31.05.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– जबसम्म जिउ नुछ तबसम्म पढ्नु र पढाउ नुछ , खुसी र पदको आधार हो पढाइ।”

प्रश्न:–
सर्भिसको सफलताको लागि मुख्य कुन गुण चाहिन्छ?

उत्तर:–
सहनशीलताको। हरेक कुरामा सहनशील बनेर आपसमा सङ्गठन बनाएर सर्भिस गर। भाषण आदिको प्रोग्राम लिएर आऊ। मानिसहरूलाई निद्राबाट जगाउनको लागि अनेक प्रबन्ध निस्कन्छन्। जो तकदिरवान बन्नेवाला छन् उनीहरूले पढाइ पनि रुचिले पढ्छन्।

गीत:–
हमें उन राहों पर चलना है......

ओम् शान्ति ।
के विचार गरेर तिमी बच्चाहरू यहाँ मधुबनमा आउँछौ! के पढाइ पढ्न आउँछौ? कसको पासमा? (बापदादाको पासमा) यो हो नयाँ कुरा। कहिल्यै पनि यस्तो सुन्यौ– बापदादाको पासमा पढ्न जान्छौँ, त्यसमा पनि बापदादा दुवै सँगै हुनुहुन्छ। आश्चर्य छ नि। तिमी वन्डरफुल बाबाका सन्तान हौ। तिमी बच्चाहरूलाई पनि न रचयिता, न रचनाको आदि-मध्य-अन्त्य थाहा थियो। अहिले उहाँ रचयिता र त्यो रचनालाई तिमीले नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ। जति जानेका छौ र जति जसलाई सम्झाउँछौ त्यति खुसी र भविष्यको पद हुन्छ। मूल कुरा हो– अहिले हामीले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौँ। केवल हामी ब्राह्मण-ब्राह्मणीहरूले मात्र जान्दछौँ। जबसम्म जिउनुछ, आफूलाई निश्चय गर्नुछ– हामी बी. के. हौँ र शिवबाबाबाट सारा विश्वको वर्सा लिइरहेका छौँ। पूरा रीतिले पढ्छौँ वा कम पढ्छौँ, त्यो कुरा अलग हो, फेरि पनि जानेका त छौँ नि। हामी उहाँका बच्चा हौँ फेरि प्रश्न उठ्छ पढ्ने अथवा नपढ्ने। त्यस अनुसार नै पद मिल्छ। गोदमा आयौ निश्चय त छ– हामी राज्य भाग्यका हकदार बन्यौँ। फेरि पढाइमा पनि रात-दिनको फरक पर्छ। कसैले त राम्रोसँग पढ्छन् र पढाउँछन्, अरू केही ख्यालमा आउँदैन। बस् पढ्नु र पढाउनुछ, यो अन्त्यसम्म चल्नुछ। स्टुडेन्ट लाइफमा अन्त्यसम्म कुनै पढाइ चल्दैन। समय हुन्छ। तिमीहरूलाई त बाँचुञ्जेलसम्म पढ्नु र पढाउनुछ। आफैसँग सोध्नुछ– कतिलाई बाबा रचयिताको परिचय दिएको छु? मानिस त मानिस नै हुन्। देख्दा कुनै फरक छैन। शरीरमा फरक छैन। भित्र बुद्धिमा यो पढाइ गुञ्जिरहन्छ। जति जसले पढ्छ, त्यति उसलाई खुसी पनि हुन्छ। भित्र यो हुन्छ– म नयाँ विश्वको मालिक बन्छु। अब हामी स्वर्ग द्वार जान्छौँ। आफ्नो दिललाई सदैव सोधिराख, ममा अरूमाभन्दा कति फरक छ? बाबाले हामीलाई आफ्नो बनाउनुभएको छ, हामी केबाट के बन्छौँ। यो पढाइमा नै आधारित छ। पढाइबाट मानिस कति उच्च बन्छन्। ती त सबै अल्पकाल क्षणभङ्गुरका पदहरू हुन्। त्यसमा केही पनि राखेको छैन। मानौँ कुनै कामको छैन। लक्षण केही पनि थिएनन्। अब यो पढाइबाट कति उच्च बन्छौँ। सारा अटेन्सन पढाइमा दिनुछ। जसको तकदिरमा छ उसको दिल पढाइमा लाग्छ। अरूलाई पनि पढाइको लागि भिन्न भिन्न रीतिले पुरुषार्थ गराइरहन्छन्। दिल हुन्छ– उनीहरूलाई पढाएर वैकुण्ठको मालिक बनाऔँ। मानिसहरूलाई निद्राबाट जगाउनको लागि कति मेहनत गरिरहन्छन् र गराइरहन्छन्। यो प्रदर्शनी आदि त केही होइन, पछि गएर सम्झाउनको लागि अरू व्यवस्था निस्कन्छन्। अहिले बाबाले पावन बनाइरहनुभएको छ भने बाबाको शिक्षामा अटेन्सन दिनुपर्छ। हरेक कुरामा सहनशील पनि हुनुपर्छ। आपसमा मिलेर सङ्गठन गरेर भाषणहरू आदिका प्रोग्राम राख्नुपर्छ। एक अल्फमा ( बाबामा) पनि हामीले धेरै राम्रोसँग सम्झाउन सक्छौँ। सबैभन्दा उच्च भगवान को हुनुहुन्छ? एक अल्फमा तिमीले दुई घण्टा भाषण गर्न सक्छौ। यो पनि तिमीलाई थाहा छ– अल्फलाई याद गर्नाले खुसी हुन्छ। यदि बच्चाहरूको यादको यात्रामा अटेन्सन कम छ, अल्फलाई याद गर्दैनन् भने अवश्य नोक्सान हुन्छ। सारा यादमा आधारित छ। याद गर्नाले एकदम हेभनमा जान्छौ। याद बिर्सनाले नै गिर्छौ। यी कुराहरू अरू कसैले बुझ्न सक्दैनन्। शिवबाबालाई त चिनेकै छैनन्। हुन त कसैले जतिसुकै भड्किलो पाराले पूजा गर्छन्, याद गर्छन् फेरि पनि बुझ्दैनन्।

तिमीहरूलाई बाबाबाट धेरै उत्तम जागिर (उपहार) मिल्छ। भक्ति मार्गमा श्रीकृष्णको साक्षात्कार गर्नको लागि कति मेहनत गर्छन्, ठीक छ दर्शन भयो फेरि के भयो? फाइदा त केही पनि भएन। दुनियाँ हेर कुन कुरामा चलिरहेको छ। तिमीले मानौँ उखुको गुलियो रस पिउँछौ, बाँकी सबैले बोक्रा चुस्छन्। तिमी अहिले उखुको गुलियो रस पिएर, पूरा पेट भरेर आधाकल्प सुख पाउँछौ, बाँकी सबै भक्तिमार्गका बोक्राहरू चुस्दै तल ओर्लँदै आउँछन्। अब बाबाले कति प्यारले पुरुषार्थ गराउनुहुन्छ। तर तकदिरमा छैन भने अटेन्सन दिँदैनन्। न स्वयं अटेन्सन दिन्छन्, न अरूलाई गर्न दिन्छन्। न स्वयं अमृत पिउँछन्, न पिउन दिन्छन्। धेरैको यस्तो गतिविधि चल्छ। यदि पूरा रीतिले पढ्दैनन्, रहमदिल (दयालु) बन्दैनन्, कसैको कल्याण गर्दैनन् भने उनीहरूले के पद पाउँछन्! पढ्ने र पढाउनेले कति उच्च पद पाउँछन्। पढ्दैनन् भने के पद हुन्छ– त्यो रिजल्ट पनि पछि गएर थाहा हुन्छ। फेरि बुझ्नेछन्– वास्तवमा बाबाले हामीलाई कति वार्निङ (चेतावनी) दिनुहुन्थ्यो। यहाँ बसेका छौ, बुद्धिमा रहनुपर्छ– हामी बेहदका बाबाको पासमा बसेका छौँ। उहाँले हामीलाई माथिबाट आएर यो शरीरद्वारा कल्प पहिला जसरी पढाउनुहुन्छ। अहिले हामी फेरि बाबाको अगाडि बसेका छौँ। उहाँसँगै हामीलाई चल्नुछ। छोडेर जानुछैन। बाबाले हामीलाई साथै लैजानुहुन्छ। यो पुरानो दुनियाँ विनाश हुन्छ। यी कुराहरू अरू कसैले जान्दैनन्। पछि गएर जान्नेछन्, अवश्य पुरानो दुनियाँ खतम हुनुछ। मिल्ने त केही पनि होइन। यी कुराहरू अरू कसैले जान्दैनन्। टु लेट (धेरै ढिलो) हुनेछ। हिसाबकिताब चुक्ता गरेर सबैलाई फर्केर जानुछ। यो पनि जो सेन्सिबल बच्चाहरू छन् उनीहरूले नै जान्दछन्। बच्चा ती हुन् जो सर्भिसमा उपस्थित हुन्छन्। माता-पितालाई फलो गर्छन्। जसरी बाबाले रुहानी सेवा गर्नुहुन्छ त्यसैगरी तिमीहरूले गर्नुछ। कति बच्चाहरू छन् जसलाई यो धुन लागिरहन्छ, जसको बाबाले महिमा गर्नुहुन्छ, उनीहरू जस्तै बन्नुछ। मिल्न त टिचर सबैलाई मिल्छन्। यहाँ पनि सबै आउँछन्। यहाँ त ठुलो टिचर बस्नुभएको छ। बाबालाई याद नै गर्दैनन् भने सुध्रन्छन् कसरी। नलेज त धेरै सहज छ। ८४ जन्मको चक्र कति सहज छ। तर कति मेहनत गर्नुपर्छ। बाबाले कति सहज कुरा सम्झाउनुहुन्छ। बाबालाई र ८४ को चक्रलाई याद गर तब बेडा पार हुन्छ। यो म्यासेज (सन्देश) सबैलाई दिनुछ। आफ्नो दिललाई सोध– कहाँसम्म म्यासेन्जर बनेको छु? जति धेरैलाई जगाउँछु त्यति इनाम मिल्छ, यदि जगाउँदिनँ भने अवश्य कतै सुतेको छु, फेरि मलाई यति उच्च पद त मिल्दैन। बाबा दिनहुँ भन्नुहुन्छ– साँझमा आफ्नो सारा दिनको पोतामेल निकाल। सर्भिसमा पनि रहनुछ। मूल कुरा हो बाबाको परिचय दिनु। बाबाले नै विश्वलाई स्वर्ग बनाउनुभएको थियो। अहिले नर्क छ फेरि स्वर्ग हुन्छ। चक्र त घुम्नुछ। तमोप्रधानबाट सतोप्रधान बन्नुछ। बाबालाई याद गर तब विकार निस्कन्छन्। सत्ययुगमा धेरै कम हुन्छन्। फेरि रावण राज्यमा कति वृद्धि हुन्छ। सत्ययुग सुरुमा ९ लाख हुन्छन् फेरि बिस्तारै बिस्तारै वृद्धि हुन्छन्। जो पहिला पावन थिए उनीहरू नै फेरि पतित बन्छन्। सत्ययुगमा देवताहरूको पवित्र प्रवृत्तिमार्ग थियो। उनीहरू नै फेरि अपवित्र प्रवृत्तिका बनेका छन्। ड्रामा अनुसार यो चक्र घुम्नु नै छ। अब फेरि तिमी पवित्र प्रवृत्ति मार्गका बनिरहेका छौ। बाबाले नै आएर पवित्र बनाउनुहुन्छ। भन्नुहुन्छ– मलाई याद गर अनिमात्र विकर्म विनाश हुन्छन्। तिमी आधाकल्प पवित्र थियौ फेरि रावण राज्यमा तिमी पतित छौ। यो पनि तिमीले अहिले बुझेका छौ। हामी पनि बिल्कुल वर्थ नट ए पेनी (कौडी बराबर) थियौँ। अहिले कति नलेज मिलेको छ। जसबाट हामी केबाट के बन्छौँ! बाँकी जे जति यतिका धर्म छन्, यी सबै खतम हुनुछ। सबै मर्छन् यसरी, जसरी जनावर मर्छन्। जस्तै हिउँ पर्दा कति जनावर पन्छी आदि मर्छन्। नेचुरल क्यालेमिटीज (प्राकृतिक प्रकोपहरू) पनि आउँछन्। यो सबै खतम हुनेछ। यी सबै मरे बराबर छन्। तिमीले यी आँखाले जे जति देख्छौ त्यो फेरि हुँदैन। नयाँ दुनियाँमा बिल्कुलै थोरै रहन्छन्। यो ज्ञान तिमीहरूको बुद्धिमा छ, ज्ञानका सागर बाबाले नै तिमीहरूलाई ज्ञानको वर्सा दिइरहनुभएको छ। तिमीलाई थाहा छ– सारा दुनियाँमा फोहोरै फोहोर छ। हामी पनि फोहोरमा मैला भएका थियौँ। बाबाले फोहोरबाट निकालेर अहिले कति सुन्दर बनाइरहनुभएको छ। हामीले यो शरीर छोड्छौँ, आत्मा पवित्र हुन्छ।

बाबाले सबैलाई एकरस पढाइ पढाउनुहुन्छ तर कतिको बुद्धि बिल्कुल जड छ, केही पनि बुझ्न सक्दैनन्। यो पनि ड्रामामा निश्चित छ। बाबा भन्नुहुन्छ– यिनको तकदिरमा छैन भने मैले पनि के गर्न सक्छु। मैले त सबैलाई एकरस पढाउँछु। पढ्छन् नम्बरवार। कसैले राम्रोसँग बुझेर अरूलाई सम्झाउँछन्, अरूको पनि जीवन हीरासमान बनाउँछन्। कसैले त बनाउँदैनन्। उल्टै कति अहङ्कार हुन्छ। जस्तै वैज्ञानिकहरूलाई उनीहरूको माइन्डको कति घमण्ड छ, टाढा टाढा आकाशलाई, समुद्रलाई हेर्न चाहन्छन्। बाबा भन्नुहुन्छ– यसबाट कुनै फाइदा नै छैन। मुफतमा साइन्स घमण्डी वैज्ञानिकहरूले आफ्नो दिमाग खराब गरिरहेका छन्। धेरैभन्दा धेरै तलब उनीहरूलाई मिल्छ, सबै वेस्ट गरिरहन्छन्। यस्तो होइन– सुनको द्वारिका कुनै तलबाट निस्कन्छ। यो त ड्रामाको चक्र हो जुन घुमिरहन्छ। फेरि हामीले समयमा आफ्नो महल गएर बनाउँछौँ– नयाँ दुनियाँमा। कतिले आश्चर्य खान्छन्, के यस्तै घर फेरि बन्छन्। अवश्य, बाबाले देखाउनुहुन्छ– तिमीले फेरि यस्तै सुनका महल बनाउँछौ। त्यहाँ त सुन धेरै हुन्छ। अहिलेसम्म पनि कतै कतै धेरै सुनका पहाडहरू छन् तर सुन निकाल्न सक्दैनन्। नयाँ दुनियाँमा त सुनका अथाह खानीहरू थिए, ती खतम भए। अहिले हेर हीराको दाम पनि कति छ। आज यति दाम, भोलि पत्थरसमान हुनेछ। बाबाले तिमी बच्चाहरूलाई धेरै वन्डरफुल कुराहरू सुनाउनुहुन्छ र साक्षात्कार पनि गराउनुहुन्छ। तिमी बच्चाहरूको अब बुद्धिमा यही रहनुछ– हामी आत्माहरूले आफ्नो घर छोडेको ५ हजार वर्ष भयो जसलाई मुक्तिधाम भनिन्छ। भक्तिमार्गमा मुक्तिको लागि कति मेहनत गर्छन् तर अहिले तिमीले बुझेका छौ– बाबाबाहेक अरू कसैले मुक्ति दिन सक्दैनन्। साथ लैजान सक्दैनन्। अहिले तिमी बच्चाहरूको बुद्धिमा नयाँ दुनियाँ छ, थाहा छ– यो चक्र घुम्नुछ, तिमीहरू अरू कुनै कुरामा जानुछैन। केवल बाबालाई याद गर्नुछ, सबैलाई यही भनिराख– बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। बाबाले तिमीहरूलाई स्वर्गको मालिक बनाउनुभएको थियो नि। तिमीले मेरो शिवजयन्ती पनि मनाउँछौ। कति वर्ष भयो? ५ हजार वर्षको कुरा हो। तिमी स्वर्गवासी बनेका थियौ फेरि ८४ को चक्कर लगाएका छौ। यो पनि ड्रामा बनेको छ। म आएर तिमीहरूलाई यो सृष्टि चक्रको विषयमा सम्झाउँछु। अहिले तिमी बच्चाहरूलाई धेरै राम्रोसँग स्मृति आएको छ। हामी सबैभन्दा उच्च पार्टधारी हौँ। हाम्रो पार्ट बाबासँग छ, हामी बाबाको श्रीमतमा बाबाको यादमा रहेर अरूलाई पनि आफूसमान बनाउँछौँ। जो कल्प पहिला थिए उनीहरू नै बन्छन्। साक्षी भएर हेरिरहन्छौँ र पुरुषार्थ पनि गराइरहन्छौँ। सदा उमङ्गमा रहनको लागि दिनहुँ एकान्तमा बसेर आफैसँग कुरा गर। बाँकी केही समय यो अशान्त दुनियाँमा छौँ, त्यसपछि त अशान्तिको नामै रहँदैन। कसैले मुखबाट भन्न सक्दैन– मनको शान्ति कसरी मिल्छ। शान्तिको लागि त जान्छन् तर शान्तिका सागर त एक बाबा मात्रै हुनुहुन्छ, अरू कसैसँग यो वस्तु छैन। तिमी बच्चाहरूको बुद्धिमा गुञ्जिनुपर्छ– रचयिता र रचनालाई जान्नु– यो हो ज्ञान। त्यो शान्तिको लागि, त्यो सुखको लागि। सुख हुन्छ धनबाट। धन छैन भने मानिस कामको हुँदैन। धनको लागि मानिसले कति पाप गर्छन्। बाबाले अथाह धन दिनुभएको छ। स्वर्ग सुनको, नर्क पत्थरको। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) समय निकालेर एकान्तमा आफूले आफैसँग कुरा गरेर आफूलाई उमङ्गमा ल्याउनुछ। आफूसमान बनाउने सेवाका साथसाथै साक्षी भएर हरेकको पार्टलाई हेर्ने अभ्यास गर्नुछ।

२) बाबालाई याद गरेर आफूले आफैलाई सुधार्नुछ। आफ्नो दिललाई सोध्नु छ– म म्यासेन्जर बनेको छु, कतिलाई आफूसमान बनाएको छु?

वरदान:–
श्रेष्ठ पुरुषार्थद्वारा फाइनल रिजल्टमा फस्ट नम्बर लिने उड्ता पन्छी भव

फाइनल रिजल्टमा फस्ट नम्बर लिनको लागि:– १- दिलको अविनाशी वैराग्यद्वारा बितेका कुराहरूलाई, संस्कार रूपी बीजलाई जलाइदेऊ। २- अमृतवेलादेखि रातीसम्म ईश्वरीय नियमहरू र मर्यादाहरूको सदा पालन गर्ने व्रत लेऊ र ३- मनसाद्वारा, वाणीद्वारा वा सम्बन्ध सम्पर्कद्वारा निरन्तर महादानी र पुण्य आत्मा बनेर दानपुण्य गरिराख। यस्तो श्रेष्ठ हाई जम्प लगाउने पुरुषार्थ भएपछि उड्ता पन्छी बनेर फाइनल रिजल्टमा नम्बर वन बन्न सक्छौ।

स्लोगन:–
वृत्तिद्वारा वायुमण्डललाई पावरफुल बनाउनु– यही लास्टको पुरुषार्थ वा सर्भिस हो।