30.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
बाबाजस्तो निरहङ्कारी र निष्काम सेवाधारी कोही छैन , बाबाले सारा विश्वको बाद सा ही
बच्चाहरूलाई दिएर आफू वानप्रस्थमा बस्नुहुन्छ।”
प्रश्न:–
बाबाको कुन
सन्देश तिमीले सारा विश्वलाई बताउनु छ?
उत्तर:–
सबैलाई बताऊ
तिमी दुःखहर्ता सुखकर्ताका बच्चा हौ। तिमीले कहिल्यै पनि कसैलाई दुःख दिनुहुँदैन।
तिमीले सुखदाता बाबालाई याद गर, उहाँलाई फलो गरेमा आधाकल्पको लागि तिमी सुखधाममा
जानेछौ। यो सन्देश सबैलाई दिनु छ। जसले यो सन्देशलाई जीवनमा धारणा गर्छन् उनीहरू २१
जन्मको लागि मायाको बेहोसीबाट मुक्त हुनेछन्।
गीत:–
हमारे तीर्थ
न्यारे हैं...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले यस गीतको अर्थ त बुझ्यौ। हामी आत्माहरूको उहाँ बाबा हुनुहुन्छ।
मुख्य हो नै आत्मा। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी आत्मा परमपिता परमात्माको
सम्मुख बसेका छौँ। तिम्रो सोल, आत्मा, सुप्रीम सोल, परमात्माको सामुन्ने बसेको छ।
तिम्रो त आफ्नो शरीर छ, यो यिनको लोन लिएको शरीर हो। गुरुहरूले मानिसहरूलाई यात्रामा
लैजान्छन्। भक्तिमार्गमा धेरै गुरुहरू हुन्छन्। भारतवर्षमा त स्त्रीले आफ्नो पतिलाई
पनि गुरु, ईश्वर सम्झन्छन्। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमी बच्चाहरू हौ नि!
तिमीहरूले सम्झन्छौ हामी बेहदका बाबाका बच्चा हौँ। फेरि बेहदको वर्सा लिन आएका छौँ,
अहिले हामीले सद्गति पाउँछौँ। यो त निश्चय छ नि! सारा दुनियाँ दुर्गतिमा छ, पतित छ।
पावन हुनको लागि बोलाउँछन् त्यसैले भारतवर्षमा कति धेरै गुरुहरू हुन्छन्। कसैका १००
अनुयायीहरू, कसैका ५००, कसैका ५० अनुयायीहरू पनि हुन्छन्। कसैका लाखौँ करोडौँ पनि
हुन्छन्। जस्तै आगाखाँ खोजाहरू (एक मुस्लिम समुदाय) का गुरु हुन्। उनका कति
अनुयायीहरू छन्, उनलाई कति आदर गर्छन्। फेरि चाहे जेसुकै गर्नेवाला भएपनी उनको मान
कति छ। भक्तिमार्गमा अनेक गुरु हुन्छन्, फेरि तिनीहरू पनि नम्बरवार हुन्छन्। कसैको
कमाइ पदमौँको हुन्छ। आगाखाँको कमाइ धेरै छ। उनलाई उनका शिष्यहरूले हिरामा जोखेर दान
गरेका थिए। एकातिर हिरा अर्कातिर उनका गुरु आगा खाँ। हिरा दान गर्छन्, कति हिरा
होलान्। आजकाल त सुनमा धेरैलाई जोख्छन्। अर्को प्लेटिनम हुन्छ, त्यो सुनभन्दा पनि
धेरै मूल्यवान् हुन्छ। त्यसबाट पनि जोखेका थिए। हेर गुरुको कति उच्च स्थान छ...
यस्ता गुरुहरू त धेरै छन्। अब उहाँ सद्गुरुलाई तिमीले के दिन्छौ? उहाँलाई जोख्छौ?
हिरासँग जोख्छौ? उहाँको तौल हुन सक्छ? उहाँको आफ्नै तौल छैन। शिव त हुनुहुन्छ नै
बिन्दु, तिमीले उहाँको के तौल गर्न सक्छौ। तिम्रो गुरु कति अदभूत हुनुहुन्छ,
सबैभन्दा हलुका। एकदमै सूक्ष्म हुनुहुन्छ। तिम्रो गुरु एक हुनुहुन्छ। तिमीलाई थाहा
छ, शिवबाबा त दाता हुनुहुन्छ। भगवानले कहिल्यै केही लिन सक्नुहुन्न, उहाँले त
दिनुहुन्छ। ईश्वरका लागि सबैले दान गर्छन् अनि सम्झन्छन्– अर्को जन्ममा यसको
प्रतिफल मिल्नेछ। कामना त राख्छन्। अब उहाँ त हुनुहुन्छ बेहदको बाबा। उहाँलेजस्तो
निष्काम सेवा अरू कसैले गर्न सक्दैन। निष्काम सेवा पनि यस्तो हुन्छ जसमा बाबाले
बच्चाहरूलाई विश्वको, सुखधामको मालिक बनाउनुहुन्छ। बाबा आफै कहाँ विश्वको मालिक
बन्नुहुन्छ र! उहाँलाई भनिन्छ– सुखको सागर, शान्तिको सागर, पवित्रताको सागर। तिमी
बच्चाहरूलाई हरेक कुरा राम्रोसँग सम्झाइन्छ। एउटै बाबाबाट तिमीलाई जीवनमुक्ति मिल्छ।
बाबाबाट स्वर्गको वर्सा मिल्छ। निश्चय गरेपछि पुग्यो। बाबा र वर्सालाई याद गर्नु छ।
उहाँलाई भनिन्छ– ज्ञानको सागर। सारा सागरलाई मसी बनाऊ। सारा जङ्गल कलम बनाऊ.. तैपनि
अन्त्य हुन सक्दैन। तिमीले सुरुदेखि लिएर लेख्दै गयौ भने तिम्रा धेरै पुस्तकहरू
बन्छन्। यो ज्ञान त धेरै मूल्यवान् छ जुन धारणा गर्नुपर्ने छ। तिमीलाई थाहा छ, यो
ज्ञान कुनै परम्पराबाट त चल्दैन। अहिले तिमीलाई शास्त्रहरूको सार मिल्छ। बाबा आएर
बच्चाहरूलाई आफ्नो परिचय दिनुहुन्छ, त्यही पर्याप्त छ। बाबाको परिचय दिएपछी
रचयितालाई चिनेपछि त्यसमा रचनाको ज्ञान पनि आउँछ। बुद्धिले भन्छ जो सत्ययुगमा आउँछन्,
तिनीहरूका धेरै पुनर्जन्म हुन्छन्। चक्रमा जो पहिला आएका होलान्, उनीहरू नै आउनेछन्।
यस चक्रलाई पनि राम्रोसँग बुझ्नु छ। गीतमा पनि सुन्यौ, हाम्रा तीर्थ न्यारा छन्।
उनीहरूले त जन्मजन्मान्तर तीर्थ यात्राहरू आदि गर्दै आएका छन्। यो तिम्रो केवल एक
जन्मको यात्रा हो। यस रुहानी यात्रामा अलिकति पनि कुनै तकलिफ छैन। ज्ञान दिने एकै
सद्गुरु हुनुहुन्छ। सद्गति त कसैको पनि हुँदैन। उहाँ हुनुहुन्छ सुप्रीम ज्ञानको
सागर, उहाँबाटै सबैको सद्गति हुन्छ। बाँकी के चाहियो! तत्त्व पनि सतोप्रधान बन्छन्।
यहाँ तमोप्रधान छन् त्यसैले वायु आदि पनि यस्तै तमोप्रधान हुन्छ। कति भूकम्प आदि
हुन्छन्। सत्ययुगमा त कुनै पनि दुःख दिने कुरा हुँदैन। बाबा हुनुहुन्छ नै दुःखहर्ता
सुखकर्ता। तिमी उहाँका बच्चाहरू हौ, कसैलाई पनि दुःख दिनुहुँदैन। सबैलाई यो सुखको
वर्सा पाउने बाटो बताउनु छ।
अब बाबा भन्नुहुन्छ–
तिमीले सुख नै दिनु छ। बाबाले तिमीलाई आधाकल्पको लागि यस्तो सुख दिनुहुन्छ– जहाँ
दुःखको नाम हुँदैन। तिमीलाई थाहा छ– बाबाबाट २१ जन्मको वर्सा पाउन हामी यहाँ आएका
हौँ। तिमी विद्यार्थी हौ नि! तिम्रो दिलमा शिवबाबाबाट स्वर्गको सुख लिन्छौँ छ
त्यसबाट सबै दुःख हट्नेछन्। बाबाले हामीलाई– सुरजित हुनको लागि सञ्जीवनी बुटी
दिनुहुन्छ। फेरि २१ जन्म कहिल्यै मूर्छित हुनेछैनौ। त्यो सञ्जीवनी बुटी हो– मनमनाभव।
सबैको सद्गतिदाता एउटै बाबा हुनुहुन्छ, उहाँलाई निराकारी निरहङ्कारी भनिन्छ। जुन
तनमा आउनुहुन्छ उहाँ पनि साधारण हुनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म
तिम्रो आज्ञाकारी पिता हुँ (डियर चिल्ड्रेन, आई एम योर ओबिडियेन्ट फादर)। ठुला
मानिसहरूले सदैव यसरी लेख्छन्। म आज्ञाकारी सेवक हुँ (आई एम ओबिडियेन्ट सर्भेन्ट)।
आफूलाई श्री कहिल्यै लेख्दैनन्। आजकाल त लेख्छन् श्री श्री फलाना। आफैले आफूलाई श्री
श्री लेखिदिन्छन्। उहाँ बाबा हुनुहुन्छ निराकारी, निरहङ्कारी। अब तिमी उहाँको
सम्मुख बसेका छौ। तिमीलाई थाहा छ, उहाँ हाम्रो बाबा, टिचर, सद्गुरु हुनुहुन्छ, बाँकी
भक्तिमार्गका त सबै अनेक गुरुहरू हुन्। गुरुहरूका पनि गुरु हुन्छन्। उहाँको कोही
गुरु छैन। उहाँ सत् बाबा, सत् टिचर, सद्गुरु हुनुहुन्छ।
तिमीलाई थाहा छ–
आत्माले नै संस्कार धारणा गरिरहेको छ। बाबा पनि आत्मा हुनुहुन्छ नि, उहाँमा पनि गुण
छन्। तिमीहरूका गुण छुट्टाछुट्टै हुन्छन्। यस समयमा जुन गुण तिमीमा छन् तिनै बाबाका
गुण हुन्। फेरि सत्ययुगमा तिम्रा दैवीगुण हुनेछन्। बाबा ज्ञानको सागर, प्यारको सागर
हुनुहुन्छ। श्रीकृष्णको महिमा छुट्टै छ। शिवबाबालाई १६ कला सम्पूर्ण भन्न सकिँदैन।
उहाँ त सदा स्थिर हुनुहुन्छ नै! बाबा भन्नुहुन्छ– यो पदवी तिमीले मलाई दिन सक्दैनौ।
म कहाँ विकारी बन्छु र, जो फेरि सर्वगुण सम्पन्न बनुँ? मेरो महिमा यिनकोजस्तो कहाँ
गर्छन् र! यस ज्ञानलाई जसले कल्प पहिला सुनेका छन् उनीहरू नै आउनेछन्, आएर बाबाबाट
सुन्नेछन् र बाबालाई याद गर्नेछन्। अन्त्यमा हाहाकार गरेर रुन्छन् फेरि जयजयकार
हुन्छ। अहिले तिमीले यात्राको रहस्य पनि बुझेका छौ। यस यात्राबाट फेरि तिमी कहिल्यै
मृत्युलोकमा फर्कंदैनौ। ती यात्राहरूबाट फेरि घर फर्केर आउँछन्। कति मानिसहरू स्नान
गर्न जान्छन्। भक्तिको विस्तार हेर कति छ। जसरी वृक्ष कति ठुलो अथाह हुन्छ, बिज त
एकदमै सानो हुन्छ। त्यसैगरी भक्तिको पनि कति विस्तार छ। ज्ञानको एक डुबुल्कीले पनि
सद्गति गरिदिन्छ। भक्तिमा ओर्लँदा-ओर्लँदै आधाकल्प लाग्छ। यहाँ तिमीलाई सिँढी चढ्न
एक सेकेन्ड लाग्छ– लिफ्ट कति राम्रो छ। तलबाट एकदम माथि, आफ्नो घर लैजान्छ। यसलाई
भनिन्छ चढ्तीकला सबैको भला। सबैको सद्गतिदाता एक बाबा नै हुनुहुन्छ। अब ज्ञान,
भक्तिको फरक देख्यौ। ज्ञान, भक्ति, वैराग्य हुन्छ नि! संन्यासीहरूको हो हदको
वैराग्य। बाबाले सम्झाउनुभएको छ– वैराग्य दुई प्रकारको हुन्छ– एउटा हो हदको वैराग्य
जसबाट कुनै सद्गति हुँदैन। अर्को हो बेहदको वैराग्य– जसबाट तिम्रो सद्गति हुन्छ।
अहिले सद्गतिको लागि तिमी बच्चाहरूलाई श्रेष्ठभन्दा श्रेष्ठ बन्ने श्रीमत मिल्छ। अब
श्रीमतमा श्रेष्ठ दुनियाँको स्थापना भइरहेको छ। यो भ्रष्ट दुनियाँ रावणको मतमा बनेको
हो। हामी श्रेष्ठ बनिरहेका छौँ– यी कुराहरू तिमीले मात्रै जान्दछौ। दुनियाँलाई
बिल्कुलै थाहा छैन। तिम्रो लागि त भन्छन् यी ब्रह्माकुमारीहरूले विनाश गराउँछन्।
वास्तवमा विनाश त हुनु नै छ। यसैबाट त कल्याण हुनु छ। कल्याणकारी बाबा आएपछि नै
महाभारी लडाइँ लाग्छ। भन्नेछन् हामीले भनेका थियौँ नि यी ब्रह्माकुमारीहरूले विनाश
गर्नेछन्। अवश्य विनाश त हुनु नै छ, पुरानो दुनियाँ विनाश हुनेछ। हामीले नयाँ दुनियाँ
स्थापना गर्छौँ। पुरानोपछि नयाँ अवश्य हुन्छ नै! कल्प कल्प विनाश हुन्छ त्यसपछि
मात्रै भारतवर्षमा स्वर्गको ढोका खुल्छ। तर यो कुरा उनीहरूले जान्दछन् कसरी? पछि
गएर धेरैले बुझ्नेछन्। बाबा आएपछि पुरानो दुनियाँ सबै स्वाहा हुन्छ। तिम्रो यो यज्ञ
त अद्भूत छ, जसमा आहुति पर्नु छ। यो पनि तिमीले नै जान्दछौ अरू कसैले जान्दैनन्।
विजय त पाण्डवहरूको हुनु छ र अरू सबै समाप्त हुनेछन्। बाँकी तिमी पाण्डव रहन्छौ र
फेरि नयाँ दुनियाँमा राज्य गर्छौ। यो ज्ञान बडो अनौठो छ। सबैको दुःखहर्ता, सुखकर्ता,
सद्गतिदाता एउटै बाबा हुनुहुन्छ। कति मीठा, कति प्यारा बाबा हुनुहुन्छ। तिमी
बच्चाहरूले भन्दै आएका छौ मीठा बाबा, हजुर आएपछि हामी हजुरमाथि बलिहार जानेछौँ। मेरो
त एक हजुर अर्को कोही छैन। यसको मतलब यो होइन घरबार छोडेर यहाँ आएर बस्छौ। होइन,
गृहस्थ व्यवहारमै बस। ७ दिनको कोर्स लिएर फेरि जहाँसुकै जाऊ– मनमनाभव। बाबालाई याद
गर्नु छ र वर्सा पाउनु छ। बस् यादको यात्रामा रहनु छ, यसैबाट बेडा पार हुन्छ। यो पनि
तिमीलाई थाहा छ– पवित्र रहनु छ। असुद्ध भोजन आदि खानुहुँदैन। मुरली त मिल्छ नै।
कुनैबेला मुरली नमिल्न पनि सक्छ, सङ्कट आयो, हङ्गामा आदि भयो भने मुरली मिल्न
सक्नेछैन। तिमीले यी आँखाले जे जति देख्छौ त्यो रहनेछैन, सबै भस्म हुनेछ। प्रलय त
हुँदैन। दुनियाँ त एउटै हो, नयाँबाट पुरानो हुन्छ। नयाँ दुनियाँ, पुरानो दुनियाँ
भनिन्छ। अब त भनिनेछ यो पुरानो दुनियाँ हो, बाँकी थोरै समय छ। उनीहरूले भन्छन्
कल्पको अवधि लाखौँ वर्ष हुन्छ। कलियुगको लागि भन्छन् अझै ४० हजार वर्ष बाँकी छ।
वास्तवमा चक्र ५ हजार वर्षको हुन्छ। तिम्रो बुद्धिमा सारा ज्ञान छ। मानिसहरू त एकदमै
पत्थरबुद्धि छन्। कलाकार भएर ड्रामाका रचयिता र निर्देशकलाई चिन्दैनन् भने
उनीहरूलाई के भनिनेछ। विश्वको इतिहास-भूगोल कसरी रिपिट हुन्छ, यो त जान्नुपर्छ नि!
जसले राम्रोसँग जान्दछन्, बुद्धिमा धारणा गरेर अरूलाई धारणा गराउँछन्, उनीहरूले
उच्चभन्दा उच्च पद पाउँछन्। बाबा भन्नुहुन्छ– जुन ज्ञान ममा थियो त्यो अब तिमीलाई
दिइरहेको छु। ड्रामा प्लान अनुसार मैले रिपिट गर्छु। मेरो पनि ड्रामामा पार्ट छ।
भक्तिमार्गमा पनि पार्ट खेलेँ, अब आएर तिमीलाई स्वयं म आफ्नो र रचनाको
आदि-मध्य-अन्त्यको परिचय दिन्छु। म पनि ड्रामाको बन्धनमा छु। म आउँछु नै एकपटक आफ्नो
परिचय दिन र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बाबासमान आज्ञाकारी बन्नु छ। कहिल्यै पनि कुनै कुरामा आफ्नो अहङ्कार देखाउनु छैन।
निराकारी र निरहङ्कारी भएर रहनु छ।
२) बाबा, टिचर र
सद्गुरुको भिन्नतालाई बुझेर निश्चयबुद्धि बनेर श्रीमतमा चल्नु छ। रुहानी यात्रामा
रहनु छ।
वरदान:–
पुरुषार्थ
शब्दलाई यथार्थ रीतिले प्रयोग गरेर सदा अगाडि बढ्ने श्रेष्ठ पुरुषार्थी भव
धेरैपटक पुरुषार्थी
शब्द पनि हार खानमा वा असफलता प्राप्त हुनमा राम्रो कवच बन्छ, कुनै पनि गल्ती भएपछि
भनिदिन्छौ हामी त अहिले पुरुषार्थी हौँ। तर यथार्थ पुरुषार्थीले कहिल्यै हार खान
सक्दैनन् किनकि पुरुषार्थ शब्दको यथार्थ अर्थ हो स्वयंलाई पुरुष अर्थात् आत्मा
सम्झेर चल्नु। यस्तो आत्मिक स्थितिमा रहने पुरुषार्थीले त सदैव मन्जीललाई अगाडि
राखेर चल्छन्, उनीहरू कहिल्यै रोकिँदैनन्, हिम्मत उल्लास छोड्दैनन्।
स्लोगन:–
मास्टर
सर्वशक्तिमान्को स्मृतिमा स्थित होऊ, यो स्मृतिले नै मालिकपनको स्मृति दिलाउँछ।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर
कुनै पनि कार्य गर्दा
वा कुरा गर्दा बीच बीचमा सङ्कल्पहरूको ट्राफिकलाई रोक। एक मिनेटको लागि भए पनि मनका
सङ्कल्पहरूलाई, चाहे शरीरद्वारा गरिरहेको कर्मलाई बीचमा रोकेर पनि यो प्राक्टिस गर
अनि बिन्दु रूपको पावरफुल स्टेजमा स्थित हुन सक्नेछौ। जसरी अव्यक्त स्थितिमा रहेर
कार्य गर्न सरल हुँदै गइरहेको छ त्यसैगरी यो बिन्दुरूपको स्थिति पनि सहज भयो भने यही
योगको ज्वालास्वरूप स्थिति हो।