31.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी हौ आध्यात्मिक , रुहानी गुप्त मुक्ति सेना , तिमीले सारा दुनियाँलाई मुक्त गर्नुछ , डुबेको डुङ्गालाई पार लगाउनुछ।”

प्रश्न:–
सङ्गममा बाबाले कुनचाहिँ विश्व विद्यालय खोल्नुहुन्छ जुन सारा कल्पमा हुँदैन?

उत्तर:–
राज्यभाग्य प्राप्त गर्नको लागि पढ्ने ईश्वरीय विश्व विद्यालय वा कलेज सङ्गममा बाबाले नै खोल्नुहुन्छ। यस्तो विश्व विद्यालय सारा कल्पमा हुँदैन। यस विश्व विद्यालयमा पढाइ पढेर तिमी डबल शिरताज राजाहरूको राजा बन्छौ।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूसँग सबैभन्दा पहिला बाबाले सोध्नुहुन्छ– यहाँ आएर बस्दा आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्छौ? किनकि यहाँ तिम्रा कुनै कामधन्दा, मित्र-सम्बन्धी आदि पनि छैनन्। तिमी यो विचार गरेर आउँछौ– हामी बेहदका बाबालाई भेट्न जान्छौँ। कसले भन्छ? आत्माले शरीरद्वारा भन्छ। पारलौकिक बाबाले यो शरीर लोनमा लिनुभएको छ, यिनीद्वारा सम्झाउनुहुन्छ। यो एकैपटक हुन्छ जुन बेहदका बाबा आएर सिकाउनुहुन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा तिम्रो बेडा पार हुन्छ। हरेकको बेडा डुबेको छ, जसले जति पुरुषार्थ गर्छन् त्यति बेडा पार हुन्छ। गाउँछन् नि– हे माझी मेरो बेडा पार लगाऊ। वास्तवमा हरेक आफ्नो पुरुषार्थले पार जानुछ। जसरी पौडी खेल्न सिकाउँछन् फेरि सिकेपछि आफै पौडिन्छन्। ती सबै हुन् जिस्मानी कुरा। यी हुन् रुहानी कुरा। तिमीलाई थाहा छ– आत्मा अहिले हिलोको दलदलमा फसेको छ। यसमा हरिणको उदाहरण पनि दिन्छन्। पानी सम्झेर जान्छ, तर त्यो हुन्छ हिलो, त्यसैले त्यसमा फस्छ। कहिलेकाहीँ स्टिमरहरू, मोटरहरू आदि पनि हिलोमा फस्छन्। फेरि तिनलाई उद्धार गर्छन्। ती सबै हुन् मुक्ति सेना। तिमी हौ रुहानी। तिमीलाई थाहा छ– सबै मायाको दलदलमा धेरै फसेका छन्, यसलाई मायाको दलदल भनिन्छ। बाबा आएर सम्झाउनुहुन्छ– यसबाट तिमी कसरी निस्कन सक्छौ। उनीहरूले मुक्त गर्छन्, त्यसमा मद्दत चाहिन्छ मानिसलाई मानिसको। यहाँ त फेरि आत्मा गएर दलदलमा फसेको छ। बाबाले मार्ग बताउनुहुन्छ– यसबाट तिमी कसरी निस्कन सक्छौ। फेरि अरूलाई पनि मार्ग बताउन सक्छौ। आफूलाई र अरूलाई मार्ग बताउनुछ– तिम्रो बेडा यस विषय सागरबाट क्षीरसागरमा कसरी जान्छ। सत्ययुगलाई भनिन्छ क्षीरसागर अर्थात् सुखको सागर। यो हो दु:खको सागर। रावणले दु:खको सागरमा डुबाउँछन्। बाबा आएर सुखको सागरमा लैजानुहुन्छ।

तिमीलाई रुहानी मुक्ति सेना भनिन्छ। तिमीले श्रीमतमा सबैलाई मार्ग बताउँछौ। हरेकलाई सम्झाउँछौ– दुई बाबा हुनुहुन्छ, एक हदका, अर्का बेहदका। लौकिक पिता हुँदाहुँदै पनि सबैले पारलौकिक बाबालाई याद गर्छन् तर उहाँलाई बिल्कुल चिन्दैनन्। बाबाले कुनै ग्लानि गर्नुहुन्न तर ड्रामाको रहस्य सम्झाउनुहुन्छ। यो पनि सम्झाउनको लागि नै भन्नुहुन्छ– यस समयमा सबै मनुष्य मात्र ५ विकाररूपी दलदलमा फसेका आसुरी सम्प्रदाय हुन्। दैवी सम्प्रदायलाई आसुरी सम्प्रदाय गएर नमन गर्छन् किनकि उनीहरू सम्पूर्ण निर्विकारी हुन्छन्। संन्यासीहरूलाई नमन गर्छन् उनीहरू पनि घरबार छोडेर जान्छन्। पवित्र रहन्छन्। यी संन्यासी र देवताहरूमा रातदिनको फरक छ। देवताहरूको त जन्म पनि योगबलबाट हुन्छ। यी कुराहरू कसैले जान्दैनन्। सबैले भन्छन्– ईश्वरको गति मत न्यारा, ईश्वरको अन्त पाउन सकिँदैन। केवल ईश्वर वा भगवान भन्नाले त्यति प्रेम आउँदैन। सबैभन्दा राम्रो शब्द हो बाबा। मानिसहरूले बेहदका बाबालाई चिन्दैनन् भने मानौँ अनाथ छन्। पत्रपत्रिकामा पनि निकालिएको छ, मानिसहरूले के भन्छन् र भगवानले के भन्नुहुन्छ। बाबाले कुनै गाली गर्नुहुन्न, बच्चाहरूलाई सम्झाउनुहुन्छ किनकि बाबाले त सबैलाई चिन्नुहुन्छ नि। सम्झाउनको लागि भन्नुहुन्छ– यिनीहरूमा आसुरी अवगुण छन्, आपसमा लडिरहन्छन्। यहाँ त लड्ने आवश्यकता छैन। उनीहरू हुन् कौरव अर्थात् आसुरी सम्प्रदाय। यी हुन् दैवी सम्प्रदाय। बाबा सम्झाउनुहुन्छ– मनुष्यले, मनुष्यलाई मुक्ति वा जीवनमुक्तिको लागि राजयोग सिकाउने यो हुन सक्दैन। यस समयमा बाबाले नै तिमी आत्माहरूलाई सिकाइरहनुभएको छ। देह अभिमानी, देहीअभिमानीमा फरक हेर कति छ। देह अभिमानबाट तिमी गिर्दै आएका छौ। बाबाले एकैपटक आएर तिमीलाई देहीअभिमानी बनाउनुहुन्छ। यस्तो होइन– तिमीले सत्ययुगमा देहसँग सम्बन्ध राख्दैनौ। त्यहाँ यो ज्ञान हुँदैन– म आत्मा परमपिता परमात्माको सन्तान हुँ। यो ज्ञान अहिले मात्रै तिमीलाई मिल्छ जुन प्राय: लोप हुन्छ। तिमीले नै श्रीमतमा चलेर प्रारब्ध पाउँछौ। बाबा आउनुहुन्छ नै राजयोग सिकाउन। यस्तो पढाइ अरू कुनै हुँदैन। डबल शिरताज राजाहरू सत्ययुगमा हुन्छन्। फेरि सिङ्गल ताजवालाहरूको राज्य पनि छ, अहिले त्यो राज्य रहेको छैन, प्रजाको प्रजामाथि राज्य छ। तिमी बच्चाहरूले अहिले राज्य भाग्यको लागि पढ्छौ, यसलाई ईश्वरीय विश्व विद्यालय भनिन्छ। तिम्रो नाम पनि लेखिएको छ। उनीहरूले ठीकै छ नाम राख्छन् गीता पाठशाला। पढाउनुहुन्छ कसले? श्रीकृष्ण भगवानुवाच भनिदिन्छन्। तर श्रीकृष्णले त पढाउन सक्नुहुन्न। श्रीकृष्ण त आफै पाठशालामा पढ्न जानुहुन्छ। राजकुमार-राजकुमारी कसरी स्कुलमा जान्छन्, त्यहाँको भाषा नै अर्को हुन्छ। यस्तो पनि होइन– संस्कृतमा गीता गाइएको हो। यहाँ त अनेक भाषाहरू छन्। जस्ता राजा हुन्छन् उनले आफ्नो भाषा चलाउँछन्। संस्कृत भाषा कुनै राजाहरूको भाषा होइन। बाबाले कुनै संस्कृत सिकाउनुहुन्न। बाबाले त राजयोग सिकाउनुहुन्छ, सत्ययुगको लागि।

बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर। प्रतिज्ञा गराउनुहुन्छ, यहाँ जो पनि आउँछन् उनीहरूलाई प्रतिज्ञा गराइन्छ। काममाथि विजय पाउनाले तिमी जगतजित बन्छौ। यो हो मुख्य विकार। यो हिंसा द्वापरदेखि चल्दै आएको छ, जसबाट वाम मार्ग सुरु भयो। देवताहरू कसरी वाम मार्गमा जान्छन्, त्यसको पनि मन्दिर छ। त्यहाँ धेरै फोहोरी चित्र बनाएका छन्। बाँकी वाम मार्गमा कहिले गए, त्यसको तिथि-मिति त छैन। सिद्ध हुन्छ– काम चितामा बसेका हुनाले काला बन्छन् तर नाम-रूप त परिवर्तन हुन्छ नि। काम चितामा चढ्नाले आइरन एजेड बन्न पुग्छन्। अहिले त ५ तत्त्व पनि तमोप्रधान छन् नि, त्यसैले शरीर पनि यस्ता तमोप्रधान बन्छन्। जन्मदेखि नै कोही कस्ता, कोही कस्ता हुन पुग्छन्। त्यहाँ त एकदम सुन्दर शरीर हुन्छन्। अहिले तमोप्रधान हुनाले शरीर पनि यस्ता छन्। मानिसहरूले ईश्वर प्रभु आदि भिन्न भिन्न नामले याद गर्छन् तर ती बिचराहरूलाई थाहा नै छैन। आत्माले आफ्नो बाबालाई याद गर्छ– हे बाबा, आएर शान्ति दिनुहोस्! यहाँ त कर्मेन्द्रियहरूबाट पार्ट खेलिरहेका छन् भने शान्ति कसरी मिल्छ। विश्वमा यी लक्ष्मी-नारायणको राज्य भएको समयमा शान्ति थियो। तर कल्पको अवधि लाखौँ वर्ष भनिदिएका छन् भने बिचरा मानिसहरूले कसरी बुझ्छन्। यिनीहरूको (देवताहरूको) राज्य हुँदा एक राज्य एक धर्म थियो र अरू कुनै खण्डमा यसो भनिँदैन– एक धर्म एक राज्य हुन्छ। यहाँ आत्माले माग्छ– एक राज्य होस्। तिम्रो आत्मालाई थाहा छ– अब हामीले एक राज्य स्थापना गरिरहेका छौँ। त्यहाँ सारा विश्वका मालिक हामी हुन्छौँ। बाबाले हामीलाई सबैथोक दिनुहुन्छ। कसैले पनि हामीबाट राज्य भाग्य खोस्न सक्दैन। हामी सारा विश्वका मालिक बन्छौँ। विश्वमा कुनै सूक्ष्मवतन, मूलवतन हुँदैन। यो सृष्टिको चक्र यहाँ नै घुमिरहन्छ। यसलाई बाबा, जो रचयिता हुनुहुन्छ उहाँले नै जान्नुहुन्छ। यस्तो होइन– रचना रच्नुहुन्छ। बाबा आउनुहुन्छ नै सङ्गममा, पुरानो दुनियाँबाट नयाँ दुनियाँ बनाउन। बाबा दूरदेशबाट आउनुभएको छ, तिमीलाई थाहा छ– नयाँ दुनियाँ हाम्रो लागि बनिरहेको छ।बाबाले हामी आत्माहरूको श्रृङ्गार गरिरहनुभएको छ। त्यसको साथै फेरि शरीरहरूको पनि श्रृङ्गार हुन्छ। आत्मा पवित्र भएपछि फेरि शरीर पनि सतोप्रधान मिल्छन्। सतोप्रधान तत्त्वहरूबाट शरीर बन्छन्। यिनीहरूको सतोप्रधान शरीर छ नि त्यसैले स्वाभाविक सुन्दरता हुन्छ। गायन पनि गरिन्छ– धर्म शक्ति हो (रिलिजन इज माइट)। अब माइट वा शक्ति कहाँबाट मिल्यो? एउटै देवी-देवताहरूको धर्म छ जसबाट माइट मिल्छ। यी देवताहरू नै सारा विश्वका मालिक बन्छन् र अरू कोही विश्वका मालिक बन्दैनन्। तिमीलाई कति माइट मिल्छ। लेखिएको पनि छ– आदि सनातन देवी-देवता धर्मको स्थापना शिवबाबाले ब्रह्माद्वारा गर्नुहुन्छ। यी कुराहरू दुनियाँमा अरू कसले कहाँ जान्दछन् र! बाबा भन्नुहुन्छ– मैले ब्राह्मण कुल स्थापना गर्छु फेरि तिनीहरूलाई सूर्यवंशी राजवंशमा ल्याउँछु। जसले राम्रोसँग पढ्छन् उनीहरू पास भएर सूर्यवंशीमा आउँछन्। हो सबै ज्ञानको कुरा। उनीहरूले फेरि स्थूल बाण हतियार आदि देखाएका छन्। बाण चलाउन पनि सिक्छन्। साना बच्चाहरूलाई पनि बन्दुक चलाउन सिकाउँछन्। तिम्रो फेरि हो योग बाण। बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। हिंसाको कुनै कुरा छैन। तिम्रो पढाइ पनि हो गुप्त। तिमी हौ आध्यात्मिक रुहानी मुक्ति सेना। यो कसैलाई थाहा छैन– रुहानी सेना कसरी हुन्छ। तिमी हौ गुप्त, आध्यात्मिक रुहानी मुक्ति सेना। सारा दुनियाँलाई तिमीले मुक्त गर्छौ। सबैको बेडा डुबेको छ। बाँकी सुनको लङ्का कुनै छैन। यस्तो होइन– सुनको द्वारिका तल गएको छ, त्यो निस्केर आउँछ। होइन, द्वारिकामा पनि यिनीहरूको राज्य थियो तर सत्ययुगमा थियो। सत्ययुगी राजाहरूको ड्रेस नै अलग हुन्छ, त्रेताको अलग। भिन्न भिन्न ड्रेस, भिन्न भिन्न रसमरिवाज हुन्छ। हरेक राजाको रसमरिवाज आआफ्नो, सत्ययुगको त नाम लिने बित्तिकै दिल खुसी हुन्छ। भनिन्छ नै स्वर्ग, प्याराडाइज तर मानिसहरूले केही पनि जान्दैनन्। मुख्य त हो यो दिलवाडा मन्दिर। हुबहु तिम्रो यादगार हो। मोडल त सदा सानो बनाउँछन् नि। यी बिल्कुल एक्युरेट मोडलहरू हुन्। शिवबाबा पनि हुनुहुन्छ, आदि देव पनि छन्, माथि वैकुण्ठ देखाइएको छ। शिवबाबा हुनुहुन्छ भने अवश्य रथ पनि हुन्छ। आदि देव बसेका छन्, यो पनि कसैलाई थाहा छैन। यो शिवबाबाको रथ हो। महावीरले नै राज्य भाग्य प्राप्त गर्छन्। आत्मामा तागत कसरी आउँछ, यो पनि तिमीले अहिले बुझ्छौ। घरी घरी आफूलाई आत्मा सम्झ। हामी आत्मा सतोप्रधान हुँदा पवित्र थियौँ। शान्तिधाम, सुखधाममा अवश्य पवित्र नै रहन्छौँ। अब बुद्धिमा आउँछ, यो कति सहज कुरा हो। भारतवर्ष सत्ययुगमा पवित्र थियो। त्यहाँ अपवित्र आत्मा रहन सक्दैन। यति सबै पतित आत्माहरू माथि कसरी जान्छन्। अवश्य पवित्र बनेर नै जान्छन्। आगो लाग्छ फेरि सबै आत्माहरू जान्छन्। बाँकी शरीर रहन्छन्। यी सबै निसानीहरू पनि छन्। होलिकाको अर्थ कसैले कहाँ बुझ्छन् र। सारा दुनियाँ यसमा स्वाहा हुनुछ। यो ज्ञान यज्ञ हो। ज्ञान शब्द निकालेर बाँकी रुद्र यज्ञ भनिदिन्छन्। वास्तवमा यो हो रुद्र ज्ञान यज्ञ। यो यज्ञ ब्राह्मणहरूद्वारा नै रचिन्छ। सच्चा सच्चा ब्राह्मण तिमी हौ। प्रजापिता ब्रह्माका त सबै सन्तान हुन् नि। ब्रह्माद्वारा नै मनुष्य सृष्टि रचिन्छ। ब्रह्मालाई नै आदिपिता भनिन्छ, यिनको वंशावली हुन्छ नि। जसरी अलग अलग वंशको वंशावली राख्छन्। तिम्रो बुद्धिमा छ– मूलवतनमा छ आत्माहरूको वंशावली, काइदा अनुसार। शिवबाबा फेरि ब्रह्मा-विष्णु-शङ्कर, फेरि लक्ष्मी-नारायण आदि यी सबै हुन् मनुष्यहरूका वंशावली। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) रुहानी मुक्ति सेना बनेर स्वयंलाई र सबैलाई सही मार्ग बताउनुछ। सारा दुनियाँलाई विषय सागरबाट मुक्त गर्नको लागि बाबाको पूरा पूरा मददगार बन्नुछ।

२) ज्ञान-योगबाट पवित्र बनेर आत्माको श्रृङ्गार गर्नुछ, शरीरको होइन। आत्मा पवित्र बनेमा शरीरको श्रृङ्गार स्वत: हुन्छ।

वरदान:–
किनारा गर्नुको सट्टा हर पल बाबाको सहारा अनुभव गर्ने निश्चय बुद्धि विजयी भव

विजयी भवको वरदानी आत्माले हर पल स्वयंलाई सहाराको छत्रछायामा अनुभव गर्छ। उसको मनमा सङ्कल्पमा मात्र पनि बेसहारा वा एक्लोपनको अनुभव हुँदैन। कहिल्यै उदासी वा अल्पकालको हदको वैराग्य आउँदैन। उनीहरूले कहिल्यै कुनै कार्यबाट, समस्याबाट, व्यक्तिबाट किनारा गर्दैनन् तर हर कर्म गर्दै, सामना गर्दै, सहयोगी बन्दै बेहदको वैराग्य वृत्तिमा रहन्छन्।

स्लोगन:–
एक बाबाको साथमा बस र बाबालाई नै आफ्नो साथी बनाऊ।


अव्यक्त इसारा:– स्वयं र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

दिव्यबुद्धिरूपी विमानद्वारा सबैभन्दा अग्लो शिखरको स्थितिमा स्थित भएर, अव्यक्त वतनवासी बनेर विश्वका सर्व आत्माहरूप्रति शुभभावना र श्रेष्ठ कामनाको सहयोगको लहर फैलाऊ। योगको प्रयोगद्वारा दु:खी-अशान्त आत्माहरूलाई शान्ति र शक्तिको सकाश देऊ।