30.03.25 Avyakt Bapdada Nepali Murli 30.11.2004 Om Shanti Madhuban
“ आफ्नो चाल चलन र
चेहराद्वारा ब्रह्मा बाबा समान अव्यक्त रूप देखाऊ , साक्षात्कार मूर्त बन”
आज भाग्यविधाता बाबाले
आफ्ना चारैतिरका श्रेष्ठ भाग्यवान् बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ। सारा
कल्पमा यस्तो श्रेष्ठ भाग्य अरू कसैको पनि हुनसक्दैन। तिमी कल्प कल्पका बच्चाहरूले
नै यस भाग्यको अधिकार प्राप्त गर्छौ। आफ्नो कल्प कल्पको अधिकारको भाग्य याद छ? यो
भाग्य सर्वश्रेष्ठ भाग्य किन हो? किनकि स्वयं भाग्यविधाताले तिमी बच्चाहरूलाई यस
श्रेष्ठ भाग्यको दिव्य जन्म दिनुभएको छ, जसको जन्म नै भाग्यविधाताद्वारा भएको छ,
त्योभन्दा श्रेष्ठ भाग्य अरू हुनैसक्दैन। आफ्नो भाग्यको नशा स्मृतिमा रहन्छ? आफ्नो
भाग्यको लिस्ट निकाल्यौ भने कति ठुलो लिस्ट छ? अप्राप्त कुनै वस्तु छैन तिमी
ब्राह्मणहरूको भाग्यवान् जीवनमा। सबैको मनमा आफ्नो भाग्यको लिस्ट स्मृतिमा आयो!
स्मृतिमा ल्याऊ, आयो स्मृतिमा? दिलले के गीत गाउँछ? वाह भाग्यविधाता! अनि वाह मेरो
भाग्य! यस श्रेष्ठ भाग्यको विशेषता यही हो– एक भगवान्द्वारा तीन सम्बन्धको प्राप्ति
हुन्छ। एकद्वारा एकमा तीन सम्बन्ध, जुन जीवनमा विशेष सम्बन्ध गायन गरिएका छन्– पिता,
शिक्षक, सद्गुरु, कसैलाई पनि एकद्वारा तीन विशेष सम्बन्ध र प्राप्ति हुँदैन। तिमीले
गर्वका साथ भन्छौ हाम्रो बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ अनि सद्गुरु पनि
हुनुहुन्छ। बाबाद्वारा सर्व खजानाहरूको खानी प्राप्त छन्। खजानाहरूको लिस्ट पनि
स्मृतिमा आयो! स्मृतिमा ल्याऊ के के खजाना बाबाद्वारा मिलेका छन् ! मिलेका छन् वा
मिल्नु छ? के भन्छौ? बालक सो मालिक त हौँ नै। शिक्षकद्वारा शिक्षाबाट श्रेष्ठ पदको
प्राप्ति भयो। त्यसै पनि हेर्ने हो भने दुनियाँमा पनि सबैभन्दा श्रेष्ठ पद राज्य पद
गायन गरिएको छ, तिमी त डबल राजा बनेका छौ। वर्तमानमा स्वराज्य अधिकारी अनि भविष्यमा
अनेक जन्म राज्य पद अधिकारी। पढाई एक जन्मको, त्यो पनि छोटो जन्म अनि पदको प्राप्ति
अनेक जन्म, अनि राज्य पनि अखण्ड, अटल, निर्विघ्न राज्य। अहिले पनि स्वराज्यअधिकारी
बेफिक्र बादसाह हौ, छौ? बेफिक्र बादसाह बनेका छौ? जो बेफिक्र छौ, उनले हात उठाऊ।
बेफिक्र, अलिकति पनि फिक्र छैन? हेर्नु, जब कुनै पपेट सो सामुन्ने आउँछ तब फिक्र
हुन्छ? मायाको पपेट सो सामुन्ने आउँछ वा आउँदैन? त्यतिबेला अलिअलि फिक्र हुन्छ?
हुँदैन? अलिअलि चिन्ता, चिन्तन चल्छ वा चल्दैन? त्यसो त श्रेष्ठ भाग्यले अहिलेदेखि
बेफिक्र बादसाह बनाउँछ। यी धेरथोर जे कुराहरू आउँछन् ती अझै अगाडिका लागि अनुभवी,
परिपक्व बनाउनेवाला हुन्।
अहिले त सबै यी भिन्न
भिन्न कुराहरूका अनुभवी भइसकेका छौ नि! आत्तिँदैनौ नि? आरामसँग साक्षीको सिटमा बसेर
यो पपेट सो हेर, कार्टुन सो हेर। केही पनि होइन, कार्टुन हो। अब त मजबुत भइसकेका छौ
नि! अहिले मजबुत छौ? वा कहिलेकाहीँ आत्तिन्छौ? यी कागजको सिंहर बनेर आउँछन्। कागजको
हो तर सिंह बनेर आउँछन्। अब समय अनुसार अनुभवी मूर्त बनेर समयलाई, प्रकृतिलाई,
मायालाई च्यालेन्ज गर– आऊ, हामी विजयी हौँ। विजयी हौँ भन्ने च्यालेन्ज गर। (बीच
बीचमा खोकी लागिरहेको छ) आज बाजा अलिकति बिग्रेको छ, मिल्नु त छ नि!
बापदादासँग दुई ग्रुप
बारम्बार आउँछन्, किन आउँछन्? दुवै ग्रुपले बापदादालाई भन्छन्– हामी तयार छौँ। एक
यो समय, प्रकृति अनि माया। मायाले बुझेको छ अब हाम्रो राज्य जानेवाला छ। अनि अर्को
ग्रुप हो– एड्भान्स पार्टी। दुवै ग्रुपले डेट सोधिरहेका छन्। फरेन (विदेश) मा त एक
वर्ष पहिल्यै डेट फिक्स गर्छौ नि? अनि यहाँ ६ महिना पहिला? यहाँ फास्ट जान्छ, १५
दिनमा पनि कुनै प्रोग्रामको डेट हुन्छ। त्यसोभए समाप्ति, सम्पन्नता, बाबासमान बन्ने
डेट कुन हो? त्यो बापदादासित सोध्छन्। यो डेट अहिले तिमी ब्राह्मणहरूले फिक्स
गर्नुछ। हुनसक्छ? डेट फिक्स हुनसक्छ? पाण्डवहरूले भन, तीनै जनाले भन। (बापदादाले
निर्वैर भाइजी, रमेश भाइजी र बृजमोहन भाइजीसँग सोधिरहनुभएको छ) डेट फिक्स हुनसक्छ?
भन– हुनसक्छ? कि अचानक हुनुछ? ड्रामामा फिक्स छ तर त्यसलाई प्राक्टिकलमा ल्याउनु छ
वा छैन? त्यो के हो? बताऊ। हुनुछ? अचानक हुन्छ? डेट फिक्स हुँदैन? हुन्छ? पहिलो
लाइनवालाले बताऊ हुन्छ? जसले भन्छौ ड्रामालाई प्राक्टिकलमा ल्याउनका लागि मनमा डेटको
सङ्कल्प गर्नुपर्छ, उनले हात उठाऊ। गर्नुपर्छ? यिनीहरूले उठाइरहेका छैनन्? अचानक
हुन्छ? डेट फिक्स गर्नसक्छौ? पछाडिकाले बुझ्यौ? अचानक हुनुछ यो राइट हो तर आफूलाई
तयार गर्नका लागि लक्ष्य जरुर राख्नुपर्छ। लक्ष्य विना सम्पन्न बन्नमा अलबेलापन
आउँछ। तिमीले हेर जब डेट फिक्स गर्छौ अनि मात्रै सफलता मिल्छ। कुनै पनि प्रोग्रामको
डेट फिक्स गर्छौ नि? बन्नु नै छ, यो सङ्कल्प त गर्नुपर्छ नि! वा होइन, ड्रामामा आफै
भइहाल्छ? के सम्झन्छौ? पहिलो लाइनवालाले बताऊ। प्रेम (देहरादून) ले सुनाऊ।
गर्नुपर्छ, गर्नुपर्छ? जयन्तीले भन, गर्नुपर्छ। त्यो कहिले हुन्छ? अन्त्यमा हुन्छ
जब समय आइपुग्छ! समयले सम्पन्न बनाउँछ वा तिमीले समयलाई नजिक ल्याउँछौ?
बापदादाले देख्नुभएको
छ– स्मृतिमा ज्ञान पनि रहन्छ, नशा पनि रहन्छ, निश्चय पनि रहन्छ, तर अब एडिसन
चाहिन्छ– चालचलन र चेहराबाट देखियोस्। बुद्धिमा सबै याद रहन्छ, स्मृतिमा पनि आउँछ
तर अब स्वरूपमा आओस्। जब साधारण रूपमा पनि यदि कोही ठुलो अक्युपेसनवाला छ वा कोही
धनवानको बच्चा एजुकेटेड छ भने उसको चालचलनबाट देखिन्छ कि यो केही हो। उसको केही न
केही भिन्नपन देखिन्छ। यति ठुलो भाग्य, वर्सा पनि छ, पढाइ अनि पद पनि छ। स्वराज्य त
अहिले पनि छ नि! प्राप्तिहरू पनि सबै छन्, तर चालचलन र चेहराबाट भाग्यको तारा
मस्तकमा चम्किरहेको देखियोस्, त्यो अब एडिसन हुनुपर्छ। अब मानिसहरूलाई तिमी श्रेष्ठ
भाग्यवान् आत्माहरूद्वारा यो अनुभव हुनुछ, चाहिन्छ होइन, हुनुछ– यी हाम्रा इष्टदेव
हुन्, इष्टदेवीहरू हुन्। यी हाम्रा हुन्। जस्तै ब्रह्माबाबामा देख्यौ– साधारण तनमा
हुँदाहुँदै पनि आदिको समयमा पनि ब्रह्माबाबामा के देखिन्थ्यो, कृष्ण देखिन्थ्यो नि!
आदिवालाहरूलाई अनुभव छ नि! जस्तै आदिमा ब्रह्माबाबाद्वारा कृष्ण देखिन्थ्यो त्यस्तै
लास्टमा के देखिन्थ्यो? अव्यक्त रूप देखिन्थ्यो नि! चालचलनमा, चेहरामा देखियो नि!
अहिले बापदादाले विशेष निमित्त बच्चाहरूलाई यो होम वर्क दिइरहनुभएको छ– अब
ब्रह्माबाबासमान अव्यक्त रूप देखियोस्। चालचलन र चेहराबाट कमसेकम १०८ मालाका दाना त
देखिऊन्। बापदादा नाम चाहनुहुन्न, नाम बताउनुहुन्न– १०८ को हुन् तर उनको चालचलन र
चेहरा स्वतः नै प्रत्यक्ष होस्। यो होम वर्क बापदादाले निमित्त बच्चाहरूलाई विशेष
दिइरहनुभएको छ। हुनसक्छ? कति समय चाहिन्छ? यस्तो नसम्झिनु जो पछि आएका छन्, टाइमको
कुरा छैन, कसैले सम्झन्छन् हाम्रो त थोरै वर्ष भएको छ। कोही पनि लास्ट सो फास्ट अनि
फास्ट सो फस्ट जानसक्छ, यो पनि बापदादाको च्यालेन्ज हो, गर्न सक्छौ। कसैले पनि
गर्नसक्छौ। लास्टवाला पनि हुनसक्छ। केवल लक्ष्य पक्का राख– गर्नु नै छ, हुनु नै छ।
डबल फरेनरहरूले हात
उठाऊ। डबल फरेनरहरूले के गर्छौ? डबल चान्स लिन्छौ नि। बापदादाले नाम एनाउन्स
गर्नुहुन्न तर उनको चेहराले बताउँछ– यी हुन्। हिम्मत छ? पहिलो लाइनलाई बापदादा
हेरिरहनुभएको छ। छ, हिम्मत छ? यदि हिम्मत छ भने हात उठाऊ। हिम्मत छ त? पछाडि
बस्नेहरूले पनि उठाउन सक्छौ। जो ओटे सो अर्जुन। अच्छा– बापदादाले रिजल्ट हेर्नका
लागि, के के पुरुषार्थ गरिरहेका छन्, ककसले गरिरहेका छन्, त्यो रिजल्ट हेर्नका लागि
६ महिना दिइरहनुभएको छ। ६ महिनामा रिजल्ट हेर्नुहुन्छ अनि फाइनल गर्नुहुन्छ। ठीक छ?
किनकि देखिन्छ अहिले समयको रफ्तार तीव्र भइरहेको छ, रचना तीव्र जानुहुँदैन, रचयिता
तीव्र हुनुपर्छ। अब अलिकति फास्ट गर, उड अब। हिँडिरहेको छु होइन, उडिरहेको छु।
जवाफमा धेरै राम्रो जवाफ दिन्छौ– हामी नै त हौँ नि! अरू को हुन्छ! बापदादा खुसी
हुनुहुन्छ। तर अब जति मानिसहरू (आत्माहरू) छन् नि, तिनले केही हेर्न चाहन्छन्।
बापदादालाई याद छ जब आदिमा तिमी बच्चाहरू सेवामा निस्केका थियौ, त्यतिबेला
बच्चाहरूबाट पनि साक्षात्कार हुन्थ्यो, अब सेवा अनि स्वरूप दुवैतर्फ अटेन्सन
चाहिन्छ। के सुन्यौ! अब साक्षात्कार मूर्त बन। साक्षात् ब्रह्माबाबा बन। अच्छा।
आज नयाँ नयाँ बच्चाहरू
पनि धेरै आएका छन्। आफ्नो स्नेहको शक्तिले सबै आइपुगेका छौ त्यसैले बापदादाले विशेष
जो नयाँ नयाँ बच्चाहरू आएका छन्, उनीहरूलाई हरेकलाई नाम सहित पदमगुणा बधाई
दिइरहनुभएको छ, साथमा वरदाताले वरदान दिइरहनुभएको छ– सदा ब्राह्मण जीवनमा बाँचिराख,
उड्दै जाऊ। अच्छा।
सेवाको टर्न पञ्जाबको
हो:– पञ्जाबका
उठ। धेरै राम्रो। यो विधि पनि राम्रो बनाएका छौ, हरेक जोनलाई चान्स मिल्छ। एक त
यज्ञ सेवाद्वारा एक एक पाइलामा पदमगुणा कमाइ जम्मा हुन्छ किनकि मेजोरिटीमा कुनै पनि
कर्म गर्दा यज्ञ सेवा याद हुन्छ अनि यज्ञ सेवा याद आउनाले यज्ञ रचयिता बाबा त याद
आउँछ नै। सेवामा पनि धेरैभन्दा धेरै पुण्यको खाता जम्मा गर्छन् अनि जो सच्चा
पुरुषार्थी बच्चाहरू छन् तिनले आफ्नो यादको चार्टलाई सहज अनि निरन्तर बनाउन सक्छन्
किनकि यहाँ एक त महारथीहरूको सङ्ग छ, सङ्गको रङ्ग सहज लाग्न सक्छ। अटेन्सन छ भने यी
जो ८-१० दिन मिल्छन् यसमा धेरै राम्रो प्रगति गर्न सक्छन्। सामान्य रीतिले सेवा
गर्यौ भने यति लाभ हुँदैन, तर चान्स छ एक सहज निरन्तर योगी बन्ने, पुण्यको खाता
जम्मा गर्ने, ठुलोभन्दा ठुलो परिवारको नशामा, खुसीमा रहने। पञ्जाबवालाहरूलाई चान्स
मिलेको छ, हरेक जोनलाई मिल्छ तर लक्ष्य राख– तीनवटै फाइदा भयो! कति पुण्यको खाता
जम्मा गर्यौ? सहज यादको प्रगति कति गर्यौ? अनि सङ्गठन वा परिवारको स्नेह, समीपताको
कति अनुभव गर्यौ? यी तीनैवटा कुराको रिजल्ट हरेकले आफ्नो निकाल्नुपर्छ। ड्रामामा
चान्स त मिल्छ तर चान्स लिनेवाला चान्सलर बन। पञ्जाबवाला त होसियार छौ नि! राम्रो
छ। राम्रो सङ्ख्यामा आएका पनि छौ, अनि सेवा पनि खुला दिलले मिलेको छ। आउनेहरूको
सङ्ख्या पनि राम्रो आएको छ। राम्रो छ, सङ्गठन राम्रो छ।
(आज दुई विङ्ग– ग्राम
विकास विङ्ग र महिला विङ्ग मिटिङका लागि आएका छन्)
महिला विङ्गका उठ:–
यसमा मेजोरिटी टिचरहरू छौ? टिचरहरूले हात उठाऊ। राम्रो चान्स छ। सेवाको सेवा अनि
सेवाभन्दा पहिला मेवा। सङ्गठनको र बाबासँग मिलनको मजा लिनु। सेवा अनि मेवा दुवै
मिल्यो। राम्रो छ। अहिले कुनै नयाँ प्लान बनायौ? जो पनि चाहे महिलाहरूको होस्, चाहे
कुनै पनि वर्गका ग्रुपहरू बनेका छन्। हरेक ग्रुपले केही विशेष प्राक्टिकल चालचलन र
चेहरामा कुनै न कुनै गुण वा शक्तिको बेडा उठाऊ तब हामी यो ग्रुप, महिला ग्रुप, यस
गुण वा शक्तिको प्राक्टिकल प्रत्यक्ष रूपमा ल्याउनेछौँ। त्यस्तै हरेक वर्गकाले कुनै
न कुनै आफ्नो विशेष कार्य फिक्स गर अनि त्यसको आपसमा जसरी सर्भिसको रिजल्ट नोट गर्छौ
नि, त्यसैगरि आपसमा चाहे लेखापढी होस्, चाहे सङ्गठन होस्, यो पनि चेक गरिरहनु। पहिला
तिमीहरूले गरेर देखाउनु। महिला विङ्गले गरेर देखाऊ। ठीक छ नि। हरेक विङ्गले केही न
केही आफ्नो प्लान बनाउनुछ त्यसैले समय फिक्स गर– यति समयमा यति पर्सेन्टेज
प्राक्टिकलमा ल्याउनुछ। अनि जुन कुरा बापदादा चाहनुहुन्छ नि, चालचलन र चित्रमा आओस्,
त्यो आइहाल्छ। यो प्लान बनाएर बापदादालाई दिनु। हरेक विङ्गले के गर्छ? सेवाको प्लान
जसरी नोट गर्छौ नि, त्यसैगरी यो गरेर दिनु। ठीक छ नि! गरेर दिनु। राम्रो छ, सानो
सानो सङ्गठनले कमाल गर्नसक्छ। ठीक छ। के सम्झन्छौ टिचरहरूले? गर्नसक्छौ? गर्नसक्छौ?
त्यसोभए प्लान बनाउनु। अच्छा। बधाई छ सेवाको।
ग्राम विकास विङ्गका
उठ:–
अहिलेसम्म ग्राम विकासकाले कति गाउँ परिवर्तन गरेका छौ? कति गाउँमा परिवर्तन गरेका
छौ? (७ गाउँमा गरेका छौँ, एक गाउँमा ७५ पर्सेन्टेजसम्म काम भएको छ। यस मिटिङमा पनि
प्रोग्राम बनाएका छौँ– “समयको पुकार– स्वच्छ स्वर्णिम ग्रामीण भारत” यस प्रोजेक्ट
अन्तर्गत गाउँ गाउँलाई व्यसन मुक्त अनि स्वच्छ बनाउने सेवा गर्नेछौँ) राम्रो छ–
प्राक्टिकल छ नि। यसको जुन टोटल रिजल्ट निस्किन्छ प्रेसिडेन्ट, प्राइममिनिस्टरको
पासमा जान्छ? (अहिलेसम्म पठाएका छैनौँ) पठाउनु र्छ किनकि यो जुन गाउँ-गाउँमा
प्राक्टिकल गरिरहेका छौ, यो त गभर्मेन्टको नै काम हो तर तिमी सहयोगी बनिरहेका छौ
त्यसैले रिजल्ट देखेर राम्रो मान्नेछन्। एउटा यस्तो बुलेटिन तयार गर जसबाट
गभर्मेन्टका सबै मुख्य मानिसहरूलाई त्यो बुलेटिन जाओस्, किताब होइन, म्यागेजिन होइन,
सर्टमा टोटल रिजल्ट सबैतिरको पठाउनुपर्छ। राम्रो छ– बधाई छ। राम्रो– (बीच-बीचमा खोकी
लागिरहेको छ) आज बाजा शान्ति चाहन्छ। अच्छा। बापदादाको पासमा, चारैतिरको सेवाको
रिजल्ट पनि आइरहन्छ अनि विशेष आजकाल कुनै पनि कुना नछुटोस्– सबैलाई सन्देश मिलोस्,
यो प्लान जुन प्राक्टिकलमा गरिरहेका छौ, त्यसको रिजल्ट पनि राम्रो छ। बापदादासँग
डबल विदेशी बच्चाहरूको समाचार मिलेको छ अनि जसले पनि मेगा प्रोग्राम (भारतमा) गरेका
छन्, उनीहरूको समाचार पनि सबै मिलेको छ। चारैतिर सफलता पूर्वक सेवाको रिजल्ट
निस्केको छ। त्यसैले बच्चाहरूले जसरी सेवामा सन्देश दिनेको रिजल्टमा सफलता प्राप्त
गरेका छौ त्यसैगरी वाणीद्वारा, सम्पर्कद्वारा र साथसाथै आफ्नो चेहराद्वारा फरिस्ता
रूपको साक्षात्कार गराउँदै जाऊ। अच्छा– जो पहिलोपटक आएका छौ, उनले हात उठाऊ। धेरै
छौ। राम्रो छ टु लेटको बोर्डभन्दा पहिले आएका छौ, राम्रो छ, चान्स लेऊ। कमाल गरेर
देखाऊ। हिम्मत राख, बापदादाको मद्दत हरेक बच्चाको साथमा छ। अच्छा! बापदादाले
चारैतिरका साकार सम्मुख बसेका बच्चाहरूलाई र आआफ्नो स्थानमा, देशमा बाबासँग मिलन
मनाउने चारैतिरका बच्चाहरूलाई धेरै धेरै सेवाको, स्नेहको अनि पुरुषार्थको बधाई त
दिइरहनुभएको छ तर पुरुषार्थमा तीव्र पुरुषार्थी बनेर अब आत्माहरूलाई दुःख
अशान्तिबाट छुटाउने अझ तीव्र पुरुषार्थ गर। दुःख, अशान्ति, भ्रष्टाचार अतिमा गइरहेको
छ, अब अतिलाई अन्त्य गरेर सबैलाई मुक्तिधामको वर्सा बाबाबाट दिलाऊ। यस्ता सदा दृढ
सङ्कल्पवाला बच्चाहरूलाई यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते। ओम् शान्ति।
वरदान:–
नम्रता र
अथोरिटीको ब्यालेन्सद्वारा बाबालाई प्रत्यक्ष गर्ने विशेष सेवाधारी भव
जहाँ ब्यालेन्स हुन्छ
त्यहाँ कमाल देखिन्छ। जब तिमीले नम्रता अनि सत्यताको अथोरिटीको ब्यालेन्सबाट कसैलाई
पनि बाबाको परिचय दिन्छौ तब कमाल देखिन्छ। यसै रूपबाट बाबालाई प्रत्यक्ष गर्नुछ।
तिम्रो बोली स्पष्ट होस्, त्यसमा स्नेह पनि होस्, नम्रता र मधुरता पनि होस्, त्यस्तै
महानता र सत्यता पनि होस् तब प्रत्यक्षता हुन्छ। बोल्दाबोल्दै बीच बीचमा अनुभव
गराउँदै जाऊ जसबाट लगनमा मगनमूर्त अनुभव होस्। यस्तो स्वरूपबाट सेवा गर्नेहरू नै
विशेष सेवाधारी हुन्।
स्लोगन:–
समयमा कुनै पनि
साधन नहोस् तापनि साधनामा विघ्न नपरोस्।