29.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बेहदका बाबा यस बेहदको महफिलमा गरिब बच्चाहरूलाई गोद लिनको लागि आउनुभएको छ , उहाँलाई देवताहरूको महफिलमा आउने आवश्यकता छैन।”

प्रश्न:–
तिमी बच्चाहरूले कुनचाहिँ दिन धेरै नै धुमधामसँग मनाउनुपर्छ?

उत्तर:–
जुन दिन मरजीवा जन्म भयो, बाबाप्रति निश्चय भयो... त्यो दिन धेरै नै धुमधामसँग मनाउनुपर्छ। त्यही तिम्रो लागि जन्माष्टमी हो। तिमीहरूले आफ्नो मरजीवा जन्मदिन मनायौ भने बुद्धिमा याद रहनेछ– हामीले पुरानो दुनियाँबाट किनारा गरेका छौँ। हामी बाबाका बन्यौँ अर्थात् वर्साका अधिकारी बन्यौँ।

गीत:–
महफिल में जल उठी शमा...

ओम् शान्ति ।
गीत, कविता, भजन, वेद, शास्त्र, उपनिषदमा देवताहरूको महिमा आदि तिमी बच्चाहरूले धेरै नै सुन्दै आएका छौ। यो सृष्टिको चक्र कसरी घुम्छ, अहिले तिमीलाई यसको समझ मिलेको छ। तिमी बच्चाहरूले विगतलाई पनि जानेका छौ। वर्तमान दुनियाँमा के छ, त्यो पनि देखिरहेका छौ। त्यो पनि यथार्थमा अनुभव गरेका छौ। बाँकी जे कुरा हुनेछ– त्यो अहिले यथार्थमा अनुभव गरेका छैनौ। विगतमा जे भयो त्यसको अनुभव गरेका छौ। यो कुरा बाबाले नै सम्झाउनुभएको छ, बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन। मानिसहरू अथाह छन् तर तिनीहरूले केही पनि जान्दैनन्। रचयिता र रचनाको आदि-मध्य-अन्त्य केही पनि जान्दैनन्। अहिले कलियुगको अन्त्य हो, यो पनि मानिसहरूलाई थाहा छैन। हो, पछि गएर अन्त्यको विषयमा जान्नेछन्। मूल कुरालाई बुझ्नेछन्। बाँकी सम्पूर्ण ज्ञान जान्ने छैनन्। पढ्ने विद्यार्थीले मात्र जान्न सक्छन्। यो हो मानिसबाट राजाहरूको राजा बन्नु। त्यो पनि आसुरी राजा होइन तर दैवी राजा, जसलाई आसुरी राजाहरूले पुज्छन्। यी सबै कुरा तिमी बच्चाहरूले मात्र जान्दछौ। विद्वान्, आचार्य आदिले अलिकति पनि जान्दैनन्। भगवान्, जसलाई ज्योति (शमा) भनेर पुकार्छन्, उहाँलाई चिन्दैनन्। गीत गाउनेहरूले पनि केही जान्दैनन्। महिमा मात्रै गर्छन्। भगवान् पनि कुनै समयमा यस दुनियाँको महफिलमा आउनुभएको थियो। महफिल अर्थात् जहाँ धेरै जना भेला हुन्छन्। महफिलमा खानपिन, मदिरा आदि मिल्छ। अहिले यस महफिलमा तिमीलाई बाबाबाट अविनाशी ज्ञान रत्नहरूको खजाना मिलिरहेको छ अथवा यसो भनौँ– बाबाबाट हामीलाई वैकुण्ठको बादसाही मिलिरहेको छ। यस पूरा महफिलमा बच्चाहरूले मात्र बाबालाई चिन्छन्– बाबा हामीलाई सौगात दिन आउनुभएको छ। बाबाले महफिलमा के दिनुहुन्छ, मानिसहरूले महफिलमा एकअर्कालाई के दिन्छन्, रातदिनको फरक छ। मानौँ बाबाले हलुवा खुवाउनुहुन्छ र उनीहरूले सबैभन्दा सस्तो वस्तु चना खुवाउँछन्। हलुवा र चना– दुवैमा कति फरक छ! एकअर्कालाई चना खुवाइरहन्छन्। कसैले कमाएनन् भने भनिन्छ– यिनीहरूले त चना चबाइरहेका छन्।

अहिले तिमी बच्चाहरूलाई थाहा छ– बेहदका बाबाले हामीलाई स्वर्गको राज्य भाग्यको वरदान दिइरहनुभएको छ। शिवबाबा यस महफिलमा आउनुहुन्छ नि! शिवजयन्ती पनि त मनाउँछन् नि! तर उहाँ आएर के गर्नुहुन्छ– यो कुरा कसैलाई पनि थाहा छैन। उहाँ पिता हुनुहुन्छ। पिताले पक्कै केही खुवाउनुहुन्छ, दिनुहुन्छ। मातापिताले जीवनको पालना त गर्नुहुन्छ नि! तिमीलाई पनि थाहा छ– उहाँ मातापिता आएर जीवनको सम्हाल गर्नुहुन्छ। एडप्ट गर्नुहुन्छ। बच्चाहरू आफैले भन्छन्– बाबा, हामी हजुरका १० दिनका बच्चा हौँ अर्थात् १० दिनदेखि हजुरका बनेका छौँ। त्यसैले बुझ्नुपर्छ– हामी हजुरबाट स्वर्गको बादसाही लिने हकदार बनिसकेका छौँ। गोद लिइएका छौँ। जीवनछँदै कसैको गोद लिइन्छ भने अन्धविश्वासले त लिइँदैन। मातापिताले पनि बच्चालाई अरूको गोदमा दिन्छन्। सम्झन्छन्– हाम्रो बच्चा उनीहरूसँग बढी सुखी हुनेछ, उनीहरूले अझ बढी मायाले सम्हाल्नेछन्। तिमी लौकिक पिताका बच्चाहरूले पनि यहाँ बेहदका बाबाको गोद लिन्छौ। बेहदका बाबाले कति सोखपूर्वक गोद लिनुहुन्छ! बच्चाहरूले पनि लेख्छन्– बाबा, म हजुरको भएँ। टाढाबाट मात्र त भन्दैनन्। यथार्थमा गोद लिइयो भने उत्सव पनि मनाइन्छ। जसरी जन्मदिन मनाउँछन् नि! त्यसैगरी यिनीहरू पनि बच्चा बन्छन्, भन्छन्– हामी हजुरका हौँ भने ६-७ दिनपछि हाम्रो पनि न्वारान मनाउनुपर्छ नि! तर कसैले पनि न्वारान मनाउँदैनन्। आफ्नो जन्माष्टमी त धेरै धूमधामसँग मनाउनुपर्छ। तर मनाउँदै मनाउँदैनन्। हामीले जयन्ती मनाउनु छ भन्ने ज्ञान पनि छैन। १२ महिना भएपछि मनाउँछन्। अरे, पहिला मनाएनौ, १२ महिनापछि किन मनाउँछौ? ज्ञान नै छैन, निश्चय नभएर होला। एकपटक जन्मदिन मनाए भने त पक्का भए, फेरि जन्मदिन मनाउँदा-मनाउँदै भागेछ भने सम्झिनेछ– यो मरेछ। जन्मदिन पनि कसैले त धेरै धूमधामसँग मनाउँछन्। कोही गरिब रहेछ भने गुड र चना पनि बाँड्न सक्छ। धेरै केही बाँड्दैन। बच्चाहरूले राम्रोसँग बुझ्दैनन्, त्यसैले उनीहरूलाई खुसी हुँदैन। जन्मदिन मनाए भने याद पक्का हुन्छ। तर बुद्धि त्यस्तो हुँदैन। आज फेरि पनि बाबा सम्झाउनुहुन्छ– जो जो नयाँ बच्चा बने, उनीहरूलाई निश्चय भयो भने जन्मदिन मनाउँछन्। फलाना दिन हामीलाई निश्चय भयो, जसबाट जन्माष्टमी सुरु हुन्छ। त्यसैले बच्चाले बाबा र वर्सालाई पूरा याद गर्नुपर्छ। बच्चाले कहिल्यै म फलानाको बच्चा हुँ भन्ने भुल्छ र! यहाँ भन्छन्– बाबा, हजुरको याद नै आउँदैन। अज्ञानकालमा त यस्तो कहिल्यै भन्दैनन्। याद नआउने प्रश्नै उठ्दैन। तिमीले बाबालाई याद गर्छौ, बाबाले त सबैलाई याद गर्नु नै हुन्छ। मेरा सबै बच्चाहरू कामचितामा जलेर भस्म भएका छन्। यस्तो अरू कुनै गुरु वा महात्मा आदिले भन्दैनन्। यो भगवानुवाच नै हो– सबै मेरा बच्चाहरू हुन्। भगवानका त सबै बच्चाहरू हुन् नि! सबै आत्माहरू परमात्मा पिताका बच्चाहरू हुन्। बाबाले पनि शरीरमा आएपछि मात्र भन्नुहुन्छ– यी सबै आत्माहरू मेरा बच्चाहरू हुन्। कामचितामा चढेर भस्मीभूत, तमोप्रधान बनेका छन्। यहाँका मानिसहरू कति कलियुगी बनेका छन्! कामचितामा बसेर सबै श्याम बनेका छन्। जो पूज्य नम्बर वन गोरा थिए, उनै अब पुजारी श्याम बनेका छन्। सुन्दर नै श्याम बनेका छन्। यो कामचितामा चढ्नु भनेको सर्पमाथि चढ्नुजस्तै हो। वैकुण्ठमा सर्प आदि हुँदैनन्, जसले कसैलाई डस्छन्। यस्तो कुरै हुन सक्दैन।

बाबा भन्नुहुन्छ– ५ विकारको प्रवेश भएपछि तिमीहरू त मानौँ जङ्गली काँडा बनेका छौ। भन्छन्– बाबा, हामीले मान्छौँ यो हो काँडाहरूको जङ्गल। एकअर्काले डसेर सबै भस्मीभूत भएका छन्। भगवानुवाच– म ज्ञान सागरका बच्चाहरू, जसलाई मैले कल्प पहिला पनि आएर स्वच्छ बनाएको थिएँ, उनीहरू अहिले पतित काला बनेका छन्। तिमी बच्चाहरूलाई थाहा छ– हामी गोरोबाट कालो कसरी बन्छौँ। पूरै ८४ जन्मको इतिहास-भूगोल संक्षेपमा बुद्धिमा छ। यस समयमा तिमीलाई थाहा छ– कसैले ५-६ वर्षदेखि लिएर आफ्नो जीवनी जान्दछन्– नम्बरवार बुद्धि अनुसार। प्रत्येकले आफ्नो विगतको जीवनी पनि जान्दछन्– हामीले के के नराम्रो काम गरेकाछौँ। मुख्य मुख्य कुरा त बताइन्छ– हामीले के के गरेकाछौँ। अघिल्लो जन्मको कुरा त बताउनै सक्दैनन्। जन्मजन्मान्तरको जीवनी कसैले बताउन सक्दैन। बाँकी ८४ जन्म कसरी लिएका छन्, त्यो कुरा बाबा बसेर उनीहरूलाई सम्झाउनुहुन्छ, जसले पूरा ८४ जन्म लिएका छन्, उनीहरूकै स्मृतिमा आउनेछ। घर जानको लागि मैले तिमीलाई मत दिन्छु, त्यसैले बाबा भन्नुहुन्छ– यो ज्ञान सबै धर्मका आत्माहरूका लागि हो। मुक्तिधाम घर जान चाहन्छौ भने बाबाले मात्र लैजान सक्नुहुन्छ। बाबासँग बाहेक अरू कोही पनि आफ्नो घर जान सक्दैनन्। कसैसँग यो युक्ति छैन, जसले बाबालाई याद गर्छ र त्यहाँ पुग्छ। पुनर्जन्म त सबैले लिनु नै छ। बाबा बाहेक अरू कसैले त लैजान सक्दैनन्। मोक्षको विचार त कहिल्यै गर्नुहुँदैन। यो त हुनै सक्दैन। यो त अनादि बनिबनाउ ड्रामा हो, यसबाट कोही पनि निस्कन सक्दैन। सबैका एक बाबा नै मुक्तिदाता, मार्गदर्शक हुनुहुन्छ। उहाँ नै आएर युक्ति बताउनुहुन्छ– मलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। नत्र सजाय खानुपर्नेछ। पुरुषार्थ गर्दैन भने सम्झिन्छ– यो बच्चा यहाँको होइन। मुक्ति-जीवनमुक्तिको मार्ग तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। प्रत्येकको सम्झाउने गति आआफ्नो छ। तिमीले पनि त भन्न सक्छौ– यस समयमा दुनियाँ पतित छ। कति मारामार आदि हुन्छ! सत्ययुगमा यस्तो हुँदैन। अहिले कलियुग हो। यो कुरा त सबै मानिसहरूले मान्छन्। सत्ययुग, त्रेता... सत्ययुग (गोल्डन एज), त्रेतायुग... अरू अरू भाषाहरूमा पनि कुनै न कुनै नाम अवश्य भन्छन् होला। अङ्ग्रेजी त सबैले जान्दछन्। शब्दकोश पनि हुन्छ– अङ्ग्रेजी र अरू भाषाको। अङ्ग्रेजहरूले लामो समय राज्य गरेर गए, त्यसैले उनीहरूको अङ्ग्रेजी काममा आउँछ।

यतिबेला मानिसहरूले यो कुरा त मान्छन्– हामीमा कुनै गुण छैन, बाबा, हजुरले आएर कृपा गर्नुहोस्, फेरि हामीलाई पवित्र बनाउनुहोस्, हामी पतित छौँ। अहिले तिमी बच्चाहरूले बुझेका छौ– पतित आत्मा एउटा पनि फर्केर जान सक्दैन। सबै सतो-रजो-तमोमा आउनु नै छ। अब बाबा यस पतित महफिलमा आउनुहुन्छ, यो महफिल कति ठुलो छ! म देवताहरूको महफिलमा कहिल्यै आउँदैआउन्नँ। जहाँ मिष्ठान्न, ३६ प्रकारका भोजन मिल्न सक्छन्, त्यहाँ म आउँदै आउन्नँ। जहाँ बच्चाहरूलाई रोटी पनि मिल्दैन, त्यहाँ उनीहरूको समीप आएर गोदमा लिएर बच्चा बनाएर वर्सा दिन्छु। धनवानहरूलाई गोदमा लिन्नँ, उनीहरू त आफ्नै नसामा चुर हुन्छन्। स्वयं भन्छन्– हाम्रा लागि त स्वर्ग यहीँ छ, फेरि कोही मरेछ भने भन्छन्– स्वर्गवासी भयो। त्यसो भए पक्कै यो नर्क भयो नि! तिमीले किन सम्झाउँदैनौ? अहिलेसम्म पत्रिकामा पनि युक्तिपूर्वक कसैले छापेका छैनन्। तिमी बच्चाहरूलाई पनि थाहा छ– हामीलाई ड्रामाले पुरुषार्थ गराउँछ, हामीले जुन पुरुषार्थ गर्छौँ– त्यो ड्रामामा पहिल्यै निश्चित छ। पुरुषार्थ गर्न पनि अनिवार्य छ। ड्रामा भनेर बसिरहनु हुँदैन। हरेक कुरामा पुरुषार्थ अवश्य गर्नैपर्छ। तिमीहरू कर्मयोगी, राजयोगी हौ नि! उनीहरू हुन् कर्म संन्यासी, हठयोगी। तिमीले त सबैथोक गर्छौ। घरमा बस्छौ, छोराछोरीलाई सम्हाल्छौ। उनीहरू त भाग्छन्। यो कुरा राम्रो लाग्दैन। तर भारतभूमिमा त्यो पवित्रता पनि चाहिन्छ नि! तैपनि राम्रो छ। अहिले त पवित्र पनि रहँदैनन्। यस्तो होइन उनीहरू कुनै पवित्र दुनियाँमा जान सक्छन्। बाबा बाहेक अरू कसैले त्यस दुनियाँमा लैजान सक्दैन। अहिले तिमीले जान्दछौ– शान्तिधाम त हाम्रो घर हो। तर त्यहाँ जाने कसरी? धेरै पाप गरेका छन्। ईश्वरलाई सर्वव्यापी भनिदिन्छन्। यो कसको इज्जत गुमाउँछन्? शिवबाबाको। कुकुर, बिरालो, कण कणमा परमात्मा हुनुहुन्छ भनिदिन्छन्। अब रिपोर्ट कसलाई गर्ने! बाबा भन्नुहुन्छ– म नै समर्थ छु। मसँग धर्मराज पनि हुनुहुन्छ। यो सबैका लागि कयामतको समय हो। सबै सजाय आदि भोगेर फर्केर जानेछन्। ड्रामाको बनावट नै यस्तो छ। सजाय अवश्य खानैपर्छ। यो त साक्षात्कार पनि हुन्छ। गर्भजेलमा पनि साक्षात्कार हुन्छ। तिमीले यी यी काम गरेका छौ, फेरि त्यसको सजाय मिल्छ, त्यसैले त भन्छन्– अब यस जेलबाट निकाल्नुहोस्। हामीले फेरि यस्तो पाप गर्नेछैनौँ। बाबा यहाँ सम्मुख आएर यी सबै कुरा तिमीहरूलाई सम्झाउनुहुन्छ। गर्भमा सजाय खान्छन्। त्यो पनि जेल हो, त्यहाँ दुःख महसुस हुन्छ। त्यहाँ सत्ययुगमा दुवै जेल हुँदैनन्, जहाँ सजाय खानुपर्छ।

अब बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गरेमा खाद निस्कनेछ। तिम्रा कुरा धेरैले मान्नेछन्। भगवानको नाम त छ। केवल भुल गरेका छन्, जसबाट श्रीकृष्णको नाम राखिदिएका छन्। अब बाबाले पनि बच्चाहरूलाई सम्झाउनुहुन्छ– यो जे सुन्छौ, त्यो सुनेर पत्रिकामा छपाऊ। शिवबाबाले यतिबेला सबैलाई भन्नुहुन्छ– ८४ जन्म भोगेर तिमीहरू तमोप्रधान बनेका छौ। अहिले फेरि मैले सल्लाह दिन्छु– मलाई याद गरेमा विकर्म विनाश हुन्छन्, फेरि तिमी मुक्ति-जीवनमुक्तिधाममा जान्छौ। बाबाको यो आदेश छ– मलाई याद गरेमा खाद निस्कनेछ। अच्छा– प्यारा बच्चाहरू! कति सम्झाएँ, अब कति सम्झाऊँ! अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) हरेक कुराको लागि पुरुषार्थ अवश्य गर्नु छ। ड्रामा भनेर बसिरहनु छैन। कर्मयोगी, राजयोगी बन्नु छ। कर्म संन्यासी, हठयोगी होइन।

२) सजाय नखाई बाबासँग घर जानको लागि यादमा रहेर आत्मालाई सतोप्रधान बनाउनु छ। कालोबाट गोरो बन्नु छ।

वरदान:–
सर्वरूपबाट , सर्व सम्बन्धबाट आफ्नो सबैथोक बाबाको अगाडि अर्पण गर्ने सच्चा स्नेही भव

जोसँग अति स्नेह हुन्छ, त्यो स्नेहको लागि सबैलाई किनारा लगाएर सबैथोक उसको अगाडि अर्पण गरिदिन्छन्, जसरी तिमी बच्चाहरूसँग बाबाको स्नेह छ, त्यसैले तिमी स्नेही बच्चाहरूलाई बाबाले सदाकालको सुखको प्राप्ति गराउनुहुन्छ, बाँकी सबैलाई मुक्तिधाममा बसालिदिनुहुन्छ। त्यसैगरी बच्चाहरूको स्नेहको प्रमाण हो– सर्व रूप, सर्व सम्बन्धबाट आफ्नो सर्वस्व बाबाको अगाडि अर्पण गर्नु। जहाँ स्नेह छ, त्यहाँ योग हुन्छ र योग भयो भने सहयोग पनि हुन्छ। एउटा खजानालाई पनि मनमतद्वारा व्यर्थ गुमाउन सक्दैनन्।

स्लोगन:–
साकार कर्ममा ब्रह्माबाबालाई र अशरीरी बन्नमा निराकार बाबालाई फलो गर।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

तिमी बच्चाहरू अनुभूतिहरूको खजानाले सम्पन्न छौ त्यसैले तिमी सम्पन्न मूर्तिहरूले मास्टर दाता बनेर सबैलाई अनुभूति गराउँदै जाऊ। दाता अर्थात् सेवाधारी। दाताले नदिई रहन सक्दैनन्। उनीहरूले आफ्नो रहमदिलको गुणद्वारा कसैलाई हिम्मत दिन्छन् भने कुनै निर्बल आत्मालाई बल दिन्छन्। उनीहरू मास्टर सुखदाता हुन्छन्।