29.07.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
आउनु भएको छ तिमीलाई ज्ञान रत्न दिन , मुरली सुनाउन। त्यसैले तिमीले कहिल्यै पनि
मुरली मिस गर्नु हुँदैन , मुरलीसँग प्यार छैन भने बाबासँग प्यार छैन।”
प्रश्न:–
सबैभन्दा असल
आचरण कुनचाहिँ हो जुन तिमीले यस ज्ञानबाट धारण गर्छौ?
उत्तर:–
निर्विकारी
बन्नु– यो सबैभन्दा असल आचरण हो। तिमीलाई ज्ञान मिलेको छ– यो सारा दुनियाँ विकारी
छ, विकारी अर्थात् चरित्रहीन। बाबा आउनु भएको छ निर्विकारी दुनियाँ स्थापना गर्न।
निर्विकारी देवताहरू चरित्रवान् हुन्छन्। चरित्र सुध्रिन्छ बाबाको यादबाट।
ओम् शान्ति ।
प्यारा
बच्चाहरू! तिमीले पढाइ कहिल्यै मिस गर्नु हुँदैन। यदि पढाइ मिस गर्यौ भने पदबाट पनि
मिस हुन्छौ। मीठा प्यारा रूहानी बच्चाहरू! कहाँ बसेका छौ? ईश्वरीय आध्यात्मिक विश्व
विद्यालयमा। बच्चाहरूलाई यो पनि थाहा छ– हरेक ५ हजार वर्षपछि हामी यस विश्व
विद्यालयमा भर्ना हुन्छौं। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– बाबा, पिता पनि
हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। त्यसो त गुरुको मूर्ति (देह)
बेग्लै, पिताको बेग्लै, शिक्षकको बेग्लै हुन्छ। यहाँ त मूर्ति एउटै छ। तर हुनुहुन्छ
तीनवटै अर्थात् पिता पनि बन्नुहुन्छ, शिक्षक पनि बन्नुहुन्छ, गुरु पनि बन्नुहुन्छ।
मनुष्यको जीवनमा यी तीन मुख्य हुन्। पिता, शिक्षक, गुरु उहाँ नै हुनुहुन्छ। तीनै
पार्ट स्वयंले नै खेल्नु हुन्छ। एक एक कुरा बुझेर तिमी बच्चाहरूलाई धेरै खुसी
हुनुपर्छ र यस्तो त्रिमूर्ति विश्व विद्यालयमा धेरैलाई ल्याएर भर्ना गराउनु पर्छ।
जुन जुन विश्वविद्यालयमा पढाइ राम्रो हुन्छ त्यहाँ पढ्नेले अरूलाई भन्छन्– यस
विश्वविद्यालयमा पढ, यहाँ पढाइ राम्रो छ र चरित्र पनि सुध्रिन्छ। तिमी बच्चाहरूले
पनि अरूलाई लिएर आउनु पर्छ। माताहरूले माताहरूलाई, पुरुषहरूले पुरुषहरूलाई
सम्झाउनुछ। हेर, उहाँ बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, गुरु पनि
हुनुहुन्छ। यसरी सम्झाउँछन् वा सम्झाउँदैनन्, त्यो त हरेकले आफ्नो दिलसँग सोध्नुछ।
कहिल्यै आफ्ना मित्र सम्बन्धीलाई, साथीलाई सम्झाउँछौ– उहाँ परमपिता पनि हुनुहुन्छ,
परम शिक्षक पनि हुनुहुन्छ, परम सद्गुरु पनि हुनुहुन्छ? बाबाले सर्वश्रेष्ठ
देवी-देवता बनाउनु हुन्छ, बाबाले आफू समान पिता बनाउनु हुन्न। बाँकी उहाँको जे महिमा
छ, त्यसमा आफू समान बनाउनु हुन्छ। बाबाको काम हो पालना गर्नु र प्रेम गर्नु। यस्ता
बाबालाई अवश्य याद गर्नुपर्छ। उहाँको तुलना अरू कसैसँग पनि हुन सक्दैन। भन्न त
भन्छन्, गुरुबाट शान्ति मिल्छ। तर उहाँले त विश्वको मालिक बनाउनु हुन्छ। यस्तो त
कसैले भन्दैनन्, म सबै आत्माहरूको पिता हुँ। यो कसैलाई थाहा छैन सबै आत्माहरूको पिता
को हुन सक्छ? एक बेहदका बाबा, जसलाई हिन्दु, मुसलमान, क्रिश्चियन आदि सबैले परमपिता
अवश्य भन्छन्। बुद्धि अवश्य निराकारतर्फ जान्छ। यो कसले भन्यो? आत्माले भन्यो
परमपिता। त्यसैले अवश्य भेट्नु पर्छ। केवल बाबा भने तर कहिल्यै भेटेनन् भने उहाँ
बाबा कसरी हुन सक्नुहुन्छ? सारा दुनियाँका बच्चाहरूको जुन आशा छ त्यो पूर्ण
गर्नुहुन्छ। सबैको कामना हुन्छ, हामी शान्तिधाममा जाऔं। आत्मालाई घर याद आउँछ। आत्मा
रावण राज्यमा थाकिसकेका छन्। अङ्ग्रेजीमा पनि भन्छन् ओ गड फादर! लिबरेट गर्नुहोस्।
तमोप्रधान बन्दै बन्दै पार्ट खेल्दै खेल्दै शान्तिधाममा जान्छन्। फेरि पहिला
सुखधाममा आउँछन्। यस्तो होइन, पहिला सुरुमै आएर विकारी बन्छन्। होइन। बाबाले
सम्झाउनु हुन्छ– यो हो वेश्यालय, रावण राज्य। यसलाई रौरव नरक भनिन्छ।
यहाँ यस दुनियाँमा कति शास्त्र, कति पढाइका पुस्तकहरू छन्, यी सबै खतम हुन्छन्।
बाबाले तिमीलाई यो जुन उपहार दिनु हुन्छ, त्यो कहिल्यै पनि जल्दैन। यो हो धारण गर्नु
पर्ने कुरा। जुन काम नलाग्ने चीज छ त्यसलाई जलाइन्छ। ज्ञान कुनै शास्त्र होइन जसलाई
जलाउन परोस्। तिमीलाई ज्ञान मिल्छ, जसबाट तिमीले २१ जन्म पद पाउँछौ। यस्तो होइन,
यसको कुनै शास्त्र छ, जसलाई जलाइन्छ। होइन, यो ज्ञान आफै प्राय: लोप हुन जान्छ। कुनै
पढ्नु पर्ने किताब आदि छैनन्। ज्ञान विज्ञान भवन नाम पनि छ। तर उनीहरूलाई थाहा छैन,
यो नाम किन राखिएको हो, यसको अर्थ के हो? ज्ञान विज्ञानको महिमा कति महान छ! ज्ञान
अर्थात् सृष्टि चक्रको ज्ञान जुन अहिले तिमीले धारण गर्छौ। विज्ञान अर्थात्
शान्तिधाम। ज्ञान भन्दा पनि तिमी पर जान्छौ। ज्ञानमा पढाइको आधारबाट फेरि तिमीले
राज्य गर्छौ। तिमीले जान्दछौ– हामी आत्माहरूलाई बाबा आएर पढाउनु हुन्छ। नत्र
भगवानुवाच लोप हुन जान्छ। भगवानले कहाँ कुनै शास्त्र पढेर आउनु हुन्छ र! भगवानमा त
ज्ञान विज्ञान दुवै छन्। जो जस्तो हुन्छ त्यस्तै बनाउँछ। यो हो धेरै सूक्ष्म कुरा।
ज्ञान भन्दा विज्ञान धेरै सूक्ष्म छ। ज्ञान भन्दा पनि पर जानु छ। ज्ञान स्थूल हो,
हामीले पढाउँछौं, आवाज हुन्छ नि। विज्ञान सूक्ष्म छ, यसमा आवाज भन्दा पर शान्तिमा
जानुपर्छ। जुन शान्तिको लागि नै भट्किन्छन्। संन्यासीहरूको पासमा जान्छन्। तर जुन
चीज बाबासँग छ त्यो अरू कसैसँग पनि पाउन सकिँदैन। हठयोग गर्छन्, खाल्डोमा बस्छन् तर
यसबाट कुनै शान्ति मिल्न सक्दैन, यहाँ त तकलिफको कुरा छैन। पढाइ पनि धेरै सरल छ। ७
दिनको कोर्स गराइन्छ। ७ दिनको कोर्स गरेर फेरि कतै बाहिर गए पनि हुन्छ, यस्तो अरू
कुनै जिस्मानी कलेजमा गर्न सक्दैनन्। तिम्रो लागि यो कोर्स नै ७ दिनको हुन्छ। सबै
कुरा सम्झाइन्छ। तर ७ दिन कसैले दिन सक्दैनन्। बुद्धियोग कहीँ न कहीँ जान्छ। तिमी त
भट्ठीमा पर्यौ, कसैको चेहरा नै देख्दैनथ्यौ। कसैसँग कुरा गर्दैनथ्यौ। बाहिर पनि
निस्किँदैनथ्यौ। तपस्याको लागि यादमा सागरको किनारमा गएर बस्थ्यौ। त्यस समयमा यो
चक्र बुझेका थिएनन्, यो पढाइ बुझेका थिएनन्। सबैभन्दा पहिला त बाबासँग योग हुनुपर्छ।
बाबाको परिचय हुनुपर्छ। फेरि पछि शिक्षक चाहिन्छ। पहिला त बाबासँग योग कसरी लगाउने,
यो पनि सिक्नुपर्छ किनकि उहाँ बाबा हुनुहुन्छ अशरीरी, अरू कसैले त मान्दैनन्। भन्छन्
ईश्वर सर्वव्यापी हुनुहुन्छ। यसरी सर्वव्यापीको ज्ञान नै चल्दै आउँछ। अहिले तिम्रो
बुद्धिमा त्यो कुरा छैन। तिमी त विद्यार्थी हौ। बाबा भन्नुहुन्छ– आफ्नो धन्दा आदि
पनि गर, तर मुरली अवश्य पढ। गृहस्थ व्यवहारमा त ठीकै छ बस। स्कुलमा जानु पर्दैन
भन्छन् भने बाबाले के गर्नुहुन्छ। अरे, भगवानले पढाउनु हुन्छ, भगवान भगवती बनाउन!
भगवानुवाच– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। के भगवानसँग राजयोग सिक्दैनौ? यसै
कोही बस्न सक्छ! त्यसैले तिमी दौडेर आयौ। विषबाट (विकारबाट) बच्नको लागि दौड्यौ।
तिमी आएर भट्ठीमा पर्यौ, जहाँ कसैले देख्न सक्दैन, भेट्न सक्दैन । कसैलाई
देख्दैनथ्यौ। त्यसोभए पछि त दिल कोसँग लगाउने? भगवान पढाउनु हुन्छ, यो कुरा
बच्चाहरूलाई निश्चय पनि छ। फेरि पनि बहाना गर्छन्, बिमारी छु, यो काम छ। बाबाले त
धेरै सिफ्ट बनाउन सक्नुहुन्छ। आजकाल स्कुलमा धेरै सिफ्ट बनाउँछन्। यहाँ कुनै धेरै
पढाइ त छैन। केवल अल्फ र बेलाई बुझ्नको लागि बुद्धि राम्रो चाहिन्छ। अल्फ र बे– यो
याद गर, सबैलाई बताऊ। त्रिमूर्ति त धेरै बनाउँछन् तर माथितिर शिवबाबा देखाउँदैनन्।
यो कहाँ सम्झन्छन् र गीताका भगवान शिव हुनुहुन्छ, जसबाट यो ज्ञान लिएर विष्णु बन्छन्।
राजयोग हो नि। अहिले यो हो धेरै जन्मको अन्त्यको जन्म, यो ज्ञान कति सहज छ। किताब
आदि त केही पनि हातमा छैन। केवल एक ब्याज होस्, त्यसमा पनि केवल त्रिमूर्तिको चित्र
होस्। जसमा सम्झाउनु छ बाबाले कसरी ब्रह्माद्वारा पढाइ पढाएर विष्णु समान बनाउनु
हुन्छ।
कैयौंले सम्झन्छन्– हामी राधा जस्तै बनौं। कलश त माताहरूलाई मिल्छ। अर्थात् राधाको
धेरै जन्मको अन्त्यमा उनलाई कलश मिल्छ। यो रहस्य पनि बाबाले नै सम्झाउन सक्नुहुन्छ,
अरू कुनै मनुष्य मात्रले जानेका छैनन्। तिम्रो पास सेन्टरमा कति धेरै आउँछन्। कोही
त एक दिन आउँछन् फेरि ४ दिन आउँदैनन्। त्यसैले सोध्नुपर्छ यति दिनसम्म तपाईले के
गर्नुहुन्थ्यो? बाबालाई याद गर्नुहुन्थ्यो? स्वदर्शन चक्र घुमाउनु हुन्थ्यो? जो धेरै
ढिला आउँछन् उनीहरूसँग लेखेर पनि सोध्नुपर्छ। कैयौं सरुवा भएर जान्छन् फेरि पनि कुनै
सेन्टरको त अवश्य होला, उनलाई मन्त्र मिलेको छ– बाबालाई याद गर्नु छ र चक्र घुमाउनु
छ। बाबाले त धेरै सहज कुरा बताउनु भएको छ। शब्द नै दुई छन्– मनमनाभव, मलाई याद गर
अनि वर्सालाई याद गर, यसमा सारा चक्र आउँछ। कसैले शरीर छोड्यो भने भन्छन्– फलानो
स्वर्ग गयो। तर, स्वर्ग के हो, कसैलाई थाहा छैन। तिमीले अहिले बुझेका छौ त्यहाँ त
रजाइँ हुन्छ। ठुलादेखि सानासम्म, धनवानदेखि गरिबसम्म सबै सुखी हुन्छन्। यो हो दु:खी
दुनियाँ। त्यो हो सुखी दुनियाँ। बाबाले धेरै राम्ररी सम्झाउनु हुन्छ। हुन त कोही
दोकानदार होला वा जो होस्, पढाइको लागि बहाना गर्नु राम्रो लाग्दैन। आउँदैनन् भने
उनीहरूसँग सोध्नुपर्छ, तपार्इँले बाबालाई कति याद गर्नुहुन्छ? स्वदर्शनचक्र घुमाउनु
हुन्छ? खान, पिउन, घुमफिर गर्नको लागि कुनै निषेध छैन। त्यसको लागि पनि समय निकालौँ।
अरूको पनि कल्याण गर्नु छ। सम्झ कसैको कपडा धुने काम छ, धेरै मानिस आउँछन्। मुसलमान
वा पारसी होलान्, हिन्दु होलान्, उनलाई भन– तपाईहरूले स्थूल कपडा धुनुहुन्छ, तर यो
जुन तपाईको शरीर छ, यो त पुरानो मैलो वस्त्र हो, आत्मा पनि तमोप्रधान छ, त्यसलाई
सतोप्रधान, स्वच्छ बनाउनु छ। यो सारा दुनियाँ तमोप्रधान, पतित कलियुगी पुरानो छ।
तमोप्रधानबाट सतोप्रधान बन्नको लागि लक्ष्य छ नि। अब गर वा नगर, मान वा नमान, तिम्रो
मर्जी। तिमी आत्मा हौ नि। आत्मा अवश्य पवित्र हुनुपर्छ। अहिले त तिम्रो आत्मा
अपवित्र बनिसकेको छ। आत्मा र शरीर दुवै मैला छन्। त्यसलाई सफा गर्नको लागि तिमीले
बाबालाई याद गर त्यसपछि ग्यारेन्टी छ तिम्रो आत्मा १०० प्रतिशत पवित्र सुन बन्छ।
फेरि गहना पनि राम्रो बन्छ। मान न मान तिम्रो मर्जी। यो डाक्टरहरूको पास जाऊ, कलेजमा
जाऊ, ठुलाबडाहरूको पासमा गएर चरित्र धेरै राम्रो हुनुपर्छ भनेर सम्झाऊ– यो पनि कति
सेवा भयो। यहाँ त सबै छन् चरित्रहीन। बाबा भन्नुहुन्छ– पावन बन्नुछ। पवित्र दुनियाँ
थियो। अहिले पतित छ अर्थात् चरित्रहीन छ। चरित्र धेरै बिग्रिसकेको छ। पवित्र
नबनेसम्म सुध्रिँदैनन्। यहाँ मनुष्य छन् नै कामी। अहिले पतित दुनियाँबाट पावन दुनियाँ
एक बाबाले नै स्थापना गर्नुहुन्छ। पुरानो दुनियाँ विनाश हुन्छ। यो चक्र हो नि। यस
सृष्टिचक्रको चित्रमा ज्ञान धेरै राम्रो छ। त्यो पावन दुनियाँ थियो, जहाँ
देवी-देवताहरूले राज्य गर्थे। अहिले तिनीहरू कहाँ गए? आत्मा त विनाश हुँदैन एक शरीर
छोडेर अर्को लिन्छ। देवी-देवताहरूले पनि ८४ जन्म लिएका छन्। अहिले तिमी समझदार बनेका
छौ। पहिला तिमीलाई केही पनि थाहा थिएन। अहिले यो पुरानो दुनियाँ कति फोहोरी छ,
तिमीले महसुस गर्छौ बाबा जे भन्नुहुन्छ त्यो त अवश्य ठीक छ। त्यहाँ त हुन्छ नै
पवित्र दुनियाँ। यो पवित्र दुनियाँ नुहुनाको कारण देवताको सट्टा हिन्दु नाम राखेका
छन्। हिन्दुस्तानमा रहनेलाई हिन्दु भनिदिन्छन्, देवता हुन्छन् स्वर्गमा। अहिले
तिमीले यस चक्रलाई बुझिसकेका छौ। जो जो समझदार छन् उनले राम्रोसँग बुझ्छन्। जसरी
बाबाले सम्झाउनु हुन्छ त्यसैगरी फेरि बसेर दोहोर्याउनु पर्छ। मुख्य मुख्य प्वइन्ट
नोट गर्दै जाऊ। फेरि सुनाऊ, बाबाले यो यो प्वाइन्ट सुनाउनु भएको छ। भन्नुहुन्छ– मैले
त गीताको ज्ञान सुनाउँछु। यो गीताको नै युग हो। ४ युग छन्, यो त सबैले जानेका छन्।
यो हो धर्माऊ (लीप) युग। यस सङ्गमयुगको बारेमा कसैलाई थाहा छैन, तिमीलाई थाहा छ यो
पुरुषोत्तम सङ्गमयुग हो। मनुष्यले शिवजयन्ती पनि मनाउँछन् तर उहाँ कहिले आउनु भयो,
के गर्नुभयो यो जानेका छैनन्। शिवजयन्ती पछि कृष्णजयन्ती हुन्छ, फेरि रामजयन्ती।
जगत् अम्बा, जगत् पिताको जयन्ती त कसैले मनाउँदैनन्। सबै नम्बरवार आउँछन् नि। अहिले
तिमीलाई सारा ज्ञान मिल्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हाम्रो बाबा परमपिता, परम शिक्षक, परम सद्गुरु हुनुहुन्छ– यो कुरा सबैलाई सुनाउनु
छ। अल्फ र बेको पढाइ पढाउनु छ।
२) ज्ञान अर्थात्
सृष्टि चक्रको ज्ञानलाई धारण गरेर स्वदर्शन चक्रधारी बन्नु छ र विज्ञान अर्थात्
आवाज भन्दा पर शान्तिमा जानु छ। ७ दिनको कोर्स गरेर फेरि जहाँ बसे पनि पढाइ पढ्नु
छ।
वरदान:–
सेवामा मान
सानको कच्चा फललाई त्यागेर सदा प्रसन्नचित्त रहने अभिमानमुक्त भव
रोयल रूपको इच्छाको
स्वरूप नाम, मान र सान हो। जसले नामको लागि सेवा गर्छन्, उनीहरूको नाम अल्पकालको
लागि हुन्छ तर उच्च पदमा नाम पछि पर्छ किनकि काँचो फल खाएका हुन्छन्। कैयौं
बच्चाहरूले सोच्छन्– सेवाको परिणाम स्वरूप मलाई मान मिल्नु पर्छ। तर यो मान होइन
अभिमान हो। जहाँ अभिमान छ त्यहाँ प्रसन्नता हुन सक्दैन, त्यसैले अभिमानमुक्त बनेर
सदा प्रसन्नताको अनुभव गर।
स्लोगन:–
परमात्म
प्यारको सुखदायी झुलामा झुल्यौ भने दुःखको लहर आउन सक्दैन।