04.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अहिले तिमी पुरुषोत्तम बन्ने पुरुषार्थ गर्छौ। पुरुषोत्तम हुन् देवताहरू किनकि उनीहरू पावन थिए। तिमी पावन बनिरहेका छौ।”

प्रश्न:–
बेहदको बाबाले तिमी बच्चाहरूलाई किन शरण दिनुभएको हो?

उत्तर:–
किनकि हामी सबै डस्ट बिनमा परेका थियौं। बाबाले हामीलाई डस्ट बिनबाट निकालेर सुन्दर फूल बनाउनुहुन्छ। आसुरी गुण भएकालाई दैवी गुणवान बनाउनुहुन्छ। ड्रामा अनुसार बाबाले आएर हामीलाई फोहरबाट निकालेर आफ्नो बनाउनुभएको छ।

गीत:–
यह कौन आया आज सवेरे-सेवेरे....

ओम् शान्ति ।
रातलाई दिन बनाउनको लागि बाबालाई आउनुपर्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ। पहिला हामी शूद्र वर्णका थियौं, शूद्र बुद्धिका थियौं। वर्णको चित्र पनि सम्झाउनको लागि धेरै राम्रो छ। बच्चाहरूले बुझेका छौ– हामी यी वर्णहरूमा कसरी चक्कर लगाउँछौं। अहिले हामीलाई परमपिता परमात्माले शूद्रबाट ब्राह्मण बनाउनुभएको छ। कल्प कल्प, कल्पको सङ्गमयुगमा हामी ब्राह्मण बन्छौं। ब्राह्मणहरूलाई पुरुषोत्तम भनिँदैन। पुरुषोत्तम त देवताहरूलाई भनिन्छ। ब्राह्मणले यहाँ पुरुषार्थ गर्छन्, पुरुषोत्तम बन्नको लागि। पतितबाट पावन बन्नको लागि नै बाबालाई बोलाउँछन्। आफैसँग सोध्नुपर्छ– म कहाँसम्म पावन बनिरहेको छु? विद्यार्थीहरूले पनि पढाइको लागि विचार सागर मन्थन गर्छन् नि। सम्झन्छन् यस पढाइबाट हामी यो बन्छौं। तिमी बच्चाहरूको बुद्धिमा छ– अहिले हामी ब्राह्मण बनेका छौं देवता बन्नको लागि। यो हो अमूल्य जीवन किनकि तिमी ईश्वरीय सन्तान हौ। ईश्वरले तिमीलाई राजयोग सिकाइरहनुभएको छ, पतितबाट पावन बनाइरहनुभएको छ। पावन देवता बन्छन् । वर्णहरूको बारेमा पनि सम्झाउन धेरै राम्रो हुन्छ। संन्यासी आदि यी कुरामा जाँदैनन्। बाँकी ८४ जन्महरूको हिसाब बुझ्न सक्छन्। यो पनि बुझ्न सक्छन्– हामी संन्यास धर्मकाले ८४ जन्म लिँदैनौं। इस्लामी बौद्धी आदिले सम्झन्छन् हामीले ८४ जन्म लिदैनौं। हो, पुनर्जन्म लिन्छौं तर कम। तिमीले सम्झाउँदा तुरुन्त बुझ्छन्। सम्झाउने पनि युक्ति चाहिन्छ। तिमी बच्चाहरू यहाँ सम्मुख बसेका छौ, त्यसैले बाबाले बुद्धिलाई रिफ्रेस गर्नुहुन्छ, जसरी अरू बच्चाहरू पनि यहाँ आउँछन् रिफ्रेस हुनको लागि। तिमीलाई त दिनहुँ बाबाले रिफ्रेश गर्नुहुन्छ, यो धारणा गर भनेर। बुद्धिमा यही चिन्तन चलिरहोस्– हामीले ८४ जन्म कसरी लिन्छौं? कसरी शूद्रबाट ब्राह्मण बन्छौं? ब्रह्माका सन्तान ब्राह्मण, तर ब्रह्मा कहाँबाट आए? बाबा बसेर सम्झाउनुहुन्छ– मैले यिनको नाम ब्रह्मा राख्छु। यी जुन ब्रह्माकुमार-कुमारी छन्, यो परिवार भयो। अवश्य गोदमा लिइएको हुनुपर्छ। बाबाले नै गोद लिनुहुन्छ। उहाँलाई बाबा भनिन्छ, दादा भनिँदैन। पितालाई पिता नै भनिन्छ। सम्पत्ति मिल्छ नै पिताबाट। कुनै काका, मामा वा नातेदारले पनि एडप्ट गर्छन्। जसरी बाबाले सुनाउनुभएको थियो, एक बच्ची डस्ट बिनमा परेकी थिइन्, उनलाई कसैले निकालेर एडप्ट गरे किनकि उनको आफ्नो बच्चा थिएन। बच्ची जसलाई गोदमा लिइयो, उनले माता पिता भन्न लागिन्। यो फेरि हो बेहदको कुरा। तिमी बच्चाहरू पनि मानौं बेहदको डस्ट बिनमा परेका थियौ। विषय वैतरणी नदीमा परेका थियौ। कति फोहोरी भएका थियौ। ड्रामा अनुसार बाबाले आएर त्यस फोहरबाट निकालेर तिमीलाई एडप्ट गर्नुभएको छ। तमोप्रधानलाई नै फोहर भनिन्छ नि। आसुरी गुण भएका मानिसहरू हुन् देह अभिमानी। काम, क्रोध पनि ठुला विकार हुन् नि। तिमी रावणको शरणमा परेका थियौ। वास्तवमा शरणार्थी पनि हौ। अहिले तिमीले बेहदका बाबाको शरण लिएका छौ, फोहरबाट निस्केर फूल जस्तो देवता बन्नको लागि। यस समयमा सारा दुनियाँ डस्ट बिनमा परेका छन्। बाबा आएर तिमी बच्चाहरूलाई फोहरबाट निकालेर आफ्नो बनाउनुहुन्छ। तर विकारमा रहने यस्तो बानी परेको छ, जसलाई निकालिन्छ फेरि पनि विकार नै राम्रो लाग्छ। बाबा आएर बेहदको किचडाबाट निकाल्नुहुन्छ। बोलाउँछन् पनि, बाबा आएर हामीलाई फूल बनाउनुहोस्। काँडाको जङ्गलबाट निकालेर फूल बनाउनुहोस्। भगवानको बगैँचामा बसाउनुहोस्। अहिले असुरहरूको जङ्गलमा परेका छन्। बाबाले तिमी बच्चाहरूलाई बगैँचामा लैजानुहुन्छ। शूद्रबाट ब्राह्मण बनेका छौं फेरि देवता बन्छौं। यो देवताहरूको राजधानी हो। ब्राह्मणहरूको त राज्यभाग्य छँदैछैन। हुन त पाण्डवहरूको नाम छ, तर पाण्डवहरूको राज्य छैन। राज्यभाग्य प्राप्त गर्नको लागि बाबाको साथमा बसेका छौ। बेहदको रात अब पूरा भएर बेहदको दिन सुरु हुन्छ। गीत सुन्यौ नि– कौन आया सवेरे-सवेरे....। सबेरै सबेरै आउनुहुन्छ रातलाई मेटाएर दिन बनाउन अर्थात् स्वर्गको स्थापना, नर्कको विनाश गराउन। यति मात्रै बुद्धिमा रह्यो भने पनि खुसी हुन्छ। जो नयाँ दुनियाँमा उच्च पद पाउनेवाला छन्, उनीहरूले कहिल्यै पनि आफ्नो आसुरी स्वभाव देखाउँदैनन्। जुन यज्ञबाट यति उच्च बनिन्छ, यस यज्ञको धेरै प्यारसँग सेवा गर्छन्। यस्तो यज्ञमा त हड्डी पनि दिनुपर्छ। आफूलाई हेर्नुपर्छ– यस चालचलनले मैले उच्च पद कसरी पाउँछु! बेसमझ सानो बच्चा त होइनौ नि। बुझ्न सक्छौ– राजा कसरी, प्रजा कसरी बनिन्छ? बाबाले रथ पनि अनुभवी लिनुभएको छ, जसले राजा आदिलाई राम्ररी चिन्छन्। राजाहरूका दास-दासीहरूलाई पनि धेरै सुख मिल्छ। उनीहरू त राजाहरूको साथमा नै रहन्छन्। तर कहलाउँछन् त दास-दासी नै। सुख त हुन्छ नि। जे राजा-रानीले खान्छन्, त्यही उनलाई मिल्छ। बाहिरकाले कहाँ खान सक्छन्। दासीहरूमा पनि नम्बरवार हुन्छन्। कोही शृङ्गार गर्ने, कोही बच्चाहरूलाई सम्हाल्ने, कोही कुचो आदि लगाउने। यहाँका राजाहरूलाई यति दास-दासीहरू छन् भने त्यहाँ कति धेरै होलान्। सबैको आआफ्नो ड्युटी हुन्छ। रहने स्थान अलग हुन्छ। त्यो कुनै राजा-रानीको जस्तो सजिसजाऊ हुँदैन। जस्तै सर्भेन्ट क्वाटर हुन्छन् नि। भित्र आउँछन् अवश्य तर रहन्छन् सर्भेन्ट क्वाटरमा। बाबाले राम्ररी सम्झाउनुहुन्छ– आफूलाई दया गर। म उच्च भन्दा उच्च बनुँ। हामी अहिले शूद्रबाट ब्राह्मण बनेका छौं। अहोसौभाग्य। फेरि देवता बन्छौं। यो सङ्गमयुग धेरै कल्याणकारी छ। तिम्रो हरेक कुरामा कल्याण भरिएको छ। भण्डारामा पनि योगमा रहेर भोजन बनाइयो भने धेरैको कल्याण भरिएको हुन्छ। श्रीनाथ द्वारेमा भोजन बनाउँदा बिल्कुल शान्तिमा रहन्छन्। श्रीनाथ नै याद रहन्छ। भक्त आफ्नो भक्तिमा एकदम मस्त रहन्छन्। तिमी फेरि ज्ञानमा मस्त रहनुपर्छ। श्रीकृष्णको यस्तो भक्ति हुन्छ, कुरै नसोध। वृन्दावनमा दुई बच्चीहरू छन्, पूरा भक्तिनी छन्, भन्छन्– बस् हामी यहीँ रहन चाहन्छौं। यहाँ नै शरीर छोड्छौं, श्रीकृष्णको यादमा। उनलाई कति भन्छन् राम्रो भवनमा गएर बस, ज्ञान लेऊ, भन्छन्– हामी त यहीँ रहन्छौं। यसलाई भनिन्छ भक्त शिरोमणी। श्रीकृष्णमा कति समर्पित हुन्छन्। अहिले तिमी बाबामा समर्पित हुनुछ। पहिला सुरुमा शिवबाबामा कति समर्पित भए। धेरै आए। जब इन्डियामा आए, अनि आफ्नो घरबार याद आउन थाल्यो। कति छोडेर गए। ग्रहचारी त धेरै माथि आउँछ नि। कहिले कस्तो दशा, कहिले कस्तो दशा लाग्छ। बाबाले सम्झाउनुभएको छ– जो आए पनि भन कहाँ आउनुभएको छ? बाहिर बोर्डमा हेर्नुभयो– ब्रह्माकुमार-कुमारी। यो त परिवार हो नि। एक हुनुहुन्छ निराकार परमपिता परमात्मा। अर्का फेरि प्रजापिता ब्रह्माको पनि गायन गरिएको छ। यी सबै उहाँकै सन्तान हुन्, दादा हुनुहुन्छ शिवबाबा। वर्सा उहाँबाटै मिल्छ। उहाँले राय दिनुहुन्छ, मलाई याद गर्यौ भने पतितबाट पावन बन्छौ। कल्प पहिला पनि यस्तै राय दिनुभएको थियो। कति उच्च पढाइ छ। हामीले बाबासँग वर्सा लिइरहेका छौं, यो पनि तिम्रो बुद्धिमा छ।

तिमी बच्चाहरूले मनुष्यबाट देवता बन्ने पढाइ पढिरहेका छौ। तिमीले अवश्य दैवीगुण धारण गर्नुपर्छ। तिम्रो खानपिन, बोलचाल कति रोयल हुनुपर्छ। देवताहरूले कति थोरै खान्छन्। उनीहरूमा कुनै लालच कहाँ रहन्छ र। ३६ प्रकारका भोजन बन्छन्, खान्छन् कति कम। खानपिनको लालच राख्नु– यसलाई पनि आसुरी चालचलन भनिन्छ। दैवीगुण धारण गर्नुछ भने खानपिन धेरै शुद्ध र साधारण हुनुपर्छ। तर माया यस्तो छ, जसले एकदम पत्थर बुद्धि बनाइदिन्छ, अनि फेरि पद पनि त्यस्तै मिल्छ। बाबा भन्नुहुन्छ– आफ्नो कल्याण गर्नको लागि दैवीगुण धारण गर। राम्ररी पढ्यौ भने, पढायौ भने तिमीलाई इनाम मिल्छ। बाबाले दिनुहुन्न, तिमीले आफ्नो पुरुषार्थले पाउँछौ। आफूलाई हेर्नुछ– कहाँसम्म मैले सेवा गर्छु? म के बन्छु? यस समयमा शरीर छुट्यो भने के मिल्छ? बाबासँग कसैले सोध्यो भने तुरुन्तै बताइदिनुहुन्छ, यस चालनचलनबाट बुझिन्छ यसले फलानो पद पाउनेछ। पुरुषार्थ नै गर्दैनन् भने कल्पकल्पान्तरको लागि आफूलाई घाटा पार्छन्। राम्रो सेवा गर्नेले अवश्य राम्रो पद पाउनेछन्। मनमा थाहा हुन्छ, यो दास-दासी बन्छ। मुखले भन्न सकिँदैन। स्कुलमा पनि विद्यार्थीहरूले सम्झन्छन्– म सिनियर बन्छु कि जुनियर? यहाँ पनि यस्तै हुन्छन्। जो सिनियर छन् उनीहरू राजा-रानी बन्छन्, जुनियरले सानो पद पाउँछन्। धनवानहरूमा पनि सिनियर र जुनियर हुन्छन्। दास-दासीहरूमा पनि सिनियर र जुनियर हुन्छन्। सिनियरहरूको पद उच्च हुन्छ। कुचो लगाउने दासीलाई कहिल्यै भित्र महलमा आउने हुकुम हुँदैन। यी सबै कुरालाई तिमी बच्चाहरूले राम्ररी बुझ्न सक्छौ। पछि गएर अझै बुझ्दै जान्छौ। उच्च बनाउने वालाको फेरि सम्मान पनि गर्नुपर्ने हुन्छ। हेर कुमारका छिन्, उनी सिनियर हुन्, त्यसैले सम्मान गर्नुपर्छ।

बाबाले बच्चाहरूलाई ध्यान दिलाउनुहुन्छ– जो बच्चाहरू महारथी छन्, उनको आदर गर। आदर गर्दैनन् भने आफूमाथि पापको बोझ चढाउँछन्। यो सबै कुरा बाबाले ध्यानमा दिनुहुन्छ। धेरै खबरदार हुनुपर्छ। नम्बरवार कसको सम्मान कसरी गर्नुपर्छ, बाबाले त हरेकलाई जान्नुहुन्छ नि। कसैलाई भनियो भने विश्वासघाती बन्न पनि बेर लगाउँदैनन्। फेरि कुमारीहरू, माताहरू आदिलाई पनि बन्धन आउँछ। अत्याचार सहन गर्नुपर्ने हुन्छ। धेरैजसो माताहरूले नै लेख्छन्– बाबा मलाई यसले धेरै हैरान पार्छ, मैले के गरुँ? अरे, तिमी कुनै जनावर कहाँ हौ जसलाई जबरदस्ती गरुन्? भित्र दिलमा छ त्यसैले सोध्छन् के गरुँ! यसमा त सोध्नुपर्ने कुरै छैन। आत्मा आफ्नो मित्र पनि हो, आफ्नो शत्रु पनि हो। जे चाह्यो त्यो गरुन्। सोध्नुको मतलब हो दिल छ। मुख्य कुरा हो यादको। यादबाटै तिमी पावन बन्छौ। यी लक्ष्मी-नारायण नम्बरवन पावन हुन् नि। मम्माले कति सेवा गर्थिन्। यस्तो त कसैले भन्न सक्दैन, हामी मम्मा भन्दा पनि होसियार छौं। मम्मा ज्ञानमा सबैभन्दा तीक्ष्ण थिइन्। धेरैमा योगको कमी छ। यादमा रहन सक्दैनन्। याद गर्दैनन् भने विकर्म विनाश कसरी हुनसक्छ! नियमले भन्छ, अन्त्यमा यादमा नै शरीर छोड्नुछ। शिवबाबाको यादमा नै प्राण तनबाट निस्कियोस्। एक बाबा सिवाय अरू कोही याद नआओस्। कहीँ पनि आसक्ति नहोस्। यो अभ्यास गर्नुपर्ने हुन्छ– हामी अशरीरी आएका थियौं, फेरि अशरीरी भएर जानुछ। बच्चाहरूलाई घरी घरी सम्झाइरहन्छु। धेरै मीठो बन्नुछ। दैवीगुण पनि हुनुपर्छ। देह अभिमानको भूत हुन्छ नि। आफूमाथि धेरै ध्यान राख्नुछ। धेरै प्यारले चल्नुछ। बाबालाई याद गर अनि चक्रलाई याद गर। चक्रको रहस्य कसैलाई सम्झायौ भने पनि आश्चर्य मान्छन्। ८४ जन्मको नै कसैलाई याद रहँदैन भने ८४ लाख फेरि कसरी कसैले याद गर्न सक्छ? ख्यालमा पनि आउन सक्दैन, यस चक्रलाई नै बुद्धिमा याद राख्यौ भने पनि अहोसौभाग्य। अब यो नाटक पूरा हुन्छ। पुरानो दुनियाँबाट वैराग्य हुनुपर्छ, बुद्धियोग शान्तिधाम सुखधाममा रहोस्। गीतामा पनि छ मनमनाभव। कुनै पनि गीतापाठीले मनमनाभवको अर्थ बुझेका छैनन्। तिमी बच्चाहरूलाई थाहा छ– भगवानुवाच, देहका सबै सम्बन्ध छोडेर आफूलाई आत्मा सम्झ। कसले भन्नुभयो? श्रीकृष्ण भगवान कहाँ हुन् र। कसैले फेरि भन्छन् हामीले त शास्त्रहरूलाई नै मान्छौं। भगवान नै आए पनि मान्ने छैनौं। शास्त्र नै पढिरहन्छन्। भगवान आउनुभएको छ, राजयोग सिकाइरहनुभएको छ, स्थापना भइरहेको छ, यी शास्त्र आदि सबै हुन् नै भक्तिमार्गका। भगवानको निश्चय भए त वर्सा लिन लाग्ने थिए, फेरि भक्ति पनि छुट्थ्यो। तर जब निश्चय होस् तब मात्रै। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) देवता बन्नको लागि धेरै रोयल संस्कार धारण गर्नुछ। खानपिन धेरै शुद्ध र साधारण राख्नुछ। लालच गर्नुछैन। आफ्नो कल्याण गर्नको लागि दैवी गुण धारण गर्नुछ।

२) आफूमाथि धेरै ध्यान राख्नुछ, सबैसँग धेरै प्यारसँग रहनुछ। आफूभन्दा जो सिनियर छन्, उनको सम्मान अवश्य गर्नुछ। धेरै मीठो बन्नुछ। देह अभिमानमा आउनुछैन।

वरदान:–
बितेका कुराहरूलाई रहमदिल बनेर स्वीकार गर्ने शुभचिन्तक भव

यदि कसैको बितेका कमजोरीका कुरा कसैले सुनाउँछ भने शुभभावनाले किनारा लगाऊ। व्यर्थ चिन्तन वा कमजोरीका कुरा आपसमा चल्नुहुँदैन। बितेका कुराहरूलाई रहमदिल बनेर स्वीकार गरिदेऊ। स्वीकार गरेर शुभभावनाले त्यस आत्माप्रति मनसा सेवा गरिराख। संस्कारवश कसैले उल्टो भन्छ, गर्छ वा सुन्छ भने पनि त्यसलाई परिवर्तन गर। एकबाट दुईसम्म, दुईबाट तीनसम्म यस्तो व्यर्थ कुराको माला नहोस्। यस्तो अटेन्सन राख्नु अर्थात् शुभचिन्तक बन्नु।

स्लोगन:–
सन्तुष्टमणि बन्यौ भने प्रभुप्रिय, लोकप्रिय र स्वयंप्रिय बन्नेछौ।