31.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी अहिले पुरानो दुनियाँको गेटबाट निस्केर शान्तिधाम र सुखधाममा जाँदैछौ , बाबाले नै मुक्ति-जीवनमुक्तिको मार्ग बताउनुहुन्छ ।”

प्रश्न:–
वर्तमान समयमा सबैभन्दा राम्रो कर्म कुनचाहिँ हो?

उत्तर:–
सबैभन्दा राम्रो कर्म हो मनसा, वाचा, कर्मणा अन्धाहरूको लट्ठी बन्नु। तिमी बच्चाहरूले विचार सागर मन्थन गर्नुपर्छ– यस्तो कुनचाहिँ शब्द लेखौं जुन मानिसहरूलाई घर, मुक्ति र जीवनमुक्तिको मार्ग मिल्न सक्छ? मानिसहरूले सजिलै बुझ्छन्– यहाँ सुख-शान्तिको दुनियाँमा जाने मार्ग बताइन्छ।

ओम् शान्ति ।
जादुगरको बत्ती सुनेका छौ? अलाउद्दीनको बत्तीको पनि गायन छ। अलाउद्दीनको बत्ती वा जादुगरको बत्तीले के के देखाउँछ। बैकुण्ठ, स्वर्ग, सुखधाम। बत्तीलाई प्रकाश भनिन्छ। अहिले त अँध्यारो छ। अब यो जुन प्रकाश देखाउनको लागि बच्चाहरूले प्रदर्शनी मेला गर्छन्, यति खर्च गर्छन्, धेरै मेहनत गर्छन्। सोध्छन्– बाबा यसको नाम के राखौं? यहाँ मुम्बईलाई भनिन्छ भारतको प्रवेश द्वार (गेट-वे अफ इन्डिया)। जहाज पहिला मुम्बईमा आउँछन्। दिल्लीमा पनि इन्डिया गेट छ। हाम्रा यी हुन् गेट अफ मुक्ति र जीवनमुक्ति, दुई गेटहरू छन् नि। सदैव गेट दुई हुन्छन् भित्र र बाहिर (इन र आउट)। एउटाबाट आउने, अर्कोबाट जाने। यो पनि यस्तै हो। हामी नयाँ दुनियाँमा आउँछौं फेरि पुरानो दुनियाँबाट बाहिर निस्केर आफ्नो घरमा जान्छौं। तर फर्केर हामी आफै त जान सक्दैनौं किनकि घरलाई भुलेका छौं, गाइड चाहिन्छ। त्यो पनि हामीलाई मिल्नुभएको छ, जसले मार्ग बताउनुहुन्छ। बच्चाहरूले जानेका छौ– बाबाले हामीलाई मुक्ति-जीवनमुक्ति, शान्ति र सुखको मार्ग बताउनुहुन्छ। त्यसैले गेट अफ शान्तिधाम सुखधाम लेखौं। विचार सागर मन्थन गर्नुपर्ने हुन्छ नी। धेरै ख्याल चल्छ– मुक्ति-जीनमुक्ति केलाई भनिन्छ, त्यो पनि कसैलाई थाहा छैन। शान्ति र सुख त सबैले चाहन्छन्। शान्ति पनि होस् र धनदौलत पनि होस्। त्यो त हुन्छ नै सत्ययुगमा। त्यसैले नाम लेखिदेऊ– गेट अफ शान्तिधाम र सुखधाम अथवा गेट अफ प्युरिटी, पीस, प्रोस्पर्टी यो त राम्रो कुरा हो। तीन वटै यहाँ छैनन्। त्यसैले यसमा फेरि सम्झाउनु पनि पर्छ। नयाँ दुनियाँमा यो सबै थियो। नयाँ दुनियाँको स्थापना गर्नेवाला हुनुहुन्छ पतित-पावन, गड फादर। हामी अवश्य यस पुरानो दुनियाँबाट निस्केर घरमा जानुपर्छ। त्यसैले यो गेट भयो नि– प्युरिटी, पीस, प्रोस्पर्टीको। बाबालाई यो नाम राम्रो लाग्छ। अब वास्तवमा त्यसको उद्घाटन त शिवबाबाले गर्नुहुन्छ। तर हामी ब्राह्मणहरूद्वारा गराउनुहुन्छ। दुनियाँमा उद्घाटन समारोह त धेरै भइरहन्छन् नि। कसैले अस्पतालको गर्छन्, कसैले विश्व विद्यालयको गर्छन्। यो त एकै पटक हुन्छ र यसै समयमा नै हुन्छ त्यसैले विचार गरिन्छ। बच्चाहरूले लेखेका छन्– ब्रह्माबाबा आएर उद्घाटन गर्नुहोस्। बापदादा दुवैलाई बोलाउनुपर्ने हुन्छ। बाबा भन्नुहुन्छ– तिमी बाहिर कहीँ पनि जान सक्दैनौ। उद्घाटन गर्नको लागि जाऔं, विवेकले भन्दैन, नियम छैन। यो त कसैले पनि खोल्न सक्छन्। समाचारपत्रमा पनि छापिन्छ– प्रजापिता ब्रह्माकुमार-कुमारीहरू। यो नाम पनि धेरै राम्रो छ नि। प्रजापिता त सबैका बाबा भए नि। उनी कोही कम हुन् र! फेरि बाबा स्वयं समारोह गराउनुहुन्छ। गर्नेगराउनेवाला हुनुहुन्छ नि। बुद्धिमा रहनुपर्छ नि हामीले स्वर्गको स्थापना गरिरहेका छौं। त्यसैले कति पुरुषार्थ गरेर श्रीमतमा चल्नुपर्छ। वर्तमान समयमा मनसा-वाचा-कर्मणामध्ये सबैभन्दा राम्रो कर्म त एउटै हो– अन्धाहरूको लट्ठी बन्नु। गायन पनि छ– हे प्रभु! अन्धाहरूका लट्ठी। सबै अन्धा नै अन्धा छन्। त्यसैले बाबा आएर लट्ठी बन्नुहुन्छ। ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ। जसबाट तिमी स्वर्गमा नम्वरवार पुरुषार्थ अनुसार जान्छौ। नम्वरवार त छन् नि। यो धेरै ठुलो बेहदको अस्पताल र विश्व विद्यालय हो। सम्झाइन्छ, आत्माहरूका बाबा परमपिता परमात्मा पतित-पावन हुनुहुन्छ। तिमीले उहाँ बाबालाई याद गर्यौ भने सुखधाममा जान्छौ। यो हो नर्क, यसलाई स्वर्ग भनिदैन। स्वर्गमा छ नै एक धर्म। भारतवर्ष स्वर्ग थियो, अर्को कुनै धर्म थिएन। यो केवल याद गर्नु, यो पनि मनमनाभव हो। हामी स्वर्गमा सारा विश्वको मालिक थियौं– यति पनि याद हुँदैन। बुद्धिमा छ, हामीलाई बाबा मिल्नुभएको छ। त्यसैले त्यो खुसी रहनुपर्छ। तर माया पनि कम छैन। यस्ता बाबाको बनेर फेरि पनि यति खुसीमा रहँदैनन्। आत्तिइरहन्छन्। मायाले घरी घरी अत्याउँछ। शिवबाबाको याद भुलाइदिन्छ। स्वयं पनि भन्छन् याद टिक्दैन। बाबाले ज्ञान सागरमा डुबाउनुहुन्छ, मायाले फेरि विषय सागरमा डुबाउँछ। धेरै खुसीसँग आत्तिन्छन्। बाबा भन्नुहुन्छ– शिवबाबालाई याद गर। मायाले भुलाइदिन्छ। बाबालाई याद नै गर्दैनन्। बाबालाई जान्दै जानेका छैनन्। दु:खहर्ता सुखकर्ता त परमपिता परमात्मा हुनुहुन्छ नि। उहाँ हुनुहुन्छ नै दु:ख हर्नेवाला। उनीहरू फेरि गङ्गामा गएर डुबुल्की लगाउँछन्। सम्झन्छन् गङ्गा पतित-पावनी हो। सत्ययुगमा गङ्गालाई दु:ख हरनी पाप कटनी भनिँदैन। साधुसन्त आदि गएर नदीको किनारमा बस्छन्। सागरको किनारमा किन बस्दैनन्? अहिले तिमी बच्चाहरू सागरको किनारमा बसेका छौ। धेरै भन्दा धेरै बच्चाहरू सागरको पासमा आउँछन्। फेरि सम्झन्छन्– सागरबाट निस्केका यी ठुलासाना नदीहरू पनि हुन्। ब्रह्मपुत्रा, सिन्ध, सरस्वती यी पनि नाम राखिएका छन्।

बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरूले मनसा-वाचा-कर्मणा धेरै धेरै ध्यान राख्नुपर्छ। कहिल्यै पनि तिमीहरू क्रोधमा आउनुहुँदैन। क्रोध पहिला मनमा आउँछ फेरि वाचा र कर्मणामा पनि आउँछ। यी तीन झ्यालहरू छन्, त्यसैले बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! धेरै नबोल, शान्तिमा बस। वाचामा आयो भने त कर्मणामा पनि आउँछ। क्रोध पहिला मनसामा आउँछ फेरि वाचा-कर्मणामा आउँछ। तीनवटै झ्यालबाट निस्किन्छ। पहिला मनसामा आउँछ। दुनियाँले त एक अर्कालाई दु:ख दिइरहन्छन्, लडाइँझगडा गरिरहन्छन्। तिमीले त कसैलाई पनि दु:ख दिनुछैन। ख्याल पनि आउनुहुँदैन। शान्तिमा रहनु धेरै राम्रो हो। त्यसैले बाबा आएर स्वर्ग अथवा सुख-शान्तिको गेट बताउनुहुन्छ। बच्चाहरूलाई बताउनुहुन्छ। बच्चाहरूलाई नै भन्नुहुन्छ– तिमीले पनि अरूलाई भन। सुख, शान्ति, पवित्रता हुन्छ स्वर्गमा। त्यहाँ कसरी जान सकिन्छ त्यो बुझ्नुपर्छ। यो महाभारत लडाइँले पनि गेट खोल्छ। बाबाको विचार सागर मन्थन त चल्छ नि। के नाम राख्ने भनेर। बिहानै विचार सागर मन्थन गर्नाले मखन निस्किन्छ। राम्रो विचार निस्किन्छ, त्यसैले बाबा भन्नुहुन्छ– बिहानै उठेर बाबालाई याद गर, के नाम राख्न सकिन्छ भनेर विचार सागर मन्थन गर। विचार गर्नुपर्छ, कसैको राम्रो विचार पनि निस्किन्छ। अब तिमीहरूले सम्झन्छौ– पतितलाई पावन बनाउनु अर्थात् नर्कवासीलाई स्वर्गवासी बनाउनु। देवताहरू पावन हुन्छन्, तब त उनीहरूका अगाडि ढोग्छन्। तिमी अहिले कसैलाई पनि ढोग्न सक्दैनौ, नियम छैन। बाँकी युक्तिले चल्नुपर्छ। साधुहरू आफूलाई उच्च पवित्र सम्झन्छन्, अरूलाई अपवित्र नीच सम्झन्छन्। हुन त तिमीलाई थाहा छ– हामी सबैभन्दा उच्च हौं तर कसैले हात जोड्यो भने जवाफ दिनुपर्छ। हरिओम् तत्सत् भन्छन् भने त्यस्तै भन्नुपर्ने हुन्छ। युक्तिले चलेनौ भने उनीहरू हातमा आउँदैनन् वा साथ दिँदैनन्। धेरै युक्ति चाहिन्छ। जब मृत्यु शिरमाथि आउँछ तब सबै भगवानको नाम लिन्छन्। आजकाल दुर्घटनाहरू त धेरै भइरहन्छन्। बिस्तारै बिस्तारै आगो फैलिन्छ। आगो सुरु हुन्छ बेलायतबाट फेरि बिस्तारैबिस्तारै सारा दुनियाँ जल्छ। अन्त्यमा तिमी बच्चाहरू नै रहन्छौ। तिम्रो आत्मा पवित्र हुन्छ अनि फेरि तिमीलाई त्यहाँ नयाँ दुनियाँ मिल्छ। दुनियाँको नयाँ नोट तिमी बच्चाहरूलाई मिल्छ। तिमीले राज्य गर्छौ। अलाउद्दीनको बत्ती पनि प्रख्यात छ नि। यस्तो नोट गर्नाले अथाह सम्पत्ति (कारुनको खजाना) मिल्छ। हो पनि अवश्य। तिमीलाई थाहा छ– शिवबाबा (अल्लाह अवलद्दीन)ले तुरुन्तै इसाराद्वारा साक्षात्कार गराउनुहुन्छ। केवल तिमी शिवबाबालाई याद गर तब सबै साक्षात्कार हुन्छ। नवधा भक्तिबाट पनि साक्षात्कार हुन्छ नि। यहाँ तिमीलाई लक्ष्य-उद्देश्यको साक्षात्कार त हुन्छ नै, फेरि तिमी बाबालाई, स्वर्गलाई धेरै याद गर्छौ। घरी घरी देख्दै जान्छौ। जो बाबाको यादमा र ज्ञानमा मस्त हुन्छन् उनै अन्त्यको सबै सिन-सिनरी (दृश्य) देख्न सक्छन्। लक्ष्य ठुलो छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु, सानिमाको घर (सहज) होइन। धेरै मेहनत छ। याद नै मुख्य छ। जसरी बाबा दिव्यदृष्टिदाता हुनुहुन्छ, त्यस्तै स्वयं आफ्नो लागि दिव्य दृष्टिदाता बन्छन्। जसरी भक्तिमार्गमा तीब्र रूपले याद गर्छन् भने साक्षात्कार हुन्छ। आफ्नो मेहनतले मानौं दिव्यदृष्टिदाता बन्छौ। तिमी पनि यादको मेहनतमा रहन्छौ भने धेरै खुसीमा रहन्छौ साक्षात्कार हुँदै जान्छ। यो सारा दुनियाँ भुलियोस्। मनमनाभव होस्। बाँकी के चाहियो? योगबलबाट फेरि तिमीले आफ्नो शरीर छोडिदिन्छौ। भक्तिमा पनि मेहनत हुन्छ, यसमा पनि मेहनत चाहिन्छ। मेहनतको मार्ग बाबाले धेरै फस्टक्लासको बताइरहनुहुन्छ। आफूलाई आत्मा सम्झिनाले फेरि देहको भान नै रहँदैन, मानौं बाबासमान बन्छौ साक्षात्कार गरिरहने छौ, खुसी पनि धेरै हुन्छ। रिजल्ट सारा पछाडिको गायन गरिएको हो। आफ्नो नाम-रूपबाट पनि अलग हुनुपर्छ भने फेरि अरूको नाम-रूपलाई याद गर्नाले के हालत होला। ज्ञान त धेरै सरल छ। प्राचीन भारतवर्षको योग जुन छ, जादु त्यसमा छ। बाबाले सम्झाउनुभएको छ, ब्रह्मज्ञानी पनि यसरी शरीर छोड्छन्। हामी आत्मा हौं, परमात्मामा लीन हुनुछ। लीन कोही हुँदैनन्। हुन् ब्रह्म ज्ञानी। बाबाले देखेका छन् बस्दाबस्दै शरीर छोड्छन्। वायुमण्डल धेरै शान्त रहन्छ, सन्नाटा हुन जान्छ। सन्नाटा पनि उनलाई महसुस हुन्छ जो ज्ञानमार्गमा हुन्छन्, ती शान्तिमा रहन्छन्। बाँकी कति बच्चाहरू त अहिले बच्चै छन्। घरी घरी गिर्छन्, यसमा धेरै धेरै गुप्त मेहनत छ। भक्तिमार्गको मेहनत प्रत्यक्ष हुन्छ। माला जप, कोठामा बसेर भक्ति गर। यहाँ त हिँडदा-डुल्दा तिमी यादमा रहन्छौ। यसले राज्यभाग्य लिइरहेको छ भन्ने कसैलाई पनि थाहा हुँदैन। योगबाट नै सारा हिसाबकिताब चुक्ता गर्नुछ। ज्ञानबाट कहाँ चुक्ता हुन्छ। हिसाबकिताव चुक्ता हुन्छ यादबाट। कर्मभोग यादबाट चुक्ता हुन्छ। यो हो गुप्त। बाबा सबै कुरा गुप्त सिकाउनुहुन्छ। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) मनसा-वाचा-कर्मणा कहिल्यै पनि क्रोध गर्नुछैन। यी तीन झ्यालको धेरै ध्यान राख्नुछ। वाचा अधिक चलाउनुछैन। एक-अर्कालाई दु:ख दिनुछैन।

२) ज्ञान र योगमा मस्त रहेर अन्तिम सिन-सिनरी देख्नुछ। आफ्नो वा अरूको नाम-रूपलाई भुलेर म आत्मा हुँ, यस स्मृतिबाट देह भानलाई समाप्त गर्नुछ।

वरदान:–
स्नेहको वाणद्वारा स्नेहमा घायल गर्ने , स्नेह र प्राप्ति सम्पन्न , ल भभ लीन आत्मा भव

जसरी लौकिक रीतिले कोही कसैको स्नेहमा लभलीन हुन्छ भने उसको अनुहारबाट, नयनबाट, वाणीबाट अनुभव हुन्छ यो लभलीन छ– आशिक हो। त्यस्तै जब स्टेजमा जान्छौ, तब जति आफूभित्र बाबाको स्नेह इमर्ज हुन्छ, त्यति नै स्नेहको वाण अरूलाई पनि स्नेहमा घायल गरिदिन्छ। भाषणको लिङ्क सोच्नु, प्वाइन्ट दोहोर्याउनु– यो स्वरूप नहोस्। स्नेह र प्राप्तिको सम्पन्न स्वरूप, लभलीन स्वरूप होस्। अथोरिटी भएर बोल्नाले त्यसको प्रभाव पर्छ।

स्लोगन:–
सम्पूर्णताद्वारा समाप्तिको समयलाई नजिक ल्याऊ।