30.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
अहिले धेरै धेरै साधारण रहनुछ , फेसन अनुसारका राम्रा कपडा लगाउनाले पनि देह अभिमान
आउँछ।”
प्रश्न:–
तकदिरमा उच्च
पद छैन भने कुन कुरामा बच्चाहरू अल्छी हुन्छन्?
उत्तर:–
बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफ्नो सुधार गर्नको लागि चार्ट राख। यादको चार्ट
राखेमा धेरै फाइदा हुन्छ। नोट बुक सदा हातमा होस्। चेक गर– कति समय बाबालाई याद गरेँ?
मेरो रजिस्टर कस्तो छ? मेरो दैवी आचरण छ? कर्म गर्दा बाबाको याद हुन्छ? यादबाट नै
खिया उत्रन्छ, तकदिर उच्च बन्छ।
गीत:–
भोलेनाथ से
निराला...
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरूसँग यो लक्ष्मी-नारायणको चित्र घरमा अवश्य हुनुपर्छ। यिनीहरूलाई (लक्ष्मी-नारायणलाई)
देखेर धेरै खुसी हुनुपर्छ किनकि तिम्रो यो हो पढाइको लक्ष्य उद्देश्य। तिमीलाई थाहा
छ– हामी विद्यार्थी हौँ र ईश्वरले पढाउनुहुन्छ। ईश्वरीय विद्यार्थी वा विद्यार्थी
हौँ, हामीले यो पढ्छौँ। सबैको लागि यो एउटै उद्देश्य हो। यिनीहरूलाई देख्दा धेरै
खुसी हुनुपर्छ। गीत पनि बच्चाहरूले सुन्यौ। बाबा धेरै भोलानाथ हुनुहुन्छ। कोही
कोहीले शङ्करलाई भोलानाथ सम्झन्छन् फेरि शिव र शङ्करलाई एउटै बनाइदिन्छन्। अहिले
तिमीलाई थाहा छ– उहाँ शिव उच्चभन्दा उच्च भगवान र शङ्कर देवता फेरि दुवै एउटै कसरी
हुन सक्नुहुन्छ।– भक्तहरूको रक्षा गर्नेवाला, यो पनि गीतमा सुन्यौ, अवश्य
भक्तहरूमाथि कुनै आपद परेका छन्। ५ विकारहरूको आपद सबैमाथि छ। भक्त पनि सबै छन्।
ज्ञानी कसैलाई भन्न सकिँदैन। ज्ञान र भक्ति बिल्कुल अलग चीज हुन्। जसरी शिव र शङ्कर
अलग हुन्। ज्ञान मिलेपछि फेरि भक्ति रहँदैन। तिमी सुखधामको मालिक बन्छौ। आधाकल्पको
लागि सदगति मिल्छ। एकै इसाराले तिमीले आधाकल्पको वर्सा पाउँछौ। देख्छौ– भक्तहरूलाई
कति तकलिफ छ। ज्ञानबाट तिमी देवता बन्छौ फेरि भक्तहरूमाथि भीड हुन्छ अर्थात् दु:ख
हुन्छ त्यसपछि बाबा आउनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– ड्रामा अनुसार जे वित्यो त्यो
फेरि दोहोरिनुछ। फेरि भक्ति सुरुहुन्छ अनि वाम मार्ग सुरुहुन्छ अर्थात् पतित बन्ने
मार्ग। त्यसमा पनि नम्बरवन हो काम, जसको लागि नै भनिन्छ– काममाथि विजय पाएपछि तिमी
जगतजित बन्छौ। उनीहरूले कुनै विजय कहाँ पाउँछन् र! रावणराज्यमा विकारबिना त कसैको
पनि शरीर पैदा हुँदैन, सत्ययुगमा रावण राज्य हुँदैन। त्यहाँ पनि यदि रावण हुन्थ्यो
भने बाँकी भगवानले रामराज्य स्थापना गरेर के गर्नुभयो? पितालाई कति चिन्ता हुन्छ।
आफ्ना बच्चाहरू सुखी रहुन्। धन जम्मा गरेर बच्चाहरूलाई दिन्छन्– सुखी हुन् भनेर। तर
यहाँ त यस्तो हुन सक्दैन। यो हो नै दु:खको दुनियाँ। यहाँ बेहदका बाबा भन्नुहुन्छ–
तिमीले त्यहाँ जन्मजन्मान्तर सुख भोग्दै आउँछौ। अथाह धन मिल्छ, २१ जन्म त्यहाँ कुनै
दु:ख हुँदैन। टाट पल्टिँदैनौ। यी कुराहरू बुद्धिमा धारण गरेर आन्तरिक रूपमा धेरै
खुसी रहनुपर्छ। तिम्रो ज्ञान र योग सबै गुप्त छ। स्थूल हतियार आदि केही छैनन्। बाबा
सम्झाउनुहुन्छ– यो हो ज्ञान तरवार। उनीहरूले फेरि देवीहरूका स्थूल हतियारका
निसानीहरू देखाइदिएका छन्। शास्त्र आदि जे पढ्छन् उनीहरूले कहिल्यै यसो भन्दैनन्–
यो ज्ञान तरवार हो, यो ज्ञान खड्ग हो। यहाँ बेहदका बाबाले नै बसेर सम्झाउनुहुन्छ।
उनीहरूले सम्झन्छन्– शक्ति सेनाले विजय पाए भने अवश्य कुनै हतियार होलान्। बाबा आएर
यी सबै भुलहरू बताउनुहुन्छ। तिम्रो यो कुरा धेरै मानिसहरूले सुन्नेछन्। विद्वान् आदि
पनि एक दिन आउनेछन्। बेहदका बाबा हुनुहुन्छ नि। तिमी बच्चाहरू श्रीमतमा चलेमा नै
कल्याण हुन्छ त्यसबाट देह अभिमान टुट्छ, त्यसैले धनवान मानिसहरू आउँदैनन्। बाबा
भन्नुहुन्छ– देह अहङ्कारलाई छोड। राम्रा कपडा आदिको पनि नशा हुन्छ। तिमी अहिले
वनवासमा छौ नि। अब जान्छौ पतिको घर। त्यहाँ तिमीलाई धेरै गहना लगाइदिन्छन्। यहाँ
राम्रा कपडा लगाउनुछैन। बाबा भन्नुहुन्छ– बिल्कुल साधारण रहनुछ। जस्तो कर्म मैले
गर्छु, बच्चाहरू पनि साधारण रहनुछ। नत्र देहको अभिमान आउँछ। त्यसले धेरै नोक्सान
पारिदिन्छ। तिमीलाई थाहा छ– हामी पतिको घर जान्छौँ। त्यहाँ हामीलाई धेरै गहना
मिल्छन्। यहाँ तिमीलाई गहना आदि लगाउनुछैन। आजकाल चोरी आदि कति हुन्छन्। बाटोमा नै
डाँकाले लुट्छन्। दिनप्रतिदिन यो हङ्गामा आदि धेरै बढ्दै जान्छ त्यसैले बाबा
भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर। देह अभिमानमा आएमा बाबालाई बिर्सन्छौ।
यो मेहनत अहिले नै गर्नुपर्छ। फेरि कहिल्यै भक्तिमार्गमा यो मेहनत गर्नुपर्दैन।
अहिले तिमी सङ्गममा
छौ। तिमीलाई थाहा छ– बाबा आउनुहुन्छ नै पुरुषोत्तम सङ्गमयुगमा। लडाइँ पनि अवश्य
हुन्छ। आणविक बम आदि खुब बनाइरहन्छन्। जतिसुकै मेहनत गरे पनि यो बन्द हुन्छ, तर
यस्तो हुन सक्दैन। ड्रामामा पहिल्यै निश्चित छ। सम्झाउँदा पनि बुझ्दैनन्। मृत्यु
हुनु नै छ भने बन्द कसरी हुन्छ। बुझ्छन् पनि तर पनि बन्द गर्दैनन्। ड्रामामा पहिल्यै
निश्चित छ। यादव र कौरवहरू खतम हुनु नै छ। यादव हुन् युरोपवासी। उनीहरूको छ साइन्स
घमण्ड, जसबाट विनाश हुन्छ। फेरि विजय हुन्छ साइलेन्स घमण्डको। तिमीलाई शान्ति
घमण्डमा रहन (शान्तस्वरूप रहन) सिकाइन्छ। बाबालाई याद गर– डेड साइलेन्स। हामी आत्मा
शरीरबाट न्यारा छौँ। शरीर छोड्नको लागि जसरी हामीले पुरुषार्थ गर्छौँ, त्यसरी
कहिल्यै कसैले शरीर छोड्नको लागि पुरुषार्थ गर्छन् र? सारा दुनियाँमा खोजेर आऊ– कोही
छ जसले भन्छ– हे आत्मा अब तिमीले शरीर छोडेर जानुछ! पवित्र बन। नत्र फेरि सजाय
खानुपर्छ। सजाय कसले खान्छ? आत्माले। त्यस समयमा साक्षात्कार हुन्छ। तिमीले यी यी
पाप गरेका छौ, खाऊ सजाय। त्यस समयमा फिल हुन्छ। मानौँ जन्मजन्मान्तरको सजाय मिल्छ।
यति दु:ख भोग्नुपरेपछि बाँकी सुखको ब्यालेन्स के रह्यो। बाबा भन्नुहुन्छ– अहिले कुनै
पाप कर्म नगर। आफ्नो रजिस्टर राख। हरेक स्कुलमा चालचलनको रजिस्टर राख्छन् नि। शिक्षा
मन्त्रिले पनि भन्छन्– देशको आचरण ठीक छैन। भन, हामीले यिनीहरू (लक्ष्मी-नारायण) को
जस्तो चरित्र बनाउँछौँ। यो लक्ष्मी-नारायणको चित्र त सदा साथमा हुनुपर्छ। यो हो
लक्ष्य उद्देश्य। हामी यस्ता बन्छौँ। यस आदि सनातन देवी-देवता धर्मको हामीले स्थापना
गरिरहेका छौँ श्रीमतमा। यहाँ आचरणलाई सुधारिन्छ। तिम्रो यहाँ कचहरी पनि हुन्छ। सबै
सेन्टरहरूमा बच्चाहरूले कचहरी गर्नुपर्छ। दिनहुँ भन– चार्ट राख्यौ भने सुधार हुन्छ।
कसैको तकदिरमा छैन भने फेरि अल्छी गर्छन्। चार्ट राख्नु धेरै राम्रो हो।
तिमीलाई थाहा छ–
हामीले यस ८४ को चक्रलाई जानेमा नै चक्रवर्ती राजा बन्छौँ। कति सहज छ र फेरि पवित्र
पनि बन्नुछ। यादको यात्राको चार्ट राख, यसमा तिमीलाई धेरै फाइदा छ। नोट बुकमा लेखेनौ
भने सम्झ– बाबालाई याद गरेनौ। नोट बुक सदा हातमा राख। आफ्नो चार्ट हेर– कति समय
बाबालाई याद गरेँ। यादबिना खिया उत्रन सक्दैन। खिया उतार्नको लागि खिया परेको
चीजलाई मट्टितेलमा राख्छन् नि। कर्म गर्दा पनि बाबालाई याद गरेमा पुरुषार्थको फल
मिल्छ। मेहनत छ नि। त्यसै कहाँ शिरमा ताज राखिन्छ र! बाबाले यति उच्च पद दिनुहुन्छ,
केही त मेहनत गर्नुछ। यसमा हातपाउ आदि केही पनि चलाउनुछैन। पढाइ त बिल्कुलै सहज छ।
बुद्धिमा छ– शिवबाबाबाट ब्रह्माद्वारा हामी यस्तो बनिरहेका छौँ। कहीँ पनि जाँदा
ब्याच लगाइराख। भन, वास्तवमा राष्ट्रिय प्रतिक चिन्ह (कोट अफ आर्म्स) यो हो।
सम्झाउने धेरै रोयल्टी चाहिन्छ। धेरै मीठोसँग सम्झाउनुछ। राष्ट्रिय प्रतिक चिन्हको
विषयमा पनि सम्झाउनुछ। प्रीत बुद्धि र विपरीत बुद्धि कसलाई भनिन्छ? तिमीले बाबालाई
चिन्दछौ? लौकिक पितालाई त गड भनिदैन। उहाँ बेहदका बाबा नै पतित-पावन, सुखको सागर
हुनुहुन्छ। उहाँबाट नै धेरै सुख मिल्छ। अज्ञान कालमा सम्झन्छन्– आमाबुबाले सुख
दिन्छन्। पराई घर पठाइदिन्छन्। अब तिम्रो हो बेहदको पराई घर। त्यो हो हदको। ती
आमा-बुबाले ५-७ लाख, करोड देलान्। तिम्रो त बाबाले नाम राख्नुभएको छ– पदमापदमपति
बन्ने बच्चाहरू। त्यहाँ त पैसाको कुरा नै हुँदैन। सबैथोक मिल्छ। धेरै राम्रा राम्रा
महल हुन्छन्। जन्मजन्मान्तरको लागि तिमीलाई महल मिल्छन्। सुदामाको उदाहरण छ नि।
चामल मुठी सुनेका छन् त्यसैले यहाँ त्यो पनि लिएर आउँछन्। अब चामल सुख्खा कहाँ
खाइन्छ र। त्यसैले त्यसको साथमा केही मसला आदि पनि लिएर आउँछन्। कति प्रेमले लिएर
आउँछन्। बाबाले त हामीलाई जन्मजन्मान्तरको लागि दिनुहुन्छ त्यसैले भनिन्छ दाता।
भक्तिमार्गमा तिमीले ईश्वर अर्थ दियौ भने अल्पकालको लागि अर्को जन्ममा मिल्छ। कसैले
गरिबहरूलाई दिए, कलेज बनाए भने अर्को जन्ममा पढाइको दान मिल्छ। धर्मशाला बनाए भने
महल मिल्छ किनकि धर्मशालामा धेरैले आएर सुख पाउँछन्। यो त जन्मजन्मान्तरको कुरा हो।
तिमीलाई थाहा छ– शिवबाबालाई जे दिन्छौँ त्यो सबै हाम्रै काममा लगाउनुहुन्छ।
शिवबाबाले त आफुसँग राख्नुहुन्न। यिनलाई पनि भन्नुभयो– सबथोक दियौ भने विश्वको
मालिक बन्छौ। विनाशको साक्षात्कार पनि गराउनुभयो, राज्य भाग्यको साक्षात्कार पनि
गराउनुभयो। बस् नशा चढ्यो। बाबाले मलाई विश्वको मालिक बनाउनुहुन्छ। गीतामा पनि छ–
अर्जुनलाई साक्षात्कार गराउनुभयो। मलाई याद गरेमा तिमी यो बन्छौ। विनाश र स्थापनाको
साक्षात्कार गराउनुभयो। त्यसैले यिनलाई पनि सुरुमा खुसीको पारा चढ्यो। ड्रामामा यो
पार्ट थियो। भागीरथलाई पनि कसैले कहाँ जान्दछन् र। त्यसैले तिमी बच्चाहरूको बुद्धिमा
यो लक्ष्य उद्देश्य रहनुपर्छ। हामी यो बन्छौँ। जति पुरुषार्थ गर्छौ त्यति उच्च पद
पाउँछौ। गायन गरिन्छ– फलो फादर। यस समयको कुरा हो। बेहदका बाबा भन्नुहुन्छ– मैले
जुन राय दिन्छु त्यसमा फलो गर। यिनले के गरे त्यो पनि बताउँछु। उहाँलाई सौदागर,
रत्नागर, जादुगर भनिन्छ नि। बाबाले अचानक नै सबथोक छोडिदिए। पहिला ती रत्नहरूको
जौहरी थिए, अब अविनाशी ज्ञान रत्नहरूको जौहरी बने। हेललाई हेभेन बनाउनु कति ठुलो
जादु हो। फेरि सौदागर पनि हुनुहुन्छ। बच्चाहरूलाई कति राम्रो सौदा दिनुहुन्छ। कखपन
चामल मुठी लिएर भवन दिनुहुन्छ। कति राम्रो कमाइ गराउनुहुन्छ। जुहारतको व्यापारमा पनि
यस्तो हुन्छ। कोही अमेरिकन ग्राहक आयो भने उसँग १०० को चीजको ५००, हजार पनि लिन्छन्।
उनीहरूसँग त धेरै पैसा लिन्छन्। तिमीसँग त सबैभन्दा पुरानो चीज छ– प्राचीन योग।
तिमीलाई अब भोलानाथ
बाबा मिल्नुभएको छ। कति भोला हुनुहुन्छ। तिमीलाई के बनाउनुहुन्छ। कौडीको सट्टा
तिमीलाई २१ जन्मको लागि के बनाइदिनुहुन्छ। मानिसहरूलाई केही पनि थाहा छैन। कहिले
भन्छन्– भोलानाथले यो दिए, कहिले भन्छन्– अम्बाले दिइन्, गुरुले दिए। यहाँ त छ पढाइ।
तिमी ईश्वरीय पाठशालामा बसेका छौ। ईश्वरीय पाठशाला भनिन्छ गीतालाई। गीतामा छ
भगवानुवाच। तर यो पनि कसैलाई थाहा छैन– भगवान कसलाई भनिन्छ। जोसुकैसँग सोध– परमपिता
परमात्मालाई चिन्नुहुन्छ? बाबा हुनुहुन्छ बागवान। तिमीलाई काँडाबाट फूल बनाइरहनुभएको
छ। त्यसलाई गार्डन अफ अल्लाह भनिन्छ। युरोपियन मानिसहरूले पनि भन्छन्– प्याराडाइज।
अवश्य भारतवर्ष परिस्तान थियो, अहिले कब्रिस्तान छ। अहिले फेरि तिमी परिस्तानको
मालिक बन्छौ। बाबा आएर सुतेकालाई जगाउनुहुन्छ। यो पनि तिमीलाई थाहा छ– नम्बरवार
पुरुषार्थ अनुसार। जो आफै जाग्छन् उनीहरूले अरूलाई पनि जगाउँछन्। जगाउँदैनन् अर्थात्
आफै जागेका छैनन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– यी गीत आदि पनि ड्रामामा पहिल्यै
निश्चित छ। कुनै गीत धेरै राम्रा छन्। तिमी उदास हुँदा यी गीत बजायौ भने खुसीमा
आउँछौ। रात के राही थक मत जाना– यो पनि राम्रो छ। अब रात पूरा हुन्छ। मानिसहरूले
सम्झन्छन्– जति भक्ति गर्छौ त्यति भगवान छिटो मिल्नुहुन्छ। हनुमान आदिको
साक्षात्कार भयो भने सम्झन्छन्– भगवान मिल्नुभयो। बाबा भन्नुहुन्छ– यी साक्षात्कार
आदि सबै ड्रामामा पहिल्यै निश्चित छ। जुन भावना राख्छन् त्यसको साक्षात्कार हुन्छ।
बाँकी यस्तो केही हुँदैन। बाबाले भन्नुभएको छ– यो ब्याच त सबैले सदैव
लगाइराख्नुपर्छ। किसिम किसिमका बनिरहन्छन्। यो धेरै राम्रो छ सम्झाउनको लागि।
तिमी रुहानी मिलेट्री
हौ नि। मिलेट्रीको सदा निसानी हुन्छ। यो ब्याज लगाउनाले तिमी बच्चाहरूलाई पनि नशा
हुन्छ– हामी यो बनिरहेका छौँ। हामी विद्यार्थी हौँ। बाबाले हामीलाई मनुष्यबाट देवता
बनाइरहनुभएको छ। मनुष्यले देवताहरूको पूजा गर्छन्। देवताहरूले त देवताको पूजा
गर्दैनन्। यहाँ मनुष्यले देवताहरूको पूजा गर्छन् किनकि उनीहरू श्रेष्ठ छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बुद्धिमा सदा आफ्नो लक्ष्य उद्देश्य याद राख्नुछ। लक्ष्मी-नारायणको चित्र सदा
साथमा रहोस्, यही खुसीमा रहनुछ– हामी यस्ता बन्नको लागि पढिरहेका छौँ, अहिले हामी
हौँ ईश्वरीय विद्यार्थी।
२) आफ्नो पुरानो कखपन
दिएर महल लिनु छ। ब्रह्माबाबालाई फलो गरेर अविनाशी ज्ञान रत्नहरूको जौहरी बन्नुछ।
वरदान:–
निश्चयको
आधारमा विजयी रत्न बनेर सर्वप्रति मास्टर सहारा दाता भव
निश्चय बुद्धि
बच्चाहरू विजयी हुने भएकाले सदा खुसीमा नाच्छन्। उनीहरूले आफ्नो विजयको वर्णन
गर्दैनन् तर विजयी हुने भएकाले उनीहरू अरूको पनि हिम्मत बढाउँछन्। कसैलाई नीच
देखाउने कोसिस गर्दैनन्। तर बाबासमान मास्टर सहारादाता बन्छन् अर्थात् तलबाट माथि
उठाउँछन्। व्यर्थबाट सदा टाढा रहन्छन्। व्यर्थबाट किनारा हुनु नै विजयी बन्नु हो।
यस्ता विजयी बच्चाहरू सर्वको लागि मास्टर सहारादाता बन्छन्।
स्लोगन:–
नि:स्वार्थ र
निर्विकल्प स्थितिबाट सेवा गर्नेहरू नै सफलतामूर्त हुन्।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर
योगको प्रयोग गर्नको
लागि दृष्टि-वृत्तिमा पनि पवित्रतालाई अझै अन्डरलाइन गर। मूल फाउन्डेसन– आफ्नो
सङ्कल्पलाई शुद्ध, ज्ञानस्वरूप, शक्तिस्वरूप बनाऊ। कोही जतिसुकै भट्किएको, हैरान,
दु:खको लहरमा आओस्, खुसीमा रहन असम्भव सम्झियोस् तर तिम्रो अगाडि आउनासाथ तिम्रो
मूर्त, तिम्रो वृत्ति, तिम्रो दृष्टिले आत्मालाई परिवर्तन गरिदेओस्। यही हो योगको
प्रयोग।