30.09.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– आफ्नो
ब्याट्री चार्ज गर्ने ख्याल गर , आफ्नो समय परचिन्तनमा व्यर्थ नगुमाऊ , आफ्नो बारेमा
चिन्तन गरिरह्यौ भने नसा चढ्छ । ”
प्रश्न:–
ज्ञान एक
सेकेण्डको भएर पनि बाबालाई यति बिस्तारमा सम्झाउन वा यति समय दिनुपर्ने आवश्यकता
किन पर्छ?
उत्तर:–
किनकि ज्ञान
दिइसकेपछि बच्चाहरूमा सुधार भएको छ वा छैन, यो पनि बाबाले हेर्नुहुन्छ र फेरि
सुधार्नको लागि ज्ञान दिइरहनुहुन्छ। सारा बीज र वृक्षको ज्ञान दिनुहुन्छ, त्यसैले
उहाँलाई ज्ञानसागर पनि भनिन्छ। यदि एक सेकेण्डको मन्त्र दिएर जानु भयो भने त ज्ञान
सागरको टाइटल मिल्न सक्दैन।
ओम् शान्ति ।
रूहानी बाबा
बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। भक्तिमार्गमा परमपिता परमात्मा शिवलाई यहाँ
नै पुज्छन्। हुन त यो कुरा बुद्धिमा छ उहाँ यहाँ आएर जानुभएको हो। जहाँ लिङ्ग
देख्छन्, त्यहाँ उहाँको पूजा गर्छन्। यो त सम्झन्छन् शिव परमधाममा रहनुहुन्छ, यहाँ
आएर जानुभएको हो, त्यसैले उहाँको यादगार बनाएर पुज्छन्। जुनबेला याद गरिन्छ त्यसबेला
बुद्धिमा अवश्य आउँछ निराकार हुनुहुन्छ, जो परमधाम रहनुहुन्छ, उहाँलाई शिव भनेर
पुज्छन्। मन्दिरमा गएर शिर झुकाउँछन्, उहाँमाथि दुध, फल, जल आदि चढाउँछन्। तर त्यो
त जड हो। जडको नै भक्ति गर्छन्। अहिले तिमीलाई थाहा छ– उहाँ हुनुहुन्छ चैतन्य,
उहाँको निवास स्थान परमधाम हो। जब ती व्यक्तिहरूले पूजा गर्छन् तब बुद्धिमा हुन्छ,
उहाँ परमधाम निवासी हुनुहुन्छ, यहाँ आएर जानुभएको हो तब त चित्र बनाइएका हुन्, जसको
पूजा गरिन्छ। त्यो चित्र पनि कुनै शिव होइन, उहाँको प्रतिमा हो। त्यस्तै
देवताहरूलाई पनि पुज्छन्, जड चित्र हो, चैतन्य होइन। तर जो ती चैतन्य थिए ती कहाँ
गए, यो जान्दैनन्। अवश्य पुनर्जन्म लिएर तल आएका होलान्। अहिले तिमी बच्चाहरूलाई
ज्ञान मिलिरहेको छ। जान्दछौ– जति पनि पूज्य देवता थिए उनैले पुनर्जन्म लिँदै आएका
छन्। आत्मा त्यही हो, आत्माको नाम परिवर्तन हुँदैन। बाँकी शरीरको नाम परिवर्तन
हुन्छ। त्यो आत्मा कुनै न कुनै शरीरमा हुन्छ। पुनर्जन्म त लिनु नै छ। तिमीले पुज्छौ
नै उनलाई, जो पहिला सुरुका देहधारी थिए (सत्ययुगी लक्ष्मी-नारायण)। यस समयमा तिम्रो
ख्याल चल्छ, जुन ज्ञान बाबाले दिनुहुन्छ। तिमीले सम्झन्छौ– जुन चित्रको पूजा गर्छन्
ती पहिलो नम्बरका हुन्। यी लक्ष्मी-नारायण चैतन्य थिए। यहाँ नै थिए, अहिले छैनन्।
मनुष्यले यो कुरा बुझ्दैनन्। उनले पुनर्जन्म लिँदा लिँदा विभिन्न नाम-रूप लिँदै ८४
जन्मको पार्ट खेलिरहन्छन्। यो कसैको ख्यालमा पनि आउँदैन। सत्ययुगमा त अवश्य थिए तर
अहिले छैनन्। यो पनि कसैले जानेका छैनन्। अहिले तिमीलाई थाहा छ– ड्रामा योजना
अनुसार फेरि चैतन्यमा अवश्य आउँछन्। मनुष्यको बुद्धिमा यो ख्याल नै आउँदैन। बाँकी
यी थिए, यति त अवश्य जान्दछन्। अहिले यिनका जड चित्र छन्, तर ती चैतन्य कहाँ गए– यो
कसैको बुद्धिमा आउँदैन। मनुष्यले त ८४ लाख पुनर्जन्म भन्छन्, यो पनि तिमी
बच्चाहरूलाई थाहा भएको छ– ८४ जन्म मात्र लिन्छन्, ८४ लाख होइन। अहिले रामचन्द्रको
पूजा गर्छन्, श्रीराम कहाँ गए, उनलाई यो कुरा थाहा छैन। तिमीलाई थाहा छ– श्रीरामको
आत्माले त अवश्य पुनर्जन्म लिइरहेको होला। यहाँ (सङ्गम युगमा) परीक्षामा फेल हुन्छन्।
तर कुनै त कुनै रूपमा त अवश्य छन् नै। यहाँ नै पुरुषार्थ गरिरहेका छन्। श्रीरामको
नाम यति प्रसिद्ध छ, त्यसैले अवश्य आउँछन्, उनले ज्ञान लिनुपर्छ। अहिले केही थाहा
छैन भने त्यस कुरालाई छोडिदिनुपर्छ। यी कुरामा जानाले पनि समय व्यर्थ जान्छ, यस
भन्दा त किन आफ्नो समय सफल नगर्ने? आफ्नो उन्नतिको लागि ब्याट्री चार्ज गरौं। अरू
कुराको चिन्तन त परचिन्तन नै भयो। अब आफ्नो चिन्तन गर्नु छ। हामीले बाबालाई याद गरौं।
उनले पनि अवश्य पढ्छन् होला। आफ्नो ब्याट्री चार्ज गर्छन्। तर तिमीले आफ्नो चार्ज
गर्नु छ। भनिन्छ– आफ्नो बारेमा चिन्तन गरिरह्यौ भने नसा चढ्छ (अपनी घोट तो नसा चढे)।
बाबाले भन्नुभएको छ–
जब तिमी सतोप्रधान थियौ तब तिम्रो पद धेरै उच्च थियो। अब फेरि पुरुषार्थ गर, मलाई
याद गर्यौ भने विकर्म विनाश हुन्छ। लक्ष्य हो नि। यो चिन्तन गर्दागर्दै सतोप्रधान
बन्छौ। नारायणको स्मरण गर्नाले नै हामी नारायण बन्छौं। अन्तकाल में जो नारायण सिमरे...।
तिमीले बाबालाई याद गर्नु छ, जसबाट पाप काटिन्छ। फेरि नारायण बनिन्छ। यो नरबाट
नारायण बन्ने सर्वश्रेष्ठ युक्ति हो। एक मात्र नारायण त बन्दैनन् नि। यो त सारा
डिनायस्टी नै बन्छ। बाबाले सबैभन्दा उच्च पुरुषार्थ गराउनु हुन्छ। यो हो नै राजयोगको
ज्ञान, त्यो पनि पूरा विश्वको मालिक बन्नु छ। जति पुरुषार्थ गर्छौ, त्यति धेरै फाइदा
छ। एक त आफूलाई आत्मा अवश्य निश्चय गर। कसै कसैले यस्तो पनि लेख्छन्, फलानो आत्माले
तपाईँलाई याद गर्छ। आत्माले शरीरद्वारा लेख्छ। आत्माको सम्बन्ध छ शिवबाबासँग। म
आत्मा फलानो शरीरको नाम रूपवाला हुँ। यो त अवश्य बताउनु पर्छ नि किनकि आत्माको
शरीरमा नै भिन्न भिन्न नाम रहन्छ। म आत्मा तपाईँको बच्चा हुँ, म आत्माको शरीरको नाम
फलानो हो। आत्माको नाम त कहिल्यै पनि परिवर्तन हुँदैन। म आत्मा फलानो शरीरवाला हुँ।
शरीरको नाम त अवश्य चाहिन्छ। नत्र कारोबार चल्न सक्दैन। यहाँ बाबा भन्नुहुन्छ– म पनि
यस ब्रह्माको तनमा आउँछु, अस्थायी रूपमा, यिनको आत्मालाई पनि सम्झाउनु हुन्छ। म यस
शरीरद्वारा तिमीलाई पढाउन आएको छु। यो मेरो शरीर होइन। मैले यिनमा प्रवेश गरेको छु।
फेरि जानुहुन्छ आफ्नो धाममा। म आएको नै छु तिमी बच्चाहरूलाई यो मन्त्र दिन। यस्तो
पनि होइन मन्त्र दिएर गइहाल्छु। होइन, बच्चाहरूलाई हेर्नु पनि पर्छ– कहाँसम्म सुधार
भएको छ। फेरि सुधार्ने शिक्षा पनि दिइरहनु हुन्छ। सेकेण्डको ज्ञान दिएर गएमा फेरि
ज्ञानको सागर पनि भनिदैन। कति समय भयो, तिमीलाई सम्झाइरहनु भएको छ। वृक्षको,
भक्तिमार्गको सबै कुरा विस्तारमा बुझ्नुपर्ने हुन्छ। विस्तारमा सम्झाउनु हुन्छ।
होलसेल अर्थात् मनमनाभव। तर यति मात्र भनेर त जानुहुन्न। पालना पनि गर्नुपर्छ।
कतिपय बच्चाहरू बाबालाई याद गर्दा गर्दै फेरि गायब हुन्छन्। फलानो आत्मा जसको नाम
फलानो थियो, धेरै राम्रो पढ्थ्यो– स्मृति त आउँछ नि। पुराना पुराना बच्चाहरू कति
राम्रा थिए, उनलाई मायाले निलिदियो। सुरुमा कति आए। छिटै आएर बाबाको गोद लिए। भट्ठी
बन्यो। यसमा सबैले आफ्नो भाग्य बनाउने कोसिस गरे, फेरि कोसिस गर्दा गर्दै मायाले
एकदम उडाइदियो। टिक्न सकेनन्। फेरि ५ हजार वर्षपछि पनि यस्तै हुन्छ। कति गए, आधा
वृक्ष जति त अवश्य गए। हुन त वृक्षको वृद्धि भएको छ तर पुराना गए, सम्झिन सकिन्छ–
ती मध्ये केही फेरि अवश्य पढ्न आउने छन्। स्मृति आउँछ, हामीले बाबासँग पढ्थ्यौं, अरू
सबै त अहिलेसम्म पढिरहेका छन्। मैले हार खाएँ। फेरि मैदानमा आउने छन्। बाबाले आउन
दिनुहुन्छ। फेरि पनि आएर पुरुषार्थ गर्छन्। केही न केही राम्रो पद त मिल्छ।
बाबा स्मृति दिलाउनु
हुन्छ– मीठा-प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने पाप काटिन्छ। अब कसरी याद गर्छौ,
के बाबा परमधाममा हुनुहुन्छ– यस्तो सम्झिन्छौ? होइन। बाबा त यहाँ रथमा बस्नु भएको
छ। यस रथको बारेमा सबैलाई थाहा हुँदै जान्छ। यी हुन् भाग्यशाली रथ। यिनमा आउनु भएको
छ। भक्तिमार्गमा हुँदा उहाँलाई परमधाममा याद गर्थ्यौ तर यादबाट के हुन्छ, यो
जान्दैनथ्यौ। अहिले तिमी बच्चाहरूलाई बाबा स्वयं यस रथमा बसेर श्रीमत दिनुहुन्छ,
त्यसैले तिमी बच्चाहरूले जान्दछौ– बाबा यहाँ यस मृत्युलोकमा पुरुषोत्तम सङ्गमयुगमा
हुनुहुन्छ। तिमीलाई थाहा छ– हामीले ब्रह्मालाई याद गर्नु छैन। बाबा भन्नुहुन्छ– एक
मलाई याद गर, मैले यस रथमा बसेर तिमीलाई यो ज्ञान दिइरहेको छु। आफ्नो पनि पहिचान
दिन्छु, म यहाँ छु। पहिला त तिमीले सम्झन्थ्यौ परमधाममा रहनेवाला हुनुहुन्छ। यहाँ
आएर जानु भएको हो तर कहिले? यो थाहा थिएन। आएर त सबै गएका हुन् नि। जस जसका चित्र
छन् अहिले ती कहाँ छन्, यो कसैलाई पनि थाहा छैन। जो जान्दछन् ती फेरि आफ्नो समयमा
आउँछन्। भिन्न भिन्न पार्ट खेलिरहन्छन्। स्वर्गमा त कोही जाँदैनन्। बाबाले सम्झाउनु
भएको छ– स्वर्गमा जानको लागि त पुरुषार्थ गर्नुपर्छ। पुरानो दुनियाँको अन्त्य, नयाँ
दुनियाँको आदि चाहिन्छ, जसलाई पुरुषोत्तम सङ्गमयुग भनिन्छ। यो ज्ञान अहिले तिमीलाई
छ। मनुष्यले केही पनि जानेका छैनन्। सम्झन्छन् पनि– शरीर त जल्छ, बाँकी आत्मा जान्छ।
अहिले कलियुग हो, त्यसैले अवश्य जन्म कलियुगमा लिन्छन्। जब सत्ययुगमा थिए त्यसबेला,
जन्म पनि सत्ययुगमा नै लिन्थे। यो पनि जानेका छौ– आत्माहरूको सारा स्टक निराकारी
दुनियाँमा हुन्छ। यो त बुद्धिमा बसेको छ नि। फेरि त्यहाँबाट आउँछन्, यो शरीर धारण
गरेर जीव आत्मा बन्छन्। सबै यहाँ आएर जीव आत्मा बन्नु छ। फेरि नम्बरवार फर्केर जानु
छ। सबैलाई त लिएर जान्नुहुन्न, नत्र प्रलय हुन्छ। देखाउँछन् प्रलय भयो, परिणाम केही
पनि देखाउँदैनन्। तिमीले त जानेका छौ– यो दुनियाँ कहिल्यै पनि खाली हुन सक्दैन।
गायन पनि छ– राम गयो रावण गयो, जसका धेरै परिवार छन्। सारा दुनियाँमा रावण
सम्प्रदाय छ नि। राम सम्प्रदाय त धेरै कम छन्। रामका सम्प्रदाय हुन्छन् नै
सत्युग-त्रेतामा। धेरै फरक हुन्छ। पछि फेरि अरू हाँगाबिँगा निस्किन्छन्। अहिले
तिमीले बीज र वृक्षलाई पनि जानेका छौ। बाबाले सबै कुरा जान्नुहुन्छ, तब त सुनाइरहनु
हुन्छ, त्यसैले उहाँलाई ज्ञानका सागर भनिन्छ, केवल एउटै कुरा मात्र भएको भए फेरि
शास्त्र आदि पनि बन्न सक्दैनन्। वृक्षलाई विस्तारमा सम्झाइरहनु हुन्छ। मूल कुरा
नम्बरवन विषय हो बाबालाई याद गर्नु। यसमा नै मेहनत छ। यसमा नै सारा आधारित छ। बाँकी
वृक्षलाई त तिमीले बुझिसकेका छौ। दुनियाँमा यी कुरालाई कसैले पनि जानेका छैनन्।
तिमीहरूले सबै धर्मावलम्बीको तिथि मिति आदि सबै बताउँछौ। आधा कल्पमा यी सबै आउँछन्।
बाँकी हुन् सूर्यवंशी र चन्द्रवंशी। यिनको लागि धेरै युग त हुँदैनन् नि। छन् नै दुई
युग। त्यहाँ मनुष्य पनि थोरै हुन्छन्। ८४ लाख जन्म त हुन पनि सक्दैन। मनुष्य समझ
भन्दा बाहिर हुन्छन् त्यसैले बाबा आएर समझ दिनुहुन्छ। बाबा जो रचयिता हुनुहुन्छ,
उहाँले नै बसेर रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। हिन्दुहरूले त
बिलकुल केही पनि जानेका छैनन्। सबैलाई पुजिरहन्छन्, मुसलमान, पारसी आदि जो आउँछन्
उनलाई पुज्न थाल्छन् किनकि आफ्नो धर्म र धर्म स्थापकलाई भुलेका छन्। अरू त सबैले आ-आफ्नो
धर्मलाई जानेका छन्, सबैलाई थाहा छ फलानो धर्म कहिले, कसले स्थापना गर्यो। बाँकी
सत्ययुग-त्रेताको इतिहास-भुगोलको बारेमा कसैलाई पनि थाहा छैन। चित्र पनि देख्छन्
शिवबाबाको यो रूप हो। उहाँ नै उच्च भन्दा उच्च बाबा हुनुहुन्छ। त्यसैले याद पनि
उहाँलाई नै गर्नु छ। यहाँ फेरि सबैभन्दा धेरै पूजा गर्छन् श्रीकृष्णको किनकि
दोस्रोमा छन् नि। प्यार पनि उनलाई गर्छन्, त्यसैले गीताका भगवान पनि उनलाई सम्झे।
सुनाउनेवाला हुनुपर्छ तब त उहाँबाट वर्सा मिल्छ। बाबा नै सुनाउनु हुन्छ, एक बाबा
सिवाय नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश गराउनेवाला अरू कोही पनि
हुन सक्दैन। ब्रह्माद्वारा स्थापना, शङ्करद्वारा विनाश, विष्णुद्वारा पालना, यो पनि
लेख्छन्। यहाँको लागि नै हो। तर समझ केही पनि छैन।
तिमीलाई थाहा छ– त्यो
हो निराकारी सृष्टि। यो हो साकारी सृष्टि। सृष्टि त यही हो, यहाँ नै रामराज्य र
रावण राज्य हुन्छ। महिमा सारा यहाँको हो। बाँकी सूक्ष्मवतनको केवल साक्षात्कार
हुन्छ। मूलवतनमा त आत्माहरू रहन्छन् फेरि यहाँ आएर पार्ट खेल्छन्। बाँकी
सूक्ष्मवतनमा के छ, त्यसको चित्र बनाइएको छ, जसमा बाबाले सम्झाउनु हुन्छ। तिमी
बच्चाहरू यस्तै सूक्ष्मवतनवासी फरिस्ता बन्नु छ। फरिस्ता हाड मासु रहित हुन्छन्।
भनिन्छ नि– दधीचि ऋषिले त हड्डी पनि दिए। बाँकी शङ्करको गायन त कतै छैन।
ब्रह्मा-विष्णुको मन्दिर छ। शङ्करको केही पनि छैन। त्यसैले उनलाई भनिदिएका छन्
विनाशको लागि। बाँकी यस्तो कसैले आँखा खोल्नासाथ विनाश गराउँदैनन्। देवताहरूले फेरि
हिँसाको काम कसरी गराउन सक्छन्। न उनले गर्छन् न शिवबाबाले यस्तो निर्देशन
दिनुहुन्छ। निर्देशन दिने माथि पनि आउँछ नि। भन्नेवाला नै फस्छ। उनीहरूले त
शिव-शङ्करलाई एउटै भनिदिन्छन्। अब बाबा पनि भन्नुहुन्छ– मलाई याद गर, म एकलाई याद
गर। यस्तो त भन्नुहुन्न– शिव-शङ्करलाई याद गर। पतित-पावन एउटैलाई भनिन्छ। भगवानले
अर्थ सहित बसेर सम्झाउनु हुन्छ, यो कसैले पनि जानेका छैनन्। त्यसैले यी चित्र देखेर
अलमलमा पर्छन्। अर्थ त अवश्य बताउनु पर्छ नि। बुझ्नको लागि समय लाग्छ। करोडौंमा कोही
विरलै निस्किन्छ। म जो हुँ, जस्तो हुँ, करोडौंमा कसैले मलाई चिन्न सक्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कुनै पनि कुराको चिन्तनमा आफ्नो समय नष्ट गर्नु हुँदैन। आफ्नो मस्तीमा रहनु छ।
स्वयंको चिन्तन गरेर आत्मालाई सतोप्रधान बनाउनु छ।
२) नरबाट नारायण
बन्नको लागि अन्त्यकालमा एक बाबाको नै याद रहोस्। यस सर्वोच्च युक्तिलाई सामुन्ने
राखेर पुरुषार्थ गर्नु छ। म आत्मा हुँ। यस शरीरलाई भुल्नु छ।
वरदान:–
दाताको देनलाई
स्मृतिमा राखेर सर्व लगावहरूदेखि मुक्त रहने आकर्षणमुक्त भव
कति बच्चाहरूले भन्छन्–
यिनीसँग मेरो कुनै लगाव छैन, तर यिनको यो गुण धेरै राम्रो छ वा यिनमा सेवाका
विशेषताहरू धेरै छन्। यसरी कुनै व्यक्ति वा वैभवतिर बारम्बार सङ्कल्प जानु पनि
आकर्षण हो। कसैको पनि विशेषतालाई देख्दा, गुणलाई वा सेवालाई देख्दा दातालाई नबिर्स।
यो दाताको देन हो– यस स्मृतिले लगावहरूदेखि मुक्त, आकर्षणमुक्त बनाइदिन्छ। कसैप्रति
पनि प्रभावित हुँदैनौ।
स्लोगन:–
यस्तो रुहानी
समाजसेवी बन, जसले गर्दा भड्किएका आत्मालाई ठेगाना दिन सकियोस्, भगवानसँग मिलाउन
सकियोस्।