30.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– पाप को बोझ बाट ह ल्का हुनको लागि वफादार , इमान्दार बनेर आफ्नो कर्म कहानी बाबालाई लेखेर दियौ भने क्षमा हुन्छ।”

प्रश्न:–
सङ्गमयुगमा तिमी बच्चाहरूले कुनचाहिँ बीज रोप्न सक्दैनौ?

उत्तर:–
देह अभिमानको। यो बीजबाट सबै विकारहरूको वृक्ष निस्कन्छ। यस समयमा सारा दुनियाँमा ५ विकारहरूको वृक्ष निस्किएको छ। सबैले काम क्रोधको बीज रोपिरहन्छन्। तिमीलाई बाबाको डाइरेक्सन छ– प्यारा बच्चाहरू! योगबलले पावन बन। यो बीज रोप्न बन्द गर।

गीत:–
तुम्हें पा के हमने जहाँ पा लिया है...

ओम् शान्ति । मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ! अहिले त थोरै छौ, अनेकौँ बच्चाहरू हुनेछन्। यस समयमा थोरै यथार्थमा बनेका छौ, फेरि पनि यी प्रजापिता ब्रह्मालाई त सबैले चिन्दछौ नि! नाम नै छ प्रजापिता ब्रह्मा। कति धेरै प्रजा छन्। सबै धर्मकाले यिनलाई अवश्य मान्छन्। यिनीद्वारा नै मनुष्य मात्रको रचना भएको हो नि! बाबाले सम्झाउनुभएको छ– लौकिक पिता पनि हदका ब्रह्मा हुन् किनकि उनको पनि वंशवृक्ष बन्छ नि! थरबाट वंशवृक्ष चल्छ। ती हुन्छन् हदका, यिनी हुन् बेहदका पिता। यिनको नाम नै हो प्रजापिता। ती लौकिक पिताले त हदका प्रजा रच्छन्। कसैले रच्दैनन् पनि। यिनले त अवश्य रच्छन्। के कसैले भन्छन्– प्रजापिता ब्रह्माको सन्तान छैन? यिनको सन्तान त सारा दुनियाँ हो। पहिला सुरुमा हुन्छन् नै प्रजापिता ब्रह्मा। मुसलमानले पनि जुन आदम बीबी भन्छन्, त्यो अवश्य कसैलाई त भन्छन् होला नि! एडम इभ, आदि देव, आदि देवी यी प्रजापिता ब्रह्माको लागि नै भन्छन्। जति पनि धर्मवाला छन्, सबैले यिनलाई मान्छन्। अवश्य एक हुन्छन् हदका पिता, अर्का हुन्छन् बेहदका। यिनी बेहदका पिता हुन् बेहदको सुख दिने। तिमीले पनि पुरुषार्थ गर्छौ बेहद स्वर्गको सुखको लागि। यहाँ बेहदका बाबाबाट बेहदको सुखको वर्सा पाउन आएका छौ। स्वर्गमा बेहदको सुख, नर्कमा बेहदको दुःख पनि भन्न सकिन्छ। दुःख पनि धेरै आउनेछन्। हाय हाय भनिरहनेछन्। बाबाले तिमीलाई सारा विश्वको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुभएको छ। तिमी बच्चाहरू सामुन्ने बसेका छौ र पुरुषार्थ पनि गर्छौ। उहाँ त मातापिता दुवै हुनुभयो नि! यति धेरै बच्चाहरू छन्। बेहदका मातापितासँग कहिल्यै कसैले दुस्मनी राख्दैनन्। मातापिताबाट कति सुख मिल्छ। गाउँछन् पनि– तिमी मातापिता... यो त बच्चाहरूले नै बुझ्छौ। अरू धर्मवालाहरू सबैले पितालाई नै बोलाउँछन्। मातापिता भन्दैनन्। केवल यहाँ मात्रै गाउँछन्– तिमी माता पिता हामी... तिमी बच्चाहरूलाई थाहा छ–पढेर हामी मनुष्यबाट देवता, काँडाबाट फूल बनिरहेका छौँ। बाबा खिवैया पनि हुनुहुन्छ, बागवान पनि हुनुहुन्छ। बाँकी तिमी ब्राह्मण सबै अनेक प्रकारका माली हौ। मुगल गार्डेनको पनि माली हुन्छ नि! उसको तलब पनि कति राम्रो हुन्छ। माली पनि नम्बरवार हुन्छन् नि! कुनै कुनै मालीले कति राम्रा राम्रा फूल बनाउँछन्। फूलहरूमा एक राजा फूल (किङ अफ फ्लावर) पनि हुन्छ। सत्ययुगमा राजा रानी फूल पनि हुन्छन् नि! यहाँ महाराजा-महारानी भए पनि ती फूलहरू छैनन्। पतित बनेपछि काँडा बन्छन्। मार्गमा चल्दाचल्दै काँडा लगाएर भाग्छन्। अजामिल पनि उनीहरूलाई भनिन्छ। सबैभन्दा धेरै भक्ति पनि तिमीले गर्छौ। वाममार्गमा गिर्नेहरूका चित्र हेर, कस्ता कस्ता गन्दा बनाएका छन्। देवताहरूकै चित्र बनाइदिएका छन्। तर ती हुन् वाममार्गका चित्र। अहिले तिमी बच्चाहरूले यी कुरा बुझिसकेका छौ। तिमी अहिले ब्राह्मण बनेका छौ। हामी विकारहरूबाट धेरै टाढा टाढा जान्छौँ। ब्राह्मणहरूमा भाइबहिनीसँग विकारमा जानु– यो त धेरै ठुलो विकारी कुकर्म (क्रिमिनल एसल्ट) हुन्छ। नाम नै बदानाम हुन्छ, त्यसैले सानैदेखि केही नराम्रो काम गरेको छ भने त्यो पनि बाबालाई सुनायो भने आधा माफ हुन्छ। याद त रहन्छ नि! फलानो समयमा मैले यो गन्दा काम गरेँ। बाबालाई लेखेर दिन्छन्। जो धेरै वफादार इमान्दार हुन्छन्, उनीहरूले बाबालाई लेख्छन्– बाबा मैले यो यो गन्दा काम गरेँ। क्षमा गर्नुहोस्। बाबा भन्नुहुन्छ– क्षमा त हुँदैन, बाँकी सत्य बतायौ भने त्यो हलुङ्गो हुनेछ। यस्तो होइन, बिर्सिन्छ। बिर्सन सकिँदैन। फेरि अगाडि यस्तो कुनै काम नहोस्, त्यसको लागि होसियार गराउँछु। बाँकी मन अवश्य खान्छ । भन्छन्– बाबा हामी त अजामिल थियौँ। यो जन्मकै कुरा हो। यो पनि अहिले तिमीलाई थाहा छ। कहिलेदेखि वाममार्गमा आएर पाप आत्मा बनेका हौ? अब बाबाले फेरि हामीलाई पुण्य आत्मा बनाउनुहुन्छ। पुण्य आत्माहरूको दुनियाँ नै भिन्नै हुन्छ। दुनियाँ एउटै भए पनि बुझेका छौ– दुई भागमा छ। एउटा हो पुण्य आत्माहरूको दुनियाँ जसलाई स्वर्ग भनिन्छ। अर्को हो पाप आत्माहरूको दुनियाँ जसलाई नर्क दुःखधाम भनिन्छ। सुखको दुनियाँ र दुःखको दुनियाँ। दुःखको दुनियाँमा सबै चिच्याइरहन्छन्– हामीलाई मुक्त गर्नुहोस्! आफ्नो घर लैजानुहोस्! यो पनि बच्चाहरूले बुझेका छौ– घरमा गएर बस्नुछैन, फेरि पार्ट खेल्न आउनुछ। यस समयमा सारा दुनियाँ पतित छ। अहिले बाबाबाट तिमी पावन बनिरहेका छौ। लक्ष्य उद्देश्य सामुन्ने छ। अरू कसैले पनि यो लक्ष्य उद्देश्य देखाउँदैनन्– हामी यस्ता बनिरहेका छौँ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी यस्ता थियौ, अब छैनौ। पूज्य थियौ, अब पुजारी बनेका छौ, फेरि पूज्य बन्नको लागि पुरुषार्थ चाहिन्छ। बाबाले कति राम्रो पुरुषार्थ गराउनुहुन्छ। यी बाबाले बुझेका छन् नि– म राजकुमार बन्छु। नम्बरवनमा यिनी छन्, तैपनि हर समय याद हुँदैन। बिर्सिन्छन्। कसैले जतिसुकै मेहनत गरे पनि अहिले त्यो अवस्था हुँदैन। लडाइँको समय भएपछि मात्र कर्मातीत अवस्था हुन्छ। पुरुषार्थ त सबैले गर्नुछ नि! यिनले पनि गर्नुछ। तिमीले सम्झाउँछौ पनि– चित्रमा हेर, बाबाको चित्र कहाँ छ? एकदमै वृक्षको टुप्पोमा उभिएको चित्र छ, पतित दुनियाँमा र तल फेरि तपस्या गरिरहेका छन्। कति सहजै सम्झाइन्छ। यी सबै कुरा बाबाले नै सम्झाउनुभएको हो। यो पनि जान्दैनथे। बाबा नै नलेजफुल हुनुहुन्छ, उहाँलाई नै सबैले याद गर्छन्– हे परमपिता परमात्मा, आएर हाम्रो दुःख हरण गर्नुहोस्! ब्रह्मा-विष्णु-शङ्कर त देवताहरू हुन्। मूलवतनमा रहने आत्माहरूलाई देवता कहाँ भनिन्छ र! ब्रह्मा-विष्णु-शङ्करको रहस्य पनि बाबाले सम्झाउनुभएको छ। ब्रह्मा, लक्ष्मी, नारायण यी त सबै यहीँ छन् नि! तिमी बच्चाहरूलाई केवल अहिले सूक्ष्मवतनको साक्षात्कार हुन्छ। यी बाबा पनि फरिस्ता बन्छन्। यो त बच्चाहरूलाई थाहा छ– जो सिँढीमा माथि उभिएका छन्, उनैले फेरि तल तपस्या गरिरहेका छन्। चित्रमा बिल्कुल क्लियर देखाइएको छ। यिनले आफूलाई भगवान् कहाँ भन्छन् र! यिनले त भन्छन्– म कौडितुल्य थिएँ, तत्त्वम्। अहिले हीरातुल्य बनिरहेका छन्, तत्त्वम्। कति सहजै बुझ्ने कुरा छन्। कहिले कसैले भन्यो भने भन– हेर, यिनी त कलियुगको अन्त्यमा उभिएका छन् नि! बाबा भन्नुहुन्छ– जब जडजडीभूत अवस्था, वानप्रस्थ हुन्छ, त्यसपछि म यिनमा प्रवेश गर्छु। अहिले राजयोगको तपस्या गरिरहेका छन्। तपस्या गर्नेलाई देवता कसरी भनिन्छ? राजयोग सिकेर यिनी देवता बन्छन्। तिमी बच्चाहरूलाई पनि त्यस्तै ताजवाला बनाउँछु नि! यिनी नै देवता बन्छन्। त्यस्तै १०-२० बच्चाहरूका चित्र पनि राख्न सकिन्छ। देखाउनको लागि– यिनीहरू यस्ता बन्छन्। पहिला सबैको यस्तो फोटो निस्किएको छ। यो सम्झाउने कुरा हो नि! एकातर्फ साधारण, अर्कातर्फ डबल शिरताज। तिमीले बुझेका छौ– हामी यस्ता बनिरहेका छौँ। उनै बन्छन् जसको लाइन क्लियर हुन्छ र धेरै मीठो पनि बन्नुछ। यस समयमा मानिसहरूमा कति काम-क्रोध आदिको बीज भरिएको छ। सबैमा ५ विकाररूपी बीजको वृक्ष निस्किएको छ। अहिले बाबा भन्नुहुन्छ– यस्तो बीज रोप्नुहुँदैन। सङ्गमयुगमा तिमीले देह अभिमानको बीज रोप्नुहुँदैन। कामको बीज रोप्नुहुँदैन। आधाकल्पको लागि फेरि रावण नै हुँदैन। हरेक कुरा बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। मुख्य त एउटै कुरा हो– मनमनाभव। बाबा भन्नुहुन्छ– मलाई याद गर। सबैभन्दा पछाडि यिनी छन्, फेरि सबैभन्दा पहिला पनि यिनि नै छन्। योगबलले कति पावन बन्छन्। सुरुमा त बच्चाहरूलाई धेरै साक्षात्कार हुन्थ्यो। भक्तिमार्गमा नवधा भक्ति गरेपछि साक्षात्कार हुन्छ। यहाँ त यिनीहरू बस्दाबस्दै ध्यानमा जान्थे, यसलाई जादु सम्झन्थे। यो त फस्ट क्लास जादु हो। मीराले त धेरै तपस्या गरिन्, साधुसन्त आदिको सङ्ग गरिन्। यहाँ साधु आदि कहाँ छन् र! यिनी त बाबा हुन् नि! सबैका बाबा हुनुहुन्छ शिवबाबा। भन्छन्– गुरुजीसँग भेटौँ। यहाँ त गुरु छैनन्। शिवबाबा त निराकार हुनुहुन्छ, फेरि कोसँग भेट्न चाहन्छौ? ती गुरुहरूकहाँ त गएर भेटी राख्छन्। यहाँ बाबा त बेहदका मालिक हुनुहुन्छ। यहाँ भेटी आदि चढाउने कुरा छैन। यो पैसा के गर्नुहुन्छ? यी ब्रह्माले पनि बुझ्छन्– म विश्वको मालिक बन्छु। बच्चाहरूले जे जति पैसा आदि दिन्छन्, त्यसबाट त उनीहरूको लागि नै भवन आदि बनाइदिन्छन्। पैसा त न शिवबाबालाई काम लाग्छ, न ब्रह्माबाबालाई काम लाग्छ। यी भवन आदि बच्चाहरूको लागि नै बनाइएको हो, बच्चाहरू नै आएर बस्छन्। कोही गरिब छन्, कोही धनवान छन्, कसैले त दुई रुपियाँ पनि पठाइदिन्छन्– बाबा मेरो एउटा इँट लगाइदिनुहोस्। कसैले हजार पठाइदिन्छन्। भावना त दुवैको एउटै हो नि! त्यसैले दुवैको बराबर हुन्छ। फेरि बच्चाहरू आउँछन्, जहाँ चाह्यो त्यहाँ बस्छन्। जसले भवन बनायो, ऊ आयो भने उसलाई अवश्य सुखले राख्छन्। कतिले फेरि भनिदिन्छन्– बाबाकहाँ पनि सम्मान (खातिरदारी) हुन्छ। अरे, त्यो त अवश्य गर्नुपर्छ नि! कोही कस्ता छन्, कोही त जहाँ पनि बसिदिन्छन्। कोही धेरै नाजुक हुन्छन्, बेलायतमा बस्ने, ठुला ठुला महलमा बस्नेहरू हुन्छन्, हरेक राष्ट्रमा ठुला ठुला धनवान निस्कन्छन्, त्यसैले भवन आदि त्यस्तै बनाउँछन्। यहाँ त हेर कति धेरै बच्चाहरू आउँछन्। अरू कुनै पितालाई यस्तो ख्याल कहाँ हुन्छ र! १०-१२-२० नातिनातिना होलान्। मानौँ, कसैका २००-५०० पनि होलान्, यहाँकाभन्दा धेरै त हुँदैनन्। यी बाबाको परिवार त कति ठुलो छ, अझै वृद्धि हुँदै जानुछ। यो त राजधानी स्थापना भइरहेको छ। बाबाको परिवार कति ठुलो बन्छ। फेरि प्रजापिता ब्रह्माको परिवार कति हुनेभयो। कल्प कल्प आउनुहुन्छ र त्यसपछि मात्रै यो आश्चर्यजनक कुरा तिम्रो कानमा पर्छ। बाबाको लागि नै भन्छौ नि– हे प्रभु! हजुरको सबैभन्दा भिन्नै गति-मति सुरु हुन्छ। भक्ति र ज्ञानमा हेर कति फरक छ।

बाबाले तिमीलाई सम्झाउनुहुन्छ– स्वर्गमा जानुछ भने दैवीगुण पनि धारण गर्नुपर्छ। अहिले त काँडा छौ नि! गाइरहन्छौ– म निर्गुण हारेमा कोही गुण नाही। बाँकी ५ विकारका अवगुण छन्, रावण राज्य छ। अहिले तिमीलाई कति राम्रो ज्ञान मिल्छ। त्यो ज्ञानले यति खुसी दिँदैन, जति यसले। तिमीलाई थाहा छ– हामी आत्माहरू माथि मूलवतनमा रहन्छौँ। सूक्ष्मवतनमा ब्रह्मा-विष्णु-शङ्कर, त्यो पनि केवल साक्षात्कार हुन्छ। ब्रह्मा पनि यहाँ, लक्ष्मी,नारायण पनि यहीँका हुन्। यो केवल साक्षात्कार हुन्छ। व्यक्त ब्रह्मा सो फेरि सूक्ष्मवतनवासी ब्रह्मा फरिस्ता कसरी बन्छन्, त्यो निसानी हो। बाँकी केही छैन। अहिले तिमी बच्चाहरूले सबै कुरा बुझ्दै जान्छौ, धारणा गर्दै जान्छौ। नयाँ कुरा होइन। तिमी अनेक पटक देवता बनेका छौ, देवी-देवताको राज्य थियो नि! यो चक्र घुमिरहन्छ। त्यो ड्रामा विनाशी हुन्छ, यो हो अनादि अविनाशी ड्रामा। यो कुरा तिमी सिवाय अरू कसैको बुद्धिमा छैन। यी सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। यस्तो होइन– परम्परादेखि चल्दै आएको हो। बाबा भन्नुहुन्छ– यो ज्ञान अहिले तिमीलाई सुनाउँछु। फेरि यो प्रायः लोप हुन्छ। तिमीले राज्य भाग्य पद प्राप्त गर्छौ, फेरि सत्ययुगमा यो ज्ञान हुँदैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सदा स्मृति रहोस्– हामी अहिले ब्राह्मण हौँ, त्यसैले विकारहरूबाट धेरै धेरै टाढा रहनुछ। कहिल्यै पनि विकारी कुकर्म नहोस्। बाबासँग धेरै धेरै इमान्दार, वफादार रहनुछ।

२) डबल शिरताज देवता बन्नको लागि धेरै मीठो बन्नुछ, लाइन क्लियर राख्नुछ। राजयोगको तपस्या गर्नुछ।

वरदान:–
सदा बेहदको स्थितिमा स्थित रहने बन्धनमुक्त , जीवनमुक्त भव

देह अभिमान हदको स्थिति हो र देहीअभिमानी बन्नु– यो हो बेहदको स्थिति। देहमा आएपछि अनेक कर्मको बन्धनमा, हदमा आउनुपर्छ तर देही बनिसकेपछि यी सबै बन्धन समाप्त हुन्छन्। जसरी भनिन्छ– बन्धनमुक्त नै जीवनमुक्त हो, त्यसरी नै जो बेहदको स्थितिमा स्थित रहन्छन्, उनीहरू दुनियाँको वायुमण्डल, भाइब्रेसन, तमोगुणी वृत्तिहरू, मायाको वार– यी सबैबाट मुक्त हुन्छन्। यसलाई नै भनिन्छ जीवनमुक्त स्थिति, जसको अनुभव सङ्गमयुगमा नै गर्नुछ।

स्लोगन:–
निश्चयबुद्धिको निसानी हो निश्चित विजयी र निश्चिन्त, उनीहरूलाई व्यर्थ आउन सक्दैन।

अव्यक्त इसारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

कर्महरूको गुह्य गतिलाई जानेर अर्थात् त्रिकालदर्शी बनेर सबै कर्म गर, त्यसपछि मात्रै कर्मातीत बन्न सक्छौ। साना साना गल्तीहरू सङ्कल्परूपमा पनि भए भने पनि त्यसको हिसाबकिताब धेरै कडा बन्छ, त्यसैले सानो गल्तीलाई पनि ठुलो सम्झनुपर्छ किनकि अहिले सम्पूर्ण स्थितिको समीप आइरहेका छौ।