28.07.24    Avyakt Bapdada     Nepali Murli    31.12.20     Om Shanti     Madhuban


“बचतको खातामा जम्मा गरेर अखण्ड महादानी बन”


आज नवयुग रचयिताले आफ्ना नवयुग अधिकारी बच्चाहरूलाई देखिरहनु भएको छ। आज पुरानो युगमा साधारण छौ र भोलि नयाँ युगमा पूज्य राज्य अधिकारी हुनेछौ। यो आज र भोलिको खेल हो। आज के र भोलि के हो! जो अनन्य ज्ञानी आत्मा बच्चाहरू छन्, उनीहरूको सामुन्ने आउनेवाला भोलि पनि त्यति नै स्पष्ट छ, जति आज स्पष्ट छ। तिमीहरू सबै त नयाँ वर्ष मनाउन आएका छौ तर बापदादाले नयाँ युग देखिरहनु भएको छ। नयाँ वर्षमा त हर एकले आ-आफ्नो नयाँ प्लान बनाएका नै छौ। आज पुरानोको समाप्ति हो, समाप्तिमा सारा वर्षको रिजल्ट देखिन्छ। त्यसैले आज बापदादाले पनि हरेक बच्चाको वर्षभरिको रिजल्ट हेर्नुभयो। बापदादालाई त हेर्न समय लाग्दैन। आज विशेष सबै बच्चाहरूको जम्माको खाता हेरियो। पुरुषार्थ त सबै बच्चाहरूले गरेका छन्, यादमा पनि रहे, सेवा पनि गरे, सम्बन्ध-सम्पर्कमा पनि लौकिक वा अलौकिक परिवारमा कर्तव्य निभाएका छन्, तर यी तीन कुरामा जम्माको खाता कति भयो? आज वतनमा बापदादाले जगत अम्बा माँलाई इमर्ज गर्नुभयो। (खोकी लाग्यो) आज बाजा अलिकति बिग्रेको छ, बजाउन त पर्यो नि। बापदादा र मम्माले मिलेर सबैको बचतको खाता हेर्नुभयो। बचत गरेर जम्मा कति भयो! के देख्नुभयो होला? नम्बरवार त सबै छन् नै तर जति जम्माको खाता हुनुपर्छ, त्यति खातामा जम्मा कम थियो। त्यसैले जगत अम्बा माँले प्रश्न सोध्नुभयो– यादको सब्जेक्टमा कति बच्चाहरूको लक्ष्य राम्रो पनि छ, पुरुषार्थ पनि राम्रो छ, फेरि जम्माको खाता जति हुनुपर्छ, त्यति कम किन? कुरा, रूहरिहान चल्दा-चल्दै यही रिजल्ट निस्कियो– योगको अभ्यास त गरि नै रहेका छन् तर योगको स्टेजको प्रतिशत साधारण हुनाले जम्माको खाता साधारण नै छ। योगको लक्ष्य राम्रो छ तर योगको रिजल्ट हो– योगयुक्त, युक्तियुक्त बोली र चालचलन, त्यसमा कमी हुनाले योग लगाउने समयमा योगमा त राम्रा छन्, तर योगी अर्थात् योगको जीवनमा प्रभाव, यसरी जम्माको खाता कुनै कुनै समयको जम्मा हुन्छ, तर सारा समय जम्मा हुँदैन। चल्दा-चल्दै यादको प्रतिशत साधारण हुन्छ। त्यसमा धेरै जम्माको खाता थोरै हुन्छ।

दोस्रो– सेवाको रूहरिहान चल्यो। सेवा त धेरै गर्छन्, दिनरात बिजी पनि रहन्छन्। प्लान पनि धेरै राम्रा राम्रा बनाउँछन् र सेवामा वृद्धि पनि धेरै राम्रो भइरहेको छ। फेरि पनि धेरैजसोको जम्माको खाता कम किन? रूहरिहानमा यो निस्कियो– सेवा त सबैले गरिरहेका छन्, आफूलाई बिजी राख्ने पुरुषार्थ पनि राम्रो गरिरहेका छन्। फेरि कारण के हो? यही कारण निस्कियो, सेवाको बल पनि मिल्छ, फल पनि मिल्छ। बल हो स्वयंको दिलको सन्तुष्टता र फल हो सर्वको सन्तुष्टता। यदि सेवा गर्यौ, मेहनत र समय लगायौ तर दिललाई सन्तुष्टता र सर्वलाई सन्तुष्टता, चाहे साथी, चाहे जसको सेवा गर्छौ, दिलमा सन्तुष्टता अनुभव गरुन्, धेरै राम्रो, धेरै राम्रो भनेर जाउन्– यस्तो होइन। दिलमा सन्तुष्टताको लहर अनुभव होस्। केही मिल्यो, धेरै राम्रोसँग सुने, त्यो अलग कुरा हो। केही मिल्यो, केही पाए, जसलाई बापदादाले पहिला पनि सुनाउनुभयो– एउटा हुन्छ दिमागसम्म तीर लाग्नु र अर्को हुन्छ दिलमा तीर लाग्नु। यदि सेवा गर्यौ अनि स्व को सन्तुष्टता, आफूलाई खुसी पार्ने सन्तुष्टता होइन, धेरै राम्रो भयो, धेरै राम्रो भयो, होइन। दिलले मानोस् स्वको पनि र सर्वको पनि। र, दोस्रो कुरा– सेवा गर्यौ र त्यसको रिजल्ट आफ्नो मेहनत वा मैले गरेँ... मैले गरेँ, यो स्वीकार गर्नु अर्थात् सेवाको फल खायौ। जम्मा भएन। बापदादाले गराउनुभयो, बापदादातिर अटेन्सन दिलायौ, आफ्नो आत्मातिर होइन। यी बहिनी धेरै राम्री, यो भाइ धेरै राम्रो, होइन। बापदादा यिनीहरूको धेरै राम्रो, यो अनुभव गराउनु– यो हो जम्माको खाता बढाउनु। त्यसैले देखियो– टोटल रिजल्टमा मेहनत ज्यादा, समय इनर्जी ज्यादा र थोरै-थोरै सो ज्यादा, त्यसैले जम्माको खाता कम हुन्छ। जम्माको खाताको चाबी धेरै सहज छ, त्यो डाइमण्ड चाबी हो, गोल्डेन चाबी लगाउँछौ तर जम्माको डाइमण्ड चाबी हो “निमित्त भाव र निर्माण भाव”। यदि हरेक आत्माप्रति, चाहे साथी, चाहे सेवा जुन आत्माको गर्छौ, दुवैमा सेवाको समय, अगाडि पछाडि होइन, सेवा गर्ने समय निमित्त भाव, निर्माण भाव, निःस्वार्थ शुभभावना र शुभस्नेह इमर्ज होस्, तब जम्माको खाता बढ्दै जानेछ।

बापदादाले जगत अम्बा माँलाई देखाउनुभयो– यस विधिले सेवा गर्नेवालाको जम्माको खाता कसरी बढ्दै जान्छ। बस्, सेकेन्डमा अनेक घण्टाको जम्मा खाता जम्मा हुन्छ। मानौं टिक-टिक-टिक जोडले छिटो-छिटो गर, यसरी मेसिन चल्छ। जगत अम्बा धेरै खुसी भइरहेकी थिइन्– जम्माको खाता, जम्मा गर्न त धेरै सहज छ। दुवैको (बापदादा र जगत अम्बाको) राय भयो– अहिले नयाँ वर्ष सुरु भइरहेको छ त्यसैले जम्माको खाता चेक गर, सारा दिनमा गल्ती त गर्दिन तर समय, सङ्कल्प, सेवा, सम्बन्ध-सम्पर्कमा स्नेह, सन्तुष्टताद्वारा जम्मा कति गरेँ? कति बच्चाहरूले केवल यो चेक गरिरहन्छन्– आज नराम्रो केही भएन। कसैलाई दु:ख दिइन। तर अब यो चेक गर– सारा दिनमा श्रेष्ठ सङ्कल्पको खाता कति जम्मा गरेँ? श्रेष्ठ सङ्कल्पद्वारा सेवाको खाता कति जम्मा भयो? कति आत्माहरूलाई कुनै पनि कार्यबाट सुख कतिलाई दिएँ? योग लगायौ तर योगको प्रतिशत कस्तो प्रकारको रह्यो? आजको दिन आशीर्वादको खाता कति जम्मा गरेँ?

यस नयाँ वर्षमा के गर्नु छ? जे पनि गर्छौ चाहे मनसा, चाहे वाचा, चाहे कर्मणा तर समय अनुसार मनमा यो धुन लागिरहोस्– मलाई अखण्ड महादानी बन्नु नै छ। अखण्ड महादानी, महादानी होइन, अखण्ड। मनसाद्वारा शक्तिको दान, वाचाद्वारा ज्ञानको दान र आफ्नो कर्मद्वारा गुण दान। आजकाल दुनियाँमा, चाहे ब्राह्मण परिवारको दुनियाँ, चाहे अज्ञानीहरूको दुनियाँमा सुन्नुको सट्टा देख्न चाहन्छन्। देखेर गर्न चाहन्छन्। तिमीहरूलाई सहज किन भयो? ब्रह्माबाबालाई कर्ममा गुण दानमूर्त देख्यौ। ज्ञान दान त गर्छौ नै तर यस वर्षमा विशेष ध्यान राख– हर आत्मालाई गुणदान अर्थात् आफ्नो जीवनको गुणद्वारा सहयोग दिनु छ। ब्राह्मणहरूलाई दान त गरिदैन नि, सहयोग देऊ। जेसुकै होस्, कोही जतिसुकै अवगुणधारी होस्, तर म आफ्नो जीवनद्वारा, कर्मद्वारा, सम्पर्कद्वारा गुणदान अर्थात् सहयोगी बन्नु छ। यसमा अरूलाई नहेर्नु, यसले गर्दैन भने मैले कसरी गरूँ, यो पनि त यस्तो नै छ। ब्रह्माबाबाले केवल शिवबाबालाई हेर्नुभयो। तिमी बच्चाहरूले यदि हेर्नु छ भने ब्रह्माबाबालाई हेर। यसमा अरूलाई नहेर, यो लक्ष्य राख, जसरी ब्रह्माबाबाको स्लोगन थियो– जो ओटे सो अर्जुन अर्थात् जसले स्वयंलाई निमित्त बनाउँछ, ऊ नम्बरवन अर्जुन हुनेछ। ब्रह्माबाबा अर्जुन नम्बरवन बन्नुभयो। यदि अरूलाई देखेर गर्यौ भने नम्बरवन बन्दैनौ। नम्बरवारमा आउँछौ, नम्बरवन बन्दैनौ। जब हात उठाउन लगाइन्छ, त्यतिबेला सबै नम्बरवारमा हात उठाउँछौ कि नम्बरवनमा उठाउँछौ? त्यसोभए के लक्ष्य राख्नेछौ? अखण्ड गुणदानी, अटल, कसैले जतिसुकै हल्लाओस्, हल्लिनु छैन। हरेकले एकअर्कालाई भन्छन्– सबै यस्तै छन् तिमीले यसरी आफूलाई किन मार्छौ, तिमी पनि मिल। कमजोर बनाउने साथी धेरै मिल्छन्। तर बापदादालाई चाहिन्छ हिम्मत, उमङ्ग बढाउने साथी। बुझ्यौ के गर्नु छ? सेवा गर तर जम्माको खाता बढाउँदै गर, खुब सेवा गर। पहिला स्वयंको सेवा, फेरि सर्वको सेवा। अर्को पनि एउटा कुरा बापदादाले नोट गर्नुभयो, सुनाऊँ?

आज चन्द्रमा र सूर्यको मिलन थियो नि। जगत अम्बा माँले भन्नुभयो– एडभान्स पार्टीले कहिलेसम्म प्रतीक्षा गर्ने? किनकि जब तिमीहरू एडभान्स स्टेजमा पुग्छौ तब एडभान्स पार्टीको कार्य पूरा हुन्छ। जगत अम्बा माँले आज बापदादालाई एकदमै बिस्तारै, बडो तरिकाले एउटा कुरा सुनाउनुभयो, त्यो एउटा कुनचाहिँ कुरा सुनाउनुभयो? बापदादाले त जान्नुहुन्छ, फेरि पनि आज रूहरिहान थियो नि। त्यसैले के भन्नुभयो– मैले पनि चक्कर लगाउँछु, मधुबनमा पनि लगाउँछु भने सेन्टरहरूमा पनि लगाउँछु। हाँस्दै हाँस्दै, जसले जगत अम्बालाई देखेका छन्, उनीहरूलाई थाहा छ– हाँसो हाँसोमा इसारामा भन्नुहुन्छ, सीधा बोल्नुहुन्न। त्यसैगरी भन्नुभयो– आजकाल एक विशेषता देखिन्छ, कुनचाहिँ विशेषता? भन्नुभयो– आजकाल धेरै प्रकारका अलबेलापन आएका छन्। कसैभित्र कुन प्रकारको अलबेलापन छ, कसैभित्र कुन प्रकारको अलबेलापन छ। हुनेछ, गर्नेछु... अरूले पनि त गरिरहेका छन्, मैले पनि गर्नेछु... यो त भइ नैहाल्छ, चलिहाल्छ... यो भाषा अलबेलापनको सङ्कल्पमा त छ नै तर बोलीमा पनि छ। बापदादाले भन्नुभयो– यसको लागि नयाँ वर्षमा तपाईले बच्चाहरूलाई कुनै युक्ति सुनाउनु छ। तिमीहरू सबैलाई थाहा छ– जगत अम्बा माँको एउटा सदा धारणाको स्लोगन थियो, याद छ? कसलाई याद छ? (हुक्मी हुकुम चलाए रहा...) जगत अम्बाले भन्नुभयो, यदि यो धारणा सबैले गरे– हामीलाई बापदादाले चलाइरहनु भएको छ, उहाँको हुकुमले हर कदम चलाइरहेको छु। यदि यो स्मृति रह्यो– हामीलाई चलाउने डाइरेक्ट बाबा हुनुहुन्छ। अनि कहाँ नजर जान्छ? चल्नेवालाको, चलाउनेतिर नै नजर जानेछ, अरूतिर होइन। यसरी करावनहारले निमित्त बनाएर गराइरहनु भएको छ, चलाइरहनु भएको छ। जिम्मेवार करावनहार हुनुहुन्छ। फेरि सेवामा जुन टाउको भारी हुन्छ नि, त्यो सदा हल्का हुन्छ, रूहे गुलाब जस्तै। बुझ्यौ, के गर्नु छ? अखण्ड महादानी। अच्छा!

नयाँ वर्ष मनाउनको लागि सबै दौडी दौडी आइपुगेका छौ। राम्रो छ, हाउस फुल भएको छ। राम्रो पानी त मिलेको छ नि! मिल्यो पानी? फेरि पनि पानीको लागि मेहनत गर्नेहरूलाई बधाई छ। यति हजारौंको लागि पानी पुर्याउनु, कुनै दुई चार बाल्टी त होइन नि! ठीकै छ भोलिबाट त चलाचलीको मेला हुन्छ। सबै आरामले रह्यौ! तुफानले अलिकति पेपर लियो। थोरै हावा लाग्यो। सबै ठीक रह्यौ? पाण्डव ठीक रह्यौ? राम्रो छ, कुम्भको मेला भन्दा त राम्रो छ नि! तीन पाउ पृथ्वी त मिल्यो नि। खटिया मिलेन तर तीन पाउ पृथ्वी त मिल्यो हैन!

नयाँ वर्षमा चारैतिरका बच्चाहरूले पनि विदेशमा पनि, देशमा पनि बुद्धिद्वारा नयाँ वर्षको उत्सव देखिरहेका छन्, कानद्वारा सुनिरहेका छन्। मधुबनमा पनि देखिरहेका छन्। मधुबन निवासीले पनि यज्ञ रक्षक बनेर सेवाको पार्ट खेलेका छौ, धेरै राम्रो! बापदादा विदेश वा देशवालाको साथमा मधुबन वासीहरूलाई पनि जो सेवाको निमित्त छन्, उनीहरूलाई पनि बधाई दिइरहनु भएको छ। अच्छा! बाँकी त कार्ड धेरै आएका छन्। तिमीहरू सबैले पनि देखिरहेका छौ नि धेरै कार्ड आएका छन्। कार्ड त कुनै ठुलो कुरा होइन तर यसमा लुकेको छ दिलको स्नेह। बापदादाले कार्डको शोभा हेर्नुहुन्न तर कति मूल्यवान दिलको स्नेह भरिएको छ, सबैले आ-आफ्नो दिलको स्नेह पठाएका छन्। यस्ता स्नेही आत्माहरूको विशेष एक एकको नाम त लिइँदैन नि! तर बापदादाले कार्डको सट्टामा यस्ता बच्चाहरूको स्नेह भरिएको रिगार्ड दिइरहनु भएको छ। याद पत्र, टेलीफोन, कम्प्युटर, ई-मेल जति पनि साधन छन्, ती सबै साधनहरू भन्दा पहिला सङ्कल्पद्वारा नै बापदादाको पासमा पुगिहाल्छ फेरि तिम्रो कम्प्युटर र ई-मेलमा आउँछ। बच्चाहरूको स्नेह बापदादाको पासमा हर समय पुगि नै हाल्छ। तर आज विशेष नयाँ वर्षको कतिले प्लान पनि लेखेका छन्, प्रतिज्ञा पनि गरेका छन्, बितेकोलाई जे भयो भयो भनेर अगाडि बढ्ने हिम्मत पनि राखेका छन्। सबैलाई बापदादाले भनिरहनु भएको छ धेरै धेरै स्याबास प्यारा बच्चाहरू, स्याबास।

तिमीहरू सबै खुसी भइरहेका छौ नि! त्यस्तै तिनीहरू पनि खुसी भइहेका छन्। अहिले बापदादाको दिलको यही आश छ– “दाताका बच्चा हरेक दाता बन।” नमाग– यो मिल्नुपर्छ, यो हुनुपर्छ, यो गर्नुपर्छ। दाता बन, एक अर्कालाई अगाडि बढाउनमा विशालदिल बन। बापदादालाई सानाले भन्छन्– हामीलाई बडाको प्यार चाहिन्छ र बाबाले सानालाई भन्नुहुन्छ– बडाको रिगार्ड राख्यौ भने प्यार मिल्छ। रिगार्ड दिनु नै रिगार्ड लिनु हो। रिगार्ड यतिकै मिल्दैन। दिनु नै लिनु हो। जबकि तिम्रो जड चित्रले दिन्छन्। देवताको अर्थ नै हो दिनेवाला। देवीको अर्थ नै हो दिनेवाली। तिमी चैतन्य देवी देवताहरू दाता बन, देऊ। यदि सबै दिनेवाला दाता बन्यौ भने लिनेवाला त खतम हुन्छन् नि! फेरि चारैतिर सन्तुष्टताको, रुहानी गुलाबको सुगन्ध फैलिनेछ। सुन्यौ!

नयाँ वर्षमा न पुरानो भाषा बोल्नु, जुन पुरानो भाषा कोही-कोहीले बोल्छन्, जुन राम्रो लाग्दैन, त्यसैले पुरानो बोली, पुरानो चाल, पुरानो कुनै पनि बानीले मजबुर नबन्नु। हर कुरामा आफैसँग सोध्नु– नयाँ कुरा के गरेँ? बस्, केवल २१ औं शताब्दी मनाउनु छ। २१ जन्मको वर्सा सम्पूर्ण २१ औं शताब्दीमा पाउनु नै छ। पाउनु छ नि! अच्छा!

चारैतिरका नवयुग अधिकारी श्रेष्ठ आत्माहरूलाई, सर्व बच्चाहरूलाई, जो सदा हर कदममा पदम जम्मा गर्ने आत्माहरू छन्, सदा आफूलाई ब्रह्माबाबा समान सर्वको अगाडि स्याम्पल बनेर सिम्पल बनाउने आत्माहरू, सदा आफ्नो जीवनमा गुणहरूलाई प्रत्यक्ष गरेर अरूलाई गुणवान बनाउने, सदा अखण्ड महादानी, महा सहयोगी आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। यो समय पुरानो र नयाँ वर्षको सङ्गम समय हो। सङ्गम समय अर्थात् पुरानो समाप्त भयो र नयाँ आरम्भ भयो। जसरी बेहदको सङ्गमयुगमा तिमीहरू सबै ब्राह्मण आत्माहरू विश्व परिवर्तन गर्ने निमित्त हौ, त्यसैगरी आजको यस पुरानो र नयाँ वर्षको सङ्गममा पनि स्व परिवर्तनको दृढ सङ्कल्प गरेका छौ र गर्नु नै छ। जुन कुरा बताएँ– हर सेकेन्ड अटल, अखण्ड महादानी बन्नु छ। दाताका बच्चाहरू मास्टर दाता बन्नु छ। पुरानो वर्षलाई बिदाइको साथसाथै पुरानो दुनियाँको लगाव र पुरानो संस्कारलाई बिदाइ दिएर नयाँ श्रेष्ठ संस्कारको आह्वान गर्नु छ। सबैलाई अरब खरब पटक बधाई छ, बधाई छ, बधाई छ।

वरदान:–
प्राप्ति स्वरूप बनेर किन , के को प्रश्नबाट पर रहने सदा प्रसन्नचित्त भव

जो प्राप्ति स्वरूप सम्पन्न आत्माहरू हुन्छन्, उनीहरूलाई कहिल्यै पनि कुनै कुरामा प्रश्न हुँदैन। उनको चेहरा र चालचलनमा प्रसन्नताको व्यक्तित्व देखिन्छ, यसलाई नै सन्तुष्टता भनिन्छ। यदि प्रसन्नता कम हुन्छ भने त्यसको कारण हो प्राप्ति कम अनि प्राप्ति कम हुनाको कारण हो कुनै न कुनै इच्छा। धेरै सूक्ष्म इच्छाहरूले अप्राप्तितर्फ खिच्छ, त्यसैले अल्पकालका इच्छाहरूलाई छोडेर प्राप्ति स्वरूप बन्यौ भने सदा प्रसन्नचित्त रहनेछौ।

स्लोगन:–
परमात्म प्यारमा लभलीन रहेमा मायाको आकर्षण समाप्त हुन्छ।