30.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफ्नो
सबैथोक ईश्वरीय सेवामा सफल गर ेर भविष्य बनाऊ किनकि मृत्यु तिम्रो शिरमा छ।”
प्रश्न:–
ज्ञान
सुन्दासुन्दै पनि बच्चाहरूमा त्यसको धारणा किन हुँदैन?
उत्तर:–
किनकि
बच्चाहरूलाई विचार सागर मन्थन गर्न आउँदैन। बुद्धियोग देह र देहका सम्बन्धहरूमा
अल्झिएको हुन्छ। पहिला बुद्धिबाट मोह निस्किएपछि मात्र केही धारणा पनि हुन्छ। मोह
यस्तो चिज हो, जसले एकदम बाँदर बनाइदिन्छ, त्यसैले बाबा बच्चाहरूलाई सबैभन्दा पहिलो
प्रतिज्ञा याद दिलाउनुहुन्छ– देहसहित, देहका सबै सम्बन्धहरूलाई भुलेर मलाई याद गर।
गीत:–
भोलेनाथ से
निराला...
ओम् शान्ति ।
बाबा बसेर
सम्झाउनुहुन्छ– अब बच्चाहरूलाई यो त राम्रोसँग थाहा छ, बेहदको बाबालाई नै भनिन्छ–
बिग्रिएकोलाई बनाउने। श्रीकृष्णले बिग्रिएकोलाई सुधार्न सक्दैनन्। गीताको भगवान
श्रीकृष्ण होइनन्, शिव हुनुहुन्छ। शिवबाबा रचयिता हुनुहुन्छ र श्रीकृष्ण हुन् रचना।
स्वर्गको वर्सा दिने, स्वर्गको रचयिता नै हुन सक्नुहुन्छ। यही भारतवर्षको मुख्य
ठुलोभन्दा ठुलो भुल हो। श्रीकृष्णलाई कसैले बाबा भन्न सक्दैन। वर्सा बाबाबाट नै
मिल्छ र त्यो वर्सा भारतवर्षलाई नै मिलेको थियो। यहाँ नै श्रीकृष्ण युवराज (शहजादा),
राधा युवराज्ञी (शहजादी) गायन गरिएका छन्। महिमा उच्चभन्दा उच्च एक बाबाको छ।
श्रीकृष्ण हुन् उच्चभन्दा उच्च रचना, विश्वका मालिक। उनलाई भनिन्छ सूर्यवंशी देवता
राजवंशका। गीता आदि सनातन देवीदेवता धर्मको शास्त्र हो। सत्ययुगमा त कसैलाई ज्ञान
सुनाइएको छैन। सङ्गममा नै बाबाले सुनाउनुभएको छ। चित्रहरूमा पनि पहिला यो सिद्ध
गर्नुछ। दुवैका चित्र देखाउँछन्, गीताको भगवान, उहाँ रचयिता हुनुहुन्छ, जो
पुनर्जन्म रहित हुनुहुन्छ, न कि श्रीकृष्ण, रचना। तिमीलाई थाहा छ– शिवबाबाले नै
हिरातुल्य बनाउनुहुन्छ। गायन गरिन्छ पनि– हिरातुल्य, कौडीतुल्य। बच्चाहरूको बुद्धिमा
यो कुरा हुनुपर्छ– बाबाको आदेश छ– तिमीले मलाई याद गर र वर्सालाई याद गर। उहाँ
हुनुहुन्छ बेहदको बाबा। कृष्ण त हुन् हदका मालिक। बन्न त उनी विश्वको राजा बन्छन्,
शिवबाबा त राजा हुनुहुन्न नि। वास्तवमा धेरै महिमा गीताको छ। साथसाथै भारतवर्षको पनि
महिमा छ। भारतवर्ष सबै धर्मका आत्माहरूको ठुलो तीर्थ हो। केवल कृष्णको नाम राखेका
हुनाले सारा महत्त्व उडेको छ। यही कारणले गर्दा नै भारतवर्ष कौडीतुल्य बनेको हो।
हुन त ड्रामा अनुसार भएको हो तर यसमा सावधान गर्नुपर्ने हुन्छ। बाबाले धेरै
राम्रोसँग सम्झाउनुहुन्छ। दिनप्रतिदिन गहन कुराहरू सुनाइरहनुहुन्छ त्यसैले फेरि
पुराना चित्रहरूलाई परिवर्तन गरेर नयाँ बनाउनुपर्छ। यो त अन्त्यसम्म भइरहन्छ।
बच्चाहरूले बुद्धिमा राम्रोसँग राख्नुपर्छ– शिवबाबाले हामीलाई वर्सा दिइरहनुभएको छ।
बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा विकर्म विनाश हुनेछन्। श्रीकृष्णलाई याद गरेर
विकर्म विनाश हुँदैनन्। उनी त सर्वशक्तिमान् होइनन्। सर्वशक्तिमान् बाबा हुनुहुन्छ,
वर्सा पनि उहाँले दिनुहुन्छ। मानिसले, श्रीकृष्णलाई नै याद गरिरहन्छन्। अच्छा सम्झ,
श्रीकृष्णले भनेका हुन्। उनले पनि भन्छन्– देहका सम्बन्ध छोड, म एकलाई याद गर।
आत्माले त बाबालाई याद गर्छ नि। श्रीकृष्ण त सबै आत्माहरूका पिता होइनन्। यो सबै
विचार सागर मन्थन गरेर बुद्धिमा धारण गर्नुपर्छ। कोही कोही मोहमा फसेका हुनाले फेरि
धारणा गर्न सक्दैनन्। तिमीले गाउँदै आएका छौ– अरू सङ्गत तोडेर हजुरसँग जोड्नेछु।
मेरो त एक, दोस्रो न कोही। तर मोह फेरि यस्तो चिज हो जसले एकदम बाँदर जस्तै
बनाइदिन्छ। बाँदरमा मोह र लोभ धेरै हुन्छ। धनवानहरूलाई पनि सम्झाइन्छ, अहिले मृत्यु
सामुन्ने उभिएको छ। तपाईंको यो सबै सम्पत्ति ईश्वरीय सेवामा लगाउनुहोस्, भविष्य
बनाउनुहोस्। तर तिनीहरू बाँदरजस्तै झुन्डिन्छन्, छोड्दैनन्। बाबा भन्नुहुन्छ– जे जति
देहसहित, देहका सम्बन्धहरू छन् तिनबाट बुद्धियोग हटाऊ। बाबाको श्रीमतमा चल। तिमीले
भन्छौ– यो धन, बालबच्चा आदि सबै ईश्वरले दिनुभएको हो। अब उहाँ स्वयम् आउनुभएको छ,
बाबा भन्नुहुन्छ– तिम्रो यो धनदौलत आदि सबै खतम हुनेछ। किसकी दबी रहेगी धूल में ...
भूकम्प आदि आउनेछ, यो सबै समाप्त हुनेछ। हवाईजहाज खस्छन् वा आगो आदि लाग्यो भने
पहिला सुरुमा पुलिस नआउँदासम्म चोर भित्र पस्छन्। त्यसैले बाबा सम्झाउनुहुन्छ–
प्यारा बच्चाहरू! देहधारीहरूबाट मोह निकाल्नुपर्छ। मोहजित बन्नुछ। देह अभिमान हो
सबैभन्दा पहिलो नम्बर दुस्मन। देवताहरू देहीअभिमानी हुन्छन्। देह अभिमानमा आएपछि नै
विकारहरूमा फस्छन्। तिमी आधाकल्प देह अभिमानी हुन्छौ। अब देही अभिमानी हुने अभ्यास
गर्नुछ। जति पनि मनुष्य मात्र छन् तिनले बिल्कुलै यी कुराहरूलाई जान्दैनन्, न
परमात्मालाई चिन्दछन्। आत्मा के हो, परमात्मा के हुनुहुन्छ, आत्माले कति जन्म लिन्छ,
कसरी पार्ट खेल्छ, हामी कलाकारहरू हौँ– यो कुरा कसैलाई थाहा छैन, त्यसैले
तिनीहरूलाई अनाथ भनिन्छ। उनीहरूले त भनिदिन्छन्– आत्मा ज्योतिमा लीन हुन्छ। तर आत्मा
त अविनाशी छ। आत्मामा नै ८४ जन्मको पार्ट पहिल्यै निश्चित छ। भन्छन् पनि– आत्मा तारा
हो, तैपनि बुझ्दैनन्। आत्मा सो परमात्मा भनिदिन्छन्, बाबालाई बिल्कुल चिन्दैनन्।
आत्माको लागि पनि भन्छन्– भृकुटीको बीचमा सितारा चम्कन्छ। परमात्माको लागि त केही
बताउँदैनन्। उहाँलाई परम आत्मा भनिन्छ, उहाँ पनि परमधाममा रहनुहुन्छ। उहाँ पनि
बिन्दु हुनुहुन्छ। केवल पुनर्जन्मरहित हुनुहुन्छ, आत्माहरू पुनर्जन्ममा आउँछन्।
परमात्माको लागि भनिन्छ– ज्ञानको सागर, आनन्दको सागर, पवित्रताको सागर हुनुहुन्छ।
देवताहरूलाई यो वर्सा कसले दिनुभयो? बाबाले। सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण...
यी देवताहरूजस्तो अहिले कोही छैन। उनीहरूलाई यो वर्सा कसरी मिल्यो, यो कसैलाई थाहा
छैन। बाबाले नै आएर सम्झाउनुहुन्छ, उहाँलाई नै ज्ञानको सागर भनिन्छ। यस समयमा आएर
ज्ञान दिनुहुन्छ, फेरि प्रायः लोप हुन्छ। फेरि हुन्छ भक्ति, त्यसलाई ज्ञान भन्न
सकिँदैन। ज्ञानबाट त सद्गति हुन्छ। दुर्गति भएपछि मात्र सर्वको सद्गतिदाता, ज्ञानको
सागर आउनुहुन्छ। बाबाले नै आएर ज्ञान स्नान गराउनुहुन्छ। त्यो त पानीको स्नान हो,
त्यसबाट सद्गति हुन सक्दैन। यी थोरै कुराहरू भए पनि धारणा गर्नुपर्छ। मुख्य जुन
राम्रा राम्रा चित्रहरू छन्, ती ठुला बनाउनुपर्छ जसले गर्दा जसले पनि राम्रोसँग
बुझून्। अक्षर धेरै राम्रा हुन्। चित्र बनाउनेहरूले यो बुद्धिमा राख्नुपर्छ। जसलाई
पनि निमन्त्रण दिनुहोस् र आएर परमपिता परमात्माको परिचय लिनुहोस् र भविष्य २१ जन्मको
लागि बाबाबाट वर्सा लिनुहोस् भनेर बोलाउनुछ। प्यारा भाइबहिनीहरू! पारलौकिक बाबाबाट
बेहद सुखको स्वराज्य कसरी मिल्छ– त्यो आएर बुझ्नुहोस्। बेहदको बाबाबाट वर्सा पाउन
सिक्नुहोस्, यसमा त डराउने कुरै भएन। बोलाइरहन्छन्– हे पतित-पावन आउनुहोस्!
बाबा पनि भन्नुहुन्छ–
काम महाशत्रु हो। पावन दुनियाँमा जानुछ भने पवित्र अवश्य बन्नुछ। पतित उनीहरूलाई
भनिन्छ जसले विकारबाट जन्म लिन्छन्। सत्ययुग, त्रेतामा विष हुँदैन, त्यसलाई भनिन्छ
नै सम्पूर्ण निर्विकारी दुनियाँ। त्यहाँ विकार हुँदैहुँदैन। फेरि यो तिमीले किन
सोध्छौ– बच्चाहरू कसरी पैदा हुन्छन्? तिमी निर्विकारी त बन। बच्चा जसरी हुनुपर्ने
हो त्यसरी नै हुनेछ। तिमीले यो कुरा सोध्छौ नै किन? तिमीले बाबालाई याद गरेमा
जन्मजन्मान्तरका विकर्म विनाश हुनेछन्, यो हो नै पापात्माहरूको दुनियाँ। त्यो
पुण्यात्माहरूको दुनियाँ हो। यो कुरा राम्रोसँग बुद्धिमा बसाल्नुछ। भक्तिको फल
भगवान आएर दिनुहुन्छ, बाबाले नै सर्वको सद्गति गरेर स्वर्गको मालिक बनाउनुहुन्छ।
बाबा भन्नुहुन्छ– अब पवित्र बन, म एकलाई याद गर, यो महामन्त्र हो। त्यसपछि बाबाबाट
वर्सा अवश्य मिल्नेछ। बाबा भन्नुहुन्छ– तिमीले मलाई याद गरेमा तिमी सतोप्रधान
बन्नेछौ। सिँढीमा सम्झाउनुछ। दिनप्रतिदिन हरेक चिज सुध्रिँदै जान्छ, यिनमा स्पष्ट
पारेर लेख्नुछ। ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना। आदि सनातन
देवीदेवता धर्म हुँदा अरू कुनै धर्म थिएन। जो पवित्र बन्छन् उनीहरू नै पवित्र
दुनियाँमा आउनेछन्। जति तागत तिमीभित्र भरिँदै जानेछ, त्यति पहिला आउनेछौ। सबै
सँगसँगै त आउनेछैनन्। यो पनि जान्दछौ– सत्ययुग-त्रेतामा देवीदेवताहरू धेरै कम
हुन्छन्, पछि वृद्धि हुन्छन्। प्रजामा त धेरै हुनेछन्। सम्झाउनेहरू पनि धेरै राम्रा
चाहिन्छन्। भन, आएर बेहदको बाबाबाट वर्सा लिनुहोस्, जसलाई हे बाबा! भनेर तपाईंले
पुकार्नुहुन्छ, वास्तवमा उहाँको नाम नै शिव हो। ईश्वर वा प्रभु, भगवान भन्दा यो
बुझ्दैनन्– उहाँ पिता हुनुहुन्छ, उहाँबाट वर्सा मिल्नेछ। शिवबाबा भन्दा वर्सा याद
आउँछ। उहाँलाई भन्छन्– शिव परमात्माय नमः, परमात्माको नाम त बताऊ। नाम-रूपबाट न्यारा
कोही छैन। उहाँको नाम त शिव हो। केवल शिवाय नमः पनि भन्नुहुँदैन, शिव परमात्माय नमः
भन्नुपर्छ। हरेक शब्दलाई धेरै राम्रोसँग स्पष्ट पारेर सम्झाउनुपर्ने हुन्छ। शिवाय
नमः भन्दा पनि बाबाको मजा आउँदैन। मानिसहरूले त सबै नाम आफ्नै राखिदिएका छन्।
तिमीलाई थाहा छ– मानिसलाई कहिल्यै भगवान भनिँदैन। ब्रह्मा, विष्णु, शङ्करलाई पनि
देवता भनिन्छ। बाबा रचयिता त एउटै निराकार हुनुहुन्छ। जसरी लौकिक पिताले
बच्चाहरूलाई रच्छन् नि, वर्सा दिन्छन्, त्यसरी नै बेहदको बाबाले पनि वर्सा
दिनुहुन्छ। भारतवर्षलाई विश्वको मालिक बनाउनुहुन्छ। सारा दुनियाँको पतित-पावन बाबा
एउटै हुनुहुन्छ। हाम्रा धर्म स्थापक पनि यस समयमा पतित छन्, चिहानमा पुगेका छन्, यो
कुरा कहाँ कसैलाई थाहा छ र! अहिले सबैको कयामतको समय हो। बाबाले नै आएर सबैलाई
उठाउनुहुन्छ। कयामतको समयमा नै खुदा, भगवान आउनुहुन्छ। उहाँ नै ज्ञानको सागर
हुनुहुन्छ। लेखिएको छ– सागरका बच्चाहरू भस्मीभूत भएका थिए अर्थात् काम चितामा बसेर
काला, कलियुगी बनेका थिए, फेरि सुन्दर कसरी बन्छन्? बाबा भन्नुहुन्छ– यादको
यात्राबाट। योग शब्द भन्दा मानिसहरू अल्मलिन्छन्। बाबा भन्नुहुन्छ– मलाई याद गर अनि
अन्त मति सो गति हुनेछ। कति सहजै सम्झाउनुहुन्छ, फेरि पनि किन यी कुराहरू बुद्धिमा
बस्दैनन्? देह अभिमान धेरै छ, त्यसैले धारणा हुँदैन। बाबा धेरै राम्रो युक्ति
बताउनुहुन्छ। बेहदको बाबा, जसलाई याद गर्छन्, उहाँ आएर के गर्नुभयो? भारतवर्षलाई
स्वर्ग बनाउनुभएको थियो। हदको वर्सा त जन्मजन्मान्तर लिँदै आएका छौ। अब बेहदको
बाबाबाट २१ जन्मको लागि बेहदको वर्सा लेऊ। सत्ययुग-त्रेतामा देवताहरूले राज्य गर्थे।
सूर्यवंशी फेरि चन्द्रवंशी सो वैश्यवंशी फेरि शूद्रवंशी... सो शब्द राखेमा सिद्ध
हुन्छ उनीहरूले नै पुनर्जन्म लिन्छन्, वर्णहरूमा आउँछन्। बाबाले सम्झाउन त सबैलाई
सम्झाउनुहुन्छ, तिमी सामुन्ने बसेका छौ त्यसैले खुसी हुन्छौ। कोही कोहीको तकदिरमा
हुँदैन त्यसैले सेवा गर्दैनन्। सेवा गर्छौ भने नाम हुनेछ। भन्छन्– बाबाका बच्चाहरू
कति सिपालु छन्, सबै काम गर्छन्। हामीलाई स्वर्गको बादसाहीको वर्सा दिन्छन्, यो
ज्ञानको सामग्री पनि दिन्छन्। यी चित्र हुन्– अन्धाहरूको अगाडि ऐना, यसमा जादु आदिको
कुरै छैन। पवित्रताको कुरा नै मुख्य हो। सम्झन्छन्– यो अन्तिम जन्म हो, स्वर्गमा
जानुछ भने पवित्र अवश्य बन्नुछ। विनाश सामुन्ने उभिएको छ। पावन अवश्य बन्नुपर्छ।
संन्यासीहरूले घरबार छोड्छन्– पावन बन्नको लागि। बाबा भन्नुहुन्छ– विनाश सामुन्ने
उभिएको छ, मलाई याद गरेमा डुङ्गा पार हुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) विनाशभन्दा पहिला आफ्नो सबैथोक सफल गर्नुछ। यो कयामतको समय हो त्यसैले पावन
अवश्य बन्नुछ।
२) देहधारीहरूबाट मोह
निकालेर मोहजित बन्नुछ। देह अभिमान जुन पहिलो नम्बरको दुस्मन हो त्यसमाथि विजय
पाउनुछ। अरू सबै सङ्गत तोडेर, बाबासँग बुद्धियोग जोड्नुछ।
वरदान:–
यादको
मन्त्रद्वारा सङ्कल्प र कर्ममा अविनाशी सिद्धि प्राप्त गर्ने सिद्धिस्वरूप भव
तिमी बच्चाहरू
सर्वशक्तिमान् सरकारका सन्देशवाहक हौ, त्यसैले कसैसँग पनि बहस गरेर आफ्नो मनलाई
विचलित नबनाऊ। यादको मन्त्र प्रयोग गर। जसरी कोही वाणीबाट वा अन्य कुनै तरिकाले वश
हुँदैनन् भने तन्त्रमन्त्र गर्छन्, तिमीसँग आत्मिक दृष्टिको नेत्र र मनमनाभवको
मन्त्र छ जसबाट आफ्ना सङ्कल्पहरूलाई सिद्ध गरेर सिद्धिस्वरूप बन्न सक्छौ।
स्लोगन:–
कर्म अभिमानीको
सट्टा आत्म अभिमानी बन।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
एकरसको अर्थ यो होइन
पुरुषार्थको गति सदा एकनास होस्। एकरस अर्थात् सदा उड्तीकला महसुस होस्। सर्व
सम्बन्धहरूको अविनाशी तार एकसँग जोडिएको होस्। एक बाबा दोस्रो न कोही– यो दृढ
सङ्कल्प होस्, एउटा पनि सम्बन्ध कम नहोस्, सर्व सम्बन्धहरूको डोरी एकसँग बाँधिएको
होस् अनि एकरस स्थिति स्वतः रहनेछ।