29.11.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यदि
शिवबाबाको कदर छ भने उहाँको श्रीमतमा चल्दै जाऊ , श्रीमतमा चल्नु अर्थात् बाबाको
कदर गर्नु।”
प्रश्न:–
बच्चाहरू बाबा
भन्दा पनि ठुला जादुगर हुन्– कसरी?
उत्तर:–
सर्वोच्च
बाबालाई आफ्नो बच्चा बनाउनु, तन-मन-धनबाट बाबालाई वारिस बनाएर समर्पित हुनु– यो
बच्चाहरूको जादुगरी हो। जसले अहिले भगवानलाई वारिस बनाउँछन् ती २१ जन्मको लागि,
वर्साको अधिकारी बन्छन्।
प्रश्न:–
ट्रिब्युनल
कुन बच्चाहरूको लागि बस्छ?
उत्तर:–
जसले दान दिएको चीजलाई फिर्ता लिने सङ्कल्प गर्छ, मायाको वश भएर डिससर्भिस गर्छ उसको
लागि ट्रिब्युनल (धर्मसभा) बस्छ।
ओम् शान्ति ।
रूहानी
विचित्र बाबा बसेर विचित्र बच्चाहरूलाई सम्झाउनु हुन्छ अर्थात् दूर देशमा रहनेवाला
त्यस्ता बाबा जसलाई परमपिता परमात्मा भनिन्छ। धेरै टाढा दूर देशबाट आएर यस
शरीरद्वारा तिमीलाई पढाउनु हुन्छ। अब जसले पढ्छन् उनीहरूले पढाउनेसँग योग त स्वत:
राख्छन्। यो भन्नुपर्दैन– प्यारा बच्चाहरू! टिचरसँग योग लगाऊ वा उहाँलाई याद गर।
होइन, यहाँ बाबा भन्नुहुन्छ– हे रूहानी बच्चाहरू! उहाँ तिम्रा पिता पनि हुनुहुन्छ,
टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ, उहाँसँग योग लगाऊ अर्थात् बाबालाई याद गर।
उहाँ हुनुहुन्छ विचित्र बाबा। तिमीले घरी घरी उहाँलाई भुल्छौ, त्यसैले भन्नुपर्छ।
पढाउनेलाई याद गर्नाले तिम्रो पाप भस्म हुन्छ। टिचरले मलाई हेर भन्ने, यो काइदा छैन।
यसमा त धेरै फाइदा छ। बाबा भन्नुहुन्छ– केवल मलाई याद गर। यस यादको बलबाट नै तिम्रा
सबै पाप काटिनु छ, यसलाई भनिन्छ यादको यात्रा। अहिले रूहानी विचित्र बाबाले
बच्चाहरूलाई हेर्नुहुन्छ। बच्चाहरूले पनि आफूलाई आत्मा सम्झेर विचित्र बाबालाई याद
गर्छन्। तिमी त घरी घरी शरीरमा आउँछौ। म त सारा कल्प शरीरमा आउँदिन, केवल यस
सङ्गमयुगमा नै धेरै दूर देशबाट तिमी बच्चाहरूलाई पढाउन आउँछु। यो राम्ररी याद गर्नु
छ। बाबा हाम्रा पिता, टिचर र सद्गुरु हुनुहुन्छ। विचित्र हुनुहुन्छ। उहाँको आफ्नो
शरीर छैन, फेरि कसरी आउनु हुन्छ? भन्नुहुन्छ– मैले प्रकृतिको, मुखको आधार लिनुपर्छ।
म त विचित्र हुँ। तिमीहरू सबै चित्रवाला हौ। मलाई रथ त अवश्य चाहिन्छ नि। घोडा
गाडीमा त आउँदिनँ। बाबा भन्नुहुन्छ– म यस तनमा प्रवेश गर्छु, जो फस्ट नम्बरका छन्
उनै लास्ट नम्बरका बन्छन्। जो सतोप्रधान थिए उनै तमोप्रधान बन्छन्। उनीहरूलाई नै
फेरि सतोप्रधान बनाउनको लागि बाबाले पढाउनु हुन्छ। सम्झाउनु हुन्छ यस रावण राज्यमा
५ विकारमाथि विजय प्राप्त गरेर तिमी बच्चाहरू जगतजित बन्नु छ। बच्चाहरूले यो याद
राख्नुपर्छ– हामीलाई विचित्र बाबाले पढाउनु हुन्छ। बाबालाई नै याद गरेनौ भने त पाप
कसरी भस्म हुन्छ? यी कुरा पनि केवल अहिले सङ्गमयुगमा नै सुन्छौ। एक पटक जुन कुरा
हुन्छ फेरि कल्पपछि त्यही दोहोरिन्छ। ज्ञान कति राम्रो छ। यसमा धेरै विशाल बुद्धि
चाहिन्छ। यो कुनै साधुसन्त आदिको सत्सङ्ग होइन। उहाँलाई बाबा पनि भन्छौ भने बच्चा
पनि भन्छौ। तिमीलाई थाहा छ– उहाँ हाम्रा बाबा पनि हुनुहुन्छ, बच्चा पनि हुनुहुन्छ।
हामीले सबैथोक उहाँ बच्चालाई दिन्छौं र बाबाबाट २१ जन्मको लागि वर्सा लिन्छौं।
फोहोरमैला सबै दिएर बाबाबाट हामीले विश्वको बादसाही लिन्छौं। भन्छन्, बाबा हामीले
भक्तिमार्गमा भनेका थियौं– जब हजुर आउनु हुन्छ तब हामी हजुरप्रति तन-मन-धनसहित
समर्पित हुन्छौं। लौकिक पिता पनि बच्चाहरूमा समर्पित हुन्छन् नि। यहाँ त तिमीलाई उहाँ
कस्ता विचित्र बाबा मिल्नुभएको छ, उहाँलाई याद गर्यौ भने तिम्रो पाप भस्म भएर आफ्नो
घरमा जान्छौ। यो यात्रा कति लामो छ। बाबा कहाँ आउनु हुन्छ हेर! पुरानो रावण राज्यमा।
भन्नुहुन्छ– मेरो भाग्यमा पावन शरीर मिल्नु छैन। पतितलाई पावन बनाउन कसरी आऊँ? मैले
पतित दुनियाँमा नै आएर सबैलाई पावन बनाउनु पर्छ। त्यसैले यस्ता टिचरको कदर पनि त
राख्नुपर्छ नि। धेरै यस्ता पनि छन् जसले कदर गर्न पनि जानेका छैनन्। यो पनि ड्रामामा
हुनु नै छ। राजधानीमा त सबै चाहिन्छ नि– नम्बरवार। त्यसैले सबै प्रकारका यहाँ नै
बन्छन्। सानो पद पाउनेहरूको यो हाल हुन्छ। न पढ्छन्, न बाबाको यादमा रहन्छन्। उहाँ
धेरै विचित्र बाबा हुनुहुन्छ, उहाँको चालचलन पनि अलौकिक छ। उहाँको पार्ट अरू कसैलाई
पनि मिल्न सक्दैन। उहाँ बाबा आएर तिमीलाई कति श्रेष्ठ पढाइ पढाउनु हुन्छ, त्यसैले
त्यसको कदर पनि राख्नुपर्छ। उहाँको श्रीमतमा चल्नुपर्छ। तर मायाले घरी घरी
भुलाइदिन्छ। माया यति शक्तिशाली छ जसले राम्रा राम्रा बच्चाहरूलाई गिराइदिन्छ।
बाबाले कति धेरै धनवान बनाउनु हुन्छ तर मायाले एकदम शिर मोडिदिन्छ। मायाबाट बच्नको
लागि बाबालाई अवश्य याद गर्नुपर्छ। धेरै राम्रा बच्चाहरू छन् जो बाबाको बनेर पनि,
फेरि मायाका बन्छन्, कुरै नसोध। खुँखार ट्रेटर बन्छन्। मायाले एकदम नाकमा समात्छ।
भनाइ पनि छ नि– हात्तीलाई गोहीले खायो। तर त्यसको अर्थ कसैले पनि बुझ्दैनन्। बाबाले
हरेक कुरा राम्ररी सम्झाउनु हुन्छ। कति बच्चाहरूले जान्दछन् पनि तर नम्बरवार
पुरुषार्थ अनुसार। कसैलाई त अलिकति पनि धारणा हुँदैन। यो त धेरै उच्च पढाइ हो नि।
त्यसैले यसको धारणा गर्न सक्दैनन्। बाबा भन्नुहुन्छ– यिनको भाग्यमा राज्य-भाग्य छैन।
कोही आँकका फूल छन्, कोही सुगन्धित फूल छन्। भेराइटीको बगैँचा हो नि। यस्ता पनि
चाहिन्छन् नि। राजधानीमा तिमीलाई नोकरचाकर पनि मिल्छन्। नत्र नोकरचाकर कसरी मिल्छन्?
रजाइँ यहाँ नै बन्छ। नोकरचाकर, चण्डाल आदि सबै मिल्छन्। यहाँ राजधानी स्थापना
भइरहेको छ। आश्चर्य छ। बाबाले तिमीलाई यति उच्च बनाउनु हुन्छ भने यस्ता बाबालाई याद
गर्दा प्रेमको आँसु बग्नुपर्छ।
तिमी मालाका दाना
बन्छौ नि! भन्छन्– बाबा हजुर कति विचित्र हुनुहुन्छ। कसरी आएर हामी पतितलाई हजुरले
पावन बनाउनको लागि पढाउनु हुन्छ। भक्तिमार्गमा पनि शिवको पूजा त गर्छन् तर कहाँ
सम्झन्छन् र उहाँ नै पतित-पावन हुनुहुन्छ, फेरि पनि पुकारिरहन्छन्– हे पतित-पावन
आउनुहोस्! आएर हामीलाई फूल देवी-देवता बनाउनुहोस्। बच्चाहरूको आदेशलाई बाबाले
मान्नुहुन्छ अनि जब आउनु हुन्छ तब भन्नुहुन्छ– प्यारा बच्चाहरू! पवित्र बन। यसमा नै
हङ्गामा हुन्छ। बाबा अद्भुत हुनुहुन्छ नि। बच्चाहरूलाई भन्नुहुन्छ– मलाई याद गर्यौ
भने पाप काटिन्छ। बाबाले जान्नुहुन्छ– मैले आत्माहरूसँग कुरा गर्छु। सबै कुरा
आत्माले नै गर्छ, विकर्म पनि आत्माले नै गर्छ। आत्माले नै शरीरद्वारा भोग्छ। तिम्रो
लागि नै ट्रिब्युनल बस्छ। विशेष ती बच्चाहरूको लागि जो सेवाका लायक बनेर फेरि
ट्रेटर बन्छन्। यो त बाबाले नै जान्नुहुन्छ, कसरी मायाले निलिदिन्छ। बाबा मैले हार
खाएँ, कालो मुख पारेँ.... अब क्षमा गर्नुहोस्। तर गिर्यो र मायाको बन्यो फेरि क्षमा
के को लागि? उनले त फेरि धेरै धेरै मेहनत गर्नुपर्छ। धेरै यस्ता छन् जसले मायासँग
हार्छन्। बाबा भन्नुहुन्छ– यहाँ बाबालाई दान दिएर गएपछि फेरि फिर्ता लिनु हुँदैन।
नत्र समाप्त हुन्छ। हरिश्चन्द्रको उदाहरण छ नि। दान दिएर फेरि धेरै होसियार रहनु छ।
लियो भने त फेरि सय गुणा दण्ड पर्छ। अनि धेरै सानो पद पाउने छन्। बच्चाहरूले जानेका
छौ– यो राजधानी स्थापना भइरहेको छ। अरू जसले धर्म स्थापना गर्छन्, पहिला उनीहरूको
रजाइँ चल्दैन। रजाइँ त तब हुन्छ जब ५०-६० करोड हुन्छन्, त्यसपछि सेना बन्छन्। सुरुमा
त आउँछन् नै एक-दुई, फेरि वृद्धि हुँदै जान्छ। तिमीलाई थाहा छ– क्राइष्ट पनि कुनै
भेषमा आउने छन्। बेगरका रूपमा फस्ट नम्बरवाला फेरि अवश्य लास्ट नम्बरमा हुन्छ।
क्रिस्चियनहरूले तुरुन्तै भन्छन्– अवश्य पनि क्राइस्ट यस समयमा बेगरका रूपमा छन्।
सम्झन्छन् पुनर्जन्म त लिनु नै छ। हरेकलाई तमोप्रधान त अवश्य बन्नु छ। यस समयमा सारा
दुनियाँ तमोप्रधान जीर्ण छन्। यस पुरानो दुनियाँको विनाश अवश्य हुनु छ।
क्रिस्चियनहरूले पनि भन्छन् क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला स्वर्ग थियो फेरि
अवश्य हुन्छ। तर यो कुरा कसले सम्झाउने? बाबा भन्नुहुन्छ– अहिले त्यो अवस्था
बच्चाहरूको कहाँ छ। घरी घरी लेख्छन्– म योगमा रहन सक्दिनँ। बच्चाहरूको
क्रियाकलापबाट जान्नुहुन्छ। बाबालाई समाचार दिन पनि डराउँछन्। बाबाले त बच्चाहरूलाई
कति प्यार गर्नुहुन्छ। प्यारले नमस्ते गर्नुहुन्छ। बच्चाहरूमा त अहङ्कार हुन्छ।
राम्रा राम्रा बच्चाहरूलाई पनि मायाले भुलाइदिन्छ। बाबाले जान्न सक्नुहुन्छ,
भन्नुहुन्छ म नलेजफुल हुँ। जानीजाननहार को अर्थ यो होइन– मैले सबै मन भित्रको कुरा
जान्दछु। म आएको नै हुँ पढाउन, न कि रिड गर्न। म कसैको मनको कुरा रिड गर्दिनँ, यो त
साकारले पनि रिड गर्दैनन्। यिनले सबै कुरा भुल्नु छ। फेरि के रिड गर्छन्? तिमी यहाँ
आउँछौ नै पढ्न। भक्तिमार्ग नै अलग हो। यो गिर्ने उपाय पनि चाहिन्छ नि। यी कुराबाट
नै तिमी गिर्छौ। ड्रामाको खेल यस्तो बनेको छ। भक्तिमार्गको शास्त्र पढ्दा पढ्दा तिमी
तल उत्रिदै तमोप्रधान बन्छौ। अहिले तिमी यस फोहोरी दुनियाँमा बिल्कुल रहनु छैन।
कलियुगबाट फेरि सत्ययुग आउनु नै छ। अहिले यो हो सङ्गमयुग। यी सबै कुरा धारण गर्नु
छ। बाबाले नै सम्झाउनु हुन्छ बाँकी सारा दुनियाँको बुद्धिमा त गोडरेजको ताला लागेको
छ। तिमीलाई थाहा छ– यिनीहरू दैवी गुणका थिए, तिनै फेरि आसुरी गुणका बनेका छन्। बाबा
सम्झाउनु हुन्छ– अब भक्ति मार्गको सबै कुरा भुल। अब मैले जे सुनाउँछु, त्यो सुन,
हियर नो ईविल... अब म एकबाट नै सुन। अहिले म तिमीलाई तार्न आएको छु।
तिमी हौ ईश्वरीय
सम्प्रदाय। प्रजापिता ब्रह्माका मुख कमलबाट तिमी पैदा भएका हौ नि। सबै गोद लिएका
बच्चाहरू हौ। उनलाई आदि देव भनिन्छ। महावीर पनि भनिन्छ। तिमी बच्चाहरू महावीर हौ
नि, योगबलबाट मायामाथि विजय प्राप्त गर्छौ। बाबालाई भनिन्छ ज्ञानका सागर। ज्ञानसागर
बाबाले तिमीलाई अविनाशी ज्ञान रत्नको थाली भरेर दिनुहुन्छ। तिमीलाई मालामाल बनाउनु
हुन्छ। जसले ज्ञान धारण गर्छन् उनले उच्च पद पाउँछन्। जसले धारणा गर्दैनन् उनले
अवश्य सानो पद पाउने छन्। बाबाबाट तिमीले अपार खजाना पाउँछौ। अल्लाह अवलदीनको पनि
कथा छ नि। तिमीलाई थाहा छ– त्यहाँ हामीलाई कुनै अप्राप्त वस्तु हुँदैन। बाबाले २१
जन्मको लागि वर्सा दिनुहुन्छ। बेहदका बाबाले बेहदको वर्सा दिनुहुन्छ। हदको वर्सा
मिलेर पनि बेहदका बाबालाई याद अवश्य गर्छन्– हे परमात्मा! दया गर्नुहोस्, कृपा
गर्नुहोस्। उहाँले के दिनुहुन्छ, यो कसलाई थाहा छ र। अहिले तिमीलाई थाहा छ– बाबाले
त हामीलाई विश्वको मालिक बनाउनु हुन्छ। चित्रमा पनि छ– ब्रह्माद्वारा स्थापना,
ब्रह्मा सामुन्ने बसेका छन् साधारण रूपमा। स्थापना गर्नुहुन्छ भने अवश्य उहाँलाई नै
बनाउनु हुन्छ नि। बाबाले कति राम्ररी सम्झाउनु हुन्छ। तिमीले पूरा सम्झाउन सक्दैनौ।
भक्तिमार्गमा शङ्करको अगाडि गएर भन्छन्– भरिदेऊ झोली। आत्माले भन्छ म कङ्गाल छु।
मेरो झोली भरिदिनुहोस्, मलाई यस्तो बनाउनुहोस्। अहिले तिमी झोली भर्न आएका छौ।
भन्छन्, हामी त नरबाट नारायण बन्न चाहन्छौं। यो पढाइ नै नरबाट नारायण बन्नको लागि
हो। पुरानो दुनियाँमा आउने दिल कसको होला! तर नयाँ दुनियाँमा त सबै आउँदैनन्। कोही
२५ प्रतिशत पुरानोमा आउने छन्। केही कमी त हुन्छ नि। अलिकति पनि कसैलाई सन्देश दिँदै
गयौ भने तिमी स्वर्गको मालिक अवश्य बन्छौ। अहिले नर्कको मालिक त सबै छन् नि। राजा,
रानी, प्रजा सबै नर्कका मालिक छन्। त्यहाँ थिए डबल शिरताज। अहिले ती छैनन्। आजकाल त
धर्म आदिलाई कसैले मान्दैनन्। देवी-देवता धर्म नै समाप्त भइसकेको छ। गायन पनि छ–
रिलीजन इज माइट, धर्मलाई नमानेका हुनाले तागत रहेको छैन। बाबाले सम्झाउनु हुन्छ–
मीठा प्यारा बच्चाहरू! तिमी नै पूज्यबाट पुजारी बन्छौ। ८४ जन्म लिन्छौ नि। हम सो
ब्राह्मण, हम सो देवता, फेरि हम सो क्षत्रिय... बुद्धिमा यो सारा चक्र आउँछ नि। यो
८४ को चक्कर हामीले लगाइ नै रहन्छौं। अब फेरि फर्केर घर जानु छ। पतित कोही पनि जान
सक्दैन। आत्मा नै पतित अथवा पावन बन्छ। सुनमा मिसावट पर्छ नि। गहनामा पर्दैन, यो हो
ज्ञान अग्नि जसबाट सारा मिसावट निस्केर तिमी सक्कली सुन बन्छौ फेरि गहना पनि
तिमीलाई राम्रो मिल्छ। अहिले आत्मा पतित छ, त्यसैले पावनको अगाडि नमन गर्छन्। गर्न
त सबै कुरा आत्माले नै गर्छ। अब बाबा सम्झाउनु हुन्छ – प्यारा बच्चाहरू! केवल म
एकलाई याद गर तब बेडा पार हुन्छ। पवित्र बनेर पवित्र दुनियाँमा जान्छौ। अब जसले जति
पुरुषार्थ गर्न सक्छ। सबैलाई यही परिचय दिइरहनु छ। उहाँ हुनुहुन्छ हदका पिता, यहाँ
हुनुहुन्छ बेहदका पिता। सङ्गममा नै बाबा आउनु हुन्छ, स्वर्गको वर्सा दिन। त्यसैले
यस्ता बाबालाई याद गर्नुपर्छ नि। टिचरलाई कहिल्यै विद्यार्थीले भुल्छन् र! तर यहाँ
मायाले भुलाइरहन्छ। धेरै होसियार रहनु छ। युद्धको मैदान हो नि। बाबा भन्नुहुन्छ– अब
विकारमा नजाऊ, फोहोरी नबन। अब त स्वर्गमा जानु छ। पवित्र बनेर नै पवित्र नयाँ
दुनियाँको मालिक बन्छौ। तिमीलाई विश्वको बादसाही दिन्छु। कम कुरा हो र! केवल यो एक
जन्म पवित्र बन। अब पवित्र बनेनौ भने त तल खस्छौ। आकर्षण धेरै छ। काममाथि विजय
प्राप्त गर्यौ भने तिमी जगतको मालिक बन्छौ। तिमीले स्पष्ट भन्न सक्छौ– परमपिता
परमात्मा नै जगतगुरु हुनुहुन्छ, जसले सारा जगतलाई सद्गति दिनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अविनाशी ज्ञान रत्नबाट बुद्धिरूपी झोली भरेर मालामाल बन्नु छ। कुनै पनि प्रकारको
अहङ्कार देखाउनु छैन।
२) सेवा लायक बनेर
फेरि कहिल्यै ट्रेटर बनेर डिससर्भिस गर्नु छैन। दान दिइसकेपछि धेरै धेरै होसियार
रहनु छ, दान दिएको चीज कहिल्यै फिर्ता लिने ख्याल नआओस्।
वरदान:–
डाइरेक्ट
परमात्म लाइटको कनेक् स नद्वारा अन्धकारलाई भगाउने लाइट हाउस भव
तिमी बच्चाहरूसँग
डाइरेक्ट परमात्म लाइटको कनेक्सन छ। केवल स्वमानको स्मृतिको स्विच डाइरेक्ट लाइनसँग
अन गरेमा लाइट आउँछ र जतिसुकै गहिरो सूर्यको रोसनीलाई पनि छिपाउने कालो बादल होस्,
त्यो पनि भाग्छ। यसबाट स्वयं त लाइटमा रहने नै छौ तर अरूका लागि पनि लाइट हाउस बन्छौ।
स्लोगन:–
स्वपुरुषार्थमा
तीव्र बन्यौ भने तिम्रो भाइब्रेसनबाट अरूको माया सहजै भाग्छ।