29.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीले एक एकलाई परिस्तानी बनाउनुछ , तिमी हौ सबैको कल्याण कारी , तिम्रो कर्तव्य हो गरिबलाई धनवान बनाउनु।”

प्रश्न:–
बाबाको कुनचाहिँ नाम साधारण छ तर कर्तव्य धेरै महान् छ?

उत्तर:–
बाबालाई भनिन्छ बागवान (बगैँचाको मालिक), खिवैया। यो नाम कति साधारण छ तर डुब्न लागेकालाई पार लैजानु, यो कति महान् कर्तव्य हो। जसरी पौडी खेल्ने पौडीबाजले एकअर्काको हातमा हात दिएर पार हुन्छन्, त्यसैगरी बाबाको हात मिलेमा तिमी स्वर्गवासी बन्छौ। अहिले तिमी पनि मास्टर खिवैया हौ। तिमीले हरेकको डुङ्गालाई पार लगाउने मार्ग बताउँछौ।

ओम् शान्ति ।
प्यारा बच्चाहरू यादमा त बसिरहेका नै छौ होला। आफूलाई आत्मा सम्झनुछ, देह पनि छ। यस्तो होइन– देहबिना बसेका छौ। तर बाबा भन्नुहुन्छ– देह अभिमान छोडेर देहीअभिमानी बनेर बस। देहीअभिमान हो शुद्ध, देह अभिमान हो अशुद्ध। तिमीलाई थाहा छ– देहीअभिमानी बनेपछि हामी शुद्ध पवित्र बनिरहेका छौँ। देह अभिमानी बनेपछि अशुद्ध, अपवित्र बनेका थियौँ। पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस्! पावन दुनियाँ थियो। अहिले पतित छ फेरि पावन दुनियाँ अवश्य हुन्छ। सृष्टिको चक्र घुम्छ। जसले यस सृष्टि चक्रलाई जान्दछन् उनीहरूलाई भनिन्छ स्वदर्शन चक्रधारी। तिमी हरेक स्वदर्शन चक्रधारी हौ। स्व आत्मालाई सृष्टि चक्रको ज्ञान मिलेको छ। ज्ञान कसले दिनुभयो? अवश्य उहाँ पनि स्वदर्शन चक्रधारी हुनुहुन्छ होला। यो ज्ञान बाबाबाहेक अरू कुनै मनुष्यले सिकाउन सक्दैन। बाबा सुप्रिम रुहले नै बच्चाहरूलाई सिकाउनुहुन्छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी देहीअभिमानी बन। सत्ययुगमा यो ज्ञान अथवा शिक्षा दिने आवश्यकता हुँदैन। न त्यहाँ भक्ति हुन्छ। ज्ञानबाट वर्सा मिल्छ। बाबाले श्रीमत दिनुहुन्छ– यसरी तिमी श्रेष्ठ बन्छौ। तिमीलाई थाहा छ– हामी कब्रिस्तानी थियौँ, अब बाबाले श्रेष्ठ परिस्तानी (स्वर्गवासी) बनाउनुहुन्छ। यो पुरानो दुनियाँ कब्रदाखिल (चिहानमा) पुग्नेछ। मृत्युलोकलाई कब्रिस्तान नै भनिन्छ। परिस्तान नयाँ दुनियाँलाई भनिन्छ। ड्रामाको रहस्य बाबाले सम्झाउनुहुन्छ। यो सारा सृष्टिलाई भंभोर भनिन्छ।

बाबाले सम्झाउनुभएको छ– सारा सृष्टिमा यस समयमा रावणको राज्य छ। विजया दशमी पनि मनाउँछन्, कति खुसी हुन्छन्। बाबा भन्नुहुन्छ– सबै बच्चाहरूलाई दु:खबाट छुटाउन मलाई पनि पुरानो रावणको दुनियाँमा आउनुपर्छ। एउटा कथा सुनाउँछन्। कसैले सोध्यो– पहिला तिमीलाई सुख चाहिन्छ कि दु:ख? उसले भन्यो– सुख चाहिन्छ। सुखमा गयो भने त्यहाँ कुनै यमदूत आदि आउन सक्दैनन्। यो पनि एउटा कहानी हो। बाबा बताउनुहुन्छ, सुखधाममा कहिल्यै काल आउँदैन, सुखधाम अमरपुरी बन्छ। तिमीले मृत्युमाथि विजय पाउँछौ। तिमी कति सर्वशक्तिमान् बन्छौ। त्यहाँ कहिल्यै यसो भनिँदैन– फलानाको मृत्यु भयो, मर्ने नाम नै हुँदैन। एउटा चोला परिवर्तन गरेर अर्को लियो। सर्पले पनि काँचुली फेर्छ नि। तिमीले पनि पुरानो काँचुली छोडेर नयाँ काँचुली अर्थात् शरीरमा आउँछौ। त्यहाँ ५ तत्त्व पनि सतोप्रधान बन्छन्। सबै चीजहरू सतोप्रधान हुन्छन्। हरेक चीज फल आदि धेरै राम्रा (द बेस्ट) हुन्छन्। सत्ययुगलाई भनिन्छ नै स्वर्ग। त्यहाँ देवताहरू धेरै धनवान थिए। उनीहरूजस्ता सुखी विश्वको मालिक कोही हुन सक्दैन। अहिले तिमीलाई थाहा छ– हामी नै ती देवता थियौँ, त्यसैले कति खुसी हुनुपर्छ। अब एक एकलाई परिस्तानी बनाउनुछ, धेरैको कल्याण गर्नुछ। तिमी धेरै धनवान बन्छौ। उनीहरू सबै गरिब छन्। जबसम्म तिम्रो हातमा हात मिल्दैन तबसम्म स्वर्गवासी बन्न सक्दैनन्। बाबाको हात त सबैलाई मिल्दैन। बाबाको हात मिल्छ तिमीलाई। तिम्रो हात फेरि मिल्छ अरूलाई। अरूको फेरि मिल्छ अरूलाई। जसरी कोही पौडी खेल्नेहरू रहेछन् भने एक एकलाई पार लैजान्छन्। तिमी पनि मास्टर खिवैया हौ। अनेक खिवैया बनिरहेका छौ। तिम्रो कामधन्दा नै यही हो। हामीले हरेकको डुङ्गा पार लगाउने मार्ग बताऊँ। खिवैयाका बच्चा खिवैया बन्नुछ। नाम कति साधारण छ– बागवान, खिवैया। अब यथार्थमा तिमीले देख्छौ। तिमीले परिस्तानको स्थापना गरिरहेका छौ। तिम्रा यादगारहरू सामुन्ने खडा छन्। तल राजयोगको तपस्या, माथि राज्य भाग्य देखाइएको छ। दिलवाडा नाम पनि धेरै राम्रो छ। बाबाले सबैको दिल लिनुहुन्छ। सबैको सदगति गर्नुहुन्छ। दिल लिनेवाला को हुनुहुन्छ। यो कहाँ कसैलाई थाहा छ र! ब्रह्माका पनि बाबा शिवबाबा। सबैको दिल लिनेवाला बेहदका बाबा नै हुनुहुन्छ। तत्त्व आदि सबैको कल्याण गर्नुहुन्छ, यो पनि बच्चाहरूलाई सम्झाइएको छ र अरू धर्मका शास्त्र आदि कायम छन्। तिमीलाई ज्ञान मिल्छ नै सङ्गममा, फेरि विनाश भयो भने कुनै शास्त्र हुँदैन। शास्त्र हुन् भक्तिमार्गका निसानी। यो हो ज्ञान। फरक देख्यौ नि। भक्ति अथाह छ, देवी आदिहरूको पूजामा कति खर्च गर्छन्। बाबा भन्नुहुन्छ– यसबाट अल्पकालको सुख मिल्छ। जे जस्तो भावना राखिन्छ त्यो पूरा हुन्छ। देवीहरूलाई सजाउँदा सजाउँदै कसैलाई साक्षात्कार भयो बस् धेरै खुसी हुन्छन्। फाइदा केही पनि हुँदैन। मीराको नाम पनि गायन गरिएको छ। भक्त माला हुन्छ नि। नारीमा मीरा, पुरुषमा नारद शिरोमणि भक्त मानिएका छन्। तिमी बच्चाहरूमा पनि नम्बरवार छन्। मालाका दाना त धेरै छन्। माथि हुनुहुन्छ बाबा फूल, फेरि छ युगल मेरु। फूललाई सबैले नमस्ते गर्छन्। एक एक दानालाई नमस्ते गर्छन्। रुद्र यज्ञ रच्दा त्यसमा पनि धेरै पूजा शिवको गर्छन्। सालिग्रामहरूको त्यति गर्दैनन्। सारा ख्याल शिवतिर जान्छ किनकि शिवबाबाद्वारा नै सालिग्राम यस्ता तीक्ष्ण बनेका हुन्, जसरी अहिले तिमी पावन बनिरहेका छौ। पतित-पावन बाबाका बच्चा तिमी पनि मास्टर पतित-पावन हौ। यदि कसैलाई मार्ग बताएनौ भने पाई पैसाको धेरै सानो पद मिल्छ। तैपनि बाबाबाट त मिल्छ नि। त्यो पनि कम कहाँ हो र। सबैका पिता उहाँ एक हुनुहुन्छ। श्रीकृष्णको लागि कहाँ भनिन्छ र! श्रीकृष्ण कसको पिता बन्नुहुन्छ? श्रीकृष्णलाई पिता भनिँदैन। बच्चालाई पिता कहाँ भन्न सकिन्छ र। युगल बनेर बच्चा पैदा भएपछि मात्र पिता तब भनिन्छ। फेरि त्यो बच्चाले पिता भन्छ। अरू कसैले भन्न सक्दैन। बाँकी कुनै पनि बुज्रुगलाई पनि पिताजी भनिदिन्छन्। उहाँ (शिवबाबा) त सबैका बाबा हुनुहुन्छ। गाउँछन् पनि ब्रदरहुड, (सबै भाइ भाइ)। ईश्वरलाई सर्वव्यापी भन्नाले फादरहुड (सबै पिता नै पिता) हुन्छ।

तिमी बच्चाहरूले ठुला ठुला सभाहरूमा सम्झाउनुपर्छ। सदैव कहीँ पनि भाषण गर्न गयौ भने जुन टपिकमा भाषण गर्नुछ, त्यसमा विचार सागर मन्थन गरेर लेख्नुपर्छ। बाबाले त विचार सागर मन्थन गर्नुहुन्न। कल्प पहिला जे सुनाउनुभएको थियो त्यो सुनाएर जानुहुन्छ। तिमीले त टपिकमा सम्झाउनुछ। पहिला लेखेर फेरि पढ्नुपर्छ। भाषण गरेपछि फेरि स्मृतिमा आउँछ– यी यी प्वइन्टहरू बताइनँ। यो सम्झाएको भए राम्रो हुन्थ्यो। यस्तो हुन्छ, कुनै न कुनै प्वइन्ट बिर्सिन्छन्। पहिला सुरुमा त भन्नुपर्छ– आदरणीय दाजु/भाइ-दिदी-बहिनीहरू! आत्म अभिमानी भएर बस्नुहोस्। यो त कहिल्यै बिर्सनुहुँदैन। यस्तो कुनै समाचार लेख्दैनन्। पहिला सुरुमा सबैलाई भन्नुछ– आत्म अभिमानी भएर बसौँ। हामी आत्मा अविनाशी हौँ। अहिले बाबा आएर ज्ञान दिइरहनुभएको छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा विकर्म विनाश हुन्छन्। कुनै पनि देहधारीलाई याद नगर। आफूलाई आत्मा सम्झ, हामी त्यहाँका निवासी हौँ। हाम्रो बाबा कल्याणकारी शिव हुनुहुन्छ, हामी आत्माहरू उहाँका बच्चा हौँ। बाबा भन्नुहुन्छ– आत्म अभिमानी बन। म आत्मा हुँ। बाबाको यादले विकर्म विनाश हुन्छन्। गङ्गा स्नान आदिले विकर्म विनाश हुँदैनन्। बाबाको निर्देशन छ– तिमीले मलाई याद गर। उनीहरूले गीता पढ्छन्– यदा यदाहि धर्मस्य... भन्छन् तर अर्थ केही जान्दैनन्। त्यसैले बाबाले सेवाको लागि राय दिनुहुन्छ– शिवबाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर शिवबाबालाई याद गर। उनीहरूले सम्झन्छन्– श्रीकृष्णले भन्नुभयो, तिमीले भन्छौ– शिवबाबाले हामी बच्चाहरूलाई भन्नुहुन्छ– मलाई याद गर। जति मलाई याद गर्छौ त्यति सतोप्रधान बनेर उच्च पद पाउँछौ। लक्ष्य उद्देश्य पनि सामुन्ने छ। पुरुषार्थबाट उच्च पद पाउनुछ। उतातिरकाले आफ्नो धर्ममा उच्च पद पाउँछन्, हामी अरूको धर्ममा जाँदैनौँ। उनीहरू त आउँछन् नै पछि। उनीहरूलाई पनि थाहा छ– हामीभन्दा पहिला प्याराडाइज थियो। भारतवर्ष सबैभन्दा प्राचीन हो। तर कहिले थियो, त्यो कसैले जान्दैनन्। उनीहरूलाई भगवान-भगवती पनि भन्छन् तर बाबा भन्नुहुन्छ– भगवान-भगवती भन्न सकिँदैन। भगवान त एक म मात्रै हुँ। हामी ब्राह्मण हौँ। बाबालाई त ब्राह्मण भनिदैन। उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च भगवान, उहाँको शरीरको नाम छैन। तिम्रा सबै शरीरका नाम हुन्छन्। आत्मा त आत्मा नै हो। उहाँ पनि परम आत्मा हुनुहुन्छ। उहाँको आत्माको नाम शिव हो, उहाँ निराकार हुनुहुन्छ। उहाँको न सूक्ष्म, न स्थूल शरीर छ। यस्तो होइन– उहाँको आकार छैन। जसको नाम छ भने आकार पनि अवश्य हुन्छ। नाम, रूप बिना कुनै चीज हुँदैन। परमात्मा बाबालाई नाम-रूपबाट न्यारा भन्नु कति ठुलो अज्ञान हो। बाबा पनि नाम, रूपबाट न्यारा, बच्चाहरू पनि नाम-रूपबाट न्यारा त्यसो हो भने त कुनै सृष्टि नै हुँदैन। तिमीले अब राम्रोसँग सम्झाउन सक्छौ। गुरुहरूले पछाडि बुझ्नेछन्। अहिले उनीहरूको बादसाही छ।

तिमी अहिले डबल अहिंसक बन्छौ। अहिंसा परमो देवीदेवता धर्म डबल अहिंसक गायन गरिएको छ। कसैलाई हात लगाउनु, दु:ख दिनु त्यो पनि हिंसा भयो। बाबाले दिनदिनै सम्झाउनुहुन्छ– मनसा-वाचा-कर्मणा कसैलाई दु:ख दिनुहुँदैन। मनसामा आउँछ अवश्य। सत्ययुगमा मनसामा पनि आउँदैन। यहाँ त मनसा-वाचा-कर्मणामा आउँछ। यो शब्द तिमीले त्यहाँ सुन्दैनौ पनि। न त्यहाँ कुनै सतसङ्ग आदि हुन्छन्। सतसङ्ग हुन्छ नै सत्यद्वारा, सत्य बन्नको लागि। सत्य एक बाबा मात्रै हुनुहुन्छ। बाबा बसेर नरबाट नारायण बन्ने कथा सुनाउनुहुन्छ, जसबाट तिमी नारायण बन्छौ। फेरि भक्तिमार्गमा सत्य नारायणको कथा धेरै प्रेमले सुन्छन्। हेर तिम्रो यादगार दिलवाडा मन्दिर कस्तो राम्रो छ। अवश्य सङ्गमयुगमा दिल लिनुभएको थियो होला। आदि देव र देवी, बच्चाहरू बसेका छन्। यो हो रियल यादगार। यसको इतिहास भूगोल कसैले जान्दैनन्, तिमीबाहेक। यो तिम्रो नै यादगार हो। यो पनि आश्चर्य छ। लक्ष्मी-नारायणको मन्दिरमा गयौ भने तिमीले भन्छौ– हामी यस्तै बनिरहेका छौँ। क्राइस्ट पनि यहाँ छन्। धेरैले भन्छन्– क्राइस्ट भिखारी रूपमा छन्। तमोप्रधान अर्थात् भिखारी भए नि। पुनर्जन्म त अवश्य लिन्छन् नि। श्रीकृष्ण राजकुमार उहाँ नै अहिले भिखारी हुनुहुन्छ। गोरो र कालो। तिमीलाई पनि थाहा छ– भारतवर्ष के थियो, अहिले के छ। बाबा त हुनुहुन्छ नै गरिब निवाज। मानिसहरूले दानपुण्य पनि गरिबहरूलाई गर्छन् ईश्वर अर्थ। धेरैलाई अन्न मिल्दैन। पछि गएर तिमीले देख्छौ– ठुला ठुला धनवानहरूलाई पनि अन्न मिल्दैन। गाउँ गाउँमा पनि धनवान रहन्छन् नि, जसलाई फेरि डाकुहरूले लुट्छन्। पदमा त फरक हुन्छ नि। बाबा भन्नुहुन्छ– पुरुषार्थ यस्तो गर, जसबाट नम्बरवनमा जान्छौ। टिचरको काम हो सावधान गर्नु। सम्मान सहित पास हुनुछ। यो बेहदको पाठशाला हो। यो हो नै राजधानी स्थापना गर्नको लागि राजयोग। फेरि पुरानो दुनियाँको विनाश हुनुछ। नत्र राज्य कहाँ गर्छौ। यो त हो नै पतित धरती।

मानिसहरूले भन्छन्– गङ्गा पतित-पावनी हुन्। बाबा भन्नुहुन्छ– यस समयमा ५ तत्त्व सबै तमोप्रधान पतित छन्। सारा फोहोर मैला आदि त्यहाँ गएर मिसिन्छ। माछा आदि पनि त्यसमा हुन्छन्। पानीको पनि एउटा दुनियाँजस्तै छ। पानीमा कति जीव रहन्छन्। ठुला ठुला सागरबाट पनि कति भोजन मिल्छ। त्यसैले त्यो गाउँ भयो नि। गाउँलाई फेरि पतित-पावन कसरी भनिन्छ। बाबा सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! पतित-पावन एक बाबा हुनुहुन्छ। तिम्रो आत्मा र शरीर पतित भएको छ, अब मलाई याद गरेमा पावन बन्छौ। तिमी विश्वको मालिक, सुन्दर बन्छौ। त्यहाँ अर्को कुनै खण्ड हुँदैन। भारतवर्षको नै अलराउन्ड पार्ट छ। तिमी सबै अलराउन्डर हौ। नाटकमा कलाकारहरू नम्बरवार आउँछन्-जान्छन्। यो पनि यस्तै हो। बाबा भन्नुहुन्छ, तिमीले सम्झ– हामीलाई भगवानले पढाउनुहुन्छ। हामी पतित-पावन ईश्वरीय विद्यार्थी हौँ, यसमा सबै आउँछ। पतित-पावन पनि भयो, गुरु टिचर पनि भयो। फादर पनि भयो। त्यो पनि निराकार हुनुहुन्छ। यो हो निराकारी ईश्वरीय विश्व विद्यालय। कति राम्रो नाम छ। ईश्वरको कति महिमा गर्छन्। बिन्दु सुनेपछि आश्चर्य लाग्छ। ईश्वरको महिमा यति गर्छन्, तर चीज के हो! बिन्दु। त्यसमा पार्ट कति भरिएको छ। अब बाबा भन्नुहुन्छ– देह हुँदै, गृहस्थ व्यवहारमा रहँदै म एकलाई याद गर। भक्तिमार्गमा जुन नवधा भक्ति गर्छन्, त्यसलाई भनिन्छ– सतोप्रधान नवधा भक्ति। कति तीक्ष्ण भक्ति हुन्छ। अब फेरि तेज गति चाहिन्छ– यादको। तीक्ष्ण याद गर्नेको नै उच्च नाम हुन्छ। विजय मालाको दाना बन्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) नरबाट नारायण बन्नको लागि दिनहुँ सत्य बाबाबाट ज्ञान सुन्नुछ। सत्सङ्ग गर्नुछ। कहिल्यै मनसा-वाचा-कर्मणा कसैलाई दु:ख दिनुछैन।

२) विजय मालाको दाना बन्न वा पास विद अनर हुनको लागि यादको गति तेज बनाउनुछ। मास्टर पतित-पावन बनेर सबैलाई पावन बनाउने सेवा गर्नुछ।

वरदान:–
परमात्म यादको गोद मा समा हित हु ने सङ्गमयुगी श्रेष्ठ भाग्यवान् आत्मा भव

सङ्गमयुग सत्ययुगी स्वर्गभन्दा पनि श्रेष्ठ छ किनकि अहिलेको गायन हो– अप्राप्त छैन कुनै वस्तु ब्राह्मणहरूको संसारमा। एक बाबा मिल्नुभयो, सबथोक मिल्यो। अहिले तिमी बच्चाहरू कहिले अतीन्द्रिय सुखको झुलामा झुल्छौ, कहिले खुसी, कहिले शान्ति, कहिले ज्ञान, कहिले आनन्द र कहिले परमात्म गोदको झुलामा झुल्छौ। परमात्म गोद हो– यादको लवलीन अवस्था। यो गोदले सेकेन्डमा अनेक जन्मका दु:खदर्द भुलाउँछ। त्यसैले यस श्रेष्ठ संस्कारलाई सदा स्मृतिमा राखेर भाग्यवान् आत्मा बन।

स्लोगन:–
यस्तो सपुत बन जसबाट बाबाले तिम्रो गीत गाउनहुन्छ र तिमीले बाबाको गीत गाउँछौ।


अव्यक्त इसारा:– स्वयं र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

पहिला स्वयंमाथि योगको प्रयोग गरेर हेर। हरेक महिना वा हरेक १५ दिनको लागि कुनै न कुनै विशेष गुण वा कुनै न कुनै विशेष शक्तिको स्वप्रति प्रयोग गरेर हेर किनकि सङ्गठनमा वा सम्बन्ध-सम्पर्कमा परीक्षा त आउँछन् नै, त्यसैले पहिला आफैले प्रयोग गरेर चेक गर, कुनै पनि परीक्षा आयो भने कुन गुण वा शक्तिको प्रयोग गर्नाले कति समयमा सफलता मिल्यो? स्वप्रति सफल भयौ भने अरूप्रति पनि प्रयोग गर्ने उमङ्ग-उत्साह स्वत: नै बढ्दै जान्छ।