31.07.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
आफ्नो समय खेर फाल्नु हुँदैन। मनमा ज्ञानको स्मरण गरिरह्यौ भने निद्राजित बन्छौ ,
हाइ आदि आउँदैन।”
प्रश्न:–
तिमी बच्चाहरू
बाबामाथि किन स्वाहा भएका हौ? स्वाहा हुनुको अर्थ के हो?
उत्तर:–
स्वाहा हुनु
अर्थात् बाबाको यादमा लीन हुनु। जब यादमा लीन हुन पुग्छौ तब आत्मारूपी ब्याट्री
चार्ज हुन्छ। आत्मारूपी ब्याट्री निराकार बाबासँग जुटेपछि चार्ज हुन्छ, विकर्म
विनाश हुन्छ। कमाइ जम्मा हुन्छ।
ओम् शान्ति ।
रूहानी बाबा
बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ, अहिले यहाँ तिमी शरीरको साथमा बसेका छौ।
जानेका छौ– मृत्युलोकमा यो अन्तिम शरीर हो। फेरि के हुन्छ? फेरि बाबाको साथ
शान्तिधाममा सँगै हुन्छौ। यो शरीर हुनु छैन, फेरि स्वर्गमा आउने छौ, नम्बरवार
पुरुषार्थ अनुसार, सबै त सँगै आउँदैनन्। यो राजधानी स्थापना भइरहेको छ। जसरी बाबा
शान्तिका सागर, सुखका सागर हुनुहुन्छ, बच्चाहरूलाई पनि यस्तै शान्तिको, सुखको सागर
बनाउँदै हुनुहुन्छ। फेरि गएर शान्तिधाममा विराजमान हुनु छ। त्यसैले बाबालाई, घरलाई
अनि सुखधामलाई याद गर्नु छ। यहाँ तिमी जति जति यस अवस्थामा बस्छौ, त्यति तिम्रो
जन्मजन्मान्तरको पाप भस्म हुन्छ, यसलाई भनिन्छ योगाग्नि। संन्यासीहरूले कुनै
सर्वशक्तिमानसँग योग लगाउँदैनन्। उनले त निवासस्थान, ब्रह्मसँग योग लगाउँछन्। ती
हुन् तत्त्वयोगी, ब्रह्म अथवा तत्त्वसँग योग लगाउने। यहाँ जीव आत्माहरूको खेल हुन्छ,
त्यस परमधाममा केवल आत्माहरू रहन्छन्। त्यस परमधाममा जानको लागि सारा दुनियाँले
पुरुषार्थ गर्छन्। संन्यासीहरूले पनि भन्छन्– हामी ब्रह्ममा लीन हुन्छौं। यस्तो
होइन, हामी ब्रह्ममा गएर निवास गर्छौं। यो त तिमी बच्चाहरूले अब बुझिसकेका छौ।
भक्तिमार्गमा कति आवाज सुनिरहन्छन्। यहाँ त बाबा आएर केवल दुई शब्द नै सम्झाउनु
हुन्छ। जसरी मन्त्र जप्छन् नि। कसैले गुरुलाई याद गर्छन्, कसैले कसलाई याद गर्छन्।
विद्यार्थीहरूले शिक्षकलाई याद गर्छन्। अहिले तिमी बच्चाहरूलाई केवल बाबा अनि घरको
नै याद छ। बाबासँग तिमीले वर्सा लिन्छौ शान्तिधाम र सुखधामको। त्यही नै दिलमा याद
हुन्छ। मुखबाट केही बोल्नु छैन। बुद्धिद्वारा तिमीलाई थाहा छ– शान्तिधाम पछि हुन्छ
सुखधाम। हामी पहिला मुक्तिमा फेरि जीवनमुक्तिमा जान्छौं। मुक्ति-जीवनमुक्ति दाता
एउटै बाबा हुनुहुन्छ। बाबाले बच्चाहरूलाई बारम्बार सम्झाउनु हुन्छ– समय खेर फाल्नु
हुँदैन। जन्मजन्मान्तरको पापहरूको बोझ शिरमाथि छ। यस जन्मको पाप आदिको त स्मृति
हुन्छ। सत्ययुगमा यो कुरा हुँदैन। यहाँ बच्चाहरूले जानेका छौ– जन्मजन्मान्तरको पापको
बोझ छ। नम्बरवन हो काम विकारको विकर्म, जुन जन्मजन्मान्तर गर्दै आयौ, अनि बाबाको
निन्दा पनि धेरै गर्यौ। बाबा जसले सबैलाई सद्गति दिनु हुन्छ, उहाँको कति निन्दा
गर्यौ। यो सबै ध्यानमा राख्नु छ। अब जति हुन सक्छ, बाबालाई याद गर्ने पुरुषार्थ
गर्नु छ। वास्तवमा वाह सद्गुरु! भनिन्छ, गुरु पनि होइन। वाह गुरुको कुनै अर्थ छैन।
वाह सद्गुरु! मुक्ति-जीवनमुक्ति उहाँले नै दिनु हुन्छ नि। ती गुरुहरू त अनेक छन्।
यहाँ हुनुहुन्छ एक सद्गुरु। तिमीहरूले गुरु त धेरै बनाएका छौ। हर जन्ममा २-४ गुरु
बनाउँछन्। गुरु बनाएर फेरि अरू अरू स्थानमा जान्छन्। सायद यहाँ भन्दा राम्रो कुनै
मार्ग मिल्न सकोस्, परीक्षण गरिरहन्छन्, अरू अरू गुरुहरूसँग। तर केही पनि मिल्दैन।
अब तिमी बच्चाहरूलाई थाहा छ, यहाँ त रहनु छैन। सबैलाई जानु छ शान्तिधाम। बाबा तिम्रो
निमन्त्रणमा आउनु भएको छ। तिमीलाई याद दिलाउनु हुन्छ, तिमीले मलाई भन्यौ– आउनुहोस्,
हामीलाई पतितबाट पावन बनाउनुहोस्। पावन शान्तिधाम पनि हो, सुखधाम पनि हो। बोलाउँछन्,
हामीलाई घर लैजानुहोस्। घरको सबैलाई याद छ। आत्माले तुरुन्तै भन्छ– हाम्रो निवास
स्थान परमधाम हो। परमपिता परमात्मा पनि परमधाममा रहनु हुन्छ। म पनि परमधाममा रहन्छु।
अहिले बाबाले सम्झाउनु भएको छ– तिमीमाथि बृहस्पतिको दशा लागेको छ। यो हो बेहदको कुरा।
बेहदको दशा सबैमाथि लागेको छ। चक्र घुमिरहन्छ। हामी नै सुखबाट दु:खमा, फेरि दु:खबाट
सुखमा आउँछौं। शान्तिधाम, सुखधाम फेरि यो दु:खधाम। यो पनि अब तिमी बच्चाहरूले बुझेका
छौ, मनुष्यको बुद्धिमा त बस्दैन। अहिले बाबाले जीवन छँदै मर्न सिकाइरहनु भएको छ।
पुतलीहरू दीपकमा होमिन्छन्। कुनै त्यसमाथि प्रियतमा बनेर जल्छन्, होमिन्छन्। कुनै
फेरि चक्कर लगाएर जान्छन्। यो पनि ब्याट्री हो नि, सबैको बुद्धियोग उहाँ एकसँग छ।
निराकार बाबासँग मानौं ब्याट्री जुटेको छ। यस आत्माको त एकदम नजिक हुनुहुन्छ,
त्यसैले धेरै सहज हुन्छ। बाबालाई याद गर्यौ भने तिम्रो ब्याट्री चार्ज हुन्छ। तिमी
बच्चाहरूलाई थोरै मुस्किल हुन्छ, यिनलाई सहज छ। फेरि पनि यिनले पुरुषार्थ त
गर्नुपर्छ, जति तिमी बच्चाहरूले गर्नु पर्ने हुन्छ। यिनी जति नजिक छन्, त्यति फेरि
बोझ पनि धेरै छ। गायन पनि छ– जिनके माथे मामला... यिनीमाथि त धेरै जिम्मेवारी छ नि।
बाबा त हुनुहुन्छ नै सम्पूर्ण, यिनलाई सम्पूर्ण बन्नु छ, यिनले सबैको रेखदेख धेरै
गर्नु पर्ने हुन्छ। हुन त दुवै सँगै हुनुहुन्छ, तापनि ख्याल त हुन्छ नि।
बच्चीहरूमाथि कति अत्याचार हुन्छ, मानौं यिनलाई दु:ख हुन्छ। कर्मातीत अवस्था त पछि
गएर हुन्छ, त्यति बेलासम्म ख्याल आउँछ। बच्चीहरूको चिट्ठी आएन भने पनि ख्याल आउँछ–
बिमारी त भएनन्? सेवा समाचार आउँदा बाबाले अवश्य उनलाई याद गर्नुहुन्छ। बाबाले यस
तनद्वारा सेवा गर्नुहुन्छ। कहिले मुरली थोरै चल्छ, हुन त २-४ दिन मुरली नआए पनि
तिमीहरूसँग प्वाइन्ट हुन्छन्। तिमीले पनि आफ्नो डायरी हेर्नुपर्छ। ब्याजमा पनि
तिमीले राम्ररी सम्झाउन सक्छौ जब आदि सनातन देवी-देवता धर्म थियो, त्यतिबेला अरू
कुनै धर्म थिएन। कल्पवृक्ष पनि अवश्य साथमा हुनुपर्छ। भेराइटी धर्महरूको रहस्य
सम्झाउनु पर्ने हुन्छ। सुरुमा एक अद्वैत धर्म थियो। विश्वमा शान्ति, सुख, पवित्रता
थियो। बाबासँग नै वर्सा मिल्छ किनकि बाबा शान्तिको सागर, सुखको सागर हुनुहुन्छ नि।
पहिला तिमीले पनि केही जानेका थिएनौ। जसरी बाबाको बुद्धिमा यो सबै ज्ञान छ, तिमी पनि
त्यस्तै बन्छौ। सुखको, शान्तिको सागर तिमी पनि बन्छौ। आफ्नो चार्ट हेर्नु छ– कुन
कुरामा कमी छ? म वास्तवमा प्रेमको सागर छु, कुनै यस्तो आचरण त छैन जसबाट कोही
असन्तुष्ट हुन्छन्? आफूमाथि नजर राख्नु छ। यस्तो नसम्झ, बाबाले आशीर्वाद दिनु हुन्छ
अनि तिमी यो बन्छौ। होइन। बाबा भन्नुहुन्छ– म ड्रामा अनुसार आफ्नो समयमा आउँछु। मेरो
यो कल्प-कल्पको प्रोग्राम हो। यो ज्ञान अरू कसैले दिन सक्दैन। सतबाबा, सतशिक्षक,
सद्गुरु एउटै हुनुहुन्छ। तिम्रो विजय हुन्छ, यो पनि पक्का निश्चय छ। जुन यति धेरै
धर्म छन्, ती सबै रहने छैनन्। जब सत्ययुगी सूर्यवंशी घराना थियो, त्यतिबेला अरू कुनै
घराना थिएन, फेरि पनि यस्तै हुन्छ। सारा दिन यसरी आफूसँग कुरा गरिराख। ज्ञानका कुरा
मनमा फुर्नुपर्छ, खुसी हुनुपर्छ। बाबामा ज्ञान छ, त्यो तिमीलाई अहिले मिलिरहेको छ।
त्यसलाई धारण गर्नु छ, यसमा समय खेर फाल्नु हुँदैन। राती पनि समय मिल्छ। देखिन्छ–
आत्मा कर्मेन्द्रियहरूद्वारा काम गर्दा गर्दा थाक्छ, त्यसैले सुत्छ। बाबाले तिम्रो
भक्तिमार्गको सबै थकान हटाएर अथक बनाइदिनु हुन्छ। जसरी राती आत्मा थाकेकाले शरीरबाट
अलग हुन पुग्छ, जसलाई निद्रा भनिन्छ। को सुत्छ? आत्माको साथमा कर्मेन्द्रियहरू
सुत्छन्। राती सुत्दा पनि बाबालाई याद गरेर सुत्नुपर्छ। हुन सक्छ, पछि गएर दिन रात
तिमीहरू निद्राजित बन्छौ। फेरि यादमा नै हुन्छौ, धेरै खुसी हुन्छ। ८४ को चक्रलाई
चिन्तन गरिरहने छौ। हाइ वा उङ् आदि आउने छैन। हे निद्रालाई जित्नेवाला बच्चाहरू!
कमाइमा कहिल्यै पनि निदाउनु हुँदैन। जब ज्ञानमा मस्त हुन्छौ तब तिम्रो अवस्था
त्यस्तो हुन्छ। यहाँ तिमी थोरै समय बस्छौ, त्यसैले हाइ वा उङ् आउनु हुँदैन। अन्त
अन्त ध्यान गएपछि फेरि हाइ आउँछ।
तिमी बच्चाहरूले यो पनि ध्यानमा राख्नु छ– अरूलाई पनि आफू समान बनाउनु छ। प्रजा त
हुनुपर्छ नि। नत्र राजा कसरी बन्छौ? धन दिये धन ना खुटे... अरूलाई सम्झायौ, दान
दिइरह्यौ भने कहिल्यै घट्दैन। नत्र फेरि जम्मा हुने छैन। मानिसहरू त धेरै लोभी पनि
हुन्छन्। धनमा धेरै लडाइँ झगडा हुन्छ। यहाँ बाबा भन्नुहुन्छ– तिमीलाई मैले यो
अविनाशी धन दिन्छु, तिमीले फेरि अरूलाई दिँदै जाऊ। यसमा कञ्जुस बन्नु हुँदैन। दान
दिँदैनौ भने मानौं खाली छौ। यो कमाइ यस्तो छ, यसमा लडाइँ आदिको कुरा छैन, यसलाई
भनिन्छ गुप्त। तिमी हौ गुप्त यौद्धा। ५ विकारहरूसँग तिमी लड्छौ। तिमीलाई अज्ञात
योद्धा भनिन्छ। पैदल सेनाहरूको लस्कर धेरै लामो हुन्छ। यहाँ पनि यस्तै छन्, प्रजा
धेरै छन्, बाँकी क्याप्टेन, मेजर आदि सबै प्रकारका छन्। तिमी सेना हौ, त्यसमा पनि
नम्बरवार छन्। बाबा सम्झनु हुन्छ– यो कमान्डर हो, यो मेजर हो। महारथी, घोडसवार
हुन्छन् हैन? यो त बाबालाई थाहा छ– तीन प्रकारले सम्झाउनेवाला छन्। तिमीले व्यापार
गर्छौ, अविनाशी ज्ञान रत्नहरूको। जसरी तिनीहरूले पनि व्यापार सिकाउँछन्। गुरु
गइसकेपछि उनका पछि शिष्यहरूले चलाउँछन् नि। त्यो स्थूल हो, यो फेरि हो सूक्ष्म।
अनेक प्रकारका धर्म छन्। हरेकको आ-आफ्नो मत छ। तिमी पनि गएर उनीहरूको कुरा सुन्न
सक्छौ– तिनीहरूले के सिकाउँछन्, के के सुनाउँछन्? बाबाले त तिमीहरूलाई ८४ चक्रको
कहानी सम्झाउनु हुन्छ। तिमी बच्चाहरूलाई नै बाबा आएर वर्सा दिनु हुन्छ, यो ड्रामामा
निश्चित छ। अहिले कलियुगको अन्त्यसम्म आत्माहरू आइरहन्छन्, वृद्धि भइरहन्छ। बाबा यहाँ
भइञ्जेलसम्म सङ्ख्या बढ्दै जान्छ, फेरि यति सबै रहन्छन् कहाँ, खान्छन् कसरी? सबै
हिसाब राख्नुपर्छ नि। त्यहाँ त यति धेरै मनुष्य हुँदैनन्। खानेहरू नै थोरै, सबैको
आफ्नै खेती हुन्छ। अनाज राखेर के गर्ने? त्यहाँ बर्सात्को लागि यज्ञ आदि गर्नु
पर्दैन, जसरी यहाँ गर्छन्। अहिले बाबाले यज्ञ रच्नुभएको छ। सारा पुरानो सृष्टि
यज्ञमा स्वाहा हुन्छ। यो हो बेहदको यज्ञ। तिनीहरूले हदको यज्ञ रच्छन् बर्सातको लागि।
बर्सात भयो भने खुसी हुन्छन्, यज्ञ सफल भयो। भएन भने अनाज हुँदैन, अकाल पर्छ। हुन त
यज्ञ आदि रच्छन् तर पानी परेन भने के गर्न सक्छन्? आपद् त सबै आउनु नै छ। मुसलधारे
वर्षा, भूकम्प– यी सबै हुनु छ। ड्रामाको चक्रलाई तिमी बच्चाहरूले बुझेका छौ। यो
चक्र पनि धेरै ठुलो हुनुपर्छ। विज्ञापन ठुलो ठुलो स्थानमा लगाइयो भने ठुलाबडा
व्यक्तिहरूले पढ्छन्। सम्झन्छन्– अहिले साँच्चै नै पुरुषोत्तम सङ्गमयुग हो। कलियुगमा
धेरै मनुष्य हुन्छन्। सत्ययुगमा थोरै मनुष्य हुन्छन्। बाँकी सबै अवश्य समाप्त
हुन्छन्। शिवजयन्तीको अर्थ नै हो स्वर्गजयन्ती, लक्ष्मी-नारायण जयन्ती। कुरा त धेरै
सहज छ। शिवजयन्ती मनाइन्छ। उहाँ हुनुहुन्छ बेहदको बाबा, उहाँले नै स्वर्गको स्थापना
गर्नु भएको थियो। हिजोको कुरा हो, तिमी स्वर्गवासी थियौ। यो त धेरै सहज कुरा हो।
बच्चाहरूले राम्ररी बुझेर अरूलाई बुझाउनु छ। खुसी पनि रहनु छ। अहिले तिमी सदैवको
लागि बिमारीहरूबाट मुक्त भएर १०० प्रतिशत स्वस्थ, समृद्ध बन्छौ। बाँकी थोरै समय छ।
जति दु:ख, मृत्यु आदि भए पनि तिमीहरू त्यस समयमा खुसीमा रहन्छौ। तिमीलाई थाहा छ–
मृत्यु त हुनु नै छ। कल्प कल्पको यो खेल हो। चिन्ता कुनै कुराको छैन। जो पक्का छन्,
उनले कहिल्यै हाय! हाय! भन्दैनन्। कसैले अपरेसन आदि भएको देखे भने चक्कर आउँछ। अब त
कति धेरैको मृत्यु हुन्छ। तिमी बच्चाहरूले बुझ्छौ– यो सबै त हुनु नै छ। गायन पनि छ–
मिरुआ मौत मलुकका शिकार...। यस पुरानो दुनियाँमा त धेरै दु:ख छ, अब नयाँ दुनियाँमा
जानु छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबासँग अविनाशी ज्ञान धन लिएर अरूलाई दान गर्नु छ। ज्ञान दान गर्नमा कञ्जुस
बन्नु हुँदैन। ज्ञानको प्वइन्टहरू मनमा फुरिरहनु पर्छ। राजा बन्नको लागि प्रजा
अवश्य बनाउनु पर्छ।
२) आफ्नो चार्ट हेर्नु
छ– (१) म बाबा समान प्रेमको सागर बनेको छु? (२) कहिल्यै कसैलाई असन्तुष्ट त पार्दिन?
(३) आफ्नो चालचलनमाथि पूरा नजर छ?
वरदान:–
ज्ञानको
साथसाथै गुणहरूलाई इमर्ज गरेर सर्वगुण सम्पन्न बन्ने गुणमूर्त भव
हरेकमा ज्ञान धेरै छ,
तर अब आवश्यकता छ गुणहरूलाई इमर्ज गर्ने। त्यसैले विशेष कर्मद्वारा गुणदाता बन।
सङ्कल्प गर– म सदैव गुणमूर्त बनेर सबैलाई गुणमूर्त बनाउने कर्तव्यमा तत्पर रहनु छ।
यसमा व्यर्थ देख्ने, सुन्ने वा गर्ने फुर्सद मिल्दैन। यस विधिले स्वयंका वा सर्वका
कमजोरीहरू सहजै समाप्त हुन्छन्। त्यसैले यसमा हरेकले आफूलाई निमित्त पहिलो नम्बर
सम्झेर सर्वगुण सम्पन्न बन्ने र बनाउने उदाहरण बन।
स्लोगन:–
मनसाद्वारा
योगदान, वाचाद्वारा ज्ञानदान र कर्मणाद्वारा गुणहरूको दान गर।