03.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
यो नयाँ वृक्ष धेरै मीठो छ , यस मीठो वृक्षलाई नै कीरा लाग्छ , कीरालाई समाप्त गर्ने
दबाई हो मनमनाभव।”
प्रश्न:–
पास विद् अनर
हुने विद्यार्थीको निसानी के हुन्छ?
उत्तर:–
उनीहरूले केवल
एउटा विषयमा मात्र होइन, सबै विषयमा पूरा पूरा ध्यान दिन्छन्। स्थूल सेवाको विषय पनि
राम्रो हो, धेरैलाई सुख मिल्छ। यसबाट पनि नम्बर जम्मा हुन्छ तर साथसाथै ज्ञान पनि
हुनुपर्छ अनि चालचलन पनि राम्रो हुनुपर्छ। दैवी गुणहरूमा पूरा ध्यान रहोस्। ज्ञान
योग पूरा भयो भने पास विद् अनर हुनसक्छौ।
गीत:–
न वह हमसे जुदा
होंगे....
ओम् शान्ति ।
बच्चाहरूले के
सुन्यौ? बच्चाहरूको दिल कोसँग लागेको छ? गाइडसँग। गाइडले के के देखाउनुहुन्छ?
स्वर्गमा जाने गेट देखाउनुहुन्छ। बच्चाहरूलाई नाम पनि दिनुभएको छ स्वर्ग जाने मार्ग
(गेट वे टु हेवन)। स्वर्गको ढोका कहिले खुल्छ? अहिले त नर्क हो नि। हेविनको ढोका
कसले र कहिले खोल्नुहुन्छ? यो तिमी बच्चाहरूले नै बुझेका छौ। तिमीलाई सदा खुसी
हुन्छ। स्वर्ग जाने मार्ग तिमीलाई थाहा छ। मेला प्रदर्शनीद्वारा तिमीले यो देखाउँछौ,
मानिसहरू स्वर्गको गेटमा कसरी जान सक्छन्। चित्र त तिमीले धेरै बनाएका छौ। बाबाले
सोध्नुहुन्छ– यी सबै चित्रहरूमा कुनचाहिँ चित्र यस्तो छ जसबाट हामीले कसैलाई पनि
स्वर्ग जाने मार्ग यो हो भनी सम्झाउन सक्छौं? गोला (सृष्टि चक्र) को चित्रद्वारा
स्वर्ग जाने गेट सिद्ध हुन्छ। यो नै ठीक छ। माथि एकातर्फ नर्कको गेट छ, अर्कातर्फ
स्वर्गको गेट छ। बिल्कुल स्पष्ट छ। यहाँबाट सबै आत्माहरू शान्तिधाम दौडन्छन् फेरि
स्वर्गमा आउँछन्। यो गेट हो। सारा चक्रलाई पनि गेट भनिँदैन। माथि जहाँ सङ्गम
देखाइएको छ त्यो हो पूरा गेट, जसबाट आत्माहरू निस्कन्छन् फेरि नयाँ दुनियाँमा आउँछन्।
बाँकी सबै शान्तिधाममा रहन्छन्। सुईले देखाउँछ– यो नर्क हो, यो स्वर्ग हो। यो
सबैभन्दा राम्रो फस्टक्लास सम्झाउने चित्र यो हो। बिल्कुल स्पष्ट छ गेट वे टु हेवन।
यो बुद्धिले बुझ्नुपर्ने कुरा हो नि। अनेक धर्मको विनाश र एक धर्मको स्थापना भइरहेको
छ। तिमीलाई थाहा छ– हामी सुखधाममा जान्छौं, बाँकी सबै शान्तिधाममा जान्छन्। गेट त
धेरै क्लियर छ। यो गोला नै मुख्य चित्र हो। यसमा नर्कको द्वार, स्वर्गको द्वार
बिल्कुल क्लियर छ। स्वर्गको द्वारमा जो कल्प पहिला गएका थिए, उनीहरू नै जान्छन्,
बाँकी सबै शान्तिको द्वारमा जान्छन्। नर्कको द्वार बन्द भएर शान्ति र सुखको द्वार
खुल्छ। सबैभन्दा फस्टक्लास चित्र यो हो। बाबाले सदैव भन्नुहुन्छ– त्रिमूर्ति र यो
चक्रका चित्र फस्टक्लास चित्र हुन्। जो आए पनि पहिला उनलाई यी चित्रमा स्वर्ग जाने
मार्ग यो हो भनी देखाऊ। यो नर्क, यो स्वर्ग। नर्कको अब विनाश हुन्छ। मुक्तिको गेट
खुल्छ। यस समयमा हामी स्वर्गमा जान्छौं बाँकी सबै शान्तिधाम जान्छन्। कति सहज छ।
स्वर्ग द्वार सबै त जाँदैनन्। त्यहाँ त यी देवी-देवताहरूको नै राज्य थियो। तिम्रो
बुद्धिमा छ स्वर्ग द्वारमा जानको लागि अहिले हामी लायक बनेका छौं। जति लेख्छौं पढ्छौं
त्यति नवाब हुन्छौं, खेल्छौं डुल्छौं भने बिग्रन्छौं। सबैभन्दा राम्रो चित्र यो
सृष्टिचक्रको छ, बुद्धिले बुझ्न सक्छौ। एकचोटि चित्रलाई हेरेपछि फेरि बुद्धिले काम
लिन सकिन्छ। तिमी बच्चाहरूलाई सारा दिन यो ख्याल चल्नुपर्छ – कुनचाहिँ चित्र मुख्य
हो जसबाट हामीले राम्रोसँग सम्झाउन सक्छौं। गेट वे टु हेवन– यो अङ्ग्रेजी शब्द धेरै
राम्रो छ। अहिले त अनेक भाषाहरू भएका छन्। हिन्दी शब्द हिन्दुस्तानबाट निस्केको हो।
हिन्दुस्तान अक्षर कुनै ठीक छैन, यसको असली नाम त भारत नै हो। भारतखण्ड भन्छन्।
गल्लीहरूको नाम पो परिवर्तन हुन्छ। खण्डको नाम कहाँ परिवर्तन हुन्छ र। महाभारत शब्द
छ नि। सबैमा भारतवर्ष नै याद आउँछ। गाउँछन् पनि, भारतवर्ष हाम्रो स्थान हो। हिन्दु
धर्म भन्नाले भाषा पनि हिन्दी बनाएका छन्। यो बेठीक छ। सत्ययुगमा सत्य नै सत्य थियो–
सत्य पहिरिनु, सत्य खानु, सत्य बोल्नु। यहाँ सबै झुटो भएको छ। त्यसैले यो गेट वे टु
हेवन भनाई धेरै राम्रो छ। आउनुहोस्, हामी तपाइँलाई स्वर्ग जाने मार्ग बताउँछौं। कति
भाषाहरू भएका छन्। बाबाले तिमी बच्चाहरूलाई सद्गतिको श्रेष्ठ मत दिनुहुन्छ। बाबाको
मतको लागि गायन छ– उनको गत मत न्यारी। तिमी बच्चाहरूलाई कति सहज मत दिनुहुन्छ। तिमी
बच्चाहरू भगवानको श्रीमतमा नै चल्नुपर्छ। डाक्टरको मतमा डाक्टर बनिन्छ। भगवानको मतले
भगवान भगवती बन्नुपर्ने हुन्छ। छ पनि भगवानुवाच, त्यसैले बाबाले भन्नुभएको थियो
पहिला यो त सिद्ध गर– भगवान कसलाई भनिन्छ? स्वर्गका मालिक अवश्य पनि भगवान भगवती नै
ठहरिए। ब्रह्ममा त केही पनि छैन। स्वर्ग पनि यहाँ, नर्क पनि यहाँ नै हुन्छ।
स्वर्ग-नर्क दुवै बिल्कुल अलग छन्। मानिसहरूको बुद्धि बिल्कुल तमोप्रधान भएको छ,
केही पनि बुझ्दैनन्। सत्ययुगको अवधि लाखौं वर्ष भनिदिएका छन्। कलियुगको अवधि भन्छन्
४० हजार वर्ष अझैं बाँकी छ। बिल्कुलै घोर अन्धकारमा छन्।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई स्वर्गमा लैजानको लागि यस्तो गुणवान
बनाउनुहुन्छ। मुख्य फिक्र नै यो राख्नु छ– म सतोप्रधान कसरी बनुँ? बाबाले बताउनुभएको
छ– म एकलाई याद गर। हिँड्दा-डुल्दा काम काज गर्दा बुद्धिमा यो याद रहोस्। प्रियतमा
प्रियतमले पनि कर्म त गर्छन् नि। भक्तिमा पनि कर्म त गर्छन् नि। बुद्धिमा उनको याद
हुन्छ। याद गर्नको लागि माला जप्छन्। बाबाले पनि घरी घरी भन्नुहुन्छ– म बाबालाई याद
गर। सर्वव्यापी भन्यौ भने फेरि याद कसको गर्छौ? बाबाले सम्झाउनुहुन्छ– तिमी कति
नास्तिक बनेका छौ। पितालाई नै चिन्दैनौ। भन्छौ पनि, ओ गड फादर। तर उहाँ को
हुनुहुन्छ, यो अलिकति पनि थाहा छैन। आत्माले भन्छ ओ गड फादर। तर आत्मा के हो, आत्मा
अलग छ, उहाँलाई भनिन्छ परम आत्मा अर्थात् सुप्रीम, उच्चभन्दा उच्च सुप्रीम सोल, परम
आत्मा। एक जनालाई पनि आफ्नो आत्माको ज्ञान छैन। म आत्मा हुँ, यो शरीर हो। दुई चीज त
छन् नि। यो शरीर ५ तत्त्वले बनेको छ। आत्मा त अविनाशी एक बिन्दु हो। त्यो कुन चीजले
बन्छ? यति सानो बिन्दु छ, साधुसन्त आदि कसैलाई पनि थाहा छैन। यिनले त धेरै गुरु
बनाए तर कसैले यो सुनाएनन्, आत्मा के हो? परमपिता परमात्मा के हुनुहुन्छ? यस्तो
होइन केवल परमात्मालाई चिनेका छैनन्। आत्मालाई पनि चिनेका छैनन्। आत्मालाई चिनेको
भए त परमात्मालाई पनि तुरुन्तै चिन्ने थिए। बच्चाले आफूलाई चिन्यो तर पितालाई चिनेन
भने कसरी चल्नसक्छ? तिमीले त अहिले बुझेका छौ– आत्मा के हो, कहाँ रहन्छ?
डाक्टरहरूलाई पनि थाहा छ– त्यो सूक्ष्म छ, यी आँखाले देखिँदैन फेरि सिसामा बन्द
गरेर कसरी देख्न सकिन्छ? दुनियाँमा तिम्रो जस्तो ज्ञान अरू कसैलाई छैन। तिमीलाई थाहा
छ– आत्मा बिन्दु हो, परमात्मा पनि बिन्दु हुनुहुन्छ। बाँकी हामी आत्माहरू पतितबाट
पावन, पावनबाट पतित बन्छौं। त्यहाँ त पतित आत्मा रहँदैनन्। त्यहाँबाट सबै पावन
आउँछन् फेरि पतित बन्छन्। फेरि बाबा आएर पावन बनाउनुहुन्छ। यो धेरै सहज भन्दा सहज
कुरा छ। तिमीले बुझेका छौ– हाम्रो आत्मा ८४ को चक्कर लगाएर अब तमोप्रधान बनेको छ।
हामीले नै ८४ जन्म लिन्छौं। एकको मात्र कुरा छैन। बाबा भन्नुहुन्छ– मैले सम्झाउँछु
यिनलाई, तिमीले पनि सुन्छौ। मैले यिनमा प्रवेश गरेको छु, यिनलाई सुनाउँछु। तिमीले
पनि सुन्छौ। यो रथ हो। त्यसैले बाबाले सम्झाउनुभएको छ– नाम राख्नुपर्छ गेट वे टु
हेवन। तर यसमा पनि सम्झाउनुपर्छ– सत्ययुगमा जुन देवी-देवता धर्म थियो त्यो अब प्राय:
लोप भएकोछ। कसैलाई थाहा छैन। क्रिस्चियन पनि पहिला सतोप्रधान थिए फेरि पुनर्जन्म
लिँदै-लिँदै तमोप्रधान बन्छन्। वृक्ष पनि पुरानो अवश्य हुन्छ। यो विविध धर्महरूको
वृक्ष हो। वृक्षको हिसाबले अरू सबै धर्मका पछि आउँछन्। यो ड्रामा बनिबनाऊ छ। कसैलाई
सत्ययुगमा आउने पालो त्यसै कहाँ मिल्छ र। मिल्दैन। यो त अनादि खेल बनेको छ।
सत्ययुगमा एउटै आदि सनातन प्राचीन देवी-देवता धर्म थियो। अब तिमी बच्चाहरूको
बुद्धिमा छ– हामी स्वर्गमा गइरहेका छौं। आत्माले भन्छ हामी तमोप्रधान छौं त्यसैले
घर कसरी जानसक्छौं, स्वर्गमा कसरी जानसक्छौं? त्यसको लागि सतोप्रधान बन्ने युक्ति
पनि बाबाले बताउनुभएको छ। बाबा भन्नुहुन्छ– मलाई नै पतित-पावन भन्छन्। आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर। भगवानुवाच लेखिएको छ। यो पनि सबैले भनिरहन्छन्–
क्राइस्टभन्दा यति वर्ष पहिला भारतवर्ष स्वर्ग थियो। तर कसरी बन्यो फेरि कहाँ गयो,
यो कसैले जान्दैन। तिमीले त राम्रोसँग जानेका छौ। पहिला यी सबै कुरा कहाँ जानेका
थियौ र। दुनियाँमा यो पनि कसैलाई थाहा छैन– आत्मा नै असल र खराब बन्छ। सबै आत्माहरू
बच्चा हुन्। बाबालाई याद गर्छन्। बाबा सबैका प्रियतम हुनुहुन्छ, सबै प्रियतमा हुन्।
अहिले तिमी बच्चाहरूलाई थाहा छ– उहाँ प्रियतम आउनुभएको छ। प्रियतम अति प्रिय
हुनुहुन्छ। नत्र सबैले उहाँलाई किन याद गर्थे? यस्तो कुनै पनि मानिस छैन होला जसको
मुखबाट परमात्माको नाम ननिस्कियोस्। केवल चिनेका छैनन्। तिमीलाई थाहा छ– आत्मा
अशरीरी छ। आत्माहरूको पनि पूजा हुन्छ नि। हामी जो पहिला पूज्य थियौं फेरि आफ्नै
आत्मालाई पुज्न थाल्यौं। पहिलाको जन्ममा ब्राह्मण कुलमा जन्म लिएको हुनसक्छ।
श्रीनाथलाई भोग लाग्छ, खान त पुजारीहरूले खान्छन्। यो सबै भक्तिमार्ग हो।
तिमी बच्चाहरूले
सम्झाउनुछ– स्वर्गको ढोका खोल्नेवाला बाबा हुनुहुन्छ। तर कसरी खोल्ने, कसरी सम्झाउने?
भगवानुवाच छ भने अवश्य पनि शरीरद्वारा उवाच होला नि। आत्माले नै शरीरद्वारा बोल्छ,
सुन्छ। यो कुरा बाबाले विस्तारमा बताउनुहुन्छ। बीज र वृक्ष छ। तिमी बच्चाहरूलाई थाहा
छ– यो नयाँ वृक्ष हो। विस्तारै -विस्तारै फेरि वृद्धि हुँदैजान्छ। तिम्रो यो नयाँ
वृक्षलाई पनि धेरै कीरा लाग्छन् किनकि यो नयाँ वृक्ष धेरै मीठो छ। मीठो वृक्षलाई नै
कीरा आदि केही न केही लाग्छन् फेरि दबाई हालिन्छ। बाबाले पनि मनमनाभवको दबाई धेरै
राम्रो दिनुभएको छ। मनमनाभव नभएमा कीराले खाइदिन्छ। कीरा लागेको चीज के काममा आउँछ।
त्यसलाई त फालिन्छ। कहाँ उच्च पद कहाँ नीच पद। फरक त हुन्छ नि। प्यारा बच्चाहरूलाई
सम्झाइरहनु हुन्छ– धेरै मीठो बन। कसैसँग पनि मतभेदमा नआऊ, मिलनसार बन। त्यहाँ बाघ र
बाख्रा पनि मिलेर रहन्छन्। त्यसैले बच्चाहरू पनि मिलनसार बन्नुपर्छ। तर कसैको
तकदिरमा नै छैन भने उनीहरूले पुरुषार्थ पनि के गर्लान्! फेल हुन्छन्। टिचरले त
पढाउँछन् तकदिर उच्च बनाउन। टिचरले पढाउन त सबैलाई पढाउँछन्। फरक पनि तिमीले देख्छौ।
विद्यार्थीले क्लासमा जान्न सक्छन्, को कुन विषयमा होसियार छ। यहाँ पनि यस्तै छ।
स्थूल सेवाको पनि विषय त छ नि। जसरी भण्डारी (भोली दादी) छिन्, धेरैलाई सुख मिल्छ,
सबैले कति याद गर्छन्। यो त ठीक छ, यस विषयमा पनि नम्बर मिल्छ। तर पास विद् अनर
हुनको लागि केवल एक विषयमा मात्रै होइन, सबै विषयहरूमा पूरा ध्यान दिनुछ। ज्ञान पनि
हुनुपर्छ, चालचलन पनि यस्तो हुनुपर्छ, दैवी गुण पनि हुनुपर्छ। ध्यान दिनु राम्रो
हो। भण्डारीको पासमा पनि कोही आउँछन् भने भनुन्, मनमनाभव। शिवबाबालाई याद गर्यौ भने
विकर्म विनाश हुन्छ र तिमी स्वर्गको मालिक बन्छौ। बाबालाई याद गर्दै अरूलाई पनि
परिचय दिँदै गरून्। ज्ञान र योग हुनुपर्छ। धेरै सहज छ। मुख्य कुरा नै यो छ।
अन्धाहरूको लट्ठी बन्नुछ। प्रदर्शनीमा पनि कसैलाई लैजाऊ, भन हामी तपाईँलाई स्वर्गको
गेट देखाउँछौं। यो नर्क हो, त्यो स्वर्ग हो। बाबा भन्नुहुन्छ– मलाई याद गर, पवित्र
बन्यौ भने तिमी पवित्र दुनियाँको मालिक बन्छौ। मनमनाभव। हुबहु तिमीलाई गीता
सुनाउनुहुन्छ। त्यसैले बाबाले चित्र बनाउनुभएको छ– गीताका भगवान को हुनुहुन्छ?
स्वर्गको गेट कसले खोल्नुहुन्छ? शिवबाबाले खोल्नुहुन्छ। श्रीकृष्णले त्यहाँबाट पार
गर्छन्, त्यसैले फेरि नाम राखिदिएका छन् श्रीकृष्णको। मुख्य चित्र छन् नै दुईवटा।
बाँकी त विस्तार हो। बच्चाहरू धेरै मीठो बन्नुछ। प्यारले कुरा गर्नुपर्छ। मनसा, वाचा,
कर्मणा सबैलाई सुख दिनुछ। हेर, भण्डारीले सबैलाई खुसी पार्छिन् त्यसैले उनको लागि
सौगात पनि लिएर आउँछन्। यो पनि विषय हो नि। आएर सौगात दिन्छन्, उनले भन्छिन् मैले
तपाइँबाट किन लिने, फेरि तपाइँको याद आउँछ। शिवबाबाको भण्डाराबाट मिल्यो भने मलाई
शिवबाबाको याद हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो तकदिर उच्च बनाउनको लागि आपसमा धेरै धेरै मिलनसार, मीठो भएर रहनुछ, कहिल्यै
पनि मतभेदमा आउनुछैन। सबै विषयहरूमा पूरा ध्यान दिनुछ।
२) सद्गतिको लागि
बाबाको जुन श्रेष्ठ मत मिलेको छ, त्यसमा चल्नुछ र सबैलाई श्रेष्ठ मत नै सुनाउनुछ।
स्वर्गमा जाने मार्ग देखाउनुछ।
वरदान:–
हरेक आत्मालाई
हिम्मत , उल्लास दिलाउने , रहमदिल , विश्व कल्याणकारी भव
कहिल्यै पनि ब्राह्मण
परिवारमा कुनै कमजोर आत्मालाई, तिमी कमजोर छौ– यस्तो नभन्नु। तिमीहरू रहमदिल विश्व
कल्याणकारी बच्चाहरूको मुखबाट सदैव हरेक आत्माप्रति शुभ बोली निस्कनुपर्छ,
दिलशिकस्त बनाउने होइन। चाहे कोही जति नै कमजोर होस्, उसलाई इसारा वा शिक्षा पनि
दिनुछ भने पहिला समर्थ बनाएर अनि शिक्षा देऊ। पहिले धरनीमाथि हिम्मत र उत्साहको हलो
चलाऊ अनि बिउ रोप्यौ भने सहजै हरेक बिउको फल निस्कन्छ। यसबाट विश्वकल्याणको सेवा
तीव्र हुन्छ।
स्लोगन:–
बाबाको
आशीर्वाद लिँदै सदा भरपुरताको अनुभव गर।