30.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी अहिले शान्तिधाम , सुखधाममा जानको लागि ईश्वरीय धाममा बसेका छौ , यो सतको सङ्ग हो , जहाँ तिमी पुरुषोत्तम बनिरहेका छौ।”

प्रश्न:–
तिमी बच्चाहरू बाबाभन्दा पनि उच्च हौ, निच होइनौ– कसरी?

उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म विश्वको मालिक बन्दिनँ, तिमीहरूलाई विश्वको मालिक बनाउँछु, त्यस्तै ब्रह्माण्डको पनि मालिक बनाउँछु। म सर्वोच्च बाबाले तिमी बच्चाहरूलाई नमस्ते गर्छु, त्यसैले तिमी मभन्दा पनि उच्च हौ, मैले तिमी मालिकहरूलाई सलाम गर्छु। तिमीले फेरि यस्तो बनाउने बाबालाई सलाम गर्छौ।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई नमस्ते। रेस्पोन्ड (जवाफ) पनि दिँदैनौ– बाबा नमस्ते, किनकि बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई ब्रह्माण्डको मालिक पनि बनाउनुहुन्छ र विश्वको मालिक पनि बनाउनुहुन्छ। बाबा त केवल ब्रह्माण्डको मालिक बन्नुहुन्छ, विश्वको मालिक बन्नुहुन्न। बच्चाहरूलाई ब्रह्माण्ड र विश्व दुवैको मालिक बनाउनुहुन्छ भने बताऊ ठुलो को ठहरियो? बच्चाहरू ठुला ठहरियौ नि त्यसैले तिमी बच्चाहरूले पनि फेरि नमस्ते गर्छौ। बाबा हजुरले नै हामीलाई ब्रह्माण्ड र विश्वको मालिक बनाउनुहुन्छ त्यसैले हजुरलाई नमस्ते। मुसलमानहरूले पनि मालेकम् सलाम, सलाम मालेकम् भन्छन् नि। तिमी बच्चाहरूलाई यो खुसी छ। जसलाई निश्चय छ, निश्चयबिना त कोही यहाँ आउन पनि सक्दैनन्। यहाँ जो आउँछन् उनीहरूलाई थाहा छ– हामी कुनै मनुष्य गुरुको पास जाँदैनौँ। मनुष्य बाबाको पासमा, टिचरको पासमा वा मनुष्य गुरुको पासमा जाँदैनौँ। तिमी आउँछौ रुहानी बाबा, रुहानी टिचर, रुहानी सद्गुरुको पासमा। ती मनुष्य त अनेक छन्। यहाँ बाबा एउटै हुनुहुन्छ। यो परिचय कसैलाई पनि थिएन। भक्तिमार्गका शास्त्रहरूमा पनि छ– रचयिता र रचनालाई कसैले पनि जान्दैनन्। नजान्नाले, उनीहरूलाई अरफन (अनाथ) भनिन्छ। जसले राम्रो पढेलेखेका हुन्छन्, उनीहरूले बुझ्न सक्छन्, हामी सबै आत्माहरूका पिता एउटै निराकार हुनुहुन्छ। उहाँ आएर बाबा, टिचर, सद्गुरु पनि बन्नुहुन्छ। गीतामा श्रीकृष्णको नाम प्रसिद्ध छ। गीता सर्वशास्त्रमयी शिरोमणि, सबैभन्दा उत्तम हो। गीतालाई नै माता-पिता भनिन्छ र अरू जे जति शास्त्र छन्, तिनलाई माता-पिता भनिँदैन। श्रीमद् भगवद् गीता माता गायन गरिन्छ। भगवानको मुखकमलबाट निस्केको गीताको ज्ञान। सर्वोच्च बाबा हुनुहुन्छ भने अवश्य सबैभन्दा उच्चले नै गाइएको गीता भयो क्रियेटर (रचयिता)। बाँकी सबै शास्त्र हुन् त्यसका पातहरू, क्रिएसन (रचना)। रचनाबाट कहिल्यै वर्सा मिल्न सक्दैन। यदि मिल्छ पनि भने अल्पकालको लागि। अरू यति धेरै शास्त्र छन्, जसको पढाइबाट एक जन्मको लागि अल्पकालको सुख मिल्छ। जुन मानिसले नै मानिसहरूलाई पढाउँछन्। जे जति हरेक प्रकारका पढाइहरू छन् ती अल्पकालको लागि मानिसले, मानिसलाई पढाउँछन्। अल्पकालको सुख मिल्यो फेरि अर्को जन्ममा अर्को पढाइ पढ्नुपर्छ। यहाँ त एक निराकार बाबा नै हुनुहुन्छ, जसले २१ जन्मको लागि वर्सा दिनुहुन्छ। कुनै मानिसले त दिन सक्दैनन्। उनीहरूले त वर्थ नट ए पेनी (कौडी बराबर) बनाइदिन्छन्। बाबाले पाउन्ड (मूल्यवान) बनाउनुहुन्छ। अहिले बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमीहरू सबै ईश्वरका सन्तान हौ नि। सर्वव्यापी भन्नाले अर्थ केही बुझ्दैनन्। सबैमा परमात्मा हुनुहुन्छ भने फेरि फादरहुड (पितृत्व) हुन्छ। फादर नै फादर त्यसोभए फेरि वर्सा कहाँबाट मिल्छ! कसको दु:ख कसले हर्छ ! बाबालाई नै दु:खहर्ता, सुखकर्ता भनिन्छ। फादर नै फादरको त कुनै अर्थ नै निस्कँदैन। बाबा बसेर सम्झाउनुहुन्छ– यो हो नै रावण राज्य। यो पनि ड्रामामा निश्चित छ त्यसैले चित्रहरूमा पनि क्लियर बनाएर देखाइएको छ।

तिमी बच्चाहरूको बुद्धिमा छ– हामी पुरुषोत्तम सङ्गमयुगमा छौँ। बाबा पुरुषोत्तम बनाउन आउनुभएको छ। जस्तै ब्यारिस्टरी, डाक्टरी आदि पढ्छन् जसबाट पद पाउँछन्। बुझ्छन्– यो पढाइबाट म फलाना बन्छु। यहाँ तिमी सतको सङ्गमा बसेका छौ, जसबाट तिमी सुखधाममा जान्छौ। सत् धाम पनि दुई छन्– एउटा सुखधाम, अर्को शान्तिधाम। यो हो ईश्वरको धाम। बाबा रचयिता हुनुहुन्छ नि। जो बाबाद्वारा बुझेर होसियार हुँदै जान्छन्– उनीहरूको कर्तव्य हो सर्भिस गर्नु। बाबा भन्नुहुन्छ– तिमी अहिले बुझेर होसियार भएका छौ भने शिवको मन्दिरमा गएर सम्झाऊ, उनीहरूलाई भन– यसमा फल, फूल, मखन, घिउ, आँकका फूल, गुलाबका फूल यी भेराइटी किन चढाइन्छ? श्रीकृष्णको मन्दिरमा आँकका फूल चढाउँदैनन्। त्यहाँ धेरै राम्रा सुगन्धित फूल लैजान्छन्। शिवको अगाडि आँकका फूल एवं गुलाबका फूल पनि चढाउँछन्। अर्थ त कसैले जान्दैनन्। यस समयमा तिमी बच्चाहरूलाई बाबाले पढाउनुहुन्छ, कुनै मानिसले पढाउँदैनन्। अरू सारा दुनियाँमा मानिसहरूलाई मानिसले पढाउँछन्। तिमीहरूलाई भगवानले पढाउनुहुन्छ। कुनै मानिसलाई भगवान कदाचित भनिँदैन। लक्ष्मी-नारायणलाई पनि भगवान होइन, उनीहरूलाई देवी-देवता भनिन्छ। ब्रह्मा-विष्णु-शङ्करलाई पनि देवता भनिन्छ। भगवान एक बाबा मात्रै हुनुहुन्छ, उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। सबैले भन्छन् पनि– हे परमपिता परमात्मा! उहाँको सच्चा सच्चा नाम शिव हो र तिमी बच्चाहरू हौ सालिग्राम। पण्डितहरूले रुद्र यज्ञ रच्दा धेरै ठुलो शिवको लिङ्ग बनाउँछन् र सालिग्राम साना-साना बनाउँछन्। सालिग्राम भनिन्छ आत्मालाई। शिव भनिन्छ परमात्मालाई। उहाँ सबैका पिता हुनुहुन्छ, हामी सबै हौँ भाइ भाइ, भन्छन् पनि ब्रदरहुड (भ्रातृत्व)। बाबाका बच्चा हामी भाइ भाइ हौँ। फेरि भाइ-बहिनी कसरी भयौँ? प्रजापिता ब्रह्माको मुखबाट प्रजा रचिन्छ। उनीहरू हुन् ब्राह्मण र ब्राह्मणीहरू। हामी प्रजापिता ब्रह्माका सन्तान हौँ, त्यसैले बी. के. कहलाउँछौँ। अच्छा, ब्रह्मालाई कसले पैदा गर्नुभयो? भगवानले। ब्रह्मा, विष्णु, शङ्कर.... यी सबै रचना हुन्। सूक्ष्मवतनको पनि रचना भयो। ब्रह्मा मुख कमलबाट तिमी बच्चाहरू निस्केका छौ। ब्राह्मण-ब्राह्मणीहरू कहलाउँछौ। तिमी ब्रह्मा मुख वंशावली एडप्टेड हौ। प्रजापिता ब्रह्माले बच्चा कसरी पैदा गर्छन्, अवश्य एडप्ट गर्छन्। जस्तै गुरुका फलोअरहरू (अनुयायी) एडप्ट हुन्छन्, उनीहरूलाई भनिन्छ शिष्य। प्रजापिता ब्रह्मा सारा दुनियाँका पिता भए। उनलाई भनिन्छ– ग्रेट-ग्रेट ग्रेन्ड फादर। प्रजापिता ब्रह्मा त यहाँ चाहिन्छ नि। सूक्ष्मवतनमा पनि ब्रह्मा छन्। नाम गायन गरिएको छ ब्रह्मा, विष्णु, शङ्कर तर सूक्ष्मवतनमा प्रजा त हुँदैनन्। प्रजापिता ब्रह्मा को हुन्, यो सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। ती ब्राह्मणहरूले पनि आफूलाई ब्रह्माको सन्तान भन्छन्। अब ब्रह्मा कहाँ छन्? तिमीले भन्छौ– यिनी बसेका छन्, उनीहरूले भन्छन्– आएर गए। उनीहरूले फेरि आफूलाई पुजारी ब्राह्मण कहलाउँछन्। अहिले तिमी त प्राक्टिकलमा छौ। प्रजापिता ब्रह्माका बच्चा आपसमा भाइ-बहिनी भए। ब्रह्मालाई एडप्ट गर्नुभएको छ शिवबाबाले। भन्नुहुन्छ– म यो वृद्ध तनमा प्रवेश गरेर तिमीहरूलाई राजयोग सिकाउँछु। मानिसलाई देवता बनाउनु– यो कुनै मानिसको काम होइन। बाबालाई नै रचयिता भनिन्छ। भारतवर्षकालाई थाहा छ– शिवजयन्ती पनि मनाइन्छ। शिवबाबा हुनुहुन्छ। मानिसहरूलाई यो पनि थाहा छैन– देवी-देवताहरूलाई यो राज्य कसले दिनुभयो? स्वर्गका रचयिता हुनुहुन्छ नै परम आत्मा, जसलाई पतित-पावन भनिन्छ। आत्मा वास्तवमा पवित्र हुन्छ, फेरि सतो-रजो-तमोमा आउँछ। यस समयमा कलियुगमा सबै तमोप्रधान छन्, सत्ययुगमा सतोप्रधान थिए। आजभन्दा ५ हजार वर्ष पहिला यी लक्ष्मी-नारायणको राज्य थियो। २५०० वर्ष देवताहरूको डिनायस्टी चल्यो। उनीहरूका बच्चाहरूले पनि राज्य गरे नि। लक्ष्मी-नारायण द फस्ट, द सेकेन्ड, यस्तै चल्दै आउँछ। मानिसहरूलाई यी कुराहरूको बारेमा केही पनि थाहा छैन। यस समयमा छन् सबै तमोप्रधान, पतित। यहाँ एकजना मानिस पनि पावन हुनैसक्दैन। सबैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्! त्यसैले पतित दुनियाँ भयो नि। यसैलाई कलियुग नर्क भनिन्छ। नयाँ दुनियाँलाई स्वर्ग, पावन दुनियाँ भनिन्छ। फेरि पतित कसरी बने, यो कसैले जान्दैनन्। भारतवर्षमा एकजना पनि मानिस छैन जसले आफ्नो ८४ जन्मलाई जान्दछ। मानिसले म्याक्सिमम (अधिकतम) ८४ जन्म लिन्छन्, मिनिमम (न्यूनतम) एक जन्म।

भारतखण्डलाई अविनाशी खण्ड मानिएको छ किनकि यहाँ नै शिवबाबाको अवतरण हुन्छ। भारतखण्ड कहिल्यै विनाश हुनसक्दैन। बाँकी जो अनेक खण्ड छन् ती सबै विनाश हुन्छन्। यस समयमा आदि सनातन देवी-देवता धर्म प्रायः लोप भएको छ। कसैले पनि आफूलाई देवता कहलाउँदैनन् किनकि देवताहरू सतोप्रधान पावन थिए। अहिले त सबै पतित पुजारी बनेका छन्। यो पनि बाबा बसेर सम्झाउनुहुन्छ, भगवानुवाच हो नि। भगवान सबैका पिता हुनुहुन्छ, उहाँ एकैपटक भारतवर्षमा आउनुहुन्छ। कहिले आउनुहुन्छ? पुरुषोत्तम सङ्गमयुगमा। यो सङ्गमयुगलाई नै पुरुषोत्तम भनिन्छ। यो सङ्गमयुग हो कलियुगबाट सत्ययुग, पतितबाट पावन बन्ने। कलियुगमा रहन्छन् पतित मानिसहरू, सत्ययुगमा हुन्छन् पावन देवताहरू त्यसैले यसलाई पुरुषोत्तम सङ्गमयुग भनिन्छ, जब बाबा आएर पतितबाट पावन बनाउनुहुन्छ। तिमी आएका नै हौ मानिसबाट देवता पुरुषोत्तम बन्न। मानिसहरूलाई त यो पनि थाहा छैन– हामी आत्माहरू निर्वाणधाममा रहन्छौँ। त्यहाँबाट आउँछौँ पार्ट खेल्न। यो नाटकको अवधि ५ हजार वर्ष हो। हामीले यो बेहदको नाटकमा पार्ट खेल्छौँ। यतिका सबै मानिस पार्टधारी छन्। यो ड्रामाको चक्र घुमिरहन्छ। कहिल्यै बन्द हुनेछैन। पहिला सुरुमा यो नाटकमा सत्ययुगमा पार्ट खेल्न आउँछन् देवी-देवता। फेरि त्रेतामा क्षत्रिय। यो नाटकलाई पनि जान्नुपर्छ नि। यो हो नै काँडाहरूको जङ्गल। सबै मानिस दु:खी छन्। कलियुगपछि फेरि सत्ययुग आउँछ। कलियुगमा धेरै मानिस छन्, सत्ययुगमा कति हुन्छन्? धेरै कम। आदि सनातन सूर्यवंशी देवी-देवताहरू मात्रै हुन्छन्। यो पुरानो दुनियाँ अब परिवर्तन हुनु छ। मनुष्य सृष्टिबाट फेरि देवताहरूको सृष्टि हुन्छ। पहिला आदि सनातन देवी-देवता धर्म थियो। तर अब आफूलाई देवता कहलाउँदैनन्। आफ्नो धर्मलाई नै बिर्सेका छन्। यी केवल भारतवर्षका नै हुन् जसले आफ्नो धर्मलाई बिर्सेका छन्, हिन्दुस्तानमा रहने भएकाले हिन्दु धर्म भनिदिन्छन्। देवताहरू त पावन थिए, यिनीहरू पतित छन् त्यसैले आफूलाई देवता भन्न सक्दैनन्। देवताहरूको पूजा गरिरहन्छन्। आफूलाई पापी निच भन्छन्। अब बाबा सम्झाउनुहुन्छ– तिमी नै पूज्य थियौ फेरि तिमी नै पुजारी पतित बनेका छौ। हम सो को अर्थ पनि सम्झाइएको छ। उनीहरूले भनिदिन्छन्– आत्मा सो परमात्मा। यो हो झुटो अर्थ, झुटो काया, झुटो माया.... सत्ययुगमा यस्तो भन्दैनन्। सचखण्डको स्थापना बाबाले गर्नुहुन्छ, झुटखण्ड फेरि रावणले बनाउँछन्। यो पनि बाबा आएर सम्झाउनुहुन्छ– आत्मा के हो, परमात्मा के हुनुहुन्छ। यो पनि कसैले जान्दैनन्। बाबा भन्नुहुन्छ– तिमी आत्मा बिन्दु हौ, तिमीमा ८४ जन्मको पार्ट निश्चित छ। हामी आत्मा कस्ता छौँ– यो कसैले जान्दैनन्। हामी ब्यारिस्टर हौँ, फलाना हौँ– यो जान्दछन्, बाँकी आत्मालाई एकजनाले पनि चिन्दैनन्। बाबाले नै आएर पहिचान दिनुहुन्छ। तिम्रो आत्मामा ८४ जन्मको अविनाशी पार्ट निश्चित छ, जुन कहिल्यै विनाश हुन सक्दैन। यही भारतवर्ष गार्डन अफ फ्लावर (फूलहरूको बगैँचा) थियो। सुखै सुख थियो, अहिले दु:खै दु:ख छ। यो नलेज बाबाले दिनुहुन्छ।

तिमी बच्चाहरूले बाबाद्वारा अहिले नयाँ नयाँ कुराहरू सुन्छौ। सबैभन्दा नयाँ कुरा हो– तिमीहरूलाई मानिसबाट देवता बन्नुछ। तिमीलाई थाहा छ– मानिसबाट देवता बन्ने पढाइ कुनै मानिसले पढाउँदैनन्, भगवानले पढाउनुहुन्छ। उहाँ भगवानलाई सर्वव्यापी भन्नु, यो त गाली गर्नु हो। अब बाबा सम्झाउनुहुन्छ– म हरेक ५ हजार वर्षपछि आएर भारतवर्षलाई स्वर्ग बनाउँछु। रावणले नर्क बनाउँछ। यी कुराहरू दुनियाँमा अरू कसैले जान्दैनन्। बाबाले नै आएर तिमीहरूलाई मानिसबाट देवता बनाउनुहुन्छ। गायन पनि छ– मूत पलीती कपड़ धोए.....। त्यहाँ विकार हुँदैन। त्यो हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। अहिले छ विकारी दुनियाँ। बोलाउँछन् पनि– पतित-पावन आउनुहोस्। हामीलाई रावणले पतित बनाएको छ तर जान्दैनन्– रावण कहिले आयो, के भयो! रावणले कति कङ्गाल बनाइदिएको छ। भारतवर्ष ५ हजार वर्ष पहिला कति धनवान थियो। सुन, हीरा-जुहारतका महल थिए। कति धन थियो। अहिले के हालत भएको छ! यस भारतवर्षलाई सिरताज बाबाबाहेक अरू कसैले बनाउन सक्दैन। अहिले तिमीले भन्छौ– शिवबाबाले विश्वलाई हेभन बनाउनुहुन्छ। अब बाबा भन्नुहुन्छ– मृत्यु अगाडि उभिएको छ। तिमी वानप्रस्थी हौ। अब जानुछ फर्केर त्यसैले आफूलाई आत्मा सम्झ, म एकलाई याद गर तब पाप भस्म हुन्छन्। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) हामी ब्रह्मा मुखवंशावली ब्राह्मण हौँ, स्वयं भगवानले हामीलाई मानिसबाट देवता बनाउने पढाइ पढाइरहनुभएको छ, यो नशा र खुसीमा रहनुछ। पुरुषोत्तम सङ्गमयुगमा पुरुषोत्तम बन्ने पुरुषार्थ गर्नुछ।

२) अहिले हाम्रो वानप्रस्थ अवस्था हो, मृत्यु अगाडि उभिएको छ, फर्केर घर जानुछ..... त्यसैले बाबाको यादबाट सबै पापहरूलाई भस्म गर्नुछ।

वरदान:–
नलेज रूपी चाबीद्वारा भाग्यको अखुट खजाना प्राप्त गर्ने मालामाल भव

सङ्गमयुगमा सबै बच्चाहरूलाई भाग्य बनाउनको लागि नलेज रूपी चाबी मिल्छ। यो चाबी लगाऊ र जति चाह्यो त्यति भाग्यको खजाना लेऊ। चाबी मिल्यो र मालामाल बन्यौ। जो जति मालामाल बन्छन् स्वत:त्यति खुसी हुन्छन्। यस्तो अनुभव हुन्छ मानौँ अखुट अविनाशी खुसीको झरना बगिरहन्छ। उनीहरू सर्व खजानाहरूले भरपुर मालामाल देखिन्छन्। उनीहरूसँग कुनै पनि प्रकारको अप्राप्ति हुँदैन।

स्लोगन:–
बाबासँग ठीक कनेक्सन राख्यौ भने सर्व शक्तिहरूको करेन्ट आइरहन्छ।