28.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी बाबाक हाँ आएका छौ आफ्नो तकदिर उच्च बनाउन , जति श्रीमतमा चल्छौ त्यति तकदिर उच्च ब न् छ। ”

प्रश्न:–
भक्तिको कुन चाहिँ बानी अहिले तिमी बच्चाहरूमा हुनुहुँदैन?

उत्तर:–
भक्तिमा अलिकति दुःख भयो, बिरामी भयो भने भन्छन्– हे राम! हे भगवान! हाय-हाय गर्ने बानी भक्तिमा हुन्छ। अब तिमीले कहिल्यै पनि मुखबाट यस्ता बोली निकाल्नुहुँदैन। तिमीले त भित्रभित्रै मीठो बाबालाई प्यारले याद गर्नुछ।

गीत:–
तकदीर जगाकर आई हूँ...

ओम् शान्ति ।
हरेक मानिसले पुरुषार्थ गर्छन्– सुख र शान्तिको तकदिर बनाउन। साधुसन्त, संन्यासी आदिले भन्छन्– हामीलाई शान्ति चाहिन्छ। दुःख हरण गर्नुहोस्, सुख दिनुहोस्! उनीहरूले सम्झन्छन्– भगवान नै मनुष्य मात्रको दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ। अब भगवानलाई त मानिसले चिनेका छैनन्। तिमीले त भन्छौ– शिवबाबा। ब्रह्मा, विष्णु, शङ्करलाई बाबा भनिँदैन। उनीहरू त देवता हुन्। भगवानलाई नै बाबा भनिन्छ, उहाँ हुनुहुन्छ निराकार, जसको पूजा गर्छन्। जान्दछन्– शिवबाबा सबैका बाबा हुनुहुन्छ। तर यो ख्याल आउँदैन, हामीले बाबा किन भन्छौँ। बाबा त एक लौकिक पनि हुन्छन्– यहाँ फेरि कुन चाहिँ पिता हुनुहुन्छ! यो कुरा आत्माले भन्छ– उहाँ निराकार पिता हुनुहुन्छ। उहाँ पनि निराकार हुनुहुन्छ, हामी आत्मा पनि निराकार हौँ। साकार बाबा हुँदाहुँदै पनि आत्माले उहाँ बाबालाई बिर्सदैन। परमपिता परमात्मा हुनुहुन्छ, हामी उहाँका बच्चा हौँ। यहाँ भन्छन्– परमपिता। अङ्ग्रेजीमा भन्छन्– गड फादर, सुप्रीम सोल, सबैभन्दा उच्च। लौकिक पिता त शरीरको रचयिता हुन् र उहाँ हुनुहुन्छ पारलौकिक पिता। बाबाले नै बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। सबैले बाबालाई याद गर्छन् किनकि बाबाबाट वर्सा मिल्छ। तिमी बाबाकहाँ आएका हौ नै वर्सा लिन। दुःखहर्ता, सुखकर्ता बाबाले नै आएर सुखको बाटो बताउनुहुन्छ। फेरि त्यहाँ स्वर्गमा दुःखको नामनिसान हुँदैन। यहाँ त धेरै दुःख छ नि, सबैले पुकार्छन्। अब त दुनियाँमा धेरै दुःख आउनेछ। कोही मरे भने कति दुःखी हुन्छन्। ‘हाय भगवान!’ भनेर रुन्छन्। उहाँ नै कल्याणकारी बाबा हुनुहुन्छ। उहाँको महिमा गाउँछौ भने अवश्य दुःख हरण गर्नुभएको छ, सुख दिनुभएको छ नि। बाबा आएर सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमी कल्प कल्प धेरै दुःखी पतित भएपछि पुकार्छौ– हे बाबा आउनुहोस्! म कल्प कल्प आउँछु नै, सङ्गममा। पावन दुनियाँको आदि र पतित दुनियाँको अन्त्यलाई सङ्गम भनिन्छ। यो एउटै सङ्गमयुग भनिन्छ। बाबा आउनुहुन्छ सबैको ज्योति जगाउन, दुःख हरेर सुख दिन। तिमीलाई थाहा छ– हामी पारलौकिक बाबाकहाँ आएका छौँ, जुन बाबा यिनमा प्रवेश गरेर आउनुभएको छ। बाबा स्वयम् भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर यिनको नाम ब्रह्मा राख्छु। तिमी सबै हौ ब्रह्माकुमार र कुमारीहरू। तिमीलाई यो निश्चय छ– बाबाबाट सुखको वर्सा लिन हामी ब्रह्माका सन्तान बनेका छौँ। यी लक्ष्मीनारायणको राज्यमा तिमी बच्चाहरूलाई नै सुख थियो। अहिले कलियुगमा दुःखधाम छ। त्यसपछि फेरि सत्ययुग आउनेछ। विश्वको इतिहास भूगोल रिपीट हुन्छ नि। सत्ययुगमा फेरि यी लक्ष्मीनारायणको नै राज्य हुनुपर्छ। यो चक्र घुमिरहन्छ। बाबाले सम्झाउनुभएको छ– तिमी नर्कवासी बनेका छौ, अब फेरि स्वर्गवासी बन्नुछ। तिमी देवीदेवताहरूको धेरै सानो वृक्ष थियो। अब तिमीलाई स्मृति आएको छ, हामीले नै ८४ जन्म लिएका छौँ। हामी सारा विश्वका मालिक थियौँ, फेरि पुनर्जन्म लिँदै आएका छौँ। अहिले तिम्रो यो ८४ जन्मको अन्त्यको पनि अन्त्य हो। दुनियाँ नयाँबाट पुरानो अवश्य हुनेछ। नयाँ दुनियाँ पावन थियो, अहिले पुरानो पतित दुनियाँ छ। यहाँ कति दुःखी कङ्गाल छन्। भारतवर्ष धेरै धनवान थियो। पवित्र गृहस्थ आश्रम थियो। पवित्र प्रवृत्तिमार्ग थियो, सम्पूर्ण निर्विकारी थिए, सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थिए। यी कुराहरू शास्त्रहरूमा छैनन्। शास्त्रहरू भक्तिमार्गका लागि हुन्। तिनमा भक्तिको रसमरिवाज नै छ। बाबासँग मिल्ने मार्ग शास्त्रहरूबाट मिल्न सक्दैन। सम्झन्छन् पनि– भगवान यहाँ आउनुछ, फेरि त्यहाँ पुग्ने त कुरै भएन। यज्ञ, तप आदि गर्नु– त्यो कुनै बाबासँग मिल्ने मार्ग होइन। भगवानलाई पुकार्छन् र भन्छन्– आउनुहोस्, आएर बाटो देखाउनुहोस्! हाम्रो आत्मा तमोप्रधान बनेको छ, जसकारण उड्न सक्दैन अर्थात् बाबाको पासमा जान सक्दैन। हुन त आत्माले एक शरीर छोडेर अर्को लिन्छ। कहाँको कहाँ जान्छ। अमेरिका पनि जान सक्छ। कसैको कोहीसँग सम्बन्ध रहेछ भने आत्मा तुरुन्तै एक सेकेन्डमा त्यहाँ उड्छ। बाँकी उडेर आफ्नो घर फर्केर जाने, यो कुरा हुन सक्दैन। पतित त्यहाँ जान सक्दैनन्, त्यसैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्! बाबा आउनुहुन्छ र आएर सम्झाउनुहुन्छ– सारा दुनियाँ पतित भएपछि मात्र म आउँछु। पतित दुनियाँमा एउटा पनि पावन हुँदैन। सबैले सम्झन्छन्– गङ्गा पतितपावनी हुन्, त्यसैले गङ्गा स्नान गर्न जान्छन्। तर पानीबाट त कोही पावन हुन सक्दैन। पुरानो दुनियाँ हो नै पतित, नयाँ दुनियाँ हो पावन। अहिले तिमी बेहदको बाबाबाट वर्सा लिन आएका छौ। तिमी पुण्यात्मा बन्नुछ। तिम्रो आत्मा सतोप्रधान थियो, त्यो अहिले तमोप्रधान छ। कुनै गङ्गा स्नानबाट फेरि सतोप्रधान बन्नेछैन। पतितहरूलाई पावन बनाउनु– यो त बाबाको नै काम हो। बाँकी त्यो पानीको नदी त सबै ठाउँमा छ। बादलबाट पानी बर्सन्छ, वर्सा सबैलाई मिल्छ। पानीको नदीले पावन बनाउने भए त सबैलाई पावन बनाइन्थ्यो। पावन बन्ने युक्ति बाबा नै आएर यिनीद्वारा बताउनुहुन्छ। यिनको आफ्नै आत्मा छ। बाबा भन्नुहुन्छ– मेरो आफ्नो शरीर छैन। कल्प कल्प यिनमा नै आउँछु तिमीलाई सम्झाउन। तिमीले आफ्ना जन्महरूलाई जान्दैनौ। कल्पको अवधि लाखौँ वर्ष भनिदिन्छन्।

बाबा भन्नुहुन्छ– यो ८४ जन्मको चक्र हो। ५ हजार वर्षमा ८४ लाख जन्म कसैले लिन सक्दैन। त्यसैले बाबा सम्झाउनुहुन्छ– स्वर्गमा तिमी १६ कला सम्पूर्ण थियौ, फेरि २ कला कम भए, फेरि बिस्तारै बिस्तारै कला कम हुँदै जान्छन्। नयाँ दुनियाँ सो फेरि पुरानो हुन्छ। द्वापर, कलियुगलाई पतित दुनियाँ भनिन्छ। यी कुराहरू कुनै शास्त्रहरूमा छैनन्। मलाई नै ज्ञानको सागर भन्छन्। मैले कहाँ कुनै शास्त्र पढ्छु र? मैले यस सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछु। भक्तिमार्गका मानिसहरूलाई यो ज्ञान हुन सक्दैन। त्यो सबै भक्तिको ज्ञान हो। गाउँछन् पनि– हामी पापी, नीच हौँ। हामीमा कुनै गुण छैन। आपेही तरस परोई... (आफूले आफैमाथि कृपा गर) यिनीहरूमाथि कृपा (तरस) गरिएको छ त्यसैले त मानिसबाट देवता बनेका छन्, यसलाई भनिन्छ उच्चभन्दा उच्च तकदिर। स्कुलमा तकदिर बनाउन जान्छन्। कोही न्यायाधीश, कोही इन्जिनियर बन्छन्। त्यो विकारी तकदिर हो, यहाँ तिम्रो हुन्छ ईश्वरद्वारा तकदिर, त्यसैले दुःखहर्ता सुखकर्ता भनेर बोलाउँछन्। देवता बनाउनको लागि बाबाबाहेक अरू कसैले पढाउन सक्दैन। बाबाले आत्माहरूसँग बसेर कुरा गरिरहनुभएको छ। आत्माले भन्छ– यो मेरो शरीर हो। शरीरले त मेरो आत्मा भन्दैन। शरीरभित्र आत्मा छ, आत्माले भन्छ– यो मेरो शरीर हो। मानिसहरूले भन्छन्– मेरो आत्मालाई नदुखाऊ। आत्मा शरीरमा नभए बोल्दा पनि बोल्दैन। आत्माले भन्छ– म एक शरीर छोडेर अर्को लिन्छु। हामीले अवश्य ८४ जन्म भोगेका छौँ, अनि हामी नर्कवासी बन्यौँ। अब फेरि तिमीले स्वर्गवासी बन्ने पुरुषार्थ गरिरहेका छौ। स्वर्गवासी त बाबाले नै बनाउनुहुनेछ। स्वर्ग भनिन्छ नै सत्ययुगलाई। यो जुन भन्छन्– फलानो स्वर्गवासी भयो, यो झुटै भन्छन्। यो त नर्क हो। कोही मर्दा भने भन्छन्– स्वर्ग जानुभयो, फेरि नर्कमा आएर खाना खाऊ भनेर किन बोलाउँछन्। स्वर्गमा त उनैलाई धेरै वैभव मिल्छन्, फेरि तिमीले नर्कमा किन बोलाउँछौ? मानिसहरूमा यति पनि समझ छैन। बाबा बसेर सम्झाउनुहुन्छ– अब यो कलियुग खतम हुनुछ, यसमा आगो लाग्नेछ। यी सबै खतम हुनेछन्। तिमी बच्चाहरू जसले बाबाबाट वर्सा लिन्छौ, तिमीहरूले सत्ययुगमा आएर राज्य गर्नेछौ। यी लक्ष्मीनारायणलाई यो वर्सा कसले दिनुभयो? बाबाले। तिमी अहिले बाबाद्वारा लायक बनिरहेका छौ। तिमीले भन्छौ– हामी नर्कवासीबाट स्वर्गवासी बनिरहेका छौँ। बाबा भन्नुहुन्छ– म स्वर्गवासी बन्दिनँ। म त परमधाममा रहन्छु। नर्कवासी-स्वर्गवासी तिमी बन्छौ। आत्माको निवासस्थान शान्तिधाम हो, फेरि तिमी सुखधाममा आउँछौ। यो हो नै दुःखधाम , यिनको अब विनाश हुनुछ। यो कसैलाई पनि थाहा छैन– भगवानले ब्रह्माको तनमा आएर राजयोग सिकाउनुहुन्छ। उनीहरूले सम्झन्छन्– श्रीकृष्ण आए, श्रीकृष्णको तनमा पनि भन्दैनन्। कृष्णलाई भगवान भन्न सकिँदैन। उनी त विश्वका मालिक हुन्। मुक्तिदाता सबैको एक हुनुहुन्छ, उहाँ हुनुहुन्छ सुप्रीम आत्मा, परम आत्मा। दुनियाँमा कुनै पनि सत्सङ्ग हुँदैन जहाँ यस्तो सम्झन्छन्– हामीले बाबाबाट स्वर्गको वर्सा लिन्छौँ। पतितबाट पावन बनाउने त एउटै बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म तिम्रो सच्चा गुरु हुँ, मैले तिमीलाई पावन बनाउँछु। बाँकी गङ्गाको पानीले पावन बनाउन सक्दैन। यो हो नै पापात्माहरूको दुनियाँ। जेसुकै गरे पनि सिँढी तल झर्नु नै छ। सतोप्रधानबाट तमोप्रधान बन्नु नै छ। तिमीले भक्ति गर्दैनौ। हाय राम! पनि भन्दैनौ। उहाँ त तिम्रो पिता हुनुहुन्छ, तिमीलाई पढाइरहनुभएको छ। हे भगवान आउनुहोस्! हे राम! पनि भन्नुपर्दैन। तर धेरैमा यो बानी परेको छ, त्यसैले यी शब्द निस्किहाल्छन्। तिमीलाई बाबा भन्नुहुन्छ– मलाई याद गरेमा विकर्म विनाश हुनेछन् र तिमी मेरो पासमा आउनेछौ। याद एकलाई नै गर्नुछ।

बाबा भन्नुहुन्छ– यो तिम्रो अन्तिम जन्म हो। अहिले वर्सा लियौ भने लियौ, फेरि कहिल्यै पाउन सक्नेछैनौ। बाबाले सम्झाउनुभएको छ, यी जसले आफूलाई हिन्दु हौँ भन्छन्, तिनीहरू वास्तवमा देवीदेवता धर्मका हुन्। क्रिस्चियन धर्मकाहरूले कहिल्यै नाम परिवर्तन गर्दैनन्। हुन त तमोप्रधान हुन्छन् तैपनि क्रिस्चियन धर्ममा नै हुन्छन्। तिमी देवीदेवता हौ तर पतित भएपछि आफूलाई हिन्दु भनिदिन्छौ, आफूलाई देवता भन्न सक्दैनौ। यो भुलेका छौ– हामी वास्तवमा देवीदेवता थियौँ। आफूलाई देवता धर्मका कसैले भन्दैनन् किनकि विकारी छन्। यो देह अभिमान हो। बच्चाहरूलाई धेरै राम्रोसँग सम्झाइन्छ। यहाँ कोही साधुसन्त आदि छैनन्। हामी व्यापारी हौँ, फलाना हौँ– यो सबै देह अभिमान हो। अब तिमी देहीअभिमानी बन्नुछ। देहीअभिमानी बन्नमा नै मेहनत छ। तिमीले बाबाबाट वर्सा लिनुछ भने बाबालाई याद गर्नुछ। कम कार डे, दिल यार डे...। तिमीहरू आशिक हौ, एक माशुकका। सबैको सद्गतिदाता एक मासुक हुनुहुन्छ। उहाँ आउनुहुन्छ नै सबैलाई सद्गति मिलेपछि मात्र, त्यसपछि स्वर्गको स्थापना हुन्छ, दुःखको नाम निसान हराएर जान्छ। अहिले तिमी बच्चाहरू यहाँ आएका छौ– बेहदको बाबाबाट स्वर्गको, २१ जन्मको लागि सदा सुखको वर्सा लिन। अरू कुनै पनि मनुष्य मात्रले कसैलाई स्वर्गको मालिक बनाउन सक्दैनन्। शिवबाबाले यहाँ नै आएर विश्वलाई स्वर्ग बनाउनुहुन्छ। शिवजयन्ती पनि मनाउँछन् तर बाबाबाट हामीलाई स्वर्गको वर्सा मिल्छ भन्ने बिर्सेका छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) पढाइको आधारमा आफ्नो तकदिर उच्च बनाउनुछ, मनुष्यबाट देवता बन्नुछ। पावन बनेर घर जानुछ, फेरि नयाँ दुनियाँमा आउनुछ।

२) हातले काम गर्दै एक बाबाको यादमा रहनुछ। कुनै पनि उल्टो कुरा न सुन्नुछ, न सुनाउनुछ।

वरदान:–
सदा आफ्नो पवित्र स्वरूपमा स्थित रह ेर गुणरूपी मोती टिप्ने होलीहंस भव

तिमी होली हंसहरूको स्वरूप हो पवित्र र कर्तव्य हो सदैव गुणहरू रूपी मोती टिप्ने। अवगुण रूपी कङ्कड कहिल्यै पनि बुद्धिले स्वीकार नगरोस्। तर यस कर्तव्यलाई पालना गर्नको लागि सदैव एक आज्ञा याद रहोस्– न नराम्रो सोच्नुछ, न नराम्रो सुन्नुछ, न नराम्रो देख्नुछ, न नराम्रो बोल्नुछ... जसले यस आज्ञालाई सदा स्मृतिमा राख्छन् उनीहरू सदा सागरको किनारमा रहन्छन्। हंसहरूको ठेगाना हो नै सागर।

स्लोगन:–
हिँड्दाडुल्दा फरिस्ता स्वरूपमा रहनु– यही ब्रह्मा बाबालाई मन पर्ने सौगात हो।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

सदा अचल अडोल रहनको लागि स्वउन्नति र सेवाको उन्नतिमा सदा व्यस्त होऊ, सर्वप्रति शुभभावना राख। सम्बन्धको आधारमा होइन सेवाको सम्बन्धले पार्ट खेल। विनाशी साधनहरूलाई सहारा वा आधार नबनाऊ। यी सबै निमित्त मात्र हुन्, सेवाप्रति हुन्। सेवा अर्थ कार्यमा लगाऊ र न्यारा बन। साधनहरूको आकर्षणमा मन आकर्षित हुनुहुँदैन।