02.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यस
पुरानो पतित दुनियाँबाट तिम्रो बेहदको वैराग्य हुनुपर्छ किनकि तिमी पावन बन्नुछ
तिम्रो चढ्ती कलाबाट सबैको भलो हुन्छ।”
प्रश्न:–
भनिन्छ– आत्मा
आफ्नै शत्रु, आफ्नै मित्र हो, सच्चा मित्रता के हो?
उत्तर:–
एक बाबाको
श्रीमतमा सदा चलिरहनु– यही सच्चा मित्रता हो। सच्चा मित्रता हो एक बाबाको याद गरेर
पावन बन्नु र बाबाबाट पूरा वर्सा लिनु। यो मित्रता गर्ने युक्ति बाबाले नै
बताउनुहुन्छ। सङ्ग मयुगमा नै आत्मा आफ्नो मित्र बन्छ।
गीत:–
तूने रात
गँवाई...
ओम् शान्ति ।
हुन त यो गीत
हो भक्तिमार्गको, सारा दुनियाँमा जुन गीत गाउँछन् वा शास्त्र पढ्छन्, तीर्थमा
जान्छन्, त्यो सबै हो भक्तिमार्ग। ज्ञानमार्ग केलाई भनिन्छ, भक्तिमार्ग केलाई
भनिन्छ– यो कुरा तिमी बच्चाहरूले नै बुझेका छौ। वेद, शास्त्र, उपनिषद् आदि यी सबै
हुन् भक्तिका। आधाकल्प भक्ति चल्छ र आधाकल्प फेरि ज्ञानको प्रारब्ध चल्छ। भक्ति
गर्दा गर्दा उत्रिनु नै पर्छ। ८४ पुनर्जन्म लिँदै तल उत्रिन्छन्। फेरि एक जन्ममा
तिम्रो चढ्तीकला हुन्छ। यसलाई भनिन्छ ज्ञानमार्ग। ज्ञानको लागि गायन छ एक सेकेण्डमा
जीवनमुक्ति। रावण राज्य जुन द्वापरदेखि चल्दै आउँछ, त्यो खतम भएर फेरी रामराज्य
स्थापना हुन्छ। ड्रामामा तिम्रो ८४ जन्म पूरा भएपछि मात्र चढ्तीकलाबाट सबैको भलो
हुन्छ। यी शब्द कहीँ न कहीँ कुनै शास्त्रमा छ। चढ्तीकला सर्वको भला। सर्वको सद्गति
गर्नेवाला त एउटै बाबा हुनुहुन्छ नि। संन्यासी, उदासी त अनेक प्रकारका छन्। धेरै
मतमतान्तर छन्। जसरी शास्त्रमा लेखिएको छ– कल्पको अवधि लाखौं वर्ष, भन्छन्
शङ्कराचार्यको मत निस्केको १० हजार वर्ष भयो... कति फरक परेको छ। कसैले फेरि भन्छन्
यति हजार। कलियुगमा छन् अनेक मनुष्य, अनेक मत, अनेक धर्म। सत्ययुगमा हुन्छ नै एक मत।
बाबा बसेर तिमी बच्चाहरूलाई यस सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। यो
सुनाउन पनि कति समय लाग्छ। सुनाइ नै रहनुहुन्छ। यस्तो भन्न सकिँदैन– पहिला नै किन
यो सुनाउनुभएन? विद्यालयमा पढाइ नम्बरवार हुन्छ। साना बच्चाहरूका कर्मेन्द्रिय साना
हुन्छन् त्यसैले उनलाई थोरै सिकाइन्छ। फेरि जति जति अङ्गहरू ठुला हुँदै जान्छन्,
बुद्धिको ताला खुल्दै जान्छ। पढाइ धारण गर्दै जान्छन्। साना बच्चाहरूको बुद्धिमा
केही पनि धारणा हुनसक्दैन। ठुलो भएपछि फेरि वकिल, न्यायाधीश आदि बन्छन्, यसमा पनि
यस्तै हो। कसैको बुद्धिमा धारणा राम्रो हुन्छ। बाबा भन्नुहुन्छ– म आएको छु पतितबाट
पावन बनाउन। त्यसैले अब पतित दुनियाँबाट वैराग्य हुनुपर्छ। आत्मा पावन बनेपछि फेरि
पतित दुनियाँमा रहन सक्दैन। पतित दुनियाँमा आत्मा पनि पतित हुन्छ, मानिसहरू पनि
पतित हुन्छन्। पावन दुनियाँमा मानिसहरू पनि पावन, पतित दुनियाँमा मानिसहरू पनि पतित
हुन्छन्। यो हो नै रावण राज्य। यथा राजा-रानी तथा प्रजा। यो सारा ज्ञान हो
बुद्धिद्वारा बुझ्ने। यस समयमा सबैको बाबासँग विपरीत बुद्धि छ। तिमी बच्चाहरूले त
बाबालाई याद गर्छौ। मनभित्र बाबामा प्यार छ। आत्मामा बाबाको लागि प्यार छ, आदर छ
किनकि बाबालाई चिनेका छौ। यहाँ तिमी सम्मुखमा छौ। शिवबाबाबाट सुनिरहेका छौ। उहाँ
मानिस सृष्टिका बीजरूप, ज्ञानका सागर, प्रेमका सागर, आनन्दका सागर हुनुहुन्छ। गीता
ज्ञानदाता परमपिता त्रिमूर्ति शिव परमात्मा उवाच, त्रिमूर्ति शब्द अवश्य राख्नुपर्छ
किनकि त्रिमूर्तिको त गायन छ नि। ब्रह्माद्वारा स्थापना छ भने अवश्य ब्रह्माद्वारा
नै ज्ञान सुनाउनुहुन्छ। श्रीकृष्णले त यस्तो भन्दैनन्– शिव भगवानुवाच। प्रेरणाबाट
केही हुँदैन। न उनमा शिवबाबाको प्रवेशता हुनसक्छ। शिवबाबा त पराई देशमा आउनुहुन्छ।
सत्ययुग त श्रीकृष्णको देश हो नि। दुवैको महिमा बेग्लाबेग्लै छ। मुख्य कुरा नै यो
हो।
सत्ययुगमा गीता त
कसैले पढ्दैनन्। भक्तिमार्गमा त जन्मजन्मान्तर पढ्छन्। ज्ञानमार्गमा त त्यो हुन
सक्दैन। भक्तिमार्गमा ज्ञानको कुरा हुँदैन। अहिले रचयिता बाबाले नै रचनाको
आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। मानिसहरू त रचयिता हुनसक्दैनन्। मानिसहरूले म
रचयिता हुँ भन्न सक्दैनन्। बाबा स्वयं भन्नुहुन्छ– म मनुष्य सृष्टिको बीजरूप हुँ। म
ज्ञानको सागर, प्रेमको सागर, सर्वको सद्गतिदाता हुँ। श्रीकृष्णको महिमा नै बेग्लै
छ। त्यसैले यो पूरा भिन्नता लेख्नुपर्छ, जुन कुरा मानिसहरूले पढ्नेबित्तिकै बुझुन्–
गीताका ज्ञानदाता श्रीकृष्ण होइनन्, यस कुरालाई स्वीकार गरे भने तिमीले विजय
प्राप्त गर्यौ। मानिसहरू श्रीकृष्णको पछि कति हैरान हुन्छन्, जसरी शिवका भक्त शिवका
लागि गला काट्न तयार हुन्छन्। हामीलाई शिवको पासमा जानुछ, त्यस्तै उनीहरूले
सम्झन्छन् श्रीकृष्णको पासमा जानुछ। तर श्रीकृष्णको पासमा जान सक्दैनन्। श्रीकृष्णको
पासमा बलि चढ्ने कुरा हुँदैन। देवी माथि बलि चढ्छन् देवताहरू माथि कहिल्यै कोही बलि
चढ्दैन। तिमी देवीहरू हौ नि। तिमी शिवबाबाको बनेका छौ त्यसैले शिवबाबा माथि पनि बलि
चढ्छन्। शास्त्रमा हिंसक कुरा लेखिएको छ। तिमी त शिवबाबाका बच्चाहरू हौ। तन-मन-धन
बलि चढाउँछौ, अरू कुनै कुरा होइन। त्यसैले शिव र देवीमाथि बलि चढाउँछन्। अहिले
सरकारले शिव काशी माथि बलि चढाउन बन्द गरेको छ। अहिले त्यो तरवार नै छैन,
भक्तिमार्गमा जुन आत्मघात गर्छन्। यो पनि मानौं आफैसँग शत्रुता गर्ने उपाय हो।
मित्रता गर्ने एउटै उपाय हो– जे बाबाले बताउनुहुन्छ, पावन बनेर बाबासँग पूरा वर्सा
लेऊ। एक बाबाको श्रीमतमा चलिराख, यही मित्रता हो। भक्तिमार्गमा जीवात्मा आफ्नै शत्रु
हुन्छ। फेरि बाबा आएर ज्ञान दिनुहुन्छ तब जीवात्मा आफ्नो मित्र बन्छ। आत्मा पवित्र
बनेर बाबाबाट वर्सा लिन्छ, सङ्गम युगमा हरेक आत्मालाई बाबा आएर मित्र बनाउनुहुन्छ।
आत्मा आफ्नो मित्र बन्छ। श्रीमत मिलेपछि सम्झिन्छ म बाबाको मतमा नै चल्छु। आफ्नो
मतमा आधाकल्प चल्यौ। अब श्रीमतद्वारा सद्गति प्राप्त गर्नुछ, यसमा आफ्नो मत चल्न
सक्दैन। बाबाले त केवल मत दिनुहुन्छ। तिमी देवता बन्न आएका हौ नि। यहाँ राम्रो कर्म
गर्यौ भने अर्को जन्ममा पनि राम्रो फल मिल्छ, अमरलोकमा। यो त हो नै मृत्युलोक। यो
रहस्य पनि तिमी बच्चाहरूले नै बुझेका छौ। त्यो पनि नम्बरवार। कसैको बुद्धिमा राम्ररी
धारणा हुन्छ, कसैले धारणा गर्न सक्दैनन् भने यसमा टिचरले के गर्न सक्छन्। टिचरसँग
कृपा वा आशीर्वाद माग्छौ र! टिचर त पढाएर आफ्नो घरमा जान्छन्। विद्यालयमा पहिला
सुरुमा खुदालाई पुकार्छन्– हे खुदा हामीलाई पास गराइदिनु भयो भने हामीले भोग लगाउने
छौं! टिचरलाई कहिल्यै पनि भन्दैनन्– आशीर्वाद दिनुहोस्। यस समयमा परमात्मा हाम्रो
बाबा पनि हुनुहुन्छ भने टिचर पनि हुनुहुन्छ। बाबाको आशीर्वाद त स्वत: मिल्छ नै।
बाबाले चाहनुहुन्छ, बच्चाहरू आए भने उनलाई धन दिऊँ। यो आशीर्वाद भयो नि। यो एक नियम
हो। बच्चाहरूलाई बाबाबाट वर्सा मिल्छ। अब त तमोप्रधान नै हुँदै जान्छन्, जस्तो पिता
त्यस्तै बच्चाहरू। दिनप्रतिदिन हर चीज तमोप्रधान हुँदैजान्छ। तत्त्व पनि तमोप्रधान
हुँदैजान्छ। यो हो नै दु:खधाम। ४० हजार वर्ष अझै अवधि हुने हो भने के हालत होला!
मानिसहरूको बुद्धि बिलकुल तमोप्रधान बनेको छ।
बाबासँग योग लगाउनाले
अहिले तिमी बच्चाहरूको बुद्धिमा प्रकाश आएको छ। बाबा भन्नुहुन्छ– जति यादमा रहन्छौ,
त्यति लाइट बढ्दै जान्छ। यादबाट आत्मा पवित्र बन्छ। लाइट बढ्दै जान्छ। याद नै
गर्दैनौ भने लाइट मिल्दैन। यादबाट लाइट वृद्धि भइरहन्छ। याद गरेनौ, अझै कुनै विकर्म
गर्यौ भने लाइट कम हुन्छ। तिमीले पुरुषार्थ गर्छौ सतोप्रधान बन्ने। यो धेरै
बुझ्नुपर्ने कुरा हो। यादबाट नै तिम्रो आत्मा पवित्र हुँदै जान्छ। तिमीले लेख्न पनि
सक्छौ– यो रचयिता र रचनाको ज्ञान श्रीकृष्णले दिन सक्दैनन्। त्यो त हो प्रारब्ध। यो
पनि लेख्नुपर्छ– ८४ औं अन्तिम जन्ममा श्रीकृष्णको आत्माले फेरि ज्ञान लिइरहेको छ,
फेरि पहिलो नम्बरमा जान्छ। बाबाले यो पनि सम्झाउनुभएको छ– सत्ययुगमा ९ लाख नै
हुन्छन्, फेरि त्यसबाट वृद्धि पनि हुन्छ नि। दासदासीहरू पनि धेरै हुन्छन् नि, जसले
पूरा ८४ जन्म लिन्छन्। ८४ जन्म नै गणना हुन्छ। जसले राम्ररी परीक्षा पास गर्छन्,
उनीहरू सबैभन्दा पहिला आउँछन्। जति ढिला आउँछन् त्यति घर पुरानो त भनिन्छ नि। नयाँ
घर बन्छ फेरि दिनप्रतिदिन आयु कम हुँदै जान्छ। त्यहाँ त सुनका महल बन्छन्, ती त
पुराना हुँदैनन्। सुन त सदा चम्किन्छ। फेरि पनि सफा त अवश्य गर्नुपर्छ। गहना पक्का
सुनका बनाए पनि अन्त्यमा चमक त कम हुँदै जान्छ, फेरि तिनलाई पालिस गर्नुपर्छ। तिमी
बच्चाहरूलाई सदा यो खुसी रहनुपर्छ– हामी नयाँ दुनियाँमा जान्छौं। यस नर्कमा यो
अन्तिम जन्म हो। यी आँखाद्वारा जे देखेका छौ, बुझेका छौ– यो पुरानो दुनियाँ, पुरानो
शरीर हो। अब हामीले सत्ययुग नयाँ दुनियाँमा नयाँ शरीर लिनुछ। ५ तत्त्व पनि नयाँ
हुन्छन्। यस्तो विचार सागर मन्थन चल्नुपर्छ। यो पढाइ हो नि। अन्त्यसम्म तिम्रो यो
पढाइ चल्छ। पढाइ बन्द भएपछि विनाश हुन्छ। त्यसैले आफूलाई विद्यार्थी सम्झेर, भगवानले
हामीलाई पढाउनुहुन्छ, यो खुसीमा रहनुपर्छ। यो खुसी कुनै कम कहाँ हो र। तर साथसाथै
मायाले पनि उल्टो कर्म गराइदिन्छ। ५-६ वर्ष पवित्र रहन्छन् फेरि मायाले गिराइदिन्छ।
एकपटक गिरेपछि फेरि त्यो अवस्था हुन सक्दैन। हामी गिर्यौं भन्ने घृणा आउँछ। अब तिमी
बच्चाहरूले सारा स्मृति राख्नुछ। यस जन्ममा जे पाप गरिएको छ, हरेक आत्मालाई आफ्नो
जीवनको त थाहा हुन्छ नि। कोही मन्दबुद्धि, कोही विशालबुद्धि हुन्छन्। सानो उमेरको
इतिहास त याद रहन्छ नि। यी बाबाले पनि सानो छँदाको इतिहास सुनाउँछन्। बाबालाई त्यो
घर आदि पनि याद छ। तर अहिले त त्यहाँ पनि सबै नयाँ घर बनेका होलान्। ६ वर्ष देखिको
आफ्नो जीवन कहानी याद हुन्छ। यदि भुल्यो भने मन्द बुद्धि भनिन्छ। बाबा भन्नुहुन्छ–
आफ्नो जीवन कहानी लेख। जीवनको कुरा हो नि। थाहा हुन्छ जीवनमा कति चमत्कार भएको थियो।
गान्धी नेहरूका कति ठुला-ठुला पुस्तक बन्छन्। वास्तवमा तिम्रो जीवन त धेरै मूल्यवान
छ। आश्चर्यजनक जीवन यो हो। अति मूल्यवान, अमूल्य जीवन। यसको मूल्य नै बताउन सकिँदैन।
यस समयमा तिमीले नै सेवा गर्छौ। यी लक्ष्मी-नारायणले केही पनि सेवा गर्दैनन्। तिम्रो
जीवन धेरै मूल्यवान् छ, जबकि अरूको पनि यस्तो जीवन बनाउने सेवा गर्छौ। जसले राम्ररी
सेवा गर्छन् ती गायन लायक हुन्छन्। वैष्णव देवीका पनि मन्दिर छन् नि। अब तिमी सच्चा
सच्चा वैष्णव बन्छौ। वैष्णव अर्थात् जो पवित्र छन्। अहिले तिम्रो खानपिन पनि पवित्र
छ। पहिलो नम्बरको विकारमा त तिमी पवित्र छौ नै। यी सबै ब्रह्माकुमार-कुमारीहरू जगत्
अम्बाका बच्चाहरू हुन् नि। ब्रह्मा र सरस्वती। बाँकी बच्चाहरू हुन् उनका सन्तान।
नम्बरवार देवीहरू पनि छन्, जसको पूजा हुन्छ। बाँकी यति भुजाहरू आदि दिइएको छ, त्यो
सबै हो फाल्तु। तिमीले धेरैलाई आफूसमान बनाउँछौ त्यसैले भुजा दिएका छन्। ब्रह्मालाई
पनि १०० भुजावाला, हजार भुजावाला देखाउँछन्। यी सबै भक्तिमार्गका कुरा हुन्।
तिमीलाई फेरि बाबा भन्नुहुन्छ– दैवी गुण पनि धारणा गर्नुछ। कसैलाई पनि दु:ख नदेऊ।
कसैलाई उल्टो-सुल्टो मार्ग बताएर सत्यानाश नगर। एउटा नै मुख्य कुरा सम्झाउनुपर्छ–
बाबा र वर्सालाई याद गरौं। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) गायन वा पूजन योग्य बन्नको लागि पक्का वैष्णव बन्नुछ। खानपिनको शुद्धिको साथै
पवित्र रहनुछ। यस अमूल्य जीवनमा सेवा गरेर धेरैको जीवन श्रेष्ठ बनाउनुछ।
२) बाबासँग यस्तो योग
लगाउनुपर्छ, जसबाट आत्माको लाइट बढ्दै जान्छ। कुनै पनि विकर्म गरेर लाइट कम
गर्नुछैन। आफूसँग मित्रता गर्नुछ।
वरदान:–
स्व-स्थितिको
सीटमा स्थित रहेर परिस्थितिहरूमाथि विजय प्राप्त गर्ने मास्टर रचयिता भव
कुनै पनि परिस्थिति
प्रकृतिद्वारा आउँछ, त्यसकारण परिस्थिति रचना हो र स्व-स्थितिवाला रचयिता हो।
मास्टर रचयिता वा मास्टर सर्वशक्तिमानले कहिल्यै हार्न सक्दैनन्। असम्भव छ। यदि
कसैले आफ्नो सीट छोड्छ भने हार हुन्छ। सीट छोड्नु अर्थात् शक्तिहीन बन्नु। सीटको
आधारमा शक्तिहरू स्वतः आउँछन्। जो सीटबाट तल आउँछन्, उनीहरूलाई मायाको धुलो लाग्छ।
बापदादाका लाडला, मरजीवा जन्म भएका ब्राह्मणहरू कहिल्यै देह अभिमानको माटोमा खेल्न
सक्दैनन्।
स्लोगन:–
दृढताले कठोर
संस्कारलाई पनि मैनजस्तै पगालिदिन्छ (समाप्त गरिदिन्छ)।