02.02.25 Avyakt Bapdada Nepali Murli 31.12.2003 Om Shanti Madhuban
“ यस वर्ष निमित्त र
निर्मान बनेर जम्माको खाता बढाऊ र अखण्ड महादानी बन”
आज अनेक भुजाधारी
बापदादाले आफ्नो चारैतिरका भुजाहरूलाई हेरिरहनुभएको छ। कोही भुजाहरू साकारमा सम्मुख
छन् र कोही भुजाहरू सूक्ष्म रूपमा देखिइरहेका छन्। बापदादा आफ्ना अनेक भुजाहरूलाई
देखेर हर्षित भइरहनु भएकोछ। सबै भुजाहरू नम्बरवार धेरै अलराउन्डर, एभररेडी,
आज्ञाकारी भुजाहरू हुन्। बापदादाले केवल इशारा गर्दा राइट ह्यान्ड्सले भन्छन्– ‘हाँ
बाबा, हाजिर बाबा, हस् बाबा।’ यस्ता मुरब्बी बच्चाहरूलाई देखेर कति खुसी लाग्छ!
बापदादालाई रुहानी फखुर छ– बापदादा सिवाए अरू कुनै पनि धर्म आत्मा, महान आत्मालाई
यस्ता र यति सहयोगी भुजाहरू मिल्दैनन्। हेर, सारा कल्पमा चक्कर लगाऊ, यस्ता भुजाहरू
कसैलाई मिलेका छन्? त्यसैले बापदादा हरेक भुजाको विशेषतालाई हेरिरहनुभएको छ। सारा
विश्वबाट चुनिएका विशेष भुजाहरू हौ, परमात्म सहयोगी भुजाहरू हौ। हेर, आज यस हलमा पनि
कति पुगेका छन्! (आज हलमा १८ हजारभन्दा पनि अधिक भाइ-बहिनीहरू बसेका छन्) सबैले
आफूलाई परमात्म भुजा हौँ, यो अनुभव गर्छौ? फखुर छ नि!
बापदादालाई खुसी छ–
चारैतिरबाट नयाँ वर्ष मनाउनका लागि सबै पुगेका छौ। तर नयाँ वर्षले के याद दिलाउँछ?
नयाँ युग, नयाँ जन्म। जति नै अति पुरानो अन्तिम जन्म हो, त्यति नै नयाँ पहिलो जन्म
कति सुन्दर छ! यो श्याम र त्यो सुन्दर। यति स्पष्ट छ– जस्तै आजको दिन पुरानो वर्ष
पनि स्पष्ट छ र नयाँ वर्ष पनि सामुन्ने स्पष्ट छ। यसरी आफ्नो नयाँ युग, नयाँ जन्म
स्पष्ट सामुन्ने आउँछ? आज अन्तिम जन्ममा छौँ, भोलि पहिलो जन्ममा हुनेछौँ। क्लियर छ?
सामुन्ने आउँछ? जो आदि बच्चाहरू हुन्, उनीहरूले ब्रह्मा बाबाको अनुभव गरे। ब्रह्मा
बाबालाई आफ्नो नयाँ जन्म, नयाँ जन्मको राजाई शरीररूपी वस्त्र सधैँ मानौँ सामुन्ने
किलामा झुण्डिएको देखिन्थ्यो। जो पनि बच्चाहरू भेट्न जान्थे, उनीहरूले अनुभव गर्थे,
ब्रह्मा बाबाको अनुभव थियो, आज बूढो छु, भोलि बच्चा बन्नेछु। याद छ नि!
पुरानाहरूलाई याद छ? छ पनि आज र भोलिको खेल। यति स्पष्ट भविष्य अनुभव होस्। आज
स्वराज्य अधिकारी छौँ, भोलि विश्व राज्य अधिकारी। छ नशा? हेर, आज बच्चाहरू ताज
लगाएर बसेका छन्। (रिट्रिटमा आएका डबल विदेशी साना बच्चाहरू ताज लगाएर बसेका छन्)
के नशा छ? ताज लगाउनाले के नशा छ? यी फरिस्ताको नशामा छन्। हात हल्लाइरहेका छन्,
हामी नशामा छौँ।
त्यसोभए यस वर्ष के
गर्नेछौ? नयाँ वर्षमा नवीनता के गर्नेछौ? कुनै प्लान बनाएका छौ? नवीनता के गर्नेछौ?
प्रोग्राम त गरिरहन्छौ, लाखको पनि गर्यौ, दुई लाखको पनि गर्यौ, नवीनता के गर्नेछौ?
आजकलका मानिसहरू एकातिर स्व-प्राप्तिका लागि इच्छुक पनि छन्, तर हिम्मतहीन छन्।
हिम्मत छैन। सुन्न चाहन्छन् पनि, तर बन्ने हिम्मत छैन। यस्ता आत्माहरूलाई परिवर्तन
गर्नका लागि पहिले त आत्माहरूलाई हिम्मतको पङ्ख लगाऊ। हिम्मतको पङ्खको आधार हो
अनुभव। अनुभव गराऊ। अनुभव यस्तो चीज हो, अलिकति अञ्जुली पाएपछि अनुभव गर्यो भने
अनुभवको पङ्ख भन, वा अनुभवको पाइला भन, त्यसबाट हिम्मतमा अगाडि बढ्न सक्नेछन्। यसका
लागि विशेष यस वर्ष निरन्तर अखण्ड महादानी बन्नुपर्छ, अखण्ड। मनसाद्वारा शक्ति
स्वरूप बनाऊ। महादानी बनेर मनसाद्वारा, भाइब्रेसनद्वारा निरन्तर शक्तिहरूको अनुभव
गराऊ। वाचाद्वारा ज्ञान दान देऊ, कर्मद्वारा गुणहरूको दान देऊ। सारा दिन चाहे मनसा,
चाहे वाचा, चाहे कर्म तीनैद्वारा अखण्ड महादानी बन। समय अनुसार अहिले दानी होइन,
कहिलेकाहीँ दान गर्यौ, होइन, अखण्ड दानी किनकि आत्माहरूलाई आवश्यकता छ। महादानी
बन्नका लागि पहिले आफ्नो जम्माको खाता चेक गर। चारै सब्जेक्टमा जम्माको खाता कति
पर्सेन्टमा छ? यदि स्वयम्मा जम्माको खाता छैन भने महादानी कसरी बन्ने! र, जम्माको
खातालाई चेक गर्ने निशानी के हो? मनसा, वाचा, कर्मद्वारा सेवा त गर्यौ तर जम्माको
निशानी हो– सेवा गर्दा पहिले स्वयम्को सन्तुष्टता। साथ-साथै जसको सेवा गर्छौ, ती
आत्माहरूमा खुसीको सन्तुष्टता आयो? यदि दुवैतिर सन्तुष्टता छैन भने बुझ, सेवाको
खातामा तिम्रो सेवाको फल जम्मा भएको छैन।
बापदादाले कहिलेकाहीँ
बच्चाहरूको जम्माको खाता हेर्नुहुन्छ। कहाँ-कहाँ मेहनत धेरै छ, तर जम्माको फल कम छ।
कारण? दुवैतिरको सन्तुष्टताको कमी। यदि सन्तुष्टताको अनुभव गरेनौ, चाहे स्वयम्ले,
चाहे अरूले भने जम्माको खाता कम हुन्छ। बापदादाले जम्माको खाता धेरै सहज बढाउने
गोल्डन चाबी बच्चाहरूलाई दिनुभएको छ। थाहा छ त्यो चाबी के हो? पाएका त छौ नि! सहज
जम्माको खाता भरपुर गर्ने गोल्डन चाबी हो– कुनै पनि मनसा-वाचा-कर्म, कुनैमा पनि सेवा
गर्ने समयमा एक त आफूभित्र निमित्त भावको स्मृति। निमित्त भाव, निर्मान भाव, शुभ
भाव, आत्मिक स्नेहको भाव, यदि यस भावको स्थितिमा स्थित भएर सेवा गर्छौ भने सहजै
तिम्रो यस भावबाट आत्माहरूको भावना पूर्ण हुन्छ। आजका मानिसहरू हरेकको भाव के छ,
त्यो नोट गर्छन्। के निमित्त भावबाट गरिरहेका छन्, वा अभिमानको भावबाट! जहाँ
निमित्त भाव छ, त्यहाँ निर्मान भाव अटोमेटिकली आउँछ। अब चेक गर– के जम्मा भयो? कति
जम्मा भयो? किनकि यस समय संगमयुग नै जम्मा गर्ने युग हो। फेरि त सारा कल्प जम्माको
प्रारब्ध हो।
त्यसोभए यस वर्ष के
विशेष अटेन्सन दिनु छ? आफ्नो-आफ्नो जम्माको खाता चेक गर। चेकर पनि बन, मेकर पनि बन
किनकि समयको समीपताको नजारा देखिरहेका छौ। र, सबैले बापदादासँग प्रतिज्ञा गरेका छौ–
हामी समान बन्नेछौँ। प्रतिज्ञा गरेका छौ नि? जसले प्रतिज्ञा गरेका छौ, उनले हात
उठाऊ। गर्यौ पक्का? कि पर्सेन्टेजमा? पक्का गर्यौ नि? त्यसोभए ब्रह्मा बाबा समान
खाता जम्मा चाहिन्छ नि! ब्रह्मा बाबा समान बन्नु छ भने ब्रह्मा बाबाको विशेष चरित्र
के देख्यौ? आदिदेखि लिएर अन्त्यसम्म हरेक कुरामा, ‘म’ भने वा ‘बाबा’ भने? ‘म’
गरिरहेको छु, होइन, ‘बाबा’ गराइरहनुभएको छ। कोसँग भेट्न आएका छौ? ‘बाबा’सँग भेट्न
आएका छौ। ‘मै’पनको अभाव, अविद्या, यो देख्यौ नि! देख्यौ? हरेक मुरलीमा ‘बाबा’,
‘बाबा’ कति पटक याद दिलाउनुहुन्छ? समान बन्नु, यसको अर्थ नै हो पहिले ‘मै’पनको अभाव
होस्। पहिले सुनाइएको छ– ब्राह्मणहरूको ‘मै’पन पनि धेरै रोयल छ। याद छ नि? सुनाएको
थिएँ नि! सबै चाहन्छन्– बापदादाको प्रत्यक्षता होस् भनेर। बापदादाको प्रत्यक्षता गरौँ।
प्लान धेरै बनाउँछौ। राम्रो प्लान बनाउँछौ, बापदादा खुसी हुनुहुन्छ। तर यो रोयल
रूपको ‘मै’पनले प्लानमा, सफलतामा केही पर्सेन्टेज कम गरिदिन्छ। नेचुरल संकल्पमा,
बोलमा, कर्ममा, हरेक संकल्पमा ‘बाबा’, ‘बाबा’ स्मृतिमा होस्। ‘मै’पन होइन। बापदादा
करावनहारले गराइरहनुभएको छ। जगत-अम्बाको यही विशेष धारणा थियो। जगत अम्बाको स्लोगन
याद छ, पुरानाहरूलाई याद होला। छ याद? बोल, (‘हुक्मी हुकुम चलाइरहनु भएको छ’) यो
थियो विशेष धारणा जगत अम्बाको। त्यसोभए नम्बर लिनु छ, समान बन्नु छ भने ‘मै’पन खतम
होस्। मुखबाट अटोमेटिक ‘बाबा-बाबा’ शब्द निस्कियोस्। कर्ममा, तिम्रो सूरतमा बाबाको
मूरत देखियोस् तब प्रत्यक्षता हुनेछ।
बापदादा यो रोयल रूपको
‘मै-मै’को गीत धेरै सुन्नुहुन्छ। मैले जे गरेँ, त्यही ठीक छ, मैले जे सोचेँ, त्यो
ठीक छ, त्यही हुनुपर्छ, यो ‘मै’पनले धोका दिन्छ। ठिक छ सोच, भन तर निमित्त र
निर्मान भावले। बापदादाले पहिले पनि एउटा रुहानी ड्रिल सिकाउनुभएको छ, कुन ड्रिल?
भर्खरै मालिक, भर्खरै बालक। विचार दिँदा मालिकपन, मेजोरिटीबाट फाइनल भएपछि बालकपन।
यो मालिक र बालक... यो रुहानी ड्रिल धेरै-धेरै आवश्यक छ। केवल बापदादाका तीन शब्द
शिक्षाका याद राख– सबैलाई याद छन्! मनमा निराकारी, वाचामा निरहंकारी, कर्ममा
निर्विकारी। जब पनि संकल्प गर्छौ, निराकारी स्थितिमा स्थित भएर संकल्प गर। अरू सबै
बिर्से पनि यी तीन शब्द नबिर्स। यो साकार रूपको तीन शब्दको शिक्षाको सौगात हो।
ब्रह्मा बाबासँग साकार रूपमा पनि प्यार थियो। अहिले पनि डबल फरेनरहरू धेरै अनुभव
सुनाउँछन्– ब्रह्मा बाबासँग धेरै प्यार छ। देखेका छैनन् तर पनि प्यार छ। छ? हाँ,
डबल फरेनरहरूको ब्रह्मा बाबासँग प्यार धेरै छ नि? छ नि? जससँग प्यार हुन्छ नि, उसको
सौगात धेरै सम्हालेर राख्छन्। चाहे सानो सौगात नै किन नहोस्, तर जससँग अति प्यार
हुन्छ, उसको सौगातलाई लुकाएर राख्छन्, सम्हालेर राख्छन्। त्यसैले ब्रह्मा बाबासँग
प्यार छ भने यी तीन शब्दको शिक्षासँग प्यार। यसमा सम्पन्न बन्न वा समान बन्न धेरै
सहज हुनेछ। याद गर ब्रह्मा बाबाले के भन्नुभयो!
नयाँ वर्षमा वाचाको
सेवा ठीक छ गर, धूमधामले गर तर अनुभव गराउने सेवा सधैँ अटेन्सनमा राख। सबैले अनुभव
गरून्– यस बहिनीद्वारा वा भाइद्वारा हामीलाई शक्तिको अनुभव भयो, शान्तिको अनुभव भयो,
किनकि अनुभव कहिल्यै बिर्सिँदैन। सुनेको कुरा बिर्सिन्छ। राम्रो लाग्छ तर बिर्सिन्छ।
अनुभव यस्तो चीज हो, जसले तानेर उसलाई तिम्रो नजिक ल्याउँछ। सम्पर्कवाला सम्बन्धमा
आइरहनेछ किनकि सम्बन्ध बिना वर्साको अधिकारी बन्न सक्दैनौ। अनुभवले सम्बन्धमा
ल्याउँछ। अच्छा। बुझ्यौ, के गर्नेछौ? चेक गर, चेकर पनि बन, मेकर पनि बन। अनुभव
गराउने मेकर बन, जम्माको खाता चेक गर्ने चेकर बन। अच्छा।
अब सबैले के गर्नेछौ?
बापदादालाई नयाँ वर्षको कुनै गिफ्ट दिन्छौ कि दिदैनौ? नयाँ वर्षमा के गर्छौ?
एक-अर्कालाई गिफ्ट दिन्छौ नि। एउटा कार्ड दिन्छौ, एउटा गिफ्ट दिन्छौ। बापदादालाई
कार्ड चाहिँदैन, रेकर्ड चाहिन्छ। सबै बच्चाहरूको रेकर्ड नम्बरवन होस्, यो रेकर्ड
चाहिन्छ। निर्विघ्न होस्, अहिले यो कुनै-कुनै विघ्नका कुराहरू सुन्छु नि,
बापदादालाई एउटा हाँसोको खेल याद आउँछ। थाहा छ कुन हाँसोको खेल हो? त्यो खेल हो–
वृद्धहरूले गुडियाको खेल गरिरहेका छन्। छन् वृद्ध तर खेल गर्छन् गुडियाको, त्यसैले
हाँसोको खेल हो नि। अहिले जो साना-साना कुराहरू सुन्छौ, देख्छौ नि, यस्तै लाग्छ,
वानप्रस्थ अवस्था भएका तर कुराहरू कति साना छन्! यो रेकर्ड बाबालाई राम्रो लाग्दैन।
यसको सट्टा, कार्डको सट्टा रेकर्ड देऊ– निर्विघ्न, साना कुराहरू समाप्त। ठूलोलाई
सानो बनाउन सिक र सानोलाई खतम गर्न सिक। बापदादा एक-एक बच्चाको अनुहार, बापदादाको
मुख हेर्ने ऐना बनाउन चाहनुहुन्छ। तिम्रो ऐनामा बापदादा देखियोस्। यस्तो विचित्र ऐना
बापदादालाई गिफ्टमा देऊ। दुनियाँमा त यस्तो कुनै ऐना छँदै छैन, जसमा परमात्मा
देखियोस्। तिमीले यस नयाँ वर्षको यस्तो गिफ्ट देऊ, जुन विचित्र ऐना बनोस्। जसले पनि
हेरोस्, जसले पनि सुनोस्, उसलाई बापदादा नै देखियोस्, सुनाइदेओस्। बाबाको आवाज
सुनाइदेओस्। त्यसोभए सौगात दिनेछौ? दिनेछौ? जसले दिने दृढ संकल्प गर्छौ, उनले हात
उठाऊ। दृढ संकल्प गर्नेले हात उठाऊ। डबल फरेनरहरूले पनि उठाइरहेका छन्। सिन्धी
ग्रुपले पनि उठाइरहेको छ। सोचेर उठाइरहेका छौ। राम्रो छ– बापदादालाई सिन्धी ग्रुपमा
उम्मेद छ, बताऊ कुन उम्मेद छ? यही उम्मेद छ– सिन्धी ग्रुपबाट एउटा यस्तो माइक
निस्कियोस्, जसले च्यालेन्ज गरोस्– के थियो र के बन्यौँ, जसले सिन्धीहरूलाई जगाओस्।
बिचरा, बिचरा छन्। चिन्दै चिन्दैनन्। देशका अवतारलाई नै जान्दैनन्। त्यसैले सिन्धी
ग्रुपमा यस्तो माइक निस्कियोस्, जसले च्यालेन्ज गरेर भनोस्, म सुनाउँछु यथार्थ के
हो। ठीक छ? उम्मेद पूरा गर्नेछौ? अच्छा।
चारैतिरका सदा अखण्ड
महादानी बच्चाहरूलाई, चारैतिरका बाबाका राइट ह्यान्ड, आज्ञाकारी भुजाहरूलाई,
चारैतिरका सदा सर्व आत्माहरूलाई हिम्मतको पङ्ख लगाउने हिम्मतवान आत्माहरूलाई,
चारैतिरका सदा बाबा समान हरेक कर्ममा फलो गर्ने ब्रह्मा बाबा र जगत अम्बाको
शिक्षाहरूलाई सदा प्राक्टिकल जीवनमा ल्याउने सर्व बच्चाहरूलाई धेरै-धेरै यादप्यार,
आशीर्वाद एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
डबल विदेशीहरूका प्रति
र भारतका बच्चाहरूका प्रति डबल गुडनाइट र गुडमर्निङ्ग दुवै दिइरहनु भएको छ। जसरी
अहिले खुसी भइरहेका छौ नि! त्यस्तै जब कुनै कुरा यस्तो आउँछ, आजको दिनलाई याद गरेर
खुसीमा झुम्नु। खुसीको झुलामा सधैँ झुलिरहनु। कहिल्यै दुःखको लहर नआओस्। दुःख दिने
त दुनियाँमा अनेक आत्माहरू छन्, तिमी सुख दिने, सुख लिने, सुखदाताका बच्चाहरू सुख
स्वरूप हौ। कहिले सुखको झुलामा झुल, कहिले प्यारको झुलामा झुल, कहिले शान्तिको
झुलामा झुल। झुल्दै नै रहनु। तल माटोमा पाइला नराख्नु। झुल्दै नै रहनु। खास रहनु र
सबैलाई खुसी राख्नु र मानिसहरूलाई खुसी बाँड्नु। अच्छा। ओम् शान्ति।
वरदान:–
फरिश्तापनको
स्थितिद्वारा बाबाको स्नेहको रिटर्न दिने समाधान स्वरूप भव
फरिश्तापनको स्थितिमा
स्थित हुनु– यही बाबाको स्नेहको रिटर्न हो, यस्तो रिटर्न दिने समाधान स्वरूप बन्छन्।
समाधान स्वरूप बन्नाले स्वयम्को वा अन्य आत्माहरूको समस्याहरू स्वतः समाप्त हुन्छन्।
अब यस्तो सेवा गर्ने समय हो, लिनेको साथ दिने समय हो। त्यसैले अब बाबा समान उपकारी
बनेर पुकार सुनेर आफ्नो फरिश्ता रूपद्वारा ती आत्माहरूसम्म पुग र समस्याहरूबाट थकित
भएका आत्माहरूको थकाइ मेटाऊ।
स्लोगन:–
व्यर्थबाट
बेपरवाह बन, मर्यादामा होइन।