31.05.26 Avyakt Bapdada Nepali Murli 15.03.2010 Om Shanti Madhuban
परमात्म प्यारका
पात्र आत्माहरू ! दुःखीहरूलाई सुखको अञ्जुली देऊ , व्यर्थलाई समाप्त गर ेर समर्थ बन
र समयलाई समीप ल्याऊ
आज बापदादाले आफ्ना
चारैतिरका परमात्म प्रिय बच्चाहरूलाई देखिरहनुभएको छ। यस्ता परमात्म प्रिय बच्चाहरू
करोडौँमा कोही छन् किनकि यस समयमा नै परमात्म प्यारको अनुभव गर्न सक्छन्, सारा
कल्पमा आत्माहरूको प्यार, महात्माहरूको, धर्मात्माहरूको प्यार अनुभव गरेका छौ तर
परमात्म प्यार केवल अब सङ्गमयुगमा प्राप्त हुन्छ जुन तिमी सबै बच्चाहरूले अनुभव
गरिरहेका छौ। कसैले तिमीलाई परमात्मा कहाँ हुनुहुन्छ भनेर सोध्यो भने के जवाफ दिन्छौ?
भन्छौ मसँगै हुनुहुन्छ। मसँग नै रहनुहुन्छ। मेरो दिलमा नै रहनुहुन्छ। यस्तो अनुभव
गरिरहेका छौ नि! तिमीलाई नै थाहा छ र तिमीलाई नै यस प्यारको अनुभव छ– बाबा हाम्रो
दिलमा हुनुहुन्छ र बाबाको दिलमा हामी रहन्छौँ। जान्दछौ– यो परमात्म प्यारको नसा
अनुभव गर्ने भाग्य हामीलाई नै प्राप्त भएको छ। कसैसँग पनि प्यार भयो भने त्यसको
निसानी के हुन्छ? त्यसको निसानी हो उहाँमाथि कुर्बान हुनु। त्यसैले परमपिता परमात्मा
तिमी बच्चाहरूबाट के चाहनुहुन्छ, त्यो त तिमी सबैलाई थाहा छ। बाबाको हरेक बच्चाप्रति
यही चाहना छ– मेरो एक एक बच्चा बाबासमान बनोस्। जस्तो बाबा त्यस्तै बच्चाहरूको पनि
श्रेष्ठ स्थिति बनोस्। त्यो श्रेष्ठ स्थिति के हो? सम्पूर्ण पवित्रताको स्थिति।
यस्तो पवित्रता जहाँ स्वप्नमा पनि अपवित्रता आउन सक्दैन। यस्तो सम्पूर्ण पवित्र
स्थिति बनाइरहेका छौ? जुन सम्पूर्ण पवित्रतामा अपवित्रताको नामनिसान हुँदैन।
वर्तमान समय समीप आएको
कारण बापदादाले अहिले यही इसारा दिइरहनुभएको छ– समयको समीपता अनुसार व्यर्थ सङ्कल्प
यो पनि अपवित्रताको निसानी हो। दिनभरिमा यो पनि चेक गर– कुनै पनि अभिमानको वा
अपमानको व्यर्थ सङ्कल्पले आफूतिर त तान्दैन? किनकि चल्दाचल्दै बाबाले दिनुभएका
विशेषताहरूलाई आफ्नो विशेषता सम्झेर अभिमानमा आयौ भने यो पनि व्यर्थ सङ्कल्प भयो र
मेरोपनका अशुभ सङ्कल्प– म कम छैन, मैले पनि सबै जान्दछु, यो मेरो सङ्कल्प नै यथार्थ
हो, उच्च हो..., यो मेरोपनको अभिमानको सङ्कल्प यो पनि सूक्ष्म अपवित्रताको अंश हो।
त्यसैले आफूलाई चेक गर– कुनै पनि प्रकारको अपवित्रताको व्यर्थ सङ्कल्पको कुनै अंश त
रहेको छैन? किनकि अहिले पवित्र दुनियाँको स्थापनाको समय समीप ल्याउने तिमी परमात्म
प्यारा बच्चाहरू निमित्त हौ। त्यसैले जो निमित्त आत्माहरू छन् उनीहरूको भाइब्रेसन
चारैतिर फैलिन्छ। त्यसैले चेक गर– कुनै पनि प्रकारको व्यर्थ सङ्कल्पले पनि आफूतिर त
तान्दैन? किनकि अहिले पवित्र दुनियाँ, पवित्र राज्य समीप आइरहेको छ। दुःख र अशान्ति
चारैतिर भिन्न भिन्न स्वरूपमा बढिरहेको छ। त्यसको लागि पवित्रताको भाइब्रेसन आवश्यक
छ। दुःख अशान्तिको कारण अपवित्रता हो। त्यसैले अहिले अपवित्र आत्माहरूको र भक्त
आत्माहरूको डबल सेवा हुनुपर्छ। वाणीको सेवा त बापदादाले देख्नुभयो– चारैतिर धुमधामले
चलिरहेको छ, आफ्नो गुनासो पनि निकालिरहेका छौ। तर अहिले आत्माहरूलाई थप सकाश
चाहिन्छ। त्यो हो मनसा सेवाद्वारा सकाश दिनु, हिम्मत दिनु, उमङ्ग-उत्साह दिनु।
त्यसैले यस समयमा डबल सेवाको आवश्यकता छ। यसको लागि बापदादाले भन्नुभयो– हरेक
बच्चाले आफूलाई पूर्वज सम्झ। तिमीहरू यस कल्पवृक्षको जग, पूर्वज र पूज्य आत्माहरू
हौ। बापदादाले त दुःखी बच्चाहरूको आवाज सुनिरहनुहुन्छ। जति तिमीहरू सम्पूर्ण पवित्र
आत्मा बन्छौ त्यति तिमी बच्चाहरूकहाँ उनीहरूको पुकारको आवाज पुग्नुपर्छ। बनिरहेका
छौ, बनेका पनि छौ तर साथसाथै अब मनसा सेवालाई बढाउनुछ।
आज विश्वका आत्माहरूमा
सुख, शान्ति, सन्तोष घटिरहेको छ। त्यसैले तिमी परमात्म प्यारका पात्र आत्माहरूले अब
प्यारको, सन्तुष्टताको, खुसीको अञ्जुली दिन आवश्यक छ। दुःखीहरूलाई सुखको अञ्जुली
दिनुछ। एउटा त मनसा सेवाद्वारा सकाश देऊ र अर्को आफ्नो चेहरा र चालचलनद्वारा
बाबालाई प्रत्यक्ष गर। अहिले जुन सेवा गरिरहेका छौ र गरेका छौ, त्यसबाट बापदादा खुसी
हुनुहुन्छ, सेवामा चारैतिर उमङ्ग-उत्साह छ तर अझै एउटा सेवा बाँकी छ। अहिलेसम्म यो
आवाज त भएको छ– ब्रह्माकुमारीहरूले मनुष्य आत्मालाई राम्रो बनाइदिन्छन्, यो जुन
अशुद्ध व्यवहार छ, अशुद्ध व्यवहारबाट मुक्त गरिदिन्छन्, जुन सरकारले चाहन्छ युवा
समुहको लागि, त्यो सेवा धेरै राम्रो गर्छौ। तर अहिले बाबा आउनुभएको छ, परमात्मा
आउनुभएको छ, परमात्म ज्ञान यिनले दिइरहेका छन्, मेरो बाबा वर्सा दिन आउनुभएको छ,
अहिले बाबातिर नजर जाँदा उनीहरूलाई पनि परमात्म प्यार, परमात्माको आकर्षणले आकर्षित
गर्नेछ। राम्रो राम्रो त भएको छ तर परमात्मा बाबाको प्रत्यक्षताले आकर्षित गरेर
राम्रो बनाउनेछ। अब उनीहरूले बाबालाई चिनुन् र बुझून् जसलाई उनीहरूले याद गर्छन्
उहाँले ज्ञान दिइरहनुभएको छ, उहाँबाट वर्सा मिलिरहेको छ। त्यसैले अहिले मनसाद्वारा
बाबाको समीप ल्याऊ। आफ्नो चेहरा र चालचलनद्वारा, तिम्रा नयनहरूमा बाबाको प्रत्यक्षता
होस्। त्यसैले अहिले आपसमा यो योजना बनाऊ।
बापदादाले देख्नुभयो–
जुन योजना बापदादाले समय समयमा दिनुभएको छ त्यो बच्चाहरूले धेरै विधिपूर्वक,
उमङ्ग-उत्साहले गरेका छौ, गरिरहेका छौ, यसको लागि बापदादाले सबै बच्चाहरूलाई पदमपदम
गुणा बधाई दिइरहनुभएको छ। अब यसमा थप गरेर बुझाऊ– भगवानले वर्सा दिइरहनुभएको छ।
अहिले वर्सा लिएनन् भने कहिले लिनेछन्! यो दुःख, अशान्तिको वायुमण्डल देखेर बाबालाई
बच्चाहरूमाथि दया आउँछ। अनि बाबा र तिमीलाई थाहा छ– यो त अतिमा जानु नै छ। अतिविना
अन्त्य हुँदैन। यस्तो समयमा आत्माहरूलाई यो अनुभव गराऊ, केवल नसुनाऊ, अनुभव गराऊ–
भगवानले वर्सा दिइरहनुभएको छ। तिमी सबैले पनि यही सोध्छौ नि– यो बाबाको प्रत्यक्षता
कहिले र कसरी हुनेछ! त्यसैले ब्रह्माकुमारीहरूसम्म पुगेका छन् तर
ब्रह्माकुमारीहरूलाई सिकाउने को हुनुहुन्छ! ब्रह्माकुमारीहरूको, ब्रह्माकुमारहरूको
दाता को हुनुहुन्छ! अब समयलाई समीप ल्याउनुछ, समाप्ति गर्नुछ। समाप्तिलाई समीप
ल्याउने कसले हो? हरेक बच्चाले सम्झन्छौ नि– म नै निमित्त हुँ। बाबाले यो जिम्मेवारी
आफूसँगै बच्चाहरूलाई दिनुभएको छ। सन शोज फादर। पहिला कोही कोहीले बाबालाई चिने
त्यसैगरी हेर तिमी सबैले बाबालाई चिन्यौ त्यसपछि तिमीहरूले के गरेका छौ? चिन्यौ,
जान्यौ, अनि बच्चा बनेर वर्साको अधिकारी बन्यौ। अब वर्सा लिने आत्माहरूको लाइन
लाग्नुपर्छ। तर अब लाइन किन रोकिएको छ? किनकि कुनै कुनै बच्चाहरू अहिले व्यर्थ
सङ्कल्पहरूको लाइनमा लागेका छन्। किन, के, कसरी, अहिले यसको समाप्तिमा समय गुमाएका
छन् तर व्यर्थ समाप्त भएको छैन। व्यर्थले समर्थ बन्नमा अवरोध गर्छ।
आज बापदादाले व्यर्थ
सङ्कल्पहरूको समाप्ति गर्नको लागि सबै चारैतिरका बच्चाहरूलाई हिम्मत दिइरहनुभएको छ–
अहिलेदेखि व्यर्थलाई समाप्त गरेर सदा समर्थ बन, समर्थ बनाऊ। केवल सन्देश नदेऊ,
समर्थ बनाऊ, समर्थ बन, समर्थ बनाऊ। व्यर्थको समाप्ति दिवस मनाऊ। हुन सक्छ? त्यसैले
सम्झन्छौ– व्यर्थ सङ्कल्पले आफूलाई पनि नोक्सान पार्छन्, समय बर्बाद गर्छन्,
अनुहारमा सदा खुसी र भाग्यको अनुभव कम गराउँछन्! त्यसैले अब समाप्तिको समय समीप
ल्याउनुछ, कसले? तिमीहरूले हो नि! जसले सम्झन्छौ– अब समाप्तिको समयलाई समीप
ल्याउनुछ, त्यसको लागि व्यर्थलाई समाप्त गर्नु नै छ, गर्नुछ होइन, गर्नु नै छ,
स्वप्नमा पनि नआओस्, सङ्कल्पमा त छोड तर स्वप्नमा पनि नआओस्, जसले आफूलाई यस्ता
हिम्मतिला बच्चा सम्झन्छौ उनले हात उठाऊ। मनको हात उठाइरहेका छौ नि! पाखुराको हात
उठाउन त धेरै सहज छ तर मनको हात उठाइरहेका छौ? जसले मनको हात उठाइरहेका छौ उनीहरूले
हात उठाऊ, मनको हात। अच्छा।
अहिले बापदादा सबै
बच्चाहरूलाई यो वरदान दिइरहनुभएको छ– तिमी सबै आउने नयाँ दुनियाँमा २१ जन्म सदा खुसी
रहनेछौ। मेहनत गर्नेछैनौ। दुनियाँका उल्झनहरूमा पर्नेछैनौ। जीवनमा, तन, मन, धन जे
चाहिन्छ त्यो सबै मिल्नेछ। तन तन्दुरुस्त, मन खुसी, धन अथाह– यसको तिमीलाई २१ जन्मको
ग्यारेन्टी छ। अच्छा, आजकालको जमानाको हिसाबले त कुराहरू धेरै परिवर्तन हुँदै
जान्छन्। सरकारका नियमहरू पनि परिवर्तन गर्नुछ, मानिसहरूको वृत्ति पनि परिवर्तन
गर्नुछ। त्यसैले हरेकको जीवनमा व्यर्थ कुराहरू त आउनु नै छ, त्यसैले व्यर्थलाई
समाप्त गर्नको लागि समर्थ सङ्कल्प चाहिन्छ। व्यर्थलाई समाप्त गर्नको लागि
सर्वश्रेष्ठ सङ्कल्प चाहिन्छ। त्यसैले दिनहुँको मुरलीमा जुन वरदान, स्लोगन आउँछ
त्यसलाई सुन। यो वरदान नै श्रेष्ठ सङ्कल्प हो। व्यर्थ आउँछ भने श्रेष्ठ सङ्कल्प मनमा
हुनुपर्छ। मन खाली रहन सक्दैन। मनलाई केही न केही सङ्कल्प चाहिन्छ। त्यसैले
वेस्टलाई बेस्ट बनाउन तिमीले तिम्रो मन परिवर्तन गर्नको लागि यी वरदान र स्लोगन
आदिका शब्दहरू चाहिन्छ। अर्को कुरा बिहान आँखा खुल्दा पहिला सुरुमा शिवबाबालाई
गुडमर्निङ भन। गुडमर्निङ भन्न सक्छौ? हेर, भनाइ छ– बिहानै कसैले कोही राम्रो मानिस
वा चिजलाई देखे भने दिनभरि राम्रोसँग बित्छ, कुनै नराम्रो मानिस वा चिजलाई देखे भने
के भन्छन्? भन्छन्– थाहा छैन कसको अनुहार देखेँ जसले गर्दा दिनभरि बिग्रियो। त्यसैले
राम्रोभन्दा राम्रो को हुनुहुन्छ? शिवबाबा। शिवबाबासँग प्यार छ नि। त्यसो हो भने
बिहान आँखा खुल्नासाथ शिवबाबा गुडमर्निङ भन र आँखा बन्द गर्दा राति, ओछ्यानमा
जानेबेलामा शिवबाबा गुडनाइट भन। यो त सहज छ नि। तिम्रो त्यो दिनभरि राम्रो हुनेछ
किनकि शुभसङ्कल्प पनि लियौ नि, वरदान पनि सुन्यौ। त्यसैले अब यस्तै गर्नु।
तिमीहरूसँग बापदादाको प्यार छ नि। त्यसैले यसो गरेमा तिमी अगाडि बढ्दै जानेछौ। आफ्नो
यस जीवनमा पनि खुसीको अनुभव गर्नेछौ। कहिल्यै दुःखको लहर आउनेछैन। त्यसैले अब
मन्जुर छ भने सहज योगी बन, बस्। म आत्मा हुँ, शिवबाबाको बच्चा हुँ, बस्, यस्तो
सहजयोगी। हिँड्दाडुल्दा यो याद गर– म आत्मा हुँ, शिवबाबाको बच्चा हुँ। यति याद गर्न
त सक्छौ नि। धेरै राम्रो।
तिमीहरू सबै जो वारिस
पनि हौ र वारिस बन्नेवाला पनि हौ। जसले आफूलाई बापदादाको पक्का वारिस सम्झन्छौ,
तिमीहरूले हात उठाऊ। वारिस हौ? भी.आई.पी. पनि सबैले हात उठाइरहेका छन्। ताली त बजाऊ।
अच्छा। अहिले वारिस क्वालिटीले आज आफैसँग यो दृढ सङ्कल्प गर्नेछन्, बापदादालाई यो
सङ्कल्प दिनेछन्– हामीले अहिल्यैदेखि, कहिलेदेखि होइन, अहिल्यैदेखि व्यर्थ
सङ्कल्पलाई समाप्त गरेर नै छोड्नेछौँ। मन्जुर छ। छ मन्जुर? मन्जुर छ भने हात उठाऊ।
दुईटा काम छन्। एउटा, सदा समर्थ बन्नु र अर्को, समयलाई समीप ल्याउनु। किनकि
बापदादाकहाँ बाबासँगको पुकार र दुःखको आहत धेरै सुनिन्छ। थाहा छैन तिमीकहाँ किन
सुनिँदैन। बापदादाले यसरी सुनिरहनुभएको छ भने तिमी बच्चाहरूलाई जसले आफूलाई वारिस
सम्झन्छौ, तिमीहरू वर्सा लिनेहरू हौ, त्यसैले वर्सा लिनेहरूलाई अरूलाई वर्सा
दिलाउनेमाथि दया आउनुपर्छ नि। दया किन आउँदैन? वैराग्य, बेहदको वैराग्य र दया
आउनुपर्छ। साना साना कुराहरूमा किन, केको लाइनमा टाइम दिनुहुँदैन। अब हे बापदादाका
सिकिलधे पदम-पदम वरदानहरूका वरदानी बच्चाहरू! अब सङ्कल्पलाई दृढ बनाऊ र दृढताको
साँचो लगाऊ। कर्मयोगी बन। कर्मयोगी जीवन बनाऊ। जीवन सदाकाल हुन्छ, कहिलेकाहीँ होइन।
त्यसैले अब आफ्नो कृपालु, दयालु, दुःखहर्ता, सुखदाता स्वरूपलाई इमर्ज गर। बापदादाले
अचानकको समयका विषयमा धेरैसमयदेखि बताउनुभएको छ। त्यसैले अचानक केही हुनुभन्दा पहिला
भक्तहरूको पुकार त पूरा गर। दुःखीहरूको दुःखको आवाज त सुन। अब हरेक साना ठुला विश्व
परिवर्तक आत्माहरूले आफूलाई विश्वको दुःख परिवर्तन गरेर सुखको दुनियाँ ल्याउन
जिम्मेवार सम्झ।
बापदादाको यो आउने
जाने पनि कहिलेसम्म हुन्छ? त्यसैले सबै अचानक हुनेछ। अब वारिस क्वालिटीका आत्माहरूले
वर्सा दिलाऊ, रहमदिल बन्ने पार्ट खेल। यस्तो नसोच– कहिलेसम्म होला! अचानक हुनेछ
त्यसैले व्यर्थलाई समाप्त गर्नु नै छ। हुनुछ होइन, गर्नु नै छ। बापदादाले परिणाम
देख्नुभयो, सबैको कर्महरूको गतिलाई चेक गर्नुभयो। पुरुषार्थको गतिलाई चेक गर्नुभयो।
खजानाको जम्माको खाता चेक गर्नुभयो। अनि परिणाममा के देख्नुभयो? जम्मा गर्ने
पुरुषार्थ धेरै राम्रो गरेका छन् तर जति जम्मा गर्छौ त्यसमा प्रतिशत भिन्न भिन्न छ।
जति सोच्छौ जम्मा गरेँ, जम्मा हुन्छ तर प्रतिशतमा, थोरै जम्मा हुन्छ, सदाको लागि
जम्मा हुँदैन। जति गर्छौ त्यो सदाको लागि जम्मा हुनमा फरक छ, त्यसैले बापदादा अहिले
एक एक कुरामा दृढ सङ्कल्प गराउनुहुन्छ। क्रोधमा गराउनुभयो, मनबाट पनि कसैप्रति हलचल
नहोस्। किन, के नहोस्। तर मुखबाट कोही कोहीले राम्रो नियन्त्रण गरेका छन्, तर मनबाट
अलिअलि चल्छ। मेटाउने कोसिस गरिरहेका छन् तैपनि बापदादा खुसी हुनुहुन्छ, अटेन्सन
गएको छ। बुझ्न थालेका छौ– यसमा मलाई नै नोक्सान छ। बुझ्यौ। अच्छा।
अहिले चारैतिरका
परमात्म प्रेमी बच्चाहरूलाई जो सदा बाबाको प्यारमा उडिरहन्छन्, तीव्र पुरुषार्थी
हुन् र सेवामा निर्विघ्न सच्चा सेवाधारी हुन्, यस्ता चारैतिरका बच्चाहरूलाई
बापदादाले पनि देखिरहनुभएको छ, साथसाथै टाढा रहेका बच्चाहरूलाई पनि देखिरहनुभएको छ
र यहाँ शान्तिवनमा पनि जसले ठाउँ ठाउँमा स्क्रिनमा हेरिरहेका छन्, सुनिरहेका छन्,
ती सबै बच्चाहरूलाई बापदादा सदाको लागि खुसी होऊ र खुसी बाँड, यो वरदान दिइरहनुभएको
छ। प्रसन्न अनुहार, कसैले पनि तिम्रो अनुहार देख्यो भने तिम्रो त्यो अनुहार देखेर
खुसी होस्। जस्तोसुकै होस्, तिम्रो प्रसन्न अनुहार देखेर आफू पनि खुसी होस्, यो
वरदान चारैतिरका बच्चाहरू वा जो सामुन्ने बसेका छन् ती सबैको लागि एउटा वरदान हो।
कहिल्यै अनुहार उदास नहोस्। तिमी उदास भयौ भने विश्वको हाल के होला! तिमी अनुहार सदा
हँसिलो र चालचलनमा प्रसन्नता रहनुछ र राख्नुछ। यस्ता सबै तीव्र पुरुषार्थी
बच्चाहरूलाई बापदादाको याद-प्यार एवं मीठा-प्यारा बच्चाहरूलाई नमस्ते। (रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
वरदान:–
आफ्नो स्वरूप
बाट बाबा र शिक्षकको अनुहार लाई प्रत्यक्ष गर्ने अनुभवीमूर्त भव
आफ्नो असली स्थितिमा
टिक्नु– यही यादको यात्रा हो। जो हौ, जसका हौ त्यसमा स्थित होऊ, यही असली स्वरूपको
निश्चय र अनेक पटकको विजयको स्मृतिले सदा नसाको स्थितिको सागरमा लहराइरहनेछौ।
सुखदाताका बच्चा हौ भने कसरी दुःखको लहर आउन सक्छ, सर्वशक्तिमानका बच्चा शक्तिहीन
हुन कसरी सक्छन्! यही स्थितिको अनुभवमा रह्यौ भने तिम्रो स्वरूपबाट बाबा र शिक्षकको
अनुहार स्वतः प्रत्यक्ष हुनेछ।
स्लोगन:–
सत्यवादी उही
हो, जसको चेहरा र चालचलनमा दिव्यता हुन्छ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
तिमी बच्चाहरू आफ्नो
यस भृकुटीको तख्तमा, अकालमूर्त स्थितिमा स्थित भयौ भने एकरस स्थितिको तख्तमा र
बापदादाको दिलतख्तमा विराजमान हुन सक्नेछौ। यस दैवी सङ्गठनको स्वरूपमा एकरस स्थितिको
प्रत्यक्ष रूपमा साक्षात्कार भएपछि बापदादाको प्रत्यक्षता समीप आउँछ, यसको लागि
हरेक बच्चा बापदादाका संस्कारहरूमा समान बन्नु पर्नेछ।