोप्रधान बन्छौं। यस ज्ञानलाई अरू कसैले जान्दै जानेका छैनन्। यसमा धेरै नसा हुन्छ। अहिले भने त्यति नसा चढेको छैन। तर अवश्य हुन्छ। गायन पनि छ अतीन्द्रिय सुख गोप-गोपीहरूसँग सोध। अहिले तिम्रो आत्मा कति पतित छ। मानौं धेरै फोहोरमा बसेको छ। उनीहरूलाई बाबा आएर परिवर्तन गर्नुहुन्छ, कायाकल्प गर्नुहुन्छ। मनुष्यहरूले ग्रन्थी फेर्दा कति खुसी हुन्छन्। तिमीलाई त अब बाबा मिल्नुभएको छ। त्यसैले बेडा पार हुन्छ। सम्झन्छौ– हामी बेहदका बाबाका बनेका छौं, त्यसैले आफूलाई कति चाँडैं सुधार्नुपर्छ। रात-दिन यही खुसी, यही चिन्तन रहोस्– हेर तिमीलाई मार्सल, को मिल्नु भएको छ! रात-दिन यसै ख्यालमा रहनु पर्छ। जस जसले राम्रोसँग सम्झन्छन्, चिन्छन्, उनीहरू त मानौं उड्न थाल्छन्।

तिमी बच्चाहरू अहिले सङ्गममा छौ। बाँकी उनीहरू सबै त फोहरमा परेका छन्। जसरी फोहोर ठाउँमा छाप्राहरू बनाएर फोहोरमा नै बसिरहन्छन् नि। कति छाप्राहरू बनेका हुन्छन्। यो फेरि हो बेहदको कुरा। अहिले शिवबाबाले त्यसबाट निस्किने धेरै सहज युक्ति बताउनु हुन्छ। मीठा प्यारा बच्चाहरू! तिमीलाई थाहा छ– यस समयमा तिम्रो आत्मा र शरीर दुवै पतित छन्। अहिले तिमी निस्केर आएका छौ। जो जो निस्केर आएका छन्, उनीहरूमा ज्ञानको पराकाष्ठा छ नि। तिमीलाई बाबा मिल्नुभयो, अरू के चाहियो? यो नसा चढेपछि मात्र सम्झाउन सक्छौ। बाबा आउनु भएको छ। बाबाले हाम्रो आत्मालाई पवित्र बनाइदिनुहुन्छ। आत्मा पवित्र बनेपछि फेरि शरीर पनि पवित्र फस्टक्लास मिल्छ। अहिले तिम्रो आत्मा कहाँ बसेको छ? यस पुरानो शरीरमा बसेको छ। तमोप्रधान दुनियाँ हो नि। फोहरको किनारमा आएर बसेका छौ नि। विचार गर– हामी कहाँबाट निस्केका हौं। बाबाले फोहर नालीबाट निकाल्नुभएको छ। अब हाम्रो आत्मा स्वच्छ बन्छ। त्यहाँ बस्नेहरूले पनि फस्टक्लास महल बनाउने छन्। हाम्रो आत्मालाई बाबाले शृङ्गार गरेर स्वर्गमा लैजाँदै हुनुहुन्छ। बच्चाहरूलाई मनमनै यस्ता यस्ता ख्याल आउनु पर्छ। बाबाले कति नसा चढाउनु हुन्छ। तिमी यति उच्च थियौ फेरि गिर्दा गिर्दा तल आइपुगेका छौ। शिवालयमा छँदा आत्मा कति शुद्ध थियो। त्यसैले फेरि आपसमा मिलेर छिटो छिटो शिवालयमा जाने उपाय गर्नुपर्छ।

बाबालाई त आश्चर्य लाग्छ– बच्चाहरूमा त्यो दिमाग छैन! बाबाले हामीलाई कहाँबाट निकाल्नु हुन्छ! पाण्डव सरकार स्थापना गर्नेवाला बाबा हुनुहुन्छ। भारतवर्ष जुन स्वर्ग थियो अहिले नर्क बनेको छ। आत्माको कुरा हो। आत्माहरूप्रति नै दया लाग्छ। आत्मा एकदमै तमोप्रधान दुनियाँमा आइपुगेको छ, त्यसैले बाबालाई याद गर्छ– बाबा! हामीलाई त्यहाँ लैजानुहोस्। यहाँ बस्दा पनि तिमीलाई यस्तो ख्याल चल्नुपर्छ। त्यसैले बाबा भन्नुहुन्छ– बच्चाहरूको लागि फस्टक्लास युनिभर्सिटी बनाऊ। कल्प कल्प बन्छ। तिम्रो विचार धेरै रोयल हुनुपर्छ। अहिले त्यो नसा चढेको छैन। नसा भए त थाहा छैन के गरेर देखाउने थिए। बच्चाहरूले युनिभर्सिटीको अर्थ बुझ्दैनन्। त्यस रोयल्टीको नसामा रहँदैनन्। मायाले दबाएर राखेको छ। बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! आफ्नो उल्टो नसा नचढाऊ। हरेकले आ-आफ्नो योग्यतालाई हेर्नुपर्छ। हामीले कसरी पढ्छौं, के मदत गर्छौं, केवल कुराको पकौडा खानु छैन। जे भन्छौ त्यो गर्नु छ। गफ लगाउनु छैन– यो गर्छौं, त्यो गर्छौं। आज भन्छौ यो गर्नेछु, भोलि काल आयो खतम हुन्छौ। सत्ययुगमा त यस्तो भन्दैनौ। त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। काल आउन सक्दैन। त्यो हो नै सुखधाम। सुखधाममा काललाई आउने हुकुम छैन। रावण राज्य र रामराज्यको पनि अर्थ बुझ्नु छ। अहिले तिम्रो लडाइँ हो नै रावणसँग। देह अभिमानले पनि कमाल गर्छ, जसले बिल्कुलै पतित बनाइदिन्छ। देहीअभिमानी भएमा आत्मा शुद्ध बन्छ। तिमीले बुझेका छौ नि, त्यहाँ हाम्रा महलहरू कस्ता बन्छन्। अहिले तिमी त सङ्गममा आएका छौ। नम्बरवार सुध्रिरहेका छौ, लायक बनिरहेका छौ। तिम्रो आत्मा पतित हुनाले शरीर पनि पतित मिलेको छ। अहिले म आएको छु तिमीलाई स्वर्गवासी बनाउन। यादको साथै दैवीगुण पनि चाहिन्छ। सानीमाको घर कहाँ हो र। सम्झन्छन् बाबा आउनु भएको छ हामीलाई नरबाट नारायण बनाउन तर मायाको युद्ध धेरै गुप्त छ। तिम्रो लडाइँ छ नै गुप्त त्यसैले तिमीलाई अननोन वारियर्स भनिएको छ। यस्तो अरू कहीं हुँदैन। तिम्रो नाम हो योद्धा। अरू सबैको नाम त रजिस्टरमा हुन्छ नै। तिमी अननोन वारियर्सको निसानी उनीहरूले नक्कल गरेका छन्। तिमी कति गुप्त छौ, कसैलाई थाहा छैन। तिमीले मायालाई बश पार्नको लागि विश्वमाथि विजय पाइरहेका छौ। तिमीले बाबालाई याद गर्छौ फेरि मायाले भुलाइदिन्छ। कल्प कल्प तिमीले आफ्नो राज्य स्थापना गर्छौ। त्यसैले अननोन वारियर्स तिमी हौ जो केवल तिमीले नै बाबालाई याद गर्छौ। यसमा हात-खुट्टा केही पनि चलाउँदैनौ। यादको लागि बाबाले युक्तिहरू पनि धेरै बताउनु हुन्छ। हिँड्दा-डुल्दा तिमीले यादको यात्रा गर, पढाइ पनि पढ। अहिले तिमीले जान्दछौ– हामी के थियौं, के बनेका छौं। अब फेरि बाबाले हामीलाई के बनाउनु हुन्छ। कति सहज युक्ति बताउनु हुन्छ। जहाँ बसे पनि याद गर्यौ भने खिया उत्रिन्छ। कल्प कल्प यो युक्ति दिइरहनु हुन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने सतोप्रधान बन्छौ। अरू कुनै पनि बन्धन हुँदैन। बाथरुममा जाँदा पनि आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने आत्माको मैला उत्रिन्छ। आत्मालाई कुनै तिलक लगाउनु छैन, यो सबै त भक्तिमार्गको निसानी हो। यस ज्ञान मार्गमा कुनै आवश्यकता छैन, एक पैसा पनि खर्च छैन। घरमा बसेर याद गर्दै जाऊ। कति सहज छ। उहाँ बाबा हाम्रा पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ र गुरु पनि हुनुहुन्छ। पहिला बाबाको याद फेरि टिचरको अनि गुरुको, नियमले यो भन्छ। टिचरलाई त अवश्य याद गर्छौ, उहाँबाट पढाइको वर्सा मिल्छ फेरि वानप्रस्थ अवस्थामा गुरु मिल्छन्। उहाँ बाबाले त सबै कुरा होलसेलमा दिनुहुन्छ। तिमीलाई २१ जन्मको लागि होलसेलमा रजाइँ दिनुहुन्छ। विवाहमा गुप्त रूपमा कन्यालाई दाइजो दिन्छन् नि। सो देखाउने आवश्यकता हुँदैन। भनिन्छ गुप्त दान। शिवबाबा पनि गुप्त हुनुहुन्छ नि, यसमा अहङ्कारको कुनै कुरा छैन। कसै कसैलाई सबैले देखुन् भन्ने अहङ्कार हुन्छ। यो हो सबै गुप्त। बाबाले तिमीलाई विश्वको बादसाही दाइजोमा दिनुहुन्छ। तिम्रो कति गुप्त शृङ्गार भइरहेको छ। तिमीलाई कति ठुलो दाइजो मिल्छ। बाबाले कसरी युक्तिसँग दिनुहुन्छ, कसैलाई थाहै हुँदैन। यहाँ तिमी भिखारी हौ, अर्को जन्ममा गोल्डन स्पुन इन माउथ हुन्छ। तिमी गोल्डन दुनियाँमा जान्छौ नि। त्यहाँ सबै कुरा सुनका हुन्छन्। धनवानहरूका महलमा राम्रो रत्नजडित हुन्छ। फरक त अवश्य हुन्छ। यो पनि अहिले तिमीले जानेका छौ– मायाले सबैलाई उल्टो लट्काइदिन्छ। अब बाबा आउनु भएको छ, त्यसैले बच्चाहरूमा कति उल्लास हुनुपर्छ। तर मायाले भुलाइदिन्छ– बाबाको डाइरेक्सन हो कि ब्रह्माको? भाइको हो वा बाबाको? यसैमा धेरै अलमलिन्छन्। बाबा भन्नुहुन्छ– राम्रो वा नराम्रो जे भए पनि तिमीले बाबाको डाइरेक्सन नै सम्झ। त्यसैमा चल्नुपर्छ। यिनको कुनै भूल भयो भने पनि सच्याइदिन्छु। उहाँमा तागत त छ नि। तिमीले देख्छौ– यी कसरी हिँड्छन्, यिनको शिरमा को बस्नुभएको छ। एकदमै नजिकै बस्नुभएको छ। गुरुहरूले नजिकै बसाएर सिकाउँछन् नि। फेरि पनि मेहनत यिनले नै गर्नुपर्छ। तमोप्रधानबाट सतोप्रधान बन्नमा पुरुषार्थ गर्नुपर्छ।

बाबा भन्नुहुन्छ– मलाई याद गरेर भोजन बनाऊ। शिवबाबाको यादमा बनाएको भोजन अरू कसैलाई मिल्न सक्दैन। अहिलेको भोजनको नै गायन छ। ती ब्राह्मणहरूले स्तुति त गर्छन् तर अर्थ केही पनि बुझ्दैनन्। जसले महिमा गर्छन्, तिनले बुझ्नचाहिँ केही पनि बुझ्दैनन्। यति सम्झिन्छ– यी धार्मिक विचारका छन् किनकि पुजारी हुन्। त्यहाँ त धार्मिक विचारको कुरा नै छैन, त्यहाँ भक्ति हुँदैन। यो पनि कसैलाई थाहा छैन– भक्ति कुन चीजलाई भनिन्छ। ज्ञान, भक्ति, वैराग्य भनिन्छ। कति फस्टक्लास शब्द छन्। ज्ञान दिन, भक्ति रात। फेरि रातबाट वैराग्य अनि दिनमा जान्छन्। कति स्पष्ट छ। अहिले तिमीले बुझिसक्यौ। त्यसैले तिमीलाई धक्का खानु पर्दैन।

बाबा भन्नुहुन्छ– मलाई याद गर, मैले तिमीलाई विश्वको मालिक बनाउँछु। म तिम्रो बेहदको पिता हुँ, सृष्टिको चक्रलाई जान्न पनि कति सहज छ। बीज र वृक्षलाई याद गर। अहिले कलियुगको अन्त्य हो फेरि सत्ययुग आउनु छ। अहिले सङ्गमयुगमा तिमी फूल बन्छौ। आत्मा सतोप्रधान बनेपछि रहन पनि सतोप्रधान महल मिल्छ। दुनियाँ नै नयाँ बन्छ। बच्चाहरूलाई कति खुसी हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सदा नसा रहनु पर्छ– हामीले श्रीमतद्वारा आफ्नो स्वर्ग स्थापना गरिरहेका छौं। नचाहिँदो फोहोरी कुरालाई छोडेर धेरै उल्लासमा रहनु छ।

२) आफ्ना विचारहरूलाई धेरै श्रेष्ठ बनाउनु छ। धेरै राम्रो रोयल विश्व विद्यालय र छात्राबास खोल्ने प्रबन्ध गर्नु छ। बाबाको गुप्त मदतगार बन्नु छ, आफ्नो सो गर्नु छैन।

वरदान:–
कुनै पनि सेवा गर्दा निमित्त बनेर बेहदको वृत्तिद्वारा भाइब्रे स न फैलाउने बेहद सेवाधारी भव

अब बेहद परिवर्तनको सेवामा तीव्र गति ल्याऊ। यस्तो होइन, गरि त रहेका छौं, यति बिजी रहन्छौं जसले गर्दा समय नै मिल्दैन। तर कुनै पनि सेवा गर्दा निमित्त बनेर बेहदको सहयोगी बन्न सक्छौ, केवल वृत्ति बेहदमा छ भने भाइब्रेसन फैलिरहन्छ। जति बेहदमा बिजी हुन्छौ त्यति जुन ड्युटी छ त्यो अझ बढी सहज हुन्छ। हर सङ्कल्प, हर सेकेन्ड श्रेष्ठ भाइब्रेसन फैलाउने सेवा गर्नु नै बेहद सेवाधारी बन्नु हो।

स्लोगन:–
शिवबाबासँग कम्बाइण्ड रहने शिवशक्तिहरूको शृङ्गार हो ज्ञानको अस्त्र-शस्त्र।