30.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो देह
अभिमानबाट मर अर्थात् यो पुरानो पतित देहसँग प्रीत तोडेर एक बाबासँग सच्चा प्रीत
जोड।”
प्रश्न:–
सङ्गममा तिमी
बच्चाहरूको स्वाभाविक सुन्दरता कुनचाहिँ हो?
उत्तर:–
ज्ञानका
गहनाहरूले सदा सजिसजाउ रहनु– यही तिम्रो स्वाभाविक सुन्दरता हो। जो ज्ञानका
गहनाहरूले सजिएर रहन्छन्, उनीहरूको अनुहार खुसीले फूलजस्तै फुलेको हुन्छ। खुसी
हुँदैन भने पक्कै देह अभिमानको कुनै बानी छ, जसबाट नै सबै विकार उत्पन्न हुन्छन्।
गीत:–
महफिल में जल
उठी शमा...
ओम् शान्ति ।
यस गीतको अर्थ
कति विचित्रको छ! प्रीत बसेको छ केका लागि? (मर्नका लागि)। कोसँग प्रीति बसेको छ?
भगवानसँग, किनकि यस दुनियाँबाट मरेर उहाँको समीप जानु छ। यसरी तिम्रो कहिल्यै
कसैसँग प्रीत भएको छ र? जसबाट यो मरिन्छ कि भन्ने विचार आउँछ! फेरि यसरी कसैले
प्रीत राख्लान् र? गीतको अर्थ कति अद्भुत छ! शमा, ज्योतीसँग परवाना, पुतलीहरू प्रीत
गरेर वरिपरि घुम्दै जलेर मर्छन्। तिमी पनि बाबाको समीप आउँदाआउँदै यो शरीर छोड्नु छ
अर्थात् बाबालाई याद गर्दागर्दै शरीर छोड्नु छ। यो त मानौँ ठुलो शत्रु भयो, जोसँग
हामीले प्रीत राख्छौँ र मर्छौँ! त्यसैले मानिसहरू डराउँछन्। दानपुण्य, तीर्थयात्रा
आदि गर्छन्– भगवानको साथ जानको लागि। कसैले शरीर छोड्नेबेलामा मानिसहरूले भन्छन्–
भगवानलाई याद गर। भगवान् कति नामी हुनुहुन्छ! उहाँ आउँदा पूरै पुरानो दुनियाँलाई
समाप्त गरिदिनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी यस विश्व विद्यालयमा आउने नै
पुरानो दुनियाँबाट नयाँ दुनियाँमा जानका लागि हो। पुरानो दुनियाँलाई पतित दुनियाँ
नर्क भनिन्छ। बाबाले नयाँ दुनियाँमा जाने मार्ग बताउनुहुन्छ– केवल मलाई याद गर, म
हुँ स्वर्ग स्थापक परमपिता (हेभिनली गड फादर)। उहाँ पिताबाट तिमीलाई धन, सम्पत्ति,
घर आदि मिल्छ। छोरीहरूलाई वर्सा मिल्दैन। उनीहरूलाई अर्काको घर पठाइदिन्छन्। अर्थात्
उनीहरू हकदार ठहरिएनन्। उहाँ पिता त हुनुहुन्छ सबै आत्माहरूका पिता, सबै उहाँ समीप
आउनुपर्छ, मर्नुपर्छ। कुनै समय पक्कै बाबा आउनुहुन्छ, सबैलाई घर लैजानुहुन्छ, किनकि
नयाँ दुनियाँमा धेरै कम मानिसहरू हुन्छन्। पुरानो दुनियाँमा त धेरै मानिसहरू छन्,
नयाँ दुनियाँमा मानिसहरू पनि थोरै र सुख पनि धेरै हुन्छ। पुरानो दुनियाँमा धेरै
मानिसहरू छन् भने दुःख पनि धेरै छ, त्यसैले पुकारिरहन्छन्। बापू गान्धी जसलाई भारतको
पिता सम्झन्थे, उनले पनि भन्थे– हे पतितपावन आउनुहोस्! केवल उनले उहाँ बाबालाई
चिन्दैनथे। जान्दछन् पनि– पतितपावन परमपिता परमात्मा हुनुहुन्छ। उहाँ नै विश्वको
मुक्तिदाता हुनुहुन्छ। सीतारामलाई त पूरै दुनियाँले मान्दैन नि! यो भुल हो। पूरै
दुनियाँले परमपिता परमात्मालाई मुक्तिदाता र मार्गदर्शक मान्छ। उहाँले दुःखहरूबाट
मुक्त गर्नुहुन्छ। अच्छा, दुःख दिने को हो? बाबाले त दुःख दिन सक्नुहुन्न, किनकि उहाँ
पतितपावन हुनुहुन्छ, पावन दुनियाँ सुखधाममा लैजानुहुन्छ। तिमी हौ उहाँ रुहानी बाबाका
रुहानी बच्चाहरू। जस्तो बाबा, त्यस्तै बच्चाहरू। लौकिक पिताका हुन्छन् जिस्मानी
बच्चाहरू।
अहिले तिमी बच्चाहरूले
बुझ्नु छ– हामी आत्मा हौँ, परमपिता परमात्मा हामीलाई वर्सा दिन आउनुभएको छ। हामी
विद्यार्थी हौँ, यो भुल्नुहुँदैन। तिमी बच्चाहरूको बुद्धिमा हुन्छ– शिवबाबाले
मधुबनमा मुरली बजाउनुहुन्छ। त्यो काठको मुरली त यहाँ छैन। श्रीकृष्णले नृत्य गर्ने,
मुरली बजाउने त्यो भक्तिमार्गको कुरा हो। तिमीले श्रीकृष्णले मुरली बजाउनुहुन्छ
भन्न सक्दैनौ। मुरली शिवबाबाले बजाउनुहुन्छ। तिमीकहाँ राम्रा राम्रा गीत बनाउनेहरू
आउनेछन्। गीत प्रायः पुरुषहरूले नै बनाउँछन्। तिमीले कुनै भक्तिमार्गका गीत आदि
गाउनु छैन। तिमीले त एक शिवबाबालाई नै याद गर्नु छ। बाबा भन्नुहुन्छ– म अल्फलाई याद
गर। शिवलाई भनिन्छ बिन्दु। व्यापारीहरूले शून्य लेख्दा भन्छन् शिव। एउटा शून्य लेखे
१० हुन्छ, फेरि शून्य लेखे १००... तिमीले पनि शिवबाबालाई याद गर्नु छ। जति शिवलाई
याद गर्छौ, त्यति आधा कल्पका लागि धेरै धनवान् बन्छौ। त्यहाँ गरिब हुँदैहुँदैनन्।
सबै सुखी हुन्छन्। दुःखको नामनिसान हुँदैन। बाबाको यादले विकर्म विनाश हुन्छ। तिमी
धेरै धनवान् बन्छौ। यसलाई भनिन्छ सच्चा बाबाद्वारा सच्चा कमाइ। यही साथै जानेछ।
मानिसहरू सबै रित्तो हात जान्छन्। तिमी भरिएको हात जान्छौ। त्यसको लागि बाबालाई याद
गर्नु छ र पवित्र बन्नु छ। बाबाले सम्झाउनुभएको छ– पवित्रता भयो भने शान्ति र
समृद्धि मिल्छ। तिमी आत्मा पहिला पवित्र थियौ, फेरि अपवित्र बन्छौ। संन्यासीहरूलाई
पनि अर्ध पवित्र भनिन्छ। तिम्रो हो पूर्ण संन्यास। तिमीलाई थाहा छ– उनीहरूले कति
सुख पाउँछन्! थोरै सुख हुन्छ, त्यसपछि त दुःख नै हुन्छ। त्यो सबै हो भक्तिमार्ग।
भक्तिमार्गमा भन्छन् हनुमानको पूजा गरेमा उनको साक्षात्कार हुन्छ। चण्डिकादेवीको
कत्रो मेला लाग्छ! उनको चित्र पनि होला, जसको ध्यान गर्छन् त्यो त पक्कै सामुन्ने
आउँछ नै। तर त्यसबाट के मिल्छ? अनेक प्रकारका मेला लाग्छन्, किनकि आम्दानी त हुन्छ
नि! यो सबै उनीहरूको धन्दा हो। भन्छन् नि– सबै धन्दामा केवल त्यही धन्दा श्रेष्ठ हो
जसले नरबाट नारायण बनाउँछ। यो धन्दा कुनै विरलैले गर्छन्।
बाबाका बनेर देहसहित
सबैथोक बाबालाई सुम्पिदेऊ, किनकि तिमीहरूले जान्दछौ– हामीले नयाँ शरीर पाउँछौँ। बाबा
भन्नुहुन्छ– तिमी कृष्णपुरी जान सक्छौ, तर आत्मा तमोप्रधानबाट सतोप्रधान बनेपछि
मात्र। कृष्णपुरीमा यस्तो भन्दैनन् हामीलाई पावन बनाउनुहोस्। यहाँ सबै मनुष्य
मात्रले पुकार्छन्– हे मुक्तिदाता आउनुहोस्, यी पाप आत्माहरूको दुनियाँबाट मुक्त
गर्नुहोस्! अहिले तिमीले जान्दछौ– बाबा आउनुभएको छ हामीलाई आफूसँगै लैजान। त्यहाँ
जानु त राम्रो हो नि! मानिसहरूले शान्ति चाहन्छन्। अब शान्ति केलाई भनिन्छ– यो
जान्दैनन्। कर्मबिना त कोही रहन सक्दैन। शान्ति त हुन्छ शान्तिधाममा। फेरि यो शरीर
लिएर कर्म त गर्नैपर्छ। सत्ययुगमा कर्म गर्दा पनि शान्त हुन्छन्, अशान्तिमा
मानिसलाई दुःख हुन्छ, त्यसैले भन्छन्– शान्ति कसरी मिल्छ? अहिले तिमी बच्चाहरूले
जान्दछौ– शान्तिधाम हाम्रो घर हो। सत्ययुगमा सुख, शान्ति सबैथोक हुन्छ। अब त्यो सुख
चाहिन्छ कि केवल शान्ति चाहिन्छ? यहाँ त दुःख छ, त्यसैले यहाँ पनि पतितपावन बाबालाई
पुकार्छन्। भक्ति गर्छन् नै भगवानलाई भेट्नका लागि। भक्ति पनि पहिला अव्यभिचारी,
फेरि व्यभिचारी हुन्छ। व्यभिचारी भक्तिमा हेर, के के गर्छन्! सिँढीमा हेर, कति
राम्ररी देखाइएको छ! तर पहिला सुरुमा त प्रमाणित गर्नुपर्छ– भगवान् को हुनुहुन्छ?
श्रीकृष्णलाई यस्तो कसले बनाउनुभयो? अघिल्लो जन्ममा उनी को थिए? यी कुरा सम्झाउन
धेरै ठुलो युक्ति चाहिन्छ। जसले राम्रो सेवा गर्छन्, उनीहरूको दिलले पनि स्वीकार
गर्छ। विश्व विद्यालयमा जसले राम्रोसँग पढ्छन्, उनीहरू पक्कै तीक्ष्ण बन्छन्।
नम्बरवार त हुन्छन् नै। कोही मन्दबुद्धि पनि हुन्छन्। शिवबाबालाई आत्माले भन्छ– मेरो
बुद्धिको ताला खोलिदिनुहोस्। बाबा भन्नुहुन्छ– बुद्धिको ताला खोल्नकै लागि त आएको
हुँ! तर तिम्रा कर्म नै यस्ता छन् जसले गर्दा ताल खुल्दैखुल्दैन। फेरि बाबाले के
गर्नुहुन्छ! धेरै पाप गरेका छन्, अब बाबाले उनीहरूलाई के गर्नुहुन्छ! उनीहरूले बाबा
टिचरलाई भन्छन्– हामीले थोरै पढ्छौँ। टिचरले के गर्नुहुन्छ? टिचरले त कुनै कृपा
गर्नुहुन्न। धेरै गरे थप समय सेवामा राख्नुहुन्छ। त्यसमा त तिमीलाई रोकतोक छैन।
प्रदर्शनीस्थल खाली छ, बसेर अभ्यास गर। भक्तिमार्गमा त कसैले भन्छन्– माला जप। कसैले
भन्छन्– यो मन्त्र याद गर। यहाँ त बाबाले आफ्नो परिचय दिनुहुन्छ। बाबालाई नै याद
गर्नु छ, जसबाट वर्सा मिल्छ। सत्ययुगमा त पारलौकिक बाबाको वर्सा मिल्छ, फेरि त्यहाँ
याद गर्नुपर्ने आवश्यकता नै हुँदैन। २१ जन्मका लागि वर्सा मिल्छ भने बाबाबाट
राम्रोसँग वर्सा लिनुपर्छ नि! यसमा पनि बाबा भन्नुहुन्छ– विकारमा कहिल्यै नजानु।
अलिकति पनि विकारको लत बस्यो भने फेरि वृद्धि हुन्छ। एक पटक चुरोट आदिको स्वाद चाखे
भने तुरुन्तै त्यो सङ्गतको रङ्ग लागिहाल्छ, फेरि त्यो बानी छोड्न मुस्किल हुन्छ। कति
बहाना गर्छन्! कुनै पनि बानी बसाल्नुहुँदैन। फोहोरी बानीहरू हटाउनु छ। बाबा
भन्नुहुन्छ– जीवनछँदै देहको भान छोड, मलाई याद गर। देवताहरूलाई सदैव पवित्र भोग नै
लगाइन्छ त्यसैले तिमीले पनि पवित्र भोजन खाऊ।
अहिले तिमी बच्चाहरू
फूलजस्तै हर्षित रहनुपर्छ। कन्याले पति पाउँदा उनको अनुहार प्रफुल्लित हुन्छ नि!
राम्रा गहना, कपडा लगाउँदा उनको रूप नै चम्किन्छ। अहिले तिमीले त ज्ञानका आभूषण
लगाउँछौ। त्यहाँ स्वर्गमा त स्वाभाविक सुन्दरता हुन्छ। श्रीकृष्णको नाम नै छ सुन्दर।
राजारानी, राजकुमार-राजकुमारी सबै सुन्दर हुन्छन्। त्यहाँ प्रकृति पनि सतोप्रधान
हुन्छ। लक्ष्मीनारायणकोजस्तो स्वाभाविक सुन्दरता यहाँ कसैले बनाउन सक्दैन।
उनीहरूलाई कसैले यी आँखाले कहाँ देख्न सक्छन् र! हो, साक्षात्कार हुन्छ, तर
साक्षात्कारबाट कसैले हुबहु चित्र बनाउन सक्लान् र! हो, कुनै कलाकारलाई साक्षात्कार
भयो र त्यसैबेला बसेर चित्र बनायो भने बेग्लै कुरा हो, तर हुबहु चित्र निकाल्न
मुस्किल हुन्छ। तिमी बच्चाहरूमा धेरै नसा हुनुपर्छ। अहिले बाबा हामीलाई लिन आउनुभएको
छ। बाबाबाट हामीलाई स्वर्गको वर्सा मिल्छ। हाम्रा यी ८४ जन्म पूरा भए। बुद्धिमा
यस्ता यस्ता विचार भएमा खुसी मिल्नेछ। विकारको अलिकति पनि विचार आउनुहुँदैन। बाबा
भन्नुहुन्छ– काम महाशत्रु हो। यसैकारण द्रौपदीले पनि पुकारेकी थिइन् नि!
बाबा भन्नुहुन्छ–
तिमीले मैले भनेको एउटा कुरा मात्र सुन र यही श्रीमत अरूलाई सुनाऊ। पिताले पुत्रको
प्रत्यक्षता गर्नुहुन्छ (फादर सोज सन)। पुत्रले पिताको प्रत्यक्षता गर्छ (सन सोज
फादर)। पिता को हुनुहुन्छ? शिव पिता। शिव र सालिग्रामको गायन छ। शिवबाबाले जे
सम्झाउनुहुन्छ, त्यसलाई फलो गर। फलो फादर। यो गायन उहाँको हो, बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! फलो गरेर पवित्र बन, फलो गरेमा नै तिमी स्वर्गका मालिक बन्छौ।
लौकिक पितालाई फलो गरेमा ६३ जन्म तिमी सिँढी तल झर्छौ। अब पारलौकिक पितालाई फलो
गरेर माथि चढ्नु छ। बाबासँग जानु छ। बाबा भन्नुहुन्छ– यो एक एक ज्ञान रत्न लाखौँ
रुपैयाँको छ। बाबाले दिनहुँ सम्झाइरहनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! पहिला सुरुमा
सबैलाई दुई पिताको परिचय दिनु छ। लौकिक पिताले पतित बन्ने वर्सा दिन्छन्। पारलौकिक
पिताले पावन बन्ने वर्सा दिनुहुन्छ। कति फरक छ! अब पारलौकिक पिता भन्नुहुन्छ– पावन
बन। विकारमा जानेलाई पतित भनिन्छ। तिम्रो अभियान हो पतितहरूलाई पावन बन्ने मार्ग
बताउने। अहिले पारलौकिक पिताले पनि भन्नुहुन्छ– पावन बन, यतिबेला विनाश सामुन्ने
उभिएको छ। त्यसोभए अब के गर्नुपर्छ? अवश्य पारलौकिक पिताको मतमा चल्नुपर्छ नि!
प्रदर्शनीमा यो पनि प्रतिज्ञा गराउनुपर्छ– पारलौकिक पितालाई फलो गर्छौ? पतित बन्न
छोड्छौ? यो कुरा लेख। बाबाले नै ग्यारेन्टी दिनुहुन्छ, तिमीले पनि ग्यारेन्टी दिन
सक्छौ। तिमी पतित बन्छौ नै किन, जसले गर्दा फेरि पुकार्छौ– हे पतितपावन आउनुहोस्!
सारा कुरा पवित्रतामा नै आधारित छ। तिमी बच्चाहरूलाई दिनप्रतिदिन खुसी हुनुपर्छ–
हामीलाई बाबाले स्वर्गको वर्सा दिइरहनुभएको छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कुनै पनि नराम्रो फोहोरी बानी बसाल्नु छैन। जीवनछँदै देहको भान छोड्नु छ।
फूलजस्तै हर्षित रहनु छ।
२) पारलौकिक पितालाई
फलो गरेर पावन बन्नु छ। उहाँको श्रीमतमा चल्ने प्रतिज्ञा गर्नु र गराउनु छ।
वरदान:–
निर्विकारी वा
फरिस्तास्वरूपको स्थितिको अनुभव गर्ने आत्म अभिमानी भव
जुन बच्चाहरू आत्म
अभिमानी बन्छन्, उनीहरू सहजै निर्विकारी बन्छन्। आत्म अभिमानी स्थितिद्वारा मनसामा
पनि निर्विकारीपनको स्थितिको अनुभव हुन्छ। यस्ता निर्विकारी, जसलाई कुनै पनि
प्रकारको अपवित्रता वा ५ तत्त्वको आकर्षणले आकर्षित गर्दैन– उनीहरूलाई नै फरिस्ता
भनिन्छ। यसका लागि साकारमा रहेर आफ्नो निराकारी आत्म अभिमानी स्थितिमा स्थित होऊ।
स्लोगन:–
जीवनमा
अतीन्द्रिय सुखको अनुभव गर्नका लागि विशेष अमृतवेला एकान्तप्रिय बन।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
ब्राह्मण आत्माहरूसँग
ज्ञान त पहिलेदेखि नै हुन्छ , तर उनीहरूप्रति दुई प्रकारले दाता बन:– १) जुन
आत्मालाई जुन शक्तिको आवश्यकता छ, त्यो आत्मालाई मनसाद्वारा अर्थात् शुद्ध वृत्ति,
भाइब्रेसनद्वारा शक्तिहरूको दान अर्थात् सहयोग देऊ। २) कर्मद्वारा सदा स्वयं जीवनमा
गुणमूर्त बनेर, प्रत्यक्ष नमुना बनेर अरूलाई सहजै गुण धारण गर्ने सहयोग देऊ, यसलाई
भनिन्छ गुण दान। दानको अर्थ हो सहयोग दिनु।