30.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सारा
कल्पको यो हो सर्वोत्तम कल्याणकारी सङ्गमयुग , यसमा तिमी बच्चाहरू यादको स्याकरिनले
सतोप्रधान बन्छौ।”
प्रश्न:–
अनेक प्रकारका
प्रश्नहरूको उत्पत्तिको कारण तथा ती सबैको निवारण के हो?
उत्तर:–
जब
देह-अभिमानमा आउँछौ तब संशय पैदा हुन्छ र संशय उठ्नाले नै अनेक प्रश्नहरूको उत्पत्ति
हुन्छ। बाबा भन्नुहुन्छ मैले तिमी बच्चाहरूलाई जो धन्दा दिएको छु– पतितबाट पावन बन
र बनाऊ, यो धन्दामा रहनाले सबै प्रश्न खत्तम हुन्छन्।
गीत:–
तुम्हें पाके
हमने जहान पा लिया है...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीत सुन्यौ। यो कसले भन्यो मीठा-प्यारा रुहानी बच्चाहरू? अवश्य
रुहानी बाबाले नै भन्न सक्नुहुन्छ। मीठा-प्यारा रुहानी बच्चाहरू अहिले सम्मुख बसेका
छन् र बाबाले धेरै प्यारले सम्झाइरहनुभएको छ। अब तिमीलाई थाहा छ रुहानी बाबा सिवाए
सर्वलाई सुख-शान्ति दिने वा सर्वलाई यो दुःखबाट मुक्त गर्ने, दुनियाँभरमा अरू कुनै
मानिस हुन सक्दैन त्यसैले दुःखमा बाबालाई याद गरिरहन्छन्। तिमी बच्चाहरू सम्मुख
बसेका छौ। थाहा छ बाबाले हामीलाई सुखधामको लायक बनाइरहनुभएको छ। सदा सुखधामको मालिक
बनाउने बाबाको सम्मुख आएका छौँ। अहिले बुझेका छौ सम्मुख सुन्नु र टाढा रहेर सुन्नुमा
धेरै फरक छ। मधुबनमा सम्मुख आउँछौ। मधुबन प्रसिद्ध छ। मधुबनमा उनीहरूले श्रीकृष्णको
चित्र देखाएका छन्। तर श्रीकृष्ण त छैनन्। तिमी बच्चाहरूलाई थाहा छ– यहाँ त घरी-घरी
आफूलाई आत्मा निश्चय गर्नु छ, यसमा मेहनत लाग्छ। म आत्मा बाबाबाट वर्सा लिइरहेको
छु। बाबा एकै समय आउनुहुन्छ सारा चक्रमा। यो कल्पको मनोहर सङ्गमयुग हो, यसको नाम
राखिएको छ पुरुषोत्तम। यही सङ्गमयुग हो जसमा सबै मानिस मात्र उत्तम बन्छन्। अहिले त
सबै मानिस मात्रका आत्माहरू तमोप्रधान छन् सो फेरि सतोप्रधान बन्छन्। सतोप्रधान
हुँदा उत्तम हुन्छन्। तमोप्रधान हुनाले मानिस पनि कनिष्ठ बन्छन्। त्यसैले अब बाबाले
आत्माहरूलाई सम्मुख बसेर सम्झाउनुहुन्छ। सारा पार्ट आत्माले नै खेल्छ, न कि शरीरले।
तिम्रो बुद्धिमा आएको छ, हामी आत्मा वास्तवमा निराकारी दुनियाँ वा शान्तिधामका
निवासी हौँ। यो कसैलाई पनि थाहा छैन। न स्वयं सम्झाउन सक्छन्। तिम्रो बुद्धिको अब
ताला खुलेको छ। तिमीले बुझेका छौ अवश्य आत्माहरू परमधाममा रहन्छन्। त्यो हो निराकारी
दुनियाँ। यो हो साकारी दुनियाँ। यहाँ हामी सबै आत्माहरू, एक्टर्स पार्टधारी हौँ।
पहिला-पहिला हामी पार्ट खेल्न आउँछौँ, फेरि नम्बरवार आउँदै जान्छौँ। सबै एक्टर्स
सँगै आउँदैनन्। भिन्न-भिन्न प्रकारका एक्टर्स आउँदै जान्छन्। सबै सँगै तब हुन्छन्
जब नाटक पूरा हुन्छ। अहिले तिमीलाई पहिचान मिलेको छ, हामी आत्मा वास्तवमा
शान्तिधामका निवासी हौँ, यहाँ आउँछौँ पार्ट खेल्न। बाबा सारा समय पार्ट खेल्न
आउनुहुन्न। हामी नै पार्ट खेल्दा-खेल्दै सतोप्रधानबाट तमोप्रधान बन्छौँ। अहिले तिमी
बच्चाहरूलाई सम्मुख सुन्दा बडो मजा आउँछ। यति मजा मुरली पढ्नाले आउँदैन। यहाँ
सम्मुख छौ नि।
तिमी बच्चाहरूले बुझेका छौ– यो भूमि देवी-देवताहरूको स्थान थियो। अहिले छैन। चित्र
देखेका छौ, थियो अवश्य। हामी त्यहाँका निवासी थियौँ– पहिला-पहिला हामी देवता थियौँ,
आफ्नो पार्टलाई त याद गर्छौ कि भुल्छौ? बाबा भन्नुहुन्छ– तिमीले यहाँ यो पार्ट
खेल्यौ। यो ड्रामा हो। नयाँ दुनियाँ सो फेरि अवश्य पुरानो दुनियाँ हुन्छ।
पहिला-पहिला माथिबाट जो आत्माहरू आउँछन्, उनीहरू गोल्डेन एजमा आउँछन्। यी सबै कुरा
अहिले तिम्रो बुद्धिमा छन्। तिमी विश्वको मालिक महाराजा-महारानी थियौ। तिम्रो
राजधानी थियो। अहिले त राजधानी छैन। अहिले तिमी सिकिरहेका छौ, हामी राजाई कसरी
चलाउँछौँ! त्यहाँ वजीर हुँदैनन्। राय दिनेको दरकार छैन। उनीहरू त श्रीमतद्वारा
श्रेष्ठभन्दा श्रेष्ठ बन्छन्। फेरि यिनीहरूलाई अर्को कोहीबाट राय लिने दरकार छैन।
यदि कोहीबाट राय लियो भने बुझिन्छ उसको बुद्धि कमजोर छ। अहिले जो श्रीमत मिल्छ, त्यो
सत्ययुगमा पनि कायम रहन्छ। अहिले तिमीले बुझेका छौ पहिला-पहिला अवश्य यी
देवी-देवताहरूको आधाकल्प राज्य थियो। अब तिम्रो आत्मा रिफ्रेस भइरहेको छ। यो नलेज
परमात्मा सिवाय अरू कसैले पनि दिन सक्दैन।
अहिले तिमी
बच्चाहरूलाई देही-अभिमानी बन्नु छ। शान्तिधामबाट आएर यहाँ तिमी बोल्ने बनेका छौ।
नबोलीकन कर्म हुन सक्दैन। यो बुझ्ने कुरा हो। जसरी बाबामा सारा ज्ञान छ त्यसरी
तिम्रो आत्मामा पनि ज्ञान छ। आत्माले भन्छ– म एक शरीर छोडेर संस्कार अनुसार फेरि
अर्को शरीर लिन्छु। पुनर्जन्म पनि अवश्य हुन्छ। आत्मालाई जे पनि पार्ट मिलेको छ,
त्यो खेलिरहन्छ। संस्कार अनुसार अर्को जन्म लिँदै रहन्छन्। आत्माको दिन-प्रतिदिन
प्युरिटीको स्तर कम हुँदै जान्छ। पतित अक्षर द्वापरदेखि काममा ल्याउँछन्। फेरि पनि
थोरै फरक अवश्य पर्छ। तिमीले नयाँ घर बनाऊ, एक महिनापछि केही अवश्य फरक पर्छ। अहिले
तिमी बच्चाहरूले बुझेका छौ बाबाले हामीलाई वर्सा दिइरहनुभएको छ। बाबा भन्नुहुन्छ– म
आएको छु तिमी बच्चाहरूलाई वर्सा दिन। जति जसले पुरुषार्थ गर्छ त्यस्तै पद पाउँछ।
बाबाको पासमा कुनै फरक छैन। बाबालाई थाहा छ म आत्माहरूलाई पढाउँछु। आत्माको हक छ
बाबाबाट वर्सा लिने, यसमा मेल-फिमेलको दृष्टि यहाँ रहँदैन। तिमी सबै बच्चा हौ।
बाबाबाट वर्सा लिइरहेका छौ। सबै आत्माहरू ब्रदर्स हुन्, जसलाई बाबाले पढाउनुहुन्छ,
वर्सा दिनुहुन्छ। बाबाले नै रुहानी बच्चाहरूसँग कुरा गर्नुहुन्छ– हे प्यारा मीठा
सिकिलधे बच्चाहरू, तिमी धेरै समय पार्ट खेल्दा-खेल्दै अब फेरि आएर मिलेका छौ, आफ्नो
वर्सा लिन। यो पनि ड्रामामा निश्चित छ। सुरुदेखि लिएर पार्ट निश्चित छ। तिमी
एक्टर्स पार्ट खेल्दै एक्ट गर्दै आउँछौ। आत्मा अविनाशी छ, यसमा अविनाशी पार्ट
निश्चित छ। शरीर त बदलिइरहन्छ। बाँकी आत्मा केवल पवित्रबाट अपवित्र बन्छ। पतित बन्छ,
सत्ययुगमा पावन हुन्छ। यसलाई भनिन्छ पतित दुनियाँ। जब देवताहरूको राज्य थियो तब
निर्विकारी दुनियाँ थियो। अहिले छैन। यो खेल हो नि। नयाँ दुनियाँ सो पुरानो दुनियाँ,
पुरानो दुनियाँ फेरि नयाँ दुनियाँ। अहिले सुखधाम स्थापना हुन्छ, बाँकी सबै आत्माहरू
मुक्तिधाममा रहन्छन्। अब यो बेहदको नाटक आएर पूरा भएको छ। सबै आत्माहरू लामखुट्टे
समान जान्छन्। यस समय कुनै पनि आत्मा आयो भने पतित दुनियाँमा उसको के भ्यालु हुन्छ।
भ्यालु उसको छ जो पहिला-पहिला नयाँ दुनियाँमा आउँछन्। तिमीलाई थाहा छ– जुन नयाँ
दुनियाँ थियो त्यो फेरि पुरानो बनेको छ। नयाँ दुनियाँमा हामी देवी-देवता थियौँ।
त्यहाँ दुःखको नाम थिएन। यहाँ त अथाह दुःख छ। बाबा आएर दुःखको दुनियाँबाट मुक्त
गर्नुहुन्छ। यो पुरानो दुनियाँ परिवर्तन अवश्य हुनु छ। तिमीले बुझेका छौ अवश्य हामी
सत्ययुगका मालिक थियौँ, फेरि ८४ जन्मपछि यस्तो बनेका छौँ। अहिले फेरि बाबा
भन्नुहुन्छ मलाई याद गर्यौ भने तिमी स्वर्गका मालिक बन्छौ। त्यसैले हामी किन आफूलाई
आत्मा निश्चय नगरौँ र बाबालाई याद नगरौँ। केही त मेहनत गर्नुपर्छ नि। राजाई पाउनु
कुनै सहज कहाँ छ र। बाबालाई याद गर्नु छ। यो मायाको आश्चर्य हो जसले घरी-घरी
तिमीलाई भुलाउँछ। त्यसको लागि उपाय रच्नुपर्छ। यस्तो होइन, मेरो बन्नाले याद जम्छ।
बाँकी पुरुषार्थ के गर्ने! होइन। जबसम्म जिउनु छ पुरुषार्थ गर्नु छ। ज्ञान अमृत
पिइरहनु छ। यो पनि बुझेका छौ– हाम्रो यो अन्तिम जन्म हो। यो शरीरको भान छोडेर
देही-अभिमानी बन्नु छ। गृहस्थ व्यवहारमा पनि रहनु छ। पुरुषार्थ अवश्य गर्नु छ। केवल
आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गर। त्वमेव माताश्च पिता..... यो सबै हो
भक्तिमार्गको महिमा। तिमीले केवल एक अल्फलाई याद गर्नु छ। एउटै मीठो स्याकरिन छ। अरू
सबै कुरा छोडेर एक स्याकरिन (बाबा) लाई याद गर। अहिले तिम्रो आत्मा तमोप्रधान बनेको
छ, त्यसलाई सतोप्रधान बनाउनको लागि यादको यात्रामा रहनु छ। सबैलाई यही बताऊ बाबाबाट
सुखको वर्सा लेऊ। सुख हुन्छ नै सत्ययुगमा। सुखधाम स्थापना गर्नेवाला बाबा हुनुहुन्छ।
बाबालाई याद गर्न धेरै सहज छ। तर मायाको विरोध धेरै छ त्यसैले कोसिस गरेर म बाबालाई
याद गर्यौ भने खोट निस्कन्छ। सेकेन्डमा जीवनमुक्ति गायन छ। हामी आत्मा रुहानी बाबाका
बच्चा हौँ। त्यहाँका निवासी हौँ, फेरि हामीलाई आफ्नो पार्ट रिपिट गर्नु छ। यो ड्रामा
भित्र सबैभन्दा धेरै हाम्रो पार्ट छ। सुख पनि सबैभन्दा धेरै हामीलाई मिल्छ। बाबा
भन्नुहुन्छ– तिम्रो देवी-देवता धर्म धेरै सुख दिने छ र बाँकी सबै शान्तिधाममा स्वतः
जान्छन्, हिसाब-किताब चुक्ता गरेर। धेरै विस्तारमा हामी किन जाने। बाबा आउनुहुन्छ
नै सबैलाई फिर्ता लैजान। लामखुट्टे सदृश्य सबैलाई लैजानुहुन्छ। सत्ययुगमा धेरै कम
हुन्छन्। यो सारा ड्रामामा निश्चित छ। शरीर खत्तम हुन्छन्। आत्मा जो अविनाशी छ त्यो
हिसाब-किताब चुक्ता गरेर जान्छ। यस्तो होइन आत्मा आगोमा पर्नाले पवित्र हुन्छ।
आत्मालाई याद रूपी योग अग्निले नै पवित्र हुनु छ। योगको अग्नि हो यो। उनीहरूले फेरि
नाटक बनाएका छन्। सीता आगोबाट पार भइन्। आगोबाट कोही कहाँ पावन हुनु छ र। बाबा
सम्झाउनुहुन्छ– तिमी सबै सीताहरू यस समय पतित छौ। रावणको राज्यमा छौ। अब एक बाबाको
यादले तिमीलाई पावन बन्नु छ। राम एकै हुनुहुन्छ। अग्नि अक्षर सुन्नाले बुझ्छन्–
आगोबाट पार भइन्। कहाँ योग अग्नि, कहाँ त्यो। आत्मा परमपिता परमात्मासँग योग
राख्नाले नै पतितबाट पावन हुन्छ। रात-दिनको फरक छ। नर्कमा सबै सीताहरू रावणको जेलमा
शोक वाटिकामा छन्। यहाँको सुख त काग विष्टाको समान छ। तुलना गरिन्छ। स्वर्गका सुख त
अथाह छन्।
तिमी आत्माहरूको अहिले
शिव साजनसँग मगनी भएको छ। त्यसैले आत्मा फिमेल भयो नि! शिवबाबा भन्नुहुन्छ केवल
मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। शान्तिधाम गएर फेरि सुखधाममा आउँछौ। त्यसैले
बच्चाहरूले ज्ञान रत्नहरूले झोली भर्नुपर्छ। कुनै पनि प्रकारको संशय ल्याउनु हुँदैन।
देह-अभिमानमा आउनाले फेरि अनेक प्रकारका प्रश्न उठ्छन्। फेरि बाबाले जो धन्दा
दिनुहुन्छ त्यो गर्दैनन्। मूल कुरा हो हामीलाई पतितबाट पावन बन्नु छ। अरू कुरा
छोडिदिनुपर्छ। राजधानीको जस्तो रस्म-रिवाज हुन्छ त्यो चल्छ। जस्तो महल बनाएका
हुन्छन् त्यस्तै बनाउँछन्। मूल कुरा हो पवित्र बन्ने। बोलाउँछन् पनि हे पतित-पावन...
पावन बन्नाले सुखी बन्छन्। सबैभन्दा पावन हुन् देवी-देवताहरू।
अहिले तिमी २१ जन्मको
लागि सर्वोत्तम पावन बन्छौ। त्यसलाई भनिन्छ सम्पूर्ण निर्विकारी पावन। त्यसैले
बाबाले जो श्रीमत दिनुहुन्छ त्यसमा चल्नुपर्छ। कुनै पनि सङ्कल्प उठाउने दरकार छैन।
पहिला हामी पतितबाट पावन त बनौँ। पुकार्छन् पनि– हे पतित-पावन.... तर केही पनि
बुझेका छैनन्। यो पनि थाहा छैन पतित-पावन को हुनुहुन्छ? यो हो पतित दुनियाँ, त्यो
हो पावन दुनियाँ। मुख्य कुरा हो नै पावन बन्ने। पावन कसले बनाउनुहुन्छ? यो केही पनि
थाहा छैन। पतित-पावन भनेर बोलाउँछन् तर ‘तिमी पतित हौ’ भन्यो भने रिसाउँछन्। आफूलाई
विकारी कसैले पनि सम्झदैनन्। भन्छन् गृहस्थीमा त सबै थिए। राधा-कृष्ण,
लक्ष्मी-नारायणका पनि बच्चा थिए नि। तर त्यहाँ योगबलले बच्चा पैदा हुन्छन्, यो
भुलेका छन्। त्यसलाई निर्विकारी दुनियाँ स्वर्ग भनिन्छ। त्यो हो शिवालय। बाबा
भन्नुहुन्छ पतित दुनियाँमा एकजना पनि पावन छैन। यहाँ बाबा त बाबा, टिचर र सद्गुरु
हुनुहुन्छ जसले सबैलाई सद्गति दिनुहुन्छ। उनीहरूले त एक गुरु गए भने फेरि बच्चालाई
गद्दी दिन्छन्। अब उसले कसरी सद्गतिमा लैजान्छ? सर्वको सद्गति दाता हुनुहुन्छ नै एक।
सत्ययुगमा केवल देवी-देवता हुन्छन्। बाँकी यति सबै आत्माहरू शान्तिधाममा जान्छन्।
रावण राज्यबाट छुट्छन्। बाबाले सबैलाई पवित्र बनाएर लैजानुहुन्छ। पावनबाट फेरि
तुरुन्तै कोही पतित बन्दैनन्। नम्बरवार उत्रिन्छन्, सतोप्रधानबाट सतो, रजो, तमो...
तिम्रो बुद्धिमा ८४ जन्मको चक्र बसेको छ। तिमी मानौँ अहिले लाइटहाउस हौ। ज्ञानले यो
चक्रलाई जानेका छौ, यो चक्र कसरी घुम्छ। अहिले तिमी बच्चाहरूले अरू सबैलाई मार्ग
बताउनु छ। सबै डुङ्गाहरू हुन्, तिमी पाइलट हौ, मार्ग बताउने। सबैलाई भन–शान्तिधाम,
सुखधामलाई याद गरौँ। कलियुग दुःखधामलाई भुलौँ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) जबसम्म जिउनु छ ज्ञान अमृत पिउनु छ। आफ्नो झोली ज्ञान रत्नहरूले भर्नु छ। संशयमा
आएर कुनै प्रश्न उठाउनु हुँदैन।
२) योग अग्निले आत्मा
रूपी सीतालाई पावन बनाउनु छ। कुनै कुराको विस्तारमा धेरै नगएर देही-अभिमानी बन्ने
मेहनत गर्नु छ। शान्तिधाम र सुखधामलाई याद गर्नु छ।
वरदान:–
सदा मननद्वारा
मगन अवस्थाको सागरमा समाउने अनुभव गर्ने अनुभवी मूर्त भव
अनुभवहरूलाई बढाउने
आधार हो मनन शक्ति। मनन गर्नेवाला स्वतः मगन रहन्छ। मगन अवस्थामा योग लगाउनु पर्दैन
तर निरन्तर लागिरहन्छ, मेहनत गर्नु पर्दैन। मगन अर्थात् मुहब्बतको सागरमा समाएको,
यस्तो समाएको जो कसैले अलग गर्न सक्दैन। त्यसैले मेहनतबाट छुट, सागरका बच्चा हौ
त्यसैले अनुभवहरूको तलाउमा ननुहाऊ, सागरमा समाऊ तब भनिन्छ अनुभवी मूर्त।
स्लोगन:–
ज्ञान स्वरूप
आत्मा उही हो जसको हरेक सङ्कल्प, हरेक सेकेन्ड समर्थ होस्।
अव्यक्त इसारा:– यस
अव्य क्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
यदि कुनै पनि स्वभाव,
संस्कार, व्यक्ति अथवा वैभवको बन्धनले आफूतिर आकर्षित गर्छ भने, बाबाको यादको
आकर्षण सदैव रहन सक्दैन। कर्मातीत बन्नु अर्थात् सर्व कर्म बन्धनहरूबाट मुक्त,
न्यारा बनेर, प्रकृतिद्वारा निमित्त-मात्र कर्म गराउनु। यो न्यारा बन्ने पुरुषार्थ
बारम्बार गर्दै गर। सहज र स्वतः यो अनुभूति होस्– “गराउने र गर्ने यी
कर्मेन्द्रियहरू हुन् नै अलग।”