06.02.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– पुरानो
दुनियाँको काँडालाई नयाँ दुनियाँको फूल बनाउनु , यो तिमी बुद्धिमान् मालीहरूको काम
हो।”
प्रश्न:–
सङ्गमयुगमा
तिमी बच्चाहरूले कुनचाहिँ श्रेष्ठ तकदिर बनाउँछौ?
उत्तर:–
काँडाबाट
सुगन्धित फूल बन्नु– यो हो सबैभन्दा श्रेष्ठ तकदिर। यदि कुनै पनि विकार छ भने काँडा
हौ। जब काँडाबाट फूल बन्छौ, तब सतोप्रधान देवी-देवता बन्छौ। तिमी बच्चाहरू अहिले २१
पिँढीको लागि आफ्नो सूर्यवंशी तकदिर बनाउन आएका हौ।
गीत:–
तकदिर जगाकर
आई हुँ...।
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ। यो त सामान्य गीत हो किनकि तिमी हौ माली, बाबा हुनुहुन्छ बागवान। अब
मालीहरूले काँडाबाट फूल बनाउनु छ। यी शब्द धेरै स्पष्ट छन्। भक्त आएका छन् भगवानको
पासमा। यी सबै भक्तिनीहरू हुन्। अब ज्ञानको पढाइ पढ्न बाबाको पासमा आएका छन्। यस
राजयोगको पढाइबाट नै नयाँ दुनियाँको मालिक बन्छौ। त्यसैले भक्तिनीहरूले भन्छन्– हामी
तकदिर बनाएर आएका छौं, नयाँ दुनियाँ दिलमा सजाएर आएका छौं। बाबाले पनि सदा
भन्नुहुन्छ– स्वीट होम (शान्तिधाम) र स्वीट राज्यभाग्य (सुखधाम) लाई याद गर। आत्माले
याद गर्नु छ। हरेक सेन्टरमा काँडाबाट फूल बनिरहेका छन्। फूलहरूमा पनि नम्बरवार
हुन्छन् नि। शिवमाथि फूल चढाउँछन्, कसैले कस्ता फूल चढाउँछन्, कसैले कस्ता। गुलाबको
फूल र आँकको फूलमा रातदिनको फरक हुन्छ। यो पनि बगैँचा हो। कोही मोतियाका फूल छन्,
कोही चम्पाका, कोही रतन ज्योतिका। कोही आँकका पनि छन्। प्यारा बच्चाहरूले जानेका
छौ– यस समयमा सबै काँडा छन्। यो दुनियाँ नै काँडाको जङ्गल हो, यिनलाई बनाउनु छ नयाँ
दुनियाँका फूल। यस पुरानो दुनियाँमा छन् काँडा, त्यसैले गीतमा पनि भन्छन् हामी
पुरानो दुनियाँको काँडाबाट नयाँ दुनियाँको फूल बन्न बाबाकहाँ आएका छौं, जुन बाबाले
नयाँ दुनियाँ स्थापना गरिरहनु भएको छ। काँडाबाट फूल अर्थात् देवी-देवता बन्नु छ।
गीतको अर्थ कति सरल छ। हामी आएका छौं– तकदिर जगाउन नयाँ दुनियाँको लागि। नयाँ दुनियाँ
हो सत्ययुग। कसैको सतोप्रधान तकदिर छ, कसैको रजो, तमो छ। कोही सूर्यवंशी राजा बन्छन्,
कोही प्रजा बन्छन्, कोही प्रजाका पनि नोकरचाकर बन्छन्। यो नयाँ दुनियाँको राजधानी
स्थापना भइरहेको छ। स्कुलमा तकदिर जगाउन जान्छन् नि। यहाँ त छ नै नयाँ दुनियाँको
कुरा। यस पुरानो दुनियाँमा के तकदिर बनाउँछौ! तिमीले भविष्य नयाँ दुनियाँमा देवता
बन्ने तकदिर बनाइरहेका छौ, जुन देवताहरूलाई सबैले नमन गर्दै आएका छन्। हामी नै
पूज्य देवता थियौं फेरि हामी नै पुजारी बनेका छौं। २१ जन्मको वर्सा बाबाबाट मिल्छ,
जसलाई २१ पिँढी भनिन्छ। पिँढी वृद्ध अवस्था सम्मलाई भनिन्छ। बाबाले २१ पिँढीको वर्सा
दिनुहुन्छ किनकि त्यहाँ युवा अवस्थामा वा बचपनमा बीचमा अकालमा मृत्यु कहिल्यै
हुँदैन, त्यसैले त्यसलाई भनिन्छ अमरलोक। यो हो मृत्युलोक, रावण राज्य। यहाँ हरेकमा
विकार प्रवेश भएको छ, जसमा कुनै पनि विकार छ भने ऊ काँडा भयो नि। बाबा सम्झिनुहुन्छ,
यो मालीले रोयल सुगन्धित फूल बनाउन जानेको छैन। माली राम्रो भयो भने राम्रा राम्रा
फूल तयार पार्छ। विजय मालामा उनिन लायक फूल चाहिन्छ। देवताहरूको पासमा राम्रा राम्रा
फूल लिएर जान्छन् नि। सम्झ, क्वीन एलिजाबेथ, आइन् भने फस्टक्लास फूलका माला बनाएर
लिएर जान्छन्। यहाँका मनुष्य त छन् तमोप्रधान। शिवको मन्दिरमा पनि जान्छन्,
सम्झन्छन् उनी भगवान हुन्। ब्रह्मा, विष्णु, शङ्करलाई त देवता भन्छन्। शिवलाई भगवान
भन्छन्। उहाँ त उच्च भन्दा उच्च हुनुहुन्छ नि। अब शिवको लागि भनिदिन्छन् धतुरो
खान्थे, भाँङ पिउँथे। कति ग्लानि गर्छन्। फूल पनि आँकका लिएर जान्छन्। अब यस्ता
परमपिता परमात्मा तर उहाँको लागि के लिएर जान्छन्! तमोप्रधान काँडाहरूको लागि त
फस्टक्लास फूल लिएर जान्छन् तर शिवको मन्दिरमा के लिएर जान्छन्। दुध पनि कस्तो
चढाउँछन् ५ प्रतिशत दुध बाँकी ९५ प्रतिशत पानी। भगवानलाई दुध कस्तो चढाउनु पर्छ–
केही पनि जानेका छैनन्। अब तिमीले राम्ररी बुझेका छौ। तिमीहरूमा पनि नम्बरवार छन्,
जसले राम्ररी जानेका छन् उनलाई सेन्टरको हेड बनाइन्छ। सबै त एकनास हुँदैनन्। हुन त
पढाइ एउटै हो, मनुष्यबाट देवता बन्ने नै लक्ष्य-उद्देश्य छ तर टिचर त नम्बरवार
हुन्छन् नि। विजयमालामा आउने मुख्य आधार हो पढाइ। पढाइ त एउटै छ, त्यसमा पास त
नम्बरवार हुन्छन् नि। सारा आधार पढाइमा छ। कोही त विजय मालाको ८ दानामा आउँछन्, कोही
१०८ मा कोही १६१०८ मा। वंशावली बनाउँछन् नि। जसरी वृक्षको पनि वंशावली निस्किन्छ,
पहिला सुरुमा एक पात, दुई पात फेरि बढ्दै जान्छ। यो पनि वृक्ष हो। कुलघराना हुन्छ,
जसरी कृपलानी घराना आदि-आदि, ती सबै हुन् हदका घराना। यो हो बेहदको घराना। यिनमा
सबैभन्दा पहिला को हुन्? प्रजापिता ब्रह्मा। उनलाई भनिन्छ ग्रेट-ग्रेट ग्रेण्ड फादर।
तर यो कसैलाई पनि थाहा छैन। सृष्टिको रचयिता को हुनुहुन्छ, मानिसहरूले यो कुरा
अलिकति पनि जानेका छैनन्। बिलकुल अहिल्या जस्ता पत्थरबुद्धि छन्। यस्ता बनेपछि
मात्रै बाबा आउनु हुन्छ।
तिमी यहाँ आएका छौ
अहिल्या बुद्धिबाट पारस बुद्धि बन्न। त्यसैले ज्ञान पनि धारण गर्नुपर्छ नि। बाबालाई
चिन्नुपर्छ र पढाइको ख्याल गर्नुपर्छ। मानौं आज आएको छ, भोलि अचानक शरीर छुट्यो भने
फेरि के पद पाउन सक्छ। ज्ञान त केही पनि लिन सकेन, केही पनि सिकेन भने के पद पाउँछ!
दिनप्रतिदिन जसले ढिलो शरीर छोड्छन् उनलाई केही समय त मिल्छ किनकि समय कम हुँदै
जान्छ, त्यसमा जन्म लिएर के गर्न सक्छन्। हो, तिमी मध्ये जो जान्छन् तिनले कुनै
राम्रो घरमा जन्म लिन्छन्। संस्कार लिएर गयो भने त्यो आत्मा छिटै जाग्छ, शिवबाबालाई
याद गर्न थाल्छ। संस्कार नै बसेन भने केही पनि हुँदैन। यसलाई धेरै गहनतासँग
सम्झिनुपर्छ। माली राम्रा राम्रा फूललाई लिएर आए भने उनको महिमाको गायन हुन्छ। फूल
बनाउने त मालीको काम हो नि। यस्ता धेरै बच्चाहरू छन्, जसलाई बाबाको याद गर्न पनि
आउँदैन। तकदिरमा निर्भर छ नि। तकदिरमा छैन भने केही पनि बुझ्दैनन्। तकदिरवान्
बच्चाहरूले त बाबालाई यथार्थ रूपले चिनेर उहाँलाई पूरा याद गर्छन्। बाबाको साथसाथै
नयाँ दुनियाँलाई पनि याद गरिरहन्छन्। गीतमा पनि भनिन्छ नि– हामी नयाँ दुनियाँको लागि
नयाँ तकदिर बनाउनको लागि आएका हौं। २१ जन्मको लागि बाबाबाट राज्यभाग्य लिनु छ। यस
नसा र खुसीमा रहे भने यस्ता यस्ता गीतको अर्थ इसाराले बुझ्छन्। स्कुलमा पनि कसैको
तकदिरमा छैन भने फेल हुन्छन्। यो त धेरै ठुलो परीक्षा हो। भगवानले स्वयं बसेर पढाउनु
हुन्छ। यो ज्ञान सबै धर्मको लागि हो। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म
बाबालाई याद गर। तिमीलाई थाहा छ– कुनै पनि देहधारी मनुष्यलाई भगवान भन्न सकिँदैन।
ब्रह्मा-विष्णु-शङ्करलाई पनि भगवान भनिँदैन। ती पनि सूक्ष्मवतनवासी देवताहरू हुन्।
यहाँ छन् मनुष्य। यहाँ देवता छैनन्। यो हो मनुष्यलोक। यी लक्ष्मी-नारायण आदि दैवी
गुणधारी मनुष्य हुन्, जसलाई देवी-देवता भनिन्छ। सत्ययुगमा सबै देवी-देवता हुन्छन्,
सूक्ष्म वतनमा छन् नै ब्रह्मा-विष्णु-शङ्कर। गायन पनि छ– ब्रह्मा देवताय नम:, विष्णु
देवताय नम:... फेरि भन्छन्– शिव परमात्माय नम:। शिवलाई देवता भनिँदैन। मनुष्यलाई
फेरि भगवान भन्न सकिँदैन। तीन तला छन् नि। हामी छौं तेस्रो तलामा। सत्ययुगका दैवी
गुणधारी मनुष्य हुन्छन् तिनै फेरि आसुरी अवगुणधारी बन्छन्। मायाको ग्रहण लाग्नाले
फेरि काला बन्छन्। जसरी चन्द्रमालाई पनि ग्रहण लाग्छ नि। त्यो हो हदको कुरा, यो हो
बेहदको कुरा। बेहदको दिन र बेहदको रात हुन्छ। गायन पनि गरिन्छ– ब्रह्माको दिन र रात।
तिमीले अहिले एक बाबासँग पढ्नुपर्छ बाँकी सबै कुरा भुल्नु छ। बाबासँग पढ्नाले तिमी
नयाँ दुनियाँको मालिक बन्छौ। यो सच्चा सच्चा गीता पाठशाला हो। पाठशालामा सधैं
रहँदैनन्। मनुष्यहरूले सम्झन्छन्– भक्तिमार्ग भगवानसँग मिल्ने मार्ग हो, जति धेरै
भक्ति गर्यो त्यति भगवान राजी हुनुहुन्छ र आएर फल दिनुहुन्छ। यी सबै कुरा तिमीले
मात्रै अहिले बुझेका छौ। भगवान एक हुनुहुन्छ जसले अहिले फल दिइरहनु भएको छ। जो पहिला
सुरुमा पूज्य सूर्यवंशी थिए, उनीहरूले नै सबैभन्दा धेरै भक्ति गरेका हुन्, उनै यहाँ
आउँछन्। तिमीहरूले नै सबैभन्दा पहिला शिवबाबाको अव्यभिचारी भक्ति गरेका हौ, त्यसैले
अवश्य तिमी नै सबैभन्दा पहिला भक्त भयौ। फेरि गिर्दा गिर्दा तमोप्रधान बन्छौ।
आधाकल्प तिमीले भक्ति गरेका हौ, त्यसैले तिमीलाई नै पहिला ज्ञान दिनुहुन्छ।
तिमीहरूमा पनि नम्बरवार छौ।
तिम्रो यस पढाइमा यो
बहाना चल्न सक्दैन– हामी टाढा बस्छौं त्यसैले दिनहुँ पढ्न पाउँदनौं। कसैले भन्छन्–
हामी १० माइल टाढा बस्छौं। अरे, बाबाको यादमा तिमी १० माइल पैदल हिँडेर जाऊ तैपनि
कहिल्यै थकाइ लाग्दैन, कति ठुलो खजाना लिन जान्छौ। तीर्थमा मनुष्य दर्शनको लागि
पैदल जान्छन्, कति धक्का खान्छन्। यो त एउटै शहरको कुरा हो। बाबा भन्नुहुन्छ– म यति
टाढाबाट आएको छु, तिमीले भन्छौ मेरो घर ५ माइल टाढा छ... वाह! खजाना लिनको लागि त
दौडिँदै आउनुपर्छ। अमरनाथमा केवल दर्शन गर्नको लागि कहाँ कहाँबाट जान्छन्। यहाँ त
अमरनाथ बाबा स्वयं पढाउन आउनु भएको छ। तिमीलाई विश्वको मालिक बनाउन आएको छु। तिमीले
बहाना गरिरहन्छौ। सबेरै अमृतबेला त कोही पनि आउन सक्छन्। त्यसबेला कुनै डर हुँदैन।
कसैले तिमीलाई लुट्दैनन्। यदि कुनै चीज गहना आदि छ भने लुट्छन्। चोरहरूलाई चाहिन्छ
नै धन, पदार्थ। तर कसैको तकदिरमा छैन भने त बहाना धेरै बनाउँछन्। पढेनन् भने आफ्नै
पद गुमाउँछन्। बाबा आउनु हुन्छ नै भारतखण्डमा। यस दुनियाँलाई नै स्वर्ग बनाउनु
हुन्छ। सेकेण्डमा जीवनमुक्तिको मार्ग बताउनु हुन्छ। तर कसैले पुरुषार्थ गरे भने त
हो। कदम नै उठाउदैनन् भने कसरी पुग्न सक्छन्।
तिमी बच्चाहरूले
जान्दछौ– यो हो आत्माहरू र परमात्माको मेला। बाबाको पासमा आएका छौ स्वर्गको वर्सा
लिन। नयाँ दुनियाँको स्थापना भइरहेको छ। स्थापना पूरा भएपछि विनाश सुरु हुन थाल्छ।
यो त्यही महाभारत हो नि। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाले जुन ज्ञानको खजाना दिइरहनु भएको छ, त्यसलाई लिनको लागि दौडी दौडी
आउनुपर्छ, यसमा कुनै पनि प्रकारको बहाना बनाउनु हुँदैन। बाबाको यादमा १० माइल पैदल
हिँडे पनि थकाइ लाग्दैन।
२) विजय मालामा आउने
आधार पढाइ हो। पढाइमा पूरा ध्यान दिनु छ। काँडाबाट फूल बनाउने सेवा गर्नु छ। स्वीट
होम र स्वीट राज्य भाग्यलाई याद गर्नु छ।
वरदान:–
सङ्गमयुगको
महत्वलाई जानेर एकको सट्टामा अनगिन्ति गुना प्रतिफल (रिटर्न) प्राप्त गर्ने सर्व
प्राप्ति सम्पन्न भव
सङ्गमयुगमा बापदादाको
प्रतिज्ञा छ– एक देऊ लाख लेऊ। जसरी सर्व श्रेष्ठ समय, सर्व श्रेष्ठ जन्म, सर्व
श्रेष्ठ स्वमान यस समयको हो। त्यसैगरी सर्व प्राप्तिको अनुभव पनि अहिले नै हुन्छ।
अहिले एकको केवल लाख गुणा मिल्दैन तर जब चाह्यो, जसरी चाह्यो, जे चाह्यो त्यो दिन
बाबा सेवाधारीका रुपमा बाँधिनु भएको छ, एकको अनगिन्ती गुणा प्रतिफल मिल्छ किनकि
वर्तमान समयमा वरदाता नै तिमीहरूको बाबा हुनुहुन्छ। जब बीज तिम्रो हातमा छ भने
बीजद्वारा जे चाह्यो त्यो सेकेन्डमा लिएर सर्व प्राप्तिहरूबाट सम्पन्न बन्न सक्छौ।
स्लोगन:–
जस्तोसुकै
परिस्थिति होस्, परिस्थिति जाओस् तर खुसी नजाओस्।