28.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– अब
ड्रामाको चक्र पूरा हुन्छ , तिमी क्षीरखण्ड बनेर नयाँ दुनियाँमा आउ नुछ , त्यहाँ सबै
क्षीरखण्ड हुन् छन् , यहाँ नु नपानी छन्।”
प्रश्न:–
तिमी
त्रिनेत्री बच्चाहरू कुन नलेजलाई जानेर त्रिकालदर्शी बनेका छौ?
उत्तर:–
तिमीहरूलाई
अहिले सारा वर्ल्डको हिस्ट्री-जोग्राफीको नलेज मिलेको छ, सत्ययुगदेखि लिएर कलियुग
अन्त्यसम्मको हिस्ट्री-जोग्राफी तिमीलाई थाहा छ। तिमीहरूलाई ज्ञानको तेस्रो नेत्र
मिलेको छ– आत्माले एक शरीर छोडेर अर्को लिन्छ। संस्कार आत्मामा हुन्छन्। अब बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! नाम-रूपबाट न्यारा बन। आफूलाई आत्मा अशरीरी सम्झ।
गीत:–
धीरज धर मनुवा.......
ओम् शान्ति ।
कल्प-कल्प
बच्चाहरूलाई भनिन्छ र बच्चाहरूलाई थाहा छ, मनमा छ– छिट्टै सत्ययुग होस् र यो
दु:खबाट छुटौँ। तर ड्रामा धेरै बिस्तारै बिस्तारै चल्छ। बाबाले धैर्यता दिनुहुन्छ–
बाँकी थोरै दिन छन्। ठुलाबडाहरूद्वारा पनि दुनियाँ परिवर्तन हुनेछ भन्ने आवाज सुन्दै
जानेछौ। जति पनि पोप जस्ता ठुला ठुला छन्, उनीहरूले पनि भन्छन्– दुनियाँ परिवर्तन
हुँदैछ। ठिकै छ फेरि पिस (शान्ति) कसरी हुन्छ? यस समयमा सबै नुनपानी छन्। अहिले हामी
क्षीरखण्ड (मिलनसार) भइरहेका छौँ। उतातिर दिनप्रतिदिन नुनपानी हुँदै जान्छन्। आपसमा
लडेर झगडा गरेर खतम हुनेवाला छन्, तयारीहरू भइरहेका छन्। यो ड्रामाको चक्र अब पूरा
हुन्छ। पुरानो दुनियाँ पूरा हुन्छ। नयाँ दुनियाँको स्थापना भइरहेको छ। नयाँ दुनियाँ
सो पुरानो, पुरानो सो नयाँ दुनियाँ फेरि बन्छ। यसलाई दुनियाँको चक्र भनिन्छ जुन
घुमिरहन्छ। यस्तो होइन, लाखौँ वर्षपछि पुरानो दुनियाँ नयाँ हुन्छ। होइन। तिमी
बच्चाहरूले राम्रोसँग जानेका छौ, भक्ति बिल्कुलै अलग छ। भक्तिको कनेक्सन (सम्बन्ध)
रावणसँग छ। ज्ञानको कनेक्सन रामसँग छ। यो तिमीले अहिले बुझिरहेका छौ। अहिले बाबालाई
बोलाउँछन् पनि– हे पतित-पावन आउनुहोस्, आएर नयाँ दुनियाँ स्थापना गर्नुहोस् भनेर।
नयाँ दुनियाँमा अवश्य सुख हुन्छ। अहिले बच्चाहरू साना अथवा ठुला सबैले जानेका छन्–
अब घर जानुछ। यो नाटक पूरा हुन्छ। हामी फेरि सत्ययुगमा जान्छौँ फेरि ८४ जन्मको चक्र
लगाउनुछ। स्व आत्मालाई दर्शन हुन्छ– सृष्टि चक्रको अर्थात् आत्मालाई ज्ञानको तेस्रो
नेत्र मिलेको छ, त्यसलाई भनिन्छ त्रिनेत्री। अहिले तिमी त्रिनेत्री हौ र अरू सबै
मानिसहरूका यी स्थूल नेत्र छन्। ज्ञानको नेत्र कसैको छैन। त्रिनेत्री बन्यौ भने
त्रिकालदर्शी बन्छौ किनकि आत्मालाई ज्ञान मिल्छ नि। आत्माले नै एक शरीर छोडेर अर्को
लिन्छ। संस्कार आत्मामा रहन्छन्। आत्मा अविनाशी छ। अब बाबा भन्नुहुन्छ– नाम-रूपबाट
न्यारा बन। आफूलाई अशरीरी सम्झ। देह नसम्झ। यो पनि थाहा छ– हामीले आधाकल्पदेखि
परमात्मालाई याद गर्दै आएका छौँ। यहाँ जब धेरै दु:ख हुन्छ तब धेरै याद गर्छन्, अहिले
कति दु:ख छ। अगाडि यति दु:ख थिएन। बाहिरका आएदेखि नै यी राजाहरू पनि आपसमा लडेका
हुन्। छुट्टाछुट्टै भएका छन्। सत्ययुगमा त एउटै राज्य थियो।
अहिले हामीले
सत्ययुगदेखि लिएर कलियुग अन्त्यसम्मको हिस्ट्री-जोग्राफी बुझिरहेका छौँ।
सत्ययुग-त्रेतामा एउटै राज्य थियो। यस्तो एउटै डिनायस्टी (राजवंश) कसैको हुँदैन।
क्रिस्चियनमा पनि हेर कति फुट छ, त्यहाँ त सारा विश्व एउटाको हातमा हुन्छ। त्यो
केवल सत्ययुग-त्रेतामा नै हुन्छ। यो बेहदको हिस्ट्री-जोग्राफी अहिले तिमीहरूको
बुद्धिमा छ। अरू कुनै सत्सङ्गमा हिस्ट्री-जोग्राफी शब्द सुन्दैनौ। त्यहाँ त रामायण,
महाभारत आदि नै सुन्छन्। यहाँ ती कुराहरू छैनन्। यहाँ छ वर्ल्डको हिस्ट्री-जोग्राफी।
तिमीहरूको बुद्धिमा छ– सबैभन्दा उच्च हाम्रो बाबा हुनुहुन्छ। बाबालाई धन्यवाद छ जसले
सारा ज्ञान सुनाउनुभएको छ। एउटा छ आत्माहरूको वृक्ष, अर्को छ मानिसहरूको वृक्ष।
मानिसहरूको वृक्षमा माथि को छन्? ग्रेट ग्रेट ग्रेन्ड फादर ब्रह्मालाई नै भन्छन्।
यो जान्दछन्– ब्रह्मा मुख्य हुन् तर ब्रह्माको पछाडि के हिस्ट्री-जोग्राफी छ, यो
कसैले जान्दैनन्। अहिले तिमीहरूको बुद्धिमा छ– सर्वोच्च बाबा रहनु पनि हुन्छ
परमधाममा। फेरि सूक्ष्मवतनको विषयमा पनि तिमीहरूलाई थाहा छ। मानिस नै फरिस्ता बन्छन्,
त्यसैले सूक्ष्मवतन देखाइएको छ। तिमी आत्माहरू जान्छौ, शरीर त सूक्ष्मवतनमा जाँदैन।
कसरी जान्छन्, त्यसलाई भनिन्छ तेस्रो नेत्र, दिव्यदृष्टि अथवा ध्यान पनि भनिन्छ।
तिमीले ध्यानमा ब्रह्मा-विष्णु-शङ्करलाई देख्छौ। मानिसहरूले देखाउँछन्– शङ्करले आँखा
खोलेपछि विनाश हुन्छ। अब यसबाट त कसैले बुझ्न सक्दैनन्। अहिले तिमीलाई थाहा छ–
विनाश त ड्रामा अनुसार हुनु नै छ। आपसमा लडेर विनाश हुन्छन्। बाँकी शङ्करले के
गर्छन्! यो नाम ड्रामा अनुसार राखिदिएका छन्। त्यसैले सम्झाउनुपर्छ।
ब्रह्मा-विष्णु-शङ्कर तीन छन्। स्थापनाको लागि ब्रह्मालाई राखिएको छ, पालनाको लागि
विष्णुलाई, विनाशको लागि शङ्करलाई राखिएको छ। वास्तवमा यो बनिबनाउ ड्रामा हो।
शङ्करको पार्ट केही पनि छैन। ब्रह्मा र विष्णुको पार्ट त सारा कल्पमा छ। ब्रह्मा सो
विष्णु, विष्णु सो ब्रह्मा। ब्रह्माका पनि ८४ जन्म पूरा भए तब विष्णुका पनि पूरा भए।
शङ्कर त जन्ममरणबाट न्यारा छन् त्यसैले शिव र शङ्करलाई फेरि मिसाइदिएका छन्।
वास्तवमा शिवको त धेरै पार्ट छ, उहाँले पढाउनुहुन्छ।
भगवानलाई नलेजफुल
भनिन्छ। यदि उहाँले प्रेरणाले कार्य गर्नुहुन्थ्यो भने सृष्टिचक्रको ज्ञान कसरी
दिनुहुन्थ्यो! त्यसैले बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! प्रेरणाको त कुनै कुरा
नै छैन। बाबालाई त आउनुपर्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! ममा सृष्टि चक्रको
ज्ञान छ। मलाई यो पार्ट मिलेको छ त्यसैले मलाई नै ज्ञान सागर नलेजफुल भन्छन्। नलेज
केलाई भनिन्छ, त्यो त जब नलेज मिल्छ अनि थाहा हुन्छ। मिलेकै छैन भने अर्थ कसरी थाहा
हुन्छ। पहिला तिमीले पनि भन्थ्यौ– ईश्वरले प्रेरणा गर्नुहुन्छ। उहाँले सबै कुरा
जान्नुहुन्छ। हामीले जे पाप गर्छौं, त्यो ईश्वरले देख्नुहुन्छ। बाबा भन्नुहुन्छ– यो
धन्दा मैले गर्दिनँ। यहाँ त जस्तो कर्म गर्छन् त्यसको स्वयं नै सजाय भोग्छन्, मैले
कसैलाई सजाय दिन्नँ। न कुनै प्रेरणाले सजाय दिन्छु। मैले प्रेरणाले सजाय गरेँ भने
मानौँ मैले सजाय दिएँ। कसैलाई– यिनलाई मार भन्नु, यो पनि दोष हो। भन्नेवाला पनि
फस्छ। शङ्करले प्रेरणा दिए भने उनी पनि फस्छन्। बाबा भन्नुहुन्छ– म त तिमी
बच्चाहरूलाई सुखदिनेवाला हुँ। तिमीले मेरो महिमा गर्छौ– बाबा आएर दु:ख हरण गर्नुहोस्।
मैले कहाँ दु:ख दिन्छु र।
अहिले तिमी बच्चाहरू
बाबाको सम्मुख बसेका छौ त्यसैले कति खुसी हुनुपर्छ! यहाँ डाइरेक्ट भासना आउँछ।
बाबाले हामीलाई पढाउनुहुन्छ। यसलाई मेला भनिन्छ। सेन्टरहरूमा तिमी जान्छौ त्यहाँ
कुनै आत्मा, परमात्माको मेला भन्दैनन्। आत्मा परमात्माको मेला यहाँ लाग्छ। यो पनि
तिमीलाई थाहा छ– यहाँ मेला लागेको छ। बाबा बच्चाहरूको बीचमा आउनुभएको छ। आत्माहरू
सबै यहाँ छन्। आत्माले नै याद गर्छन्– बाबा आउनुहोस् भनेर। यो सबैभन्दा राम्रो मेला
हो। बाबा आएर सबै आत्माहरूलाई रावण राज्यबाट छुटाउनुहुन्छ। यो मेला राम्रो भयो नि,
जसबाट मानिस पारसबुद्धि बन्छन्। ती मेलाहरूमा त मानिस मैला हुन्छन्। पैसा बर्बाद
गरिरहन्छन्, मिल्ने केही पनि होइन। त्यसलाई मायावी, आसुरी मेला भनिन्छ। यो हो
ईश्वरीय मेला। रातदिनको फरक छ। तिमी पनि आसुरी मेलामा थियौ। अहिले छौ ईश्वरीय मेलामा।
तिमीलाई मात्र थाहा छ– बाबा आउनुभएको छ। सबैले जाने भने थाहा छैन कति भीड हुन्छ।
बस्नको लागि यति घर आदि कहाँबाट ल्याउने! अन्त्यमा गाउँछन् नि– अहो प्रभु तेरी लीला।
कुन लीला? सृष्टि परिवर्तन गर्ने लीला। यो हो सबैभन्दा ठुलो लीला। पुरानो दुनियाँ
खतम हुनुभन्दा पहिला नयाँ दुनियाँको स्थापना हुन्छ त्यसैले सदैव कसैलाई पनि
सम्झाउँदा पहिला स्थापना, विनाश फेरि पालना भन्नुछ। स्थापना पूरा भएपछि फेरि विनाश
सुरु हुन्छ, फेरि पालना हुन्छ। त्यसैले तिमी बच्चाहरूलाई यो खुसी हुन्छ– हामी
स्वदर्शन चक्रधारी ब्राह्मण हौँ। फेरि हामी चक्रवर्ती राजा बन्छौँ। यो कसैलाई थाहा
छैन, यी देवताहरूको राज्य कहाँ गयो। नामनिसान गुम भएको छ। देवताको सट्टा आफूलाई
हिन्दु भनिदिन्छन्। हिन्दुस्तानमा रहनेहरू हिन्दु हुन्। लक्ष्मी-नारायणलाई त यस्तो
कहिल्यै भन्दैनन्। उनीहरूलाई त देवता भनिन्छ। अब यो मेलामा ड्रामा अनुसार तिमी आएका
छौ। यो ड्रामामा निश्चित छ। बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ। तिमीहरूको जे जति
पार्ट चलिरहेको छ त्यही फेरि कल्पपछि चल्नेछ। यो चक्र घुमिरहन्छ। फेरि रावण राज्यमा
आसुरी पालना हुन्छ। तिमी अहिले ईश्वरीय बच्चा हौ फेरि दैवी बच्चा फेरि क्षत्रिय
बन्छौ। तिमी जो अपवित्र प्रवृत्तिका बनेका थियौ सो फेरि पवित्र प्रवृत्तिका बन्छौ।
हुन त यिनीहरू पनि दैवी गुणवाला मानिस हुन् नि। बाँकी यति भुजाहरू आदि दिइएका छन्,
विष्णु को हुन्, यो कसैले बताउन सक्दैनन्। महालक्ष्मीको पनि पूजा गर्छन्। जगत
अम्बासँग कहिल्यै धन माग्दैनन्। धन धेरै मिल्यो भने भन्छन्– लक्ष्मीको पूजा गर्यो
त्यसैले उनले भण्डार भरिदिइन्। यहाँ त तिमीले जगत अम्बाद्वारा पाइरहेका छौ परमपिता
परमात्मा शिवबाट, दिनेवाला उहाँ हुनुहुन्छ। तिमी बच्चाहरू बापदादाभन्दा पनि लक्की (भाग्यमानी)
छौ। हेर, जगदम्बाका कति मेला लाग्छन्, ब्रह्माका त्यति लाग्दैनन्। ब्रह्मालाई त एकै
ठाउँमा राखिएको छ, अजमेरमा ठुलो मन्दिर छ। देवीहरूका मन्दिर धेरै छन् किनकि यस समयमा
तिमीहरूको धेरै महिमा छ। तिमीले विश्वको सेवा गर्छौ। पूजा पनि तिमीहरूको धेरै हुन्छ।
तिमी लक्की छौ। जगत अम्बाको लागि यस्तो कहिल्यै भन्दैनन्– उनी सर्वव्यापी छिन्।
तिमीहरूको महिमा भइरहन्छ। ब्रह्मा, विष्णु, शङ्करलाई पनि सर्वव्यापी भन्दैनन्, मलाई
भनिदिन्छन्– कण कणमा हुनुहुन्छ, कति ग्लानि गर्छन्।
मैले तिमीहरूको कति
महिमा बढाउँछु। भारत माता की जय भन्छन् नि। भारत माता त तिमी हौ नि। धरती होइन। धरती
आदि जुन अहिले तमोप्रधान छ, सत्ययुगमा सतोप्रधान हुन्छ त्यसैले भन्छन्– देवताहरूका
पाउ पतित दुनियाँमा आउँदैनन्। जब सतोप्रधान धरती हुन्छ तब आउँछन्। अहिले तिमीहरू
सतोप्रधान बन्नुछ। श्रीमतमा चलेर बाबालाई याद गरिरह्यौ भने उच्च पद पाउँछौ। यो
ख्याल राख्नुछ। याद गर्यौ भने विकर्म विनाश हुन्छन्। श्रीमत मिलिरहन्छ। सत्ययुगमा त
तिमीहरूको आत्मा पवित्र कञ्चन हुन्छ तब शरीर पनि कञ्चन मिल्छ। सुनमा खाद (मिसावट)
परेमा फेरि गहना पनि त्यस्तै बन्छ। आत्मा झुटो भयो भने शरीर पनि झुटो। खाद पर्नाले
सुनको मूल्य पनि कम हुन्छ। तिमीहरूको मूल्य अहिले केही पनि छैन। पहिला तिमी विश्वका
मालिक २४ क्यारेट थियौ। अहिले ९ क्यारेट भनिन्छ। यहाँ बाबा बच्चाहरूसँग रुहरिहान
गर्नुहुन्छ। बच्चाहरूलाई बसेर बहलाउनुहुन्छ, जसबाट तिमीले सुन्दासुन्दै चेन्ज (परिवर्तन)
हुन्छौ। मानिसबाट देवता बन्छौ। त्यहाँ हीरा-जुहारतका महल हुन्छन्, स्वर्ग त फेरि
कस्तो होला! त्यहाँका सोमरस आदि पनि तिमीले पिएर आउँछौ। त्यहाँका फल नै यति ठुला
ठुला हुन्छन्। यहाँ त मिल्न सक्दैनन्। सूक्ष्मवतनमा त केही छैन। अहिले तिमी
प्राक्टिकलमा जान्छौ। यो हो आत्मा र परमात्माको मेला, यसबाट तिमी उज्ज्वल बन्छौ।
तिमी बच्चाहरू यहाँ
आएपछि फ्री हुन्छौ, घर व्यवहार धन्दा आदिको कुनै फिक्र हुँदैन। त्यसैले यहाँ
तिमीहरूलाई यादको यात्रामा रहने राम्रो चान्स छ। त्यहाँ त घर परिवार आदि याद
आइरहन्छ। यहाँ त केही छैन। यहाँ राती दुई बजे उठेर बस। सेन्टरहरूमा त तिमी रातमा
जान सक्दैनौ। यहाँ त सहज छ। शिवबाबाको यादमा आएर बस, अरू कोही याद नआओस्। यहाँ
तिमीहरूलाई मद्दत पनि मिल्छ। सबेरै (छिटै) सुत फेरि सबेरै उठ। ३ देखि ५ बजेसम्म आएर
बस। बाबा पनि आउनुहुन्छ र बच्चाहरू खुसी हुन्छन्। बाबाले योग सिकाउनुहुन्छ। यिन (ब्रह्मा)ले
पनि सिक्छन्। दुवै बाबा र दादा आउनुहुन्छ फेरि यहाँ र त्यहाँ योगमा बस्नुको फरक पनि
थाहा हुन्छ। यहाँ केही पनि याद आउँदैन, यसमा फाइदा धेरै छ। बाबा राय दिनुहुन्छ– यो
धेरै राम्रो हुनसक्छ। अब हेरौँ बच्चाहरू उठ्न सक्छन्? कतिको सबेरै उठ्ने अभ्यास छ।
तिमीहरूको संन्यास हो ५ विकारहरूको र वैराग्य हो सारा पुरानो दुनियाँबाट। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अहिले सृष्टि परिवर्तन गर्ने लीला चलिरहेको छ त्यसैले स्वयंलाई परिवर्तन गर्नुछ।
क्षीरखण्ड भएर रहनुछ।
२) सबेरै उठेर एक
बाबाको यादमा बस्नुछ, त्यस समयमा अरू कोही पनि याद नआओस्। पुरानो दुनियाँबाट बेहदको
वैरागी बनेर ५ विकारहरूको संन्यास गर्नुछ।
वरदान:–
बेहदको
स्थितिमा स्थित रह ेरै सेवाको लगावबाट न्यारा र प्यारा विश्व सेवाधारी भव
विश्व सेवाधारी
अर्थात् बेहदको स्थितिमा स्थित रहनेहरू। यस्ता सेवाधारी सेवा गर्दा पनि न्यारा र सदा
बाबाका प्यारा रहन्छन्। सेवाको लगावमा आउँदैनन् किनकि सेवाको लगाव पनि सुनको जन्जिर
हो। यो बन्धनले बेहदबाट हदमा ल्याउँछ। त्यसैले देहको स्मृतिबाट, ईश्वरीय सम्बन्धबाट,
सेवाका साधनहरूको लगावबाट न्यारा र बाबाका प्यारा बन्यौ भने विश्व सेवाधारीको वरदान
प्राप्त हुन्छ र सदा सफलता मिलिरहन्छ।
स्लोगन:–
व्यर्थ
सङ्कल्पहरूलाई एक सेकेन्डमा स्टप (बन्द) गर्ने रिहर्सल गर्यौ भने शक्तिशाली बन्छौ।