31.08.25 Avyakt Bapdada Nepali Murli 15.12.2006 Om Shanti Madhuban
“स्मृतिस्वरूप ,
अनुभवीमूर्त बनेर सेकेन्डको तीव्र गतिले परिवर्तन गरी पास विद अनर बन।”
आज बापदादाले
चारैतिरका बच्चाहरूमा तीन विशेष भाग्यका रेखाहरू मस्तकमा चम्किरहेको देखिरहनुभएको
छ। सबैको मस्तक भाग्यको रेखाहरूले चम्किरहेको छ। एउटा हो परमात्म पालनाको भाग्यको
रेखा। दोस्रो हो श्रेष्ठ शिक्षकद्वारा शिक्षाको भाग्यको रेखा। तेस्रो हो
सद्गुरुद्वारा श्रीमतको भाग्यको रेखा। त्यसो त तिम्रो भाग्य अथाह छ, फेरि पनि आज यी
विशेष तीन रेखाहरू देखिरहनुभएको छ। तिमीले पनि आफ्नो मस्तकमा चम्किरहेका रेखाहरू
अनुभव गरिरहेका छौ नि! सबैभन्दा श्रेष्ठ हो परमात्म प्यारको पालनाको रेखा। जसरी बाबा
उच्चभन्दा उच्च हुनुहुन्छ, त्यसैगरी परमात्म पालना पनि उच्चभन्दा उच्च छ। यो पालना
कति थोरैलाई प्राप्त हुन्छ, तर तिमीहरू सबै यस पालनाको पात्र बनेका छौ। यो पालना
सारा कल्पमा तिमी बच्चाहरूलाई एकैपटक प्राप्त हुन्छ। अहिले नभए कहिल्यै प्राप्त हुन
सक्दैन। यो परमात्म पालना, परमात्म प्यार, परमात्म प्राप्तिहरू करोडौँमा कुनै
आत्माहरूलाई मात्र अनुभव हुन्छ। तिमीहरू सबै त अनुभवी हौ नि! अनुभव छ? पालनाको पनि
अनुभव छ, पढाइ र श्रीमतको पनि अनुभव छ? अनुभवीमूर्त हौ? त्यसोभए सदा आफ्नो मस्तकमा
यो भाग्यको सितारा चम्किरहेको देखिन्छ, सदा देखिन्छ? वा कहिलेकाहीँ चम्किरहेको
सितारा मधुरो पनि हुन्छ कि? मधुरो हुनुहुँदैन। यदि चम्किरहेको सितारा मधुरो भयो भने
त्यसको कारण के हो? थाहा छ?
बापदादाले देख्नुभएको
छ– कारण हो स्मृतिस्वरूप बनेका छैनौ। सोच्छौ– म आत्मा हुँ, तर सोचाइ स्वरूप बन्छौ,
स्मृतिस्वरूप कम बन्छौ। सदा स्मृतिस्वरूप नबनेसम्म सामर्थ्य आउन सक्दैन। स्मृतिले
नै सामर्थ्य दिलाउँछ। स्मृतिस्वरूप नै सामर्थ्य स्वरूप हो, त्यसैले भाग्यको सितारा
कम चम्किन्छ। आफैलाई सोध– धेरै समय सोचाइ स्वरूप बन्छौ वा स्मृतिस्वरूप बन्छौ?
सोचाइ स्वरूप बन्दा सोच्छौ धेरै राम्रो– म यो हुँ, म यो हुँ, म यो हुँ... तर
स्मृतिस्वरूप नहुनाले राम्रो सोच्दासोच्दै पनि व्यर्थ सङ्कल्प, साधारण सङ्कल्प
मिसिन्छन्। वास्तवमा हेर्ने हो भने तिम्रो अनादि स्वरूप स्मृति सो समर्थस्वरूप हो।
सोचाइ स्वरूप होइन। आदिमा पनि यस समयको स्मृति स्वरूपको प्रारब्ध प्राप्त हुन्छ।
त्यसैले अनादि र आदि स्मृतिस्वरूप हो र यस समयको अन्त्यमा सङ्गमको समयमा पनि
स्मृतिस्वरूप बन्छौ। त्यसैले आदि, अनादि र अन्त्य तीनै कालमा स्मृतिस्वरूप हौ।
सोचाइ स्वरूप होइनौ, त्यसैले बापदादाले पहिला पनि भन्नुभएको थियो– वर्तमान समयमा
अनुभवीमूर्त बन्नु श्रेष्ठ स्टेज हो। सोच्छौ– म आत्मा हुँ, परमात्म प्राप्ति भएको
छ, तर बुझ्नु र अनुभव गर्नुमा धेरै अन्तर छ। अनुभवीमूर्तले कहिल्यै पनि न मायाबाट
धोका खान सक्छ, न दु:खको अनुभूति गर्न सक्छ। यो जुन बीच बीचमा मायाको खेल देख्छौ,
वा खेल खेल्छौ पनि, त्यसको कारण हो अनुभवीमूर्तको कमी छ। अनुभवको अथोरिटी सबैभन्दा
श्रेष्ठ हो। त्यसैले बापदादाले देख्नुभयो– कतिपय बच्चाहरूले सोच्छन् तर स्वरूपको
अनुभूति कम छ।
आजको दुनियाँमा
धेरैजसो आत्माहरू देखेर सुनेर थाकिसकेका छन् तर अनुभवद्वारा प्राप्ति गर्न चाहन्छन्।
त्यसैले अनुभव गराउन, अनुभवीले नै गराउन सक्छ। अनुभवी आत्मा सदा अगाडि बढिरहन्छ,
उडिरहन्छ किनकि अनुभवी आत्मामा उमङ्ग-उत्साह सदा इमर्ज रूपमा रहन्छ। त्यसैले चेक गर–
हरेक प्वाइन्टको अनुभवीमूर्त बनेका छौ? हरेक कर्ममा तिम्रो अनुभवको अथोरिटी देखिन्छ?
हरेक बोली, हरेक सङ्कल्प अनुभवको अथोरिटीबाट छ वा केवल बुझाइको आधारमा छ? एउटा
हुन्छ बुझ्नु, अर्को हुन्छ अनुभव गर्नु। हरेक सबजेक्टमा, ज्ञानका प्वाइन्टहरू वर्णन
गर्नु, त्यसमा त बाहिरका वक्ताहरूले पनि धेरै भाषण गर्छन्। तर हरेक प्वाइन्टको
अनुभवीस्वरूप बन्नु, यो हो ज्ञानी आत्मा। योग लगाउने धेरै छन्, योगमा बस्ने धेरै छन्,
तर योगको अनुभव अर्थात् शक्तिस्वरूप बन्नु र शक्तिस्वरूपको परख यो हो– जुन समयमा
जुन शक्तिको आवश्यकता छ, त्यस समयमा त्यो शक्तिलाई आह्वान गरेर निर्विघ्नस्वरूप
बनियोस्। यदि एउटै शक्तिको पनि कमी छ, वर्णन छ तर स्वरूप छैन भने पनि समयमा धोका
खान सक्छौ। चाहिएको छ सहनशक्ति र तिमीले प्रयोग गर्यौ सामना गर्ने शक्ति, यसमा
योगयुक्त अनुभवीस्वरूप भनिँदैन। चारै सबजेक्टमा स्मृतिस्वरूप वा अनुभवी स्वरूपको
निसानी के हुन्छ? स्थितिमा निमित्त भाव, वृत्तिमा सदा शुभभाव, आत्मिक भाव,
नि:स्वार्थ भाव। वायुमण्डलमा वा सम्बन्ध-सम्पर्कमा सदा निर्मान भाव, वाणीमा सदा
निर्मल वाणी। यी विशेषताहरू अनुभवीमूर्तको हर समय स्वाभाविक स्वभाव हुन्छ। नेचुरल
नेचर। अहिले कतिपय बच्चाहरूले कहिलेकाहीँ भन्छन्– मैले यो गर्न चाहन्न तर मेरो
पुरानो नेचर हो। नेचरले नेचुरल काम त्यही गर्छ, सोच्नु पर्दैन, तर नेचरले नेचुरल
काम गर्छ। त्यसैले आफूलाई चेक गर– मेरो नेचुरल नेचर के हो? यदि कुनै पनि पुरानो
नेचर अंश मात्र छ भने पनि, हर समय त्यो कार्यमा आउँदा आउँदा पक्का संस्कार बन्छ।
त्यो पुरानो नेचर, पुरानो स्वभाव, पुरानो संस्कारलाई समाप्त पनि गर्न चाहन्छौ तर
गर्न सक्दैनौ, त्यसको कारण के हो? नलेजफुल त सबैमा बनेका छौ, तर जे चाहन्छौ जे
हुनुहुँदैन, त्यो भइदिन्छ, त्यसको कारण के हो? परिवर्तन गर्ने शक्ति कम छ। धेरैजसोमा
देखिन्छ– परिवर्तनको शक्तिलाई जान्दछन् पनि, वर्णन पनि गर्छन्, यदि सबैलाई परिवर्तन
शक्तिको टपिकमा लेख्नको लागि भनियो वा भाषण गर्नको लागि भनियो भने बापदादाले
जान्नुहुन्छ– सबै धेरै होसियार छन्, धेरै राम्रो भाषण पनि गर्न सक्छन्, लेख्न पनि
सक्छन् र अरू कोही आयो भने उसलाई सम्झाउँछन् पनि धेरै राम्रो। भनिदिन्छन् कुनै हर्जा
छैन, परिवर्तन गर्नुहोस्। तर स्वयंमा परिवर्तन गर्ने शक्ति कहाँसम्म छ! वर्तमान
समयको महत्त्वलाई जान्दाजान्दै परिवर्तन गर्नमा समय लगाउनुहुँदैन। सेकेन्डमा
परिवर्तनको शक्ति काममा आओस् किनकि जब जान्दछौ हुनुहुँदैन, तब बुझ्दा-बुझ्दै पनि
परिवर्तन गर्न सक्दैनौ भने त्यसको कारण हो– सोच्छौ तर स्वरूप बनेका छैनौ। सोचाइ
स्वरूप सारा दिनमा धेरै बन्छौ, स्मृति सो सामर्थ्यस्वरूप त्यो स्थिति धेरैमा कम छ।
अहिले तीव्र गतिको
समय हो, तीव्र पुरुषार्थको समय हो, साधारण पुरुषार्थको समय होइन, सेकेन्डमा
परिवर्तनको अर्थ हो– स्मृतिस्वरूपद्वारा एक सेकेन्डमा निर्विकल्प, व्यर्थ सङ्कल्प
हटोस्, किन? समयको समाप्तिको समीप ल्याउने निमित्त हौ। त्यसैले अहिलेको समयको
महत्त्व अनुसार जान्दछौ पनि– हरेक कदममा पदम समाहित छ, त्यसपछि बढाउने कुरा त
बुद्धिमा राख्छौ तर गुमाउने कुरा पनि त बुद्धिमा राख। यदि कदममा पदम बन्छ पनि भने
कदममा पदम पनि त गुमाउँछौ, कि होइन? त्यसैले अहिले मिनेटको कुरा पनि गयो, अरूको लागि
भन्छौ– एक मिनेट साइलेन्समा बस तर तिमीहरूको लागि सेकेन्डको कुरा हुनुपर्छ। जसरी हो
र होइन सोच्नमा कति समय लाग्छ? सेकेन्ड। त्यसैले परिवर्तन शक्ति त्यति नै फास्ट
चाहिन्छ। बुझ्यौ ठीक छ, ठीक छैन, बेठीकलाई बिन्दी र ठीकलाई यथार्थमा ल्याउनुछ। अहिले
बिन्दीको महत्त्वलाई कार्यमा लगाऊ। तीन बिन्दीहरूलाई त जान्दछौ नि! तर बिन्दीलाई
समयमा कार्यमा लगाऊ। जसरी वैज्ञानिकहरू सबै कुरा तीव्र गतिले गरिरहेका छन् र
परिवर्तनको शक्ति पनि धेरै कार्यमा लगाइरहेका छन्। त्यसैले साइलेन्सको
शक्तिवालाहरूले अहिले लक्ष्य राख– यदि परिवर्तन गर्नुछ, ज्ञानवान् हौ भने अहिले
शक्तिशाली बन, सेकेन्डको गतिले। गरिरहेका छौँ, भइहाल्छौँ... गरिहाल्छौँ..., होइन।
हुन सक्छ वा मुस्किल छ? किनकि अन्तिम समयमा सेकेन्डको परीक्षा आउनुछ, मिनेटको होइन,
त्यसैले सेकेन्डको अभ्यास धेरै समयको भयो भने अनि मात्रै सेकेन्डमा पास विद अनर
बन्छौ! परमात्म विद्यार्थी हौ, परमात्म पढाइ पढिरहेका छौ, त्यसैले पास विद अनर बन्नु
नै छ नि! पास मार्क्स मात्रै लियौ भने के भयो र! पास विद अनर बन्नुछ। के लक्ष्य
राखेका छौ? जसले सम्झन्छौ– पास विद अनर बन्नुछ, तिमीहरूले हात उठाऊ, पास विद अनर?
अनर शब्द अन्डरलाइन गर। अच्छा। त्यसोभए अब के गर्नुपर्छ? मिनेट मोटर त सामान्य हो,
अब सेकेन्डको काम हुन्छ।
पञ्जाबवालाहरू, अब
सेकेन्डको मामला छ। यसमा नम्बर वन को हुन्छ? पञ्जाब। के ठुलो कुरा हो र! जति नशाले
भन्छौ, धेरै राम्रो भन्छौ, नशाले भन्छौ, बापदादाले सुन्दा धेरै खुसी हुनुहुन्छ,
भन्छौ– के ठुलो कुरा हो र, बापदादा साथमा हुनुहुन्छ। साथ त अथोरिटी हो, त्यसैले के
गर्नुछ अहिले? अब तीक्ष्ण बन्नुपर्छ। सेवा त गरिरहेका छौ, र सेवा बिना अरू के नै
गर्छौ र? खाली बस्छौ र? सेवा त ब्राह्मण आत्माहरूको धर्म हो, कर्म हो। तर अहिले
सेवाको साथसाथै सामर्थ्यस्वरूप, जति सेवाको उमङ्ग-उत्साह देखायौ, बापदादा खुसी
हुनुहुन्छ, बधाई पनि दिनुहुन्छ। तर जसरी सेवाको ताज मिलेको छ नि! (युवा पद यात्री
ताज पहिरिएर बसेका छन्) ताज पहिरिएका छन्, हेर कति राम्रो देखिएको छ। अहिले
स्मृतिस्वरूप बन्ने ताज पहिरिएर देखाऊ। युवा ग्रुप हो नि! त्यसोभए के कमाल गर्छौ?
सेवामा पनि नम्बर वन र सामर्थ्यस्वरूपमा पनि नम्बर वन। सन्देश दिनु पनि ब्राह्मण
जीवनको धर्म र कर्म हो तर अहिले बापदादाले इसारा दिइरहनुभएको छ– परिवर्तनको मेसिनरी
तीव्र बनाऊ। नत्र पास विद अनर हुनमा मुस्किल हुन्छ। धेरै समयको अभ्यास चाहिन्छ।
सोच्यौ र गर्यौ। केवल सोचाइस्वरूप नबन, सामर्थ्य स्मृति सो सामर्थ्यस्वरूप बन।
व्यर्थलाई तीव्र गतिले समाप्त गर। व्यर्थ सङ्कल्प, व्यर्थ बोली, व्यर्थ कर्म,
व्यर्थ समय र सम्बन्ध-सम्पर्कमा पनि व्यर्थ विधि, रीति सबै समाप्त गर। जब ब्राह्मण
आत्माहरूले तीव्र गतिले यो स्वको व्यर्थको समाप्ति गर्छन्, तब आत्माहरूको आशीर्वाद
र आफ्नो पुण्यको खाता तीव्र गतिले जम्मा गर्नेछन्।
बापदादाले पहिला पनि
सुनाउनुभएको थियो– बापदादाले तीन खाता चेक गर्नुहुन्छ। पुरुषार्थको गतिको खाता,
आशीर्वादको खाता, पुण्यको खाता तर धेरैजसोको खाता अहिले भरपुर भएको छैन, त्यसैले
बापदादाले आज यही स्लोगन याद दिलाइरहनुभएको छ– अब तीक्ष्ण बन, तीव्र पुरुषार्थी बन।
तीव्र गतिले समाप्ति गर्ने बन। तीव्र गतिले मनसाद्वारा वायुमण्डल परिवर्तन गर्नेवाला
बन।
बापदादा एक कुरामा सबै
बच्चाहरूमा धेरै खुसी पनि हुनुहुन्छ। कुन कुरामा? प्यार सबैको बाबासँग दिलको छ, यसको
बधाई छ। तर भनौँ के गर्नुपर्छ! यस सिजनको समाप्तिसम्म, अहिले त समय छ, यस सिजनको
समाप्तिसम्म तीव्र गतिको केही न केही प्रभाव देखाऊ। राम्रो लाग्यो? राम्रो लाग्यो?
जसले सम्झन्छन्– लक्ष्य र लक्षण दुवै स्मृतिमा राख्छौँ, उनीहरूले हात उठाऊ। डबल
विदेशीहरूले पनि राख्छन्, टिचरहरूले पनि राख्छन् र युवाहरूले पनि राख्छन् र पहिलो
लाइनवालाहरूले पनि राख्छन्! त्यसोभए पदम, पदम, पदमगुणा अग्रिम बधाई छ। अच्छा।
अहिले भर्खरै अभ्यास
गर– एक सेकेन्डमा निर्विकल्प, निरव्यर्थ सङ्कल्प बनेर एकाग्र, एक बाबा दोस्रो न कोही,
यस एउटै सङ्कल्पमा एकाग्र भएर बस्न सक्छौ! अरू कुनै सङ्कल्प नहोस्। एउटै सङ्कल्पको
एकाग्रता शक्तिको अनुभवमा बस। समय नलगाऊ, एक सेकेन्डमा। अच्छा!
चारैतिरका बच्चाहरू
जसले पनि विशेष यादप्यार पठाएका छन्, ती हरेक बच्चाले आफ्नो नामबाट यादप्यार र दिलको
आशीर्वाद स्वीकार गर्नु। बापदादाले देखिरहनुभएको छ– सबैको दिलमा आउँछ, हाम्रो पनि
याद, हाम्रो पनि याद, तर तिमी बच्चाहरूले सङ्कल्प गर्छौ र बापदादाको पासमा त्यसै
समयमा नै पुगिहाल्छ, त्यसैले सबै बच्चाहरूलाई हरेकलाई नाम र विशेषता सम्पन्न
यादप्यार दिइरहनुभएको छ।
सबै सदा स्मृति
स्वरूप, समर्थ स्वरूप, अनुभव स्वरूप श्रेष्ठ बच्चाहरूलाई, सदा जे शुभ सोच्यौ त्यो
तुरुन्त गर्यौ, जसरी तुरुन्त दानको महत्त्व छ, त्यसैगरी तुरुन्त परिवर्तनको पनि
महत्त्व छ। यसरी तुरुन्त परिवर्तन गर्ने विश्व परिवर्तक बच्चाहरूलाई, सदा परमात्म
पालना, परमात्म प्यार, परमात्म पढाइ र परमात्म श्रीमतलाई हरेक कर्ममा ल्याउने
महावीर बच्चाहरूलाई, सदा हिम्मत र एकाग्रता, एकताद्वारा नम्बर वन तीव्र पुरुषार्थ
गर्ने बच्चाहरूलाई बापदादाको दिलको यादप्यार अनि दिलको आशीर्वाद एवं नमस्ते। रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
दादी जी हरूसँग:–
सबैले राम्रो पार्ट
खेलिरहेका छौ। बापदादा हरेकको पार्टलाई देखेर खुसी हुनुहुन्छ। साना सानाले पनि
राम्रो पार्ट खेलिरहेका छन्। यस्तो नसम्झ– हामी त साना छौँ। साना सुभान अल्लाह हुन्।
शक्तिहरूको आफ्नो पार्ट छ, पाण्डवहरूको आफ्नो पार्ट छ। पाण्डवहरू भएनन् भने पनि काम
चल्दैन, शक्तिहरू भएनन् भने पनि काम चल्दैन, त्यसैले यहाँ चतुर्भुजको यादगार छ। अरू
कुनै पनि धर्ममा चतुर्भुज देखाउँदैनन् तर यहाँको यादगारमा चतुर्भुजको महत्त्व छ।
त्यसैले दुवैले राम्रो पार्ट खेलिरहेका छौ तर अब छिटो गर्नुछ, बस्। कहिलेकाहीँ अलि
अल्छी हुन्छन्। अहिले अल्छी हुने समय होइन। कुरा त भिन्न भिन्न हुन्छन् नै तर हामीले
कुराको राज बुझेर राजयुक्त, योगयुक्त, स्नेहयुक्त, सहयोग युक्त बनेर चल्नुछ। राम्रो
छ नि। (दादीजीसँग) धेरै राम्रो लाग्छ नि? हेर कति आएका छन्? किन आएका हुन्? यी सबै
किन आएका हुन्! तिमीहरूसँग मिल्न आएका हुन्। बापदादासँग मिल्न आएका हुन् तर साथमा
दादीहरू भएनन् भने भन्छन् नि मजा आउँदैन। र, तिमीहरू सबै भएनौ भने पनि मजा हुँदैन।
वरदान:–
स्मृतिको
स्विचद्वारा स्वकल्याण र सर्वको कल्याण गर्ने सिद्धिस्वरूप भव
स्थितिको आधार स्मृति
हो। यो शक्तिशाली स्मृति रहोस्– “म बाबाको र बाबा मेरो।” यही स्मृतिले स्वयंको
स्थिति शक्तिशाली हुन्छ र अरूलाई पनि शक्तिशाली बनाउँछौ। जसरी स्विच अन गरेपछि
उज्यालो हुन्छ, त्यसैगरी यो स्मृति पनि एउटा स्विच हो। सदा स्मृतिरूपी स्विचको
ध्यान भयो भने स्वयंको र सर्वको कल्याण गरिरहन्छौ। नयाँ जन्म भयो भने नयाँ स्मृतिहरू
हुन्छन्। पुराना सबै स्मृतिहरू समाप्त– यही विधिले सिद्धिस्वरूपको वरदान प्राप्त
हुन्छ।
स्लोगन:–
अतीन्द्रिय
सुखको अनुभूति गर्नको लागि आफ्नो शान्तस्वरूप स्थितिमा स्थित होऊ।
अव्यक्त इसारा:–
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
बापदादा प्रेमको
बन्धनमा बाँधिनुभएको छ। छुट्न चाहे पनि छुट्न सक्नुहुन्न, त्यसैले भक्तिमा पनि
बन्धनको चित्र देखाइएको छ। यथार्थमा प्रेमको बन्धनमा अव्यक्त हुँदा पनि बाँधिनुपर्छ।
व्यक्तबाट छुटाउनुभयो फेरि पनि छुट्न सक्नुभएन। यो प्रेमको डोरी धेरै मजबुत छ।
त्यसरी नै प्रेमस्वरूप बनेर, एक अर्कालाई प्रेमको डोरीमा बाँधेर समीप सम्बन्धको वा
आफ्नोपनको अनुभूति गराऊ।