31.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– शिवबाबालाई यो पनि लालसा छैन बच्चाहरू ठुला भएपछि मेरो सेवा गर्नेछन् , उहाँ कहिल्यै वृद्ध हुनुहुन्न , बाबा मात्रै हुनुहुन्छ निष्काम सेवाधारी।”

प्रश्न:–
भोलानाथ शिवबाबा हामी सबै बच्चाहरूको धेरै ठुलो ग्राहक हुनुहुन्छ– कसरी?

उत्तर:–
बाबा भन्नुहुन्छ– म यति भोला ग्राहक हुँ, जसले तिम्रा सबै पुराना कुराहरू खरिद गर्छु र त्यसको सट्टामा तिमीहरूलाई सबै नयाँ नयाँ कुराहरू दिन्छु। तिमीले बाबा यो तन-मन-धन सबै हजुरको हो भन्यौ भने त्यसको प्रतिफल तिमीलाई सुन्दर तन मिल्छ, अपार धन मिल्छ।

गीत:–
भोलेनाथ से निराला...

ओम् शान्ति ।
भक्तिमार्गमा यो गीत गाउँछन्। जति पनि गीत छन् ती सबै भक्तिमार्गका हुन्, तिनको अर्थ पनि बाबाले सम्झाउनुहुन्छ। तिमी बच्चाहरूले पनि बुझेकाछौ– भोलानाथ कसलाई भनिन्छ। देवताहरूलाई भोलानाथ भनिँदैन। भनिन्छ पनि सुदामाले दुई मुठी अन्न दिएको हुँदा महल मिल्यो। त्यो पनि कति समयको लागि? २१ जन्मको लागि। अब तिमी बच्चाहरूले जान्दछौ– बाबा आएर तिमी बच्चाहरूलाई अवश्य हिरा जुहारतका महल दिनुहुन्छ। केको प्रतिफल दिनुहुन्छ? तिमी बच्चाहरूले भन्छौ बाबा यो तन-मन-धन सबै हजुरको हो। हजुरले नै दिनुभएको हो। कसैलाई बच्चा जन्मियो भने भन्छन् भगवानले दिनुभयो। धनको लागि पनि भन्छन् भगवानले दिनुभयो। यसरी भन्ने कसले हो? आत्मा। भगवान अर्थात् बाबाले दिनुभयो। बाबा भन्नुहुन्छ– अब सबैथोक तिमीले दिनुपर्नेछ। त्यसको प्रतिफल मैले तिमीलाई सुन्दर तन दिनेछु, अपार धन दिनेछु। तर कसलाई दिनुहुन्छ? अवश्य तिमी बच्चाहरूलाई नै दिनुहुन्छ। लौकिक पिताबाट अल्पकालको लागि धन मिल्छ। बेहदको बाबाले हामीलाई बेहदको वर्सा दिनुहुन्छ। बाबा सम्झाउनुहुन्छ ज्ञान र भक्तिमा रातदिनको फरक छ। भक्तिमा अल्पकालको लागि फल मिल्छ। धन छ भने सुख छ। धनविना मानिसहरू कति दुःखी हुन्छन्। तिमी बच्चाहरूलाई थाहा छ बाबाले हामीलाई अथाह धन दिनुहुन्छ त्यसैले हामीलाई खुसी हुन्छ। सुखधाममा त सुखको कुनै कमी हुँदैन। हरेकको आआफ्नो राजधानी हुन्छ। त्यसलाई भनिन्छ पवित्र गृहस्थ आश्रम। त्यसैले बाबा कति भोला हुनुहुन्छ, के लिनुहुन्छ र के दिनुहुन्छ! कति राम्रो ग्राहक हुनुहुन्छ बाबा! त्यसै पनि बच्चाहरूका त पिता ग्राहक नै हुन्छन्। बच्चा जन्मियो अनि सारा सम्पत्ति उसको हुन्छ। ती बच्चाहरू हुन्छन् हदका ग्राहक, उहाँ हुनुहुन्छ बेहदको भोलानाथ। बेहदका बच्चाहरूको ग्राहक। बाबा भन्नुहुन्छ– म परमधामबाट आएको हुँ। पुरानो सबैथोक तिमीबाट लिएर नयाँ दुनियाँमा तिमीलाई सबै थोकदिन्छु त्यसैले बाबालाई दाता भनिन्छ। दातामा पनि उहाँ बाबाजस्तो दाता अरू कोही छैन। बाबाले निष्काम सेवा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म निष्कामी, इच्छारहित हुँ। मलाई कुनै पनि लालसा छैन। यस्तो त भन्दिनँ म वृद्ध पिताको सम्हाल गर्नु यो तिमी बच्चाहरूको काम हो–किनकि मैले तिम्रो सम्हाल गरेको छु। होइन, पिता वृद्ध हुँदा बच्चाहरूले उनको सम्हाल गर्नुछ, यो मर्यादा हो। उहाँ बाबा त कहिल्यै वृद्ध हुनुहुन्न, सदैव जवान हुनुहुन्छ। आत्मा कहिल्यै वृद्ध हुँदैन। यो त तिमी बच्चाहरूलाई थाहा छ लौकिक पिताले बच्चाहरूमा यो आश राख्छन् मेरो वृद्धावस्थामा बच्चाहरूले मेरो सेवा गर्नेछन्। दिन त सबैथोक बच्चाहरूलाई दिन्छन् तैपनि सेवा त हुन्छ। यहाँ शिवबाबा भन्नुहुन्छ म हुँ नै अभोक्ता। मैले कहिल्यै पनि खान्दैखान्नँ। म आउँछु नै केवल तिमी बच्चाहरूलाई ज्ञान दिन। सुप्रिम रुह बसेर तिमी रुहहरूलाई सम्झाउनुहुन्छ। रुहले नै सुन्छ, हरेक कुरा रुहले गर्छ। संस्कार पनि रुहले लैजान्छ जसको आधारमा शरीर मिल्छ। यहाँ मानिसहरूका अनेक मत छन्। कसैले भन्छन् रुह नै परमात्मा हुनुहुन्छ। उहाँलाई कुनै पनि लेपछेप लाग्दैन। आत्मा निर्लेप हुन्छ भनिदिन्छन्। आत्मा निर्लेप हुन्थ्यो भने किन भन्थे पाप आत्मा, पुण्य आत्मा। आत्मा निर्लेप छ भने भनिनुपर्छ– पाप शरीर पुण्य शरीर।

अहिले तिमी बच्चाहरूलाई थाहा छ, सबै आत्माहरूका रुहानी बाबाले हामी रुहहरूलाई पढाइरहनुभएको छ, यस शरीरद्वारा। आत्मालाई बोलाउँछन् पनि नि! भन्छन् हाम्रो पिताको आत्मा आयो, भोजनको स्वाद लियो। आत्माले नै स्वाद लिन्छ। बाबाले त यस्तो भन्नुहुन्न। उहाँ त अभोक्ता हुनुहुन्छ। ब्राह्मणहरूलाई खुवाउँछन्, आत्मा आउँछ। त्यो आत्मा कतै त बस्छ होला। ब्राह्मण आदिलाई खुवाउनु भारतवर्षमा सामान्य कुरा हो। आत्मालाई बोलाउँछन्, उनीहरूसँग सोध्छन् फेरि उनीहरूका कति कुराहरू सत्य पनि निस्कन्छन्। यो पितृ आदि खुवाउनु– यो पनि ड्रामामा पहिल्यै निश्चित छ। यसमा कुनै आश्चर्य मान्नुहुँदैन। बाबाले सङ्क्षेपमा ड्रामाको रहस्यलाई बताउनुहुन्छ। ड्रामाको यति धेरै विस्तार त सम्झाउन सक्नुहुन्न। एक एकको ज्ञान सम्झाउनमा नै वर्षौँ लाग्छ। तिमी बच्चाहरूलाई धेरै सहज शिक्षा मिल्छ। गायन गर्छन् पनि हे पतितपावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्! उहाँको नाम नै हो पतितपावन। ब्रह्मा, विष्णु, शङ्करलाई पतितपावन भन्न सकिँदैन। बाबालाई नै पतितपावन, मुक्तिदाता भनिन्छ। दुःखहर्ता, सुखकर्ता पनि उहाँलाई नै भनिन्छ। उहाँ हुनुहुन्छ निराकार। शिवका मन्दिरमा गएर हेर त्यहाँ लिङ्ग राखिएको हुन्छ। अवश्य चैतन्य हुनुहुन्थ्यो त्यसैले त पूजा गर्छन्। यी देवता पनि कहिल्यै चैतन्य थिए त्यसैले त उनीहरूको महिमा छ। नेहरू चैतन्यमा थिए त्यसैले त उनको फोटो निकालेर महिमा गर्छन्। कोही राम्रो काम गरेर गए भने उनीहरूको जड चित्र बनाएर महिमा गर्छन्। पवित्रको नै पूजा गर्छन्। कुनै पनि मानिसको पूजा गर्न सक्दैनन्। विकारबाट पैदा हुन्छन् नि त्यसैले उनीहरूको पूजा हुन सक्दैन। पूजा देवताहरूको हुन्छ, जो सदैव पवित्र हुन्छन्। तिमीलाई थाहा छ बाबा आउनुभएको थियो फेरि अहिले सङ्गममा आउनुभएको छ– स्वर्गको स्थापना गर्न। फेरि द्वापरदेखि रावण राज्य सुरु हुन्छ। रावण राज्य सुरु हुने बित्तिकै तुरून्तै शिवका मन्दिर बनाउँछन्। अहिले त बाबाले चैतन्यमा ज्ञान सुनाइरहनुभएको छ। उहाँ सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। उहाँकै महिमा गाउँछन्– निराकारको शरीर त हुनुपर्छ नि! त्यसैले बाबाले नै आएर विश्वलाई स्वर्ग बनाउनुहुन्छ, त्यस स्वर्गमा राज्य गर्नको लागि तिमीले पुरुषार्थ गरिरहेका छौ। स्वर्गवासी तिमी बनिरहेका छौ। निराकार परमपिता परमात्मा ज्ञानको सागर हुनुहुन्छ। तर कसरी सुनाउनुहुन्छ? भन्नुहुन्छ म यस शरीरमा आएको छु, मेरो ड्रामामा यही पार्ट छ। मैले प्रकृतिको आधार लिन्छु। यी जो पहिलो नम्बरका आत्मा हुन् यिनकै धेरै जन्महरूको अन्त्यमा म आएर प्रवेश गर्छु र यिनको नाम ब्रह्मा राख्छु। पहिला यी सबै भट्ठीमा थिए त्यतिबेला धेरैको नाम राखेको थिएँ। तर धेरैले फेरि छोडिदिए त्यसैले नाम राखेर पनि के फाइदा भयो र? तिमीले ती नाम देख्यौ भने आश्चर्य मान्नेछौ। एकैचोटी वतनबाट सबै कति धेरै रमणीक नामहरू आए। सन्देशीले नाम लिएर आउँथिन्। त्यो लिस्ट पनि अवश्य राख्नुपर्छ। संन्यासीले पनि संन्यास लिन सुरु गरेपछि उनीहरूको पनि नाम परिवर्तन हुन्छ। घरबार छोडिदिन्छन्। तिमीले छोड्दैनौ। तिमी आएर ब्रह्माका बन्छौ। तिमी बच्चाहरू शिवका त हौ नै! तिमीले भन्छौ नै बापदादा। संन्यासीहरूको यस्तो हुँदैन। गर्न त नाम परिवर्तन गर्छन् तर उनीहरूले बापदादालाई चिन्दैनन्। उनीहरूका केवल गुरु हुन्छन्। हठयोगी हदका संन्यासी र राजयोगी बेहदका संन्यासीमा रातदिनको फरक छ। भनिन्छ पनि ज्ञान, भक्ति र वैराग्य। उनीहरूलाई पनि वैराग्य हुन्छ। तर उनीहरूको हुन्छ घरबारबाट वैराग्य। तिमीलाई सारा दुनियाँबाट वैराग्य छ। सृष्टि परिवर्तन हुन्छ भन्ने कुरा उनीहरूलाई थाहै छैन। तिम्रो हो बेहदको वैराग्य। यो सृष्टि खलास हुनु छ। तिम्रो लागि नयाँ दुनियाँ बनिरहेको छ। त्यहाँ जानु छ तर पावन नभईकन त त्यहाँ जान सक्दैनौ। दिलमा जँच्छ अवश्य नयाँ दुनियाँमा देवीदेवताहरूको राज्य थियो, जुन बाबाले अब स्थापना गर्नुहुन्छ। तिमीलाई थाहा छ शिवबाबालाई याद गरेमा हामी पुण्य आत्मा बन्छौँ। छ धेरै सहज, तर याद गर्नै बिर्सिन्छन्। भक्तिमार्गको रीतरिवाज एकदमै भिन्नै छ। फर्केर आफ्नो घर त कोही जान सक्दैन। पुनर्जन्म सबैले अवश्य लिनु छ। घर जाने समय एउटै हो। फलानालाई मोक्ष प्राप्त भयो, यो त गफ हो। बाबा भन्नुहुन्छ– कुनै पनि आत्मा बीचमा फर्केर जान सक्दैन। नत्र सारा खेल बिग्रिन्छ। हरेक आत्मा सतो, रजो, तमोमा अवश्य आउनु छ। मोक्षको लागि त धेरै आउँछन्, यहाँ सम्झाइन्छ मोक्ष हुँदैन। यो त अनादि बनिबनाउ ड्रामा हो। त्यो ड्रामा कहिल्यै परिवर्तन हुन सक्दैन। झिँगो यहाँबाट पार भयो फेरि ५ हजार वर्षपछि यसैगरी पार हुनेछ। यो त जान्दछौ बाबा कति भोला हुनुहुन्छ। पतितपावन बाबा आफ्नो परमधामबाट आउनुहुन्छ– पार्ट खेल्न। उहाँले नै सम्झाउनुहुन्छ यो ड्रामा कसरी बनेको छ, यसमा मुख्य को को छन्। जस्तै भन्छन् नि यस दुनियाँमा सबैभन्दा धनवान् को छन्? त्यसमा नम्बरवार नाम निकाल्छन्। तिमीलाई थाहा छ, सबैभन्दा धनवान् कहाँका मानिस हुन्छन्? उनीहरूले भन्छन् अमेरिका। तर तिमीलाई थाहा छ स्वर्गमा सबैभन्दा धनवान् यी लक्ष्मीनारायण बन्छन्। तिमीले पुरुषार्थ गर्छौ भविष्यको लागि, सबैभन्दा ठुलो धनवान् बन्नको लागि। यो दौड हो। यी लक्ष्मीनारायणजस्ता धनवान् कोही होलान्? अल्लाह अवलादिनको पनि कहानी बनाउँछन्। ताली बजाएपछि कुबेरको खजाना निस्कियो। धेरै किसिम किसिमका नाटक बनाउँछन्।

अहिले तिम्रो बुद्धिमा छ– यो शरीर छोडेर स्वर्गमा जानेछौँ। हामीलाई कारुनको खजाना (अथाह सम्पत्ति) मिल्नेछ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा माया तुरुन्तै भाग्नेछ। बाबालाई याद गर्दैनौ भने मायाले फेरि हैरान पार्छ। भन्छन् बाबा हामीलाई मायाका तुफान धेरै आउँछन्। अच्छा बाबालाई धेरै प्यारले याद गर्छौ भने तुफान उड्नेछन्। बाँकी नाटक आदि बसेर बनाएका छन्। कुरा केही पनि होइन। बाबा कति सहजै बताउनुहुन्छ– केवल बाबालाई याद गरेमा तिमीमा जुन खाद छ त्यो निस्कनेछ र बाबाले अरू कुनै तकलिफ दिनुहुन्न। आत्मा जुन पवित्र सच्चा सुन थियो, त्यो अब नक्कली बनेको छ, यस याद अग्निबाट फेरि सक्कली बन्नेछ। आगोमा नराखी सुन पवित्र हुन सक्दैन त्यसैले यसलाई पनि योग अग्नि भनिन्छ। हो यादको कुरा। उनीहरूले त अनेक प्रकारका हठयोग सिकाउँछन्। बाबाले त तिमीलाई भन्नुहुन्छ– उठ्दाबस्दा याद गर। तिमीले आसन आदि कहाँसम्म लगाउँछौ। यहाँ त हिँड्दाडुल्दा काम गर्दा यादमा रहनु छ। बिरामी छौ भने यहाँ पल्टिएर पनि बाबालाई याद गर्न सक्छौ। शिवबाबालाई याद गर र चक्र फिराऊ, बस्। उनीहरूले फेरि लेखेका छन् गङ्गाको किनार होस्, अमृत मुखमा होस्। गङ्गाको किनारमा त गङ्गाजल नै मिल्छ, त्यसैले मानिसहरू हरिद्वारमा गएर बस्छन्। बाबा त भन्नुहुन्छ तिमी जहाँसुकै बस, बिरामी छौ भने पनि केवल बाबालाई याद गर। स्वदर्शन चक्र फिराइराख अनि प्राण तनबाट निस्कियोस्। यो प्राक्टिस गर्नुपर्छ। त्यो भक्तिमार्गका कुराहरूमा र यस ज्ञानमार्गका कुराहरूमा कति रातदिनको फरक छ। बाबाको यादबाट तिमी स्वर्गको मालिक बन्छौ। उनीहरूले त युद्धमा जानेहरूलाई भन्छन्– जो युद्धको मैदानमा मर्छ ऊ स्वर्गमा जान्छ। वास्तवमा युद्ध यही हो। उनीहरूले कौरव, पाण्डवहरूको फौज देखाएका छन्। महाभारत लडाइँ भयो फेरि के भयो? रिजल्ट केही पनि भएन। बिल्कुलै घोर अन्धकार छ, केही पनि बुझ्दैनन् त्यसैले अज्ञान अन्धकार भनिन्छ। बाबा फेरि उज्यालो बनाउन आउनुभएको छ। उहाँलाई ज्ञानको सागर, नलेजफुल भनिन्छ। अहिले तिमीलाई पनि सारा ज्ञान मिलेको छ। त्यो हो मुलवतन, जहाँ तिमी आत्माहरू रहन्छौ त्यसलाई ब्रह्माण्ड पनि भनिन्छ। यहाँ रुद्र यज्ञ गर्दा बाबाको साथसाथै तिमी आत्माहरूको पनि पूजा गर्छन् किनकि तिमीले धेरैको कल्याण गर्छौ। बाबाको साथै तिमीले सारा विश्वको रुहानी सेवा गर्छौ त्यसैले बाबाको साथमा तिमी बच्चाहरूको पनि पूजन हुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मायाका तुफानहरूलाई भगाउनको लागि बाबालाई धेरै धेरै प्यारले याद गर्नु छ। आत्मालाई योग अग्निबाट शुद्ध, सक्कली सुन बनाउनु छ।

२) बेहदको वैरागी बनेर यस पुरानो दुनियाँलाई भुल्नु छ। दुनियाँ परिवर्तन भइरहेको छ, नयाँ दुनियाँमा जानु छ त्यसैले यसबाट संन्यास लिनु छ।

वरदान:–
पाइला पाइलामा सावधानी राख्दै प दमौ ँ को कमाइ जम्मा गर्ने पद म पति भव

बाबाले बच्चाहरूलाई धेरै उच्च स्थितिमा स्थित हुन सावधानी दिइरहनुभएको छ त्यसैले अहिले अलिकति पनि गल्ती गर्ने समय छैन, अब त पाइला पाइलामा सावधानी राख्दै, पाइलामा पदमौँको कमाइ गर्दै पदमपति बन्नुछ। जस्तो नाम छ पदमापदम भाग्यशाली, कर्म पनि त्यस्तै हुनुपर्छ। एक पाइला पनि पदमको कमाइविना नजाओस्। त्यसैले धेरै सोचविचार गरेर श्रीमत अनुसार हरेक पाइला उठाऊ। श्रीमतमा मनमत नमिसाऊ।

स्लोगन:–
मनलाई अर्डर अनुसार चलायौ भने मनमनाभवको स्थिति स्वतः रहनेछ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भए र शक्तिशाली यादको अनुभव गर

यादलाई शक्तिशाली बनाउनको लागि विस्तारमा जाँदा सारको स्थितिको अभ्यास कम नहोस्, विस्तारमा सार नभुलियोस्। खाऊ, पिऊ, सेवा गर तर न्यारापनलाई नभुल। साधना अर्थात् शक्तिशाली याद। निरन्तर बाबासँग दिलको सम्बन्ध होस्। केवल योगमा बस्नु, यसलाई साधना भनिँदैन तर जसरी शरीरले बस्छौ त्यसैगरी दिल, मन, बुद्धि एक बाबातिरै बाबासँगै बसोस्। यस्तो एकाग्रताले नै ज्वालालाई प्रज्वलित गर्नेछ।