10.11.24 Avyakt Bapdada Nepali Murli 14.11.2002 Om Shanti Madhuban
ब्राह्मण जीवनको
फाउण्डेसन र सफलताको आधार– निश्चयबुद्धि
आज समर्थ बाबाले आफ्ना
चारैतिरका समर्थ बच्चाहरूलाई देखिरहनुभएको छ। हरेक बच्चा समर्थ बनेर बाबा समान बन्ने
श्रेष्ठ पुरुषार्थमा लागेका छन्। बच्चाहरूको यस लगनलाई देखेर बापदादा पनि हर्षित
भइरहनुहुन्छ। बच्चाहरूको यो दृढ सङ्कल्प बापदादालाई पनि प्यारो लाग्छ। बापदादा त
बच्चाहरूलाई यही भन्नुहुन्छ– बाबाभन्दा पनि अगाडि जान सक्छौ किनभने यादगारमा पनि
बाबाको पूजा सिङ्गल हुन्छ, तिमी बच्चाहरूको पूजा डबल हुन्छ। तिमीहरू बापदादाको शिरको
पनि ताज हौ। बापदादा बच्चाहरूको स्वमानलाई देखेर सदा यही भन्नुहुन्छ– वाह श्रेष्ठ
स्वमानधारी, स्वराज्यधारी बच्चे वाह! बाबाले हरेक बच्चाको विशेषता हरेकको मस्तकमा
चम्किरहेको देख्नुहुन्छ। तिमीले पनि आफ्नो विशेषतालाई जानेर, पहिचान गरेर विश्व
सेवामा लगाउँदै जाऊ। जाँच गर– म प्रभु प्रिय, परिवार प्रिय कहाँसम्म बनेको छु?
किनभने सङ्गमयुगमा बाबाले ब्राह्मण परिवार रच्नुहुन्छ, त्यसैले प्रभु प्रिय र
परिवार प्रिय दुवै आवश्यक छन्।
आज बापदादाले सबै
बच्चाहरूको ब्राह्मण जीवनको फाउण्डेसन (जग) देखिरहनुभएको थियो। फाउण्डेसन हो
निश्चयबुद्धि त्यसैले जहाँ हरेक सङ्कल्पमा, हरेक कार्यमा निश्चय छ त्यहाँ विजय भइ
नै हाल्छ। सफलता जन्मसिद्ध अधिकारको रूपमा स्वत: र सहज प्राप्त छ। जन्मसिद्ध
अधिकारका लागि मेहनतको आवश्यकता हुँदैन। सफलता ब्राह्मण जीवनको गलाको हार हो।
ब्राह्मण जीवन हो नै सफलता स्वरूप । सफलता होला वा नहोला, यो ब्राह्मण जीवनको
प्रश्न नै होइन। निश्चयबुद्धि सधैँ बाबासँग कम्बाइन्ड हुन्छ, त्यसैले जहाँ बाबा
कम्बाइन्ड हुनुहुन्छ, त्यहाँ सफलता सदा प्राप्त हुन्छ। त्यसैले जाँच गर– सफलता
स्वरूप कहाँसम्म बनेको छु? यदि सफलतामा प्रतिशत छ भने त्यसको कारण निश्चयमा प्रतिशत
छ। निश्चय सिर्फ बाबामा छ, यो त धेरै राम्रो हो। तर निश्चय– बाबामा निश्चय, स्वमा
निश्चय, ड्रामामा निश्चय र साथसाथै परिवारमा निश्चय। यी चारै निश्चयको आधारले सफलता
सहज र स्वत: हुन्छ।
बाबामा निश्चय तिमी
सबै बच्चाहरूको छ तब त यहाँ आएका छौ। बाबाको पनि तिमीहरू सबैमा निश्चय छ तब आफ्नो
बनाउनु भएको हो। तर ब्राह्मण जीवनमा सम्पन्न वा सम्पूर्ण बन्नका लागि स्वमा पनि
निश्चय आवश्यक छ। बापदादाद्वारा प्राप्त भएको श्रेष्ठ आत्माको स्वमान सदा स्मृतिमा
रहोस्– म परमात्माद्वारा स्वमानधारी श्रेष्ठ आत्मा हुँ। साधारण आत्मा होइन, परमात्म
स्वमानधारी आत्मा। त्यसैले स्वमानले हरेक सङ्कल्पमा, हरेक कर्ममा सफलता अवश्य
दिलाउँछ। साधारण कर्म गर्ने आत्मा होइन, स्वमानधारी आत्मा हुँ। त्यसैले हरेक कर्ममा
स्वमानले तिमीलाई सफलता सहजै दिलाउनेछ। स्वमा निश्चयबुद्धिको निसानी हो– सफलता वा
विजय। त्यस्तै बाबामा त पक्का निश्चय छ, त्यसको विशेषता हो “निरन्तर म बाबाको र बाबा
मेरो।” यो निरन्तर विजयको आधार हो। “मेरो बाबा” सिर्फ बाबा होइन, मेरो बाबा। मेरो
माथि अधिकार हुन्छ। त्यसैले मेरो बाबा, यस्तो निश्चयबुद्धि आत्मा सदा अधिकारी हो–
सफलताको, विजयको। त्यसैगरी ड्रामामा पनि पूरापूरा निश्चय चाहिन्छ। सफलता र समस्या
दुवै प्रकारका कुराहरू ड्रामामा आउँछन् तर समस्याको समयमा निश्चयबुद्धिको निसानी
हो– समाधान स्वरूप। समस्यालाई सेकेन्डमै समाधान स्वरूपद्वारा परिवर्तन गरिदिने।
समस्याको काम हो आउने, निश्चयबुद्धि आत्माको काम हो समाधान स्वरूपले समस्यालाई
परिवर्तन गर्ने। किन? तिमी हरेक ब्राह्मण आत्माले ब्राह्मण जन्म लिँदैमा मायालाई
चुनौती दिएका छौ। चुनौती दिएका छौ नि कि बिर्सेका छौ? चुनौती हो– हामी मायाजीत
बन्नेहरू हौँ। त्यसैले समस्याको स्वरूप, मायाको स्वरूप हो। चुनौती दिएका छौ भने
मायाले अवरोध त गर्नेछ नि! त्यो भिन्न भिन्न समस्याहरूको रूपमा तिम्रो चुनौतीलाई
पूरा गर्नका लागि आउँछ। तिमीले निश्चयबुद्धि विजयी स्वरूपले पार गर्नु छ, किन? नथिङ
न्यु। कति पटक विजयी बनेका छौ? अहिले एक पटक सङ्गममा विजयी बनिरहेका छौ वा अनेकौँ
पटक बनेकोलाई रिपिट गरिरहेका छौ? त्यसैले समस्या तिम्रो लागि नयाँ कुरा होइन, नथिङ
न्यु। अनेकौँ पटक विजयी बनेका छौ, बनिरहेका छौ र अगाडि पनि बन्दै जानेछौ। यो हो
ड्रामामा निश्चयबुद्धि विजयी। अर्को छ– ब्राह्मण परिवारमा निश्चय, किन? ब्राह्मण
परिवारको अर्थ नै हो सङ्गठन। सानो परिवार होइन, ब्रह्माबाबाको ब्राह्मण परिवार सबै
परिवारभन्दा श्रेष्ठ र ठुलो छ। त्यसैले परिवारको बीच, परिवारको प्रीतको रीति
निभाउनमा पनि विजयी। यस्तो होइन– बाबा मेरो, म बाबाको, सबै कुरा भयो, बाबासँग काम
छ, परिवारसँग के काम! तर यो पनि निश्चयको विशेषता होइन। चारै कुरामा निश्चय, विजय
आवश्यक छ। परिवारले पनि सबैलाई धेरै कुरामा मजबुत बनाउँछ। केबल परिवारमा यो स्मृति
रहोस्– सबै आ-आफ्नो नम्बरवार धारणा स्वरूप छन्। विविधता छ। यसको यादगार १०८ को माला
हो। सोच– कहाँ एक नम्बर र कहाँ १०८ औँ नम्बर, किन यस्तो भयो? सबै एक नम्बर किन भएनन्?
१६ हजार किन भए? कारण? विविध संस्कारलाई बुझेर नलेजफुल बनी चलिरहनु, निभाउनु, यही
सक्सेसफुल स्टेज हो। चल्न त पर्छ नै। परिवारलाई छोडेर कहाँ जाने? नसा पनि छ नि–
हाम्रो यति ठुलो परिवार छ। त्यसैले ठुलो परिवारमा ठुलो दिलले हरेकको संस्कारलाई
जानेर चलिरहनु, निर्माण भएर चलिरहनु, शुभभावना, शुभकामनाको वृत्तिले चलिरहनु... यही
परिवारको निश्चयबुद्धि विजयीको निसानी हो। त्यसोभए सबै विजयी हौ नि? विजयी छौ?
डबल फरेनरहरू विजयी
हौ? हात त धेरै राम्रो हल्लाइरहेका छौ। धेरै राम्रो। बापदादालाई खुसी छ। अच्छा।
टिचरहरू विजयी छौ? वा अलिअलि हुन्छ? के गरौँ, यो त होइन! ‘कसरी’ को सट्टा ‘यसरी’
शब्द प्रयोग गर, कसरी गरौँ होइन, यसरी गरौँ। २१ जन्मको सम्बन्ध परिवारसँग छ त्यसैले
जो परिवारमा पास (उत्तीर्ण) छ, त्यो सबैमा पास छ।
त्यसैले चारै प्रकारको
निश्चय जाँच गर किनभने प्रभु प्रियसँगै परिवार प्रिय पनि हुनु अति आवश्यक छ। नम्बर
यी चारै निश्चयको प्रतिशत अनुसार मिल्ने हो। यस्तो होइन म बाबाको, बाबा मेरो, बस्
भयो। यस्तो होइन। मेरो बाबा त धेरै राम्रो भन्छौ र सदा यस निश्चयमा अटल पनि छौ, यसको
बधाई छ तर तीनवटा अरू पनि छन्। टिचरहरू, चारै आवश्यक छन् कि छैनन् र? यस्तो त होइन
तीनवटा आवश्यक छन्, एउटा छैन? जसले सम्झन्छौ– चारै निश्चय आवश्यक छ, उनले एक हात
उठाऊ। सबैलाई चारै कुरा मन पर्छ? जसलाई तीन कुरा मन पर्छ, तिनले हात उठाऊ। कोही छैन।
जिम्मेवारी निभाउन गाह्रो छैन? धेरै राम्रो। यदि दिलले हात उठायौ भने सबै पास भयौ।
राम्रो।
हेर, कहाँ कहाँबाट,
विभिन्न देशका हाँगाहरूबाट मधुबनमा एउटा वृक्ष बन्छ। मधुबनमा आएपछि याद रहन्छ र, म
दिल्लीको हुँ, म कर्नाटकको हुँ, म गुजरातको हुँ...! सबै मधुबन निवासी हौ। त्यसैले
एउटै वृक्ष भयो नि। यस समयमा सबैले के सम्झन्छौ, मधुबन निवासी हौ वा आ-आफ्नो देशका
निवासी हौ? मधुबन निवासी हौ? सबै मधुबन निवासी हौ, धेरै राम्रो। त्यसै पनि हरेक
ब्राह्मणहरूको स्थायी ठेगाना त मधुबन नै हो। तिम्रो स्थायी ठेगाना कुन हो? मुम्बइ
हो? दिल्ली हो? पञ्जाब हो? मधुबन स्थायी ठेगाना हो। त्यहाँ त सेवाका लागि
सेवाकेन्द्रमा पठाइएको हो। ती सेवाका स्थान हुन्, घर तिम्रो मधुबन हो। अन्त्यमा पनि
आश्रय कहाँ मिल्ने छ? मधुबनमा नै मिल्ने हो, त्यसैले ठुलाठुला स्थान बनाइरहेका छौ
नि!
सबैको लक्ष्य बाबा
समान बन्ने हो। त्यसैले दिनभरि यो ड्रिल गर– मनको ड्रिल। शरीरको ड्रिल त शरीरको
तन्दुरुस्तीका लागि गर्छौ, गरिराख किनभने आजकाल औषधिभन्दा पनि व्यायाम आवश्यक छ।
त्यो त गर र खूब गर, समयमा। सेवाको समयमा व्यायाम गरिरहन हुँदैन। बाँकी समयमा
व्यायाम गर्नु राम्रो हो। तर साथसाथै मनको व्यायाम बारम्बार गर। बाबा समान बन्नु छ
भने एउटा छ निराकार र अर्को छ अव्यक्त फरिस्ता। त्यसैले जहिले पनि समय मिल्छ
सेकेन्डमा बाबा समान निराकारी अवस्थामा स्थित भइहाल, बाबा समान बन्नु छ भने निराकारी
स्थिति बाबा समान हो। कार्य गर्दागर्दै पनि फरिस्ता बनेर कर्म गर, फरिस्ता अर्थात्
डबल लाइट। कार्यको बोझ नहोस्। कार्यको बोझले अव्यक्त फरिस्ता बन्न दिनेछैन। त्यसैले
बीचबीचमा निराकारी र फरिस्ता स्वरूपको मनको व्यायाम गरेमा थकावट हुनेछैन। जस्तै
ब्रह्माबाबालाई साकार रूपमा देख्यौ– डबल लाइट। सेवाको पनि बोझ छैन। अव्यक्त फरिस्ता
रूप। त्यसैले सहजै बाबा समान बन्नेछौ। आत्मा पनि निराकार हो र आत्मा निराकारी
स्थितिमा स्थित भएमा निराकार बाबाको यादले सहजै समान बनाउनेछ। अहिले भर्खरै एक
सेकेन्डमा निराकारी स्थितिमा स्थित हुन सक्छौ? हुन सक्छौ? (बापदादाले ड्रिल
गराउनुभयो) यो अभ्यास र अटेन्सन हिँड्दा-डुल्दा, कर्म गर्दा बीचबीचमा गर्दै जानु।
त्यसैले यो अभ्यासले मनसा सेवा गर्नमा पनि सहयोग दिनेछ र पावरफुल योगको स्थितिमा पनि
धेरै मदत मिल्नेछ। अच्छा।
डबल विदेशीहरूसँग:–
हेर डबल फरेनरहरूलाई यस सिजनमा कारण-अकारण सबै ग्रुपमा मौका मिलेको छ। हरेक ग्रुपमा
आउन सक्छौ, स्वतन्त्रता छ। त्यसैले यो भाग्य हो नि, डबल भाग्य हो। त्यसैले यस
ग्रुपमा पनि बापदादाले देखिरहनुभएको छ कोही पहिलो पटक पनि आएका छन्, कोही पहिलेका
पनि आएका छन्। बापदादाको दृष्टि सबै फरेनरहरूमाथि छ। जति तिमीहरूको प्यार बाबासँग
छ, बाबाको प्यार तिमीहरूसँग पदमगुणा छ। ठीक छ नि! पदमगुणा छ? तिम्रो पनि प्यार,
दिलको प्यार छ तब यहाँ पुगेका छौ। डबल फरेनरहरू यस ब्राह्मण परिवारका शृङ्गार हौ।
विशेष शृङ्गार हौ। हरेक देशमा बापदादाले देखिरहनुभएको छ– यादमा बसेका छन्, सुनिरहेका
पनि छन् भने यादमा पनि बसेका छन्। धेरै राम्रो।
टिचरहरू:–
टिचरहरूको समुह पनि ठुलो छ। बापदादाले टिचरहरूलाई एउटा उपाधि दिनुहुन्छ। कुन उपाधि
दिनुहुन्छ? (साथीहरू) साथीहरू त सबै हुन् नै। डबल फरेनरहरू त पहिले साथीहरू हुन्।
यिनीहरूलाई साथीको सम्बन्ध राम्रो लाग्छ। टिचरहरू जो योग्य छन्, सबैलाई होइन, योग्य
टिचरहरूलाई बापदादा भन्नुहुन्छ– यी गुरुभाइ हुन्। जस्तै ठुला बच्चा पिता समान
हुन्छन् नि, त्यसैले टिचरहरू पनि गुरुभाइ हुन् किनभने सदा बाबाको सेवाको निमित्त
बनेका छन्। बाबा समान सेवाधारी हुन्। हेर, टिचरहरूलाई बाबाको सिँहासन मिल्छ मुरली
सुनाउनका लागि। गुरुको गद्दी मिल्छ नि! त्यसैले टिचरहरू अर्थात् निरन्तर सेवाधारी।
चाहे मनसा, चाहे वाचा, चाहे सम्बन्ध-सम्पर्कद्वारा कर्मणाद्वारा– सदा सेवाधारी।
यस्तै हौ नि! आराम प्रिय त होइनौ नि! सेवाधारी। सेवा, सेवा अनि सेवा। ठीक छ नि?
राम्रो।
सेवामा दिल्ली, आगराको
पालो छ:– आगरा
साथी हौ। दिल्लीको लस्कर त धेरै ठुलो छ। राम्रो। दिल्लीमा स्थापनाको फाउण्डेसन परेको
छ, यो त धेरै राम्रो। अब बाबाको प्रत्यक्षता गर्ने फाउण्डेसन कहाँबाट हुनेछ?
दिल्लीबाट कि महाराष्ट्रबाट? कर्नाटकबाट, लन्डनबाट... कहाँबाट हुनेछ? दिल्लीबाट
हुनेछ? गर निरन्तर सेवा र तपस्या। सेवा र तपस्या दुवैको सन्तुलनले प्रत्यक्षता
हुनेछ। जसरी सेवाको संवाद बनायौ नि, त्यसैगरी दिल्लीमा तपस्याको वर्णन गर्ने संवाद
बनाऊ तब भनिन्छ दिल्ली, दिल्ली हो। दिल्ली बाबाको दिल त हो तर बाबाको दिलले प्रिय
कार्य गरेर पनि देखाउनेछौ। पाण्डवहरू, गर्नु छ नि? गर्नेछौ, अवश्य गर्नेछौ। तपस्या
यस्तो गर जसबाट सबै चङ्गाहरू बाबा बाबा भन्दै दिल्लीको विशेष स्थानमा पुगुन्।
पुतलीहरू बाबा बाबा भन्दै आऊन् तब भनिन्छ प्रत्यक्षता। त्यसैले यो गर्नु छ, अर्को
वर्ष यो संवाद गर्नु छ, यो परिणाम सुनाउनु छ– कति पुतलीहरू बाबा बाबा भन्दै स्वाहा
भए। ठीक छ नि? धेरै राम्रो, माताहरू पनि धेरै छन्।
कुमार-कुमारीहरू:–
कुमार र कुमारीहरू, त्यसो त आधा हल कुमार-कुमारीहरू छन्। स्याबास कुमार
कुमारीहरूलाई। बस्, कुमार कुमारीहरू ज्वाला रूप बनेर आत्माहरूलाई पावन बनाइदिनेहरू
हौ। कुमार र कुमारीहरूलाई दया आउनु पर्छ– आजका कुमार र कुमारीहरूमाथि, कति
भट्किरहेका छन्। भट्केका साथीहरूलाई बाटोमा लगाऊ। राम्रो, जति पनि कुमार र कुमारी
आएका छन् तिनीहरूमध्ये यस सम्पूर्ण वर्षमा जसले आत्माहरूलाई सेवामा आफू समान बनाएका
छौ, तिनीहरूले पूरा हात उठाऊ। कुमारीहरूले आफू समान बनाएका छौ? राम्रो योजना
बनाइरहेका छन्। यी होस्टलवालाले हात उठाइरहेका छन्। अहिलेसम्म सेवाको प्रमाण ल्याएका
छैनन्। त्यसैले कुमार र कुमारीहरूले सेवाको प्रमाण ल्याउनु छ। ठीक छ! अच्छा!
चारैतिरका विजयी
रत्नहरूलाई, सदा निश्चयबुद्धि सहज सफलतामूर्त बच्चाहरूलाई, सदा मेरो बाबाको अधिकारले
हरेक सेवामा सफलता प्राप्त गर्ने सफलतामूर्त बच्चाहरूलाई, सदा समाधान स्वरूप,
समस्यालाई परिवर्तन गर्ने परिवर्तक आत्माहरू, यस्ता श्रेष्ठ बच्चाहरूलाई सदा
बाबालाई प्रत्यक्ष गर्ने योजनालाई व्यवहारमा ल्याउने बच्चाहरूलाई बापदादाको
यादप्यार, बधाई, अक्षुण्ण पटक बधाई र नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
यादप्यार एवं नमस्ते।
दादीजीसँग:–
सबैको तिमीसँग प्यार छ, बाबाको पनि तिमीसँग प्यार छ। (रत्नमोहिनी दादीजीसँग) सहयोगी
बन्नाले धेरै कुरा सूक्ष्ममा प्राप्त हुन्छ। यस्तै हो नि! आदि रत्न हौ। आदि रत्न
अहिलेसम्म पनि निमित्त छौ। अच्छा, ओम् शान्ति।
वरदान:–
सबै कुरा
हजुरको भनेर मेरोपनको अंश मात्रलाई पनि समाप्त गर्ने डबल लाइट भव
कुनै पनि प्रकारको
मेरोपन– मेरो स्वभाव, मेरो संस्कार, मेरो नेचर...केही पनि मेरो छ भने बोझ हो र
बोझवाला उड्न सक्दैन। यो मेरो मेरोले नै मैलो बनाउँछ त्यसैले अब हजुरको भनेर स्वच्छ
बन। फरिस्ता अर्थात् मेरोपनको अंश मात्र पनि नभएको। सङ्कल्पमा पनि मेरोपनको भान आए
बुझ मैलो भयो। त्यसैले यस मैलोपनको बोझलाई समाप्त गरी, डबल लाइट बन।
स्लोगन:–
जहानका नूर ती
हुन् जसले बापदादालाई आफ्नो नयनमा राख्छन्।