31.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी यहाँ आएका हौ सर्वशक्तिमान् बाबाबाट शक्ति लिन अर्थात् दीपकमा ज्ञानको घिउ थप्न । ”

प्रश्न:–
शिवको बरियाँतको गायन किन छ?

उत्तर:–
किनकि शिवबाबा जब फिर्ता जानुहुन्छ तब सबै आत्माहरूको झुन्ड उहाँको पछि-पछि भागेर जान्छ। मूलवतनमा पनि आत्माहरूको मनारा (चाका) लाग्छ। तिमी पवित्र बन्ने बच्चाहरू बाबाको साथ-साथ जान्छौ। साथको कारणले नै बरियाँतको गायन छ।

ओम् शान्ति ।
बच्चाहरूले पहिला-पहिला एउटै पोइन्ट बुझ्नु छ– हामी सबै भाइ-भाइ हौँ र उहाँ सबैका पिता हुनुहुन्छ। उहाँलाई सर्वशक्तिमान् भनिन्छ। तिमीमा सर्वशक्तिहरू थिए। तिमीले विश्वमा राज्य गर्थ्यौ। यहीँ नै यी देवी-देवताहरूको राज्य थियो। अर्थात् तिमी बच्चाहरूको राज्य थियो। तिमी पवित्र देवी-देवताहरू थियौ, तिम्रो कुल वा डाइनेस्टी हो, ती सबै निर्विकारी थिए। को निर्विकारी थिए? आत्माहरू। अब फेरि तिमी निर्विकारी बनिरहेका छौ। सर्वशक्तिमान् बाबालाई याद गरेर उहाँबाट शक्ति लिइरहेका छौ। बाबाले सम्झाउनुभएको छ आत्माले नै ८४ को पार्ट खेल्छ। त्यसमा जो सतोप्रधान ताकत थियो त्यो फेरि दिन-प्रतिदिन कम हुँदै जान्छ। सतोप्रधानबाट तमोप्रधान बन्नु छ। जसरी ब्याट्रीको ताकत कम हुँदै जान्छ अनि मोटर खडा हुन्छ। ब्याट्री डिस्चार्ज हुन्छ। आत्माको ब्याट्री पूर्ण डिस्चार्ज हुँदैन, केही न केही ताकत रहन्छ। जसरी कोही मर्यो भने दीपक जलाउँछन्, त्यसमा घिउ थपिरहन्छन्– ज्योति ननिभोस्। ब्याट्रीको ताकत कम भएमा फेरि चार्ज गर्न राख्छन्। अहिले तिमी बच्चाहरूले बुझेका छौ– तिम्रो आत्मा सर्वशक्तिमान् थियो, अब फेरि तिमी सर्वशक्तिमान् बाबासँग आफ्नो बुद्धियोग लगाउँछौ ताकि बाबाको शक्ति हामीमा आओस् किनकि शक्ति कम भएको छ। थोरै अवश्य रहन्छ। एकदम खत्तम भयो भने फेरि शरीर रहँदैन। आत्माले बाबालाई याद गर्दा-गर्दै बिल्कुल प्योर हुन्छ। सत्ययुगमा तिम्रो ब्याट्री फुल चार्ज हुन्छ फेरि थोरै-थोरै कम हुँदै जान्छ। त्रेतासम्म मिटर कम हुन्छ, जसलाई कला भनिन्छ। फेरि भनिन्छ आत्मा जो सतोप्रधान थियो त्यो सतो बन्यो, ताकत कम हुन्छ। तिमीले बुझेका छौ हामी मानिसबाट देवता बन्छौँ सत्ययुगमा। अब बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। अहिले तिमी तमोप्रधान बनेका छौ त्यसैले ताकत रित्तिएको छ। फेरि बाबालाई याद गर्नाले पूरा ताकत आउँछ, किनकि तिमीलाई थाहा छ देह सहित देहका जति पनि सबै सम्बन्ध छन्, ती सबै खत्तम हुनु छ फेरि तिमीलाई बेहदको राज्य मिल्छ। बाबा पनि बेहदको हुनुहुन्छ भने वर्सा पनि बेहदको दिनुहुन्छ। अहिले तिमी पतित छौ, तिम्रो ताकत बिल्कुल कम हुँदै गएको छ। हे प्यारा बच्चाहरू, अब तिमी मलाई याद गर, म अलमाइटी हुँ, मद्वारा अलमाइटी राज्य मिल्छ। सत्ययुगमा देवी-देवता सारा विश्वका मालिक थिए, पवित्र थिए, दैवी गुणवान थिए। अहिले ती दैवीगुण छैनन्। सबैको ब्याट्री पूरा डिस्चार्ज हुन लागेको छ। फेरि अब ब्याट्री भरिन्छ। परमपिता परमात्मासँग योग लगाए बिना ब्याट्री चार्ज हुन सक्दैन। उहाँ बाबा नै सदा पवित्र हुनुहुन्छ। यहाँ सबै छन् अपवित्र। जब प्योर रहन्छन् तब ब्याट्री चार्ज रहन्छ। त्यसैले अब बाबा सम्झाउनुहुन्छ एकलाई नै याद गर्नु छ। उच्चभन्दा उच्च हुनुहुन्छ भगवान। बाँकी सबै हुन् रचना। रचनाबाट रचनालाई कहिल्यै वर्सा मिल्दैन। क्रिएटर त एकै हुनुहुन्छ। उहाँ हुनुहुन्छ बेहदका बाबा। बाँकी त सबै हुन् हदका। बेहदका बाबालाई याद गर्नाले बेहदको बादसाही मिल्छ। त्यसैले बच्चाहरूले दिलबाट सम्झनुपर्छ– हाम्रो लागि बाबाले नयाँ दुनियाँ स्वर्गको स्थापना गरिरहनुभएको छ। ड्रामा प्लान अनुसार स्वर्गको स्थापना भइरहेको छ। तिमीलाई थाहा छ सत्ययुग आउनेवाला छ। सत्ययुगमा हुन्छ नै सदा सुख। त्यो कसरी मिल्छ? बाबा बसेर सम्झाउनुहुन्छ मामेकम् याद गर। म एभरप्योर छु। म कहिल्यै मनुष्य तन लिन्नँ। न दैवी तन, न मनुष्य तन लिन्छु अर्थात् म जन्म-मरणमा आउँदिनँ। केवल तिमी बच्चाहरूलाई स्वर्गको बादसाही दिनको लागि, जब यिनी ६० वर्षको वानप्रस्थ अवस्थामा हुन्छन् तब यिनको तनमा आउँछु। यिनी नै पूरा सतोप्रधानबाट तमोप्रधान बनेका छन्। नम्बरवन उच्चभन्दा उच्च भगवान फेरि छन् सूक्ष्मवतनवासी ब्रह्मा-विष्णु-शङ्कर, जसको साक्षात्कार हुन्छ। सूक्ष्मवतन बीचको हो नि। जहाँ शरीर हुन सक्दैन। सूक्ष्म शरीर केवल दिव्य दृष्टिले देखिन्छ। मनुष्य सृष्टि त यहाँ छ। बाँकी उनीहरू त केवल साक्षात्कारको लागि फरिस्ता हुन्। तिमी बच्चाहरू पनि अन्त्यमा जब बिल्कुल पवित्र हुन्छौ तब तिम्रो पनि साक्षात्कार हुन्छ। यस्तो फरिस्ता बनेर फेरि सत्ययुगमा यहीँ आएर स्वर्गका मालिक बन्छौ। यी ब्रह्माले कुनै विष्णुलाई याद गर्दैनन्। यिनले पनि शिवबाबालाई याद गर्छन् र यी विष्णु बन्छन्। त्यसैले यो बुझ्नुपर्छ नि। यिनले राज्य कसरी पाए! लडाइँ आदि त केही पनि हुँदैन। देवताहरूले हिंसा कसरी गर्छन्!

अहिले तिमी बच्चाहरूले बाबालाई याद गरेर राजाई लिन्छौ, कसैले मानोस् नमानोस्। गीतामा पनि छ– हे प्यारा बच्चाहरू, देह सहित देहका सबै धर्म छोडेर म एकलाई याद गर। उहाँको त देह छैन जसमा ममत्व राख्ने। भन्नुहुन्छ– म थोरै समयको लागि यिनको शरीरको उधारो लिन्छु। नत्र म नलेज कसरी दिऊँ! म बीजरूप छु नि। यो सारा वृक्षको नलेज मेरो पासमा छ। अरू कसैलाई थाहा छैन, सृष्टिको आयु कति हो? कसरी यसको स्थापना, पालना, विनाश हुन्छ? मानिसहरूलाई त थाहा हुनुपर्छ। मानिसले नै पढ्छन्। जनावरले त पढ्दैनन् नि। उनीहरूले पढ्छन् हदको पढाइ। बाबाले तिमीलाई बेहदको पढाइ पढाउनुहुन्छ, जसबाट तिमीलाई बेहदको मालिक बनाउनुहुन्छ। त्यसैले यो सम्झाउनुपर्छ कि भगवान कुनै मानिसलाई अथवा देहधारीलाई भनिँदैन। ब्रह्मा, विष्णु, शङ्करको पनि सूक्ष्म देह छ नि। यिनीहरूको नाम नै अलग छ, यिनीहरूलाई भगवान भनिँदैन। यो शरीर त यी दादाको आत्माको तख्त थियो। अकाल तख्त हो नि। अहिले यो अकालमूर्त बाबाको तख्त हो। अमृतसरमा पनि एउटा अकाल तख्त छ नि। ठुला-ठुला जो छन् त्यहाँ अकाल तख्तमा गएर बस्छन्। अहिले बाबा सम्झाउनुहुन्छ यी सबै अकाल आत्माहरूका तख्त हुन्। आत्मा अकाल हो जसलाई कालले खान सक्दैन। बाँकी तख्त त बदलिइरहन्छन्। अकालमूर्त आत्मा यो तख्तमा बस्छ। पहिला सानो तख्त हुन्छ फेरि ठुलो हुन्छ। आत्माले एक शरीर छोडेर अर्को लिन्छ। आत्मा अकाल हो। बाँकी त्यसमा राम्रो वा नराम्रो संस्कार हुन्छ तब त भनिन्छ नि– कर्महरूको यो फल हो। आत्मा कहिल्यै विनाश हुँदैन। आत्माका बाबा हुनुहुन्छ एक। यो त बुझ्नुपर्छ नि। यहाँ बाबाले कुनै शास्त्रको कुरा सुनाउनुहुन्छ र! शास्त्र आदि पढ्नाले फर्केर त कोही जान सक्दैनन्। पछाडिमा सबै जान्छन्। जसरी सलहको अथवा मौरीको झुन्ड जान्छ नि। मौरीहरूको पनि क्विन हुन्छ। उसको पछाडि सबै जान्छन्। बाबा पनि जाँदा उहाँको पछाडि सबै आत्माहरू जान्छन्। त्यहाँ मूलवतनमा जस्तै सबै आत्माहरूको मनारा (छत्ता) छ। यहाँ फेरि हो मानिसहरूको झुन्ड। त्यसैले यो झुन्ड पनि एक दिन भाग्नु छ। बाबा आएर सबै आत्माहरूलाई लैजानुहुन्छ। शिवको बरियाँत भनिन्छ। बच्चा भन अथवा सजनीहरू भन। बाबा आएर बच्चाहरूलाई पढाएर यादको यात्रा सिकाउनुहुन्छ। पवित्र नबनी आत्मा जान सक्दैन। जब पवित्र बन्छ तब पहिला-पहिला शान्तिधाम जान्छ। त्यहाँ गएर सबै निवास गर्छन्। त्यहाँबाट फेरि बिस्तारै-बिस्तारै आउँदै रहन्छन्, वृद्धि हुँदै जान्छ। तिमी नै पहिला-पहिला भाग्छौ बाबाको पछाडि। तिम्रो बाबासँग अथवा सजनीहरूको साजनसँग योग छ। राजधानी बन्नु छ नि। सबै सँगै आउँदैनन्। त्यो सबै आत्माहरूको दुनियाँ हो। त्यहाँबाट फेरि नम्बरवार आउँछन्। वृक्ष बिस्तारै-बिस्तारै वृद्धि हुन्छ। पहिला-पहिला त हो आदि सनातन देवी-देवता धर्म, जो बाबाले स्थापना गर्नुहुन्छ। पहिला-पहिला हामीलाई ब्राह्मण बनाउनुहुन्छ। प्रजापिता ब्रह्मा हुनुहुन्छ नि। प्रजामा भाइ-बहिनी हुन्छन्। ब्रह्माकुमार र कुमारीहरू धेरै छन्। अवश्य निश्चयबुद्धि छन् तब त यति धेरै भएका छन्। ब्राह्मण कति होलान्? कच्चा वा पक्का? कसैले त ९९ मार्क्स लिन्छन्, कसैले १० मार्क्स लिन्छन् अर्थात् कच्चा भए नि। तिमीमा पनि जो पक्का छन् उनीहरू अवश्य पहिला आउँछन्। कच्चावाला पछाडिमा आउँछन्। यो पार्टधारीहरूको दुनियाँ हो जो घुमिरहन्छ। सत्ययुग, त्रेता... यो पुरुषोत्तम सङ्गमयुग हो। यो अहिले बाबाले बताउनुभएको छ। पहिला त हामी उल्टो नै बुझ्दै आयौँ कि कल्पको आयु लाखौँ वर्ष हो। अहिले बाबाले बताउनुभएको छ यो त पूरा ५ हजार वर्षको चक्र हो। आधाकल्प हो रामको राज्य, आधाकल्प हो रावणको राज्य। लाखौँ वर्षको कल्प हुन्थ्यो भने आधा-आधा पनि हुन सक्दैनथ्यो। दुःख र सुखको यो दुनियाँ बनेको छ। यो बेहदको नलेज बेहदका बाबाबाट मिल्छ। शिवबाबाको शरीरको कुनै नाम छैन। यो शरीर त यी दादाको हो। बाबा कहाँ हुनुहुन्छ? बाबाले थोरै समयको लागि उधारो लिनुभएको छ। बाबा भन्नुहुन्छ– मलाई मुख त चाहिन्छ नि। यहाँ पनि गऊमुख बनाइएको छ। पहाडबाट पानी त जहाँ-तहाँ आउँछ। यहाँ फेरि गाईको मुख बनाइदिएका छन्, त्यसबाट पानी आउँछ, त्यसलाई गङ्गाजल सम्झन्छन्। अब गङ्गा फेरि कहाँबाट आयो? यो हो सबै झुट। झुठो काया, झुठो माया, झुठो सब संसार। यो सृष्टि जब स्वर्ग थियो तब सचखण्ड भनिन्थ्यो फेरि यही सृष्टि नै पुरानो बन्छ, अनि झुटखण्ड भनिन्छ। यो झुटखण्डमा जब सबै पतित बन्छन् तब बोलाउँछन्– बाबा हामीलाई पावन बनाएर यो पुरानो दुनियाँबाट लैजानुहोस्। बाबा भन्नुहुन्छ– मेरा सबै बच्चाहरू काम चितामा चढेर कालो बनेका छन्। बाबाले बच्चाहरूलाई बसेर भन्नुहुन्छ तिमी त स्वर्गका मालिक थियौ नि! स्मृति आएको छ नि। बच्चाहरूलाई सम्झाउनुहुन्छ, सारा दुनियाँलाई सम्झाउनुहुन्न। तिमीलाई नै सम्झाउनुहुन्छ, हाम्रो बाबा को हुनुहुन्छ! यो दुनियाँलाई भनिन्छ फरेस्ट अफ थर्न्स (काँडाहरूको जङ्गल)। सबैभन्दा ठुलो कामको काँडा लगाउँछन्। चाहे यहाँ भगत पनि धेरै छन्, शाकाहारी छन्, तर यस्तो होइन– विकारमा जाँदैनन्। यस्ता त धेरै बाल ब्रह्मचारी पनि रहन्छन्। सानैदेखि कहिल्यै फोहोरी खाना आदि खाँदैनन्। संन्यासीहरूले पनि भन्छन्– निर्विकारी बन। त्यो हदको संन्यास मानिसले गराउँछन्। अर्को जन्ममा फेरि गृहस्थीको पासमा जन्म लिएर फेरि घरबार छोडेर जान्छन्। सत्ययुगमा यी श्रीकृष्ण आदि देवताहरूले कहिल्यै घरबार छोड्छन् र? छोड्दैनन्। त्यसैले उनीहरूको हो हदको संन्यास। अहिले तिम्रो हो बेहदको संन्यास। सारा दुनियाँको, सम्बन्धी आदिको बुद्धिले संन्यास गर्छौ। तिम्रो लागि अब स्वर्गको स्थापना भइरहेको छ। तिम्रो बुद्धि स्वर्गतिर नै जान्छ। त्यसैले शिवबाबालाई नै याद गर्नु छ। बेहदका बाबा भन्नुहुन्छ मलाई याद गर। मनमनाभव, मध्याजी भव, तब तिमी देवता बन्छौ। यो उही गीताको प्रसङ्ग हो। सङ्गमयुग पनि हो। म सङ्गममा नै सुनाउँछु। राजयोग अवश्य पहिला सिकेका छौ। यो सृष्टि बदलिन्छ नि, तिमी पतितबाट पावन बन्छौ। अब यो हो पुरुषोत्तम सङ्गमयुग, जब हामी यस्तो तमोप्रधानबाट सतोप्रधान बन्छौँ। हरेक कुरा राम्रोसँग बुझेर निश्चय गर्नुपर्छ। यो कुनै मानिसले कहाँ भन्छन् र। यो हो श्रीमत अर्थात् श्रेष्ठभन्दा श्रेष्ठ मत, भगवानको। बाँकी सबै हुन् मनुष्य मत। मनुष्य मतले गिर्दै आएका छौ। अब श्रीमतले तिमी चढ्छौ। बाबाले मानिसबाट देवता बनाइदिनुहुन्छ। दैवी मत स्वर्गवासीको हो र त्यो हो नर्कवासी मनुष्य मत, जसलाई रावण मत भनिन्छ। रावण राज्य पनि कुनै कम छैन। सारा दुनियाँमा रावणको राज्य छ। यो बेहदको लङ्का हो जसमा रावणको राज्य छ फेरि देवताहरूको पवित्र राज्य हुन्छ। त्यहाँ धेरै सुख हुन्छ। स्वर्गको कति महिमा छ। भन्छन् पनि– स्वर्ग गए। त्यसैले अवश्य नर्कमा थियो नि। हेलबाट गयो भने अवश्य फेरि हेलमा नै आउँछ नि! स्वर्ग अहिले कहाँ छ? यी कुरा कुनै शास्त्रमा छैनन्। अहिले बाबाले तिमीलाई सारा नलेज दिनुहुन्छ। ब्याट्री भरिन्छ। मायाले फेरि लिङ्क तोडिदिन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मन-वचन-कर्मले पवित्र बनेर आत्मा रूपी ब्याट्रीलाई चार्ज गर्नु छ। पक्का ब्राह्मण बन्नु छ।

२) मनमत वा मनुष्य मत छोडेर एक बाबाको श्रीमतमा चलेर स्वयंलाई श्रेष्ठ बनाउनु छ। सतोप्रधान बनेर बाबासँग उडेर जानु छ।

वरदान:–
सत्यताको शक्तिद्वारा प्रकृति वा विश्वलाई सतोप्रधान बनाउने मास्टर विधि-विधाता भव

जब तिमी बच्चाहरूले सत्यताको शक्तिलाई धारण गरेर मास्टर विधि विधाता बन्छौ तब प्रकृति सतोप्रधान बन्छ, युग सत्ययुग बन्छ। सर्व आत्माहरूले सद्गतिको तकदिर बनाउँछन्। तिम्रो सत्यता पारस समान छ। जसरी पारसले फलामलाई पारस बनाउँछ, त्यसैगरी सत्यताको शक्तिले आत्मालाई, प्रकृतिलाई, समयलाई, सर्व सामग्रीलाई, सर्व सम्बन्धलाई, संस्कारहरूलाई, आहार-व्यवहारलाई सतोप्रधान बनाउँछ।

स्लोगन:–
योगी आत्माहरू उनीहरू हुन् जसलाई प्रकृतिको हलचलले पनि आकर्षित नगरोस्।

अव्यक्त इसारा:– यस अव्य क्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

स्वदर्शन चक्रधारी सो छत्रधारी बन, तब देहको स्मृतिका अनेक व्यर्थ सङ्कल्पहरूको चक्रबाट, लौकिक र अलौकिक सम्बन्धहरूको चक्रबाट, आफ्नो अनेक जन्महरूको स्वभाव र संस्कारहरूको चक्रबाट र प्रकृतिका अनेक प्रकारका आकर्षणका चक्रबाट जब मुक्त हुन्छौ तब अन्य आत्माहरूलाई पनि बाबाबाट प्राप्त भएको शक्तिहरूद्वारा अनेक चक्करहरूबाट सहजै छुटाएर जीवनमुक्त बनाउन सक्छौ।