29.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
फेरि आफ्नो ठेगानामा पुगेका छौ , तिमीले बाबाद्वारा रचयिता र रचनालाई जानेका छौ
त्यसैले खुसीमा रोमाञ्च खडा हुनुपर्छ।”
प्रश्न:–
यस समयमा
बाबाले तिमी बच्चाहरूको श्रृङ्गार किन गरिरहनुभएको छ?
उत्तर:–
किनकि अहिले
हामी सजिएर विष्णुपुरी (पतिको घर) मा जानुछ। हामी यो ज्ञानले सजिएर विश्वका
महाराजा-महारानी बन्छौँ। अहिले सङ्गमयुगमा छौँ, बाबा टिचर बनेर पढाइरहनुभएको छ–
पियरघर (माइतीघर) बाट पतिको घर लैजानको लागि।
गीत:–
आखिर वह दिन
आया आज...
ओम् शान्ति ।
मीठे-मीठे
स्वीट चिल्ड्रेन (मीठा प्यारा बच्चाहरू), मीठे-मीठे सिकीलधे बच्चाहरूले गीत सुन्यौ।
तिमी बच्चाहरूलाई मात्र थाहा छ– आधाकल्प जुन माशूकलाई याद गर्यौँ, आखिरमा उहाँ
मिल्नुभएको छ। दुनियाँलाई यो थाहा छैन– हामीले आधाकल्प भक्ति गर्छौं, माशुक बाबालाई
पुकार्छौं। हामी आशिक हौँ, उहाँ माशुक हुनुहुन्छ– यो पनि कसैले जान्दैनन्। बाबा
भन्नुहुन्छ– रावणले तिमीहरूलाई बिल्कुलै तुच्छ बुद्धि बनाइदिएको छ। खासगरी
भारतवर्षकालाई। तिमी देवी-देवता थियौ– यो पनि बिर्सेका छौ, त्यसैले तुच्छ बुद्धि भयौ।
आफ्नो धर्मलाई बिर्सनु, यो तुच्छ बुद्धिको काम हो। अहिले यो केवल तिमीलाई मात्र थाहा
छ। हामी भारतवर्षका स्वर्गवासी थियौँ। यो भारतवर्ष स्वर्ग थियो। थोरै मात्र समय भएको
छ। १२५० वर्ष त सत्ययुग थियो र १२५० वर्ष रामराज्य चल्यो। त्यस समयमा अथाह सुख थियो।
त्यो सुखलाई याद गरेर रोमाञ्च खडा हुनुपर्छ। सत्ययुग, त्रेता... त्यो बितेर गयो।
सत्ययुगको अवधि कति थियो, यो पनि कसैले जान्दैनन्। लाखौँ वर्ष कसरी हुन सक्छ। अहिले
बाबा आएर सम्झाउनुहुन्छ– तिमीहरूलाई मायाले कति तुच्छ बुद्धि बनाइदिएको छ। दुनियाँमा
कसैले आफूलाई तुच्छ बुद्धि सम्झँदैनन्। तिमीलाई थाहा छ– हामी हिजो तुच्छ बुद्धि थियौँ।
अहिले बाबाले यति बुद्धि दिनुभएको छ जसबाट रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई
हामीले जानेका छौँ। हिजो जानेका थिएनौँ, आज जानेका छौँ। जति जति जान्दै जान्छौँ,
त्यति खुसीमा रोमाञ्च खडा हुँदै जान्छ। हामी फेरि आफ्नो ठेगानामा पुग्छौँ। अवश्य
बाबाले हामीलाई स्वर्गको राज्य भाग्य दिनुभएको थियो फेरि हामीले गुमायौँ। अहिले
पतित बनेका छौँ। सत्ययुगलाई पतित भनिँदैन। त्यो हो नै पावन दुनियाँ। मानिसहरूले
भन्छन्– हे पतित-पावन आउनुहोस्! रावण राज्यमा पावन उच्च कोही हुनै सक्दैन। सर्वोच्च
बाबाका बच्चा बन्यौ त्यसैले उच्च पनि बन्छौ। तिमी बच्चाहरूले बाबालाई चिनेका छौ,
त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। आफ्नो दिललाई सबेरै उठेर सोध, अमृतवेलाको समय
राम्रो हुन्छ। सबेरै अमृतवेला बसेर यो चिन्तन गर। बाबा हाम्रो बाबा पनि हुनुहुन्छ,
टिचर पनि हुनुहुन्छ। ओ गड फादर, हे परमपिता परमात्मा त भन्छन् नै। अहिले तिमी
बच्चाहरूलाई थाहा छ– जसलाई हे भगवान भन्दै याद गर्छौं, अहिले उहाँ हामीलाई
मिल्नुभएको छ। हामीले फेरि बेहदको वर्सा लिइरहेका छौँ। ती हुन् लौकिक पिता, यहाँ
हुनुहुन्छ बेहदका बाबा। तिम्रो लौकिक पिताले पनि उहाँ बेहदका बाबालाई याद गर्छन्।
त्यसोभए पिताहरूका पिता, पतिहरूका पति, उहाँ हुनुभयो। यो पनि भारतवर्षकाले नै भन्छन्
किनकि अहिले म पिताहरूको पिता, पतिहरूको पति बन्छु। अहिले म तिमीहरूको पिता पनि
हुँ। तिमी बच्चा बनेका छौ। बाबा बाबा भनिरहन्छौ। अहिले फेरि तिमीहरूलाई विष्णुपुरीमा
लैजान्छु। यो हो तिम्रो बाबाको घर, फेरि त्यस घरमा जान्छौ। बच्चाहरूलाई थाहा छ–
हामीलाई धेरै राम्रोसँग सिँगारिन्छ। अहिले तिमी माइतीघरमा छौ नि। तिमीहरूलाई
पढाइन्छ पनि। तिमी यो ज्ञानले सजिएर विश्वका महाराजा-महारानी बन्छौ। तिमी यहाँ आएका
नै हौ विश्वको मालिक बन्न। सत्य युग हुँदा तिमीहरू नै विश्वका मालिक थियौ। अहिले
तिमीले यस्तो भन्दैनौ– हामी विश्वका मालिक हौँ। अहिले तिमीलाई थाहा छ– भारतवर्षका
मालिक कलियुगी छन्, हामी त सङ्गमयुगी हौँ। फेरि हामी सत्ययुगमा सारा विश्वका मालिक
बन्छौँ। यी कुराहरू तिमी बच्चाहरूको बुद्धिमा आउनुपर्छ। थाहा छ– विश्वको बादसाही
दिनेवाला आउनुभएको छ। अहिले सङ्गमयुगमा उहाँ आउनुभएको छ। ज्ञानदाता एउटै बाबा
हुनुहुन्छ। बाबाबाहेक अरू कुनै पनि मानिसलाई ज्ञानदाता भनिँदैन किनकि बाबासँग यस्तो
ज्ञान छ जसबाट सारा विश्वको सद्गति हुन्छ। तत्त्वहरू सहित सबैको सद्गति हुन्छ।
मानिसहरूसँग सद्गतिको ज्ञान छैन।
यस समयमा सारा दुनियाँ तत्त्वहरू सहित तमोप्रधान छ। यसमा रहनेहरू पनि तमोप्रधान छन्।
नयाँ दुनियाँ हो नै सत्ययुग। त्यसमा रहनेहरू पनि देवता थिए फेरि रावणले जित्यो। अब
फेरि बाबा आउनुभएको छ। तिमी बच्चाहरूले भन्छौ– हामी जान्छौँ बापदादाको पासमा। बाबाले
हामीलाई दादाद्वारा स्वर्गको बादसाहीको वर्सा दिनुहुन्छ। बाबाले त स्वर्गको बादसाही
दिनुहुन्छ अरू के दिने। तिमी बच्चाहरूको बुद्धिमा यो त आउनुपर्छ नि। तर मायाले
भुलाउँछ। स्थायी खुसी रहन दिँदैन। जसले राम्रोसँग पढ्छन्-पढाउँछन् उनीहरूले नै उच्च
पद पाउँछन्। गायन पनि छ– सेकेन्डमा जीवन-मुक्ति। एकैपटक पहिचान गर्नु पर्छ नि। सबै
आत्माहरूका पिता एक हुनुहुन्छ, उहाँ सबै आत्माहरूका पिता आउनुभएको छ। तर सबै त
मिल्न पनि सक्दैनन्। असम्भव छ। बाबा त पढाउन आउनुहुन्छ। तिमीहरू पनि सबै टिचर हौ।
भनिन्छ नि गीता पाठशाला। यो शब्द पनि सामान्य छ। भन्छन्– श्रीकृष्णले गीता सुनाए।
अब यो श्रीकृष्णको पाठशाला त होइन। श्रीकृष्णको आत्माले पढिरहेको छ। सत्ययुगमा कुनै
गीता पाठशालामा पढ्छन् पढाउँछन् र? श्रीकृष्ण त हुने नै भए सत्ययुगमा फेरि ८४ जन्म
लिन्छन्। एक शरीर अर्कोसँग मिल्न सक्दैन। ड्रामा प्लान अनुसार हरेक आत्मामा आफ्नो
८४ जन्मको पार्ट भरिएको छ। एक सेकेन्ड मिल्दैन अर्कोसँग। तिमीले ५ हजार वर्ष पार्ट
खेल्छौ। एक सेकेन्डको पार्ट अर्को सेकेन्डसँग मिल्न सक्दैन। कति समझको कुरा छ।
ड्रामा हो नि। पार्ट रिपीट हुँदैजान्छ। बाँकी ती शास्त्र सबै हुन् भक्तिमार्गका।
आधाकल्प भक्ति चल्छ फेरि म नै आएर सबैलाई सद्गति दिन्छु। तिमीलाई थाहा छ– तिमीले ५
हजार वर्ष पहिला राज्य गर्थ्यौ। सद्गतिमा थियौ। दु:खको नाम थिएन। अहिले त दु:खै
दु:ख छ। यसलाई दु:खधाम भनिन्छ। शान्तिधाम, सुखधाम र दु:खधाम। भारतवर्षकालाई नै आएर
सुखधामको मार्ग बताउँछु। कल्प कल्प फेरि मलाई आउनुपर्छ। अनेक पटक आएको छु, आइरहन्छु।
यसको अन्त्य हुन सक्दैन। तिमी चक्कर लगाएर दु:खधाममा आउँछौ फेरि मलाई आउनुपर्छ।
अहिले तिमीहरूलाई ८४ जन्मको चक्रको स्मृति आएको छ। तर बाबालाई रचयिता भनिन्छ। यस्तो
होइन– ड्रामाको कुनै रचयिता छ। रचयिता अर्थात् यस समयमा सत्ययुगलाई आएर रच्नुहुन्छ।
सत्ययुगमा जसको राज्य थियो फेरि जसले राज्य गुमाए, उनीहरूलाई नै बसेर पढाउँछु।
बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ। तिमी मेरा बच्चा हौ नि। तिमीहरूलाई कुनै साधुसन्त
आदिले पढाउँदैनन्। पढाउनेवाला एक बाबा हुनुहुन्छ, जसलाई सबैले याद गर्छन्। याद
जसलाई गर्छन् अवश्य कुनै समय आउनुहुन्छ पनि। यो पनि कसैलाई थाहै छैन भने किन याद
गर्छन्! त्यसैले अवश्य पतित-पावन बाबा आउनुहुन्छ। क्राइस्टलाई यस्तो भन्दैनन्– फेरि
आउनुहोस्। उनीहरूले त सम्झन्छन्, लीन भए। फेरि आउने कुरा छैन। याद फेरि पनि
पतित-पावनलाई गर्छन्, हामी आत्माहरूलाई फेरि वर्सा दिनुहोस्। अहिले तिमी
बच्चाहरूलाई स्मृति आयो– बाबा आउनुभएको छ। नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ।
उनीहरू फेरि पनि आफ्नो समयमा रजो, तमोमा नै आउँछन्। अहिले तिमी बच्चाहरूले बुझेका
छौ– हामी मास्टर नलेजफुल बन्छौँ।
एक बाबा नै हुनुहुन्छ
जसले तिमी बच्चाहरूलाई पढाएर विश्वको मालिक बनाइदिनुहुन्छ। स्वयं बन्नुहुन्न त्यसैले
उहाँलाई निष्काम सेवाधारी भनिन्छ। मानिसहरूले भन्छन्– हामीले फलको आश राख्दैनौँ,
निष्काम सेवा गर्छौं। तर यस्तो हुँदैन। जस्तो संस्कार लैजान्छन्, त्यस अनुसार जन्म
मिल्छ। कर्मको फल अवश्य मिल्छ। संन्यासीहरूले पनि पुनर्जन्म गृहस्थीहरूको पास लिएर
फेरि संस्कार अनुसार संन्यास धर्ममा जान्छन्। जस्तै बाबाले लडाइँ लड्नेहरूको पनि
उदाहरण दिनुहुन्छ। भन्छन्– गीतामा लेखिएको छ, जो युद्धको मैदानमा मर्छ ऊ स्वर्गमा
जान्छ, तर स्वर्गको पनि समय चाहिन्छ नि। स्वर्गको अवधि त लाखौँ वर्ष भनिदिन्छन्। अब
तिमीलाई थाहा छ– बाबाले के सम्झाउनुहुन्छ, गीतामा के लेखिएको छ। भन्छन्, भगवानुवाच–
म सर्वव्यापी हुँ। बाबा भन्नुहुन्छ– मैले आफूलाई यस्तो गाली कसरी गर्छु– म
सर्वव्यापी हुँ, कुकुर-बिराला सबैमा छु। मलाई त ज्ञान सागर भन्छौ। मैले आफैलाई फेरि
यो सर्वव्यापी आदि कसरी भन्छु? कति झुटो छ। ज्ञान त कसैमा छैन। संन्यासी आदिको कति
मान छ, किनकि पवित्र छन्। सत्ययुगमा कोही गुरु त हुँदैनन्। यहाँ त स्त्रीलाई भन्छन्–
तिम्रा पति गुरु ईश्वर हुन्, अर्को कुनै गुरु नबनाउनु। त्यो त तब सम्झाइन्थ्यो जब
भक्ति पनि सतोप्रधान थियो। सत्ययुगमा त गुरु थिएनन्। भक्तिको सुरुवातमा पनि गुरु
हुँदैनन्। पति नै सबै कुरा हुन्। गुरु बनाउँदैनन्। यी सबै कुराहरू अहिले तिमीले
बुझेका छौ। कति मानिसहरू त ब्रह्माकुमार-कुमारीहरूको नाम सुनेर नै डराउँछन् किनकि
बुझ्छन्– यिनीहरूले भाइ-बहिनी बनाउँछन्। अरे, प्रजापिता ब्रह्माको बच्चा बन्नु त
राम्रो हो नि। बी. के. ले नै स्वर्गको वर्सा लिन्छन्। अहिले तिमीले लिइरहेका छौ।
तिमी बी. के. बनेका छौ। दुवैले भन्छन्– हामी भाइ-बहिनी हौँ। शरीरको भान, विकारको
दुर्गन्ध निस्कन्छ। हामी एक बाबाका बच्चा भाइ-बहिनी विकारमा कसरी जान सक्छौँ। यो त
महान् पाप हो। यो पवित्र रहने युक्ति ड्रामामा छ। संन्यासीहरूको हो निवृत्ति मार्ग।
तिमी हौ प्रवृत्ति मार्गवाला। अब तिमीहरूले यो फोहोरी दुनियाँको रसमरिवाजलाई छोडेर
यो दुनियाँलाई नै बिर्सनुछ। तिमी स्वर्गका मालिक थियौ फेरि रावणले कति फोहोरी बनाएको
छ। यो पनि बाबाले सम्झाउनुभएको छ, कसैले भन्यो– हामीले कसरी मानौँ हामीले ८४ जन्म
लियौँ। ८४ जन्म लियौँ, यो त हामीले राम्रो भन्छौँ नि। ८४ जन्म नलिनेको बुद्धिमा
टिक्दैन। बुझिन्छ– यो देवी-देवता धर्मको होइन, स्वर्गमा आउन सक्दैन। प्रजामा पनि
सानो पद लिन्छन्। प्रजामा पनि राम्रो पद, सानो पद हुन्छ नि। यी कुराहरू कुनै
शास्त्रहरूमा छैनन्। भगवान आएर किङ्गडम (राज्य) स्थापना गर्नुहुन्छ। श्रीकृष्ण त
वैकुण्ठका मालिक थिए। स्थापना बाबाले गर्नुहुन्छ। बाबाले गीता सुनाउनुभयो जसबाट यो
पद पाए फेरि त पढ्ने पढाउने आवश्यकता छैन। तिमीले पढेर पद पाउँछौ। फेरि कहाँ गीताको
ज्ञान पढ्छौ र। ज्ञानबाट सद्गति मिल्यो, जति पुरुषार्थ त्यति उच्च पद पाउँछौ। जति
पुरुषार्थ कल्प पहिला गरेका थियौ त्यति पुरुषार्थ गरिरहन्छौ। साक्षी भएर हेर्नुछ।
टिचरलाई पनि हेर्नुछ, यिनले हामीलाई पढाएका छन्, हामी यिनीभन्दा पनि होसियार हुनुछ।
मार्जिन धेरै छ। सबैभन्दा उच्च बन्ने कोसिस गर्नुछ। मूल कुरा हो तमोप्रधानबाट
सतोप्रधान बन्नुछ। यो बुझ्ने कुरा हो नि। गृहस्थ व्यवहारमा पनि रहनुछ, बाबालाई याद
पनि गर्नुछ तब पावन बन्छौ। यहाँ सबै पतित छन् यसमा दु:खै दु:ख छ। सुखको राज्य कहिले
थियो, यो कसैलाई थाहा छैन। दु:खमा भन्छन्– हे भगवान, हे राम, यो दु:ख किन दिनुभयो?
तर भगवानले त कसैलाई दु:ख दिनुहुन्न। रावणले दु:ख दिन्छ। अहिले तिमीलाई थाहा छ–
हाम्रो राज्यमा अरू कुनै धर्म हुँदैन। फेरि पछि अरू धर्म आउँछन्। ठिकै छ तिमी
जहाँसुकै जाऊ। ज्ञान पढाइ साथमा छ, मनमनाभवको लक्ष्य त मिलेको छ, बाबालाई याद गर।
बाबाबाट हामीले स्वर्गको वर्सा लिइरहेका छौँ। यो पनि याद गर्न सक्दैनौ। यो याद पक्का
हुनुपर्छ। तब फेरि अन्त मति सो गति हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सबेरै सबेरै अमृतवेला उठेर चिन्तन गर्नुछ– बाबा हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर
पनि हुनुहुन्छ, अहिले बाबा आउनुभएको छ हामीलाई ज्ञान रत्नहरूले श्रृङ्गार गर्न। उहाँ
पिताहरूका पिता, पतिहरूका पति हुनुहुन्छ, यस्तो चिन्तन गर्दै अपार खुसीको अनुभव
गर्नुछ।
२) हरेकको
पुरुषार्थलाई साक्षी भएर हेर्नुछ, उच्च पदको मार्जिन छ त्यसैले तमोप्रधानबाट
सतोप्रधान बन्नुछ।
वरदान:–
भा इसलेसको
शक्तिद्वारा सूक्ष्मवतन वा तीनै लोकको अनुभव गर्ने श्रेष्ठ भाग्यवान् भव
जुन बच्चाहरूसँग
भाइसलेसको शक्ति छ, बुद्धियोग बिल्कुल रिफाइन छ– यस्ता भाग्यवान् बच्चाहरूले सहजै
तीनै लोकको सयर गर्न सक्छन्। सूक्ष्मवतनसम्म आफ्नो सङ्कल्प पुर्याउनको लागि सर्व
सम्बन्धहरूको सारयुक्त महीन याद चाहिन्छ। यही सबैभन्दा पावरफुल तार हो, यसको बीचमा
मायाले इन्टरफियर (हस्तक्षेप) गर्न सक्दैन। त्यसैले सूक्ष्मवतनको रौनकको अनुभव
गर्नको लागि स्वयंलाई भाइसलेसको शक्तिले सम्पन्न बनाऊ।
स्लोगन:–
कुनै व्यक्ति,
वस्तु वा वैभवप्रति आकर्षित हुनु नै कम्प्यानियन (साथी) बाबालाई सङ्कल्पबाट छोडपत्र
दिनु हो।