28.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी ईश्वरीय सम्प्रदाय का हौ , तिमीलाई ज्ञान सूर्य बाबा मिल्नुभएको छ , अहिले तिमी जागेका छौ त्यसैले अरूलाई पनि जगाऊ।”

प्रश्न:–
अनेक प्रकारको टकराबको कारण तथा त्यसको निवारण के हो?

उत्तर:–
देह अभिमानमा आएपछि नै अनेक प्रकारका टकराब हुन्छन्। मायाको ग्रहदशा लाग्छ। बाबा भन्नुहुन्छ– देही-अभिमानी बन, सेवामा लाग। यादको यात्रामा रह्यौ भने ग्रहदशा मेटिन्छन्।

ओम् शान्ति ।
रुहानी बच्चाहरूको पासमा बाबा आउनुभएको छ श्रीमत दिन वा सम्झाउन। यो त बच्चाहरूले बुझेका छौ– ड्रामा प्लान अनुसार सारा कार्य हुनुछ। थोरै समय बाँकी रहेको छ। यो विश्वलाई रावणपुरीबाट फेरि विष्णुपुरी बनाउनुछ। अब बाबा पनि गुप्त हुनुहुन्छ। पढाइ पनि गुप्त छ, सेवाकेन्द्रहरू त धेरै छन्, साना ठुला गाउँमा साना ठुला सेवाकेन्द्रहरू छन् र बच्चाहरू पनि धेरै छन्। अब बच्चाहरूले चुनौती त दिएका छन् र लेख्नु पनि छ, जब कुनै लिटिरेचर बनाउनुछ भने त्यसमा लेख्नुछ– हामीले यो हाम्रो विश्वलाई स्वर्ग बनाएरै छोड्छौँ। तिमीलाई पनि आफ्नो भारतवर्ष धेरै प्रिय छ किनकि तिमीलाई थाहा छ– यो भारतवर्ष नै स्वर्ग थियो, त्यसको ५ हजार वर्ष भएको छ। भारतवर्ष धेरै शानदार थियो, यसलाई स्वर्ग भनिन्थ्यो। तिमी ब्रह्मामुख वंशावलीलाई नै यो ज्ञान छ। यो विश्वलाई श्रीमतमा हामीले स्वर्ग अवश्य बनाउनुछ। सबैलाई बाटो बताउनुछ, अरू कुनै द्वन्दको कुरा नै छैन। आपसमा बसेर राय सल्लाह गर्नुपर्छ– यी प्रदर्शनीका चित्रहरूद्वारा हामीले कसरी यस्तो विज्ञापन गरौँ, जुन चित्र अखबारमा पनि छपाइदिऊँ, आपसमा यस विषयमा सेमिनार गर्नुपर्छ। जसरी सरकारी मानिसहरू आपसमा भेट्छन्, आफ्नो मुलुकलाई हामीले कसरी सुधारौँ? यस विषयमा राय सल्लाह गर्छन्। यो जुन यति मतभेद भएको छ, त्यसलाई आपसमा मिलेर ठीक पारौँ र विश्वमा सुख शान्ति कसरी स्थापना गरौँ! त्यो सरकारको पनि पुरुषार्थ चलिरहेको छ। तिमी पनि पाण्डव सरकार गायन गरिएका छौ। यो ठुलो ईश्वरीय सरकार हो, यसलाई वास्तवमा भनिन्छ नै पावन ईश्वरीय सरकार, पतित-पावन बाबाले नै पतित बच्चाहरूलाई बसेर पावन दुनियाँको मालिक बनाउनुहुन्छ। यो कुरा बच्चाहरूलाई मात्रै थाहा छ। मुख्य हो नै भारतवर्षको आदि सनातन देवीदेवता धर्म। यो पनि बच्चाहरूलाई थाहा छ– यो हो रुद्र ज्ञान यज्ञ। रुद्र भनिन्छ नै ईश्वर बाबालाई, शिवलाई। गायन गरिएको छ– अवश्य बाबाले आएर रुद्र ज्ञान यज्ञ रच्नुभएको थियो। उनीहरूले त समयलाई धेरै लामो बनाइदिएका छन्। अज्ञान निद्रामा सुतेका छन्। अहिले तिमीलाई बाबाले जगाउनुभएको छ, तिमीले फेरि अरूलाई जगाउनुछ। ड्रामा प्लान अनुसार तिमीले जगाउँदै जान्छौ। यस समयसम्म जसले जे जस्तो जे जति पुरुषार्थ गरेको छ, त्यति नै कल्प पहिला पनि गरेको थियो। हो, युद्धको मैदानमा उतार चढाव त हुन्छ नै। कहिले मायाको जोड हुन्छ, कहिले ईश्वरीय सन्तानको जोड हुन्छ। कहिलेकाहीँ सेवा धेरै राम्रो गतिले चल्छ। कहिले कहीँ कहीँ बच्चाहरूमा मायाका विघ्न पर्छन्। मायाले एकदम बेहोस पारिदिन्छ। लडाइँको मैदान त हो नि। माया रावणले रामको सन्तानलाई बेहोस पारिदिन्छ। लक्ष्मणको पनि कहानी छ नि।

तिमीले भन्छौ– सबै मनुष्य कुम्भकरणको निद्रामा सुतेका छन्। तिमी ईश्वरीय सम्प्रदायले नै यसरी भन्छौ, जसलाई ज्ञान सूर्य मिलेको छ र जागिसकेका छन्, उनीहरूले नै बुझ्छन्। यसमा एक अर्कालाई भन्ने कुनै कुरा पनि छैन। तिमीलाई थाहा छ– अवश्य हामी ईश्वरीय सम्प्रदाय जागेका छौँ। बाँकी अरू सबै निद्रामा छन्। उनीहरूलाई यो थाहा छैन– परमपिता परमात्मा बच्चाहरूलाई वर्सा दिन आउनुभएको छ। यो बिल्कुलै बिर्सिएका छन्। बाबा यहीँ नै आउनुहुन्छ। आएर विश्वलाई स्वर्गको मालिक बनाउनुहुन्छ। भारतवर्ष स्वर्गको मालिक थियो, यसमा कुनै संशय छैन। परमपिता परमात्माको जन्म पनि यहाँ नै हुन्छ। शिवजयन्ती मनाउँछन् नि। अवश्य उहाँले आएर केही त गर्नुभयो होला नि। बुद्धिले भन्छ– अवश्य आएर स्वर्गको स्थापना गर्नुभयो होला। प्रेरणाले कहाँ स्थापना हुन्छ र। यहाँ त तिमी बच्चाहरूलाई राजयोग सिकाइन्छ। यादको यात्रा सम्झाइन्छ। प्रेरणाले कुनै आवाज फैलिँदैन। शङ्करको पनि प्रेरणा हुन्छ भन्ने सम्झन्छन् त्यसपछि उनीहरूले यादव, मुसल आदि बनाउँछन्। तर यसमा प्रेरणाको त कुनै कुरा नै छैन। तिमीले बुझिसकेका छौ– ड्रामामा उनीहरूको पार्ट हो यो मुसल (मिसाइल) आदि बनाउने। प्रेरणाको कुरा होइन। ड्रामा अनुसार विनाश त अवश्य हुनु नै छ। गायन गरिएको छ– महाभारत लडाइँमा मुसल काममा आयो। त्यसैले जे बित्यो त्यो फेरि रिपिट हुन्छ।

तिमीले ग्यारेन्टी गर्छौ– हामीले विश्वमा स्वर्ग स्थापना गर्छौँ, जहाँ एक धर्म हुनेछ। तिमीले यस्तो लेख्दैनौ– अनेक धर्म विनाश हुनेछन्। त्यो त चित्रमा लेखिएको छ– स्वर्गको स्थापना भयो भने त्यहाँ अरू कुनै धर्म हुँदैन। अहिले तिम्रो समझमा आउँछ। सबैभन्दा ठुलो पार्ट हुन्छ शिवको, ब्रह्माको र विष्णुको। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा– यी त धेरै गहन कुराहरू हुन्। विष्णुबाट ब्रह्मा कसरी बन्छन्, ब्रह्माबाट फेरि विष्णु कसरी बन्छन्, यो बुद्धिमान बच्चाहरूको बुद्धिमा तुरुन्त आउँछ। दैवी सम्प्रदाय त बन्छन् नै। एकको कुरा होइन। यी कुराहरूलाई तिमी बच्चाहरूले बुझेका छौ। दुनियाँमा एक जना मनुष्यले पनि बुझ्दैनन्। गर्न त लक्ष्मीनारायण वा विष्णुको पूजा पनि गर्छन् तर उनीहरूलाई यो थाहा छैन– विष्णुका नै दुई रूप लक्ष्मीनारायण हुन्, जसले नयाँ दुनियाँमा राज्य गर्छन्। बाँकी ४ हात भएको कुनै मनुष्य हुँदैन। सूक्ष्मवतनमा यो लक्ष्य-उद्देश्य देखाइन्छ प्रवृत्तिमार्गको। यो सारा विश्वको इतिहास भूगोल कसरी चक्कर लगाउँछ, यो कसैले जान्दैनन्। बाबालाई नै चिन्दैनन् भने बाबाको रचनालाई कसरी जान्न सक्छन्। बाबाले नै रचनाको आदि-मध्य-अन्त्यको ज्ञान बताउनुहुन्छ, ऋषिमुनिले पनि भन्थे– हामीले जान्दैनौँ। बाबालाई चिन्न सकियो भने रचनाको आदि-मध्य-अन्त्यलाई पनि जान्न सकिन्छ। बाबा भन्नुहुन्छ– म एकैपटक आएर तिमी बच्चाहरूलाई पनि सारा ज्ञान सम्झाउँछु फेरि आउँदिनँ। त्यसैले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछन् नै कसरी? बाबा स्वयं भन्नुहुन्छ– म सङ्गमयुग बाहेक कहिल्यै आउँदिनँ। मलाई बोलाउँछन् पनि सङ्गममा। पावन सत्ययुगलाई भनिन्छ, पतित कलियुगलाई भनिन्छ। त्यसैले अवश्य म पतित दुनियाँको अन्त्यमा आउँछु नि। कलियुगको अन्त्यमा आएर पतितबाट पावन बनाउँछु। सत्ययुग आदिमा पावन हुन्छन्, यो त सहज कुरा हो नि। मनुष्यले केही पनि बुझ्न सक्दैनन्– पतित-पावन बाबा कहिले आउनुहुन्छ। अहिले त कलियुगको अन्त्य भनिन्छ। यदि भन्छन्– कलियुगका अझै ४० हजार वर्ष बाँकी छन् भने अझ कति पतित बन्लान्! कति दुःख होला! सुख त हुँदैन। केही पनि थाहा नभएकाले बिल्कुलै घोर अन्धकारमा छन्। तिमीले बुझ्न सक्छौ। त्यसैले बच्चाहरू आपसमा भेट्नुछ। चित्रहरूमाथि राम्रो रीतिले सम्झाउनु पर्ने हुन्छ। यी चित्र आदि सबै पनि ड्रामा अनुसार निकालिएका छन्। बच्चाहरूले बुझेका छौ– जुन समय पास हुन्छ, त्यो ड्रामा हुबहु चलिरहन्छ। बच्चाहरूको अवस्था पनि कहिले तल, कहिले माथि भइरहन्छ। यी धेरै बुझ्नुपर्ने कुराहरू हुन्। कहिलेकाहीँ ग्रहदशा आएर बस्छ त्यसपछि त्यसलाई मेटाउनको लागि कति प्रयत्न गर्छन्।

बाबाले घरी घरी भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी देह अभिमानमा आउँछौ त्यसैले टक्कर हुन्छ, यसमा देही-अभिमानी बन्नुपर्छ। बच्चाहरूमा धेरै देह अभिमान छ। तिमी देही-अभिमानी बन्यौ भने बाबाको याद हुन्छ र सेवामा उन्नति गर्दै जान्छौ। जसलाई उच्च पद पाउनुछ ऊ सदा सेवामा लागिरहन्छ। तकदिरमा छैन भने फेरि तदबीर (पुरुषार्थ) पनि हुँदैन। आफैले भन्छन्– बाबा हामीलाई धारणा हुँदैन। बुद्धिमा बस्दैन, जसलाई धारणा हुन्छ उसलाई धेरै खुसी पनि हुन्छ। बुझेका छन्– शिवबाबा आउनुभएको छ, अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले राम्रो रीतिले बुझेर फेरि अरूलाई सम्झाऊ। कोही त सेवामा नै लागिरहन्छन्। पुरुषार्थ गरिरहन्छन्। यो पनि बच्चाहरूलाई थाहा छ– जुन सेकेन्ड बित्छ, त्यो ड्रामामा पहिल्यै निश्चित छ फेरि त्यसरी नै रिपिट हुन्छ। बच्चाहरूलाई सम्झाइन्छ, बाहिर भाषण आदिमा त सुन्नको लागि अनेक प्रकारका नयाँ नयाँ आउँछन्। तिमीले बुझेका छौ– गीता, वेद, शास्त्र आदिमाथि कति मनुष्यले भाषण गर्छन्, उनीहरूलाई यो कहाँ थाहा छ र– यहाँ ईश्वरले आफू र आफ्नो रचनाको आदि-मध्य-अन्त्यको राज सम्झाउनुहुन्छ। रचयिताले नै आएर सारा ज्ञान सुनाउनुहुन्छ। त्रिकालदर्शी बनाउने, यो बाबाको नै काम हो। शास्त्रहरूमा यी कुराहरू छैनन्। यी नयाँ कुराहरू हुन्। बाबाले बारम्बार सम्झाउनुहुन्छ– जहाँ पनि पहिला सुरुमा यो कुरा सम्झाऊ– गीताका भगवान को हुनुहुन्छ, श्रीकृष्ण वा निराकार शिव? यी कुराहरू तिमीले प्रोजेक्टरमा सम्झाउन सक्दैनौ। प्रदर्शनीमा चित्र सामुन्ने राखिएको हुन्छ, त्यसमा सम्झाएर तिमीले सोध्न सक्छौ। अब बताउनुहोस् गीताका भगवान को हुनुहुन्छ? ज्ञान सागर को हुनुहुन्छ? श्रीकृष्णलाई त भन्न सकिँदैन। पवित्रता, सुखशान्तिको सागर, मुक्तिदाता, पथप्रदर्शक को हुनुहुन्छ? सबैभन्दा पहिला त लेखाउनुपर्छ, फर्म भराउनुपर्छ फेरि सबैसँग सही गराएर राख्नुपर्छ।

(चराहरूको आवाज आयो) हेर कति झगडा गर्छन्। यस समयमा सारा दुनियाँमा लडाइँ झगडा नै छ। मनुष्य पनि आपसमा लडिरहन्छन्। मनुष्यमा नै बुझ्ने बुद्धि छ। ५ विकार पनि मनुष्यमा हुन्छ भनिन्छ। जनावरहरूको त कुरा नै छैन। यो हो विकारी विश्व। विश्व मनुष्यहरूको लागि नै भनिन्छ। कलियुगमा छन् आसुरी सम्प्रदाय, सत्ययुगमा छन् दैवी सम्प्रदाय। अहिले तिमीलाई यो सारा अन्तरको विषयमा थाहा छ। तिमीले सिद्ध गरेर बताउन सक्छौ। सिँढीमा पनि धेरै क्लियर देखाइएको छ। तल छन् पतित, माथि छन् पावन। यसमा धेरै क्लियर छ। सिँढी नै मुख्य हो– गिरती कला र चढ्तीकला। यो सिँढी धेरै राम्रो छ, यसमा यस्तो के थपौँ जसले गर्दा मनुष्यले बिल्कुलै राम्रो रीतिले बुझ्छन्– अवश्य यो पतित दुनियाँ हो, पावन दुनियाँ स्वर्ग थियो। यहाँ सबै पतित छन्, पावन एक जना पनि हुन सक्दैन। रातदिन यो ख्याल चल्नुपर्छ। आत्मप्रकाश बच्चाले लेख्छ– बाबा यो चित्र बनाऊँ, बाबा भन्नुहुन्छ– हुन्छ विचार सागर मन्थन गरेर कुनै पनि चित्र बनाऊ, तर सिँढी धेरै राम्रो बन्नुपर्छ। यसमाथि धेरै सम्झाउन सकिन्छ। ८४ जन्म पूरा गरेर फेरि पहिलो नम्बरको जन्म लिएका छन् फेरि गिरती कलाबाट चढ्तीकलामा जानुपर्छ, यसमा हरेकको विचार चल्नुपर्छ। नत्र सेवा कसरी गर्न सक्छौ। चित्रहरूमा सम्झाउन धेरै सहज हुन्छ। सत्ययुगपछि सिँढी ओर्लनुपर्छ। यो पनि बच्चाहरूलाई थाहा छ– हामी पार्टधारी कलाकारहरू हौँ। यहाँबाट ट्रान्सफर भएर सिधै सत्ययुगमा जाँदैनौँ, पहिला शान्तिधाममा जानुछ। हो, तिमीहरूमा पनि नम्बरवार छन् जसले आफूलाई यस ड्रामाका पार्टधारी सम्झन्छन्। दुनियाँमा यस्तो कसैले भन्न सक्दैन– हामी पार्टधारी हौँ। हामीले लेख्छौँ पनि– पार्टधारी कलाकारहरू भएर पनि ड्रामाका रचयिता, निर्देशक, ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्न सक्दैनौ भने उनीहरू एक नम्बरका बेसमझ हुन्। यो त भगवानुवाच हो। शिव भगवानुवाच ब्रह्मा तनद्वारा। ज्ञान सागर उहाँ निराकार हुनुहुन्छ, उहाँको आफ्नो शरीर छैन। यी धेरै बुझ्नुपर्ने युक्तिहरू हुन्। तिमी बच्चाहरूलाई धेरै नसा हुनुपर्छ, हामीले कहाँ कसैको ग्लानि गर्छौ र। यो त सही कुरा हो नि। जति पनि ठुलाबडा छन् ती सबैका चित्र तिमीले राख्न सक्छौ। सिँढी कसैलाई पनि देखाउन सक्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) विश्वमा सुखशान्तिको स्थापना गर्न वा स्वर्ग बनाउनको लागि आपसमा सेमिनार गर्नुछ, श्रीमतमा यस्तो सेवा गर्नुछ।

२) सेवामा उन्नति गर्न वा सेवाबाट उच्च पद पाउनको लागि देही-अभिमानी रहने मेहनत गर्नुछ। ज्ञानको विचार सागर मन्थन गर्नुछ।

वरदान:–
पवित्रताको आधारमा सुखशान्ति को अनुभव गर्ने नम्बरवन अधिकारी भव

जुन बच्चाहरूले “पवित्रता” को प्रतिज्ञालाई सदा स्मृतिमा राख्छन्, उनीहरूलाई सुखशान्तिको अनुभूति स्वतः हुन्छ। पवित्रताको अधिकार लिनमा नम्बरवन हुनु अर्थात् सर्व प्राप्तिहरूमा नम्बरवन बन्नु त्यसैले पवित्रताको फाउन्डेसनलाई कहिल्यै कमजोर नबनाउनु अनि मात्रै लास्ट सो फास्ट जानेछौ, यही धर्ममा सदा स्थित रहनु– जेसुकै भए पनि– चाहे व्यक्ति, चाहे प्रकृति, चाहे परिस्थितिले जतिसुकै हल्लाए पनि धरत परिये धर्म न छोड़िये (जतिसुकै विकट परिस्थिति भए पनि आफ्नो धारणा र मर्यादामा अटल रहनुछ)।

स्लोगन:–
व्यर्थबाट इनोसेन्ट (अनविज्ञ) बन्यौ भने सच्चा सच्चा सन्त बन्नेछौ।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन

बापदादा चाहनुहुन्छ– हरेक बच्चा एकरस श्रेष्ठ स्थितिका आसनधारी, एकान्तवासी, अशरीरी, एकता स्थापक, एकनामी, इकोनमीका अवतार बनुन्। एक अर्काको विचारहरूलाई बुझेर, सम्मान दिएर, एक अर्कालाई इसारा दिँदै लेनदेन गरेर आपसमा सङ्गठनको शक्तिको स्वरूप प्रत्यक्ष गर किनकि तिम्रो सङ्गठनको एकताको शक्ति सारा ब्राह्मण परिवारलाई सङ्गठनमा ल्याउन निमित्त बन्छ।