28.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी धेरै भाग्यशाली छौ किनकि तिमीलाई बाबाको याद सिवाय अरू कुनै चिन्ता छैन। यी बाबालाई त फेरि पनि धेरै ख्याल चल्छ।”

प्रश्न:–
बाबाको साथमा जो सपुत बच्चाहरू छन्, त्यसको निसानी के हुन्छ?

उत्तर:–
उनीहरूको बुद्धियोग एक बाबासँग जुटिरहन्छ, सेवाधारी हुन्छन्। राम्ररी पढेर अरूलाई पढाउँछन्। बाबाको दिलमा चढेका हुन्छन्। यस्ता सपुत बच्चाहरूले नै बाबाको नामलाई प्रसिद्ध बनाउँछन्। जसले पूरा पढ्दैनन्, उनीहरूले अरूलाई पनि बिगार्छन्। यो पनि ड्रामामा निश्चित छ।

गीत:–
ले लो दुआयें माँ-बाप की......

ओम् शान्ति ।
हरेक घरमा आमा-बुवा र २-४ बच्चाहरू हुन्छन् फेरि आशीर्वाद आदि माग्छन्। त्यो त हदको कुरा हो, यो हदको लागि गायन गरिएको हो। बेहदको कुरा कसैलाई पनि थाहा छैन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी बेहदका बाबाका बच्चा र बच्ची हौं। ती माता-पिता हुन् हदका, ले लो दुआयें हद के माता-पिता की। यहाँ हुनुहुन्छ बेहदका माता-पिता, ती हदका माता-पिताले पनि बच्चाहरूलाई सम्हाल्छन्। फेरि शिक्षकले पढाउँछन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यहाँ हुनुहुन्छ बेहदका माता-पिता। बेहदका शिक्षक, बेहदका सद्गुरु, परम पिता, शिक्षक, परमशिक्षक हुनुहुन्छ। सत्य बोल्ने, सत्य सिकाउने हुनुहुन्छ। बच्चाहरूमा नम्बरवार त हुन्छन् नि। लौकिक घरमा २-४ बच्चाहरू रहेछन् भने उनीहरूको कति सम्हाल गर्नुपर्छ। यहाँ कति धेरै बच्चाहरू छन्, कति सेन्टरहरूबाट बच्चाहरूका समाचार आउँछन्– यो बच्चा यस्तो छ, यसले सैतेनी व्यवहार गर्छ, यसले हैरान पार्छ, विघ्न ल्याउँछ। चिन्ता यी बाबालाई हुन्छ नि। प्रजापिता त यी हुन् नि। कति धेरै बच्चाहरूको ख्याल रहन्छ, त्यसैले बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू राम्ररी बाबाको यादमा रहन सक्छौ। यिनलाई हजारौं चिन्ता छ। एउटा चिन्ता त छ नै। हजारौं चिन्ता अरू हुन्छन्। कति धेरै बच्चाहरूलाई सम्हाल्नुपर्छ। माया पनि ठुलो दुस्मन हो नि। राम्रोसँग कसै कसैको खाल उतारिदिन्छ। कसैलाई नाकबाट, कसैलाई टुपीबाट पक्डन्छ। यो सबै त विचार गर्नुपर्छ। फेरि पनि बेहदका बाबाको यादमा रहनुपर्छ। तिमी हौ बेहदका बाबाका बच्चाहरू। जानेका छौ– बाबाको श्रीमतमा चलेर किन बाबाबाट पूरा वर्सा नलिने? सबै त एकरस चल्न सक्दैनन् किनकि यो राजधानी स्थापना भइरहेको छ, यो कुरा अरू कसैको बुद्धिमा आउन सक्दैन। यो हो धेरै उच्च पढाइ। बादसाही मिलेपछि फेरि–राज्यभाग्य कसरी स्थापना भयो? यो थाहा हुँदैन। यो राज्यभाग्यको स्थापना हुनु धेरै आश्चर्य छ। अहिले तिमी अनुभवी छौ। पहिला यिनलाई पनि म के थिएँ फेरि कसरी ८४ जन्म लिएँ भन्ने कहाँ थाहा थियो र! अहिले समझमा आएको छ, तिमीले पनि भन्छौ– बाबा हजुर उही हुनुहुन्छ, यो धेरै बुझ्नुपर्ने कुरा छ। अहिले नै बाबा आएर सबै कुरा सम्झाउनुहुन्छ। अहिले जो जति लखपति, करोडपति भए पनि, बाबा भन्नुहुन्छ– यो पैसा आदि सबै माटोमा मिल्छ। बाँकी समय नै कति छ। के के भइरहेको छ दुनियाँका समाचार तिमीले रेडियोमा अथवा अखबारमा सुन्छौ। दिनप्रतिदिन धेरै झगडा बढ्दै गइरहेको छ। धागो अल्झिइ नै रहन्छ। सबै आपसमा लडाइँ झगडा गरिरहन्छन्, मरिरहन्छन्। यस्तो तयारी भइरहेको छ, जसबाट बुझ्न सकिन्छ लडाइँ सुरु भयो कि भयो। दुनियाँले जान्दैन– यो के भइरहेको छ, के हुनेवाला छ! तिमीहरूमा पनि धेरै कम छन् जसले पूरै बुझ्छन् र खुसीमा रहन्छन्। यस दुनियाँमा हामी बाँकी थोरै दिन छौं। अब हामीलाई कर्मातीत अवस्थामा जानुछ। हरेकले आफ्नो लागि पुरुषार्थ गर्नुछ। तिमीले त पुरुषार्थ गर्छौ आफ्नो लागि। जसले जति गर्छ उसले त्यति फल पाउँछ। आफूले पुरुषार्थ गर्नुछ र अरूलाई पुरुषार्थ गराउनु छ। मार्ग बताउनुछ। यो पुरानो दुनियाँ समाप्त हुनुछ। अब बाबा आउनुभएकोछ नयाँ दुनियाँ स्थापना गर्न, त्यसैले विनाशभन्दा पहिला तिमीले नयाँ दुनियाँको लागि पढाइ पढ। भगवानुवाच– मैले तिमीलाई राजयोग सिकाउँछु। प्यारा बच्चाहरू! तिमीहरूले भक्ति धेरै गरेका छौ। आधाकल्प तिमी रावण राज्यमा थियौ नि। यो पनि कसैलाई थाहा छैन– राम कसलाई भनिन्छ? रामराज्यको स्थापना कसरी भयो? यो सबै तिमी ब्राह्मणले नै जानेका छौ। तिमीहरूमा पनि कोही त यस्ता छन्, जसले केही पनि जानेका छैनन्।

बाबाको साथमा सपुत बच्चाहरू ती हुन् जसले सबैको बुद्धियोग एक बाबासँग जुटाउँछन्। जो सेवाधारी छन्, जसले राम्ररी पढ्छन् उनीहरू बाबाको दिलमा चढ्छन्। कोही त फेरि नालायक पनि छन्, सर्भिसको सट्टा डिससर्भिस गर्छन् जसकारण बाबाबाट उनीहरूको बुद्धियोग टुटाइदिन्छन्। यो पनि ड्रामामा निश्चित छ। ड्रामा अनुसार यो हुनु नै छ। जसले पूरा पढ्दैनन् उनीहरूले के गर्छन्? अरूलाई पनि बिगार्छन्, त्यसैले बच्चाहरूलाई सम्झाइन्छ, बाबालाई अनुसरण गर, जति पनि बाबाको दिलमा चढेका सेवाधारी बच्चाहरू छन्, उनीहरूको सङ्गत गर। सोध्न सक्छौ कसको सङ्गत गर्ने? बाबाले तुरुन्तै बताइदिनुहुन्छ, यसको सङ्गत धेरै राम्रो छ। धेरै छन् जसले सङ्गत यस्तो गर्छन्, जसको रङ्ग पनि उल्टो चढ्छ। गाइन्छ पनि– सङ्ग तारे कुसङ्ग बोरे। कुसङ्ग लाग्यो भने एकदम खतम गरिदिन्छ। घरमा पनि दास-दासीहरू चाहिन्छन्। प्रजाका पनि नोकरचाकर सबै चाहिन्छ नि। यो सारा राजधानी स्थापना भइरहेको छ, यसमा धेरै विशालबुद्धि चाहिन्छ। बेहदका बाबा मिल्नुभएको छ त्यसैले श्रीमत लिएर त्यसमा चल। नत्र व्यर्थमा पद भ्रष्ट हुन्छ। यो पढाइ हो। यसमा अहिले फेल भयौ भने जन्मजन्मान्तर, कल्पकल्पान्तर फेल भइरहन्छौ। राम्ररी पढ्यौ भने कल्पकल्पान्तर राम्ररी पढिरहन्छौ। बुझिन्छ– यसले पूरा पढ्दैन भने के पद मिल्ला? स्वयं पनि सम्झन्छन्– मैले त केही सेवा गर्दिनँ। मभन्दा बुद्धिमान त धेरै छन्, बुद्धिमानलाई नै भाषणको लागि बोलाउँछन्। त्यसैले जो बुद्धिमान छन्, उच्च पद पनि उनीहरूले पाउने छन्। मैले यति सेवा गरिनँ भने उच्च पद पाउन सक्दिनँ। शिक्षकले त विद्यार्थीलाई पनि चिन्न सक्छन् नि। नित्य पढ्छन्, उनीहरूसँग रजिस्टर हुन्छ। पढाइको र चालचलनको पनि रजिस्टर हुन्छ। यहाँ पनि यस्तै हो, यहाँ फेरि मुख्य छ योगको कुरा। योग राम्रो छ भने चालचलन पनि राम्रो हुन्छ। पढाइमा फेरि कहीँ अहङ्कार आउँछ। यसमा सारा गुप्त मेहनत गर्नुछ यादको, त्यसैले नै धेरैको रिपोर्ट आउँछ– बाबा म योगमा रहन सक्दिनँ। बाबाले सम्झाउनुभएकोछ– योग शब्द निकालिदेऊ। बाबा जसबाट वर्सा मिल्छ, उहाँलाई तिमीले याद गर्न सक्दैनौ! आश्चर्य छ। बाबा भन्नुहुन्छ– हे आत्माहरू! तिमीले म बाबालाई याद गर्दैनौ, म तिमीलाई मार्ग बताउन आएको छु, तिमीले मलाई याद गर्यौ भने यस योग अग्निद्वारा पाप दग्ध हुन्छ। भक्तिमार्गमा मनुष्य कति धक्का खान जान्छन्। कुम्भको मेलामा कति चिसो पानीमा स्नान गर्छन्। कति कष्ट सहन गर्छन्। यहाँ त कुनै कष्ट छैन। जो फस्टक्लास बच्चाहरू छन् उनीहरू एक प्रियतमका सच्चा सच्चा प्रियतमा बनेर याद गरिरहन्छन्। घुमफिर गर्न जाँदा पनि एकान्तमा बगैँचामा बसेर याद गर्छन्। व्यर्थ कुरा आदि वार्तालापमा रहँदा वायुमण्डल बिग्रिन्छ। त्यसैले जति समय मिल्छ बाबालाई याद गर्ने अभ्यास गर। फस्टक्लास सच्चा प्रियतमका प्रियतमा बन। बाबा भन्नुहुन्छ– देहधारीको फोटो नराख। केवल एक शिवबाबाको फोटो राख, जसलाई याद गर्नुछ। यदि सम्झियौ, सृष्टि चक्रलाई पनि याद गरिरह्यौ भने त्रिमूर्ति र गोलाको चित्र फस्टक्लास छ, यसमा सारा ज्ञान छ। स्वदर्शन चक्रधारी, तिम्रो नाम अर्थ सहित छ। नयाँ कसैले पनि नाम सुने भने बुझ्न सक्दैनन्, यो तिमी बच्चाहरूले नै बुझ्छौ। तिमीहरूमा पनि कसैले राम्ररी याद गर्छन्। धेरै छन् जसले याद नै गर्दैनन्। आफ्नै नाश गरिदिन्छन्। पढाइ त धेरै सहज छ। बाबा भन्नुहुन्छ– साइलेन्सद्वारा तिमीले साइन्समाथि विजय पाउनुछ। साइलेन्स र साइन्स राशी एउटै छ। मिलेट्रीमा पनि ३ मिनेट साइलेन्स गराउँछन्। मनुष्यले पनि चाहन्छन् हामीलाई शान्ति मिलोस्। अहिले तिमीलाई थाहा छ– शान्तिको स्थान त हो नै ब्रह्माण्ड। जुन ब्रह्म महतत्त्वमा हामी आत्मा यति सानो बिन्दी रहन्छौं। त्यो सबै आत्माहरूको वृक्ष त आश्चर्यजनक होला नि। मानिसहरूले भन्छन् पनि– भृकुटीको बीचमा चम्कन्छ अजब सितारा। धेरै सानो सुनको टीका बनाएर यहाँ लगाउँछन्। आत्मा पनि बिन्दी छ, बाबा पनि आएर उसको नजिकै बस्नुहुन्छ। साधुसन्त आदि कसैले पनि आफ्नो आत्मालाई जानेका छैनन्। जबकि आत्मालाई नै जानेका छैनन् भने परमात्मालाई कसरी जान्न सक्छन्? केवल तिमी ब्राह्मणले नै आत्मा र परमात्मालाई चिनेका छौ। कुनै पनि धर्मकाले चिन्न सक्दैनन्। अहिले तिमीले नै जानेका छौ, कसरी यति सानो आत्माले सारा पार्ट खेल्छ। सत्सङ्ग त धेरै गर्छन्। केही पनि बुझ्दैनन्। यिनले पनि धेरै गुरु बनाए। अब बाबा भन्नुहुन्छ– यी सबै हुन् भक्तिमार्गका गुरु। ज्ञानमार्गको गुरु हुनुहुन्छ नै एक। डबल शिरताज राजाहरूको अगाडि सिङ्गल ताज भएका राजाहरूले शिर झुकाउँछन्, नमन गर्छन् किनकि उनीहरू पवित्र छन्। ती पवित्र राजाहरूका नै मन्दिर बनेका छन्। पतित गएर उनीहरूका अगाडि शिर झुकाउँछन् तर उनीहरूलाई यो कहाँ थाहा छ र, यी को हुन्, हामीले किन शिर झुकाउँछौ? सोमनाथका मन्दिर बनाएर पूजा त गर्छन् तर बिन्दीको पूजा कसरी गर्ने? बिन्दीको मन्दिर कसरी बन्छ? यी हुन् धेरै गहन कुरा। गीता आदिमा कहाँ यी कुरा छन् र! जो स्वयं मालिक हुनुहुन्छ, उहाँले नै सम्झाउनुहुन्छ। तिमीले अहिले जानेका छौ– कसरी यति सानो आत्मामा पार्ट भरिएको छ। आत्मा पनि अविनाशी छ, पार्ट पनि अविनाशी छ। आश्चर्य छ नि। यो सारा बनिबनाऊ खेल हो। भनिन्छ पनि– बनी बनाई बन रही... ड्रामामा जे निश्चित छ, त्यो त अवश्य हुन्छ। चिन्ताको कुरा छैन।

तिमी बच्चाहरूले अब आफूले आफैसँग प्रतिज्ञा गर्नुछ– जे भए पनि आँसु बगाउनेछैन। फलानो मर्यो, आत्माले गएर अर्को शरीर लियो, फेरि रुने के आवश्यकता? फर्केर त आउन सक्दैन। आँसु आयो, फेल भयो। त्यसैले बाबा भन्नुहुन्छ– प्रतिज्ञा गर, म कहिल्यै रुनेछैन। पर्बाह थियो पार ब्रह्ममा रहने बाबाको, उहाँ मिलेपछि बाँकी के चाहियो। बाबा भन्नुहुन्छ– तिमीले म बाबालाई याद गर। म एकैपटक आउँछु– यो राजधानी स्थापना गर्नको लागि। यसमा लडाइँ आदिको कुनै कुरा छैन। गीतामा देखाइएको छ– लडाइँ भयो, केवल पाण्डव बाँचे। उनीहरू कुकुरलाई साथमा लिएर पहाडमा गले। विजय पाए तर मरे। कुरा नै मिल्दैन। यी सबै दन्त्यकथा हुन्। यसलाई भक्तिमार्ग भनिन्छ।

बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई यसबाट वैराग्य हुनुपर्छ। पुरानो चीजसँग घृणा हुन्छ नि। घृणा कडा शब्द हो। वैराग्य शब्द मीठो छ। ज्ञान मिलिसकेपछि फेरि भक्तिबाट वैराग्य हुन्छ। सत्ययुग त्रेतामा त ज्ञानको प्रारब्ध २१ जन्मको लागि मिल्छ। त्यहाँ ज्ञानको आवश्यकता हुँदैन। फेरि जब तिमी वाममार्गमा जान्छौ तब सिँढी उत्रिन्छौ। अब हो अन्त्य। बाबा भन्नुहुन्छ– अब यस पुरानो दुनियाँबाट तिमी बच्चाहरूलाई वैराग्य आउनुपर्छ। तिमी अहिले शूद्रबाट ब्राह्मण बनेका छौ फेरि देवता बन्छौ। अरू मनुष्यले यी कुरा के जान्ने। बनाउन त विराट् रूपको चित्र बनाउँछन् तर त्यसमा न चोटी छ, न शिव। भनिदिन्छन्– देवता, क्षत्रिय, वैश्य, शूद्र। शूद्रबाट देवता कसरी कसले बनाउँछ, यो केही जानेका छैनन्। बाबा भन्नुहुन्छ– तिमी देवी-देवता कति धनवान थियौ फेरि त्यो सबै पैसा कहाँ गयो! शिर झुकाउँदा झुकाउँदा निधार खियाउँदै पैसा गुमायौ। हिजोको कुरा हो नि। तिमीलाई यो बनाएर गएको हुँ फेरि तिमी के बनेका छौ! अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) परचिन्तनको वार्तालापले वातावरण बिगार्नु छैन। एकान्तमा बसेर सच्चा सच्चा प्रियतमा बनेर आफ्नो प्रियतमलाई याद गर्नुछ।

२) आफूले आफैसँग प्रतिज्ञा गर्नुछ– कहिल्यै पनि रुने छैन। आँखाबाट आँसु बगाउने छैन। जो सेवाधारी बाबाको दिलमा चढेका छन् उनीहरूको नै सङ्गत गर्नुछ। आफ्नो रजिस्टर धेरै राम्रो राख्नुछ।

वरदान:–
पावरफुल वृत्तिद्वारा म न सा सेवा गर्ने विश्व कल्याणकारी भव

विश्वका तड्पिरहेका आत्माहरूलाई बाटो बताउनका लागि साक्षात् बाबासमान लाइट हाउस, माइट हाउस बन। लक्ष्य राख– हरेक आत्मालाई केही न केही दिनुछ। चाहे मुक्ति देऊ चाहे जीवनमुक्ति। सर्वप्रति महादानी र वरदानी बन। अहिले आआफ्नो स्थानको सेवा त गर्छौ तर एक स्थानमा रहेर मनसा शक्तिद्वारा वायुमण्डल, भाइब्रेसनद्वारा विश्व सेवा गर। यस्तो पावरफुल वृत्ति बनाऊ, जसबाट वायुमण्डल बन्छ, तब भनिन्छ विश्व कल्याणकारी आत्मा।

स्लोगन:–
अशरीरीपनको एक्सरसाइज र व्यर्थ सङ्कल्प रूपी भोजनको परहेजबाट स्वयंलाई तन्दुरुस्त बनाऊ।